२०८३ बैशाख १०
२०८३ बैशाख १०

सागर संगम ठाकुर,रौतहट,माघ २८ गते
रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा सडक ढलानको शिलान्यास गरिएको छ ।देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले वडा नं.९ धरहरीमा सडक ढलान कार्यको शिलान्यास गर्नु भएको हो ।
नगरपालिकाको नगर स्तरिय बजेट कुल ८ लाखको लागतमा निर्माण हुने उक्त सडकको मेयर साहले सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ ।

उपभोक्ता समिती मार्फत हुने उक्त सडक ढलान कार्यको अध्यक्षमा स्थानिय कमलकान्त मिश्र उपाध्यक्ष रेनु कुमारी बैठा र सचिवमा नन्दकिशोर यादव रहेको छ ।
वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामजी साह,वडा सदस्यहरु खुबलाल दास,महिला सदस्य प्रमिला देवी साह,संजोगिया देवी दास,श्री जय किसान माध्यमिक बिद्यालय धरहरीका पुर्व प्रधानाध्यापक राजकिशोर प्रसाद यादव,शिक्षक रामचन्द्र राय यादव,युवा नेता नन्दकिशोर यादव,हरिश्चन्द्र यादव,लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

आरएन पटेल,राैतहट,माघ २८ गते ।
स्थानीय तहको वितरणमुखी कार्यक्रमले समाजमा मुडभेड़को अवस्था सृजना भएको देखिन्छ। सस्तो लोकप्रियता कमाउन जिल्लाका विभिन्न पालिकाका नगर प्रमुखहरुले नगर स्तरीय बजेटबाट वितरणमुखी कार्यक्रमको आयोजन गरि समाजमा मुडभेड़को अवस्था सृजना गरेको देख्न पाइन्छ।

उदाहरणका लागि गरुडा नगरपालिकाको वडा नम्बर ६ अमरपट्टी गाउँमा भएको सिरक वितरण कार्यक्रममा हालै भएको विवादले प्रष्ट पारेको छ।
मध्य राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ६ अमरपट्टी गाउँमा मेयर कन्थमनी जयसवालले आइतबार गरिब,विपन्नकाे सट्टा हुनेखानेलाई सिरक/कम्बल वितरण गर्न थालेपछि स्थानीयले विराेध गर्दै मेयर जयसवाललाई घेरेका थिए। सुखी सम्पन्न तथा आफ्ना आसेपासे परिवारलाई सिरक बाँड्न थालेपछि स्थानीय आक्राेशित भई करिब २/३ घण्टा सम्म उनलाई स्थानीयहरुले घेरेका थिए। गरीब निमुखा तथा विपन्न परिवारलाई बाईपास गरि एउटै घरका ५ जनालाई दिन थालेपछि थप विवाद उत्पन्न भएको स्थानीय सुरेश जयसवालले जानकारी गराएका हुन् ।

केही बेरसम्म त्यहाँ अवस्था तनावग्रस्त बनेकाे थियोे । पछि ईलाका प्रहरी कार्यालय शिवनगरबाट गएको टाेली स्थिति साम्य पारेकाे थियोे । सिरकहरू नबाँडीकन नगरपालिकामा फिर्ता लानेभएपछि मात्र स्थानीयहरू शान्त बनेका थिए ।
जनताकाे भिडबाट पछि प्रहरीले नगर प्रमुख जयसवाललाई स्कटिङ्ग गरेर त्यहाँ बाट निकालेका थिए । बाक्लो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन पनि गरिएको थियोे ।
त्यहाँका स्थानीयहरूले वास्तविक पीडित,गरिब, विपन्न, एक घर एक सिरक बाड्न भनिरहेका थिए । तर मेयर जयसवालले त्यसाे नगरि गाउँमा झैझगडा गराउन खाेज्दा जनताले विरोध गरि सम्पूर्ण दलित, गरिब तथा विपन्न परिवारलाई वितरण नगरेकाले उक्त वितरण कार्यलाई अवरोध गरेको स्थानियहरुले बताएका छन।

यस अघि पनि सिरक तथा दाउरा वितरण कार्यमा गरूडाकाे दलित बस्तीलाई बाईपास गरि मेयर जयसवालले वितरण गरेकाे दलित बस्तीका पीड़ित परिवारहरुले आराेप लगाईएकाे थियोे । नगरप्रमुख कन्थमनी जयसवालले कम्बल र सिरक वितरणमा काखापाखा गरेकाे तथा आफ्ना आसेपासे लगायतका व्यक्तिहरुलाई उच्च प्राथमिकतामा राखेर वितरणमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको पीडितहरुको भनाई रहेको छ।
साथै आइतबार गरुडाको अमरपट्टीमा सिरक वितरण कार्यक्रममा भएको विवाद विस्तार हुदै सोमबार पनि विवाद बढेर अमरपट्टीमा केही बेरसम्म अवस्था तनावग्रस्त बनेकाे थियोे। अवस्थालाई नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरि स्थिति साम्य पारेकाे थियोे ।

रौतहटको गरुडा नगरपालिका मात्र नभएर अन्य अधिकांश पालिकाहरुले त्यस्ता विभिन्न वितरणमुखी कार्यक्रम सञ्चालन गरि आफ्ना नजदीकी तथा आसेपासे लगायतका व्यक्तिहरुलाई ग्रस्ता दिएर वितरण कार्य सञ्चालन गर्दा समाजका सचेत नागरिकद्वारा विरोध जनाउदा समाजमा द्वन्द समेत सृजना भइरहेको जानकारहरुको बुझाई रहेको छ।

जनता सचेत भएपछी जनप्रतिनिधिले जे मन लाग्यो त्यही गर्न त्यति सजिलो नहुने तथा अहिलेको जनप्रतिनिधिहरुलाई मनपर्दी कार्य गर्न अपठ्यारो भैरहेकाले दिनप्रतिदिन स्थानीय स्तरमा विवाद बढ्दै गएको बुद्धिजीवीहरुको भनाई रहेको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२८ गते माघ । 

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै  रौतहटका दलित अभियन्ताहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालय काठमाडौँ र मुख्यमन्त्री तथा मन्त्रि परिषद् कार्यालय जनकपुरलाई ज्ञापन पत्र बुझाएको छ।


गृहमन्त्री लेखकले अन्तरजातीय बिहे गर्ने दलित युवामाथि अत्याचार गरेको भन्ने घटना बाहिर आए लगत्तै सोको विरुद्धमा हरेक जिल्ला- हरुबाट बिरोध,प्रदर्शन तथा हरेक जिल्लाका प्रमुखलाई ज्ञापन पत्र बुझाएर सरकारलाई चेतावनी दिने कार्य भइरहेको छ।

सोही क्रममा सोमबार रौतहटका दलित अधिकारकर्मीहरुले जिल्ला प्रसाशन कार्यालय पुगी, प्रमुख जिल्ला अधिकारीलाई सो ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति  रहेता पनि व्यवहारमा लागू न भएको भन्दै, सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा- ५ की नेहा रौनियारलाई अन्तरजातीय प्रेमविवाह गरेकै कारण गृहमन्त्री र उच्च प्रहरी अधिकारीकै संलग्नतामा ज्यादती गरिएको र विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्य शक्तिको दुरुपयोग भएको  उल्लेख छ।

ज्ञापनपत्र बुझाउनु भन्दा अगाडि अभियन्ताहरुले दलित नागरिक माथि हुने जातीय भेदभावको अन्त्य गर्न सरकार गम्भीर बनोस्, अन्तरजातीय विवाह गर्नेहरूमाथि सबै खालको भेदभाव बन्द गरियोस्,दलित हिंसा गर्ने गृहमन्त्रीलाइ कारवाही गर,दलित हिंसा गर्ने गृहमन्त्री राजीनामा दे,जस्ता नारावाजीका साथ गौर परिक्रमा गर्दै, अभियन्ताहरु जिल्ला प्रसाशन कार्यालय पुगेका थिए।

उक्त कार्यक्रमको संयोजकत्व दलित सङ्घर्ष समिति रौतहट संयोजक सोनालाल रामले गरेका थिए भने,सो ज्ञापन पत्र बुझाउने क्रममा वरिष्ठ दलित अधिकार कर्मी मटुक पासवान,अवधनरायण राम,उदयनरायण राम,जयमंगल पासवान,सुब्बा साहेब हजारी,दलित महिला अधिकारकर्मी किरण पासवान र विवेक पासवान लगायत सयौं दलित अभियन्ताहरुको उपस्थिति रहेको थियोे।

आरके श्रीवास्तव,रौतहट,२७ गते माघ ।
रौतहटको गरुडा नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रममा लाभग्राही सँग पाँच हजारका दरले रकम वसुल गरिएको कुरा बाहिर आएको छ । गरिब विपन्नको नाममा आएको रकममा एजेन्ट लगाएर पैसा उठाइएको पिडितहरुले बताएका छन् ।
सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत नागरिकको खरको छाना भएका घर विस्थापित गर्न ७५ हजार रूपैयाँ पाउने व्यवस्था छ  । त्यही व्यवस्था अनुसार नै गरिब,विपन्नको नाममा गरुडामा गत आर्थिक वर्षमै आएको रकममा कमिसन स्वरुप पाँच पाच हजारको दरले प्रतिपरिवार पैसा वसुुल गरिएको पिडितहरुको भनाइ छ ।
वडा सचिवले आफूहरुसँग पाँच हजारका दरले पैसा लिएको गरुडा नगरपालिका वडा नम्बर ४ का रवि साहले बताएका छन् । बैंकको खाता खोल्नुपर्ने भन्दै पैसा उठाएको उनी बताउँछन् । पैसा लिएको १० महिना बित्दा पनि आफूहले पाउनुुपर्ने रकम पाउन नसकेको उनको भनाइ छ ।
त्यस्तै अर्का स्थानिय दिपेन्द्र साह भन्छन् – नागरिकको लागि आएको रकममा कुनै किसिमको पैसा नउठाउनु पर्ने हो तर हामीहरु सँग फ्रड गरिएको छ । लाभग्राहीले पाउनुुपर्ने सुविधा नगरपालिकाले छिटो भन्दा छिटो उपलब्ध गराइ दिन माग गरेका छन् । यसरी गरिब सँग पैसा उठाउनेलाइ कार्यवाही गर्न पनि सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराएका छन् ।
सोही वडाका सियाराम साहले फर्मको नाममा आफूहरु सँग वडा सचिवले पाँच हजार लिएको बताएका छन् । पाँच हजार रुपैया उठाइएको एउटा अडियो संवाद पनि बाहिर आएको छ । गरुडा नगरपालिका वडा नम्बर ५ का स्थानिय शैलेन्द्र यादव सँग भएको उक्त संवादमा श्रीसाह नाम गरेका व्यक्ती पैसा उठाएको स्विकार पनि गरेका छन् ।
यता वडा नम्बर ४ का वडा सविव सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् । यसै विषयमा गरुडा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलम सँग बुुझदा उनले भने गत आर्थिक वर्ष २०८०।८१ मा नै सुरक्षित नागरिक आवासको लागि रकम आएको थियो । पहिलो किस्ताको रकम ४५ हजार भने सम्बन्धित व्यक्तीको खातामा गइसकेको जानकारी गराएका छन् ।
दोस्रो किस्ताको रकम चालुु आर्थिक वर्षमा पैसा आएपछि पठाइने उनको भनाइ छ । पैसा कसले उठायो भने यसबारे आफूलाइ केही जानकारी नभएको कार्यकारी आलमले बताउँछन् ।
गरुडा नगरपालिकामा कति सँख्यामा सुरक्षित नागरिक आवास रकम आएको हो यसबारे आफूले बुुझेर बताउने बताए । नगरपालिकाले पहिलो किस्ताको रकम खातामा गइसकेको भनिरहेका छन् भने लाभग्राहीहरुले पैसा नपाएको भनिरहेका छन् । पाँच हजार रुपैयाँ भने आफूहरु सँग उठाइएको उनीहरुले भनिरहेका छन् । सुक्षम तरिकाले यसबारे अनुसंधान गर्नुुपर्ने अहिलेको आवश्यकता देखिएको छ ।
गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादवले गरिब सँग ठगिएको रकम फिर्ता गर्नुपर्ने र लाभग्राहीले पाउनुपर्ने सुविधा अविलम्ब उपलब्ध गराउन नगरपालिका सँग अनुरोध गरेका छन् । साथै लाभग्राहीहरुको लिस्ट सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।
स्मरणियहोस् आव २०७५÷७६ को बजेट वक्तव्यमार्फत पराल तथा खरका छाना भएका घरलाई जस्ताको पातामा रूपान्तरण गर्ने उद्देश्यबाट सुरक्षित नागरिक आवास कार्यक्रम सुरुवात गरिएको थियो । उक्त कार्यक्रम अन्तर्गत जस्तापाता, काठलगायत सामग्री खरिद गर्न प्रतिघरपरिवार ५० हजार अनुदान दिन थालिएको थियो । तर पछि आव २०७८÷७९ देखि भने प्रतिघरपरिवार अनुदान रकम बढाएर ७५ हजार रूपैयाँ पु¥याइएको थियो ।

काठमाडौं
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरुको जागिर सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने माग सरकारसंग गरेका छन् । लोक सेवा आयोगले उनीहरुलाई स्थाई पदपुर्ति गरेर रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग उनले गरेका छन् ।

आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले नेता र हाकिम कर्मचारीको चाकडी गरेर श्रेणीविहीन कर्मचारीले काम गरेर कहिलेसम्म बाच्न पर्ने भन्दै स्थायी गरेरै उनीहरुको रोजगारीको सुनिश्चितता गर्नुपर्ने सुझाव दिए ।

‘सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षागार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणीविहीनहरुको जीवन एकदमै कष्टकर भैरहेको छ । जागिर नै पूरै असुरक्षित छ, जागिर कन्टिन्यूको लागि शासक र नेताहरुलाई गुहारिरहनुपर्ने, चाकडी गर्नुपर्ने बाध्यता छ,’ साहले भने, ‘म यो सरकारलाई सोध्न चाहन्छु कि ती पोष्टहरुमा स्थायी भ्याकेन्सी गरेर पदपुर्तिको काम के ले रोक्यो ? आजभोलि लोकसेवा आयोगले जतिपनि विज्ञापन गरिरहेको छ, कक्षा १२ भन्दा माथिको मात्रै भैरहेको छ, के ती श्रेणीविहीन पोष्टहरु सरकारी निकायबाट हटाईएको हो ? ती पोष्टहरुको जरुरी छैन् ? सरकारी निकायमा गाडीको जरुरी छ भने ड्राइभरको किन विज्ञापन हुँदैन ? के चालकहरु नेपाली नागरिक होईनन ? के गरिवहरु नेपाली नागरिक होईनन ?’

तल्लो तहमा काम गर्ने कर्मचारीहरुले राज्यमा कुनै एप्रोच नपाउने र जहिल्यैपनि उनीहरुले चाकडीमात्रै गर्नुपर्ने हो र ? भन्दै साहले प्रश्न उठाए । तल्लो तहका मान्छेले जहिल्यैपनि अरुकै निगाहमा जीवन बाँच्नुपर्ने हो ? र यस्तै अवस्थाको लागि नेपाली नागरिकले लडेर गणतन्त्र ल्याएको हो ? भन्दै साहले प्रश्न गरे ।

‘हिजो राजतन्त्रमा त यी पोष्टमा स्थायी भ्याकेन्सी हुन्थे । उनीहरुले पनि पेन्सन पाउँथे । उनीहरुपनि सम्मानित भएर मानव जीवन बाँच्थे, तर आज जसरी नारकीय र दासताको जीवन बाँच्नुपर्ने स्थिति छ, यसको अन्त्य होस भन्न चाहन्छु,’ साहले भने ।

उनले निजामती ऐनमार्फत अहिले नारकीय जीवनयापन गर्न बाध्य भएका तल्लो तह र श्रेणीविहीन कर्मचारीको भावना र माग सम्बोधन होस भन्ने माग गरे । कतिपय शासकहरुले तल्लो तहका कर्मचारीलाई स्थायी गरियो भने आफ्नो टाउकोमा नै टेक्छन् भन्नेगरि बहस गरेको पनि साहको आरोप छ ।

आजपा अध्यक्ष साहले गरिबमारा कानून आफूहरुलाई नचाहिएको चेतावनी दिदै भने, ‘हिजो पञ्चायतकालमा न्याय पाउने तर आज गणतन्त्रमा कम्युनिष्टहरुको सरकार हुँदापनि यसरी अन्याय भैराख्दा आम मान्छेले स्वभाविक मानेको छैन् । यतातिर म सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’

आरके श्रीवास्तव,रौतहट,२४ गते माघ २०८१ ।

रौतहटको कटहरिया नगरपालिकामा जारी एचपिभी खोप अभियानमा ८९ प्रतिशतलाइ लगाइ सकिएको छ । यो अभियानको पाँचौ दिन लक्ष्यित समूहका २ हजार २४ जना किशोरीहरूलाई एचपिभी खोप लगाइएको स्वास्थ्य संयोजक दिनेश प्रसाद यादवले जानकारी गराएका हुन् ।
संयोजक यादवको अनुसार अब कटहरिया नगरपालिकाभरी ११ प्रतिशत अर्थात् २ सय ६९ जना किशोरीहरुलाइ मात्र खोप लगाउन बाँकी रहेको छ । कटहरिया नगरपालिका भरि कुल २ हजार ४ सय १३ जना किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य रहेको छ ।
गत मंगलबार देशैभर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिहेको छ ।
रौतहटमा भने माघ २३ गतेदेखि कटहरिया नगरपालिका सहित जिल्लाको १८ वटै पालिकामा यो एचपिभी खोप अभियान सञ्चालन भईरहेको छ । पहिलो चरणमा ९ वटा पालिकामा यो अभियान चलिरहेको छ भने माघ ३० गते देखि दोस्रो चरण खोप अभियान सञ्चालन हुने छ । एचपिभी खोप अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२७ गते माघ ।
जनता सचेत भएपछी जनप्रतिनिधिलाई मनलाग्दी गर्न त्यति सजिलो कहाँ छ र? राैतहटकाे मध्य भाग गरूडा नगरपालिकामा आज यस्तै घटना घटेको छ । गरिब,विपन्नकाे सट्टा हुनेखानेलाई सिरक/कम्बल वितरण गर्न थालेपछि स्थानीयले विराेध गरेका छन् ।

गरूडा नगरपालिका वडा नम्बर ६ अमरपट्टी गाउँमा मेयर कन्थमनी जयसवाललाई स्थानीयले घेरेका छन् । करिब २/३ घण्टा सम्म उनलाई स्थानीयले घेरेका थिए । सुखी सम्पन्न परिवारलाई सिरक बाँड्न थालेपछि स्थानीय आक्राेशित बनेका थिए । एउटै घरमा ५ जनालाई दिन थालेपछि थप विवाद उत्पन्न भएको स्थानीय सुरेश जयसवालले जानकारी गराएका हुन् ।

केही बेरसम्म त्यहाँ अवस्था तनावग्रस्त बनेकाे थियोे । पछि ईलाका प्रहरी कार्यालय शिवनगरबाट गएको टाेली स्थिति साम्य पारेकाे थियोे । सिरकहरू नबाँडीकन नगरपालिकामा फिर्ता लानेभएपछि मात्र स्थानीयहरू शान्त बनेका थिए ।

जनताकाे भिडबाट पछि प्रहरीले नगर प्रमुख जयसवाललाई स्कटिङ्ग गरेर त्यहाँ बाट निकालेका थिए । बाक्लो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन पनि गरिएको थियोे ।

त्यहाँका स्थानीयहरूले वास्तविक पीडित,गरिब विपन्न, एक घर एक सिरक बाड्न भनिरहेका थिए । तर मेयर जयसवालले त्यसाे नगरि गाउँमा झैझगडा गराउन खाेज्दा जनताले उनलाई लखेटेका हुन् ।

यस अघि गरूडाकाे दलित बस्तीलाई बाईपास गरि मेयर जयसवालले कम्बल र सिरक वितरण गरिरहेकाे आराेप लगाईएकाे थियोे । नगरप्रमुख कन्थमनी जयसवालले कम्बल र सिरक वितरणमा काखापाखा गरेकाे आराेप लगाएका थिए ।

आरके श्रीवास्तव,रौतहट,२७ गते माघ ।
रौतहटको गुजरा नगरपालिकामा एचपिभि खोप अभियान सम्बन्धि नगर स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमूखिकरण बैठक सम्पन्न भएको छ । स्वास्थ्य शाखाको अयोजनामा नगरपालिकाको सभाहल सो बैठक बसेको थियो ।


खोप कार्यक्रमको लक्ष्य,उदेश्य,उपलब्धी,अवस्थाबारे जानकारी गराउने,पाठेघरको मुखको क्यान्सर निवारण,रणनिती,एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया बारे जानकारी गराउने,खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बारे जानकारी गराउने उदेश्यलेले बैठक बसेको थियो ।


साथै अभियान संचालन योजना,तयारी अवस्था बारे जानकारी गराइ अभियान सफल बनाउन स्थानिय स्तरबाट आवश्यक थप सहयोग बारे छलफल,श्रोतको पहिचान,परिचालन र जिम्मेवारी बाँडफाँडको योजना बनाउने लगायतको विषयमा छलफल गर्न बैठक बसेको थियो ।

गुजरा नगरभरिमा आगामी माघ ३० गतेदेखि फागुन ०६ गते सम्म सञ्चालन हुने एच.पि.भि. खोप अभियानमा २ हजार ८ सय ९७ छात्रा र किशोरीहरुलाइ खोप दिने लक्ष्य राखिएको स्वास्थ्य संयोजक विजय चौधरीले जानकारी गराएका हुन् । यो लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने उनको भनाइ छ ।

औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले १० वर्ष देखि १४ वर्ष मुनिमा किशोरीहरु कोही पनि नछुटाउन हुनेमा उनको जोड थियो ।
अभिमूखिकरण कार्यक्रममा गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक चौलागाइ,वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी,शिक्षा शाखा प्रमुख शिवमंगल साह,विभिन्न बिधालयका प्रधानाध्यापकहरु ,सञ्चारकर्मीहरु लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

रौतहट २७ माघ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्वान्यनको लागी जिल्लामा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उक्त प्रतिबादीहरु लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको हो।

जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५ रुपैयाँ जरिबाना तोकिएका शेख टईट सहित बिभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादी लाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।

अन्य पक्राउ पर्नेमा किर्ते जालसाजी मुद्दाका कैलाश माझी , धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल,
रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

यस अघि एसपी दिलीप घिमिरेको बिशेष सक्रियतामा सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका निकायबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३७८ जना प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ। त्यसैगरी जिल्ला अदालत रौतहट लगायत निकायमा चालु मुद्दाको फरार ८७ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ।

 

एसपी घिमिरेले रौतहटको कमाण्ड सम्हाले देखी फरार प्रतिवादी पक्राउ संगै तस्करी नियन्त्रणमा प्रहरीले बिशेष सक्रियता देखाएको छ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।