रौतहट ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आफ्नै श्रीमती रिनाकुमारी साहको तारिफ गरेका छन् । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाले नगरमा लागु गरेको बिभिन्न आयोजना देशमै उत्कृष्ट रहेको र सो योजना अन्य पालिकाले समेत लागु गरी सर्वसधारण जनतालाई सेवा दिन उनले सुझाव दिदै उनको तारिफ गरेका हुन् ।
बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा रौतहटको मौलापुर नगरपालिकाको सोनरनियामा आज आयोजित शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले समृद्ध पालिका निर्माणका लागि मौलापुर नगरपालिकामा मेयर रिनाले लागु गरेको आयोजना आफ्नो पालिकामा समेत लागु गर्नुपर्ने बताए ।
मौलापुर नगरपालिकाकी मेयर आफ्नो पालिकामा नगर प्रहरीको साटो नगर शिक्षक नियुक्त गरेकी छन् । अन्य पालिकाले शासन गर्नका लागि नगर प्रहरी नियुक्त गरेको तर मेयर रिनाले विद्यार्थीहरुको पढाई उत्कृष्ट बनाउनका लागि शिक्षक राखेकोमा आजपा अध्यक्ष साहले उनलाई बधाई एवं शुभकामना व्यक्त गरे ।
यस्तै मेयर रिनाले मौलापुर नगरपालिकामा किसान एवं सर्वसधारणका लागि ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम, नगर प्रहरी होईन नगर शिक्षक लगायतका लोकप्रिय कार्यक्रम लागु गरेकी छन् । मौलापुरकी मेयर साहले आफनो नगरभित्र लागु गरेको ‘कर फ्रि’ कार्यक्रम समेत लोकप्रिय बनेको छ । मेयर रिनाले बिभिन्न लोकप्रिय कार्यक्रम लागु गरी सर्वसधारण जनतालाई सेवा दिदै दोस्रो कार्यकालका लागि मेयरको जिम्मेवारी निर्वाह गरिरहेकी छन् ।
‘मौलापुर नगरपालिकामा ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम, नगर प्रहर्री होईन नगर शिक्षक छ । यहाँ कुनै सिफारिस वा कामको कर लाग्दैन्, कर फ्रि छ । यस्ता लोकप्रिय कार्यक्रम लागु गरेर सर्वसधारणलाई सेवा गर्ने मेयर रिनाजीलाई म बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘म अरु पालिकामा हेर्छु करमाथि कर लागु गरिएको छ । शिक्षक होईन नगर प्रहरी नियुक्त गरिएको छ, शासन गर्नका लागि । किसानको बिधुत महशुल तिर्ने, सर्वसधारणका छोरीको बिवाहमा आर्थिक सहयोग गर्ने, डाक्टर नियुक्त गर्ने र विरामीलाई सेवा दिने काम गर्नु धेरै नै उत्कृष्ट छ । अरु पालिकाले समेत मौलापुरबाट सिक्नुपर्ने देखिन्छ ।’
मौलापुर नगरपालिकाकी मेयर रिना साहको पहल एवं योजनामा ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम अन्तरगत नगरका हजारौं किसानको विधुतको करोडौं रकम नगरपालिकाले तिर्दै आएको छ । यस्तै असहायसंग मेयर कार्यक्रम अन्तरगत मौलापुरले गरिब समुदायका उमेर पुगेका छोरीको बिवाहमा ३० हजारका दरले हजरौं परिवारलाई नगद सहयोग गर्दै आएको छ ।
मौलापुरमा ‘फ्रि कर’ कार्यक्रम अन्तरगत कुनै पनि कर नगरपालिकाले लिदैन् । जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वा कुनै प्रकारको सिफारिस देखी मालपोत, नापी लगायतका कुनै पनि कर मौलापुरमा लाग्दैन् । यस्तैै सबै पालिकाले नगर प्रहरी नियुक्त गरेर शासन गर्दै गर्दा मौलापुरमा नगरशिक्षक, डाक्टर नियुक्त गरेर नगरबासीलाई सेवा दिने काम भईरहेको छ । यसैगरी मौलापुरमा धुवाधुलो मुक्त अभियान अन्तरगत हजरौं घरमा ग्यास सिलिण्डर, चुलो समेत वितरण गरिएको छ । नगरभित्रको शिक्षा, स्वास्थ्य, यातायातका लागि कालोपत्रे, ढलान लगायतका कामले नगरबासी खुशी छन् ।
यि र यस्ता कार्यक्रमको समर्थन र तारिफ आजपा अध्यक्ष साहले मात्रै नभई मेयर रिनाको विरोधीले समेत गर्दै आएका छन्् । मेयर रिनाले गरेका यस्ता उत्कृष्ट काम एवं योजनाहरु अरु पालिकाले लागु गरेर समृद्ध नेपाल निर्माणको अभियान पुरा गर्नुपर्ने निष्कर्ष कार्यक्रममा सहभागिहरुको रहेको थियो ।
कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, नगरप्रमुख रीना कुमारी साह लगायतको विशेष सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,२८ गते असोज ।
सर्वसाधारणलाइ आउजाउ गर्न सहज हुने उदेश्यले लचका निर्माण गरिएको छ । जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका–गौर नगरपालिका जोड्ने लालबकैया नदीमा लचका निर्माण गरिएको छ । वर्षायाम समाप्त भएसँगै लचका निर्माण गरिएको हो ।
पानीको बहाव कम भएसँगै सो ठाउँमा लचका निर्माण गरिएको हो । गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी बिकाउ सहनीले आफ्नो निजि लगानीमा बासको लचका निर्माण गरेको स्थानिय पत्रकार अरविन्द यादवले जानकारी गराएका हुन् ।
उक्त ठाउँमा वर्षौदेखि पुल बन्ने क्रममा छ । समयमा पुल नबन्दा स्थानियलाइ सास्ती खेप्नु परेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण लालवकैया नदी तर्न स्थानीयलाई कठिनाइ हुँदै आएको छ । उक्त ठाउँमा पुल निर्माणको काम चाँडै सकाउन स्थानीय युवा संजय सहनीले अनसन समेत बसेका थिए । तर उनलाइ आश्वासनको पोका मात्रै दिइयो पुल भने बनेन् ।
पुल बनाउन ढिला गरेको भन्दै स्थानीयले सधैं आलोचना समेत गर्दै आएका छन् । उक्त ठाउँ लालबकैया टिकुलिया घाटमा पुल नहुँदा पटक पटक डुंगा पल्टिने गरेको घटना हुँदै आएको छ ।






जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी स्थित रहेको दलित धर्मशालामा हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली,छठ तथा तिहारको पावन अवसरमा सो कार्यक्रम आयोजन गरिएको हो ।
लोकतन्त्रको मूल आधार,समान सहभागिता र विभेदमुक्त समाज,अभिव्यक्ती स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो अवाज भन्ने मूल नाराका साथ गठन भएको संघे पछिल्लो समय रौतहटमा आफनो सक्रियता बढाएको छ ।



त्यसमा आधारित रहेर कलम चलाउन र पत्रकारिता गर्न आग्रह गरेका छन् । दलितमाथि भइरहेको अन्याय,अत्याचार र विभेद लगायका विषयमा आफूले कलम चलाउँदै र अवाज उठाउँदै आएको स्मरण गराउँदै उपस्थित दलित पत्रकारहरुलाइ ति पिडितहरुको पक्षमा खम्बाको रुपमा खडा रहन आग्रह गरे । साथै उनले आफू मर्यादामा रहेर पत्रकारिता गर्न पनि सुझाव दिए । जथाभावी रुपमा सामाजिक संजालमा नलेख्न आग्रह गरे । आफू आठ वर्ष पत्रकारिता छोडेर पुनः पत्रकारिता क्षेत्र सक्रिय रुपमा काम गरिरहेको र यसैको देन हो कि आज मलाइ लाखौं मान्छेहरुले चिनिरहेका छन् । त्यसैले पत्रकारितामा पनि भविष्य छ ।
यदि राम्रो सँग पत्रकारिता गर्नु भयो भने यसमा पनि धेरै अवसरहरु छन् । र ति अवसरहरु दिलाउन म भरपूर प्रयास गर्ने छु । कार्यक्रममा सञ्चालकको रुपमा पत्रकार द्घय प्रदिप दास र रमेश यादव रहेका थिए । कार्यक्रममा उपस्थित दलित पत्रकारहरु का साथै जेष्ठ नागरिकहरू र अतिथीहरु लाइ मधेशको शान गमछा ओढाएर सम्मान गरिएको हो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता रामप्रवेश दासले आज विभिन्न शक्तिपिठहरूको दर्शन गर्नु भएको छ ।
गुजरा नगरपालिकाकाे वडा नम्बर ४ कनकपुर स्थित रहेको गढिमाई मन्दिरमा पुगि पुजापाठ तथा दर्शन गर्नु भएको छ ।त्यस्तै कटहरिया नगरपालिकाकाे जमुनिया स्थित रहेको कन्काली माई मन्दिर पुगि पुजापाठ तथा माताको दर्शन गर्नु भएको छ । 
नेता दासले मन्दिर बनेदेखि नै प्रत्येक बर्ष निरन्तर पुजापाठ तथा दर्शन गर्दै आइरहनु भएको छ । उक्त मन्दिरहरुको निर्माण पनि नेता दासकै पहलमा निर्मित भएको हो ।
नेता दासकै पहलमा बजेट बिनियोजन गराई तत्कालीन लोसपाका बरिस्ठ उपाध्यक्ष एव पुर्व प्रहरी महानिरीक्षक प्रदिप शम्सेर राणाको करकमल बाट सिलन्यास भै मन्दिरको निर्माण सप्पन्न भएपछि सो मन्दिर को उद्धघाटन लोसपाका नेता एव तत्कालिन मधेश प्रदेश का भौतिक पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनल बाट सुसम्पन्न भएको थियो ।
त्यस्तै जमुनिया स्थित कन्काली माई मन्दिरको पनि नेता रामप्रवेश दासकै पहलमा बजेट बिनियोजन भै सो मन्दिरको शिलान्यास नेता दासको करकमल बाट सुसम्पन भएको थियो भने मन्दिरको उद्धघाटन हुनु पुर्व नेता दासको हाथ बाट मुर्तिमा प्राण – प्रतिस्ठा गरिएको थियो ।
सो मन्दिरको लोसपाका बरिस्ठ नेता बर्तमान नेपाल सरकारका श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको हाथ बाट उद्धघाटन सु- समपन्न भएको थियो ।
त्यस्तै कटहरिया नगरपालिकाे छेदी चौक स्थित नव दुर्गा पुजा स्थलमा पुगि पुजापाठ तथा माताको दर्शन गर्नु भएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते असाेज ।
रौतहट म्याराथनको उपाधि कविन्द्र शर्मालाई
हरेक वर्षझैँ बडादशैँको अवसरमा फूलपातीको दिन रौतहटमा आयोजना हुने म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणमा कविन्द्र शर्माले बाजी मारेका छन् । पाँच किलोमिटरको दुरी शर्माले १७ मिनेट ४० सेकेन्डमा पूरा गरेर सहभागी ४५ जनालाई उछिनेर प्रथम स्थान हासिल गरेका हुन् । गत वर्ष पनि शर्माले नै प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।
प्रथम स्थान हासिल गर्दै शर्माले फ्रिज जित्न सफल भएका छन् । यसै गरी १७ मिनेट ४३ सेकेन्डमा उक्त दुरी पूरा गर्दै राहुल रामले द्वितीय स्थान हासिल गर्दै एलइडी टिभी जित्न सफल भएका छन् । दुवै विजेता गरुडा नगरपालिका ४ गरुडाकै हुन् । प्रतियोगितामा बाजी मारेपछि दुवै जनाले डिजे बजाएर साथीहरुसित सामूहिक नृत्य गर्दै बजार परिक्रमा गरेका थिए ।
रेडियो मधेश मसला एफएम १०६.४ मेगाहर्ज, गरुडाको आयोजनामा भएको स्वर्गीय मनोजकुमार चौधरी म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणको अवसरमा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादव र इलाका प्रहरी कार्यालय गरुडालाई सम्मानपत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । सम्मानित दुवै जनालाई रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष तथा कार्यक्रमका सभापति बृजकिशोर यादव र व्यवस्थापन पुनमकुमारी चौधरीले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादवले सबैको सुझावअनुसार आफूले प्रदेशको आर्थिक विकास, शिक्षा र स्वास्थ्यका साथै भौतिक पूर्वाधारको विकासका लागि काम गरिरहेको बताएका छन् । प्रदेशको विकासको लागि स्थिर सरकारको आवश्यकता रहेकोमा पनि मन्त्री यादवले जोड दिएका छन् । मन्त्री यादवले कार्यक्रमको प्रशंसा पनि गरेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले शान्ति सुरक्षा कायम गर्नु आफूहरुको प्रमुख दायित्व भएकोले यसका लागि अहोरात्र खटिरहेको बताएका छन् ।
कार्यक्रमकी विशिष्ट अतिथि तथा स्वर्गीय मनोजकुमार चौधरीकी धर्मपत्नी र गरुडा नगरपालिकाको वर्तमान नगर उपप्रमुख पुनमकुमारी चौधरीले कार्यक्रमको आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सहभागी र विजेता सबैलाई बधाई दिएकी छन् । मनोजकुमार चौधरीको स्मृतिमा भइरहेको म्याराथन दौड प्रतियोगिताले रौतहटमा एउटा संस्कृति निर्माण गरिरहेको पनि उपप्रमुख चौधरीको भनाइ छ । आगामी दिनमा अझ सभ्य र भव्य रुपमा कार्यक्रमको आयोजनाको लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा रहेको उपप्रमुख चौधरीको भनाइ छ ।
कार्यक्रममा मध्यरौतहट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमलाल साह, व्यवस्थापन समिति अध्यक्ष लछुमन साह तेली, वडाध्यक्षद्वय सुनिलकुमार जयसवाल र प्रवीण सिंह यादव, पूर्व वडाध्यक्ष चुनचुनप्रसाद साह, समाजसेवी हृदयनारायण यादव, रामभरोस राय यादव, गरुडाको नगर प्रमुख प्रत्याशीद्वय सुनिलकुमार यादव र दीपक राय यादव, नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष रामजी साह सोनार, गरुडा गाविसका पूर्व उपाध्यक्ष तथा स्वर्गीय मनोजकुमार चौधरीका सहोदर दाजु रामकृष्ण चौधरीलगायतलाई प्रशंसापत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । कार्यक्रमका वक्ताहरुले मनोजकुमार चौधरीको व्यक्तित्व र कृतित्वको बारेमा विभिन्न कोणबाट चर्चा गरेका थिए । स्वर्गीय चौधरी शिक्षा, संचार, समाजसेवा तथा साहित्य लगायत विभिन्न क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्वको रुपमा रहेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष बृजकिशोर यादवले कार्यक्रमलाई सम्भव र भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा उपस्थित सबैलाई रेडियो मधेश मसला एफएमका संचालक समिति सदस्य नागेन्द्र चौरसियाले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सञ्जय साह मित्रले गरेका थिए ।
असल छिमेकी नेपालद्वारा साे नगरपालिका स्थित रहेको नर्सिङ होम क्याम्पस वितरण गरिएको छ।
राजदेवी नगरपालिका वडा नम्बर १,३ र ५ का सुत्केरी महिलाहरुको लागि स्वास्थ्य कीट २३० वितरण गरिएको हाे ।
एक कार्यक्रमका बिच नगर प्रमुख भिखारी प्रसाद यादवले वितरण गरेका हुन् । साथै साे नगरपालिकाकाे वडा नम्बर ६ र ९ का २५० बाढी पीडित परिवारलाई राहत आजै वितरण गरिने नगर प्रमुख भिखारी यादवले बताएका छन् । बाकी रहेका बाढ पीडित परिवारलाई राहत दिने व्यवस्था भइ रहेको न आतिन पीडित परिवारलाई आग्रह गरेको मेयर यादवले जानकारी दिएका हुन् ।


रौतहट, असोज २३।
१५०औं विश्व हुलाक दिवस आज बुधबार जिल्ला हुलाक रौतहटले विविध कार्यक्रम गरी मनाइयोको छ ।
जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवको प्रमुख सहभागीतामा सदरमुकाम गौरमा १५० औं विश्व हुलाक दिवस मनाइएको छ ।
जिल्ला हुलाक कार्यालय बाट विभिन्न नारा छिटो डाक बस्तु ढुवानी गर्ने हाम्रो प्रयास र प्रतिवध्ता सहित निस्केको रैली नगर परिक्रमा गरि मनाएको छ ।
कार्यालयका कर्मचारीको सक्रियतामा सदरमुकाम गौरको बिपि चोकबाट निस्केको प्रभाव फेरि रैलि नगरको परिक्रमा गरि विश्व हुलाक दिवस मनाएको छ ।
सोही अवसरमा हुलाक कार्यालयका हल्कारा नारायण साहलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरियोको कार्यालय प्रमुख यादवले बताए ।