२०८२ चैत्र २९
२०८२ चैत्र २९

काठमाडौं, २० माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आक्रोशित भएका छन् ।
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भुमिकालाइ लिएर आक्रोशित भएका हुन् ।

सो क्रममा ओलीले राष्ट्रपति पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताए । राष्ट्रपतिलाई संविधान अनुसार काम गर्नु पर्नेमा सो नगरी पार्टी भन्दा माथी उठन नसकेको पनि आरोप लगाए ।  ‘राष्ट्रपतिजी तपाईँ कांग्रेसको प्रतिनिधि होइन, सिङै देशको राष्ट्रपति हो, आफ्नो थान्कामा बस्नुस्, आफूले पाएको अधिकार प्रयोग गर्नुस्, जथाभाबी अधिकारको प्रयोग नगर्नुस्, गठबन्धनका प्रतिनिधि होइन राष्ट्रपतिज्यू तपाई, देशको प्रतिनिधि हो, देशको प्रतिनिधि भएर काम गर्नुस्’, उनले भने ।

राष्ट्रपतिले तनहुँमा गएर कांग्रेस भएर भाषण गरेको भन्दै ओलीले आलोचना गरेका हुन । आफू राष्ट्रपति भएको कुराको ख्याल नै नभएकोसमेत उनको भनाई छ ।

ओलीले राष्ट्रपति कानुनभन्दा माथि होइन भन्ने कुरा नबिर्सन पौडेललाई आग्रह गरेका छन ।  ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, हामीले राजालाई त संविधान भित्र ल्याएर संविधानभन्दा माथि नहुने गराएका थियौँ, त्यो दायरा नाघ्दा राजतन्त्र समाप्त भयो, संविधानको दायरा नाघ्यो भने कसैको पनि भलो हुँदैन’, उनले भने ।

पौडेलसँग राष्ट्रपति पदको सचेतता होइन, गठबन्धन र बहुमतको दम्भ रहेको टिप्पणी गर्दै ओलीले राष्ट्रपति पौडेललाई दम्भ त्याग्न आग्रह गरेका छन ।न्युजकारखाना

काठमाडौं, २० माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलमा झेल भएको बताएका छन ।

 

पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सरकार अहिले भ्रष्टाचारको तानाबाना बुनेर बसेको जनाउँदै एनसेलमा झेल गर्न खोजेको बताए ।

 

उनले पूर्व मन्त्री र उपप्रधानमन्त्री बनेका मानिसलाई हिरासतमा राख्ने सरकारले  पक्राउ गरेको व्यापारीलाई भने प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगेकोमा आलोचना गरेका छन ।

 

‘केही वर्ष पछि सरकारको स्वामित्वमा आउने एनसेलसमेत कौडीको भाउमा अर्को कम्पनी खडा गरेर बेच्न दिने र त्यसबाट कमिसन लिने दाउमा सरकारका अधिकारीहरू रहेका छन,’ ओलीले भने, ‘सरकार निर्लज्ज भएर भ्रष्टाचारमा उत्रिएको छ ।’

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अहिले बेलगाम भएकोसमेत ओलीले जनाएका छन । राज्यसत्ताको दुरुपयोग गरेर सरकारले रेडक्रस र स्काउटजस्ता पवित्र सामाजिक संस्थाको समेत अधिवेशन गर्न नदिएको ओलीले जनाए ।  ‘कतिसम्म सत्ताको दुरुपयोग ? कुनै संस्था चल्न नै नपाउने, कोही चल्न खोजे रोकिदिने ?’ उनले भने ।

 

उता, एक सय किलो सुन पक्राउ परेको भन्ने सरकारले एक महिना पछि ६ केजीमा झारेकोसमेत ओलीले आरोप लगाए । साँढे ९ केजी पक्राउ परेको सुन कारबाही गर्ने बेलामा २ केजीमा झारिएको भन्दै सरकार तस्करीमा संलग्न भएको जनाए । कुनै घटना आउँछ भने त्यसलाई बुझेर त्यसका विरुद्ध आवाज उठाउन जरुरी रहेको भन्दै सांसदहरूलाइ निर्देशन दिएका छन ।

एमालेलाई अन्य पार्टीसँग मिसाएर उस्तै उस्तै बनाउने प्रयास गरिएको भए पनि त्यो एमालेले स्विकार्न नसक्ने उनले प्रष्ट पारेका छन । एमालेको भूमिका संसद देखि सडकसम्म एकदमै सशक्त हुनु पर्नेमा उनको  जोड छ ।
न्युजकारखाना

काठमाडौं, २० माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक भएको बताएका छन ।

पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनताका पिर, मर्का र समस्यामा सरकारको ध्यान नगएको बताएका छन ।

जाजरकोटमा भूकम्पपीडित अहिले पनि प्लास्टिक मुनि नै बस्दा पनि सरकारले केही नगरेको ओलीको भनाइ छ । ‘नीति बनाउनै दुई चार वर्ष लाग्ने हो भने कलिला बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिक मरिसक्ने छन,’ उनले भने, ‘मानिस मरिसकेपछि कसका लागि काम गर्ने ?’

भूकम्प पीडितलाई पठाएको सामान बाटोमै सत्तारुढ दलका नेताहरूले लुट्ने गरेकोसमेत ओलीले आरोप लगाए ।  ‘सत्ताको आडमा हुने नहुने सबै काम भइरहेको छ, यस्ता बेथितिका विरुद्ध हामीले खोजी खोजी आवाज उठाउनु पर्छ, थितिमा ल्याउने काम गर्नुपर्छ  ।’न्युजकारखाना

काठमाडौं, २० माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक भएको बताएका छन ।

पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले देशको अवस्थाकै कारण युवाको पलायन बढेको उनको आरोप छ । रेमिटेन्सबाट देश चलाउने जस्तो घातक काममा सरकार लागि परेको भन्दै उनले ओलीले चिन्तासमेत व्यक्त गरेका छन ।

 

‘कस्तो अवस्था, कस्तो परिपाटी ल्यायो यो गठबन्धनले, देशको अवस्था नाजुक छ, जनताको अवस्था नाजुक छ’, ओलीले भने, ‘हिँड्नु पर्ने बाटो एकातिर छ, हिँड्ने काम अर्कोतिर भएको छ, जानु पर्ने राजनीति एकातिर छ, अर्कातिर हिँडेको छ, सरकार बन्ने, बनाउने, टिकाउने, त्यो भन्दा पर्तिर राजनीति नै भएन, देशकै लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन, यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म ।’न्युजकारखाना

काठमाडौं, २० माघ ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको छ ।

सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाण्डूमा भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको हो ।

“भ्रष्टाचारीलाई कारवाई गर, जनता लुट्न पाईदैन, लुटकारी व्यवस्था चाहिदैन” भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचार बिरुद्ध काठमाण्डूमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष  साहले जनाएका छन । ‘यसले आम जनसमुदायमा भ्रष्टाचार विरुद्ध लड़ने आत्मबिश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई करवायीको लागि राज्यमाथी जनदवाव पुगने बिश्वास सहित यस महान कार्यमा सहयोग गर्ने र सहभागी हुने सम्पूर्णमा बिशेष धन्यवाद ज्ञापन गर्दछु ।’न्युजकारखाना

सिन्धुली, २० माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताएका छन ।

सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले  कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताएका हुन् ।

स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए ।  भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेकोसमेत बताए ।

 

नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उहाँको भनाइ छ ।

 

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्प्ष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै प्रधामन्त्री दाहालले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताए । ‘सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको छ, सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ’, उहाँले भन्नुभयो, ‘जनताले पाइरहेको सास्तीलाई मध्यनजगर गर्दै सेवा प्रवाहलाई सहज बनाइएको छ ।”

प्रधानमन्त्रीको रुपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उनले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको स्मरण गर्नुभयो ।

 

मुलुकको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन महत्वपूर्ण निर्णय लिइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्र सही अवस्थामा  फर्किएको स्पष्ट पारेका छन ।  “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, उनले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”

 

प्रधानमन्त्री दाहालले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन । यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उहाँले दुधौली अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिने बताए ।

 

गरिब, दलित, उत्पीडित जनताको हकहितबाट मात्रै गणतन्त्र संस्थागत हुने भएकाले न्यून वर्गीय जनताको हकहितमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रण्को बिकल्प सुदृढ र समुन्नत गणतन्त्र नै रहेको त्यसको अर्को बिकल्प हुनै नसक्ने उनकाे भनाइ छ ।न्युजकारखाना

 

काठमाडाैं, २० माघ ।

के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।

 

इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसीबसी सजिलै कमाउन सकिने भएको हो ।

 

ब्लग के हो ?

वास्तवमा कागज पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो, जसमा हाम्रो समाजका गतिविधिहरू र विचारहरू र विचार व्यक्त हुन्छन् ।

 

जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरू मार्फत देखा पर्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ । यसैले त्यहाँ वेब माध्यममा एक डायरी लेखिएको छ, यसलाई वेब ब्लग भनिन्छ, जुन छोटो ब्लग हो ।

 

सबै चीज परिवर्तन हुँदैछ, समयको चक्रमा सबै परिवर्तन हुँदैछ। इन्टरनेटमा पनि यही लागू हुन्छ । प्रारम्भिक पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टरनेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण  व्यवसाय प्रबर्द्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् । विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ ।

 

ब्लग कसरी बनाउने ?

यसका लागि सुरुमा गुगलको ब्लगर, वर्ड प्रेसजस्ता निःशुल्क साइटमा अकाउन्ट बनाउनुपर्छ । ब्लग बनाउन सजिलो छ । गुगलको ब्लगरमा बनाउन चाहनुहुन्छ भने यसमा हेर्नुहोस् कस्तो बन्छ । यसमा गएर कसरी बनाउने सामान्य तरिका हेर्नुहोस् ।

 

यो ब्लग वर्डप्रेसको साइट हो । वर्डप्रेसमा बनाउन चाहनुहुन्छ भने यसमा गएर हेर्नुहोस् । जुन यहाँले हेरेर आफ्नो पनि सोही अनुसार बनाउन सक्नु हुन्छ । त्यसपछि त्यहाँ आफ्नो चाहना अनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ ।

 

 

कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।

भाषा

सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । एडसेन्सजस्तै अन्य केही विज्ञापनदाताले सबै भाषा सपोर्ट गर्छन्, तर प्रचलित विज्ञापनदाताहरू जस्तै गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा आफूले कमाउने रकम घट्न सक्छ ।

 

त्यसैले सकेसम्म अंग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ । तर यदि नेपालीमा ब्लग लेख्नुहुन्छ भने अन्य केही एड नेटर्वकहरुबट पैसा कमाउन सकिन्छ त्यसको लागि अर्कोमा लेखौंला ।

 

पैसा कसरी कमाउन सकिन्छ त ?

तपाईंले अब ब्लग कुन भाषामा लेख्नु भएको छ त्यसमा भर पर्छ । यदी तपाईंले अङ्ग्रेजी भाषामा लेख्नु भएको छ भने एड्सेन्स तपाईंलाई राम्रो विकल्प हुन सक्छ । पैसा कमाउनको लागि तपाईंल आफ्नो ब्लगमा ३० भन्दा धेरै लेख तयार गर्नुहोस् र एडसेन्स अप्लाई गर्नुहोस् । तपाईंको लेख अन्य साइटबाट कपी भएको हुनु हुँदैन ।न्युजकारखाना

काठमाडौं, २० माघ ।

नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अनुसारको व्यवहार गर्न थालेको बताएका छन् ।

नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भए पनि सरकारले जनपक्षिय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताएका हुन् ।

 

जनताका जनजिविकाका सवालहरु बिर्सिएको सरकार भ्रष्टीकरणतर्फ जान थालेको बताउँदै नेता महरले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले स्वंय कार्य सम्पादनमा सफलता प्राप्त गर्न नसकेको स्वीकार्न थालेकाले सरकार अकर्मण्यतार्फ उन्मुख भएको उनको टिप्पणी छ ।

सरकारले सुशासनका पक्षमा काम गर्न नसकेका कारण कांग्रेसको देश र जनता केन्द्रित मिसन असफल हुनेतर्फसमेत नेता महरले चिन्ता व्यक्त गरेका छन् । कांग्रेसको सहारा लिएर कांग्रेसलाई असफल देखाउने प्रपञ्च सह्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्डलाइ चेतावनी समेत दिएका छन् ।

 

कांग्रेसलाई असफलताबाट जोगाउन प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्नुपर्ने महरको भनाई थियो ।न्युजकारखाना

काठमाडौं, २० माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताएका हुन् ।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन ।

 

उनले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सहयोगको अपेक्षा गरिएकोसमेत बताए ।न्युजकारखाना

काठमाडौं, १९ माघ ।

नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने गरी १० जना संयोजकको जिम्मेवारी दिएको छ।

नेपाली कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याललाई संयोजक तोकेको छ।

कानुन न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विकलाई संयोजकको जिम्मेवारी दिइएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद वडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी बोखिम (लिम्वू) र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका छ।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।