काठमाडौं, २७ फागुन ।
२३ औं नरंकारी सन्त समागमको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुरको तिनकुनेमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दर्जनौं व्यक्तिहरुले रक्तदान गरेका आयोजक सन्त निरंकारी मण्डल नेपालले जानकारी दिएको छ ।
शिविरमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावल लगायतका पदाधिकारीहरुको सहभागिता थियो । सन्त निरंकारीको २३ औं समागम चैत्र पहिलो साता नेपालमा हुँदैछ । जसका लागि भारतीय सुदीक्षा जी महाराजको सहभागी बन्नेछन् ।
कार्यक्रममा देशैभरका सन्त निरंकारीमा आस्थावान मानिसहरुको भेला हुनेछ । भारतबाट मानिसहरु सहभागी हुने बताइएको छ ।
हाल उक्त समागम कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले जनाएको छ । सन्त निरंकारी मिसन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा हो ।न्युज कारखाना
सर्लाही, २७ फागुन ।
सर्लाहीको छुटाछुटै स्थान बाट लाखौं मूल्य बराबरको अबैध कपडा, प्याज, बीडी सहित एउटा पिकअप भ्यान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रहरी टोलीले सनिवार साँझ हरिपूर्वा नगरपालिका ५ सग्राम्पुरबाट बसतपुर तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च ०६८४ नम्वरको पिकअप भ्यान चेकजाँच गर्दा करिव १२ लाख मूल्य बराबरको बरामद भएको जिल्ला प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताएका छन।
पिकअप चालक महोत्तरी बर्दीवास नगरपालिका ३ का ४२ बर्षिय सन्तोष मगर र सवारी धनी सर्लाही पर्सा गाउँपालिका ६ का ३८ बर्षिय सरोज भण्डारीलाई कपडा , गाडी सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएको प्रहरीले जनाएको छ।
त्यस्तै वागमती नगरपालिका ११ स्थित कर्मैयामा मधुबनगोठबाट काठमाडौं तर्फ गइरहेका वागमती प्रदेश ०६–००१ ख ०००३ र ना. ६ ख. ७१०० नम्वरको यात्रुबाहक बसको डिक्कीबाट २२ र ३० बोरा प्याज तथा अनलाईन विल नभएका विडी बरामद भएको प्रवक्ता थारुले बताएका छन।
बरामद प्याज बीडीको एकलाख ७२ हजार मूल्याङकन सहित आवश्यक कारवाहीको लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको सर्लाही प्रहरीले जारिगरेको सूचनामा उल्लेख गरिएको छ।न्युज कारखाना
जनकपुर,२७ फागुन ।
नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ ।
नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो ।
मधेसमा नेकपा एमाले सबैभन्दा ठुलो दल भएकाले स्वभाविक रुपमा मधेस प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले सो निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए।
उनका अनुसार मधेस र मधेसी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिनसक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेसमा सरकार बन्नुपर्ने निर्णय गर्दै यसका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए ।
नेकपा एमालेका केन्द्रिय सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेले कुनैपनि अवस्थामा मधेस प्रदेशमा आफ्नो दावी छाड्न नहुने भन्दै यसका लाग आफुले पनि केन्द्रिय नेतृत्वसँग जोडदार पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले मधेसी जनताको जनमत एमाले नेतृत्वको सरकारको लागि भएकाले गठबन्धनमा आवद्ध दलहरुले पनि जनमतको कदर गर्दै निशर्त एमालेले नेतृत्व दिनुपर्ने बताउँदै यसमा कसैले विवाद गर्नु नहुने धारणा व्यक्त गरे ।
सनेकपा एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य, केन्द्रिय सदस्य, मधेस प्रदेश सदस्यहरुको सहभागिता रहेको छ ।
बैठकले मधेस प्रदेशका जनजिविकाको सवालहरूलाई पनि विशेष निर्णय गरेको सचिव पौडेलले जानकारी दिए।न्युज कारखाना
बारा, २७ फागुन ।
सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।
विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने बाराका ३१ जनाको नाम समेत गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको रहेको हो ।
प्रकाशित नामावली अनुसार बारामा सबैभन्दा बढी कोल्हवी नगरपालिकामा ६ जना र दोस्रोमा निजगढ नगरपालिकामा ५ सहिद रहेका छन् भने सबैभन्दा जीतपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकामा एक–एक जना मात्रै सहिद रहेका छन् ।
सहिदको सूचीमा समेटिएका निजगढ नगरपालिका ८ सोभित सिंह तामाङ, निजगढ ६ का केदार बहादुर केसी, निजगढ ६ का राजन प्रसाद चौलागाई, निजगढ ४ का राजेन्द्र प्रसाद शाह कलवर, निजगढ २ का बल बहादुर थापा, कोल्वही नगरपालिका ६ का काजीमान थिङ, कोल्हवी ११ का ओम प्रकाश चौधरी, कोल्हवी ६ का विसुन चौधरी, कोल्हवी १० का सदाम हुसेन, कोल्हवी १ का ठाकुर प्रसाद चौधरी, कोल्हवी ४ का ओम प्रकाश चौधरी, पचरौता नगरपालिका ९ का देवराज मुखिया, पचरौता ७ का रमानन्द सहनी, पचरौता ९ का बेदामी मुखिया बिन, महागढीमाई नगरपालिका ५ का हरिकिशुन प्रसाद साह, महागढीमाई ४ का अंगद पाण्डेय, महागढीमाई २ का छोटेलाल प्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका ११ का विरेन्द्र शाह तेली, सिम्रौनगढ ११ का शंकर महतो नुनिया, सिम्रौनगढ १० का राम नरेश प्रसाद यादव, सिम्रौनगढ १ का बिरेन्द्र कुमार, करैयामाई गाँउपालिका ७ का प्रदिप चौधरी, करैयामाई ८ का हरी चौधरी थारु, करैयामाई ८ का श्यमासुन्दर ठाकुर, आदर्शकोतवाल गाँउपालिका २ का जोगिन्द्र राउत, आदर्शकोतवाल ५ का रामभरोस राउत कुर्मी, बारागढी गाँउपालिका ३ का हिरालाल पंडित, बारागढी २ का गजेन्द्र सहनी मलह, बारागढी २ का लाल बहादुर मुखिया, जीतपुर सिमरा उपमहानगरपालिका १९ का ताजमहम्मद अन्सारी र कलैया उपमहानगरपालिका २१ का लक्षुमण राउत अहिर रहेका छन ।
किसान आन्दोलनका सहीद मुखलाल महतो भने फेरी छुटे
सरकाले देश भरका दुई हजार ६७४ जना सहिदको थप गरिरहदा बारामा ३१ जना थपिए तर किसान आन्दोलनका बेलामा बाराको नेतृत्वकर्ताका रुपमा रहेका बाराको कलैया उपमहानगरपालिका १५ बकुलहरका मुखलाल महतोको नाम भने यस पटक पनि समावेश गरेको छैन ।
विसं १९९६ मा जन्मेका मुखलाल १६ वर्षको कलिलै उमेरमा २०१२ मंसिरमा तराईमा चकिर्दै गएको किसान आन्दोलनको क्रममा तत्कालिन साही सेना हाल नेपाली सेनाले हत्या गरेका मुखलाल महतोलाई हालसम्म पनि सरकारले सहिद घोषणा गरेको छैन । सरकारले मुखलाललाई शहिद घोषण नगरेतापनि उनलाई बाराका जनताले भने बिर्सेको छैन । बाराली किसानले हरेक वर्ष माघ १६ सहिद दिवसका दिन उनको योगदानलाई स्मरण गर्ने गरिन्छ ।
बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले भने,‘मुखलाललाई शहिद घोषण गर्ने सरकारलाई पटक पटक अनुरोध समेत गरेका भएतापनि सरकारले बेवास्ता गरेपछि हामीले नै मुखलालको सम्झनाका निम्ती उनको शालिक बनाएर करैयामाई गाउपालिकाको नरही चोकमा सहिद मुखलाल महतोको पार्क निर्माण गरिएको छ, जहाँ उनको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्ने गरिन्छ ।’ उनले भने कुनै पार्टी विषेशका उनी भएको भए उनको नाम सरकारले सहिदको नाममा समाबेश भईसकेका हुने थिय तर उनी कुनै राजनितिक दलमा थिएनन् त्यहीँ भएर यो पटक पनि सरकारले नाम समावेश गरेन ।
सरकारले किसान आन्दोलनको महत्व नबुझेका कारण आजसम्म मुखलाल देशको शहिद घोषण हुन नसकेको बाराली किसानको भनाई रहेको छ ।
मुखलाल किसानका नभएर कुनै अमुख पार्टीका भएको भए सरकारले उहीलै शहिद घोषण गरिसकेको हुनेथियो तर उनी किसान र गरीबका मनिस भएका कारण सरकारले पक्षपात गरेको महसुस भएको करैयामाई गाउपालिका ६ का किसान राजु पटेल बताउछन ।
हरेक वर्ष उनको स्मरणमा कार्यक्रम आयोजना गरेर उनको सम्मान गर्ने गरिन्छ । यो वर्ष उनको ६९ औं स्मृति दिवस मनाईएको थियो ।
जिम्मेवार निकाय र अधिकारीहरु मुखलाललाई शहीदको सुचीमा राख्न कुनै चासो दिएको पाईदैन । सहिदको घोषण गरेका मध्य कति सहिद बिना कारण र कुनै योगदान बिनानै घोषण गरेको भएतापनि किसान आन्दोलनका अगुवा मध्य एक जसलाई सरकारले गोलीहानी हत्या गरेको थियो, उनै मुखलाललाई भने सहिद घोषण गर्न भने आनाकानी गरिरहेको छ ।
कसरी मारिए मुखलाल
तराईमा थुप्रै गरिब किसान थिए उनीहरूमाथि साहु र जमिनदारको एकदमै ज्यादती भएको थियो । किसान आन्दोलन भईरहेको बेलामा बाराको गडहलमा रहेका जिम्दार ह्रदय नारायणले नेपाल कम्युनिस्ट पार्टी केन्दीय सदस्य मधु सिंहले नेतृत्व लिएकाले उनलाई कम्जोर बनाउँदा आन्दोलन फितलो हुने भन्दै समातेर जिम्दारले घरमा थुने ।
स्थानिय प्रहरी र जिल्ला प्रहरीले जिम्दारलाई सुरक्षा दिएका थिए । यो खबर बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टीले किसान आन्दोलनको नेतृत्वको जिम्मा मुखलाललाई दियो । त्यसपछि मुखलाल लगाएत बारा, पर्सा र रौतहटका करिब दश हजार किसानले गडहलमा घेरा हाले र सिंहको रिहाईको माग गरे । २ दिनसम्म किसानले पुरै गाँउमा घेरा हालेपछि स्थिति प्रहरीको नियन्त्रण भन्दा बाहिर रहेपछि बिरगञ्जबाट तत्कालिन शाही सोनालाई गडहलमा प्ररिचालन गरियो तर पुरै गाँउलाई घेरा हालेका किसानले सोनालाई गाँउ प्रबेश गर्न दिएन ।
सोनालाई सिंह नियन्त्रणमा लिईर बिरगञ्ज ल्याउनु भन्ने आदेश थियो तर किसानले गाँउभित्र प्रबेश गर्ने निकै कठिन भएपछि बडा हाकिम (तत्कालिन सेनाको पद)ले गोलि चलाउने आदेश दिएका थिए । त्यहीँ क्रममा दुई जनाको घटनास्थलमै मृत्यृ भएको थियो । ति मध्य एक मुखलाल हुन र अर्का सिघार कम्रेड थिए । सेनाले सिघार कम्रेडको शव लिएर गएका कारण उनको परिचय खुल्न सकेन भने मुखलालको शव भने आन्दोलनमा रहेका किसानले सेनाबाट खोसेर राखेका कारण उनको सनाखत भएको थियो ।
सो क्रममा करिब तिन सय किसान गिरफतार भएका थिए भने ७० जनालाई नख्खु जेलमा समेत लगिएको थियो । यसरी किसानका निम्ती आफ्नु १६ वर्षको उमेरमा शहिद भएका मुखलाललाई शहिद घोषणा नगर्दा बाराली किसान समेत निरास छन ।न्युज कारखाना
रौतहट २७ फागुन ।
रौतहटको मौलापुर नगरपालिकाले पछिल्लो केही वर्षदेखि नगरक्षेत्र अन्तर्गतका दलित गरीब तथा बिपन्न परिवारको छोरीको बिहेमा आर्थिक सहयोग गर्दै आए संगै बौधिमाई नगरपालिकाले पनि आर्थिक सहयोग सुरु गरेको छ।
बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले विपन्न परिवारको छोरीको बिहेमा नगद आर्थिक सहयोग गरेका छन ।
प्रदीप कुमार यादवले आईतवार बौधिमाई ४ ईनरबारीका योगेन्द्र हजराकी छोरीको बिहेका लागि उनको घरमै पुगेर पच्चीस हजारको चेक हस्तान्तरण गरेका हुन। मेयर यादवले विगत देखि नै व्यक्तिगत रुपमा विभिन्न परियोजनमा आर्थिक सहयोग गर्दै आएका छन।
अति विप्पन तथा दलित गरिब परिवारको छोरीको विहेमा आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने मेयर यादवले बताएका छन।
यस अघि मौलापुरकी मेयर रिना कुमारी साह छोरीको बिहेमा उसको घरमै पुगेर चेक हसतान्तरण गर्दै आएकी छिन्। मौलापुरमा असहाय संग मेयर कार्यक्रम निकै प्रभावकारी बनेको छ।न्युज कारखाना
सिरहा, २७ फागुन।
सिरहामा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

सिरहाको गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती करिव ३५ वर्षिय अनिता कुमारी साहको धारीलो हतियार प्रयोगरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पतीमात्र घरमा रहेको बेला धारीलो हतियारले गर्दन काटीएको र सिलौटो टाउकोमाथि बजारीएको अवस्थामा घरभित्र सुत्ने खाटनजीकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। 
घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ। प्रहरीले उनको घर नजीकै रहेको गोठको नादीबाट खुकुरी बरामद गरेको छ।

राती अवेर अनिताको श्रीमान महेन्द्र आत्तिएर बाहिर आएको थाहापाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए। साह आत्तिएर वेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्याए लगतै घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

महेन्द्र साह यस अघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयले बताएको छ। घटनामा श्रीमान संकाको घेरमा रहेको वताइएको छ। उनीहरुको एक छोरी र दुई जना स–साना छोराहरु छन्।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, भारतीय सुन्तला ९०, आभोकाडो ४०० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ७०, अदुवा २००, रातो आलु ३२ र रातो भारतिय आलु ३५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ६०, कागती २२०, लोकल काक्रो १२०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला २० र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ११० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो ३५ र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ७० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७२, हरियो प्याज ५० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ३०, चाइनिज सुकेको लसुन २००, हरियो लसुन १०० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी १०० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ।
उता, ताजा छडी माछा २६० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।
आइतबार एक युरोको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसा तोकिएको छ ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १७० रूपैयाँ ३२ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ८२ र बिक्रीदर ८८ रूपैयाँ २२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ०१ पैसा तथा बिक्री दर १० रुपैयाँ ०८ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २४ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ २१ पैसा र बिक्रीदर २८ रूपैयाँ ३४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३० पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भूभागमा लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।न्युज कारखाना
काठमाडौं, २६ फागुन ।
नेपाली कांग्रेसका नेता लोकेन्द्र रोकायाले काठमाडौंमा चिया संवाद कार्यक्रमको आयोजना गरेका छन्। बझाङ प्रदेश सभा ‘क’ मा बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसबाट टिकटका लागि दाबी प्रस्तुत गरेका नेता रोकायाले शनिबार काठमाडौंमा उपलब्ध बझाङवासीसँग चिया संवाद कार्यक्रमको आयोजना गरेका हुन्।
उनले दल विशेषभन्दा पनि बझाङ घर भई काठमाडौंमा उपलब्ध समग्र व्यक्तिलाई चिया संवादमा आमन्त्रण गरिएको बताए। ‘राजनीति समग्र जनताको हितका लागि गरिने विषय हो। उहाँहरूको इच्छा अनुसार नै अगाडि बढ्नसकेमात्र जनअपेक्षा अनुसार काम गर्न सकिन्छ। त्यसैले जनताका भावनाको कदर गर्दै उहाँहरूका विचार सुन्न चिया संवादको आयोजना गरेको हुँ,’ उनले भने।
नेता रोकायाले आफू बन्नका लागि नभई जिल्लामा विकास गर्नका लागि राजनीति गरेकाले सबैको साथ पाउने बताएका छन्। ‘अहिले प्रत्येक जनता सक्षम हुनुहुन्छ। उहाँहरूको सक्षमताको कदर गर्दै जनभावना अनुसार नै काम गर्ने हो। मेरो दाबी पनि त्यसैका लागि हो,’ उनले भने। आफ्नो छोटो समयको आमन्त्रणलाई स्विकारेर कार्यक्रममा उपस्थित भइदिएकोमा रोकायाले सहभागीहरूप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री नरेश बहादुर सिंहले सबै बझाङवासीलाई एकै थलोमा जम्मा गरेर भेटघाट गर्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरे। उनले अहिले राजनीतिक अवस्था फरक रहेकाले कांग्रेस उपनिर्वाचनमा एक भएर जानुको विकल्प नभएको धारणा राखे।
अहिलेको परिस्थितिको सामना गर्न सक्ने व्यक्तिलाई पार्टीले टिकट दिनुपर्ने उनको धारणा थियो। युवाहरूप्रति राजनीतिक आकर्षण बढ्दो रहेकाले पार्टीलाई उक्त मर्मलाई बुझ्न सक्नुपर्ने सिंहको धारणा थियो। उनले टिकट पाइसकेपछि व्यक्तिभन्दा पनि पार्टीको वृहत्तर हितमा केन्द्रित भएर टिकट पाउने उम्मेदवारलाई जिताउनु पर्ने धारणा राखेका थिए।
यस्तै संविधान सभा सदस्य चन्द्रादेवी जोशीले कम्युनिस्टहरूले कांग्रेसलाई चौतर्फी घेराबन्दी गर्न खोजिरहेको समयमा एक भएर जानुको विकल्प नभएको बताइन्। टिकट पाउनुभन्दा पहिले धेरै व्यक्ति आकांक्षी हुनु लोकतन्त्रमा स्वाभाविकै भए पनि टिकट पाइसकेपछि एक भएर कांग्रेस उम्मेदवारलाई जिताउन प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो। एकताको सन्देश दिन रोकायाले चिया संवाद कार्यक्रम आयोजना गरेर राम्रो सन्देश दिन खोजेको उनले बताइन्।न्युज कारखाना