रन्धिर साह,११ गते वैशाख ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको वडा कमिटी गठन भएको छ । नेकपा एमालेका नगर कमिटी संयोजक ब्राह्मदेव प्रसादको अध्यक्षता तथा मधेस प्रदेश कमिटी सदस्य एवम् देवाहीगोनाही नगरपालिकाकी नगर प्रमुख परनिया देविको प्रमुख आतिथ्यमा वडा कमिटी तथा “मिसन ग्रासरुट” अभियान सम्मपन्न भएको हो । नेकपा एमाले “मिसन ग्रासरुट” पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत देवाहि गोनाही नगरपालिका वडा नम्बर ३ स्थित रहेको देवाहीमा अभियान सम्पन्न भएको हो ।
सो कार्यक्रम अझै अगाडी बढाउन तथा रौतहटको प्रत्येक पालिकाहरुमा यो अभियानलाई संचालनमा रहेको छ । यो अभियानले पार्टी भित्र रहेका अविश्वास तथा मन मोटापनलाई हटाउँनमा सहयोग गर्ने देवाही गोनाही नगरपालिकाकी नगर उप प्रमुख पटेलले बताएकी छिन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपसचिब रुपेश पटेल, जिल्ला कमिटी सदस्य भरत पटेल तथा कार्यकर्ताहरु लगायतको आतिथ्यमा वडा भेला सम्पन्न भएको हो । सो भेलाबाट रामसकल साहको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
काठमाडौं, ११ वैशाख
बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्याएका छन् ।
जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ मत पाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवालीले २०६ मत पाएका छन् ।
बारा, ११ वैशाख
बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मत गणना अपडेट अनुसार यादवले १८७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत ल्याए ।
यस्तै एमालेका पुरुषोतम पौडेलले ७२९ तथा रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन् ।
आम जनता पार्टीका अरुण ज्ञवाली १५४ मतका साथ प्रतिस्पर्धामा छन् ।
काठमाडौं, ११ बैशाख । चितवन–२ र बारा–२ को मतगणना तारजाली भित्र गरिने भएको छ ।
मतदानको क्रममा बिबाद देखा परेका बारा–२ र चितवन–२ काे मतगणनास्थलमा तारजाली भित्र गर्न लागिएको हो ।
आन्तरिक सुरक्षाका कारण देखाउँदै दुवै निर्वाचन कार्यालयले दुवै क्षेत्रको मतगणनास्थलमा तारजाली लगाएको छ । बाराकाे मतगणनास्थलमा बाँसले घेरेर तारजाली लगाइएकाे छ भने चितवनमा फलामे घेराबन्दी गरिएकाे छ ।
बारा–२ मा जनता समाजवादी पार्टी नेपालले धाँदली गर्न खोजेको आरोप जनमत पार्टीले लगाएको थियो भने चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उलङघन गरेको भन्दै नेपाली कांग्रेसले हिजो बस्ने भनिएको सर्वदलिय बैठक अस्विकार गरेको थियो ।
दुवै निर्वाचन क्षेत्रमा देखा परेको असामान्य स्थिति पछि मत गणनालाई सहज र व्यवस्थित बनाउन तारजाली लगाउनु परेको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन् ।
बारा, ११ बैशाख । हिजो हुन नसकेको बारा–२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ ।
हावाहुरी बतासका कारण हिजो बैठक हुन सकेको थिएन । हिजो हुन नसकेको बैठक आज सुरु भएको हो ।
जारी सर्बदलीय सर्वदलीय बैठकमा सहमति कायम गरेर एकछिनमा मतगणना सुरु गर्ने तयारी भएकाो छ ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना सुरु हुनेछ ।
बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् ।
बारा, ११ बैशाख । हावाहुरीलगायतको समस्याका कारण सुरू हुन नसकेको बारा–२ को मतगणना आजवाट सुरु हुने भएकाे छ ।
आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा–२ को मतगणना सुरु गरिन लागिएको हो । बैठक अहिले ७ बजे बस्दैछ ।
सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुुने निर्वाचन आयोगको कार्यालय, बाराले जनाएको छ ।
तनहुँ–१ मा मतपरिणाम सार्वजनिक भईरहदाँ बारा–२ र चितवन–२ मा भने अझै मतगणना सुरु हुन सकेको छैन ।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रमुख जिल्ला अधिकारी, चितवनले आचारसंहिता उलङघन गरेको भन्दै कांग्रेसले दिएको उजुरीको सम्बोधन नभएसम्म सर्वदलीय बैठक नबस्ने अडान कांग्रेसले लिएको छ । जसकाकारण चितवन–२ मा मतगणना सुरु हुन नसकेकाे हो ।
काठमाडौं । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि अहिले मतदान जारी रहेको छ । मतदान बिहान ७ बजे शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्नेछ । मौसमलाई ध्यान दिएर तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । यहाँ राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् ।
तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र छन् । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन् ।
बारा–२ मा ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । १ लाख ५ हजार ११ मतदाता रहेका छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् ।
मतगणना कहाँ ?
चितवन–२ को मतगणना भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ । त्यहाँ तारजालीको छेकबार र सीसीटीभी क्यामरा व्यवस्था गरिएको छ ।
तनहुँ–१ को मतगणना जिल्ला समन्वय समितिको कोठामा हुनेछ । त्यहाँ पनि तारजाली र सीसी क्यामरा जडान गरिएको छ ।
बारा–२ को मतगणना कलैयास्थित शैक्षिक तालिम केन्द्रमा हुनेछ । त्यहाँ पनि तारजालीसहितको व्यवस्था मिलाइएको छ ।
मतगणना थालिएको तीन दिनभित्रै मतपरिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ । हाम्राकुरा
बारा, १० बैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुईवटा बुथमा आफनो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन् ।
बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुईवटा स्थानमा बुथ कब्जा गरेकोसमेत आरोप लगाएका छन् ।
‘पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिईएको छैन, त्यस्तो अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको छ,’ राउतले सञ्चारकर्मीसँग भने, ‘मैले हिजो देखी नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाई भएको छैन ।’ प्रहरी प्रशासनको मिलोमतोमा नै जसपाले बुथ कब्जा गरेको जनाउँदै राउतले सबन्धित निकायको ध्यानाकर्षण गरेका पनि छन्
।
बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार रहेका छन् ।
बारा, १० बैशाख । बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये तीनले भने मतदान गर्न नपाउने भएका छन् ।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन ।
एमालेका पाैडेलकाे बारा–३ काे मतदाता रहेकाे, जसपा नेपालका यादवको सप्तरीमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन ।
जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफनो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन् ।
काठमाडौं, १० बैशाख । उपनिर्वाचनका लागि मतदान सुरू भएको छ ।
निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजे देखी मतदान सुरु भएको हो । उसका अनुसार मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
चितवन–२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन भने नेकपा एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएको छ ।
यसैगरी, बारा–२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहु–१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन भने तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।