गाैर,बैशाख ७ गते
रौतहट जिल्लामा संचालनमा रहको आरम्भ परियोजना अन्र्तगत कार्यशाला मंगलवार देखि सुरु भइ आज सम्पन भएको छ । गैरमा रहेको होटेल सिया पैलैसको सभा हलमा सकारात्मक सामाजिक मान्यताहरू विकास र प्रवद्र्धन गर्न धार्मिक,सामाजिक आगुवाहरू र परिवर्तन सम्बाहकहरूसँग ३ दिनको कार्यशाला २०८० बैसाख ५ गते देखि सुरु भइ ७ गते सम्पन भएको छ । कार्यक्रममा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, सथानीय सरकारले पाउने अनुदान, योजना छनौट गर्ने प्रक्रिया र छनौट भएको योजना लाइ प्राथिमिकिकरण गर्ने आधारहरुको बारेमा प्रस्तुति गर्दै शिक्षा अधिकृत अरविन्द कुमार साहले तेस्रो चरणको योजना प्रक्रिया ९बस्ति स्तरको योजना तर्जुमा ० मा स्थानीय नागरिक समाज, सामाजिक अगुवा,महिला, बालबालिका,अपांगता भएको व्यक्ति, बिधालय,आमा समुह, तथा गैर सकारी संस्थाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनु पर्ने तथा स्थानीय आवश्यकताको आधारमा योजना छनौटमा सबैको भूमिका हुनु पर्छ साथै बालिका शिक्षा प्रबर्धन तथा हानिकारक सामाजिक मूल्यमान्यता न्यूनीकरण गर्न आवश्यक क्रियाकलापको बारेमा छलफनल भएको थियो शिक्षा,स्वास्थ्य,जिविकोपार्जन,बालविवाह लगायतको क्षेत्रमा काम गर्द आएको गैर सरकारी संस्था आसमान नेपालले आरम्भ परियोजना अन्तरगत शिक्षाबाट बञ्चित रहेका १० दखि १९ बर्षको विवाहित तथा अविवाहित किशोरीहरुलाइ शिक्षामा पहुँच पुयाउने तथा शिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउदै आएको परियोजनाका शिक्षा अधिकृत साहले बताउनु भयो । पहिलो बर्षमा आरम्भ परियोजना रौतहटको दुर्गा भगवती र यमुनामाइ गाउँपालिकामा कार्यक्रम संचालन गरेको थियो ।

दोस्रो बर्षमा कटहरिया र मौलापुर नगरपालिकामा संचालन भएको कार्यक्रम तेस्रो बर्षमा राजपुर र माधवनारायण नगरपालिकामा संचालन भएको थियो । भने चौथौ बर्षमा गरुडा,गढीमाइ,परोहा र बौद्धीमाइ नगरपालिकामा संचालनमा रहेको छ । एफसिडिओको आर्थिक सहयोग पिपुल इन निड,समाजिका संस्था जिल्ला समन्वय समिती, आसमान नेपाल तथा सम्बन्धित पालिकाको सहकार्यमा रौतहटमा संचालन रहेको आरमभ परियोजनाले ४ वटा प्रतिफलमा कार्यक्रम गर्दै आएको छ प्रतिफल १ विद्यालय छोडेका किशोरीहरुको साक्षरता र गणित कक्षाको सुधारात्मक हाजिरी। प्रतिफल २ विद्यालय छोडेका किशोरीहरुको संज्ञात्मक तथा असंज्ञात्मक सीपहरु विकास गर्ने एवमं भविष्यका लागि योजना बनाउने। प्रतिफल ३ विद्यार्थीका लागि विद्यालयमा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुका लागि भावी योजना बनाउनका लागि सहयोग गर्ने। प्रतिफल ४ उमेर पुगी मात्रै विवाह गर्न, समुदाय र सम्बन्धित निकायलाई सकरात्मक समाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुको भावी योजनाका निम्ति बोध गराउने रहेको थियो । गरुडा वडा नम्बर १ का चेंज च्याम्पियन शेख साविर हुसैनले आरम्भ परियोजनाको सराहना गर्दै शिक्षाको पहुँचबाट टाढा रहेका बालिकाहरुलाइ किशोरी सिकाइ केन्द्रमा सहभागी गराउन लागि परेको बताए । अगामी दिनहरुमा पनि किशोरीहरुलाइ शिक्षामा पहुँच पु¥याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै कुनै पनि बालबालिकालाइ शिक्षाबाट बञ्चित हुन न दिने बताए । यस्तै कार्यक्रममा सहभागी बौद्धिमाइ नगरपालिका का महिला,बालबालिका ज्येष्ठ नागरिक शाखाका प्रमेश कुमार रजकले आरम्भ परियोजनाले गाउँ घरमा धेरै परिवर्तन गर्न सफल भएको धारणा राख्दै रजकले आफ्नो अनुभव सुनाउदै २० वर्ष भन्दा मुनीको बालबाालिकाहरुको हुने बालविवाह रोक्नमा आफु पनि लागि परेको बताए । रजकले आफ्नै भतिजीको १८ वर्षको उमेरमा हुन लागेको विवाह रोक्न सफल भएको बताए । अगामी दिनहरुमा पनि यस्तै सक्रियताका साथ लागि रहने प्रतिबद्धता गर्नु भएको छ । गरुडा नगरपालिका महिला,बालबालिका ज्येष्ठ नागरिक शाखाका प्रमुख अस्मिता यादबले आरम्भ परयोजना एकदम प्रभावकारी रहेको बताए । समाजका विपन्न दलित पिछिडिएका समुदायका शिक्षाको पहुँचबाट टाढा रहेका बालिकाहरु शिक्षामा पहुँच गराएर मुलधारमा ल्याउन सफल भएके बताउदै यस्ता कार्यक्रमलाइ नगरपालिकाले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । परोहा नगरपालिकाका महिला,बालबालिका ज्येष्ठ नागरिक शाखाका आयसा हसनले आफ्नो पालिकाको वडामा बालविवाह रोक्न सफल भएको अनुभव सुनाउदै आरम्भ परयोजनाले जुन तरिका समाजमा प्रभाव पारेको छ यसले निरन्तरता पायो भने अझै धेरै सुधार हुदै जाने बताए । हामीले हमेसा बालविाह,लैंिगक हिंसा,दाइजो प्रथा सहति गाउँघरमा विद्यमान रहेका कुरितीहरुलाइ न्युनिकरण गदैै शिक्षाको पहुँचबाट टाढा रहेका बालिकाहरुलाइ विद्यालय सम्म पु¥याउन अहम भुमिका खेल्ने बताए । कार्यक्रमको प्रस्तुतिको क्रममा १४१८ किशोरी माध्ये १०७१ जना किशोरीहरु बिधालय भर्ना गर्ने लक्ष्य लिएको साथै बिधालय भर्ना हुन नसकेको किशोरीहरुलाई बिभिन्न किसिमको व्यवसायिक तालिम दिने शिक्षा अधिकृत साहले बताउनु भएको थियो कार्यक्रममा खास गरि हाम्रो समुदायमा रहेको हानिकारक सामाजिक मुल्य मान्यता जस्त्तै बाल बिवाह,दाइजो प्रथा,लिंगको आधारमा बिभिन्न किसिमको हिंसा लाइ न्यूनीकरण गर्न क्रियाकला छनौट गरि न्युनिकरणको लागि रणनीतिक योजना तयारी भएको र सोहि अनुसार अगाडी बढ्ने बाल संरक्षण संयोजक सपना सेन्चुरीले बताउनु भयो कार्यक्रममा निलु झाले प्रशिक्षण गर्नु भएको थियो भने कार्यक्रमा परोहा नगरपालिका वडा नं २ का वडा अध्यक्ष,गरुडा महिला सेलका फुलमाया गुरौ,गरुडा,बौधिमाई र परोहा नगरपालिकाका महिला बालबालिका शाखा प्रमुखहरु सममिक धार्मिक अगुवा,पत्रकार लगाएत आसमान नेपाल संस्थाको क्रमचारिको उपस्थिति रहको थियो ।
आरके श्रीवास्तव,गरुडा,वैशाख ०७ गते
रौतहटको वृन्दावन नगरपालिकामा कार्यालय प्रमुख परिवर्तन भएको छ । जिल्लाको पुर्वी उतरी भेगमा रहेको बृन्दावन नगरपालिकामा नयाँ हाकिमको आगमन भएको हो । सो नगरपालिकाको नयाँ कार्यालय प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव ओम प्रकाश पाण्डे बिहीबार हाजिर भए भएपश्चात हाकिम पाण्डेलाई नगर प्रमुख बिनोद प्रसाद कुर्मीले फुलमाला तथा अबिरको टिका लगाई र दोसल्ला ओढाई भव्य स्वागत गरेर कार्यालयमा हाजिर गराएका हुन् । बृन्दावन नगरपालिकाको कार्यालय विश्रामपुरमा पुगेका हाकिम पाण्डेलाई नगर प्रमुख कुर्मी सहित त्यहाँ निर्वाचित जनप्रतिनिधि हरुले तथा अन्य व्यतीहरुले पनि भव्य स्वागत गरेका छन् । बृन्दावन नगरपालिकाको यस भन्दा अघिको प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको सरुवा भएको करिब दुई हप्ता पछि आज नयाँ हाकिमको रुपमा पहिलो पटक उपसचिव ओम प्रकाश पाण्डेको आगमन भएको छ। यस भन्दा अघिका कार्यालय प्रमुख भुजेलको ठाउँमा पाण्डे आएपछि स्थानिय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् ।
रुपेश यादव,फतुवा बिजयपुर,वैशाख ०७ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा वडा नम्बर ४ स्थित श्री माध्यमिक बिधालय टेंग्राहामा नयाँ भर्ना अभियान सुरु भएको हो । शैक्षिक सत्र सुरु भएसँगै सरकारले यसवर्ष ‘हामी सबैको इच्छा, समयमा भर्ना समयमा ज्ञान गुणस्तरिय शिक्षा सबैको अभियान ’ भन्ने मुल नाराका साथ गाउँको परिक्रमा गरिदै भर्ना अभियान अगाडि बढाएको प्रधानाध्यापक अनिल कुमार यादवले बताएका छन् ।

विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन भर्ना अभियान सुरु गरेको बताउँदै उहाँले भर्ना अभियान सफल तुल्याउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । सो भर्ना अभियानको घरदैलो कार्यक्रममा सोहि वडाका वडा अध्यक्ष सतिश यादव (गौरव) ,बिधालय व्यवस्थापन समितिका अध्यक्ष जयमंगल यादव ,लेखापाल प्रविन यादव,शिक्षक राजेश यादव लगायतका शिक्षक शिक्षिकाहरू र बिधार्थीहरूको सहभागीता रहेको थियो ।
बज्जिकाञ्चल,वैशाख ०७ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ८ स्थित श्री माँ सरस्वती प्राबि बिजयपुर पिपलबोटमा नयाँ भर्ना अभियान सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसँगै सरकारले यसवर्ष ‘हामी सबैको इच्छा, समयमा भर्ना समयमा ज्ञान गुणस्तरिय शिक्षा सबैको अभियान ’ भन्ने मुल नाराका साथ गाउँको परिक्रमा गरिदै भर्ना अभियान अगाडि बढाएको प्रधानाध्यापक सुबोध कुमार यादवले बताएका छन ।

विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन भर्ना अभियान सुरु गरेको बताउँदै उहाँले भर्ना अभियान सफल तुल्याउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
सो भर्ना अभियानको घरदैलो कार्यक्रममा प्रधानाध्यापक सुबोध यादव सँगै शिक्षक प्रमोद यादव , लगायतका शिक्षक शिक्षिकाहरू र बिधार्थीहरू र संचारकर्मीहरूको सहभागीता रहेको थियो ।

मुकेशकुमार यदव
सिरहा, ७ वैशाख । सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।
बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारी नगरपालिकाले घर भत्काइदिएपछि आन्दोलनमा उत्रिएका हुन्।

संघर्ष समितिले बिहीबार नगरपालिका घेराउ कार्यक्रम राखेको थियो । सयौंको संख्यामा आएका आन्दोलनकारीहरुले नगरपालिका भवनमा तोडफोडसँगै नगर प्रमुख चढने गाडीमा समेत तोडफोड गरेका छन् ।
उनीहरूले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरहेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ ।
आक्रोशित स्थानीयहरुले मिर्चैया नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले आन्दोलनकारिलाइ तितरबितर पार्न १० सेल अश्रुग्याँस र ७ राउन्ड हवाई फायरिङ गरेका छन् ।

प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा ५ जना प्रहरी घाइते भएको र उनीहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेकले जनाएको छ । उनले भने, ‘घाइते प्रहरीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अहिले अबस्था समान्य छ ।’
मिर्चैया नगरपालिकाले संरचना निर्माण र नगर सुन्दर बनाउने नाममा बजार क्षेत्रका घर भत्काएपछि स्थानीयहरु आक्रोशित भएका छन्।
इन्दीप कोइराला
बारा, ७ वैशाख ।
बारा–२ को उपनिर्वाचनमा उम्मेदवारहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव ५ दलीय गठबन्धबाट उम्मेदवार बनेपछि यहाँको प्रतिस्पर्धा रोचक बनेको हो ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले जसपा अध्यक्ष यादवलाई कडा टक्कर दिएका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आमजनता पार्टीका अरुण ज्ञावाली पनि प्रतिस्पर्धामा सँगै छन् ।
जसपा अध्यक्ष यादव र जनमतका कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको यो क्षेत्रमा पौडेलले उम्मेदवारी दिएपछि चुनावी माहोल फेरिएको हो । ‘सुरुमा जसपा र जनमतबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको थियो, पचरौता नगरपालिका पिपरपातीका भरत साहले भने, अब जनमत फेरिएको छ र एमालेका पौडेल ह्वात्तै अगाडि आएका छन ।’
उनले यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा यादव र पौडेलबीच नै हुने बताए । जसपा र नेपाली काग्रेसको बलियो जनाधार रहेको यस क्षेत्रमा पौडेलले पनि पकड बढाउदै लगेका छन । गत मंसिरमा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहायप्रसाद यादव विजयी बनेका थिए । उनले एमालेको सहयोगमा माओवादीका कुशवाहालाई ३५४ ले पराजित गरेका थिए ।
चुनावताका दल परिवर्तन गरिहने चरित्रको कारण मतदातामा कुशवाहा विवादास्पद समेत बनेका छन । माओवादीबाट २०६४ को संविधान सभामा त्यसै क्षेत्रबाट जितेका कुशवाहा २०७० को चुनावमा पार्टीबाट टिकट नपाएपछि राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरी उम्मेदवार बन्दा न्यून मत पाएर पराजित हुनुपरेको थियो । ०७४ सालमा नेकपाको तर्फबाट टिकट पाएपछि उनी फेरि माओवादीमा नै सक्रिय थिए । उक्त निर्वाचनमा जसपाका रामसहाय यादवले चुनाव जित्दा कुशवाह तेस्रो नम्बरमा पुगेका थिए ।
यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा जातीय समीकरणले विगतमा चुनाव जित्दै आएकाले त्यो समूदायको मत तान्न उम्मेदवारहरु कसरतमा छन् । जसपा अध्यक्ष उपेन्द्र यादव समुदायको अधिकांश मत आफ्नो पक्षमा पर्ने र चुनाव जित्नेमा आशावादी देखिन्छन तर उनी आफू यादव समुदायको मात्रै भर परेर चुनाव नलडेको उनको भनाई छ । यसपटक अत्याधिक मतका साथ चुनाव जित्ने उनको दाबी छ । तर दाबी विपरित प्रचारको क्रममा उनले समुदायका अगुवा र सर्वसाधारणसंगको भेटघाटलाई तीव्र पार्दै आएका छन् ।
त्यसैगरी उनलाई जिताउन सप्तरी, सिराह, मोरङ्ग, सुनसरी र धनुषा लगायतका जिल्लाबाट आएका दर्जनौं अगुवाहरु अहिले क्षेत्र नम्बर २ मा देखिन्छन् । जसले गर्दा अन्य समुदायका मतदाता जसपा अध्यक्ष यादवसँग टाढिने खतरा छ र गैह्यादव समुदायको मत पौडेलतर्फ जान सक्ने देखिन्छ । जसपा अध्यक्ष यादवले पनि आफ्नो निकटतम प्रतिस्पर्धिमा एमालेका पौडेल नै हुनसक्ने बताएका छन ।
०५१ सालमा क्षेत्र नम्बर बारा ३ बाट चुनाव जितेका पौडेल अहिले पनि यस क्षेत्रमा लोकप्रिय छन । ०४८, ०५१, ०५४ को संसदीय निर्वाचनमा ३ नम्बर ३ बाट चुनाव लड्दा साविकको पिप्राढी, बडकीफुलबरिया, दक्षिण झिटकैया र पिपरपाती जब्दी गाविस हाल क्षेत्र नम्बर २ को देवताल गाउँपालिका र ३ नम्बरमै रहेको साविकको मझरिया, हर्दिया र सनफुलवा गाविसहरु पनि अहिले २ नम्बर क्षेत्रमा परेका छन ।
३ वटै निर्वाचनमा लोकप्रिय मत पाए पनि पौडेल एकपटक मात्रै संसदमा निर्वाचित भएका थिए । संविधान सभाको निर्वाचनमा भने पौडेल क्षेत्र नम्बर ६ बाट विजयी बनेका थिए ।
इन्दीप कोइराला,
बारा, ७ वैशाख ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियानका क्रममा बारा आएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताएका हुन् ।
१० वैशाखमा हुने निर्वाचनका लागि एमालेको ठूलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रुपमा मैदान हुनुनै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलको भनाई थियो ।
नेता पोखरेलले फिरंगी र पार्टी चाहार्दै हिड्नेलाई भन्दा जनतासँग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा-२ का मतदाता उत्साहित देखिएको बताए । लामो समयदेखि बाराको भूगोलमा बसेर जनता पक्षमा काम गरेका व्यक्तिलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको भन्दै नेता पोखरेलले यसको मूल्यांकन जनताले नै गर्ने प्रतिक्रिया दिए ।
अन्य पार्टीका उम्मेदवार र एमालेको उम्मेदवारलाई तुलना गरेर जनताले मतदान गर्ने नेता पोखरेलको भनाइ थियो । नेता पोखरेलले बारा क्षेत्र नं. २ को विकासका लागि पनि एमाले उम्मेदवार पौडेलको जित आवश्यक रहेको बताए ।
नेता पोखरेलले करैयामाई गाउँपालिकाको नरहीमा रहेको सहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गरेका थिए । उनले उम्मेदवार पौडेलसँगै मतदाताको घरमा पुगेर एमालेको पक्षमा मतदान गर्न आह्वान गरेका थिए ।
महोत्तरी, ६ वैशाख
सवारी दुर्घटनामा परी महोत्तरीमा नवविवाहिता दम्पतीको मृत्यु भएको छ । बुधबार दिउँसो महोत्तरीको गौशालास्थित जंगलमा भएको सवारी दुर्घटनामा परी श्रीमान, श्रीमती र एक बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल छन् । अमृत र अन्जु श्रीमान श्रीमती रहेको प्रहरीले हुन् । विवाह भएको दुई महिनामै उनीहरूको मृत्यु भएको हो ।
आज दिउँसो अमृतले (ससुराली)बाट श्रीमतीलाई लिएर घरतर्फ गइरहेकोमा जंगलमा रहेको रेल्वे टयाक नजिकको मोडमा मोटरसाइकल बससँग ठोक्किदा तीनै जना गम्भीर रूपमा घाइते भएका थिए ।
अमृत र अंशुको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै अन्जुको वर्दिवास ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।
महोत्तरी प्रहरीले गौशालाबाट बर्दिबासतर्फ गईरहेको मधेस प्रदेश ०१ ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल गौशालातर्फ आइरहेका बा३ख २३९६ नम्बर बसमा ठोकिएको थियो ।
चञ्चल झा,गौर, बैशाख ५ गते
रौतहट जिल्लामा संचालनमा रहेको आरम्भ परियोजना अन्र्तगत ३ दिने कार्यशाला मंगलवार देखि गौरमा सुरु भएको छ ।
गौरमा रहेको सिया पैलैसको सभा हलमा सकारात्मक सामाजिक मान्यताहरू विकास र प्रवद्र्धन गर्न धार्मिक,सामाजिक आगुवाहरू र परिवर्तन सम्बाहकहरूसँग ३ दिनको कार्यशाला आज देखि सुरु भइ बिहिवार सम्म चल्नेछ ।
कार्यक्रममा आरम्भ परियोजनाको बारेमा जानकारी गराइएको थियो साथै आरम्भ परियोजनाले नगरपालिका स्तर संचालन गरेको क्रियाकलाकहरुको बारेमा जानकारी गराइएको थियो ।
शिक्षा,स्वास्थ्य,जिविकोपार्जन,बालविवाह लगायतको क्षेत्रमा काम गर्दै आएका गैर सरकारी संस्था आसमान नेपालले आरम्भ परियोजना अन्तरगत शिक्षाबाट बञ्चित रहेका १० देखि १९ बर्षको विवाहित तथा अविवाहित किशोरीहरुलाइ शिक्षामा पहुँच पु¥याउने तथा शिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउदै आएको परियोजनाका शिक्षा अधिकृत अरविन्द कुमार साहले बताउनु भयो ।

पहिलो बर्षमा आरम्भ परियोजना रौतहटको दुर्गा भगवती र यमुनामाइ गाउँपालिकामा कार्यक्रम संचालन गरेको थियो । दोस्रो बर्षमा कटहरिया र मौलापुर नगरपालिकामा संचालन भएको कार्यक्रम तेस्रो बर्षमा राजपुर र माधवनारायण नगरपालिकामा संचालन भएको थियो । भने चौथौ बर्षमा गरुडा,गढीमाइ,परोहा र बौद्धीमाइ नगरपालिकामा संचालनमा रहेको छ ।
एफसिडिओको आर्थिक सहयोग पिपुल इन निड,समाजिका संस्था जिल्ला समन्वय समिती, आसमान नेपाल तथा सम्बन्धित पालिकाको सहकार्यमा रौतहटमा संचालन रहेको आरमभ परियोजना ४ प्रतिफलमा कार्यक्रम गर्दै आएको परियोजना संरक्षण अधिकृत सपना सेन्चुरीले बताउनु भयो ।
प्रतिफल १ विद्यालय छोडेका किशोरीहरुको साक्षरता र गणित कक्षाको सुधारात्मक हाजिरी।
प्रतिफल २ विद्यालय छोडेका किशोरीहरुको संज्ञात्मक तथा असंज्ञात्मक सीपहरु विकास गर्ने एवमं भविष्यका लागि योजना बनाउने।

प्रतिफल ३ विद्यार्थीका लागि विद्यालयमा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुका लागि भावी योजना बनाउनका लागि सहयोग गर्ने,
प्रतिफल ४ उमेर पुगी मात्रै विवाह गर्न, समुदाय र सम्बन्धित निकायलाई सकरात्मक समाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुको भावी योजनाका निम्ति बोध गराउने।
कार्यक्रमको प्रस्तुतिको क्रममा १४१८ किशोरी माध्ये १०७१ जना किशोरीहरु बिधालय भर्ना गर्ने लक्ष्य लिएको साथै बिधालय भर्ना हुन नसकेको किशोरीहरुलाई बिभिन्न किसिमको व्यवसायिक तालिम दिने शिक्षा अधिकृत साहले बताउनु भएको थियो ।
आरएन पटेल,वैशाख ०५ गते
ईप्रका कोपवाको प्रहरी गस्ती टोलीद्वारा अवैध कुखुरा नष्ट गरिएको छ । रौतहटको बौधिमाई नगरपालिका वडा नं. ५ अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाको प्रहरी वरिष्ट नायब निरिक्षक प्रमानन्द प्रसाद यादवको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीद्वारा नगरपालिकाको कोपवा नजदीकमा भारतबाट ल्याउँदै गरेको अवैध कुखुरा पक्राउ गरि नष्ट गरिएको हो ।
मंगलबार दिउँसो करिब ११ बजेको समयमा प्रहरीको टोली गस्ती गर्दै जाँदा कोपवा स्थित अवैध कुखुरा साईकलमा राखी भारतबाट नेपाल तर्फ ल्याउने क्रममा गस्ती टोलीलाई देखेर तस्करले साईकल र कुखुरा छाडी फरार भएका थिए । प्रहरीले तस्करलाई समात्न खोज्दा निज व्यक्ति फरार भई साईकल (१ थान र कुखुरा १६ पिस फेला पारी कार्यालयमा ल्याई स्थानिय भद्रभलादमी, समाजसेवी, जनप्रतिनिधि र पत्रकार लगायत बौधीमाई न।पा।(५ का स्थानीय उदय चन्द्र यादव, राकेश साह सोनार, नागेन्द्र ठाकुर हजाम, रामअयोध्या यादव, मेधन दास, वडा नं। ६ को वडा सदस्य अरविन्द कुमार साह समेतको रोहबरमा खाल्डो खनी सबै कुखुरा नष्ट गरिएको हो ।