२०८३ असार २९
२०८३ असार २९

राैतहट,२८ गते साउन । 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राैतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ कटहरिया बजारमा जनसेवा यूवा कलवको आयोजनामा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ ।

जन सेवा यूवा कलवका अध्यक्ष रामअधार यादवको समन्वयमा मेयर प्रत्यासी समाजसेवी युवा नेता नसरूदिन अंसारीले कटहरिया बजार लाई सफा सुन्दर होस् र बातावरण प्रदुषण नहोस् भन्ने उद्देश्यले फोहर व्यवस्थापनका लागि चौक चौकमा डसविन सहयोग गरेका छन् ।

साथै कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले कटहरिया बजार रहेको विवाह भवनको अगाडि र प्रांगणमा हराभरा स्वच्छ वातावरण रहने उद्देश्यले रुखको बिरूवा सहयोग गरि वृक्षारोपण गरेका छन्। साथै सो अवसरमा युवा कलवका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ ।

रौतहट २८ साउन। माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

 

फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन।

छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्ष कि लालिमा राम,७ वर्ष कि पुष्पा राम तथा ५ वर्ष का छोरा कृष्णनन्दन राम  माछा भात खाएर सुतेका थिए।

 

केही समयपछि तीनैजना बालबालिकाको स्वास्थ अवस्था बिग्रेपछि स्थानिय स्तरमा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकी रामले जानकारी दिएका छन।

जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टी गर्दै मृतक तीनैजना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताएका छन।

 

घटना बारे अनुसन्धान भईरहेको तथा थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।न्युज कारखाना

काठमाडौं- बारा प्रहरीले वीरगन्जबाट चितवन जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ।

भन्सार छलीको आशंकामा प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट सोमबार बिहान राति ना३ख ३९५० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले राति सवा १ बजे उक्त ट्रक नियन्त्रणमा लिएको हो।

उक्त ट्रकमा ७१ लाख ६७ हजार ५३४ रुपैयाँ बराबरको कस्मेटिक, फेन्सी क्लोथ रेडिमेड, मिल पार्ट्सलगायतका खुद्रा सामान थिए।

ट्रक रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान भेटिएको र त्यसको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सापकोटाले बताए।

ट्रक र चालकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको सापकोटाले बताए।न्युज कारखाना

 

रौतहट- मधेस प्रदेशका अर्थ मन्त्री सुनिलकुमार यादव ( जितेन्द्र)ले भौतिक पूर्वाधार विकास निर्माणमा जोड दिने प्रतिवद्धता जनाएका छन्।

गृहनगर रौतहटको फतुवा विजयपुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जितेन्द्रले उक्त प्रतिवद्धता जनाएका हुन्।

फतुवा विजयपुर-११ हिमालिवासमा भेट्घाटको क्रममा कार्यकर्ताहरूले गाउँ, टोल तथा पालिकाको विकासबारे प्रश्न राखेका थिए।

स्थानीयले खानेपानी, ढल तथा नाला, बाटोघाटोको सम्स्याबारे राखेको प्रस्तावमा अर्थ मन्त्री यादवले उक्त समस्याहरू तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका थिए।

अर्थ मन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक आफ्नो पालिका पुगेका सुनिल जितेन्द्रलाई जनप्रतिनिधि  तथा नगरafसीले फूलको माला लगाई, खाँदा ओढाएर स्वागत गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यसअघि क्षेत्र ३ को संघीय सांसदको रुपमा नेतृत्व गर्दा पनि सकेजति विकास गरेको दोहोर्‍याएका थिए।

सो क्षेत्रका स्थानीयले दिएको प्रदेश सांसदको अभिभारा पनि पूर्ण इमान्दारी साथ निभाउँदै अर्थ मन्त्रीको हैसियतले क्षेत्रको समग्र विकासमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाएका थिए।

न्युज कारखाना

 

महोत्तरी, २८साउन  ।

हाम्रो माया घर निर्माणार्थ बर्दिवासमा आयोजना भईरहेको शिव पुराण माहायज्ञमा कथा श्रवण गर्न आउनेहरुको घुईचो लागेको छ ।

सडक मानवरहित उदेश्यले आयोजना भईरहेको माहायज्ञको छैठौ दिनसम्म ६५ हजार भन्दा बढी मानिसहरु आएको आयोजक पक्षले जनाएको छ ।

कथा वाचिका राधिका दाशी स्वयम् संरक्षक रहेको हाम्रो माया घर बर्दिवास कै वडा-२ स्थित ५ कठ्ठा जमीनभित्र ११ करोड लागतमा दुई वटा भवन निर्माण हुँदैछन् ।

 

वेवारिसे, तिरस्कृत भएका वृद्धहरु, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरु, सडक वालवालिका तथा वेसहाराहरुको उद्दार तथा व्यवस्थापनलाई लिएर  वन्न लागेको आश्रयस्थलको लागि दाताहरुले समेत निक्कै चासो देखाएका छन ।

देशैभरिवाट आएका मानिसहरुले गरेको दानवाट अहिलेसम्म ८५ लाख भन्दा बढी संकलन भएको छ भने दान र सहयोग गर्नेहरुको संख्या वढीरहेको मुल आयोजक समितिको सचिवालयले जनाएको छ ।

१ करोड ५० लाख संकलन हुने लक्ष्य राखिएको उक्त माहायज्ञको मध्यान्तरसम्म आईपुग्दा अपेक्षा गरेभन्दा धेरै राम्रो सहभागी र दान सहयोग भईरहेको माहायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।

२१ गतेदेखि सुरु भएको माहायज्ञ २९ गते समापन हुँदै छ यो विचमा हाम्रो माया घर निर्माणार्थ ऐक्यवद्वता जनाउन राजनीति दलका प्रतिनिधिहरु र प्रदेश सरकारका मन्त्री, राज्य मन्त्री समेत सहभागी भएका छन ।

यही क्रममा शनिवार वेलुका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यक्रममा सहभागी जनाएर प्रदेश सरकारले पनि हाम्रो माया घर निर्माण सम्पन्न गर्न स्वामित्व लिने वताएका छन ।

त्यस्तै स्थानीय राजनीति दलहरुले पनि सडक मानवरहित उदेश्यले निर्माण हुन् लागेको पवित्र कार्यमा हातेमालो रहने वताउदै नेपाली कांग्रेसले त कार्यकर्ताहरुलाई माहायज्ञ अवधिभर स्वयमसेवककोरुपमा खटिन बिज्ञप्ति जारी गरेर निर्देशन नै दिईसकेको छ ।न्युज कारखाना

रौतहट २८ साउन।

रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्रमोद कुमार गुप्ताले जिम्मेवारी पाएका छन्। फतुवा विजयपुरमा ह्याट्रिक खाएका उपसचिव सुरेन्द्र प्रधानलाई संघीय मन्त्रालयले बाटो देखाएको छ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २७ गते आइतबार को पत्रअनुसार नेपाल स्वास्थ्य सेवा हेल्थ ईनपेकसन समुह अधिकृत स्तर सातौं तह कार्यरत प्रमोद कुमार गुप्तालाई स्थानिय सरकार सञ्चालन एन २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकिय अधिकृत को रुपमा जिम्मवारी दिइएको छ। अर्को प्रमुख प्रशासकीय अधिकृत न खताईए सम्म वा अर्को ब्यबस्था नभएसम्मको लागि कार्यालयको आर्थिक तथा प्रशासनिक कामको जिम्मेवारी दिइएको मन्त्रालयका शाखा अधिकृत केशवराज पाण्डे द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

 

उपसचिव सुरेन्द्र प्रधान तेस्रो पटक फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा गत फागुन महिनामा आएका थिए। आर्थिक वर्ष २०८०१०८१ को अन्तिम महिना असार मसान्तमा मनपरी अथवा जनप्रतिनिधिको सल्लाह बिना नै लाखौंको बजेट चलाएको आरोप लागेको थियो।

कार्यवाहक मेयर अम्बेया खातुन अथवा वडा अध्यक्ष सतित अन्य जनप्रतिनिधिले पनी प्रधान कार्यालयको सट्टा बाहिर बाहिर बसेर असार मसान्तमा चेक काटेको आरोप लगाएका थिए।

 

त्यतिमात्र नभई उपसचिव भएर पनि प्रधानले फतुवा विजयपुरमा बसेर कुनै पक्षको चित बुझाउन नसकेको मेयर प्रत्यासीहरुको गुनासो गरेका थिए।

फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकट बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भई बिशेष अदालत बाट दण्ड जरिवाना तोकिएपछि गत वर्ष उनको पद गएपछि कांग्रेसकै उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकि थिइन्।

खातुन कार्यवाहक भए देखि नै बिभिन्न कारणले सिंगो नगरपालिका अस्तव्यस्त बनेको छ। कार्यवाहक मेयर खातुनले कांग्रेसकै नेताको ईशारामा कांग्रेस कै वडा अध्यक्षहरु षडयन्त्र गरेर आफूलाई सफल बनाउन खोजेको बताउँदै आएकी छिन्।

उता वडा अध्यक्षहरुले कार्यवाहक मेयर खातुन प्रमुख प्रशासकीय अधिकृत संग मिलोमतो गरी आर्थिक अनियितता गर्न खोजेको आरोप लगाउँदै आएका छन।

२०७९ को स्थानीय निर्वाचन पछि नगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा पटकपटक शिक्षक कर्मचारीले समयमा तलब पाउने गरेका छैनन्।
न्युज कारखाना

सिरहा । नेपाल विद्युत् प्राधिकरणको सिरहास्थित लहान वितरण केन्द्रबाट सप्लाई हुने विभिन्न स्थानमा शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म ९ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

प्राधिकरणको लहान वितरण केन्द्रले एक सूचना जारी गर्दै लहान सबस्टेसनदेखि महेन्द्र राजमार्गसम्म जदही तथा लहान फिडरको ११ केभी प्रसारित जीर्ण तारलाई ‘अपग्रेड’ गर्न लागिएकाले विद्युत् वितरण प्रभावित हुने जनाएको हो।

लहान फिडरअन्तर्गतका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, वरियापट्टि गाउँपालिका—१, गोलबजार नगरपालिका—१ लगायत क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ।न्युज कारखाना

हेटौंडा, २४ साउन। वीरगञ्जको घण्टाघरमा हेटौँडाका एक तीर्थयात्रीमाथि प्रहरीद्वारा कुटपिट भएको छ ।

 

बैकुण्ठधाम तीर्थयात्राबाट फर्किँदै गरेका यात्रीले घण्टाघरको तस्बिर र भिडियो खिच्दा प्रहरीले उनलाई समातेर मोबाइल खोसेको र पछि कुटपिट गरेको आरोप लागेको छ।

गत सोमबार साँझ तीर्थयात्राबाट फर्किँदै गरेको बससँग घण्टाघर चोकमा स्कुटर ठोक्किएको थियो । स्कुटर चालकले आफूलाई र स्कुटरलाई केही नभएको बताउँदै गएपछि बसका चालक र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधपुछ गरेको थियो ।

 

सोही क्रममा बसबाट झरेका हेटौँडा-१८ का गणेशकुमार बरालले घण्टाघरको तस्बिर तथा भिडियो बनाउँदै गर्दा प्रहरीले टी-सर्टमा समातेर मोबाइल खोसेको बराल बताउँछन् ।

त्यसपछि, घण्टाघरस्थित प्रहरी बिटको कार्यालयभित्र लगेर बिना कारण कुटपिट गरेको गणेशसँगै बसमा रहेकी मैयाँ श्रेष्ठले बताइन् ।

 

उनका अनुसार गणेशलाई कुटपिट गरेर फिर्ता पठाएपछि यात्रुहरूले उपचार नगरेसम्म नजाने अडान राखेका थिए । पछि प्रहरीले नै नारायणी अस्पताल लगेर चेकजाँच गराएपछि अवस्था सामान्य रहेको भनेर कागजपत्र बनाएपछि उनीहरू फर्किएका थिए ।

बरालका अनुसार प्रहरी आई साह लगायत ४ जना प्रहरीले उनीमाथि हातपात गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कुटपिट गर्ने प्रहरीलाई जिल्लामा फिर्ता बोलाइएको र विभागीय कारबाही स्वरूप स्पष्टीकरण सोधिएको जानकारी दिएका छन्।न्युज कारखाना

 

२३ साउन, महोत्तरी 

सन १९८५ अघि नेपालको प्रागऐतिहासिक पाटोहरुको विषयहरुमा कुनै खोज र अनुसन्धान हुन सकेको थिएन ।

जब जर्मन नागरिक गुड्रन कर्विन्स नेपाल आईन तब नेपालका पुरातात्त्विक गौरवहरु उदागों वने । ढुंगे युगदेखी नै मानिसहरुको चहलपहल भएको बिषयले मात्र हैन हजारौ बर्ष पुराना अवशेषहरुले नेपालका भुमिहरु विश्वका पुरातात्त्विकविदहरुका लागि सर्वाधिक आकर्षण वने ।

उनै कर्विन्सले १० बर्ष लगाएर अध्यण गरेको मधेश प्रदेशको महोत्तरीस्थित पाटुको भुमी विश्वमा नै चर्चाको विषय वनेको छ ।

विख्यात भुगर्भविद कर्विन्सले गरेको अध्यणपछी सोही ठाउँमा पत्ता लगाईएको मध्यपाषण युगको हतियार कारखाना यतिवेला आम मानिसको चर्चा र कौतहुल वनेको छ ।

कर्विन्सले २००७ मा प्रकाशित गरेको किताब `प्रिहिस्टोरिक कल्चर इन नेपाल´ बाहिर आएपछि यो भुमीको थप रहस्यहरु उजागर  वन्यो । उन्ले उक्त किताबमा रातु नदीसगैँ जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार बर्ष पहिला अर्थात मध्यपाषण युगमा मान्छेहरुको वाक्लो चहलपहल रहेको उल्लेख गरेकी छन ।

तत्कालिन समयमा मानिसहरुले प्रयोग गर्ने हतियारहरु समेत त्याही वनेको कर्विन्सले विश्वलाई कितावको माध्यमवाट सविस्तार वर्णान गरिन । जुन वेला मानिसहरु ढुंगाको हतियार वनाएर सिकार खेल्ने र जिविकोपार्जन गर्ने गर्दथे ।

मध्यपाषण युग १० देखि १२ हजार बर्ष पहिलाको मानिन्छ । अहिलेको पाटु गाउँ वि.स. २०२० को दशकमा वस्ती बसेको थियो । कर्विन्सले तथ्यसहित १२ हजार बर्ष पुरानो मानव सभ्यता भएको उजागार गरेपछी स्थानियहरु समेत अचम्मित वनेका छन ।

`बन्चरो जस्ता ढुंगा, धारिलो अनौठा ढुंगाहरु जंगल जादा भेटिन्थ्यो । संचार माध्यमवाट पाटु १२ हजार बर्ष पुरानो सभ्यता भएको थाहा पाएपछी हामिले त्यस्ता आकृतिका ढुंगाहरुको खोजी गरिरहेका छौ ।´ स्थानिय रमेश पौडेलले भने । `यो भुमी पुरातात्त्विक पर्यटनका हिसावले उर्वर रहेछ ।´
चुरेसगैँ जोडिएको यो गाउँमा पाल टागेर ३५ बर्ष अगाडि कर्विन्सले १० बर्ष लगाएर अध्यण गरेकी थिइन ।

स्थानिय, प्रदेश र संघिय सरकारले याँहाको प्रागऐतिहासिक विषयमा चासो देखाएतापनी यस्को संरक्षण र पर्वद्वन कसरी गर्ने भन्ने बिषयमा कुनै योजना वनाउन सकेको छैन ।

उधोग बाणिज्य संघको चासो

पुरातात्त्विक हिसावले निक्कै रहस्यमय भएको यस ठाउँमा बरु उधोग बाणिज्य संघ बर्दिवासले निक्कै चासो देखाएको छ ।

पुरातात्त्विक पर्यटिकिय गन्तव्यकोरुपमा विकास गर्न कयौ पटक संघका अध्यक्ष बिष्णु खडकाले छलफल समेत चलाएका छन ।

उन्कै नेतृत्वमा  यसअघि तत्कालिन पर्यटन मन्त्री सुदन किराँतीलाई प्रतिवेदन समेत वुझाईएको थियो । फलस्वरूप संघिय सरकार र प्रदेश सरकारले झण्डै ८० लाख वजेट विनियोजन गरेको छ ।

मध्यपाषण युगको हतियार कारखाना जुन वेला मानिसहरुले ढुंगाका हतियार बनाउथे । सोही हतियारहरु कर्विन्सले रातो माटोभित्र हजारौ संख्यामा रहेको पत्ता लगाईन ।

तत्कालिन समयमा हतियार कारखानाकोरुपमा नै प्रयोग भएको उक्त ठाउँमा ठुलो संख्यामा मानिसहरुको बसोबास मात्र हैन अन्यत्रवाट पाटुमा नै केन्द्रित हुने गरेको कर्विन्सको अध्यणमा उल्लेख छ ।

`उन्ले पत्ता लगाएका केही हतियारहरु हामिले पुरातात्त्विक विभागमा समेत गएर अवोलोकन गर्‍यौ ।´ अध्यक्ष खडकाले भने । `वास्तवमा नै यो ठाउँलाई विश्वको नै ठूलो अध्यण केन्द्र वनाउन सकिने आधारहरु देखिएका छन ।´

अहिले उधोग बाणिज्य संघ बर्दिवासको नेतृत्वमा नै पुरातात्त्विक पर्यटनको आधार तयार गर्न विषयगत समिती समेत वनाइएको छ । रातु-राईमण्डल पुरातात्त्विक पर्यटन विकास क्षेत्र समिती नामांकरण गरिएको समितिले पुरातात्त्विकविदहरुसगँ छलफल गरेर गुरुयोजना समेत तयार गर्ने प्रक्रिया अगाडि वढाइएको छ ।

नेपालमा नै पहिलोपटक ठूलो पुरातात्त्विक पर्यटकिय केन्द्र बन्न सक्छ : पुरातात्त्विकविद

संचार माध्यमवाट निरन्तर समाचार आएपछी देशैभरीका पुरातात्त्विकविद्वहरुले पाटुको मध्यपाषण युगको हतियार कारखानाको विषयमा चासो व्यक्त गरेका छन ।

`बर्दिवासमा देखिएको चासोले यो ठाउँ विश्व कै पुरातात्त्विक पर्यटन केन्द्र  वन्न सक्ने महत्वपूर्ण आधारहरु देखिएको छ ।´ भुगर्भविद्व प्रकाश दर्नालले भने । `संघ र प्रदेशले उक्त ठाउँको विकासको लागि बजेट विनियोजन गरेको सुनेको छु । गुरुयोजना वनाएर काम गर्नुपर्छ ।´

पुरातत्त्व विभाग काठमाण्डौका कर्मचारीहरु पाटुका विषयमा कर्विन्सले अन्य धेरै बिषय पत्ता लगाएको हुँदा थप अध्यण हुन जरुरी देखिएको वताउछन ।

कर्विन्सले पत्ता लगाएको उक्त अवशेषहरुलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ । कितावमा रातो माटोमुनि हजारौ, करोडौ संख्यामा ३० देखि ५० सेन्टिमिटर पुरिएको अवस्थामा रहेको उन्ले उल्लेख गरेकी छन ।

यि सवै सम्पदाहरुलाई संरक्षण गर्न र ऐतिहासिक पर्यटकिय केन्द्रकोरुपमा विकास गर्न सरकारले देखाएको तत्परताले उत्साहित वनाएको अर्का पुरातात्त्विकविद्व सोमनाथ सापकोटा वताउछन ।

`पाटुको विषयमा थुप्रै गौरवपुर्ण इतिहास हामिले पत्ता लगाएका छौ । स्थानिय सरकारले यस्मा विशेष चासो देखाउनुपर्छ ।´ सापकोटाले भने । `कर्विन्सले पत्ता लगाएको मध्यपाषण युगको हतियारको राजधानी, सर्पहरुको राजधानी, वि.स. १२१८ को शक्तिशाली भुकम्पका विषयमा याँहा थुप्रै रहस्यहरु छन ।´

वि.स. १२१८ को शक्तिशाली भुकम्पले वनाएको पहाड

नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।

वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ ।

यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो ।  भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो ।

इतिहासकारहरुको अनुसार तत्कालिन समयमा समथर र केही माथी उठेका चुरे पहाडहरु झन माथी उठेको वताईन्छ ।

त्यसैमध्ये भुकम्पको प्रभाव कै कारण सवैभन्दा ठुलो पहाड वनेको पनि पाटुको उपल्लो क्षेत्र अर्थात राईमण्डलको वरपर नै रहेको वताईदै आएको छ ।

झण्डै ८ सय बर्ष पुरानो जिवित इतिहासलाई भुकम्पको कारण माथी उठेको यसै ठाउँको एउटा टापु प्रमाणकोरुपमा उभिएको भुगर्भविदहरु वताउछन ।

भुगर्भविद्व सोमनाथ सापकोटाका अनुसार पिएचडीका विद्यार्थीहरुले पाटुमा नै थुप्रै अध्यण र अनुसन्धान गरेर जर्नलहरु प्रकाशित गरेका छन ।

कर्विन्सले फेला पारेको मध्यपाषण युगको सभ्यतासगैँ देखिएको ऐतिहासिक चुरे पहाडलाई एकीकृत पुरातात्त्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न सकिने सापकोटा वताउछन ।

स्थानिय क्षेत्रमा विषयगत संस्थाको पारम्भ

हजारौ बर्ष पुरानो मानवसभ्यता र यस्का अवशेषहरु फेला परेको विषय स्थानिय पत्रकारले निरन्तर फ्लोअप गरेपछी विषयगत संस्था दर्ता प्रक्रियामा अगाडि बढेको छ ।

उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाको संयोजकत्वमा वनेको समितिमा १३ जनाको तदर्थ समिती  छ ।

उपाध्यक्षमा पोषण थापा, महिला उपाध्यक्षमा बिन्दा कुमारी थापा, सचिव उत्तम कुमार श्रेष्ठ, स-सचिव दिपेश सापकोटा, कोषाध्यक्षमा हेम कुमारी वराल, सदस्यहरुमा उषा ढकाल, विशाल बस्नेत, सम्भु भट्टराई, नारायण अधिकारी, बैकुण्ठ देवकोटा, अर्चना न्यौपाने लगायतका छन ।

संस्था दर्ता प्रक्रिया औपचारिकरुपमा सकिएपछि छलफल र विज्ञहरु राखेर योजना तयार गर्ने संयोजक खडकाले वताए ।न्युज कारखाना

सिरहा, २३ साउन। सिरहाको धनगढीमाई नगरपालिका अनियमितताको अखाडा बनेको छ। अनियमितता गर्ने उदेश्यले नै योजना टुक्र्याउने, भनेका मान्नेहरुलाई राखेर उपभोक्ता समिति गठन गर्ने र उपभोक्तासँग रकम असुल्ने धन्दाले लुटतन्त्रको जालो उदाङ्गो भएको प्रष्ट देखिन्छ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा नगरस्तरीय योजनामामात्र एक करोड ३० लाख रुपैयाँ बोरिङ्ग तथा मोटर जडानको लागि छुट्याएको थियो। विनियोजित रकम हिनामिना गर्नकैलागि जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा योजना टुक्र्याई नामका लागिमात्र  उपभोक्ता समिति बनाएर ठेकेदार मार्फत काम गराएको खुलेको हो।

सवैभन्दा बढी ५५ लाखको उपभोक्ता समिति बोरिङ्ग र मोटर जडान ११, १२ र १३ मा लक्ष्मी यादव  अध्यक्ष गरेका छन्। समितिका अध्यक्ष यादव वडा कार्यालयका कर्मचारी पनि हुन्। रकम कुम्ल्याउन सजिलो पार्नकै लागि नीयम मिचेर कर्मचारीलाई अध्यक्ष बनाएको स्थानीयको भनाई छ।

योजनाको सचिवमा सूर्यनारायण महतोको नाम छ। विडम्वना उनलाई आफू उपभोक्ता समितिमा रहेको जानकारी नै छैन।

सचिव महतोलाई तपाई बोरिङ्ग र मोटर जडान उपभाक्ता समितिको सचिव हो? भनि सोध्दा उनले आफू कुनै समितिमा बसेको जानकारी नभएको बताए। उनले भने, ‘म समितिमा बसेको जानकारी छैन, बुझेर थप कुरा भनुला।’

उपभोतmा समितिलाई नै जानकारी नहुनेगरी बनेको समितिले कसरी फाइल तयार पार्यो र बैंक खाता खाल्यो भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ।

अपारदर्शी तथा मनपरी ढङ्गले समिति गठनमात्र हैन यसको सम्पूर्ण काम समेत ठेकेदारमार्फत गराएको छ। धनगढीमाई नगरपालिका ११ मा ४ वटा बोर्डिङ्ग र मोटर जडान भएको छ। बोर्डिङ जडान भएको उपभोक्तालाई भने समितिको नाम थाहा छैन्।

नगरस्तरीय योजनामा बोरिङ्ग र मोटर जडान गर्ने भनेपनि उपभोक्तासँग प्रति बोरिङ्ग ३० देखि ४० हजारसम्म नगद असुल गरेका छन्। वडा अध्यक्ष र मेयरको खास मान्छेमार्फत रकम असुलेको बताइन्छ।

धनगढीमाई ११ की उपभोक्ता उषा महतो, समिता मगरसहितका ६ घर परीवारले ७ हजारको दरले रकम उठाएर वडा अध्यक्ष अशोक श्रेष्ठको निर्देशनमा स्थानीय पवन महतोलाई ४० हजार रुपैयाँ बुझाएको बताए। उनीहरुले भने, ‘पैसा जम्मा नगरेसम्म बोरिङ्ग नदिने भनेपछि हामीले घरही ७ हजारका दरले उठाएर ४० हजार पवन भाईलाई दियौं। त्यसमध्ये १० हजार फिर्ता दिने भनेको छ। तर अझै फिर्ता भएको छैन’

उनीहरुलाई रकम लिएको भन्दा पनि बोरिङ्ग सफल नभएकोमा चिन्ता छ। पीउने पानीको चरम अभाव भोगिरहेका उनीहरुले वडा अध्यक्षले पैसा नबुझाई बोरिङ्ग नदिने भनेपछि रकम दिए। तर, अहिले जडान भएको वोरिङ्गबाट पानी नआउँदा चिन्तित छन्। ‘बोरिङ्ग जडान भएको एक साता पछि मोटर ल्याईदिए र मोटर जडान गरेको २÷३ घण्टापछि बन्द भएको मोटर अझै चलेको छैन; ती उपभोक्ताहरुले दुखेसो गरे।

त्यसैगरी, सोही वडाका सिंङ्गेश्वर ठाकुर र धुर्निदेवि महतोसँग पनि ३०÷३०  हजार रुपैयाँ वडा अध्यक्ष अशोक श्रेष्ठले लिएका छन्। वडा अध्यक्ष श्रेष्ठले पैसा नबुझाएसम्म बोरिङ्वग दिन्न  भनेपछि बाध्येय भएर रकम बुझाएको बताए।

यस वडामामात्र हैन वडा नम्वर ८ का उपभोक्ता उपेन्द्र महतोसँग पनि उनीहरुले रकम असुल गरेको छ। दुई महिना अघि नै काम सम्पन्न भएको महतोले फिर्ता दिने सर्तमा मिस्त्रीलाई दिएको रकम अझै फिर्ता भएको छैन।

यो सम्पूर्ण घटनाहरुले धनगढीमाई नगरपालिकामा हुने अनियमितता चित्रण गरेको छ। प्रत्येक वडामा उपभोक्तासँग बोरिङ्ग जडानगर्दा मोटर किन्न, मिस्त्रिलाई दिन, मेसिनमा तेलहाल्ने नाममा रकम असुल गरेको छ।

यस सम्वन्धमा जान्न ११ नम्वर वडा अध्यक्ष श्रेष्ठलाई कार्यालयमा भेट्न जाँदा भेट्नु भएन। त्यसपछि एक सातासम्म निरन्तर फोन अफ रहेको छ।

रकम उठाउने कार्यमा नाम जोडियका पनव महतोले भने आफू यस प्रकृयामा कतै नजोडिएको जिकिर गरे।

पैसा उठाएको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले आफूसम्म पनि वला बेला यस्तो कुरा आएको बताए। उनले भने, ‘म कहाँ पनि यो कुरा आई रहेको थियो। मैले आफैले पनि खोजीनीती गरिरहेको छु। कुनै पनि उपभोक्तासँग रकम लिएको भन्ने पुष्टि भए रकम लिनेलाई कार्वाही गर्छु।’

प्रमुख दासले समयमा काम सम्पन्न नभएकोले यो योजनाहरुको भुक्तानी समेत नभएको बताए। उनले विभिन्न कारणले समयमा काम सम्पन्न हुन सकेन। त्यसैले भुक्तानी बाँकी रहेको जानकारी दिए।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।