भक्तपुर, १५ असार ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै भक्तपुरमा ओपन हाउस हुने भएको छ । असार १६ गते शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२३ हुने भएको हो । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछि के पढ्दा के हुन्छ भन्ने दिशानिर्देश गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलले जनाएको छ । कार्यक्रममा विद्यार्थीलाई मनोरञ्जन दिलाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि रहेको स्कुलले जनाएको छ ।

स्कुलका प्रिन्सिपल केशर खुलालले कार्यक्रम शनिबार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म दिनभर हुने जानकारी दिए । कार्यक्रम भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित स्कुल परिसरमा हुनेछ ।

कार्यक्रममा काठमाडौं, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थीलाई निमन्त्रणा गरिएको जनाइएको छ । कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । यसका लागि विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्नेछ । साथै अन्य रुचि राख्ने विद्यार्थीले पनि स्कुलको अवलोकन भ्रमण गर्न पाउने छन् ।

रौतहट १४ असार।
राष्ट्रिय वृक्षारोपण दिवसको उपलक्ष्यमा बृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटको आयोजनामा चन्द्रपुर न।पा।वडा नं ६ स्थित हातेमालो सामुदायिक वनको डावरीमा बृक्षारोपण गरिएको छ ।

चन्द्रपुर न।पा।का मेयर संजय काफ्ले, डिभिजन बन कार्यालय तथा स।प्र।बल सन्तपुरका प्रमुख,जिल्ला।ट्राफिक ।प्रहरीका।
चन्द्रनिगाहपुर रौतहटका प्रमुख तथा बिभिन्न वडा र सरकारी निकायका प्रतिनिधिहरु, साझेदारी वनका समितिहरूको उपस्थितमा वृक्षारोपन गरिएको छ।

काठमाडौं, असार १५ ।
आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष शुक्रबार परेको राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेरै मनाइँदै छ ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् ।
आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।रिपोटर्स नेपाल
मञ्जय राम,कटहरिया,असार १४ गते
रौतहट–जिल्लाको कटहरिया नगरपालिकामा लम्पी स्किन रोग विरुद्धको खोप सुरु लगाउन सुरु गरिएको छ । कटहरिया नगर क्षेत्र भित्रका कृषकहरूको गोठमा गई लम्पी स्किन रोग विरुद्धको खोप लगाउन सुरु गरिको छ ।

पशु सेवा शाखा कटहरियाका प्रमुख अमोद कुमार पटेलले दिएको जानकारी अनुसार देखा परेको पशुको वरीपरी र व्यवसायीक फार्महरु खोप लगाउन सुरु गरिएको बताए । सम्भवत जिल्लामै पहिलो चोटी कटहरिया नगरपालिकाले यो रोग विरुद्धको खोप खरिद गरी लगाउन सुरु गरिएको बताए । आज पहिलो दिन कटहरिया वडा नम्बर १ र २ मा पशुहरुलाइ लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको उनले बताए ।

उनले भने नगरपालिका बाट खरिद गरी जो भैक नामक इन्जेक्सन खरिद गरी खोप लगाउन थालिएको हो ।
यतिबेला पशुचौपायामा लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । जसका कारण धेरै पशुवस्तु संक्रमित भइसकेका छन । मुख्य गरेर गाईरभैंसीमा देखिने लम्पी स्किन रोगका कारण किसान चिन्तित देखिएका हुन् ।

घरपालुवा पशुवस्तुमा यो रोग देखापरेपछि किसानहरू चिन्तित् बनेका छन् । कैयौँ चौपायाको यसै रोगका कारण मृत्यु समेत भइसकेको छ । पछिल्लो समयमा नेपालका विभिन्न ठाँउमा लम्पी स्किन रोगले गाईगोरु मर्न थालेपछि पशुपालनमा संलग्न किसानहरू चिन्तित बनिरहेको बेलामा खोप लगाउन थालिएको हो ।

आरके श्रीवास्तव,रौतहट,असार १४ गते
रौतहट – बज्जिका कहाबत नामक पुस्तकको आज विमोचन गरिएको छ । जिल्लाको मध्य भागमा रहेको गरुडा स्थित रेडियो मधेश मसलाको सभाहलमा पुस्तक विमोचन समारोह आयोजन गरिएको थियो ।

बज्जिका साहित्य संगम गरुडा रौतहटको आयोजना र आकृति क्रिएसन हेटौडा,नेपाल साहित्यिक पत्रकार संघ मधेश प्रदेशको सह आयोजनामा पुस्तक विमोचन गरिएको हो । पुस्तकको प्रमुख बज्जिका साहित्कार रामचन्द्र महतोले एक समारोहका बीच विमोचन गरेका हुन् ।

नेपाल साहित्यक पत्रकार संघको १७ औं वार्षिकोत्सवको अवसरमा पुस्तक प्रकाशन गरिएको हो । पुस्तकमा विश्वराज अधिकारी द्धारा संकलन गरिएको बज्जिका भाषाको कहावत समावेश गरिएको छ ।

६४ पृष्ठको सो पुस्तकमा बज्जिका कहावतले नै भरिएको छ । सो पुस्तकको विमोचन पछि बोल्दै बज्जिका भाषाका साहित्यकारहरुले बज्जिका भाषा लाइ बढावा दिन अधिकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सदिऔं देखि बज्जिकाञ्चल क्षेत्रमा बोलीने कहावतहरुलाइ पुस्तकको माध्यमले उतारनु भएकोमा धन्यवाद कृतज्ञ गरेका थिए ।

कार्यक्रममा पूर्व स्रोत व्यक्तिहरू बिन्दा सहनी, साहित्यकार मनमोहन सिंह मनोहर,बज्जिका साहित्यकारहरु लगायतले सो पुस्तकको विषयमा बोलेका थिए । बज्जिका साहित्य संगमका अध्यक्ष किसुन दयाल यादवको अध्यक्षतामा भएको कार्यक्रमलाइ साहित्यकार संजय साह मित्रले गर्नु भएको थियो ।

बज्जिकाञ्चल,राैतहट,असार १४ गते
जन्मदिवसको उपलक्ष्यमा अनाथालयलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाकाे मध्य भाग गरूडामा रहेको बंशीराम जयसवाल अनाथालयमा खाद्यान्न उपलब्ध गराईएकाे हाे ।
चन्द्रपुर नगरपालिका-५, रौतहट निवासी नमूना अंग्रेजी आवासीय बिद्यालयकी सञ्चालिका लक्ष्मी श्रेष्ठले आफ्नो शुभ जन्मदिवसको उपलक्ष्यमा विभिन्न खाद्यान्न सामानहरू उपलब्ध गराईएकाे हाे ।
उनले चामल, आलु, चना, सोयाबिन, तेल, मसाला लगायत विभिन्न खाद्य सामग्री सपरिवार अनाथालयमा उपस्थित भई संस्थापक बंशीराम जडसवा लाई सहयोग स्वरूप हस्तान्तरण गर्नुभयो । आफ्ना खुशीका पलहरू अनाथालयका बालबालिकाहरू सँग साट्न सम्पर्क गर्न अनाथालय परिवारले अनुराेध गर्दै आएकाे छ ।
आरके श्रीवास्तव,राैतहट,असार १४ गते
राैतहटकाे कटहरिया नगरपालिकामा किसानहरूले कृषि सामाग्री पाएका छन् । किसानहरुलाई खेती किसानीको लागी मोटर सहित कृषि सामानहरू वितरण गरिएको हाे ।
साे नगरपालिकाकाे वडा नम्बर ५ बलिरामपुर टोलका किसानलाई मोटर, स्प्रे टैकिं,डेलिभरी पाईप, तरकारीको बिउ, औषधि लगायका विभिन्न सामानहरू दिएकाे हाे ।
श्री जन जागरण कृषक समुह साना ब्यवसायिक कृषि उत्पादन केन्द्रको आयोजनामा आज(विहीबार) वितरण भएको हाे । साे अवसरमा जनप्रतिनिधि लगायत किसानहरूको सहभागीता रहेकाे थियाे ।
राैतहट, १४ गते असार ।
मुस्लिम धर्मावलम्बीले आज राैतहट सहित देशैभर बकर इद पर्व मनाउँदै छन् । बकर इद मुस्लिम समुदायको महान् पर्व हो । बकर इदमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मदरसा, इदगाह, मस्जिदमा गएर सामूहिक नमाज पढि रहेका छन् ।

नमाज पढि सके पछि एक आपसमा शुभकामना साटफेर गर्ने गर्छन । बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय अनुसार आज बिदा हुन लागेको हो ।

आरके श्रीवास्तव,रौतहट,१४ गते असार
रौतहटको एक घरपरिवारका सबै सदस्य च्याउ खेती गरिरहेको पाइएको छ । जिल्लाको कटहरिया नगरपालिकाका एक किसान जसको पुरै परिवारका सदस्य च्याउ खेतीमा संलग्न छन् । सो नगरपालिकाको वडा नम्बर ४ बलिरामपुरका किसान सुदिन मियाँको परिवारको दिनचर्या नै फेरिएको छ ।

घरायसी काम बाट फुर्सद निस्किएपछि उनको परिवार च्याउ खेती भएको स्थान तर्फ लागछन् । बिगत आठ वर्ष देखि च्याउ खेतीलाई निरन्तरता दिदै आएका मियाँ अहिले आफ्नै कटहरिया च्याउ उधोग दर्ता गराएर व्यवसाय गरिरहेका छन् । जिल्लाको चर्चित बजार कटहरियामा च्याउ खेती गरेर राम्रै आम्दानी गरिरहेको बताउँछन् । उनले मासिक ५० हजार देखि १ लाख कामाउँछन् ।

च्याउ खेती गरि राम्रो आयआर्जन गरेर उनी अहिलेका युवापुस्ताहरूको लागि उदाहरणीय बनेका छन् । हेर्दा मियाँ उमेरले पाका देखिन्छन् । बि.स.२०७२ साल देखि उनी यो खेती सुरु गरेका थिए । सुरुआतमा उनले ५० हजार लगानी गरेर च्याउ उत्पादन गर्न थाले ।

रेडक्रस सोसाइटिले आयोजना गरेको च्याउ खेती तालिमबाट प्रभावित बनेर उनी यस तर्फ लागेको सुनाए । तालिम पछि च्याउ खेती गर्ने रहर जाग्यो र उनी अहिले ४ कठ्ठा क्षेत्रफलमा च्याउ खेती गरिरहेका छन् । उनले उत्पादन गर्ने च्याउ भनेको कन्ने च्याउ हो । उनले दुइ वटा घर निर्माण गरेर च्याउ खेती गरिरहेका छन् । अहिले उनी घर परिवारको खर्चको व्यवस्था गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

च्याउ बिक्रीका लागि व्यवस्थित बजार नहुँदा समस्या हुने गरेको बताउँछन् । मियाँले च्याउ खेती गरेको ८ वर्षभयो । च्याउ खेती अझै फस्टयाउने उनकोे योजना रहेको उनले जानकारी गराए । मियाँले घरपरिवारको अलावा अन्य ५ जनालाई च्याउ उत्पादन भएको बेला रोजगारी समेत दिने गरेका छन् ।

‘च्याउखेतीबाट खर्च कटाएर मासिक ५० हजार देखि १ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ,’ उनले भने, ‘अहिले प्रतिकिलो २ सयका दरले च्याउ बिक्री हुने गरेको छ ।’ आफ्नै लगानीमा च्याउ खेती अहिले देशमा तिन तहको सरकार छ । सबभन्दा नजिकको सरकार स्थानिय सरकार हो ।

तर मियाँ लाई कसैले पनि सहयोग नगरेपछि उनलै आफ्नै लगानीमा च्याउखेती गरेका हुन् । आर्थिक मन्दीको असर उनलाइ पनि परेको छ । बैंक बाट ऋण लिएर व्यवसाय फस्टयाएका उनलाइ बैंकले ब्याजदर बढाउँदा समस्या परेको छ । किस्ता बुझाउन समस्या परि रहेको दुःखेसो गरे ।

स्थानिय सरकारले आफूलाइ सहयोग गर्छ भन्ने अपेक्षा छ ।
कटहरिया नगरपालिकाको यस अघिका नगर प्रमुख सियाराम कुश्वाहाले च्याउ खेतीका लागी आफूलाई दुई लाख रुपैयाँ सहयोग गरेको किसान मियाले बताउनु भयो ।
साथै प्रदेश सरकारबाट ५० प्रतिशत अनुदान फ्रि पाएको उनले बताए । यसका अलावा काही कतैबाट सहयोग नपाएको उनको भनाई छ ।
च्याउको बिउ पनि गर्छन् उत्पादन
बिउ उत्पादन पनि आफैंले सुरू उनी बताउँछन् । च्याउको बिउ उत्पादन गर्ने मेसिन नै खरिद गरेर बिउ उत्पादन गर्ने गरेका छन् । तर जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले आफूले उत्पादन गरेको बिउको प्रोत्सान नगरिदिँदा समस्या हुने गरेको गुणासो गरे । मिहिनेत गर्न सके च्याउ खेती बाट राम्रै आम्दानी गर्ने सकिने उनको ठम्याइ छ ।

मियाँ भन्छन् विदेश जाने पैसा यही लगानी गरी व्यवसाय सुरु गर्ने हो भने घर परिवार सँग बसेर राम्रै आम्दानी गर्न सकिन्छ ।
के भन्छन् सम्बन्धित निकाय?
चयाउ खेती प्रवद्र्धनका लागि स्थानिय सरकारले कस्ता कार्यक्रम ल्याएको छ । यस बारे कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल सँग सोध्दा च्याउ खेतीकै लागि भनेर कुनै ठोस् कार्यक्रम नभएपनि कृषि विधुतीकरणको लागि बजेट छुट्टयाएको जानकारी गराए ।

कृषि मिटर भन्ने नगरभरी फ्रि गरिएको उनको भनाइ छ ।
च्याउ खरिद गरिरहेका कटहरिया ८ का उपभोक्ता शिवनाथ यादव भन्छन् पहाड तिर पाइने च्याउ हाम्रै क्षेत्रमा उत्पादन भइ खरिद गर्न पाएपछि खुशि छौ । त्यस्तै कटहरिया वडा नम्बर १ का उपभोक्ता योगेन्द्र कुशवाहाका अनुसार कटहरियामा नै उत्पादन हुन थालेपछि हामी बिहान बिहानै ताजा च्याउ खरिद गरी खान पाएका छौं ।

यो सबै हाम्रो लागि खुशिको खबर नै छ ।
यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश सरकारका सचिव डा.नम्रता सिंह सँग प्रदेश सरकारले च्याउ प्रवद्र्धनका लागि कस्ता खालका कार्यक्रम ल्याएको छ भनि सोध्दा प्रदेश सरकारले प्रत्येक जिल्ला स्थित रहेको कृषि ज्ञान केन्द्र मार्फत नार्क बाट उपलब्ध गराएको च्याउको बिउँ ७५ प्रतिशत अनुदानमा बिउँ वितरण गरेको जानकारी गराउनु भयो । साथै उनले प्रदेश सरकारले बाली संरक्षण प्रयोगशाला मार्फत बिउँ उत्पादन गराउने लक्षय छ ।

जुन यसपाली देखि हुन सकेन् अर्को आ.व. देखि उत्पादन गरिने छ । त्यस्तै आगामी वर्ष देखि च्याउ उत्पादन र प्रवद्र्धन कार्यक्रम चलाउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी गराइन् ।
कृषि ज्ञान केन्द्र गौरका प्रमुख हरिशंकर साह सँग सोध्दा रौतहटमा ५ देखि ६ मेट्रिक टन च्याउको माग रहेको जानकारी गराउनु भयो ।

जसमा ८ मेट्रिक टन सम्म उत्पादन भइरहेको उनको भनाइ छ । माग भन्दा आपूर्ती नै बढी रहेको वहाँ भन्नु हुन्छ । यहाँको च्याउ सर्लाही लगायत अन्य ठाउँमा जाने गरेको उनी बताउँछन् । यहाँको किसानले नै च्याउको बिउँ उत्पादन गर्ने गरेकोले अन्य ठाउँ बाट ल्याइदैन् ।





मुकेश कुमार यादव,सिरहा १२ असार।
सरकारले जारी गरेको २०८०/०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरु आन्दोलित भएका छन्।

हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरुले माग सुनुवाइ नभएको भन्दै जिल्लास्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्।

हुलाक कर्मचारीहरुले ‘अतिरिक्त हुलाक खारेजको निर्णय फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारी खारेज गर्न पाइँदैन, हुलाकको संरचना खारेज हैन यसको सेवाको पुनर्स्थापना गर’

लगायतका प्लेकार्डसहित नाराबाजी गर्दै सिरहाबजार परिक्रमा गरेका थिए। परिक्रमापछि आन्दोलनरत कर्मचारीहरुले जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सरकारले अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पुरै जीवन सेवामा व्यतित गरेपनि कुनै सुविधा निश्चित नगरी खारेज गर्न खोजिएको अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका जिल्ला अध्यक्ष रमेश श्रेष्ठले बताए। ‘२०३४ सालमा स्थापना भएको अतिरिक्त हुलाक कार्यालय स्थापनाको ४६ वर्षसम्म सेवा गरेका कर्मचारलाई विना सेवासुविधा निकाल्नु अति नै दुःखद कुरा हो,’ श्रेष्ठले भने ।
