२०८३ आश्विन २६
२०८३ आश्विन २६

बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज । 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता रामप्रवेश दासले आज विभिन्न शक्तिपिठहरूको दर्शन गर्नु भएको छ ।

गुजरा नगरपालिकाकाे वडा नम्बर ४ कनकपुर स्थित रहेको गढिमाई मन्दिरमा पुगि पुजापाठ तथा दर्शन गर्नु भएको छ ।त्यस्तै कटहरिया नगरपालिकाकाे जमुनिया स्थित रहेको कन्काली माई मन्दिर पुगि पुजापाठ तथा माताको दर्शन गर्नु भएको छ ।

नेता दासले मन्दिर बनेदेखि नै प्रत्येक बर्ष निरन्तर पुजापाठ तथा दर्शन गर्दै आइरहनु भएको छ । उक्त मन्दिरहरुको निर्माण पनि नेता दासकै पहलमा निर्मित भएको हो ।

नेता दासकै पहलमा बजेट बिनियोजन गराई तत्कालीन लोसपाका बरिस्ठ उपाध्यक्ष एव पुर्व प्रहरी महानिरीक्षक प्रदिप शम्सेर राणाको करकमल बाट सिलन्यास भै मन्दिरको निर्माण सप्पन्न भएपछि सो मन्दिर को उद्धघाटन लोसपाका नेता एव तत्कालिन मधेश प्रदेश का भौतिक पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनल बाट सुसम्पन्न भएको थियो ।

त्यस्तै जमुनिया स्थित कन्काली माई मन्दिरको पनि नेता रामप्रवेश दासकै पहलमा बजेट बिनियोजन भै सो मन्दिरको शिलान्यास नेता दासको करकमल बाट सुसम्पन भएको थियो भने मन्दिरको उद्धघाटन हुनु पुर्व नेता दासको हाथ बाट मुर्तिमा प्राण – प्रतिस्ठा गरिएको थियो ।

 सो मन्दिरको लोसपाका बरिस्ठ नेता बर्तमान नेपाल सरकारका श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको हाथ बाट उद्धघाटन सु- समपन्न भएको थियो ।

त्यस्तै कटहरिया नगरपालिकाे छेदी चौक स्थित नव दुर्गा पुजा स्थलमा पुगि पुजापाठ तथा माताको दर्शन गर्नु भएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते असाेज । 

 

रौतहट म्याराथनको उपाधि कविन्द्र शर्मालाई

हरेक वर्षझैँ बडादशैँको अवसरमा फूलपातीको दिन रौतहटमा आयोजना हुने म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणमा कविन्द्र शर्माले बाजी मारेका छन् । पाँच किलोमिटरको दुरी शर्माले १७ मिनेट ४० सेकेन्डमा पूरा गरेर सहभागी ४५ जनालाई उछिनेर प्रथम स्थान हासिल गरेका हुन् । गत वर्ष पनि शर्माले नै प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।

प्रथम स्थान हासिल गर्दै शर्माले फ्रिज जित्न सफल भएका छन् । यसै गरी १७ मिनेट ४३ सेकेन्डमा उक्त दुरी पूरा गर्दै राहुल रामले द्वितीय स्थान हासिल गर्दै एलइडी टिभी जित्न सफल भएका छन् । दुवै विजेता गरुडा नगरपालिका  ४ गरुडाकै हुन् । प्रतियोगितामा बाजी मारेपछि दुवै जनाले डिजे बजाएर साथीहरुसित सामूहिक नृत्य गर्दै बजार परिक्रमा गरेका थिए ।

रेडियो मधेश मसला एफएम  १०६.४ मेगाहर्ज, गरुडाको आयोजनामा भएको स्वर्गीय मनोजकुमार चौधरी म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणको अवसरमा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादव र इलाका प्रहरी कार्यालय गरुडालाई सम्मानपत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । सम्मानित दुवै जनालाई रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष तथा कार्यक्रमका सभापति बृजकिशोर यादव र व्यवस्थापन पुनमकुमारी चौधरीले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादवले सबैको सुझावअनुसार आफूले प्रदेशको आर्थिक विकास, शिक्षा र स्वास्थ्यका साथै भौतिक पूर्वाधारको विकासका लागि काम गरिरहेको बताएका छन् । प्रदेशको विकासको लागि स्थिर सरकारको आवश्यकता रहेकोमा पनि मन्त्री यादवले जोड दिएका छन् । मन्त्री यादवले कार्यक्रमको प्रशंसा पनि गरेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले शान्ति सुरक्षा कायम गर्नु आफूहरुको प्रमुख दायित्व भएकोले यसका लागि अहोरात्र खटिरहेको बताएका छन् ।

कार्यक्रमकी विशिष्ट अतिथि तथा स्वर्गीय मनोजकुमार चौधरीकी धर्मपत्नी र गरुडा नगरपालिकाको वर्तमान नगर उपप्रमुख पुनमकुमारी चौधरीले कार्यक्रमको आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सहभागी र विजेता सबैलाई बधाई दिएकी छन् । मनोजकुमार चौधरीको स्मृतिमा भइरहेको म्याराथन दौड प्रतियोगिताले रौतहटमा एउटा संस्कृति निर्माण गरिरहेको पनि उपप्रमुख चौधरीको भनाइ छ । आगामी दिनमा अझ सभ्य र भव्य रुपमा कार्यक्रमको आयोजनाको लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा रहेको उपप्रमुख चौधरीको भनाइ छ ।

कार्यक्रममा मध्यरौतहट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमलाल साह, व्यवस्थापन समिति अध्यक्ष लछुमन साह तेली, वडाध्यक्षद्वय सुनिलकुमार जयसवाल र प्रवीण सिंह यादव, पूर्व वडाध्यक्ष चुनचुनप्रसाद साह, समाजसेवी हृदयनारायण यादव, रामभरोस राय यादव, गरुडाको नगर प्रमुख प्रत्याशीद्वय सुनिलकुमार यादव र दीपक राय यादव, नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष रामजी साह सोनार, गरुडा गाविसका पूर्व उपाध्यक्ष तथा स्वर्गीय मनोजकुमार चौधरीका सहोदर दाजु रामकृष्ण चौधरीलगायतलाई प्रशंसापत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । कार्यक्रमका वक्ताहरुले मनोजकुमार चौधरीको व्यक्तित्व र कृतित्वको बारेमा विभिन्न कोणबाट चर्चा गरेका थिए । स्वर्गीय चौधरी शिक्षा, संचार, समाजसेवा तथा साहित्य लगायत विभिन्न क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्वको रुपमा रहेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष बृजकिशोर यादवले कार्यक्रमलाई सम्भव र भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा उपस्थित सबैलाई रेडियो मधेश मसला एफएमका संचालक समिति सदस्य नागेन्द्र चौरसियाले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सञ्जय साह मित्रले गरेका थिए ।

 

रौतहट, असोज २३।

१५०औं विश्व हुलाक दिवस आज बुधबार जिल्ला हुलाक रौतहटले विविध कार्यक्रम गरी मनाइयोको छ ।No description available.

जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवको प्रमुख सहभागीतामा सदरमुकाम गौरमा १५० औं विश्व हुलाक दिवस मनाइएको छ ।

जिल्ला हुलाक कार्यालय बाट विभिन्न नारा छिटो डाक बस्तु ढुवानी गर्ने हाम्रो प्रयास र प्रतिवध्ता सहित निस्केको रैली नगर परिक्रमा गरि मनाएको छ ।No description available.

कार्यालयका कर्मचारीको सक्रियतामा सदरमुकाम गौरको बिपि चोकबाट निस्केको प्रभाव फेरि रैलि नगरको परिक्रमा गरि विश्व हुलाक दिवस मनाएको छ । No description available.सोही अवसरमा हुलाक कार्यालयका हल्कारा नारायण साहलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरियोको कार्यालय प्रमुख यादवले बताए ।

प्रेमचन्द्र झा अशाेज २३ गते

राैतहट। गरुडा बजार बाट घर फर्किने क्रममा अज्ञात हतियारधारी समुहले एक सुन व्यवसायी उपर खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका छन ।No description available.

जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेका अनुसार गरुडा र धमाैराको बिचमा सडक अरुद्व बनाई सुन व्यवसायी ३५ वर्षिय दिलिप साह सुनार माथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाईते तुल्याएको हो ।

मंगलबार साझ ०७:३० बजे गढिमाई नगर पालिका वडा नम्बर १ समनपुर निवासी सुन व्यवसयी सुनारको टाउको हातमा खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका छन ।No description available.

सो धटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।घटना स्थलबाट एक नाल कटुवा बन्दुक र एउटा खुकुरी बरामद भएको उनले बताए।No description available.

घाईते सोनारको बिरगंज स्थित वयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको बुझिएको छ । चाड पर्वको बेला पनि सुरक्षा अवस्था कमजोर देखिएको स्थानीयले आरोप लगाएका छन ।

प्रेमचन्द्र झा अशाेज २२ गते रौतहट ।

नेकपा एकीकृत समाजवादीले राैतहटलाई वाढी सकंट ग्रस्त जिल्ला घोषणा नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन । प्रधानमन्त्रीलाई राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत मंगलबार बुझाएको ज्ञापन पत्रमा साे कुरा उल्लेख छ । नेकपा एसका जिल्ला अध्यक्ष कमल राय यादवले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्र अनुसार मिति २०८१I०६I१०, ११ र १२ गतेको अविरल वर्षाको कारण मिति २०८१I०६I१३ गते रौतहट जिल्लाको अधिकांश भागमा भिषण बाढी आएको थियो ।

सो वाढीमा जिल्लाको पूर्वमा रहेको वागमती नदीको लक्षमीपुर–३ धर्मपुरको ६ र ७ स्थान, माधोपुरको २ स्थान, पिप्रा रजवाडा र राजदेवीको बाँध वाढीले कटान गरेको, त्यसै गरी जिल्लाको मध्य भागमा रहेको लाल वकैया नदीको झौवा, हर्षाहा, माधोपुर, बौधीमाई, इनर्वा तेजापाकड बैरियामा बाँध वाढीले कटान गरेको कारण अधिकांश, जिल्ला वासी पिडित भई किसानको हजारौ बिघा जग्गामा तयारी अवस्थाको धान वाली पूर्ण रुपमा नष्ट भएका छन । साथै दशैं तिहारको लागि भण्डारण गरिएको व्यापारिक प्रतिष्ठानहरुको सामग्रीहरु नष्ट भएकोले देशको विभिन्न भागमा आएको बाढी पहिरोको अवस्थालाई विश्लेषण गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौले विभिन्न स्थानीय तहलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको घोषणा गरेकोमा सो प्राधिकरणले रौतहट जिल्ला वा मधेश प्रदेशकै कुनै पनि स्थानीय तहलाई वाढी संकट ग्रस्त जिल्ला घोषणा नगर्नु भेदभावपूर्ण व्यवहार भएको उल्लेख छ ।

सरकारले रौतहट जिल्ला वासी संग अन्यायपूर्ण व्यवहार गरेको ठहर छ। रौतहट जिल्लाको गौर नगरपालिका, दुर्गा भगवती, यमुनामाई, राजदेवी, बौधीमाई, ईशनाथ, माधवनारायन, गाढीमाई, गरुडा लगायतका नगरपालिका र गाउपालिकाहरुमा डुवान लगायत किसानको धानबाली, माछा पोखरी, नगदेवाली व्यपार व्यवसायको समस्याले पर्न गएको असहनीय पिडालाई राज्यबाट सबोधन गर्न रौतहट जिल्लालाई अविलम्ब वाढी सकंट ग्रसत जिल्ला घोषणा गर्न माग गरिएको छ । उल्लेखित माग पूरा नगरिए नेपाल सरकार विरुद्ध हिन्दुहरुको महान पर्व वडा दशैंको समापन पश्चात चरण वद्ध आन्दोलन प्रारम्भ गर्ने ज्ञापन–पत्रमा लेखिएको छ ।

सो अवसरमा मधेस प्रदेसका सांसद कनिस पटेल,गाैरका नगर प्रमुख शम्भु साह,राजदेवीका नगर प्रमुख भिखारी यादव , बाैधीमाई नगर प्रमुख प्रदिप कुमार यादव, नेकपा एसका नेता रेवन्त झा, अनिल लाल दास , जयरानी देवी सहनी ,सहितका उपस्थिति रहेकोे थियो ।

ओम प्रकाश यादव
असोज १९ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले शनिबार बाढी प्रभावित तीन सय भन्दा बढी परिवारलाई राहत सामग्री बितरण गरेका छन ।

बाढीबाट प्रभावित भएका माधवनारायण नगरपालिका-७ लौकाहा र फुलवरियाका तीन सय भन्दा बढी परिवारलाई मेयर यादवले राहत बाडेका हुन ।

अविरल वर्षाका कारण गएको असोज १२ गते बागमति नदिमा आएको बाढिले प्रभावित भएका नागरिकहरुलाइ तत्कालका लागि केही सहयोग होस भन्ने उदेश्यले मेयर यादवले प्रती परिवार २५ किलो चामल, २ किलो खाने तेल, नुन, चिनी, ३ किलो दाल, ५ किलो चिउरा लगाएतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन ।

चर्को घामको कुनै प्रवाह नै नगरि ट्ण्ट्लापुर घाममा घण्टौ लाइन लागेर बाढि प्रभावित व्यक्तिहरु राहत लिन पुगेका थिए ।

वडा अध्यक्ष दिलिप यादवले दिएको जानकारी अनुसार लौकाहा फुलवरियामा बाढिबाट करिव सात सय २२ जना भन्दा बढी परिवार प्रभावित भएका छन ।

पहिलो चरणमा तीन सय परिवारलाई राहत बाडिएको र बाकी करिव ५ सय परिवारलाई चाडै दोस्रो चरणमा राहत उप्लब्ध गराउने वडा अध्यक्ष यादवले बताए ।

आरडिसि नेपाल र वर्ल्ड भिजन ईन्टरनेस्नल नेपालको सहयोगमा उक्त राहत सामग्री बितरण गरिएको छ ।

बाढी प्रभावित नागरिकलाई तत्काल खानाको आवस्यकता रहेको कारण उनीहरुलाई खाद्यान्न सामग्रीको खाचो रहेको अवस्थालाई मध्य नजर गरि लौकाहा फुलवरियाका तीन सय नागरिकलाई उक्त खाद्यान्न सामग्री बितरण गरिएको नगर प्रमुख यादवले बताएका छन ।

बाढी प्रभावित वडा नम्बर ६ माधोपुर र वडा नम्बर ८ खडकि रजवडामा पनि चाडै राहत सामग्री बितरण गर्ने मेयर यादवले बताए ।

असोज १२ गते बागमति नदिमा आएको बाढिका कारण ६, ७ र ८ नम्बर वडाका करिव ३ हजार भन्दा बढी परिवार प्रभावित भएको मेयर यादव बताउछन् ।

प्रभावित परिवारहरुलाइ अहिले तत्काल ग्रामीण विकास केन्द्र नेपाल आरडिसि र वल्र्ड भिजन ईन्टरनेस्नल नेपालको सहयोग मा राहत बितरण गर्ने काम भइरहेको उनले बताए ।

अरु दातृ निकायको सहयोग र नगरपालिकाबाट पनि प्रभावित नागरिकलाई दोस्रो चरणमा थप राहत बितरण गर्न प्रायसरत रहेको मेयर यादवले बताए ।

बाग्मती नदिको बाढी तट्बन्ध कटान गरि बस्तिमा पस्दा नगरपालिकाको तिनवटा वडामा व्यापक जनधनको क्षती पुर्‍याएको छ भने हजारौं हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान, उखु र तरकारी बालि समेत नस्ट हुँदा करोडौंको क्षती भएको छ ।

त्यस्तै हजारौं बिघा पोखरीको माछा समेत बाढिको पानीले बगाइदिएका कारण माछा पालक किसानलाई पनि करोडौंको क्षती भएको छ ।

बाढिबाट क्षती भएका घर, धान, पोखरी र तरकारीको विवरण संकलन गर्ने काम भइरहेको बताउदै मेयर बैजनाथ प्रसाद यादवले विवरण संकलन भएपछि उनीहरुलाई राहत उप्लब्ध गराउने बताए ।

विभिन्न संघ संस्था, केन्द्र सरकार एवं प्रदेश सरकारको सहयोग तथा नगरपालिकाबाट सबै पीडितहरुलाइ राहत तथा उचित क्षतिपुर्ती उप्लब्ध गराउन आफू काम गरिरहेको मेयर यादवको भनाइ छ ।

बाढिले घरका सबै अन्नपात, लत्ताकपडा बगाइदिएका कारण एकछाक टार्न समेत समस्या भइरहेका प्रभावित नागरिकहरु राहत पाएपछी निकै खुसी भएका छन ।

बिपत र दुखका बेला अरु सरकार नाआए पनि स्थानीय सरकारका प्रमुख यादवले थोरै भएपनि उप्लब्ध गराएको खाद्यान्न सामग्रीले आफुहरुले ठूलो राहत पाएको भन्दै उनीहरुले सहयोगि संस्था र नगर प्रमुखलाई धन्यवाद दिएका छन ।

दुखका बेला राहत दिएर आफुहरुको दुखमा मल्हम लगाउने काम गरेको भन्दै उनीहरुले मेयर यादवको खुलेर प्रशन्सा समेत गरेका छन ।

राहत वितरण कार्यक्रममा आरडिसि नेपालकि उपाध्यक्ष ममता , अन्य कर्मचारी तथा वल्ड भिजन ईन्टरनेस्नल नेपालका कर्मचारी एवं प्रहरीको सह्भागिता रहेको थियो ।

राजेश निर्माणी/असोज १९/रौतहट 

रौतहट जिल्लाको गुजरा नगरपालिकामा दलित समन्वय समितको तेस्रो नगर सम्मेलन सुरेन्द्र बैठाको अध्यक्षतामा सम्पन्न भएको छ।

शनिबार गुजरा नगरपालिकाको कार्यालय प्राङ्गणमा एक भव्य कार्यक्रमको आयोजना गरि सो नगर सम्मेलन सम्पन्न भएको हो।

शिक्षित बनौं,संगठित होऔं,अधिकारको लागि संघर्ष गरौं भने मुल नाराका साथ आयोजना गरिएको दलित नगर समन्वय समिति गुजरा नगरपालिकाको तेस्रो नगर भेला कार्यक्रममा गुजरा नगर पालिका भरिका दलित जनप्रतिनिधि,दलित अगुवा,दलित,कर्मचारी, र दलित बिधार्थीहरुको साथै रौतहट जिल्ला भरीकै विभिन्न तह तपकाका दलित अगुवाहरुको  सहभागीता रहेको थियोे।

सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै दलित अगुवा बलिराम माझीले उक्त समितिको गठन २०७५ अशोजमा गठन भई समितिले स्थानीय स्तरमा दलित,बालबालिका र महिलाको हक अधिकार प्रवर्द्धन र संरक्षणका लागि पहल गर्दैआएको  र छुवाछूत तथा विभेद विरुद्धको अभियानलाई थप सक्रिय बनाउन सहयोगात्मक भूमिका खेलिरहेको बताए।साथै स्थानीय स्तरमा भइरहेको जातीय विभेद तथा छुवाछूत जस्ता घटनाहरुलाई नियन्त्रण तथा निगरानी गर्ने, दलितको हक संरक्षण र हित प्रवर्द्धन को लागि स्थानीय स्तरमा प्रचार-प्रसार र पैरवी गर्ने,दलितको हक संरक्षण र हित प्रवर्द्धनको लागि स्थानीय तहमा देखा परेका बाधा अवरोध समस्या निराकरण गर्ने।

रामले दलितको हक संरक्षण र हित प्रवर्द्धनको लागि स्थानीयस्तरमा गर्नुपर्ने कार्यको लागि शअनुगमन समितिलाई प्रतिवेदन तथा पृष्ठपोषण गर्ने,दलित उपरको भेदभाव विरुद्धको कानून कार्यान्वयन गर्न सहयोग गर्ने गराउने,स्थानीय स्तरमा दलितको हक संरक्षण र हित प्रवर्द्धनका लागि गर्नुपर्ने आवश्यक अन्य कार्यहरु गर्ने,दलित विद्यार्थीको निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्था मिलाउने सम्बन्धी सम्पुर्ण काम गर्ने, गराउने,दलित विकास तथा उत्थानका लागि स्थानीय सरकारबाट बजेट विनियोजन गरी पारित गर्ने, गराउने र दलितहरुको अगुवाइमा उक्त कार्यक्रम कार्यान्वयन गराउन सहयोग गर्ने,जातीय छुवाछूतका घटना हुन नदिन नगर तथा गाउँस्तरमा चेतनामूलक कार्यक्रम संचालन गर्ने गराउने,तोकिए बमोजिमका अन्य कार्य गर्ने गराउने, समितिको कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम कार्य गर्दै आइरहेको छ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले उक्त समिति गठन प्रति खुसी व्यक्त गर्दै चयन भएका नयाँ पदाधिकारी हरुलाई शुभकामना समेत व्यक्त गर्नुभयो।उहाँले भन्नुभयो”समितिको गठनले गुजरा नगरपालिकामा जातीय विभेद विरुद्धको लडाइँलाई अझ सशक्त बनाउने छ।सबै जना मिलेर समतामूलक समाज निर्माण गर्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताउदै उनले समितिको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै पछिल्लो दिनमा जस्तै आगामी दिनमा पनि नगरपालिकाले सो समितिलाई आवश्यक सहयोग प्रदान गर्ने जनाए।

नगर प्रमुख चौधरीले आफू दुई पटक निर्वाचित भइसकेको पालिकामा दलितको पनि अत्यधिक बहुल्यता रहेको र ती मध्येका अधिकांस दलितले आफलाई नै सहयोग गरेकोले आफ्नोले ती समुदायका ३७ जना बिधार्थीलाई उच्च शिक्षा र प्राविधिक शिक्षा तर्फ  पनि सहयोग गरेर स्वरोजगार बनाइसकेको बताउनु भयो।

 

त्यसैगरी सो कार्यक्रममा बोल्दै,दलित अगुवा पुनित सामाजिक, आर्थिक र धार्मिक रुपले पछाडि पारिएका दलित समुदायको पिडा बुझ्न र ति समुदायले भोग्दै आएको जातिय विभेद तथा छुवाछूत जस्ता जघन्य अपराधको नियन्त्रणका लागि आफुले आफुले  ईमानदारीताका साथ निर्वाह गर्ने गरिरहेको बताउनुभयो।

समितिले दलित समुदायको हक अधिकारको संरक्षण, विकास, र उत्थानका लागि विभिन्न उपायहरु अगाडि बढाउने छ। समितिले समितिले दलित,बालबालिका र महिलाको हक अधिकार प्रवर्द्धन र संरक्षणका लागि पहल गर्दैआएको  र छुवाछूत तथा विभेद विरुद्धको अभियानलाई थप सक्रिय बनाउन सहयोगात्मक भूमिका खेलिरहेको बताए।

 

त्यसैगरी दलित अगुवा रामाज्ञा रामले शिक्षा नै जिवनको ज्योती रहेको बताउदै सबैले आ-आफ्ना बालबच्चालाई पढाउन आग्रह गरे।

रामले रौतहट जिल्लाको १८ ओटै स्थानीय तहहरुमध्ये गुजारा नगर पालिकाले दलित समुदायको ३७ जना बिधार्थीलाई शिक्षित र स्वरोजगार बनाएर सराहनीय कार्य गरेको भन्दै उनले धन्यवाद समेत व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरी, सबै वडाका वडाअध्यक्षहरु लगायत विभिन्न दलका प्रतिनिधिहरु र दलित अगुवा तथा दलित जनसमुदाय लगायत सो पालिक भित्रका विभिन्न दलित जनप्रतिनिधि,दलित अधिकारकर्मी तथा विभिन्न कर्मचारहरुको उपस्थिति समेत रहेको थियो।

आरके श्रीवास्तव,राैतहट,२० गते असाेज ।

गत शुक्रबार नेपाल सरकारले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा विभिन्न दलले असन्तुष्टि जनाउँदै मधेशका जिल्लालाई पनि समेटन माग गरेका छन् ।  तत्काल मधेशका संकटग्रस्त जिल्लालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणामा समेटन माग गरेका छन् ।

लोसपा नेपालका नेता एवं रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख प्रत्याशी रामप्रवेश दासले सरकारले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा असन्तुष्टि जनाएका छन् । नेता दासले उक्त घोषणालाई सच्याएर वास्तविक क्षति भएको पालिका र जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका छन् । सरकारले  यसमा पुनर्विचार नगरे आफूहरु सरकारको विभेदकारी नीतिविरुद्ध चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् । उनी भन्छन् – मधेशी जनता चुप लागेर बस्दैनन् ।

मधेश प्रदेशको विभिन्न जिल्ला पनि बाढी पीडित र अत्यधिक प्रभावित रहेको अवस्थामा सरकारले मधेशलाई उपेक्षा गरेको आरोप दासको रहेको छ ।

बाढीले कैयाैं बिघा जमिनमा लगाइएको धानलाई पूर्णतया बालुवाले पुरेको, हजारौँ बिघा जमिनमा लगाइएको धान बालीलाई डुबाएर सखाप पारेको तथा थप हजारौँ बिघा जमिनको बालीलाई बाढीले सखाप बनाएको छ । अहिले पनि धेरै बालीलाई बाढीको पानीले डुबाएको अवस्था रहेको छ ।

मधेशका जिल्ला तथा मुख्य गरी अत्यधिक प्रभावित पालिका र वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने नेताहरुको माग गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।