आरके श्रीवास्तव,राैतहट, गते २१ जेठ ।
राैतहटमा आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाइँएकाे छ । जिल्लाकाे चन्द्रपुर स्थित हाेटेल तराई ईनमा साे कार्यक्रम गरिएको हाे । आईतवार दलित सराेकार मञ्च कञ्चनरूप नगरपालिका- ८ सप्तरीकाे आयाेजनामा र राष्ट्रिय दलित पत्रकार संघ राैतहट शाखाकाे सहकार्यमा कार्यक्रम भएको हाे ।
कार्यक्रमकाे प्रमुख अतिथि मधेस प्रदेशका सामाजिक, विकास राज्यमन्त्री शेख अबुल कलाम आजादले दलित समुदायको अधिकार संविधानले नै सुनिश्चित गरेकाले कसैले हरण गर्न नसक्ने बताएका छन् ।
मधेस प्रदेश सरकार पनि दलित समुदायको अधिकार उपलब्ध गराउने तयार रहेको उनको भनाइ थियो । कानुनले निश्चित गरेको आफ्नो अधिकार लिइछाड्न पनि उनले यो समुदायलाई सुझाव दिए ।

उनले शिक्षित नभएसम्म सबै क्षेत्रमा पछि परिने भएकाले सबै भन्दा पहिलो जोड शिक्षामा दिन पनि आग्रह गरे । कार्यक्रममा तालिम आयोजक दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले सरकारले जातीय छुवाछूतलाई कानुनमार्फत दण्डनीय बनाए पनि अझै विभिन्न निकायमा यस्ता मुद्दा दर्जनौँ रहनु विडम्बना भएको बताए ।
उनले मधेस प्रदेश सरकारले दलित सशक्तीकरण ऐन जारी गरिसकेको र त्यसमा पालिका स्तरमा जातीय विभेद अनुगमन समिति गठन गर्ने व्यवस्था भएकाले त्यसलाई चाँडो भन्दा चाँडो कार्यान्वयनमा ल्याउनसमेत आग्रह गरे ।

यसैबाट दलित समुदायले आफ्नो धेरै अधिकार प्राप्त गर्न सक्ने पनि उनको धारणा थियो । नेपाल पत्रकार महासङ्घ रौतहटका सभापति प्रेमचन्द्र झालेजातका आधारमा विभेद गर्नु अपराध भएको राज्यले नै स्वीकार गरेकाले कसैले पनि यस्तो कार्य गर्न नहुने बताए ।
यो कानुनी हिसाबले पनि दण्डनीय भएको सुनाउँदै उनले भने– छुवाछूतबाट पीडित भएकाहरूबीच पनि छुवाछूत वा विभेद हुनु झनै विडम्बनाको विषय हो । यस्तो कार्य अन्त्य हुनका लागि कानुनी व्यवस्थाबारे प्रसारप्रसार व्यापक हुनुपर्ने सुझाव पनि उनको थियो ।

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । त्यस पश्चात हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाउने गरिन्छ ।
नेपाल छुवाछुतमुक्त घोषणा भएको आज १७ वर्ष पूरा भएको छ । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ ।
नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हक भित्र राखेको छ । जसमा कुनै पनि व्यक्तिलाई उसको जात, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनैपनि प्रकारको छुवाछुत वा भेदभाव गर्न नपाईने उल्लेख छ ।

दिवसले जातीय भेदभाव र छुवाछुत जस्ता समस्या अन्त्यको लागि सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यक्रम सञ्चालन बृन्दावन नपाका कार्यपालिका सदस्य एवम् दलित अगुवा राजेश पासवानले गर्नु भएको थियाे भने स्वागत मन्तव्य राष्ट्रिय दलित पत्रकार संघ राैतहटका काेषाध्यक्ष प्रदिप दासले राख्नु भएको थियाे ।

जेठ १९ देखि २१गतेसम्म आयोजित यो तालिम कार्यक्रममा सर्लाही र रौतहटका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीहरूको सहभागिता थियो ।

समापनका अवसरमा मधेस प्रदेशका राज्य मन्त्री शेख अबुल कलाम आजादले तालिमका सहभागीले प्रमाणपत्र प्रदान गरेका थिए । दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानका अनुसार यस्तो तालिम मधेस प्रदेशका ८ वटै जिल्लामा गरिनेछ ।

सप्तरी र सिरहाको सिरहास्थित मिर्चैयामा, महोत्तरी र धनुषाको जनकपुर (मसला कटेल) मा तथारौतहट र सर्लाहीको रौटहटमा सम्पन्न भइसकेको जानकारी दिँदै उनले पर्सा र बाराका कार्यपालिका सञ्जालका सदस्यका लागि जेठ २२ गतेदेखि २४ गतेसम्म वीरगन्जमा आयोजना हुने जानकारी पनि दिए ।

काठमाडौं-
रौतहटको गौरमा भएको हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन्।

उक्त मुद्दाको पेशी भोलि सोमबारलाई तोकिएको छ। २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।
बज्जिकाञ्चल,जेठ २० गते।
राैतहटकाे माधवनारायण नगरपालिकामा नगर स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएकाे छ । साे नगरपालिकामा नगर स्तरिय बाल भेला शनिवार नगरपालिकाकाे सभाहल माधाेपुरमा सम्पन्न भएको छ । ग्रामीण बिकाश केन्द्र नेपाल तथा वर्ल्ड भिजन नेपाल काे साझेदारीमा सिपि डट सिईएसपि र माधवनरायण नगरपालिका कार्यालयको समन्वयमा भएको भेलामा नगरपालिकाका ९ वडाका ३२ जना बालबालिकाको सहभागिता रहेको थियो ।

भेलामा वडा स्तरीय योजना तर्जुमा गर्दा बालबालिकाले प्रस्ताव गर्न सक्ने सम्भावित योजना निर्माण, योजना छनौट प्रक्रियामा बालबालिकाको सहभागिता लगायतको बिषयमा समुहगत छलफल गरिएको थियो । कार्यक्रमकाे प्रमुख अतिथि नगर उप प्रमुख निर्माला देवि रहेकी थिईन् । कार्यक्रमलाई तीन ग्रुपमा बिभाजन गरिएको हाे ।
जस मध्ये पहिलाेमा जय नेपाल स्माईल, दाेस्राेमा जयमाँ कल्याणी र तेस्रोमा राधेकृष्ण ग्रुपकाे नामले बिभाजन गरिएको थियाे ।

सबै ग्रुपले आफ्नो आफ्नो गाउँ टाेल र नगरमा कस्ता कस्ता कार्य राम्रो र कस्ता कार्य न राम्रो हुन्छ त्यसको बारेमा चित्रकाेरि स्पष्ट रूपले तर्क बेतर्क छुट्टयाई वार्तलाप गाउँ घरमा भईरहेका बाल बिवाह, बाल श्रम , महिला हिंसा, चेलिबेटी , जाडरक्सी र बालबालिकाकाे हक अधिकारकाे लागि समाजमा नकारात्मक बिषयमा छलफल भएकाे छ ।
र यसै कार्यमा बालबालिकाहरूकाे समस्या बारे चर्चा भएकाे थियाे । कार्यक्रमकाे संचालक आरडिसि नेपालबाट बिनाेद दासले गरेका थिए । कार्यक्रममा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, अनिशा शर्मा ,ममता कुमारी झा काेषाध्यक्ष,प्राेग्राम मैनेजर सुशील शर्मा ,वालकल्याण अधिकारी ,रिता देवि यादव लगायत बालबालिका जनप्रतिनिधि कर्मचारी र संचारकर्मिकाे उपस्थित समेत रहेकाे थियाे ।





रन्धिर साह, रौतहट, जेठ २० ।
रौतहट जिल्लामा केहीदिन यता भएको अत्याधिक तापक्रमका कारण कुखुरा पालन व्यवसायीहरुलाई धेरै चुनौती बनेका छन् । आज भोली दिनहु रुपमा ८ देखि १० वटासम्म कुखुरा मर्दै आएको छ । सोही अवस्थामा रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको कर्कच करमहीया गाउँमा रहेको कुखुरा फार्महरुको छ । सो गाउँमा दुइवटा कुखुरा फार्म रहेको छ, जसमध्ये एक रहेका छन्, हरिसंकर जयसवालको कुखुरा फार्म ।

उनीहरु धेरै समस्याका साथ जसरी पनि आफ्नो रोजगारीलाई बचाएर राखेका छन् । तर, गएको सोमबारदेखि सुरु भएको अधिक तापक्रमका कारण दिनानुदिन रुपमा कुखुरा फार्मबाट ५ देखि १० ओटासम्म कुखुरा मर्दै गएको कुखुरा व्यवसायीक हरिसंकर जयसवाल बताए । उनका अनुसार जेठदेखि असारसम्मको समयमा कुखुराहरु प्राय निमोनिया जस्तो रोगहरुको सिकार बन्छन् । सोही अनुसार अहिले कुखुराहरु मर्दै गएको छ ।

मोसम यस्तै रही रहयो भने हामीहरुलाई हुलो छती हुँने छ । म करिब ५ वर्षदेखि कुखुरा फार्म व्यवसायीमा क्रियाशिल रहेको छु । तर, यसपालिको जस्तो कहीले पनि भएको थिएन । आज भोली हाम्रो जिल्लामा धेरै मात्रामा तापक्रम बढेको छ । बाहिर जान पनि ढर लाग्ने अवस्था भएको उनले बताए ।

आरके श्रीवास्तव, रौतहट, जेठ १९ ।
रौतहटको कटहरिया नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम सुरु भएको छ । गर्मीयाम बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । बिहिबारदेखि सो पालिकाको वडा नम्बर १ देखि ९ सम्म औषधी छर्ने काम सुरु भएको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकास जयसवालले बताएका छन् ।

उनका अनुसार कटहरिया नगरपालिका भित्र रहेका प्रत्येक गाउँहरुमा लामखुटे, झिँगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखिएको छ । उक्त जोखिमलाई उन्मुलन गर्न औषधी छर्ने अभियान सुरु भएको बताए ।

कटहरिया नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका वडाहरुमा अत्यधिक लामखुट्टे बढेकोले लामखुट्टे नियन्त्रण गर्न मेयर जयसवालले पालिकामा १४ जनालाई लामखुट्टे नियन्त्रणको लागि औषधि छर्न परिचालन गरेका छ्न भने १ जना सुपरभाइजर पनि खटाएका हुन् ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगहरुको संक्रमण फैलन नदिन औषधी छर्न सुरु गरिएको नगर प्रमुख जयसवालले बताए । उनले भने नगरभरी लामखुट्टेको प्रकोप बढन थालेपछी औषधी छर्ने काम भइरहेको छ । धेरै दिन देखि लामखुट्टे मार्ने औषधी छर्ने सोच थियो ।

त्यो आज सफल भएको छ । लामखुट्टेको प्रकोप बाट नगरवासीहरुले राहत पाउने भएका छन् । गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट हुने विभिन्न रोग बाट बच्न औषधी छर्कने काम सुरु भएको हो । गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् ।







रन्धिर साह, रौतहट, जेठ २० ।
रौतहटको कर्कचमा धमाधम सडक ढलना कार्य सुरु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको र्ककच गाउँमा शुक्रबारदेखी ढलान कार्य सुरु गरेको हो ।

शहरि विकास मन्त्रालयद्धारा गत आर्थिक वर्ष २०७९ र ०८० का लागि आएको सडक निमार्णको बजेटबाट जेठ १९ गतेदेखि देवाही गोनाही नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष अनिलकुमार झाले करिब ८ सय मिटरमा रहेको कर्कच, उचिडिह र गोनाहीजाने बाटोको ढलान कार्य सुरु गरेका छन् ।

उनका अनुसार सो कार्य असारको १५ गते भित्र सकिने गरि सुरु गरेका हो । लामो समयदेखि यो सडकलाई ढलान गर्ने मेरो चाहना आज पुरा भएको पुर्व वडा अध्यक्ष झाले बताए । सो सडकका बारेमा ढलान हुँनु भन्दा पहिलादेखि नै चर्चा परिचर्चा हुन थालेको र अब ढलान प्रक्रिया सुरु भएसंगै स्थानीयबासीहरु पनि धेरै खुसी भएको सोही गाउँका स्थानीय भाग्यनारायण झाले बताए ।

उनका अनुसार यो सडकले गाउँको विकासमा साकारात्मक भूमिका खेल्ने छ । यस्तै पुर्व वडा अध्यक्ष झा भन्छन्, हाम्रो योजना भनेकै गाउँलाई सहर बनाउनु हो, सोही अनुरुप आज पनि सडक ढलान कार्यलाई अगाडी बढाएका छौँ । छिटै गाउँका सबै कुना कुनामा ढलान भएको सडक देखिने छ, उनको भनाइ छ ।

यो सडक खण्डले गाउँ र बजारलाई जोडने काम गर्छ । यसको प्रत्य रुपमा किसानलाई भाइदा हुँने उनले बताए । कार्यक्रममा समाजसेवी युवा नेता राजकुमार साह, प्रभास (गम्भिरा) साह, देवाही गोनाही नगरपालिका वडा नम्बर ६ का वोड सदस्य जय राम साह, सोही वडाका सचिव अनुठा महतो, किशोरी हजरा तथा भुनेसर साह सहित स्थानीयहरुको सहभागिता रहेको थियो ।

रौतहट , जेठ १८ गते ।
रौतहटको बाैधीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिना अस्त व्यस्त बनेको छ । केहि दिन अगाडि मात्र मंत्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की र नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव लगायत जनतिनिधिहरुबीच आपसी तालमेल नहुदा कार्कीलाई पठाइ नया हाकिम ल्याउन दिनरात कसरत भैरहेको देखिएको छ ।
उपसचिवले नियम बिपरित कार्य नगरेको तथा नगर प्रमुखसंग कुरा नमिल्दा कार्यपालिकाले नियम मिचेर स्थानीय तहमा कार्यरत सातौ तहको कर्मचारी हुदा हुँदै पनि नगरपालिका बाहिर यमुनामाई गा.पा.का आफ्नो पायक पर्ने छैठो तहको अहेव कर्मचारी प्रमोद यादवलाई हाकिम बनाउन नगर प्रमुख यादव नगरको सम्पुर्ण कामकाज छोडी व्यस्त रहेको देखिएको छ ।
आर्थिक वर्षको अन्त्यमा बिकास निर्माणका कार्य लगायत पालिकाबाट हुने विभिन्न प्रसाशनिक कार्यहरुको चाप दिन्हु बढिरहेको अवस्थामा, संघीय तथा प्रदेश सरकारबाट आएको लाखौ,
करोडौं रकमको योजनाहरु सम्झौता समेत नभई बिकास निर्माणका कार्यहरु अस्त व्यस्त रहेको अवस्थामा उपसचिव कार्कीलाई पठाई नया हाकिम ल्याउने कार्यले सम्पुर्ण नगरबासी नै अन्यौलमा परेको स्थानीयहरुले गुनासो गरेका छन ।
एक वर्ष बित्न लाग्दा सबै पालिकाले आफ्नो वार्षिक प्रगती प्रतिवेदन पेश गरिरहेको समयमा बाैधीमाईका नगर प्रमुख यादव बिकास निर्माणका कार्यहरु समेत पूरा नगरी नयाँ हाकिमको लागि हप्तौ देखि काठमाण्डाै बसिरहेको जनगुनासो बढिरहेको स्थानीयहरुले बताएका छन।
साथै सरकारले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विधार्थीहरुको लागि सन्चालन गरेको दिवाखाजा बाैधीमाई नगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा बिगत ३ महिना देखि बन्द रहेको देखिएको छ ।
रमेश कुमार यादव,गरूडा,जेठ १८ गते
नबिल बैंकले बिहिबारदेखि गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि दुई शाखाबाट सेवा प्रदान गर्दै आएको बैंकले गरुडामा थप एउटा शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको बिहिबार एक समारोहका विच गरुडा नगरपालिकाको नगर प्रमुख (मेयर)कन्थमनि प्रसाद जैसवालले पान्समा बति बालि उद्धघाटन गर्नु भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर जैसवालले शाखाले परिस्कृत ढंगबाट ग्राहकलाई सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएका थिए ।रौतहट जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा क्षेत्रमा मात्रै बैंकको शाखा खोल्ने परिपाटीको अन्त्य गर्दै मुख्य बजार क्षेत्र बाहिरका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले शाखा सञ्चालनमा ल्याएमा खुसी व्यक्त गर्दै उनले भने,

‘नबिल बैंक देशको एउटा सर्वोत्किृष्ट वित्तीय संस्था मध्ये एक हो । लामो समयदेखि नेपालको अर्थतन्त्रमा यसले ठूलो सहयोग पु¥याउँदै आएको छ । आशा गर्छु नयाँ शाखाले बैंकको यस विरासतलाई कायम राख्छ ।’मेयर जैसवालले बैंकलाई प्रत्येक शाखाबाट ग्राहकको लागि राम्रो व्यवस्थापन गर्न आग्रह समेत गर्नु भएका थिए ।

नगर प्रमुख जैसवालले भने यो बैँक नयाँ होईन यो बैँक पनि धेरै नै पुरानो रहेको हो तर यस ठाउँमा नयाँ सन्चालन हुँदा यहाका लागी नयाँ नै हो तर यसको सेवा सुबिधा पुरानै नै हो ।
यस बैँकसंग आबद्ध रहेका ग्राहकहरु सन्तुष्ट रहेको बताउनु भयो ।त्यति मात्र नभएर बैँकको हरेक सेवा सुबिधा ग्राहकहरुमा सर्वसुलभ तरिकाबाट प्रदान गर्न आग्रह गर्नु भएका थिए ।

यस गरुडामा सबभन्दा पहिला राष्ट्रिय बाणिज्य बैँक र निर्धन लघुबित बितिय संस्थाले सेवा दिदैँ आईरहेका थिए तर आजकल अनेकौँ बैँक तथा संस्थाहरु सेवा दिईरहेको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै नव सञ्चालित शाखाका प्रवन्धक बिश्वनाथ प्रसाद यादबले नयाँ शाखा आफैमा स्वयंपूर्ण भएको बताउँदै रौतहटमा रहेका अन्य दुई वटा शाखाझैँ यहाँबाट पनि सेवासुविधा उपलब्ध हुने बताए ।

नबिल बैंकले आजै देशभरका विभिन्न स्थानमा ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी पनि गराए । ‘आज थपिएका ३८ नयाँ शाखासँगै नबिल बैंकको देशभर २५५ वटा शाखा पुगेका छन्,’ उनले भने ।
हाल देशका विभिन्न स्थानमा २८३ वटा एटीएम पनि सञ्चालनमा रहेको उनले बताए ।साथ साथै शाखा प्रबन्धक यादबले २०८० बैशाखको अन्त्यमा ३ खर्ब ७३ अर्व डिपोजिट रहेको छ भने ३ खर्ब ३४ अर्ब लगानी समेत रहेको बताउनु भयो ।
विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै सेवाग्राहीको मनमुटुमा बस्न र मन जितन सफल रहदैँ आएको नबिल बैंक मुलुककै अग्रणी बैंक मध्येको एक हो ।

बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
कार्यक्रममा चन्द्रपुर नविल बैँकका शाखा प्रबन्धक बिरेन्द्र प्रसाद पटेल ,उधोग बाणिज्य संघ गरुडा रौतहटका अध्यक्ष हरेन्द्र प्रसाद चौधरी,नेकपा एमालेको नेता कलिमुल्लाह,

ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल ,सुनचाँदी ब्यवसाय रामजि साह ,उधोग बाणिज्य संघ गरुडा रौतहटका सदस्य संन्तोश जैसवाल ,बिजय साह ,युवा नेता शैलेस जैसवाल ,
श्याम सहनी ,कान्तिपुर पत्रिकाका रौतहट प्रतिनिधि राजेश्वर पाण्डे लगायत पत्रकारहरुको सहभागिता थियो ।
