२०८३ श्रावण ७
२०८३ श्रावण ७

हनुमत कुमार यादव,गाैर,साउन ०४ गते ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा न . ७ मुडवलवामा रहेको श्री नेमधारी वासुदेव नमुना मा. वि. मुडवलवाले आज दिवा खाजा तथा छात्रवृति वितरण गरेकाे छ । बालविकास र कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरु लाई दिवा खाजा वापतको रकम र कक्षा १ देखि १२ सम्म छात्रहरु लाई छात्रवृति वापतको रकम वितरण गरिएको छ । जिल्लाकै अबल स्थान प्राप्त गर्ने तर्फ अग्रसर रहेको २०१७ सालमा स्थापित भएको यो विधालयले अहिले धेरै बिकसित र गुणस्तरीय बनेकाे छ ।

यो नमुना मा. वि. मा क्षमताको अनुपात विद्यार्थी बढी रहेको छन् । यहाँ दरबन्दी अनुपातको शिक्षक न रहेकोले अधयं अध्यापनमा समस्या पनि भई रहेको प्रध्यानाध्यापक रवि शंकर यादवको भनाई रहेको छ । विधालयमा क्षमता भन्दा बढी विद्यार्थी भएको करण तोकिएको समय भित्र खाजा बनाई खुवाउने सम्भव न रहेकोले सो बापतको रकम बितरण गरिएको विधालय वयवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन् ।

नगरपालिकाले निकासा दिनमा ढिलाई गरेकोले दिवा खाजा तथा छात्रवृति वितरणमा समय लागेको समेत उनले बताए । साथै स्थानीय सरकार नगरपालिकाको साथ सहयो आवसयक रहेको र समय समयमा छड्के अनुगमन पनि जरुरि देखिएको बताए । विद्यालय प्राङ्गणमामै आयोजना गरिएको सो कार्यक्रममा वडा अध्यक्ष विजय संकर प्रसाद यादव , वयवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादव, सविधान सभा सदस्य रम्भा देवी, वडा न ८ का वडा अध्यक्ष , समाजसेवी राम बशिष्ठ यादव , प्रध्यानाध्यापक रवि शंकर यादव सहित विधालय शिक्षक शिक्षिका,विद्यार्थीहरु अभिभावक लगायत गाउका भाद्र्भालाआद्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम उध्घोसन शिक्षक टेकनाथ खतिवडाले गर्नु भएको थियो ।

आरएन पटेल,बाैधीमाई, साउन ४ गते
रौतहटको बौधिमाई -२ इनर्वामा टावर लाईट जडान कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. २ इनर्वा स्थित लालबाकैया नदीको किनारमा रहेको बांधमा सो टावर लाईट जडान गरिएको हो । सामाजवादी युवा संघको केन्द्रीय महासचिव तथा युवा नेता दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेलको विशेष पहलमा उज्यालो अभियान अन्तर्गत न.पा. को इनर्वामा सो टावर लाईट जडान कार्य सम्पन्न भएको हो ।
इनर्वा गाउँ सँगै जोडिएको लाल बाकैया पुल र श्री आधारभूत विद्यालयको बीच भागमा पर्ने,बाँधमा जडान भएको टावर लाईटको उचाई करिब ५५ फिट रहेको बताईएको छ । साथै यसले नदी नजिकैको टोल बस्तीलाई वर्षा याममा बाढी पहिरोले खेप्दै आएको विभिन्न समस्याहरुको समाधान हुने तथा पुलबाटो लगायत सामग्र टोल बस्ती र आवत जावत गर्ने बटुवाहरूलाई समेत यस लाईटले उज्यालो गरि बाटो हिड्न सहज बनाएको देखिएको छ ।
युवा नेता पटेलले यस अघि पनि इनर्वामा विभिन्न विकास निर्माणका ठोस कार्यहरू गरेकाले गाउँबासीहरु खुलेर प्रसंशा गरि आगामी दिनहरूमा पनि गाउँको उज्जवल भविष्यको लागि नेता पटेलले अग्रसर भई विकासे योजनाहरु ल्याई गाउँलाई नमुना गाउँको रूपमा चिनाउन सक्ने क्षमता भएको एक मात्र नेता पटेल रहेको स्थानियहरुले बताएका छन् । जनताको आस र अपेक्षालाई पूरा गर्न आफू लागि परेको र यस आ. ब. मा पनि इनर्वा लगायत अरोस परोसको गाउँमा पनि आफूले सके जतीको विभिन्न विकासे योजनाहरु ल्याई सकेको र आउने केही दिनमा समग्र योजनाहरु छिटै सञ्चान हुने युवा नेता पटेलले बताएका हुन् ।

रौतहट,साउन ०४ गते ।

रौतहट । नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रमा ज्ञापनपत्र बुझाइएको छ । विद्युत आपूर्तिमा भएका गडबडी सुधार गर्न तथा लागातार बिजुली दिनलगायतका माग राख्दै स्थानीय उपभोक्ताले विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । कटहरिया नगरपालिकाका पूर्वनगर प्रमुख सियाराम कुशवाहा र समाजसेवी मनोज कुमार साहको नेतृत्वमा पुगेको टोलीले तीन बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

मौलापुर वितरण केन्द्रमा छिनछिनमा लाइन जाने समस्या सामाधान, कटहरियामा विद्युत महसुल संकलन काउन्टरको स्थापना र झुण्डिएको तार तथा पोल व्यवस्थित गर्न माग गर्दै मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख दिनेश यादवलाई ज्ञापनपत्र बझाएको समाजसेवी मनोज कुमार साहले बताए ।

ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख यादवले विद्युत आपूर्तिमा देखिएको समस्या सामाधान हुने, कटहरियामा मोबाइल आय काउन्टर सञ्चालन निकट भविष्यमा गरिने तथा झुण्डिएका तार तथा पोल आवश्यकता अनुसार सुधार गर्दै लैजाने बताए ।

 

आरके श्रीवास्तव,रौतहट,साउन ०३ गते ।

रौतहट– जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले आफनो कार्य प्रगती विवरण सार्वजनिक गरेको छ । विवरणमा उल्लेख गरिए अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले चालु आर्थिक वर्ष २०७९÷८० को एक वर्षको अवधिमा रु ३ करोड १० लाख ४ हजार राजस्व संकलन गरेको छ ।

गत आ.व.वर्ष २०७८÷७९ मा १ करोड ७८ लाख ७० हजार ५ सय राजस्व सङ्कलन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष १ करोड २२ लाख ३३ हजार ५ सय बढी राजस्व संकलन भएको छ । आ.व.२०७९÷८०मा ट्राफिक नियमको उल्लङ्घन गर्ने ३८ हजार ५ सय ८२ सवारीसाधन उपर कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक बिमला कुमारी कठायतले जानकारी दिइन् ।

गत वर्ष भने १९ हजार ६०० नियम विपरीत सञ्चालित सवारी साधनलाइ कार्यवाही गरिएको थियो । यस्तै आ.व. २०७९÷८० मा रौतहट जिल्लामा भएको ७ सय १३ वटा सवारी दुर्घटनामा परी ७२ जनाको मृत्यु भएको छ । जबकी ११ सय ७१ जना घाइते भएका छन् । गत वर्ष ६ सय ४५ वटा सवारी दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो । भने १ हजार ४७ जना घाइते भएका थिए ।

जिल्लाको मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा त्यती संख्यामा व्यक्तीहरु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट द्धारा आ.व.२०७९÷८० मा ७ सय ७४ कार्यक्रम भएकोमा ४५ हजार ६ सय ३७ जना सहभागी भएको प्रगती विवरणमा उल्लेख छ । गत आ.व.२०७८/७९ मा २ सय ३४ कार्यक्रम भएकोमा २० हजार ७३ जना मानिसहरु सहभागी भएको जनाइएको छ । आ.व.२०७९/८० मा मा.प.से.मा ४ सय जना लाइ कार्यवाही गरि ४ लाख राजस्व संकलन गरिएको छ । भने क्षमता भन्दा बढी बोक्ने सवारी साधनहरुलाइ यातायात कार्यालय मार्फत ११ वटा सावारी साधनलाइ कार्यवाही गरि २ लाख ११ हजार २ सय ३६ राजस्व संकलन गरिएको छ ।

जुन गत वर्षको तुलनामा १५३.९८ प्रतिशतले बढी हो । गत वर्ष २ वटा सवारी साधन लाइ कार्यवाही गरि ८३ हजार ४ सय ९८ रुपैया राजस्व संकलन गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले आ.व.२०७९÷८० मा केही नविनतम् कार्यहरुपनि गरेको जनाएको छ ।

उसले १८ बुँदे कार्यहरु गरेको विवरणमा उल्लेख छ । जसमा राजस्वमा बृद्धि,चोरीको २ थान मोटरसाइकिल पक्राउ गरी सम्बन्धित धनिलाइ बुझाइएको,चोरीको ६ थान मोटरसाइकिल पक्राउ गरी कार्यालयमा राखिएको,क्षमता भन्दा बढी बोक्ने ११ वटा भारतिय र नेपाली मालवाहक सवारी साधन पक्राउ गरी जरिवाना गराइएको,सरोकारवाला निकायहरु सँग समन्वय गरी विभिन्न ५ सय थान ट्राफिक सचेतनामूलक बोर्ड राखिएको

,चन्द्रनिगाहपुर र गरुडामा सडक कार्यालय सँग समन्वय गरी फुटपाथ हटाइ सडक विस्तारमा सहयोग गरेको,मौलापुरमा १ थान ट्राफिक आइलेण्ड राखिएको,यातायात व्यवस्था कार्यालयमा नयाँ सचाहप वितरणको लागि पहल गरी हाल सुचारु भएको,विभिन्न सरसरफाइ तथा अन्तक्रिया कार्याक्रममा सहभागिता जनाइ ट्राफिक प्रहरी र जनसमुदाय सँग सहभागिता जनाइएको,भित्री गाउँ स्तारमा समेत नगरपालिका सँग समन्वय गरी जनचेतना मुकल कार्यक्रम संचालन,मा.प.से. चेकिंङलाइ तिव्रता दिएको,

ट्राफिक प्रहरी कार्यालय गौरको लागि जग्गा र भवनको लागि स्थानिय संग समन्वय गरीएको,गौर र डुमरियामा ७ थान ट्राफिक डमी राखिएको,सुकदेव चोक,गौरको भन्सार कार्यालय अगाडी र बसपार्कमा ट्राफिक बिट राखिएको,गौरमा चल्ने कर नतिरेको ६० वटा टेम्पो लाइ कर तिर्न लगाइएको,उखुका ट्रक तथा टेक्टरहरुमा रेफलेकटेड ब्यानर राखिएको २ सय भन्दा बढी,बृक्षारोपण,सरसफाइ तथा रक्तदान कार्यक्रममा सहभागिता भएको उल्लेख छ ।

 

रन्धिर साह, रौतहट, साउन २ गते ।

नेपाल सरकारले गरेको हुलाक कार्यालय खारेजको निर्णयलाई सर्वोच अदालतले खारेज गरि पुन हुलाक कार्यालय रहने घोषणा गरेसंगै हुलाकी कर्मचारीहरु खुशी भएका छन् । उनीहरु खुशीका साथ पुर्ण आ आफ्नो काममा जुटेको जिल्ला हुलाक कार्यालय रौतहटका देवाही गोनाही नगरपालिका वडा नम्बर ६ का पत्र वितरक भाग्यनाराएन झाले बताएक छन् । उनका अनुसार सरकारको आदेश अनुचिर रहेको र सर्वोचले हामी करिब १० हजार भन्दा बढी हुलाकका कर्मचारीहरुलाई संरक्षण दिएकोमा अदालत प्रति विशेष धन्यवाद दिदै पुण खुशीका साथ आफ्नो काममा लागेको बताए ।

सो पालिकाको हुलाक कार्यालय कर्कचका प्रमुख अनुपा महतोले भने सरकारले बजेट भाषण मार्फत देशभरका अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेसँगै हामी वितेको असार २१ गतेदेखिनै देशभरी एकै साथ आन्दोलनमा उत्रेका थियौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट वक्तव्यको बुदा नं। ३७४ मा उल्लेखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णयप्रति अतिरिक्त हुलाक एशोशीएसनले सरकारको ध्यानाकर्षण कराएको थियो ।

समय सापेक्ष अतिरिक्त हुलाक स्तरोन्नती र आधुनिक व्यवस्थापन गर्नुको सट्टा खारेजीको निर्णयले कर्मचारीलाई आन्दोलित बनाएको कार्यालय प्रमुख महतोले बताए । अतिरिक्त हुलाक कार्यालयमा हुलाक प्रतिनिधि, हुलाकपत्र वितरक र डाक वाहक भन्ने तीन तहका कर्मचारी छन् । हुलाक प्रतिनिधिले आठ हजार तीन सय १० रुपैँया तलव पाउँछन् भने वितरक र डाकवाहकले मासिक सात हजार दुई सय ७५ रूपैयाँ तलव पाउँछन् ।

राज्यले अहिले ती कर्मचारीहरूलाई घर न घाट बनाउन लागेको थियो तर, अहिले असार ३१ गते सर्वोच अदालतले गरेको फैसलाबाट हामीले पुर्ण बाचन पाएको भन्दै अदालतलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । सो गाउँमा देवाही गोनाही नगरपालिका वडा नम्ब्र ६ का कार्यालय प्रमुख अनुपा महतो, डाकिया चुनचुन झा र पत्र वितरक भाग्यनारायएन भाm सहित तीन जना हुलाक कर्मचारीहरु रहेका छन् । आइतबार कार्यालय सुरु भएसंगै वडा नम्बर ६ का लागि मात्र ५० भन्दा बढी चिट्री आएको उनले बताए ।

 

रन्धिर साह, रौतहट, साउन २ गते ।

रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको कर्कच गाउँमा एकैदिन तीन वटा घरमा चोरी भएको छ । गएको सोमबार राती करिब ०१ः०० बजेको समयमा ती घरहरुमा चोरी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी उमाशंकर यादवले बताएका छन् ।

उनका अनुसार एइनुल मिया, रामअन्नदी महतो र जदुन्द दासको घरमा एकै रात र एउटै तरिकाले चोरी भएको हो । प्रहरीका अनुसार रामअन्नदी महतो र जदुन्द दासको घरमा सामान्य चोरी भएको छ भने मियाको घरमा करिब ५ लाख मुल्उ बराबरको चोरी भएको हो ।

चोरी गृहहरुले सुरक्षाकर्मीहरुलाई ठाडो चुनौती दिदै गरेको घटनाबाट स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । क रहनु होला । देवाही देवाहिगोनाही नगरपालिका वडा नम्बर ६ कर्कच गाउँमा चोर गृह प्रवेश गरेकोछ । आज मंगलबार एकै दिनमा तीन जनाको घरमा चोरी ।

 

आरके श्रीवास्तव,रौतहट,साउन ०२ गते

रौतहट जिल्लाकमा अनुमती नै नलिइ सञ्चालनमा रहेका अस्पतालहरु धमाधम बन्द हुन थालेका छन् । अबैध रुपमा सञ्चालित नेपाल लाईफ हस्पिटलको चरम लापरवाही एवं बदमासीका कारण केही दिन अघि मात्र एक जना सुत्केरीको ज्यान गएपछि उनीहरु अस्पताल बन्द गरेर नै फरार भएका छन् । जिल्लाको देवाहिगोनाही नगरपालिका वडा नम्बर ९ धरहरीमा सञ्चालनमा रहेको उक्त हस्पिटलका सञ्चालक अहिले फरार छन् ।

त्यसै सँग रहेको रौतहट कान्ति बाल मेमोरीयल हस्पिटल प्रा.लि. गरुडा न.पा. १ जयनगरमा रहेको हस्पिटललाइ पनि सञ्चालकले बन्द गरेर फरार छन् । यसरी अनुमति नै नलिई विगत केही वर्षदेखी गौरकानुनी तरिकाले सो हस्पिटलहरु सञ्चालनमा रहेको भेटिएको हो । त्यस्ता ज्यान मारा अस्पतालहरुले उपचार नै सम्भव हुन नसकेको अवस्थामा अन्यत्र रेफर गर्नुको सट्टा सो अस्पतालले पैसाको लोभमा बलजबरजस्ती राखेर विरामीलाइ मार्ने गरेको श्रोतको दावी छ । बिना अनुमतीका अस्पतालले मानवको स्वास्थ्य जिवनसंग यसरी दिनदहाडै खेलवाड गरिरहँदा समेत नियमनकारी निकायले कुनै ध्यान दिन सकेको छैन् ।

यी अस्पतालहरु उदाहरणमात्र हुन जिल्लामा यस्ता कैयौं अस्पतालहरु छन् । जुन बिना अनुमतीको नै सञ्चालनमा छन् । मानवको स्वास्थ्य जिवनसंग खेलवाड गर्ने त्यस्ता सञ्चालकहरुलाई पक्राउ गरी हदैसम्मको कार्यवाही गर्न स्थानीयहरुले माग गरेका छन् । पैसा कमाउने प्रलोभनमा विरामीको जिवनसंग नै खेलवाड गर्ने काम गरिरहेको भन्दै स्थानीयहरुले अस्पताल सञ्चालकलाई कार्यवाही गर्न सम्बन्धीत निकायसंग जोडदार माग गरेका छन् ।

यता यस विषयमा सामाजिक विकास मन्त्रालय मधेश प्रदेश सरकारका वरिष्ठ जनस्वास्थ्य प्रशासक(प्रवक्ता) डा.मुक्ति नारायण साह सँग बुझदा मधेश प्रदेश भरीको सबै पालिकाहरुमा कती अस्पतालहरु दर्ता गरेको र कतिले नगरेको,नविकरण गरेको या नगरेको यी सबै तथ्यांकहरु मंगाउँदै छौं । यदि कोइ पनि कानुन विपरीत सञ्चालन भएको पाइएमा कार्यवाही गरिने बताए ।

 

इन्दीप कोइराला,बारा, २ साउन । 

बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले  १ लाख रुपैया जरिवाना तिराएको छ ।

निजगढ काठमाण्डौं द्रूतमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निजगढ ४ स्थित बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दैगरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले नम्बर नभएको एउटा अनटेष्ट जेसिबी, प्रदेश २–०३–००१ ख २८३२ र प्रदेश २–०३–००१ ख ४९५७ नम्बरको दुईवटा टिप्परका चालक निजगढ नगरपािलका वडा नम्बर ४ बस्ने वर्ष ४३ का रोहित चौधरी र वर्ष ४४ का वीरवल थारुलाई सोमबार बिहान २ बजे नियन्त्रणमा लिएर जिल्ला समन्वय समिति बारामा बुझाएको थियो ।

 

जेसिबी चालक अन्दाजी वर्ष ४७ का चीनिया नागरिकको भने नाम थर खुल्न नसकेको निजगढ प्रहरीले जानकारी दिएको छ । फास्टट्याक निर्माणको ठेक्का लिएको चीनिया कम्पनीले निषेधित अवधिमा अवैध रुपमा राति उत्खनन गरेको पाइएपछि साधन र त्यसका चालकलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

 

चिनियाँ कम्पनीले भने फास्टट्याकको सर्भिस लेनमा भएको हिलो पुर्न खोलाबाट गिटीबालुवा निकालिएको दाबी गरेको प्रहरीले बताएको छ । वर्षायाममा गरिने उत्खननले बाढी पहिरोको जोखिम बढने भन्दै सरकारले केही वर्ष अघिदेखि असार १ गतेदेखि भदौ मसान्तसम्म खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्न रोक लगाउदै आएको छ ।

 

इन्दीप कोइराला,बारा, २ साउन ।

सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित हुँदा  सोमबारदेखि स्वास्थ्य सेवा ठप्प भएको छ ।

अस्पतालमा  कार्यरत करार र ज्यालादारीमा भर्ना गरिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलबसहित विभिन्न माग राखेर नगर अस्पतालको मुख्य गेटमा  तालाबन्दी गरी धर्नामा बसेका छन् ।

 

सिम्रौनगढ नगर अस्पताल प्रमुख डा. जितेन्द्र यादव, श्यामसुन्दर कुशवाहा, रविन हुसेन, पवन पटेल, अयुब मिया अन्सारी, ललिता यादव, नितु गुप्ता, रन्जु कुशवाहा, सन्तोषकुमार कुशवाहा लगायतका २४ जना कर्मचारीहरुले सोमबार बिहान ११ः४५ बजे अस्पतालको मुल ढोकामा ताला लगाएका हुन् ।

 

तलब, भत्ता, अतिरिक्त काममा थप भत्ता, चाड पर्वभत्ता र सेवा अवधि थप लगायतका मागहरु यथाशीघ्र पूरा गर्नुपर्ने मागसहित कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गरेका हुन् ।

 

आफ्ना माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन् । यसअघि नगरपालिकाका वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीहरुले आइतबारबाट वडा कार्यालयमा तालाबन्दी गरेर सेवा ठप्प पार्दै आएका छन् ।

 

विशाल बस्नेत,महोत्तरी, २ साउन ।

बर्दिबास नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत प्रदान गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । तर, यसको कार्यान्वयनको पक्षलाई लिएर आशंका उब्जिएको थियो । नगपालिकाको उक्त नीतिले कोही रगतको अभावमा मर्ने त कोही रगत भए पनि पैसाको अभावमा मर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा बर्दिबास रेडक्रस सोसाईटीका पूर्वसभापति मुकुन्द पौडेलको छ । कार्यान्वयनको पक्षलाई लिएर भने उनी सशंकित थिए ।

 

गत सोमबार बेलुका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले  बर्दिबास–४ स्थित वरडाडा बस्ने बिरामी कृष्णबहादुर माझीलाई रेडक्रसमा पुगेर रगत हस्तान्तरण गरेपछि पौडेल ढुक्क भए कि अब पैसा नभएर कोही पनि नगरवासीहरु रगत नपाएर मर्नुपर्दैन ।

निःशुल्क रगत प्रदान गर्ने नगरको नीतिलाई औपचारिक रुपमा कार्यान्वयन गरेको नगरप्रमुख क्षेत्रीले बताए । रेडक्रस सोसाईटीका सभापति सुदिप कार्कीको अनुसार बर्दिबासमा मात्र अहिले मासिक दुई सयभन्दा बढी बिरामीहरुलाई रगतको अभाव हुने गरेको छ । ‘संस्थागत हो सहयोग गर्न पनि नसकिने रहेछ । व्यक्तिगत सहयोग त गर्छौं, तर त्यो पनि सधैभरि सम्भव नहुने रहेछ,’ उनले भने ।

 

रेडक्रस सोसाईटीका अर्का सदस्य गोपाल बरालले भन्छन्, ‘रगत सहज ढंगले पाए पनि पैसाको अभावमा रगत किन्न नसक्ने धेरै नगरवासीहरुको नगरप्रमुखले ज्यान बचाएका छन् ।’

कतिपय बिरामीलाइ महिनामा चारपटकसम्म रगत लिन रेडक्रस आउनुपर्ने हुन्छ । एक युनिट रगतको १४ सय रुपैयाँ तिर्नुपर्ने हुँदा विपन्न र गरिब समुदायको लागि मासिक ५ हजार रगतमा नै खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

 

यस्तै कठिन अवस्थाको अनुभव गरेकी छन बर्दिबास–८ खजुरियाकी अर्पणा लुङगेलीले । बर्दिबासस्थित डिएनवी अस्पतालका डा. प्रविन मिश्रसँग उपचार गराउँदा उनको आन्द्रा फुटेको र मुखवाट अत्याधिक रगत बगेको हुनाले पटक–पटक रगत चाहिराख्ने चिकित्सकले सुझाएका थिए ।

 

आर्थिक स्थिति कमजोर भएकी लुङ्गेलीले जेनतेन उपचार गराइरहे पनि रगत कसरी ल्याउने होला भन्ने पिरलो थियो । लुङ्गेलीले रेडक्रसवाट विपन्न राहत कोषका माध्यमबाट रगत दिइरहेको त थाहा पाइँन, तर प्रक्रियाको झन्झटिलोले उनलाई थप तनाव सृजना भयो ।

 

सम्बन्धित् वडावाट आर्थिक स्थिती कमजोर भएको प्रमाणित गराउनुदेखि रेडक्रसलाई रगत प्रदान गर्न दिने सिफारिस लिन नै उनले दिनहुँ समस्या झेलिन् । तर, नगरपालिकाले पास गरेको नीति तथा कार्यक्रमले भने अब त्यो झन्झटबाट मुक्त भएको महसुस गराएको छ ।

नगरवासी भएको प्रमाण मात्र पेस गरेपछि रगत पाउने नगरले नीति बनाएको सुनेपछी लुङ्गेली निकै खुसी भएकी छन्। ‘अब मजस्ता गरिब कागज बनाउन अल्मल्लिनुनपर्ने रहेछ खुसी लाग्यो,’ उनले भनिन् ।
 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।