२०८३ श्रावण ७
२०८३ श्रावण ७

 

काठमाडौं, १० असार ।

हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्णतया बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

राती भने देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।

 

देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

भारी वर्षा र मेघ-गर्जन/चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव (debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

 

 

सर्लाही,०९ गते असार सर्लाही ।

कृषि तथा कृषिजन्य विषय वस्तुलाई सञ्चार माध्यमसम्म पुर्याउने उद्देश्यले सर्लाहीमा दु दिने कृषि पत्रकारिता सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे समन्वय र आमसञ्चार प्राधिकरण मधेस प्रदेशकाे आयोजनामा शुक्रबारदेखि लालबन्दीमा दुई दिने कृषि पत्रकारिता तालीम शुरु भई आज सम्पन्न भएको छ ।

तालिममा राैतहट,सर्लाही गरि विभिन्न जिल्लाका दर्जनौं पत्रकार सहभागी सो तालीममा सञ्चार तथा कृषि क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका छन् । समापन कार्यक्रमका प्रमुख अतिथि कृषि विश्वबिद्यालय मधेस प्रदेश सप्तरीका रजिस्टार डा.श्रीभगवान ठाकुरले सहभागीहरू लाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको प्राधिकरणका कार्यालय प्रमुख उपेन्द्र सिंहले जानकारी गराउनु भयाे ।

साथै ठाकुरले कार्यक्रमलाई सम्बाेधन गर्दै कृषि क्षेत्रकाे आवाजलाई पत्रकारिताकाे माध्यमले बुलन्द रूपमा उठाउन आग्रह गर्नु भयाे । आज दाेस्राे दिनकाे सत्रमा सम्बाेधन गर्दै सम्बाेधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव नम्रता सिंहले कृषिलाई प्राथमिकता राखेर काम गर्न सहभागीहरू लाई अनराेध गर्नु भयाे । साथै समाचार संप्रेषण गर्दा सत्य,तथ्य बुझेर प्रकाशन/प्रसारण गर्न अनुराेध गर्नु भयाे ।

समापन कार्यक्रमलाई सम्बाेधन गर्नु हुँदै आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कृषि लाई पनि प्राथमिकतामा राखेर पत्रकारहरू लाई आग्रह गर्नु भयाे । पत्रकारीतामा कृषि आउनु पर्नेमा जाेड दिनु भयाे । वहाँले मिसन कृषि लिएर किसानकाे मुद्दा उठाउन,किसानकाे कथा समेटन, नकारात्मक तिर बढी नगई सकारात्मक समाचार प्रवाह गर्न अनुरोध गर्नु भयाे ।

सो अवसरमा अनाजका अध्यक्ष किरण आचार्यले कृषि क्षेत्रमा खोजी गर्नुपर्ने विषय प्रशस्त रहेको बताउँदै समाचार कहाँ छ, भनेर त्यसको बास्ना पत्ता लगाउने क्षमता पत्रकारमा हुनुपर्नेमा जोड दिए । साथै उनले कृषि बाट समृद्धि सम्भव रहेकोले यसलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु पर्ने बताउनु भयो ।

मिडिया काउन्सिलका अध्यक्ष कैलास दासले शुक्रबार उदघाटन सत्रलाई सम्बाेधन गर्दै विटकै रुपमा कृषि पत्रकारिताको अभ्यास भइसकेको उल्लेख गर्दै सहभागी पत्रकारले समेत कृषिलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु आवश्यक भएको बताए ।

कार्यक्रममा आमसञ्चार प्राधिकरणका कार्यालय प्रमुख उपेन्द्र सिंह र सुरेश यादवले प्रशिक्षण दिनु भएको थियाे । वहाँहरूले कृषि क्षेत्रकाे दैनिक रूपमा समाचार प्राथमिकता दिन घच्घच्याएका थिए । कार्यक्रमकाे अध्यक्षता गरि रह्नु भएका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले गर्नु भएको थियाे ।

 

आरके श्रीवास्तव, रौतहट, ०९ गते असार ।

रौतहटको बागमती नदिमा अलपत्रमा परेका मानिसहरुको शुरक्षाकर्मीद्धारा उद्धार गरिएको छ । शुक्रबार करिब ४ः०० बजेको समयमा जिल्लाको राजदेबी नगरपालिकाको वडा नम्बर ३ चन्डिया स्थितमा ति मानिसहरु गोठालो गएको समयमा बर्षाको कारणले बागमती नदीमा पानीको बहाब

बढेपछि उक्त नदीको बिच भागमा स्थानीयहरु लपत्र परेका थिए । सो घटना बारे थाह पाउन लगतै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेतको संयुक्त उद्धार टोलीले नदीकोबीच भागमा फसेका मानिसहरुलाई आज (शनिबार) विहानको उक्त मानिसहरुलाई उद्धार गरेको जिल्ला प्रहरी कार्याल रौतहटले जनाएको छ ।

उद्वार गरिएकोकाे मानिसहरूमा राजदेबी नगरपालिका वडा नं.३ चन्डिया निवासी प्रसाद दासको श्रीमती ५० वर्षीया रामापती देबी, सोही वडाका ललन पटेलको श्रीमती ३७ वर्षीया ललिता देबी पटेल, सोही वडाका ६० वर्षीय बिलास दास (निजको दुई वटा भैसी),

सोही वडाका ५० वर्षीया करणसिला साह तथा सर्लाहीका बलरा नगरपालिका वडा नं.२ जमुनिया बस्ने ६० वर्षीय केसर सहनीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी उमाशंकर यादवले बताएका छन् । उनका अनुसार उद्धार भएका सबैजनालाई आफन्तको जिम्मा लगाइएको बताए । एक जना सर्लाहीका सहनीलाई राजदेवी नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्षको जिम्मा लगाइएको उनले बताए ।

 

महोत्तरी, ९ असार ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२/६३ को परिबर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको , धर्मसंस्कृती र पहिचान मेटिएको, बिधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रुपमा बढेको आरोप लगाएका छन् ।

 

राप्रपाका नेता पुर्ब मन्त्री एबं उपसभामुख स्वर्गीय रामबिलास यादबको महोत्तरीको एकडारा गाउँ पालिकामा निर्मित शालिकको अनावरण गर्दै थापाले निष्ठा,इमानदारी र आदर्शको राजनिती कमजोर भएको भन्दै केहि सिमीत दलका सिमित नेताहरुको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको समेत दाबी गरे ।

ठुला -ठुला भ्रष्टाचार काण्डमा आफुलाई ठुला भन्ने ठुला राजनीति दलका नेताहरुको संलग्नता भएको भन्दै थापाले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि कानुनलाई समेत हातमा लिने दुश्प्रयास भैरहेको भन्दै थापाले यस्तो अक्षम्य काम नगर्न राजनितीक दलहरुलाई आग्रह गरे । लोकतन्त्रको आबरणमा देशमा लुटतन्त्र मच्चाईएको भन्दै थापाले राजा, हिन्दु राष्ट्र ,एकात्मक राज्य प्रणाली अन्त्य पछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरुले आज मुलुकलाई कहाँ पुर्याए? भन्ने प्रश्न समेत थापाले गरे ।

 

स्वर्गिय रामबिलास यादव राष्ट्रबादी ,बिकासप्रेमी र सदैब मधेसी जनताको हितमा कृयाशिल ब्यक्ति भएको समेत उनले भने । कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष राजिब पराजुली , विभिन्न पार्टीका नेताहरू ,स्थानिय जनप्रतिनिधि र स्वर्गीय यादवका छोरा शशिरन्जन यादब लगायतले स्वर्गीय यादबको ब्यक्तित्व बारे चर्चा गरेका थिए

 

रमेश कुमार यादब असार ०८,रौतहट

राष्ट्रपतिले प्रमाणीकरण गरेको नयाँ नागरिकता ऐनअनुसार रौतहटमा नागरिकता वितरण कार्य आगामी आईतबार देखि सुरु गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गरिने जनाएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले एक सुचना जारी गरि आउदो १० गते आईतबारबाट नागरिकता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन ।

बिहीबार सर्वोच्च अदालतले नागरिकता ऐन नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नयाँ नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्ला भएको हो । त्यहीँ कारण जिल्ला प्रशासन कार्यालय रौतहटले नयाँ नागरिकता ऐनअनुसार जन्मसिद्ध नागरिकका सन्तान सहितका नागरिकता विहीनहरुलाई नागरिकता वितरण कार्य आईतबार देखि सुरु गर्ने त्यारी गरेका रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र जानकारी दिएका छन ।

जिल्ला प्रशासन कार्यालय रौतहटले असार ८ गते जारी गरेको सूचनामा उल्लेख गरिएका कागजातहरु लिएर कार्यालयमा आइतबार देखि सम्पर्क गर्न लक्षित सेवाग्राहीलाई आग्रह पनि गरेका छन् ।

जन्मसिद्ध नागरिकको सन्तानको हकमा बुवा आमा दुवैको सक्कल नेपाली नागरिकता र त्यसको प्रतिलिपि (फोटोकापी) वडाअध्यक्षको सिफारिस सहितको अनुसूची र फारम, सक्कल जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाणपत्र ,बाबु,आमा सन्तानबिचका फोटोसहितको सक्कल प्रमाणित, बसाईसराई गरी आएकोकाहरुको हकमा बसाइसराइको प्रमाणपत्र ,२०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा ,घरधनि प्रमाणपुर्जा(नक्सा पास),

ब्यवसाय दर्ता प्रमाणपत्र ,PAN कार्ड,बिधुतको बिल ,खानेपानीको बिल लगायत अन्य थप प्रमाण उपल्बध,आवश्यकता अनुसार वडा सर्जमिन ,प्रहरी सर्जमिन ,कार्यालयबाट खटि गएको कर्मचारीहरुबाट स्थलगत सर्वजमिन लगायतका कागजातहरु अनिवार्य रुपमा लिएर कार्यालयमा आउन प्रमुख जिल्ला अधिकारी मिश्रले बताएका छन । नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरिसकेको उनले बताए ।

 

आरएन पटेल,राैतहट,०८ गते असार

रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा बिना सुचना दिई बन्द कोठा भित्र नगर परिषद गरिरहेको बेला बौधिमाई नगरपालिकाको कार्यपालिका सदस्य र सबै वार्डको जनताहरू नगरपरिषद र चरम भ्रष्टाचारको घोर विरोध गर्दै आन्दोलनमा उत्रेका छन् ।

साथै बौधिमाई नगरपालिकाको पुर्व मेयर राजिव रंजन उर्फ राजु यादवले जनताहरूको माग पुरा गराउन शान्तिपूर्ण आन्दोलनमा साथ र सहयोग दिएका छन् ।

यदि जनताहरूको मागलाई समय मै सम्बोधन नगरि माग पुरा गरेनभने कडा भन्दा कडा आन्दोलन गरी नगरपालिका घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,०८ गते असार राैतहट ।

बिक्रीका लागि राखिएको जस्तापातामा च्यापेर एक कामदारको मृत्यु भएको छ । जिल्लाकाे दक्षिणी भेग बौधीमाई नगरपालिका वडा नम्बर ८ स्थित बंकुल सरमुजवामा रहेको एक पसलमा काम गर्ने मजदुरकाे मृत्यु भएको हाे ।

बकुंल बजारमा रहेको जय माता दी सोनाक्षी कबार सेन्टरमा काम गरिरहेको कामदारको सामानले च्यापिएर मृत्यु भएको हो । मृत्यु हुनेमा बारा जिल्लाकाे सिम्राैनगढ नगरपालिका वडा नम्बर ७ कवलपुर निवासी उमाकन्त साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंर यादवले जानकारी गराउनु भयाे ।

उनले दिएको जानकारी अनुसार आज(शुक्रबार) दिउँसो करिब १२ बजेको समयमा गम्भीर घाइते भएको साहलाई उपचारका लागि प्रादेशिक अस्पताल गाैरमा लगिएको थियो । साहको उपचारकै क्रममा मृत्यु भएको तथा पाेष्टमार्टम पछि वास्तविक कुराहरु बाहिर आउने उनले बताएका छन् ।

घटना बारे थप अनुसन्धान भइरहेको उनकाे भनाइ छ । स्राेतका अनुसार बिक्री लागि राखिएको जुन जस्तापाताले च्यापिएर कामदारकाे मृत्यु भएको हाे ती सामानहरूकाे वजन धेरै रहेकाे बुझिएको छ ।

 

रौतहट,०८ गते असार

रौतहट जिल्लाको बौधीमाई नगरपालिकाको सातौं नगर सभा शुक्रबार सम्पन्न भएको छ । “जनमुखि स्थानीय सरकार र समृद्धिको आधार“ नारा सहित बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५१ करोड ७६ लाख भन्दा बढीको बजेट प्रस्तुत गर्नु भएको थियो ।

बौधीमाई नगरपालिकाकी उप–मेयर प्रमिला जैसवालले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै ५१ करोड ७६ लाख ६३ हजार ८ सय १५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्। नगर सभाबाट चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्तावित २

करोड ९० लाख १९ हजार २ सय ५१ रुपैयाँ घटी बजेट पारित गरिएको हो। नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षक गत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको बौधीमाई नगरपालिकाका नगर प्रमुख यादवले जानकारी दिनु भयो ।

 

आरके श्रीवास्तव,सर्लाही,०८ गते असार सर्लाही ।

कृषि तथा कृषिजन्य विषय वस्तुलाई सञ्चार माध्यमसम्म पुर्याउने उद्देश्यले सर्लाहीमा दु दिने कृषि पत्रकारिता सम्बन्धि अभिमूखिकरण कार्यक्रम शुरु भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे समन्वय र आमसञ्चार प्राधिकरण मधेस प्रदेशकाे आयोजनामा शुक्रबारदेखि लालबन्दीमा दुई दिने कृषि पत्रकारिता तालीम शुरु भएको हो ।

तालिममा विभिन्न जिल्लाका ३० भन्दा बढी पत्रकार सहभागी सो तालीममा सञ्चार तथा कृषि क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिइरहेका छन् । तालिम सुरू हुनु भन्दा पहिला उदघाटन सत्र राखिएको थियाे । जसमा कार्यक्रमकाे अध्यक्षता नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले गर्नु भएको थियाे ।

भने प्रमुख अतिथिकाे रूपमा मिडिया काउन्सिल मधेस प्रदेश अध्यक्ष कैलास दास रह्नु भएको थियाे । रिना आलेले सञ्चालन गरेको कार्यक्रममा फाेनिजका अध्यक्ष घनश्याम बलमपाखीले स्वागत मन्तव्य राख्नु भएको थियाे ।

कार्यक्रम ज्ञातअज्ञात शहिदहरूकाे सम्झनामा एक मिनेट मा‌ैन धारण गरिएको थियाे । कार्यक्रमकाे उदेश्य बारे प्रष्ट पार्दै विशिष्ट अतिथि समेत रह्नु भएका आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कृषि लाई पनि प्राथमिकतामा राखेर पत्रकारहरू लाई आग्रह गर्नु भयाे । पत्रकारीतामा कृषि आउनु पर्नेमा जाेड दिनु भयाे ।

वहाँले मिसन कृषि लिएर किसानकाे मुद्दा उठाउन,किसानकाे कथा समेटन, नकारात्मक तिर बढी नगई सकारात्मक समाचार प्रवाह गर्न अनुरोध गर्नु भयाे । सो अवसरमा अनाजका अध्यक्ष किरण आचार्यले कृषि क्षेत्रमा खोजी गर्नुपर्ने विषय प्रशस्त रहेको बताउँदै समाचार कहाँ छ, भनेर त्यसको बास्ना पत्ता लगाउने क्षमता पत्रकारमा हुनुपर्नेमा जोड दिए ।

साथै उनले कृषि बाट समृद्धि सम्भव रहेकोले यसलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु पर्ने बताउनु भयो ।

मिडिया काउन्सिलका अध्यक्ष दासले उदघाटन सत्रलाई सम्बाेधन गर्दै विटकै रुपमा कृषि पत्रकारिताको अभ्यास भइसकेको उल्लेख गर्दै सहभागी पत्रकारले समेत कृषिलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु आवश्यक भएको बताए । कार्यक्रममा आमसञ्चार प्राधिकरणका कार्यालय प्रमुख उपेन्द्र सिंह र सुरेश यादवले प्रशिक्षण दिनु भएको थियाे । वहाँहरूले कृषि क्षेत्रकाे दैनिक रूपमा समाचार प्राथमिकता दिन घच्घच्याएका थिए ।

 

 

मञ्जय राम,कटहरिया, असाढ ७ गते ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ स्थित रहेको पिपरा पोखरीया गाउँमा आज एनसेल टावर संचालनमा आएको छ । पालिकाको एक विकट क्षेत्रका रुपमा परिचित रहेको सो वडामा आजबाट एनसेल नेटर्वक शुचारू भएको हो ।

एनसेल टावरको धेरै समस्या भएकोले आजदेखि गाउँको मोबाईल फोनमा 4G को टावर आएको छ । गाउँहरूले खुशुको साथ सम्पन गरेको छ। विश्व आधुनिक युगमा प्रवेश गरेको अवस्था धेरै पुरानो छ । तर सो गाउँमा अहिलेसम्म नेटर्वकको समस्या रहदै आएको थियो । सो वडामा लामो समयदेखि नेटर्वकको समया हुने गरेको थियो ।

तर,एनसेल टावरको धेरै समस्या भएकोले आजदेखि गाउँको मोबाईल फोनमा 4G को टावर आएको छ । गाउँहरूले खुशुको साथ सम्पन गरेको छ। । ग्रामीण क्षेत्रमा एनसेलको टावर शुचारु भएकोले उपभोक्ता हर्सित हुन। सोही गाउँका एक स्थानीयले बताए ।

पुर्व वडा अध्यक्ष नवद राय यादवको पहलमा एनसेल टावरको विहिबारदेखि टावर पुन संचालनमा आएको छ । उपस्थितिमा पुर्व वडा अध्यक्ष नवद राय यादव,गगनदेव दास,अशाेक यादव,गेनालाल यादव,दिनेश यादव,रामाकान्त यादव,किसुनि राम उपस्थिति रहेकाे थियाे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।