२०८३ श्रावण १०
२०८३ श्रावण १०

आरके श्रीवास्तव,गरुडा,वैशाख ०४ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा भूमि वर्गीकरणका लागि नगर स्तरीय छलफल सम्पन्न भएको छ । आज भू–उपयोग वर्गिकरणको प्रारम्भिक मस्यौदा प्रतिवेदन माथि छलफल तथा प्रस्तुती गरिएको छ ।
सो नगरपालिकाको लागि वडा नम्बर ८ स्थित रहेको श्री माध्यमिक बिधालय बिजयपुर भूमि वर्गीकरणका लागि छलफल गरिएको थियो । इन्स्च्यिूट अफ हिमालयन रिसर्च एण्ड इन्टिग्रेड डेभलपमेन्ट प्रा.लि. नागार्जुन,काठमाण्डौंको प्रविधिक सहयोगमा फतुवा बिजयपुर नगरपालिकाले १० वटै क्षेत्रमा जग्गा वर्गीकरण गरिरहेको छ ।


भू–उपयोग वर्गिकरणको प्रारम्भिक मस्यौदा प्रतिवेदनबारे प्रस्तुती प्राविधिक संस्था संस्थाका डा.राजु राइले प्रस्तुतीकरण गर्नु भएको थियो । तत्पश्चात सहभागीहरुले आ–आफनो राय सुझाव दिएका थिए ।
सो अवसरमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुन,नि.प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादव, वडा नम्बर ३ का वडा अध्यक्ष रामइश्वर राय यादव,वडा नम्बर ४ का वडा अध्यक्ष सतिश कुमार यादव,वडा नम्बर ८ का वडा अध्यक्ष नितेश चौधरी,वडा नम्बर ९ का वडा अध्यक्ष राकेश कुमार यादव लगायत सबै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,कर्मचारीहरुको उपस्थित रहेको थियो ।


फतुवा बिजयपुरमा जग्गाको वर्गीकरण नहुँदा अंशबन्डा, जग्गा कारोबार र कित्ताकाट लगायतमा समस्या परेको छ । जग्गाको वर्गीकरण को कार्य छिट्टै गरिने नि.प्रमुख प्रशासकिय अधिकृत यादवले बताएका छन् ।

बज्जिकाञ्चल,गरुडा,वैशाख ०५ गते
कोलोपत्र निर्माणमा आश्रय निर्माaण सेवाको बदमासी देखिएको छ । रौतहटको गरुडा नगरपालिका अन्तर्गत तीन वटा वडा जोड्ने सकडमा एकातिर बाट कालोपत्र हुँदैछ भने अर्को तर्फ बाट उप्कीन सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ५,६ र ७ जोड्ने दुधियाभार देखि पोठीयाही हुँदै शिवनगर सम्म अहिले कालोपत्र र ढलान,नाला निर्माणको काम भइरहेको छ । सो काम गुणस्तरहीन भइरहेको स्थानिय गुडु यादव लगायतका व्यक्तीहरुले आरोप लगाएका छन् ।


नेपाल सरकार शहरी विकास मन्त्रालयको आर्थिक वर्षको २०७८–०३–२१ गतेदेखि काम सुरु गर्न समझौता गरिएको थियो । सम्झौतामा अनुसार १२ महिना सम्ममा काम सम्मपन्न गर्नु पर्ने हो । तर सो काम सम्मपन्न गर्ने समझौता मिति समाप्त भएको करिब एक वर्ष पुग्न लागेको छ र अहिले सम्म आधा अधूरा काम छाडेर आश्रय निर्माण सेवा प्रा।लि। बेपता भएको छ ।


आश्रय निमार्ण सेवा प्रा।लि।बसुन्धाराका ठेक्दारले कतै नाला, कतै सडक तथा कतै गुणस्तरहीन कालोपत्र सडक ढलान कार्य गरिरहेको स्थानीयबासिले जनाएको छ । नाला निर्माण आधा अधूरा नै रहेको छ । धेरै ठाउँमा स्लैब राखिएको छैन् । सडक चौडा गर्न वडा कार्यालयको भवन भत्काइएको छ । तर गाउँको अन्य ठाउँमा भने खाली गराइएको छैन् ।
सो सडकलाई कालोपत्र तथा नाला निर्माण गर्नका लागि लागि ८ करोड १९ लाख ३२ हजार २४ रुपैयाँ २२ पैँसामा ठेक्का पट्टा लिइएको हो । तर, बजेटको हिसाबमा काम नगरि बजेट पचाउने दाउमा निर्माण कम्पनी रहेको स्थानीयबासिले आरोप समेत लगाएका छन् । यता निर्माण सेवा कम्पनी आश्रय निमार्ण सेवाका ठेकेदार सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् ।


निर्माण कम्पनीको यती सम्मको लापारवाही हुँदा स्थानिय सरकारको ध्यान जान सकेको छैन् । यस तर्फ स्थानियहरुले ध्यानाकर्षण गराउन खोजेको छन् । तत्कालिन शहरी विकास मन्त्री प्रभु साहले वि.स. २०७८ ुाल वैशाख १० गते उक्त आयोजनाको शिलान्यास गर्नु भएको थियो ।

आरके श्रीवास्तव,गरुडा,वैशाख ०४ गते
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको एक वार्डमा आज मन्दिरको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ४ टेंग्राहा स्थित रहेको श्री राजदेवी माताको मन्दिरको निर्माणको लागि शिलान्यास गरिएको हो ।


सोमबार एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष सतिश कुमार यादव उर्फ गौरवले शिलान्यास गर्नु भएको हो । प्रदेश सरकार बाट प्राप्त २० लाख बजेटमा मन्दिर बन्न लागेको हो । वर्षौदेखि सो ठाउँमा मन्दिर निर्माण हुन सकेको थिएन् । वडा अध्यक्षमा निर्वाचित भएपछि मन्दिर निर्माण गराउने वडावासी सँग वाचा गरेका थिए । सोही वाचा अनुरुप उनले मन्दिर निर्माण गराउन लागेका हुन् ।


शिलान्यास पछि पत्रकारहरु सँग कुराकानी गर्दै वडा अध्यक्ष यादवले मन्दिरमा आउन जानको लागि बाटोको समस्या छ । त्यो पनि आगामी आ.व.मा बजेट छुट्टयाएर बाटो निर्माण गराउने बताए ।
सो अवसरमा राजदेवी मन्दिर निर्माण समितिका अध्यक्ष सुनिल कुमार यादव,किसुनदेव यादव,पुजारी विदयानन्द यादव,अशोक यादव,प्रमेन्द्र यादव,जगयानन्द यादव,दिनेश यादव लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,गरुडा,वैशाख ०४ गते
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा पशु स्वास्थ्य शिविर सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ सन्तपुर दोस्तियामा आजदेखि सुरु भएको शिविरबाट हजारौं किसान परिवार लाभान्वित हुने भएका छन् । कार्यवाहक नगर प्रमुख अम्बेया खातुन एक कार्यक्रमका बिच सो शिवरको उदघाटन गर्नु भएको छ ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको सहयोगमा उक्त शिविर आयोजना गरिएको हो । बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका खोप चलाइएको नगर प्रमुख खातुनले जानकारी गराएकी हुन् ।


सो शिविरमा भैंसी,बाख्रा,गोरी लगायतका पशुहरुमा भैक्सीन चलाइएको हो । का.वा. मेयर खातुनको पहलमा नगर स्तरीय योजना बाट सो शिविर सञ्चालन भइरहेको छ । फतुवा बिजयपुर नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷०८० को पशु स्वास्थ्य शिविरबाट विभिन्न पशु तथा पंक्षीहरुको चेक जाँच गरिएको छ ।

शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा समेत जानकारी र पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि प्रदान गरिएको शिविरमा सहभागि चिकित्सकहरुले बताए । सो अवसरमा प्रदेश सांसद प्रत्यासी मो.शेराज लगायत स्थानिय भद्रभलादमी किसानहरुको सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,देवाहीगोनाही,वैशाख ०४ गते
रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिका वडा नम्बर ४ करूनिया घाट स्थित लाल बकैया पुलको निमार्ण कार्यमा गुणस्तरहीन सिमेन्ट प्रयोग भईरहेको पाईएको छ । सो पुलको निमार्ण कार्यमा गुणस्तरहिन सिमेन्ट(डल्लो परेको) सिमेन्ट प्रयोग गर्न ट्रैक्टरमा लोड गरि सिमेन्ट लगिरहेको अवस्थामा आईतवार बिहान स्थानीयहरूले ट्रैक्टर नियन्त्रणमा लिएका हुन् ।

स्थानीय बासीहरूले ट्रैक्टर आफ्नो नियन्त्रमा लिई कामलाई बन्द गराएको वडा नम्बर १ का पूर्व वडा अध्यक्ष शेख नुरूलाहले बताएका छन् ।
उनका अनुसार यसअघि संघीय सांसद किरण साह, देवाहीगोनाही नगरपालिकाकी उप प्रमुख परनिया देवी पटेल सहितको टोलीले अनुगमन समेत गरेको थियो । सो क्रममा ४ सय ५० बोरा सिमेन्ट सेट भई सकेको सिमेन्ट बरामद भएको थियो । खराब भएको सिमेन्ट प्रयोग नगर्ने शर्तमा त्यही छोडिएको थियो । तर ठेकेदारले जानीजानी रातिराति काम गराई ती सबै खराब भएको सिमेन्ट ढलान गर्ने क्रममा प्रयोग गरेको आरोप लगाईएको छ ।

स्थानीयहरुले गुणस्तरीय सिमेन्टको प्रयोग गरे मात्र काम हुन दिने अडान लिएका छन् ।
लाल बकैया पुलमा म्याद सकेको तथा ढुंगा बनेको सिमेन्ट रात्रिको समयमा प्रयोग गरि पुल निमार्ण कार्य भैरहेको स्थानीयबासीको आरोप छ ।
सो पुल करिब १९ करोड भन्दा बढि रुपैयाँको टेन्डरमा निमार्ण भईरहेको छ । बिकास ब्रदर्श निर्माण कम्पनीले सो ठेक्का पट्टा सकार गरि काम गरिरहेको छ ।
यता सडक डिभिजनका इन्जीनियर भन्छन् हामीलाई त्यसबारे केही जानकारी छैन् । आज थाह पाए लगतै सो सिमेन्टलाई हटाएर गुणस्तरीय सिमेन्टको प्रयोग गर्न भनेका छौँ । सबै समय नाघेका सिमेन्टहरुलाई फिर्ता गरि नयाँ बोरा लगाईने उनले बताएका छन् । कमसल सिमेन्ट प्रयोग भई काम भईसकेको ठाउँमा तोडर पुनः काम गराईने स्थानीयवासी लाई आश्वासन दिएका छन् ।

इन्दीप कोइराला
बारा, ४ वैशाख । बारा जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा विगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय  ९८ पुगेको छ ।

यस क्षेत्रमा कोल्हवी नगरपालिका वडा नम्बर ८, पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुन लागेको हो । गत निर्वाचनमा एमालेसँगको तालमेलमा बारा–२ मा जसपाका रामसहाय प्रसाद  यादवले चुनाव जितेका थिए ।

यस उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । हेभिवेटको प्रतिष्ठा सँगै जोडिएको कारण यस क्षेत्र सर्वाधिक चासोको रुपमा छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट उमेदवार अरुण ज्ञवाली र नेकपा एमालेका पुरुषोत्तम पौडेल सहितका चर्चित अनुहार प्रतिस्पधीका रुपमा छन् ।

यादब यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका कारण अबसर खोज्दै बारा आएका यादबलाई यो पटक समेत सिके राउतको पार्टी भारी पर्ने देखिन्छ । यादब त्यहीँ कारण समेत अहिले मतदाताको घर देखि बारी सम्म भोट माग्दै गरेको देखिन्छ । मधेशका मुर्दाका कारण सधै जनताको साथ पाएका यादबले पद र सत्तमा मधेशका मुर्दा भुल्दा यादबको बहुलिएता भएको यस क्षेत्रमा समेत उपेन्द्र यादवलाई सजिलै विश्वाश गर्न वतावरण भने छैन । तर यादब भने आफुलाई जनताले मत दिनेमा आफू विश्वत रहेको दावी गर्छन् ।

यिनै यादवले गत निर्वाचनमा सप्तरी बाट १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर बिजयी भएका थिए । मधेशमा पछिल्लो समय उदाएको सिके राउतको पार्टी जनमतबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादवको मत आफुतर्फ आर्कषित गर्ने रणनीति लिएको देखिन्छ सोही कारण कुशवाहाले राउतलाई सगै लिएर चुनावी प्रचारमा छन् । सिके राउतको पछिल्लो क्रेजलाई उनले आफ्नाे मतमा परिवर्तन गर्ने प्रयासमा छन् ।

शिवचन्द्र कुशवाहासमेत पराजित अनुहार हुन् । नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्राउँदै डा. राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका हुन् । कुशवाहाले गत निर्वाचनमा बारा २ मा १३ हजार ४ सय ६८ मत पाएका थिए ।

यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ–१ उम्मेदवार भएका पूर्व प्रहरी रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चाका कारण यस क्षेत्रमा हाेमिएको देखिन्छ । कमजोर पार्टी संगठन र कार्यकताका करणका बाबजुद उम्मेदवारी दिएका खरेल कमजोर देखिए पनि उनि तिब्र चुनाबी प्रचारप्रसारमा छन् ।

यता पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका एमालेका पुरुषोत्तम पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् ।  २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलबाहेक अन्य चर्चित अनुहार भने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका पराजित अनुहार हुन् ।

बारा– २ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

 

मुकेश कुमार यादव, सिरहा, ४ वैशाख।

सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।   सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्री जलेर नष्ट भएको हो।


ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्रि जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए। उनले भने, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशेषले घरमै राखेको ५० हजार नगद जल्यो, सबैको मिलाउँदा ५० लाखभन्दा बढीको क्षति भएको छ।’

उनीहरुले रातको समयमा भएकाले घरमा रहेको केही सामान निकाल्न नसकेको बताए। बुधेश्वरले भने, ‘हामीसँग बाँकी भनेको लगाएको लुगामात्र हो, पानी पिउन एउटा भाँडासमेत छैन, कहाँ बस्ने के खाने अन्यौल भइरहेको छ।’


राति करिब ११ बजेबाट सुरु भएको आगलागी सिरहा र गोलबजार नगरपालिकाको दमकल, स्थानीय वासिन्दा र प्रहरीले करिब २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।


आगलागी पीडितहरुले आफूहरुलाई तत्काल दैनिक उपभोगका अतिआवश्यक सामाग्रीको खाँचो रहेको बताए। उनीहरुले त्यसको लागि स्थानीय सरकार र मनकारी हातहरुसँग सहयोगको अपेक्षा गरेका छन्।

त्यसैगरी,  सिरहा नगरपालिकाको प्रशासनिक भवनमा आगलागी भएको छ। आगलागीका कारण कार्यालयमा रहेको बिलभर्पाइसहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ। विद्युत् सर्टभएर आगलागी भएको भनिए पनि आगलागीको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

 

 

इन्दीप कोइराला,बारा, ४ वैशाख ।

बारा जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा विगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय  ९८ पुगेको छ । यस क्षेत्रमा कोल्हवी नगरपालिका वडा नम्बर ८, पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुन लागेको हो । गत निर्वाचनमा एमालेसँगको तालमेलमा बारा–२ मा जसपाका रामसहाय प्रसाद  यादवले चुनाव जितेका थिए ।

यस उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । हेभिवेटको प्रतिष्ठा सँगै जोडिएको कारण यस क्षेत्र सर्वाधिक चासोको रुपमा छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट उमेदवार अरुण ज्ञवाली र नेकपा एमालेका पुरुषोत्तम पौडेल सहितका चर्चित अनुहार प्रतिस्पधीका रुपमा छन् ।

यादब यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका कारण अबसर खोज्दै बारा आएका यादबलाई यो पटक समेत सिके राउतको पार्टी भारी पर्ने देखिन्छ । यादब त्यहीँ कारण समेत अहिले मतदाताको घर देखि बारी सम्म भोट माग्दै गरेको देखिन्छ । मधेशका मुर्दाका कारण सधै जनताको साथ पाएका यादबले पद र सत्तमा मधेशका मुर्दा भुल्दा यादबको बहुलिएता भएको यस क्षेत्रमा समेत उपेन्द्र यादवलाई सजिलै विश्वाश गर्न वतावरण भने छैन । तर यादब भने आफुलाई जनताले मत दिनेमा आफू विश्वत रहेको दावी गर्छन् ।


यिनै यादवले गत निर्वाचनमा सप्तरी बाट १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर बिजयी भएका थिए । मधेशमा पछिल्लो समय उदाएको सिके राउतको पार्टी जनमतबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादवको मत आफुतर्फ आर्कषित गर्ने रणनीति लिएको देखिन्छ सोही कारण कुशवाहाले राउतलाई सगै लिएर चुनावी प्रचारमा छन् । सिके राउतको पछिल्लो क्रेजलाई उनले आफ्नाे मतमा परिवर्तन गर्ने प्रयासमा छन् ।

शिवचन्द्र कुशवाहासमेत पराजित अनुहार हुन् । नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्राउँदै डा. राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका हुन् । कुशवाहाले गत निर्वाचनमा बारा २ मा १३ हजार ४ सय ६८ मत पाएका थिए ।

यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ–१ उम्मेदवार भएका पूर्व प्रहरी रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चाका कारण यस क्षेत्रमा हाेमिएको देखिन्छ । कमजोर पार्टी संगठन र कार्यकताका करणका बाबजुद उम्मेदवारी दिएका खरेल कमजोर देखिए पनि उनि तिब्र चुनाबी प्रचारप्रसारमा छन् ।

यता पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका एमालेका पुरुषोत्तम पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् ।  २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलबाहेक अन्य चर्चित अनुहार भने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका पराजित अनुहार हुन् ।

बारा– २ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

राैतहट, ४ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ मा रहेको मर्धर सिमसार क्षेत्रको जमिन भू-माफियाले हत्याएपछि मर्धर सिमसार बचाउ संघर्ष समिति गठन भएको छ ।

मर्धर सिमसार क्षेत्रमा बसेको स्थानीयहरुको भेलाले शिवप्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय सिमसार क्षेत्र बचाउ संघर्ष समिति गठन गरेको स्थानीय युवा सुदिप गिरीले जानकारी दिएका छन् । समितिको सहसंयोजकमा राजन कार्की र सचिवमा सरोज बछार रहेका छन् ।

यसैगरी समितिको सदस्यहरुमा सुदिपराज गिरी, थिर कुमारी कार्की, सबिता आचार्य, राजु पराजुली, धुब्र घिमिरे, अमृत सापकोटा, जोखन बिक, शेरबहादुर तामाङ, थलराज भारती, तेजबहादुर महत, जंगबहादुर थापा, कुमार पहाडी, बिनोद कार्की, र बिद्या सापकोटा रहेका छन् ।

समितिले सिमसार क्षेत्रको संरक्षणको लागी सोमबारदेखि नै नगर प्रमुख लगायतका जनप्रतिनिधिहरुसँग छलफल गरेर काम अगाडि बढाउने संघर्ष समितिका संयोजक आचार्यले जानकारी दिएका छन् ।  समितिले सोमबार १० बजे चन्द्रपुर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधिहरुसँग छलफल तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिका संयोजक आचार्यले बताए ।

जिल्लाकै ऐतिहासिक र्मधर सिमसार क्षेत्रलाई भू- माफियालले आफ्नो नाममा गरेपछि स्थानीय नागरिकहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । भू- माफियाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा १० कठ्ठाका दरले २० टुक्रा गरेका छन् ।

मरधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मरधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैया फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । सिमसारको सुख्खा स्थान कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत बिभिन्न २० जनाको नाममा नामसारी गरेकाछन् ।

 

रन्धिर साह,देवाहीगोनाही,वैशाख ०३ गते

रौतहटको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ६ स्थित रहेको कर्कच गाउँको पोखरी अभिभावक विहिन भएको छ ।

आज ९आइतबार० विहानैदेखि गाउँका अधिकाश व्यक्तीहरु मिलेर पोखरीको माछा समात्ने गरेको तथा पोखरी नष्ट गर्ने नियतले प्रस्तुत भएको स्थानीय बासिले जनाएका छन् ।

सो पोखरी गाउँको दुर्गा माताको मन्दिर अगाडि रहेको करिब २,३ विघा क्षेत्रफलमा फैलिएको हो ।

पोखरीलाई व्यवस्थीत गर्ने उदेश्यले वडा नम्बर ६ का वडा अध्यक्ष विष्मुकुमार दासले टेन्डर प्रक्रियामा लगिएको थियो । तर, राजनितिक शडयन्त्रका कारण पोखरी कुनै निणर्य न भैइ अभिभावक विहिन बनेको उनले बताएका छन् ।

टेन्डर प्रक्तियामा लैजादा १६ लाख ५१ हजार रुपैयाँको बोली लागेको साथै कुनै बोली नलागेपछि १२ लाख ५१ हजार रुपैया तोकदा एक जानाले १३ लाख ५० हजार लगाएको थियो पछि सोहि गाउँको व्यक्तले ४० लाख बोली लगाएपछि बोली स्थिगीत भई विवाद भएको अध्यक्ष दासले बताएका छन् । अब सो पोखरीको टेन्डर प्रक्तियामा अब नगरपालिकाले लैजाने बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।