२०८३ बैशाख ९
२०८३ बैशाख ९

आरके श्रीवास्तव,गरुडा,१८ गते फागुन ।
रौतहट । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले शनिवार राजमार्ग चन्द्रपुरमा रहेको हस्पिटलहरुमा अनुुगमन गरेपछि त्यसको अवसर ग्रामीण क्षेत्रका अवैध हस्पिटल तथा क्लिनिक सञ्चालकहरुमा पर्न थालेको छ । सिएम सिंहले अनुुगमन तिव्र बनाएपछि सञ्चालकहरु अहिले फरार हुन थालेका छन् ।

तिमी हिड्छौं डालडाल त म हिडछु पात पात भन्ने झैं अवैध हस्पिटल सञ्चालकहरुले पनि जुक्ति लगाएरका छन् । उनीहरुले सेडयूल बनाएर कार्यालय समय सकेपछि बिहान बेलुका हस्पिटल चलाउन थालेका छन् । दिउँसो पख हस्पिटल बन्द गरेर फरार रहने उनीहरु साँझपख निर्वाद रुपमा सञ्चालन गरिहरहेको देखिएका छन् ।
शनिवार अनुुगमका क्रममा मुख्यमन्त्री सिंहले चन्द्रपुरका १० अवैध अस्पताल बन्द गर्न निर्देशन सँगै जिल्लाको ग्रामीण क्षेत्रमा रहेका अबैध हस्पिटल सञ्चालकहरुमा अफरातफरी मचेको छ । कतिले दर्ता गर्न बल्ल कागजात तयार पार्न थालेका छन् । कसैले सरसल्लाहमै व्यस्त छन् ।
मधेशदुष्टिले पनि रौतहटमा पछिल्लो समय सम्बन्धित निकायको अनुमति नै नलिई अस्पताल तथा पोलिक्लिनिकहरू धमाधम सञ्चालन भइरहेको समाचार बाहिर ल्याएको थियो । च्याउ जस्तै उम्रिएका यस्ता अवैध अस्पतालहरुको अनुुगमन हुनुपर्दछ भने स्थानियहरुले माग गरेका थिए ।
मुख्यमन्त्री सिंहको अस्पताल सुधार अभियानको अहिले धेरैले खुलेरै प्रश्सां गरिरहेका छन् । यसलाइ निरन्तरता दिन पनि सुुझाव आइरहेका छन् ।

नियमनकारी निकायको मौनताका कारण जिल्लाको गरुडा,कटहरिया,परसवा,कनकपुर,बिजयपुर,शिवनगर,मौलापुर लगायतका ठाउँमा दर्जनौको संख्यामा अनुमति नै नलिई गैरकानुनी तरिकाले अस्पताल तथा क्लिनिकहरू सञ्चालनमा छन् । ती सबैलाइ अनुगमन गर्नुपर्ने अहिलेको आवश्यकता देखिएका छ ।

बज्जिकाञ्चल संवाददाता,चन्द्रपुर,१७ गते फागुन । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालन भइरहेका १० अवैध अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्। शनिबार अनुगमनका क्रममा उनले बिना दर्ता र मापदण्ड सञ्चालनमा रहेका अस्पतालहरू कानुनी प्रक्रिया पूरा नगरेसम्म नचलाउन आदेश दिए।

अनुगमनका क्रममा ११ अस्पतालमध्ये चन्द्रपुर हस्पिटल प्रालि मात्र दर्ता अनुसार सञ्चालनमा रहेको पाइएपछि बाँकी अस्पतालहरूलाई मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको हो। यस क्रममा हाईवे ट्रमा हस्पिटल, सिभिल हयुमन हस्पिटल, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, हिमालयन पोलिक्लिनिक लगायतका अस्पतालहरू मापदण्ड पूरा नगरेको भेटिएको छ।

मुख्यमन्त्री सिंहले दर्ताविहीन अस्पतालहरूले बिरामी भर्ना गरेर शुल्क लिन नपाउने र अनुमति प्राप्त गरेपछि मात्र सेवा दिन सक्ने स्पष्ट पारे। साथै, कानुनी व्यवस्थाअनुसार १०% इमरजेन्सी बेड र १०% गरिब तथा लक्षित वर्गका बिरामीलाई छुट दिनुपर्ने नियम कडाइका साथ लागू गर्नुपर्ने बताए।

उमेश कुमार साह,सप्तरी,१७ गते फागुन । 
सप्तरी । सप्तरीबाट लागू औषध सहित दुई युवा लाई प्रहरीले पक्राउ गरेका छ्न।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका – ९ सयपत्री टोल बस्ने बर्ष २१ का चुडामणि राय माझी र सोही ठाउँ बस्ने बर्ष २० का सुमन परियार रहेका छ्न।
प्रहरी चौकी मौवाहा मल्हनियाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको कमान्डमा खटिएको प्रहरी टोलि ले बलान बिहुल गाउँपालिका- १ बलान खोला बाट भारत को लौकहा ठाडी बाट पैदल आउदै गरेको राय र परियारलाई चेक जाँच गर्दा निजको साथ बाट फेनारगन -९७ पिस ,डाइजेपान -९७ पिस ,आइ पि पि एल -९७ पिस गरि जम्मा -२९१ पिस र नाइट्रोभेट -१५ पिस फेला परेको हुदा दुबै जना लाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पकाउ परेका दुबै जनालाई आबश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरी पठाएको प्रहरी चौकी मौवाहा मल्हनियाले जनाएको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते फागुन
राैतहट। नेकपा एमाले केन्द्रीय सदस्य तथा राैतहट जिल्ला ईन्चार्य अजय कुमार गुप्ताले वडा केन्द्रीत भेलालाई जनताकाे बिचमा लगि युवा- महिलालाई पार्टी प्रति आकर्शित गराउन जाेड दिएका छन । ३ महिने वडा केन्द्रीत भेला अन्तर गत राैतहट क्षेत्र नम्बर १ काे गाैरमा भएको अगुवा कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रुपमा सम्बाेधन गर्दै साे कुरा बताएका हुन ।पार्टीका अगुवा कार्यकर्तालाई रियल राजनिती गर्न सुझाव दिदै टाईम पासका लागि राजनितिमा नलाग्न केन्द्रीय सदस्य गुप्ताले आग्रह गरेका छन।
राैतहटमा एमाले जतिको संगठिन पाट्री अरु कुनै नभएको दाबी गर्दै जिल्ला ईन्चार्ज समेत रहेका गुप्ताले हाम्रो यस संगठनको शक्तिलाई संमझेर अझै सश्सक्त संगठन निर्माण अभियानमा याेगदान गर्न आग्रह गर्दै निस्कृयलाई परिमार्जन गरि सकृयलाई भुमिकामा ल्याउन सुझाव दिएका छन । जिल्लाको सबै वडा ,गापार नगर वाहेक आवश्यकता परे टाेल टाेलमा भव्यताका साथ भेला गरि आम जन समुदायलाई पार्टिमा संगठित हुने अवसर प्रदान गर्न उनले सुझाव दिएका छन ।

केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १का ईन्चार्य रेखा कुमारी झा राष्ट्रिय अधिवेशनमा तयार रहन र वडा केन्द्रीत अभियानलाई सदस्यता विस्तारमा फाेक्स गर्न आग्रह गरेका छन । क्षेत्रिय अध्यक्ष जमिल अख्तर मन्सुरीको अध्यक्षतामा भएको साे अगुवा कार्यकर्ता भेलामा
केन्द्रीय लेखा समिति सदस्य राजकिशाेर यादव , मधेस प्रदेस कमिटी सदस्य
राम किशाेर महताे, रामपुकार दास ,श्यामसुन्दर पटेल , मिथिलेस यादव जिल्ला अध्यक्ष सचितानन्द साह , जिल्ला सचिव बाबुराम दहाल सहितका वक्ता ले वडा तहको अभियान राैतहटमा पुर्ण रुपले सफल हुने कुरामा प्रतिवद्वता व्यक्त गरेका छन ।

 

प्रेमचन्द्र झा,राैतहट,१७ गते फागुन । 

राैतहट । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहले निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन ।
निर्माण व्यवसायी संघ राैतहटको आठाै साधारणसभा लाई प्रमुख अतिथिको आसनबाट शनिवार गाैरमा उदघाटन गदै सो कुरा बताएका हुन । आर्थिक ऐन नियमाबली निर्माण व्यवसायी मैत्री नहुदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आलोचित हुन परेको अध्यक्ष सिहले बताए । निर्माण व्यवसायीलाई पेसाबाट पलायन हुन बाट बचाउन हालसालै सिमेन्टको मुल्य वृधि राेकनु पर्ने , निर्माण व्यवसायी मैत्री खरिद कानुनमा सन्साेधन गर्नु पर्नेमा सरकारसंग छलफल भएको जानकारी गराउदै व्यवसायीलाई ठेक्कालाई सम्झेर मात्र कम्पटिसनमा जान सुझाव दिएका छन । निर्माण मैत्री कानुन नहुदा ठेकदार ठेकदार आफै आफैमा लडेर सखाप हुन लागेको बताए । निर्माण व्यवसायी महासंघ राैतहटका अध्यक्ष कृष्णदेव यादवकाे अध्यक्षतामा भएको साधारणसभामामधेस प्रदेस सभाका सांसद तथा निर्माण व्यवसायी संघ राैतहटका पुर्व अध्यक्ष नागेन्द्र साह, महासंघका महासचिव राेशन दाहाल , सह महासचिव शिव हरी घिमिरे ,सह कोषाध्यक्ष सन्तोष साह,उपेन्द्र चाैधरी
पालु विक्रान्त विक्रम नेपाल,राष्ट्र निर्माणमा व्यवसायी काे ठुलाे भुमिका दुखमा निर्माण व्यवसायी छ। आत्म हत्या गर्न उन्मुख पालिका स्तरमा संघ बनाउनु पर्ने ।पेटीको काम गर्नेको सम्स्या छ ।सडकमा ठेकदार पुर्‍याउने काम भएको छ । सबैलाई समान व्यवहार गर्नु पर्छ ।
मधेस प्रदेस अध्यक्ष मुना चाैधरी , जिल्ला काेषाध्यक्ष विक्रान्त विक्रम नेपाल सहितका वक्ताले सार्वजनिक खरिद ऐन एजेन्डाको रुपमा आउनु पर्ने कुरामा जोड दिएका थिए ।

आरएन पटेल,सर्लाही,१७ गते फागुन ।

सर्लाहीको मलंगवा नगरपालिकाको ३८ औं स्थापना दिवसको अवसरमा बज्जिका महोत्सव-२०८१ कार्यक्रम सम्पन्न भएको छ। जिल्लाको सदरमुकाम मलंगवाको जानकी पार्टी पैलेशको हलमा मलंगवा नगरपालिकाको आयोजकत्वमा बज्जिका महोत्सव २०८१ सम्पन्न भएको हो।

मलंगवा नगरपालिकाको नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा बज्जिका समाजका विभिन्न जिल्ला लगायत भारत बिहारका अग्रजहरुले बज्जिका भाषा प्रति आ-आफ्नो धारणा राखेका थिए। कार्यक्रम मलंगवा नगरपालिकाको आर्थिक सहयोग तथा सहयोगी संस्था बज्जिका साहित्य समाज सर्लाहीको सहयोगमा सम्पन्न भएको छ।

कार्यक्रममा बज्जिका साहित्य समाज सर्लाहीको अध्यक्ष एवं बज्जिका महोत्सव २०८१ को संयोजक रामचन्द्र महतो कुशवाहाले स्वागत मन्तव्य राखेका थिए। बज्जिका भाषाबारे विस्तृत जानकारी सहित बज्जिकाको इतिहास बारे कार्यक्रममा बज्जिका कवि शिरोमणि संजय साह मित्रले प्रकाश पार्दै आफ्ना मन्तव्य राखेका थिए।

कार्यक्रममा मित्रलाई बज्जिका रत्न उपाधिबाट विभूषित गरिएको थियो भने बज्जिकाञ्चल दैनिकका सञ्चालक राजु कुमार श्रीवास्तवलाई बज्जिका सम्मान बाट सम्मानित गरिएको थियो । त्यस्तै अतिथिहरूलाई सम्मान र मायाकाे चिन्ह पनि प्रदान गरिएको थियो । कार्यक्रममा संजय साह मित्र,किसुनदयाल यादव श्रीकृष्ण,विश्वराज अधिकारी,संजय सुदामा द्वारा लिखित बज्जिका लघुकथा पुस्तक पनि लाेकार्पण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बज्जिका भाषी मधेश प्रदेश सरकारको पूर्व अर्थमन्त्री संजय कुमार यादवले आफु पहिलो पटक २०७४ मा प्रदेश साँसदमा निर्वाचित हुदा बज्जिका भाषामा सपथ ग्रहण गरेको प्रष्ट पार्दै हाल पनि बज्जिका भाषाको लागि संघर्षरत रही मधेश प्रदेश सरकारमा सम्पूर्ण स्थानीय मातृभाषालाई प्राथमिकतामा राखी प्रदेश भरिकै कार्यालयहरुमा कामकाजको भाषा आ आफ्नै मातृभाषा हुने गरि विधेयक पारित गराउन आफूहरु पूर्ण रुपमा प्रयासरत्त रहेको बताएका छन।

साथै बज्जिका भाषा बिकासको लागि आफु हरदम तत्पर रहेको बताउदै आ आफ्नो मातृभाषाको विकासको लागि सबै जनमानसले आ आफ्नै ठाउँबाट पहल गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा विभिन्न जिल्लाका बज्जिका साहित्यकार, बज्जिका कवि, लेखक, गीतकार, गायक लगायत मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीगण, वड़ा अध्यक्षहरु, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार साह, भारत बिहार वैशालीका प्रतिनिधि, विभिन्न जिल्लाका बज्जिका भाषी, बज्जिका सेवी, पत्रकार, सञ्चारकर्मी लगायत बज्जिका भाषाप्रति सदभाव राख्ने शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

उमेश कुमार साह,सप्तरी,१६ गते फागुन । 

बोदे बर्साईन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका जनताको मुक्ति माओवादी केन्द्रले नै गर्ने बताएका छन्।

तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको खडक नगरपालिकामा आयोजित साक्षर नगरपालिका निर्माण अभियान कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँग अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

उनले मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयाको परेको औल्याए । भने, ‘मधेसी दलबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेको छ । अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको छ ।’

आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादीतीर उन्मुख रहेको भन्दै अध्यक्ष प्रचण्डले नक्कली मधेसवादी दलसँग सावधान रहन आग्रह समेत गरे ।

मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै उनले मधेससंगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिदसहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।

संघीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले जिकिर गरे ।

अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।

‘मधेसी जनता र माओवादीबिच असाध्यै राम्रो सम्बन्ध थियो २०६४ मा । मधेसीको आत्मसम्मान र पहिचान माओवादी लडाइँबाटै भएको हो । सङ्घीयता, गणतन्त्र, समावेशी लोकतन्त्र माओवादीकै कारण प्राप्त भएको हो । तर पछि धेरै षड्यन्त्र भए ।

माओवादी र मधेसी जनताबिचको त्यति राम्रो सम्बन्धलाई कमजोर पार्न धेरै जालझेल भए’, उनले भने, ‘माओवादी कमजोर हुँदा मधेसी जनता पनि कमजोर हुने, मधेसको विकास निर्माण र समृद्धि पनि कमजोर हुने, आत्मसम्मान र पहिचान पनि कमजोर हुँदै गयो । अब माओवादी र मधेसी जनताको एकता बलियो बनाउनुपर्‍यो । यो देशमा भ्रष्टाचारीलाई निर्मूल पार्नुपर्‍यो । सुशासन कायम गर्नुपर्यो, मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्‍यो भनेर म लगायत पार्टीको सिङ्गो नेतृत्व टिम अहिले तराई मधेस अभियानमा आएको छ ।

बज्जिकाञ्चल संवाददाता,१६ गते फागुन । 

मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा कार्यरत सिअहेव र सिअनमी पाँचौ तह संर्घष समितिले आन्दोलनमा जाने निर्णय गर्दै तयारी थालेको छ । शुक्रवार महोतरीको बर्दिवास स्थित उद्योग बाणिज्य संघको सभाहलमा भएको संघर्ष समितिको प्रदेश स्तरीय भेलाले विभिन्न निर्णय गर्दै आन्दोलन सम्मको तयारी थाल्ने निर्णय गरेको छ ।

समितिको संयोजक मोहन साहको अगुवाईमा भएको भेलाले प्रेस सल्लाकार तोक्ने, आफनो प्रतिनिधित्व रहेको सबै संघ संस्थाको अधिवेशनहरु बहिष्कार गर्ने, ज्ञापन पत्र तथा दबाब मुलक कार्यक्रमलाई निरन्तरता दिने, संघर्ष समितिको विस्तार गर्ने देखि आन्दोलनको रुपरेखा तयार र अर्थ व्यवस्थापन सम्मको निर्णय गरेको हो ।

आन्दोलनका कार्यक्रममा उनीहरुले सात दिने अल्टिमेटम, कालोपट्टी बाँधेर काम, विभिन्न निकाय देखि प्रधानमन्त्री सम्मलाई ज्ञापन, कोणसभा प्रचार प्रसार, मुख्यमन्त्री कार्यालय र प्रदेशसभा अगाडि धर्ना तथा प्रदर्शन हुदै अनिश्चित कालिन धर्ना सम्म गर्ने निर्णय गरेको महासचिव सन्तोष कुमार साहले बताए ।

सो भेलाबाट मोहन साह नेतृत्वको संर्घष समितिलाई विस्तार गर्दै ३७ सदस्सीय बिस्तार गरिएको छ । सहसंयोजकमा रुबी यादव, अमृत यादव, महासचिव सन्तोष कुमार साह, सचिव अर्चना झा, कोषाध्यक्ष रामदेव कापर, सहकोषाध्यक्ष प्रियंका भारती चयन भएका छन् भने प्रमुख सल्लाहकारमा ललन कुमार साह, कानुनी सल्लाहकारमा नन्द कुमार ठाकुर र प्रेस सल्लाहकार प्रवक्ता रामदेव कापर नियुक्त भएका छन् ।

सिअहेव र सिअनमी पाँचौं तहका उनीहरु देशका अन्य ६ प्रदेशहरुमा संघिय सरकारबाट आफुहरुको २ तह बढुवाको बाटो खुल्ला रहेपनि मधेश प्रदेश सरकारले ल्याएको मधेश प्रदेश स्थानिय सेवा गठन तथा सञ्चालन ऐन २०८१ मा तर भनेर उल्लेखित बाध्यात्मक वाक्यांश (तर कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका स्वास्थ्य कर्मचारीहरुको बढुवा पाइसकेपछि एसै ऐन बमोजिम मात्र स्तर वृद्वि गरिने छ । ) लाई टेक्दै मधेश लोकसेवा आयोगले सोहि अनुसारको व्याख्या गरेर राय परामर्श माग्दै प्रक्रिया रोकेकाले सुरुवाती चौथो तहबाट सेवा थालेकाहरु बिचल्लीमा परेको उनीहरुको तर्क छ ।

उनीहरुको सो अवरोध संसोधनका लागि चारमन्त्रीहरु गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको नेतृतवमा मन्त्रीहरु रानी शर्मा तिवारी, शेषनारायण यादव र त्रिभुवन साह सम्मिलत परामर्श समिति समेत बनेको तर काम अगाडि नबढाएपछि उनीहरु शसंकित हुदै आन्दोलनमा जान लागेको समितिका सद्स्य कौस्तुभमणी साहलेबताए ।

प्रेमचन्द्र झा,राैतहट,फाल्गुन १६ गते

राैतहट । भाैतिक पुर्वाधार तथा यातायात मन्त्रालय काठमाण्डाैको आर्थिक सहयोग तथा नेपाल निर्माण व्यवसायी महासंघद्वाराआयोजित
कन्ट्रक्सन मैनेजमेन्ट सम्बन्धि दुई दिने तालिम शुक्रबार सिया पैलेस होटेल गाैरमा सम्पन्न भएकाे छ। तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाेल्दै महासंघका केन्द्रीय सह कोषाध्यक्ष सन्तोष साहले सिकेका कुरा व्यहारमा उतार्न अनुराेध गरेका थिए ।

नेपाल निर्मांण व्यवसायी संघ राैतहटका अध्यक्ष कृष्णदेव यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा
बारा जिल्ला अध्यक्ष सुरेन्द्र जयसवाल ,
प्रदेस सदस्य विकास विक्रम नेपाल ,उपाध्यक्ष उपेन्द्र यादव ,प्रमोद कुसवाहा ,विक्रान्त नेपाल, अरविन्द जयसवाल, प्रमाेद यादव, सराेज यादव,राजेश झा ,ईन्जिनियर आशुतोष कुमार सिह,निर्मल अर्याल सहितका वक्ताले राष्ट्र निर्माण का अभिभारा बाेकेका सम्पुर्ण निर्माण व्यवसायीका हितमा यस्ता कार्यक्रम गरि राख्न सुझाव दिएका छन । तालिमका प्रशिक्षक प्राध्यापक राजेन्द्रप्रसाद अधिकारीले भेरीएसन,ठेक्का अन्त,भ्याट ,टिडिएस, बैक ग्यारेन्टी, मेजरमेन्ट, ठेक्का राखि राख्ने औचित्य लगायत विषयमा प्रशिक्षण दिएका थिए । उक्त तालिममा राैतहटका सतरी जना निर्माण व्यवसायीको सहभागीता रहेको थियो।

मुकेश कुमार साह,रौतहट,१५ गते फाल्गुण ।
रौतहटको चन्द्रपुर नगरपालिका-४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं स्थापना दिवस सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बसन्त कुमार आचार्यको अध्यक्षतामा आयोजित स्थापना दिवस कार्यक्रमको उद्घाटन नेफस्कुन मधेस प्रदेशकी संचालक सदस्य शोभा राउतले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि राउतले
सहकारी संस्थाहरू समाजको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । चन्द्रोदय साकोसले १७ वर्षको यात्रामा बचत तथा ऋण व्यवस्थापन मात्रै नभई समुदायको सशक्तीकरण र सामाजिक उत्तरदायित्वमा पनि उल्लेखनीय योगदान पुर्‍याएको उहाँले बताउनुभयो । सहकारी अभियानलाई अझ सशक्त बनाउन आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रमहरू ल्याउनेमा आफु विश्वास्त रहेको राउतको भनाई रहेको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष आचार्यले चन्द्रोदय साकोसको १७ वर्षे यात्राबारे प्रकाश पार्दै आगामी दिनहरूमा मानव सेवा तथा सदस्यहरूको आत्मनिर्भरतातर्फ कटिबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी अतिथिहरूले सहकारी क्षेत्रको महत्व र चन्द्रोदय साकोसको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अवसरमा सहकारी अभियान,शिक्षा,स्वास्थ्य,खेलकुद,कोरियोग्राफी तथा अन्य क्षेत्रहरूमा योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेल,चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे शेख आलम, श्री जनजागृति माध्यमिक बिद्यालयका प्रधानाध्यापक शत्रुधन प्रसाद साह, चन्द्रपुर अस्पताल प्रा लि का संचालक डा. सुवास चौधरी, चन्द्रपुर अस्पतालका चिकित्सक डा.रामजि राम, तेक्वान्दो खेलाडी केनिस खड्का,कोरियोग्राफर आशिष लामा, चन्द्रोदय साकोसका कर्मचारी शुभ नारायण चौधरी लगायतलाई प्रशंसा पत्र तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेल,नेफस्कुन सदस्य सेवा कार्यालय हरिवन सर्लाही उपसमिति सदस्य देव बहादुर सापकोटा,चन्द्रपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष निलहरी कोइराला, चन्द्रपुर वडा नं. ६ का वडा अध्यक्ष सहदेब केसी,राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखा प्रमुख रुपा थापा,नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की,बिन्दबासिनी साकोसका अध्यक्ष गोबिन्द कोइराला,सृष्टि साकोसका अध्यक्ष राम विश्वास पासवान,नव विकास साकोसका अध्यक्ष राजेन्द्र तिवारी,बागमती साकोसका अध्यक्ष समीर बाबु कार्की,संकल्प साकोसका अध्यक्ष गणेश पौडेल लगायत विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष बासुदेव अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्थाका प्रमुख व्यवस्थापक कृष्ण लाल थापाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।