२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

जनकपुर । जनकपुरधाममा दिनहुँजसो विरोध, प्रदर्शन, ज्ञापन पत्र बुझाउने, धर्ना, आन्दोलन हुनु कुनै नयाँ कुरा होइन । तर मंगलबार (आज) ज्ञापन पत्र बुझाउने एउटा अनौठो शैली देखिएको छ ।

विगत लामो समयदेखि चुरे तथा वनजंगल संरक्षणसहितका मागहरु लिएर आवाज उठाउँदै आएका चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आँखामा कालो पट्टी बाँधेर नगर परिक्रमा गरेका छन् ।

उनले विभिन्न माग राख्दै आँखामा कालोपट्टी बाँधेर जनकपुरधामको नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

संयोजक यादवले आँखामा पट्टी बाँधेर जनकपुरधामको जनक चोक, भानु चोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेश सरकारका उपसचिव बासुदेव मल्ललाई सात बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

यादवले बुझाएको ज्ञापनपत्रमा हाल संसदमा पेश भएको भुमि व्यवस्था ऐन तत्काल फिर्ता लिन माग गरिएको छ ।

प्राकृतिक श्रोतमाथि भू–माफियाको बर्चस्व बढेर सरकारी वन क्षेत्र समाप्त हुने भएकाले सो ऐन तत्काल संसदबाट फिर्ता लिइ वन जंगल क्षेत्र हटाएर ऐन पेश गर्ने व्यवस्था गर्न समेत ज्ञापन पत्रमा सुझाइएको छ ।

खानेपानीको व्यवस्थाअन्तर्गत अल्पकालीन, मध्यकालीन र दिर्घकालिन योजना, कार्यक्रम र बजेट सुनिश्चितता गरि कार्यन्वयनको लागि घोषणा गर्न, मधेश प्रदेशलाई सुख्खा खडेरी र जल संकटग्रस्त क्षेत्र सरकारले घोषणा गरेपनि किसानको लागि तत्कालीन राहत र क्षतिपूर्तिको घोषणा गरि रकम उपलब्ध गराउनुपर्नेलगायतका मागहरु उल्लेख रहेको छ । सभार राताे कागज 

प्रेमचन्द्र झा,राैतहट,१३ गते साउन । 

राैतहट । मधेश प्रदेश जेष्ठ नागरिक संघको अधिवेशन आज बीरगंजमा एक भव्य समारोहका बिच सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन सत्र संघका संयोजक जगदीश शर्मा कोअध्यक्षता र मधेश प्रदेशका युवा, खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा बोल्दै मन्त्री जयसवालले जेष्ठ नागरिकहरू राष्ट्रको गौरव र अनुभवका धनी स्रोत रहेको उल्लेख गर्दै, उनीहरूको सम्मान र सहभागितालाई संस्थागत गर्न राज्य प्रतिबद्ध रहेको बताए। संयोजक जगदीश शर्माले जेष्ठ नागरिकको हक, हित र सुरक्षाका लागि संघले निरन्तर आवाज उठाउने बताए।

अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित अध्यक्षमा विजय किशोर झा (रौतहट), प्रथम उपाध्यक्षमा भरत मल्ल (बारा), महिला उपाध्यक्षमा ज्योति शाह (पर्सा), महासचिवमा सूखचन्द्र लाल कर्ण (धनुषा), कोषाध्यक्षमा रविन्द्र प्रसाद सिंह (सर्लाही), सचिवमा राम नरेश सिंह (सप्तरी), उपकोषाध्यक्षमा राजेश्वर ठाकुर (महोत्तरी) निर्वाचित भएका छन्। सदस्यहरूमा सलमा नेशा खातून (सर्लाही) र महेश्वर लाल कर्ण (रौतहट) चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै सहभागीहरूले संघलाई अझ सक्रिय, जिम्मेवार र प्रभावशाली बनाउने अपेक्षा व्यक्त गरे।

बज्जिकाञ्चल संवाददाता,पर्सा,१३ गते साउन । 

बिरगंज-पर्साको बिरगंज महानगरपालिका–१७, अलौंमा पत्रकार पवन प्रसाद साहको पहलमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ । बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा स्थानीय बासिन्दाले उल्लेखनीय स्वास्थ्य सेवा पाएका छन् ।

शिविरमा ८७ जना सेवाग्राहीको आँखा परीक्षण गरिएको थियो, जसमा १६ जनामा मोतियाबिन्दु देखिएको वीरगंज सामुदायिक आँखा केन्द्रका डा. प्रभात चौरसियाले जानकारी दिए । मोतियाबिन्दु भएका बिरामीको साउन १६ गते बिहीबार निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।

शिविरमा डा. चौरसियाले आँखा परीक्षण गरेका थिए भने अस्पतालका ओमप्रकाश चौधरीले परीक्षणमा सहयोग पुर्‍याएका थिए। बिरामीहरूलाई निःशुल्क औषधि वितरणसमेत गरिएको थियो।

कार्यक्रममा राप्रपा अलौंका वडा इकाइ सभापति छठु साह कानु, राप्रपा नेपाल पर्साका नेता उदित सहनी, जसपा पर्साका नेता बिरेन्द्र प्रसाद यादव, जादोलाल सहनी, पत्रकार विष्णु राम र समाजसेवी अमर यादवलगायतको उपस्थिति रहेको थियो।

पत्रकार साहको सक्रियतामा सम्पन्न उक्त शिविरले स्थानीयस्तरमै प्रभावकारी सेवा प्रदान गर्दै जनस्वास्थ्यप्रति नागरिकको पहुँच बलियो बनाएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्।

राम विश्वास कुशवाहा, सर्लाही,१३ गते साउन । 
हरिवन -नागपञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना पनि गरिन्छ । नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ ।

नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो ।

नेपाली संस्कृतिमा मानिसको मात्र होइन पशुपन्छी र जीवजन्तुको पनि उत्तिकै महत्वपूर्ण स्थान रहेको छ । विभिन्न चाडपर्व, जात्रा नेपाली समाजको पहिचान हो । यस्ता विशेष पर्वहरूमध्ये नागपञ्चमी पनि एउटा पर्व मानिन्छ । हरेक श्रावण शुक्लपक्ष पञ्चमीलाई हिन्दू धर्मालम्बीहरूले नागपञ्चमीको रूपमा मनाउँछन् नागलाई सहकालको देवताको रूपमा मानिन्छ । नाग प्रसन्न भएमा पानी पर्छ भनिन्छ । त्यसैले पानीको मूल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन् ।

हाम्रो समाजमा नागसम्बन्धी विभिन्न कथा कहानीहरू सुन्न पाइन्छ । यदि पानीको मुहान वरपर फोहर गरेमा घाउ खटिरा आउँछ भन्ने मान्यता रहेको छ । त्यसैले नागलाई विशेषरूपमा पूजिन्छ । यसरी नागको पूजा गर्दा अगस्त्य, पुलस्त्य ऋषिहरूलाई पनि सम्झना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । हिन्दू धर्म र संस्कारअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने प्रचलन रहेको छ । नाग अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको नागपञ्चमीकै दिन पूजाआराधना गरिन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश स्थापना गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।
प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ । प्राचीनकालदेखि नै नेपालमा नागपूजा गरी नागपञ्चमी मनाउँदै आएको पाइन्छ ।

भगवान् शंकरले गहनाको रुपमा र भगवान् विष्णुले शैयाको रुपमा प्रयोग गर्ने नाग लाई बौद्ध धर्ममा उत्तिकै श्रद्धाका साथ पूजिन्छ । पञ्चध्यानी बुद्धहरुमध्ये उत्तर दिशाका अमोघशिद्धि नागफणाद्धारा रक्षित हुन्छन् । नागपञ्चमी दिन भएकाले सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मूल ढोकामा नाग टाँस्छन् । नागपञ्चमीमा दीप, कलश र गणेश पूजा गरी गाईको गोबरको नाग बनाई नागको मानचित्रमा गाईको दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, रङ्गीविरङ्गी फूल, फलफूल, प्रसाद आदि चढाएर पूजा गरी ढोकामा टास्नाले सर्पको भय हुँदैन भन्ने विश्वासमा नागको पूजा गरिन्छ ।

पुराणमा कश्यपकी पत्नी कद्रुका सन्तान मानिएका वासुकी, तक्षक, कुलिक, कर्कटक, पद्य, शंखचुड, महापद्य र धनञ्जय नामका आठ नाग छन् । श्रावण महिनाको पञ्चमी तिथि नागहरूको पूजा गरिने र कागजमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँसिने दिन श्रावण शुक्ल पञ्चमीको दिन नागपञ्चमी हो । घस्रेर हिँड्ने लम्बाकार विषालु कीरो, सर्पलाई नाग पनि भनिन्छ । श्रावण महिना नागको मालाधारी भगवान् शिवको पूजा गरिने महिना हो । यो महिनामा पर्ने सोमबार बोलबम नारासहित भगवान् शिवको पूजा गरिन्छ । पौराणिक परम्पराअनुसार नागले बास गर्ने जलाशय नाग बस्ने दहलाई नागदह भनिन्छ ।

सर्पहरू गृष्म ऋतुमा जमिनबाहिर र शीत ऋतु जाडोमा जमिनमित्र दुलोमा बस्दछन् । सर्प अक्सर दुलोमा बस्दछन् । सर्पलाई सधाएर, नाच्न लगाएर त्यसबाट आयआर्जन गरेर जीवननिर्वाह गर्ने चटकीहरू पनि छन् । नागबाट बहुमूल्य, अति दुर्लभ र उपयोगी नागमणि पाइन्छ भन्ने किम्वदन्ती पनि छ । कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।

आरके श्रीवास्तव,राैतहट,१३ गते साउन । 

आज देशभर नाग पञ्चमी पर्व श्रद्धा र परम्पराअनुसार मनाइँदैछ । घरकाे मूलगेटमा नाग फाेटाे टाँसी परम्परागत संस्कार अनुसार गाउँघरमा बिहानै उठी गाेबरबाट घरकाे भित्तामा नागकाे चित्र बनाइन्छ भने, “बालु पढ्नेर मगाउने” परम्परासमेत निभाइन्छ ।

यस अवसरमा विशेषगरी कृषक समुदायले नागदेवतालाई वर्षा, उब्जनी र समृद्धिको प्रतीक मानी पूजापाठ गर्ने परम्परा रहेको छ । नागकाे तस्बिर बनाई पूजा गरी नागदेवतालाई दूध, अक्षता, फूल, दुग्धजन्य पदार्थ अर्पण गरिन्छ ।

ग्रामीण क्षेत्रमा आजको दिनलाई विशेष मानिँदै आएको छ । महिलाहरू घरको सरसफाइ गरी भित्तामा गाेबरले नाग बनाउने चलन आज पनि कायमै छ । साथै, परम्पराअनुसार बालु पढेर मगाउने चलनले सामाजिक र धार्मिक चेतनाको निरन्तरता झल्काउँछ ।

धार्मिक मान्यताअनुसार नाग पञ्चमीमा नाग देवताको पूजा गरेमा सर्पदंशबाट रक्षा हुने र घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

आरके श्रीवास्तव,राैतहट,१३ गते साउन । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले पार्टीको केन्द्रीय महासचिव पदमा राजेन्द्र कुमार साहलाई मनोनयन गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमार्फत साहलाई उक्त जिम्मेवारी दिइएको जानकारी प्राप्त भएको छ ।

पार्टीको संशोधित विधानअनुसार गरिएको मनोनयनसँगै अध्यक्ष ठाकुरले साहलाई बधाई दिँदै देश, मधेश तथा पार्टी हितमा उहाँको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् ।

“देश, मधेश एवं पार्टीको हितमा यहाँको कार्यकाल उपलब्धि मूलक हुने छ भन्ने विश्वासका साथ शुभ-कामना व्यक्त गर्दछौं,” अध्यक्ष ठाकुरले मनोनयन पत्रमा उल्लेख गरेका छन् ।

राजेन्द्र कुमार साह सिरहा जिल्लाबाट सक्रिय राजनीतिमा सहभागी हुँदै आएका छन् । पार्टीभित्र विभिन्न तहमा जिम्मेवारी बहन गर्दै आएका साह अब केन्द्रीय महासचिवको भूमिकामा रहनेछन् ।

पार्टीले यस मनोनयनलाई आगामी राजनीतिक गतिविधिहरू सुदृढ बनाउन महत्वपूर्ण कदमको रूपमा लिएको छ।

 

आरके श्रीवास्तव,राैतहट,१३ गते साउन । 

रौतहटकाे कटहरियामा वि.सं. २०४९ सालदेखि सञ्चालनमा रहेको त्रिशक्ति एकेडेमी अंग्रेजी आवासीय विद्यालयले आफ्नो शैक्षिक यात्रालाई अझ प्रभावकारी बनाउन नयाँ नेतृत्व चयन गरेको छ ।

विशेष कार्यक्रमका बीच विद्यालयका संस्थापक प्रकाशमान श्रेष्ठले नव नियुक्त प्रिन्सिपल रोहित कुमार साहलाई दोसल्ला ओढाइ सम्मान गर्दै स्वागत गरेका छन् ।

नवनियुक्त प्रिन्सिपल साहले व्यवस्थापन (MBS) र कम्प्युटर एप्लिकेसनमा डिप्लोमा अध्ययन गरेका छन् ।

शिक्षा र प्रविधिको समन्वयमार्फत विद्यालयलाई गुणस्तरीय शिक्षाको नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएका साहसँग विद्यालयप्रतिको गहिरो समर्पण र भविष्यदृष्टि रहेको संस्थापक श्रेष्ठले बताएका छन् ।

श्रेष्ठका अनुसार, “त्रिशक्ति एकेडेमी विगत ३२ वर्षदेखि शिक्षाको उत्कृष्टता कायम राख्दै आएको हो । यहाँ पढेका विद्यार्थीहरू आज उपसचिव, इन्जिनियर, डाक्टर जस्ता जिम्मेवार पदमा कार्यरत छन् । विद्यालयले अब शिक्षाको नयाँ युगमा प्रवेश गर्नुपर्ने आवश्यकता महसुस गर्दै प्रिन्सिपल परिवर्तन गरिएको हो।”

प्रिन्सिपल साहले आफ्नो मन्तव्यमा विद्यालयको पूर्व गौरवलाई अझ उच्च बनाउने प्रतिबद्धता जनाउँदै भने, “शिक्षा अब केवल किताबी ज्ञानमा सीमित हुन सक्दैन। जीवनोपयोगी, प्रविधिमैत्री र मूल्य आधारित शिक्षाको खाँचो छ । म सबै शिक्षक, अभिभावक र विद्यार्थीहरूसँग सहकार्य गर्दै त्रिशक्ति एकेडेमीलाई नयाँ ऊचाइमा पुर्‍याउने दृढ संकल्पका साथ जिम्मेवारी लिएको छु।”

कार्यक्रममा विद्यालय परिवार, अभिभावक प्रतिनिधि र स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शिक्षामा फड्को मार्न एक नयाँ अध्याय

संस्थापक श्रेष्ठ र प्रिन्सिपल साहको साझा दृष्टिकोणले त्रिशक्ति एकेडेमीमा गुणस्तरीय शिक्षाको नयाँ युग सुरु हुने आशा गरिएको छ । शिक्षा क्षेत्रमा यो परिवर्तन एक सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

राकेश यादव ,११ साउन
रौतहट जिल्लाको राजदेवी नगर पालिका वडा नम्बर ७ मुडवालबा स्थित वडा कार्यालयको सभाहलमा आइतवार महिला हिंसा बिरुद्ध कानुनी सचेतना तालिम सम्पन्न भएको छ।
टेवा फाउन्ड़ेशन फर जस्ट सोसाइटी नेपालको सहयोग तथा महिला तथा बाल बालिका उत्थान केन्द्रको आयोजनामा तालिम सम्पन्न भएको हो।
महिलाहरू माथि हुने बिभिन्न किसिमका हिंसा न्युनिकरण गर्ने उदेश्यले सहयोगी सस्थाले कार्यक्रम संचालन गरेको छ।
आयोजक सस्थाका अध्यक्ष चन्द्रकला देवी रामको अध्यक्षतामा भएको सो तालिममा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले महिला पुरुष समान हुन हिंसा विभेद गर्नु कानुनी सामाजिक अपराध भएको बताउनु भएको छ।
महिलालाइ सरकारले सबै क्षेत्रमा सहभागिता जनाउने अधिकार प्रदान गरेकोले कुनै प्रकारले दवाव दिएर अधिकारबाट बन्चित गर्न नपाइने धारणा राखे।
कार्यक्रममा नगर उपप्रमुख राजकुमारी देवीले महिला माथि अझै समाजमा परिवारमा हिंसा हुने गरेकोले यसको प्रतिवाद गर्न सबै महिलाहरू एक जुट भएर लाग्नु पर्ने जोड दिए।
तालिममा सहभागी भएका महिलाहरुलाई अधिबक्ता सोनेलाल पासवानले महिला माथि गरिने हिंसाको बिरुद्धमा भएको कानुनी व्यवस्था, कार्यवाही गर्ने निकाय, उजुरी दिने समय, सिमा, सम्बन्धित निकायको बारेमा जानकारी गराएका छन्।
घर भित्र परिवार, लोग्ने, सासु ससुरा आफन्त बाट हुने हिंसा घरेलु हिंसा भित्र पर्ने भएकोले त्यस्तो भएमा जिल्ला प्रहरी कार्यालयमा तत्काल उजुरी दिनु पर्ने जानकारी गराए।
मानसिक, शारीरिक, आर्थिक, सामाजिक, लिङ्ग, जात, बर्णको आधारमा पनि हिंसा र विभेद हुने गरेको हुदा यस्तो हिंसा, यातना दिएमा खुलेर उजुरी गर्न महिलाहरुलाई आग्रह गरिएको छ।
सामाजिक अभियन्ता मो. मोतिउर रहमानले समाजमा महिला माथि पुरुषहरू द्वारा तथा महिलाले महिला माथि हिंसा दिने गरेको अवस्था देखिएको हुदा कुनै पनि बहानामा हिंसाजान्य गतिबिधि नगर्न नगराउन आग्रह समेत गरेका छन्।

आरके श्रीवास्तव,राैतहट,११ गते साउन ।
रौतहटकाेदुर्गा भगवती गाउँपालिका–२, पिपरा–भलोहियामा अवस्थित श्री सरस्वती बहुमुखी क्याम्पसको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ । मधेश विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु प्रसाद सिंहको सभापतित्वमा सम्पन्न भयो ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, प्रा. डा. अञ्जय मिश्र, शिक्षा आयोगका पूर्व अध्यक्ष देवेन्द्र मिश्र, साथै शिक्षा प्रेमी तथा सक्षम वार्ड अध्यक्ष धर्मेन्द्र झा, विभिन्न शिक्षक, कर्मचारी, जनप्रतिनिधि, अभिभावक एवं स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यस अवसरमा बोल्दै वक्ताहरूले श्री सरस्वती बहुमुखी क्याम्पसले शिक्षाको क्षेत्रमा आमूल परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरेका छन् । क्याम्पसले BPAM बिपिएम र बिईएम कार्यक्रम सञ्चालन गर्नेछ । शिक्षालाई रोजगारीमूलक, जीवनोपयोगी, व्यवहारिक र संस्कारयुक्त बनाउँदै स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने लक्ष्य लिएको क्याम्पसले धेरैका लागि आशाको किरण बन्ने विश्वास गरिएको छ ।

कार्यक्रममा शुभकामना दिँदै राष्ट्रिय शिक्षक मञ्च राैतहटका अध्यक्ष शिवशंकर झाले सरस्वती बहुमुखी क्याम्पसले शिक्षाको अर्थपूर्ण र उपलब्धिमूलक ढाँचाको उदाहरणीय संस्था बन्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।

काठमाडौं,११ गते साउन । 

काठमाण्डौ – इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ यस वर्ष चुरे तथा वन–जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ ।

पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४० जनाको नाममध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित सङ्घर्ष गर्दै आएका यादवलाई छनोट गरिएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले निर्णय गरेको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. सूर्यप्रसाद ढुङ्गेल र अधिकारकर्मी गङ्गा कसजु सदस्य हुनुहुन्थ्यो ।

बाराको सिम्रौनगढ नगरपालिका–२ मौवाहीका यादव २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । चुरे क्षेत्रको दोहनका कारण मधेश प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन उहाँले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र पैरवी गर्दै आउनुभएको छ ।

आउँदो साउन १६ गते काठमाण्डौमा आयोजना हुने ३३ औँ प्रकाश स्मृति दिवसको अवसरमा यादवलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । सभार उज्यालो

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।