२०८३ बैशाख २२
२०८३ बैशाख २२

 

आरके श्रीवास्तव,गरूडा,असार ३० गते

राैतहटकाे गरूडा नगरपालिकाले घुम्ती शाैचालय खरिद गरेको छ । नगरपालिका अन्तर्गत सार्वजनिक स्थानमा राख्नकाे लागि घुम्ती शाैचालय खरिद गरिएको हाे ।

नगरपालिकाले ४ वटा घुम्ती शाैचालय खरिद गरेकाे छ ।खरिद गरिएका उक्त शाैचालयहरू छिट्टै सञ्चालनमा ल्याइने नगर प्रमुख कन्थमनी जयसवालले बताउनु भयाे ।

पछिल्लो समय घुम्ती शौचालय निकै उपयोगी बन्दै गएको छ । विभिन्न चाड पर्व,बजारमा र मेलाको समयमा अति उपयोगी मानिएको छ । सार्वजनिक स्थलहरूमा शाैचालय नहुँदा गरूडा बजारमा आउने ग्राहकहरूलाई समस्या हुने गरेकाे थियाे । अब उपरान्त उक्त समस्या हट्ने भएको छ ।

दिपेन्द्र रजक,फतुवा बिजयपुर,असार ३० गते
पुर्व मन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टीले आगामी साउन १ गते सोमवारको दिन भब्य रुपमा प्रदर्शन गर्ने निर्णय गरेका हुन् । फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादवको बिशेष पहलमा आज शनिवार जिल्लाको फतुवा विजयपुर नगरपालिकाको विवाह भवननमा वडा नम्बर १ देखी ११ सम्मको कार्यकर्ताहरुको भेटघाट तथा छलफलमा निर्णय गरेका हुन् ।
किसानको समस्या, दलित ग़रीबको आवास निर्माण तथा गौर हत्याकाण्ड लगायत बिषयमा साउन १ गते आजपाले गौरमा प्रदर्शन गर्ने समेत आजको छलफलमा निणर्य भएको मेयर प्रत्यासी विजय यादवले बताएका हुन् ।
उक्त अवसरमा आजपाको केन्द्रीय सदस्य प्रदिप पटेल,मेयर प्रत्यासी अरविन्द यादव, पुर्व उप प्रमुख कान्त्ती देबी महतो, पुर्व वडा अध्यक्षहरु ब्रहामांरायण यादब, शेख मोबिन ,संजय साह, दिपनरायण साह सोनार, दीपा चौधरी, रामाकान्त पासवान,रामचन्द्र चौधरी,युवा प्रमोद पासवान, सहदेव हजरा, रामानन्द यादव,महिला नेतृ ईन्द्राबति देबी साह, युवा नेता प्रदीप चौधारी , बाबुजान आलम,लगायतकाे व्यक्तिहरू उपस्थित रहेका थिए ।

 

सागर संगम ठाकुर,देवाहीगाेनाही,असार ३० गते राैतहट ।

रौतहटकाे देवाही गाेनाही नगरपालिकाले एसईईमा ए पल्स ल्याउने बिधार्थीहरुलाई सम्मान गरेको छ ।जिल्लामा देवाही गाेनाही नगरपालिकाले पहिलोपटक आफ्नो नगरभरीका बिधालयबाट ए पल्स ल्याउने बिधार्थी भाईबहिनीहरूलाई शनिबार सम्मान गरेकाे हाे ।

नगरपालिकाकाे सभा हलमा आयाेजित एक कार्यक्रमका बिच नगर प्रमुख प्रेमलाल साह र उप-प्रमुख परनिया देव पटेलले २०७९ सालकाे परिक्षाबाट ए पल्स ल्याउने नगरकाे तिनवटा बिधालय मध्ये श्री जय किसान नमुना माबि धरहरीका बिथार्थीहरुलाई सम्मान गरिएकाे बिधालयका प्रधानाध्यापक संजय प्रसाद गुप्ताले जानकारी दिनु भयो । नगरका तिनवटा माबि मध्ये जय किसान नमुना माबिका ९ जना बिथार्थीहरु ए पल्स ल्याउन सफल भए पछि सम्मान गरिएकाे प्रअ गुप्ताले बताए ।

जनप्रतिनिधिहरुकाे विशेष उपस्थितिमा सम्मान गरिएको धरहरी माबिका प्रधानाध्यापक गुप्ताले बताउनु भयो । कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख प्रेमलाल साहले आउने दिनमा शिक्षा प्रति बिधार्थीहरूकाे रुचि बढदै जाने र परिक्षामा राम्रो नतिजा ल्याउदै जाओस् भने कामना गर्दै कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

शिक्षित नगर हाम्रो रहर भने आफ्नो चाहना रहेको बताउदै नगर प्रमुख साहले देशका कुनै पनि बिधालयमा नगरभरीका बिथार्थीहरु नाम निकालन सफल भए त्यस्ता बिधार्थीहरुलाई सम्मान गरिने आफ्नो चाहना रहेको बताएका थिए । मानव जिवनको लागि शिक्षा नै धन हाे भन्दै नगर प्रमुख साहले नगर भरिएका बिधालयमा शिक्षा प्रति कन्जुस्याइँ नगर्न समेत सबै शिक्षक र शिक्षिकाहरुलाई निर्देशन दिनु भयो ।

 

इन्दीप कोइराला,बारा, २९ असार ।

निजगढ नगरपालिका- २ सिंगौलमा यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् ।प्रहरीले बाल यौन दुर्व्ययहार गरेको आरोपमा निजगढ नगरपालिका-२ सिंगौलका मनोज राईलाई पक्राउ गरेको हो ।

 

गत असार २५ गते राईले १३ वर्षीया बालिकालाई यौन दुर्व्ययहार गरेको आरोप छ । उनले सोमबार पसलमा रहेकी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो । घटनामाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालयले बताएको छ ।

 

सिरहा, २९ असार। सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा लोकसेवा तयारी कक्षासम्बन्धी गरिएको तालिममा व्यापक अनियमितता गरेकोे खुलेको छ ।

नगरपालिकाले नायव सुब्बा र खरिदार पदका लागि लोकसेवा तयारी कक्षासम्बन्धी चलाइएको तालिमको नाममा कर्मचारीहरुले व्यापक अनियमितता गरिएको खुलेको हो।

 

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुकै मिलोमतोमा लोकसेवा तयारी कक्षा सञ्चालन लगायतका अन्य कार्यक्रमहरुमा पनि अनियमितता भएको आशंका गरिएको छ । श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर मोरङसँग नगरपालिकाले नायवसुब्बा र खरिदार तहको तयारी कक्षाको लागि भ्याटबाहेक १४ लाख ५२ हजारका दरले २९ लाख ४ हजारमा सम्झौता गरेको छ।

सम्झौताबमोजिम खरिदारमा ६६ र नायवसुब्बामा ६५ जनासहित  १३१ जना विद्यार्थी सहभागी रहेको नगरपालिकाको अभिलेखमा उल्लेख भएको छ । तर, विद्यार्थीको सहभागिता भने ५० भन्दा कम रहने गरेका सहभागी प्रशिक्षार्र्थीहरुले सुनाए। दुईवटा विषयका लागि छुट्टा छुट्टै सम्झौता भए पनि उपस्थित सबै प्रशिक्षार्थीलाई एउटै कक्षामा पढाएर अनियमिता गरेको स्थानीय योगेश सिंहले बताए ।

 

‘नायवसुब्बा र खरिदारको लागि छुट्टाछुट्टै सम्झौता र बजेटिङ्ग गरेको छ । एउटै कक्षा कोठामा एकै समयमा राखेर पढाउनुले पनि कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा अनियमितता भएको छर्लङ्गै देखिन्छ,’ उनले थपे, ‘सबै ठाउँमा अनियमितता भएको भन्ने हल्ला भयो । हामीले नगरपालिकामा आएर सूचना माग ग¥यौँ । तर, धेरै प्रयासपछि सूचना त पायौँ । तर, त्यो पनि अपूरो पायौँ ।’

 

सबै विवरण नभएको र सेवा प्रदायकसंस्थासँग माँग गरेकाले आएपछि उपलब्ध गराउने पत्र आफूहरुलाई दिएको भन्दै उनले भने, ‘यो कस्तो नगरपालिका हो ? जसले बिल भरपाईबिना नै भुक्तानी दियो । यसले पनि अभियमितता भएको प्रस्ट हुन्छ ।’

प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले पनि एकै समयमा एउटै कोठामा राखेर पढाएको स्वीकार गरेका छन् । ‘दुवै विषय करिब करिब मिल्ने भएकाले र सबै विद्यार्थी नियमित उपस्थित नहुँदा खरिदार र नायवसुब्बाको कक्षा एकैपटक एउटै कोठामा चलाएको हो। सेवा प्रदायक संस्थाले एकैपटक चलाउँदा पनि हुन्छ भनेकाले हामीले स्वीकृत दिएका हौँ,’ उनले भने ।

दुईवटा विषय, फरक फरक सम्झौता गरेर एकैठाउँ एकैपटक कक्षासञ्चालन गर्ने, तर भुक्तानी भने दुवैको गर्दा अनियमितता भएन र ? भन्ने प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत बगालेले यसबारे प्रतिकृया दिन नै चाहेनन् ।

 

तालिमका सहभागी मिथुन कुमार रामले आफूले पुस्तक, ह्याण्डस्आउट र भेष्ट जस्ता केही सामाग्री नपाएको बताए । उनले कक्षा संचालन भएको तीदिनपछि मात्र गएका भए पनि उपस्थित नभएका  दिनहरुको पनि हस्ताक्षर गरेको बताए । उनले भने, ‘म अन्य काममा रहेकाले नियमित कक्षामा जान नसके पनि सबै दिनको हस्ताक्षर गर्न लगाए । यहाँबाट कुनै किसिमको सामाग्री पाएको छैन ।’

अमितकुमार मण्डलले १० दिन जति कक्षामा सहभागी बताए ।  ‘कार्यक्रममा सहभागी त भएँ । तर, मैले पनि कुनै सामग्री पाइँन । उनले भने, ‘तालिममा करिब १३ दिन सहभागी भए पनि उपस्थितिमा एक महिनाकै हस्ताक्षर गर्न लगाए ।’

 

हलभाडा ९० हजार देखाए पनि २० हजारमात्र तिरेको छ । बुद्ध महिला सहकारी संस्थाको सभाहलमा प्रशिक्षण चलाएको थियो । सहकारीलाई २० हजारमात्र भाडा बुझाएको स्रोतको दावी छ।संस्थाले प्रशिक्षकहरुको पारिश्रमिक र यातायात खर्च, प्रशासनिक खर्च जसमा किताब, टिसर्ट, कपी कलम, ह्यान्डस आउट, तालिम संयोजक, सहसंयोजकको पारिश्रमिक, सहाभागीहरुको चिया विस्कुट विविध खर्च, मल्टिमिडिया, व्यानर, सरसफाइ, उद्घाटन÷समापन, प्रदिवेदन, सञ्चार, कार्यालय व्यवस्थापन खर्च, हलभाडा, अनुागमन तथा अन्य सम्झौता बमोजिमको रकम गत ११ वैशाखमा भुक्तानीको लागि नियमानुसार सम्झौता र कार्यादेश बमोजिम कार्यक्रम सम्पन्न प्रतिवेदन तथा अन्य आवश्यक कागजात पेस गरेपछि गत २० वैशाखमा भुक्तानी गरियो भन्ने उल्लेख गरेको छ।

युवाहरुले पटक पटक भुक्तानीको प्रक्रिया र भुक्तानी प्रक्रियामा पेस गरेका कागजातहरु माग गर्दा प्रमुख प्रशासकीय अधिकृत बगालेले लोकसेवा आयोगको खरिदार र नासुस्तरको तयारी कक्षाको क्रियाकलाप गत खर्चको विवरण परामर्शदातासँग यस कार्यलयले क्रियातग खर्च विवरण पेस गर्न लेखि पठाइएको हुँदा उक्त संस्थाबाट प्राप्त भएपछि उपलब्ध गराउने भनी पत्रद्वारा नै जानकारी गराएको छ । यसले पनि यो कार्यक्रममा व्यापक अनियमितता भएको पुष्टि हुन्छ ।

 

यो कार्यक्रम विशेष गरे लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसादको सेटिङमा भएको आरोप लगाइएको छ । कार्यक्रमको बीच उनको सक्रियताले पनि यसप्रति संकेत गरेको युवाहरुको भनाइ छ। स्थानीय युवाहरुले अन्य कार्यक्रम सकिएको महिनौंसम्म चेक नकाट्ने लेखाअधिकृतले यस कार्यक्रम सकेको हप्तादिन नबित्दै भुक्तानी दिनुले पनि सेटिङको आशंका उब्जिएको हो ।

 

आक्रोशित युवाहरुले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत बगाले र लेखा अधिकृत पुरुषोत्तमसँग कार्यालयमै गएर जानकारी मागेका थिए । उनीहरुले माग गरेको कागजात नदिएसम्म कार्यालयबाहिर जान नदिनेभन्दै युवाहरुले दुवै अधिकारीहरुलाई कार्यकक्षामै राखेर धर्ना दिए ।

 

नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा लोकसेवा तयारी कक्षा संचालन गर्न नगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन गरेको थियो । सेवाप्रदायक संस्थाले ३१ लख २४ हजार ७०४ रुपैयाँ भुक्तानी पाएको छ । कार्यक्रमका लागि पाँचवटा संस्थासँगको प्रतिस्पर्धामा सबैभन्दा कममा यो संस्थाले कार्यक्रम स्वीकार गरेको भने पनि अन्य संस्थाले पेस गरेको प्रस्तावित योजना विवरण भने कार्यालयले देखाउन चाहेन ।

 

आरके श्रीवास्तव,राैतहट,२९ गते असार राैतहट ।

राैतहटमा धारिलो हतियार प्रयाेग गरि एक पुरूषको हत्या भएको छ । जिल्लाको देवाहीगाेनाही नगरपालिका-६ कर्कच कर्मैया बस्ने ब्रहमदेव साह कानुको छोरा अन्दाजी ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयाेग भई हत्या भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीका प्रहरी निरिक्षक गाेबिन्द साहले दिएको जानकारी अनुसार साह शुक्रबार बिहान घरमै हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए । साहको हत्या कसले र किन गर्याे ? यसबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । घटना स्थलमा प्रहरी टाेली र देवाही गाेनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहकाे टाेली पुगि घटनाबारे जाँच बुझ गरिरहेका छन् ।

 

रमेश कुमार यादब असार २७,रौतहट

रौतहटको विर्ता चोकको नजिक मंगलबार साँझ बसको ठक्करबाट एकजना स्कुटी चालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–८ पाल पेट्रोल पम्पस्थित चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको प्र २–०१–००१ च.००६३ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० डब्लु ७१३९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा भारत जिल्ला सितामडी ग्राम पञ्चायत बरगिनिया–१३ का ३५ वर्षीय चन्दन कुमारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश कुँवरका अनुसार म्याजिकको ठक्करबाट गम्भीर घाइते चन्दनलाई उपचारका लागि गरुडास्थित हेल्थ ल्यान्ड हस्पिटलमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । प्रहरीले बस नियन्त्रणमा लिएको छ ।

घटनालगत्तै चालक फरार छन् । ठक्कर दिने म्याजिकलाई जाँच गर्दा फेला परेको ब्ल्युबुकमा सिरहा लहान–४ बस्ने जहिद अन्सारी र सवारी चालक अनुमतिपत्रमा अजिम अन्सारी लेखिएको प्रहरीले फेला पारेको छ । उक्त म्याजिक जीपको चालकको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

 

सागर संगम ठाकुर रौतहट ,अषाढ २६ गते

रौतहटको देवाही गाेनाही नगरपालिका वडा नं.९ धरहरीमा वडा भेला संम्पन भएको छ।वडा अध्यक्ष वीर बहादुर साहकाे अध्यक्षतामा प्रमुख अतिथि देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह रहनु भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ काे लागि बाेलाईएकाे वडा भेलाबाट नयाँ नयाँ योजना छनौट गर्नु भएकाे हाे ।मंगलबार भएको वडा स्तरीय बजेट अधिवेशनमा स्थानियहरुले राखेको विभिन्न याेजनाहरुकाे बारेमा प्रमुख अतिथि नगर प्रमुख प्रेमलाल साहले वडाकाे बजेटबाट सम्पुर्ण याेजना पूरा हुन नसकने भन्दै त्यसकाे लागि संघिय सरकार प्रदेश सरकार र स्थानीय सरकारको खाचो रहेको बताउनु भयो ।मेयर साहले धरहरीमा बिकास निर्माणका कार्य गर्न ठुलो बजेटकाे आवश्यक्ता रहेकाे भन्दै त्यसकाे लागि आफुले पनि पहलकदमी लिने बताउनु भयो ।

नगर प्रमुख साहले आफू निर्वाचित भएको एक वर्षको अवधिमा यस नगरमा किसानको लागि ७५ वटा बाेरिङ जडान गरिएको बताउनु भयो । त्यस्तै वडा नं.९ धरहरीमा बर्थीङ सेन्टर निर्माण गरिएको बताए ।त्यसतै नगर प्रमुख साहले यस आर्थिक वर्षमा नगर स्तरीय बजेटबाट धरहरी गाेनाही जाेडिएका मुख्य सडक देखि उत्तर तर्फ धरहरी र गाेनाहीका सिमाना जाेडिएका ठाउँ बाट नयाँ कृषि सडक निर्माण गरिने बताउनु भयाे । त्यस्तै वडा अध्यक्ष वीर बहादुर साहले गत आर्थिक वर्ष २०७९/८० वर्षमा पूरा हुन नसकेको याेजनालाई यस आर्थिक वर्षमा संम्पन गरिने बताए ।

कुल बजेट ५५ लाखमा बिषेश गरि कृषि सिचाइ शिक्षा स्वास्थ्य र नयाँ बाटाे निर्माण गरिने वडा अध्यक्ष साहले बताए ।गत आर्थिक वर्षका अधुरा कार्यलाई यस वर्षमा संम्पन गरिने र थप याेजनालाई प्रभावकारी बनाउने बताउनु भयो ।

वडा अध्यक्ष साहले श्री जय किसान नमुना माबिकाे पश्चिम पट्टी रहेको नहर भएर बेलवा टाेल सम्म नयाँ सडक निर्माण गरिने बताउनुभयो ।साहले गाउँका भित्री गल्लीका सडकहरुलाई थप ब्वस्थित गरिने बिजुली बत्तीको काम गरिने बताएका थिए ।

अध्यक्ष साहले बिधुत्त चुहावट नियन्त्रण गर्नकाे लागि आर्थिक अवस्था कमजोर भएका परिवारलाई नि:शुल्क बिधुत्त मिटर वितरण गरिएको बताउदै यसपालि किसानहरूको लागि खेतीयोग्य जमिनमा पाेल तारकाे काम गरिने बताउनु भयो ।साथै वडा अध्यक्ष साहले किसानलाई खेतीपाती गर्न मुख्य सडक नहुदा किसानहरुलाई निकै समस्या भाेग्दै आएको भन्दै त्यसकाे लागि खेतीयोग्य जमिन भएर नै नयाँ सडक निर्माण गरिने बताउनु भयो ।

धरहरीमा सिचाइकाे ब्यवस्था नहुदा किसानहरूले समयमा खेती गर्न नसकेको भन्दै यसपालि बाेरिङ जडान कार्य गराएको र बाकी रहेको बिजुली बत्तीको काम यस वर्ष संम्पन गरिने वडा अध्यक्ष वीर बहादुर साहले बताए ।

वडा भेलामा पुर्व गाबिस सचिव बिरेन्द्र कुमार गुप्ता ,शंकर साह कानु,हनुमान राय यादव,बिवेकान्नद साह,रामनरेश बैठा,रामसिघांसन साह, भुरेन्द्र पंडित भनिन्ने पवन पंडित,नन्दकिशोर यादव,वडा सदस्य गौरी शंकर पंडित लगाएत अन्य ब्यक्तिहरुले याेजनाबारे आफ्नो प्रस्तावहरु राखेका थिए ।कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुकाे उपस्थित रहेको थियोे ।

आरके श्रीवास्तव,रौतहट,असार २६ गते
रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा नव निर्मित दलित सामुदायिक भवनको उद्धघाटन गरिएको छ । प्रदेश सभा सदस्य एवम् मधेश प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अबुल कलाम अजाद उर्फ फुलबाबुले बृन्दावन नगरपालिका ८ बहुअरूरीमा निर्माण भएको दलित सामुदायिक भवनको उदघाटन गर्नुभएको छ ।
सामाजिक विकास मन्त्रालय सामाजिक विकास इकाइ मधेस प्रदेश सरकारको २० लाख रूपैयाँ सहयोगमा निर्माण भएको दुई कोठे सामुदायिक भवनको प्रमुख अतिथी बिधायक फुलबाबुले मंगलबार उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रमको अध्यक्षता नेकपा एसका नेता एवम् मुस्लिम ईक्तेहाद संगठन मधेस प्रदेश अध्यक्ष सलामोदिन दर्जीले गर्नु भएको थियो । भने कार्यक्रम सञ्चालन कार्यपालिका सदस्य राजेश पासवानले गर्नु भएको थियो । स्वागत मन्तव्य बैधनाथ सहनीले राख्नु भएको थियो ।


उक्त ठाउँमा दलित सामुदायिक भवन निर्माणका लागि बृनदावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानले विशेष पहलगरी प्रदेश सांसद फुलबाबुको बजेट बाट भवन निर्माण गराएका हुन् । यस अघि सो ठाउँमा सामुदायिक भवन नहुँदा विवाह,ब्रतबन्ध,छेका,तालिम,गोष्ठी लगायतका सामाजिक कार्यहरु गर्न समस्या हुने गरेको थियो । अब उपरान्त् उक्त समस्या हटने भएको छ । सो ठाउँमा सामुदायिक भवन निर्माण भएपछि स्थानियहरु हर्षित भएका हुन् ।

उद्धघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै राज्यमन्त्री फूलबाबुले राम्रो काम गरे सबै पार्टीले सहयोग गर्ने बताउनु भयो । जसको प्रत्यक्ष उदाहरण सामुदायिक भवनको उद्धघाटन रहेको बताए । साथै उनले राम्रो काम गर्नेलाइ प्रोत्साहन गर्नुपर्ने धारणा राख्नु भयो । बहुअरीवासीले आफू सधैं सहयोग गर्दै आएको स्मरण गराउँदै यस टोल लगायत आफनो क्षेत्रको विकासको लागि कुनै कसर बाँकि नराख्ने बताउनु भयो । सामुदायिक भवन निर्माण आफनो निर्वाचन क्षेत्रको उदाहरणिय काम रहेको बताउनु भयो ।

आगामी आर्थिक वर्ष २०८०।०८१ के लागि सो टोलमा करिब ४० देखि ५० लाख सम्मको योजना राखेको स्थानियहरुलाइ जानकारी गराउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै बृन्दावन नगरपालिकाकी उपप्रमुख संगिता कुमारी रामले आफुलाइ आफनो हक अधिकार बाट बञ्चित गरिएता पनि जनताको काम लाइ अगाडी बढाउन हरसम्भव प्रयास गरिरहेको बताइत् । कार्यक्रममा अन्य वत्ताहरुले सो भवनमा एक तला थप्न माग माग गरेका थिए ।

उद्धघाटन कार्यक्रममा बृन्दावन नगरपालिकाका पूर्वनगर प्रमुख रामस्नेहि राय यादब ,समाजसेवी अरुण राम,बिभिन्न वार्डका वडाअध्यक्षहरु ,बुद्धजिवि ,नागरिक समाज लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

इन्दीप कोइराला,बारा, २६ असार । 

जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा ट्रकबाट अवैध लागुऔषध गाजा बरामद गरेको छ । बरामद गरिएको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान करिब ७ बजे प्रहरीलाई सो ट्रकमा लागुऔषध गाँजा लुकाई ओसारपसार भइरहेको जानकारी प्रहरीलाई आएको थियो र प्रहरी सो ट्रकको खोजतलास गर्ने क्रममा चालक तथा सहचालक फरार रहेको एक ट्रक पल्टिएको खबर प्राप्त भए पश्चात प्रहरी घटनास्थलमा पुगेको थियो ।

एक सय पाँच किलो अवैध लागु औषध गाँजासहित जीतपुरसिमरा उपमहानगरपालिका २२ पुर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिर नजिक सडकको पूर्व साईडको नालामा ना १ क ३२०५ न.को पल्टिएको ट्रक चोक जाँच गर्दा सामान लोड गर्ने पछाडिको भागमा फल्स डब्बाभित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको हो ।

ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास लगायतको अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।