आरके श्रीवास्तव,रौतहट,भदौ २३ गते ।
रौतहट जिल्लाको मध्य भाग गरुडा रौतहट रियल स्टेट प्रा.ली. सञ्चालनमा आएको छ । गरुडा नगरपालिका वडा नम्बर ४ गरुडामा शुक्रवारदेखि सञ्चालन भएको संचालक मो.सनमले जानकारी गराउनु भएको हो । उनले दिएको जानकारी अनुसार विधिवत उद्धघाटन भइ सञ्चलनमा आएको छ ।
यसले घर,जग्गा किन्न बेच गर्न चाहने ब्यक्तिहरुको चाहना पुरा गर्ने छ । कम्पनी दर्ता,कम्पनी नामसारी, प्रा.ली दर्ता, लिमिटेड दर्ता,लोन प्रोपोजल,लोन सम्बन्धी परामर्श दिने तथा घर जग्गा बिक्रीको विज्ञापन पनि गरिने उनले बताए ।
घर , जग्गा किन्नको लागी रौतहट रियल स्टेट प्रा.ली.मा सम्पर्क गर्न प्रोपराइटर प्रशान्त कर्णले सेवाग्राही संग आग्रह गर्नु भएको छ । जिल्लाको मध्य भागमा यस्तो सुविधा पाउने भएपछि जग्गा ,जमिन र घर किन्ने ब्यक्तिहरु हर्षित भएका छन् ।
सर्लाही, २३ भदौं ।
सर्लाही सदरमुकाम मंलगवामा कफ्यु लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो ।
कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए । उनका अनुसार आज साँझ पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो ।
सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कफ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए ।
यद्धपी, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
महाेत्तरी, २२ भदौ ।
माओवादी केन्द्रको रुपान्तरण अभियान कै क्रममा महोत्तरीमा खटपट सुरु भएको छ ।
संस्थापन र संस्थापन इतर पुर्व जनमोर्चा धारको विवादका कारण विशेष गरि क्षेत्र न.१ मा खटपट सुरु भएको हो ।
महोत्तरीका जिल्ला इन्चार्ज समेत रहेका राजु खडका र गिरिराजमणी पोखरेल पक्षधरविच भएको विवाद रुपान्तरण अभियान कै क्रममा उत्कर्षमा पुगेको छ । तर, खडका रुपान्तरण अभियानमा सर्लाहीको नेतृत्व गरिरहेका छन भने महोत्तरीमा अच्युतम काफ्ले कमाण्डर बनेका छन । लामो समयदेखी पाटीभित्र चलिरहेको आन्तरिक टसल सतहमा देखिएपछी केन्द्रमा समेत यसकाे ध्यानाकर्षण गराइएकाे छ ।
मधेश प्रदेशको कमाण्डर बनेर आएका केन्द्रिय सचिव लीलामणि पोखरेलले खासै विवाद नरहेको वताउँछन् तर आन्तरिक विवादलाई सचिव पोखरेलले सुल्झ्याउने प्रयास नगरेको कतिपय नेताहरुको आरोप छ । रुपान्तरण अभियानलाई प्रभावकारी बनाउन बर्दिबास नगर नेतृत्वविहिन बने पछि बहुमतले रुद्र सुस्लिङलाई अगाडि सारेको र यहीवाट विवाद सुरु भएको बुझिएको छ । वडा तहवाट सुरु गरिने भनिएको रुपान्तरण अभियानमा सुस्लिङ मगरलाई अगाडि सार्नु नै रहस्यमय बनेको संस्थापन पक्षको जिकिर छ ।
यता नगरमा पुर्व नगरप्रमुख बिदुर कार्की पक्षधरहरुले भने पाटी लामो समयदेखी बन्दी भएको र जनताको घरदैलोमा जादा जिम्मेवारीपुर्ण ढंगले प्रस्तुत हुनुपर्ने भएकाले रुद्र सुस्लिङ्गलाई पाटीको बहुमत सदस्यले जिम्मेवारी दिएको दावी गरेका छन । माओवादी केन्द्रको आधार इलाका मानिएको क्षेत्र न.१ मा यस्तै विवादहरुले कमजोर बन्दै गएको छ । अघिल्लो स्थानिय तहको निर्वाचनमा बर्दिवास, गौशाला माओवादी केन्द्रले जितेको थियो भने संघमा समेत माओवादी केन्द्रले नै जितेको थियो ।
तर यो निर्वाचनमा माओवादी केन्द्रले प्रदेश `ख´ मा वाहेक सवै पालिका मात्र हैन संघ समेत गुमाउनु पर्यो । नेताहरुविचको आन्तरिक टसलले कार्यकर्ता समेत दुई कित्तामा उभिएका छन । एकथरीले पाटीको विधि र प्रक्रियालाई मिचेको भन्दै आलोचना गरिरहेका छन भने अर्कोथरीले पाटी बलियो वनाउन यो नै उत्तम अस्त्र भएको बताउदै आएका छन ।
नगरको नेतृत्वको लागी खडकाले ज्ञान बहादुर गोलेलाइ अगाडि सारेका थिए भने बिदुर कार्की पक्षधरले रुद्र सुस्लिङ्गलाई अगाडि सारेका थिए । जिल्ला इन्चार्ज समेत रहेका खडकाले सन्तुलित नेतृत्व गर्न नसकेको आरोप लगाउदै पाटीभित्रको सम्पुर्ण उत्तारचढावलाई खडकाले नै जिम्मेवारी लिनुपर्ने कतिपय नेताहरुको तर्क छ ।
चन्दन कुमार महतो ,गाैर,भदौ २२ गते ।
आज रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटे परेकोलाई पहिलो पटक शल्यक्रिया सफलतापूर्वक गरेकाे छ । लैपरोटॉमीको अप्रेसन डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिम द्वारा सफलतापूर्वक गरेको छ ।
जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी भन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा सबै बिमारीको राम्रो ईलाज भईरहेको छ किनभने आज डा.फिरोज अंजुमको टिम र डा.उज्जवल ठाकुरको सहकार्य द्वारा लैपरोटॉमी को सफलतापूर्वक अप्रेसन गरि नया जीवन दान गर्नु भएको छ ।
पुरा आन्द्रामा प्वाल परेको भएर पनि डाक्टर अंजुमको टिम द्वारा सफलतापूर्वक सल्यक्रिया गरिएकाे छ । बिरामीको आफन्तहरुले भने प्रादेशिक अस्पतालको डाक्टरहरु मेरो लागि भगवान छ, मेरो छोरालाई कहाँ कहाँ सम्म इलाज गराए तर राम्रो भएन आज हजुरहरूले मेरो छोरालाई नयाँ जिवन दिनुभयोमा हृदय देखि धन्यवाद ब्यक्त गर्न चाहन्छु।
डा.फिरोज अंजुम, डा. उज्जवल ठाकुर , लगायत सम्पुर्ण टिम लाई प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंह,लगायत सदस्य हरुले धेरै धेरै धन्यवाद दिएका छन् ।
बज्जिकाञ्चल,रौतहट,२२ गते भदौ ।
रौतहट । रौतहटमा मन्दिरको पुजारीमाथि सांघातिक आक्रमण भएको छ । पुजारीमाथि धारिलो हतियार प्रहार गरी आक्रमण भएको हो ।
जिल्लाको दुर्गा भगवती गाउँपालिका–३ देवीपर्सा टोल स्थित रामजानकी मन्दिरका पुजारी ( महंन्थ) माथि सांघातिक आक्रमण भएको छ । मन्दिरका पुजारी मिश्रीलाल साह माथि दुध उमाली रहेका अवस्थामा अज्ञात समूहले बिहीबार बिहान ११ बजे धारिलो हतियार प्रहार बाट आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
उनको टाउकोमा धारिलो हतियार प्रहार भएको छ । घाइते महंन्थको उपचार स्थानिय बागमती अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको हो । आक्रमण कसले र किन गरेको हो भन्ने बारेमा खुल्न नसकेको प्रहरीको भनाइ छ । पुजारीको बयानको आधारमा आक्रमण गर्ने व्यक्तिको खोज तलास भइरहेको र थप अनुसन्धान प्रकिया अगाडी बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आरके श्रीवास्तव,रौतहट, २२ गते भदौ ।
रौतहटमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । जिल्लाको कटहरिया नगरपालिका अन्तर्गतको एक बिधालयमा आज चित्रकला प्रतियोगिता आयोजन गरी सो दिवस मनाइएको हो । सो नगरपालिकाको वडा नम्बर २ जमुनिया गाउँमा रहेको श्री माध्यमिक बिद्यालयमा चित्रकला प्रतियोगिता आयोजन गरिएको हो ।

शुक्रबार जिइसी युके एआइडिए नामक संस्थाको आर्थिक र पिन नेपालको प्राबिधिक सहयोग तथा एसओडिसि नामक संस्थाको आयोजनामा उक्त चित्रकला प्रतियोगिता सम्पन्न भएको श्री माध्यमिक बिद्यालय जमुनियाका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुश्वाहाले जानकारी गराउनु भयो ।
बिधार्थीहरुलाइ चित्र बनाउने तर्फ हौसला बढाउन प्रतियोगिता गरिएको उनले बताए । सो चित्रकला प्रतियोगितामा पहिलो स्थानमा सन्जना कुमारी राम,दोस्रोमा बन्दना कुमारी कुश्वाहा र तेस्रोमा प्रतिक्षा कुमारी चौधरी रहेकी छिन् । राम्रो चित्र बनाउने उनीहरुलाइ पुरस्कार पनि प्रदान गरिएको हो ।

साथै रिन्कु कुमारी पन्डित ,कबिता कुमारी राम, मन्दिप कुमार यादव, रोशनी कुमारी पन्डित, कन्हैया शर्मा सहित ७ जना विधार्थीलाइ सान्तवना पुरस्कार कपि र कलम प्रदान गरिएको उनले बताए । कार्यक्रमलाइ सम्बोधन गर्दै सो वडाका वडा अध्यक्ष हरेन्द्र साहले आउने दिनहरुमा अभिभावकहरुले बिधालयको विकासको लागि सहयोग गर्ने बताए । साथै आफूले पनि वडा बाट हुन सक्ने हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले भने यस्तो कार्यक्रम आयोजन हुँदा बिधार्थीहरुको सीप विकासमा मदत पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधि, जनप्रतिनिधि, अभिभावक, शिक्षक,शिक्षिका,बिधार्थीहरु लगायतको उपस्थिती रहेको थियो । श्री माध्यमिक बिधालय जमुनियमा प्रधानाध्यापकको रुपमा कुश्वाहा आएपछि बिधालयको अवस्था बदलिदै गएको छ ।
उनीमाथि आशा जागेको छ भने बालबालिकाहरु संतुष्ट हुन थालेका छन् । प्रअ कुश्वाहा प्रति अभिभावकहरु पनि उत्साहीत छन् । उनी यसअघि श्री जनता मावि कटहरियामा प्रअको जिम्मेवारी सम्हाल्दा बिधालयको मुहारनै फेरिएको थियो । त्यसबाट अभिभावकहरु उनीप्रति आकर्षित छन् ।
आरके श्रीवास्तव,रौतहट,भदौ २१ गते ।
रौतहटको जिल्लाको मौलापुर नगरपालिकामा कार्यरत कर्मचारीहरूले निजामती सेवा दिवस नमनाउने भएका छन् । उनीहरुले एक संयुक्त विज्ञप्ती मार्फत सो जानकारी गराएका हुन् । आज मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहलाइ सो विज्ञप्ती बुझाएका हुन् ।
विज्ञप्तीमा भनिएको छ । संघिय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति सुशासन, विकास र समृद्धिको आकाङ्क्क्षा पूरा गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने शासन प्रणालीको प्रशासनिक संरचनामा संघिय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भन्ने विभेदकारी नीति निर्माण गर्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८०÷०५÷०४ गते निजामती सेवा दिवस (भाद्र २२ गते) मनाउने भनी यस नगरपालिकालाई पत्राचार गरेको हुँदा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवासुविधा, वृत्ति विकासको सुनिश्चित नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरूलाई निजामती परिभाषामा नसमेटिएको अवस्थामा कर्मचारीहरू बीच विभेद भएकोले निजामती सेवा दिवस मनाउन उपर्युक्त नठानी भाद्र २२ गते विरोध स्वारूप कालोपट्टी बाँधी विरोध जनाउने उल्लेख छ ।
साथै स्थानीय कर्मचारीहरूको सेवासुविधा सम्बन्धी व्यवस्था नभएसम्म निजामती सेवा दिवस नमाउने निर्णयका साथै सम्बन्धित निकायको ध्यानाकर्षण सहित प्रस्तावित संघिय निजामती ऐनको मस्यौदामा विभिन्न व्यवस्था समावेश गर्नका लागि जोडदार माग गरेका छन् ।
उनीहरुले संघिय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने,सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनुपर्ने,सरुवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रिय प्रणालिमा आधारित हुनुपर्ने,अन्तरप्रदेश सरूवाको व्यवस्था संघिय ऐनमा नै खुलाउनु पर्ने,निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरूलाई समेट्नु पर्ने, ६. संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधा र वृत्ति विकास सम्बन्धमा विभेद नभई समान हुनुपर्ने,प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने लगायतका कुरा समावेश गर्न माग गरेका छन् ।
ओम प्रकाश यादव भदौ २० गते, रौतहट ।
रौतहटका विभिन्न राजनीतिजक दलका नेताहरुले पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल संग बिहिबार भेटघाट गरेका छन । बर्सौदेखी बन्द रहेको श्रीराम सुगर मिल्स गरुडा संचालन गराउनु पर्ने माग रख्दै उखु उत्पादक संघ रौतहटको नेतृत्वमा जिल्लाका नेताहरुले आज बिहिबार काठमाडौं स्थित नेकपा एकिकृत समाजवादि पार्टीको कार्यालयमा नेता माधब कुमार नेपालसंग भेटबार्ता गरेका छन ।
भेटघाटमा नेताहरुले बन्द रहेको श्रीराम सुगर मिल्स सुचारु गराउन पहलकदमि लिन नेता नेपाललाई आग्रह गरेका छन । जवाफमा नेता नेपालले बन्द मिल्स सुचारु गराउन आफू कुनै कसर बाकी न राख्ने बताएको भेट्मा सहभागी जनता समाजबादि पार्टीका नेता राज कुमार दासले जान्कारी दिएका छन ।
गरुडा चिनि मिल्स सुचारु गराउन आफुले उधोग मन्त्री देखि लिएर प्रधानमन्त्री प्रचण्डसंग समेत कुरा गर्ने र मिल्स चाडै संचालन गराउने बाताबरण बनाउने नेता माधव नेपालले आश्वासन दिएको भेटघाटमा सह्भागी अर्का उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । नेपाली कांग्रेसका रौतहत जिल्ला सभापति सुनील कुमार यादव जितेन्द्र, पूर्व माननिय कल्याणी खड़का , नेकपा एसका नेता अशोक प्रसाद यादव, अनिल कुमार यादव नेकपा एसका बृज किशोर यादव, जस्पा नेता राजकुमार दास, नेकपा एसका नेता रेवंत झा, रअरुण यादवले नेता नेपालसंग भेटघाट गरेका छन ।
आरके श्रीवास्तव,रौतहट, २१ गते भदौ ।
रौतहट । जिल्लाको राजपुर नगरपालिकाले नगरको शान्तिसुरक्षा कायमगर्न नगर प्रहरी भर्ना गरी आधारभूत तालिम समापन गरी नगर प्रहरीलाई दिक्षान्त÷पास आउट गरिएको छ ।

सो कार्यक्रमलाइ सम्बोध गर्नु हुदै रौतहट प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले देश संघियतामा प्रवेश गरेपछि स्थानिय सरकारको अवधारण अन्तर्गत पालिकाहरुले न्यायिक समिति लगायतका काम सहयोग पुर्याउनका लागि नगर प्रहरीको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनु भयो । राजपुर नगरपालिकाका नगर प्रमुख डा.मो.राजिक आलमले नगर प्रहरीहरुलाइ तालिम सफतापूर्वक समापन गरेकामा बधाइ दिदै कार्यकाल सुखद रहोस् भनी कामना समेत गर्नु भएको थियो ।

उनले नगर प्रहरीको काम कर्तब्य गर्दा बिधिलाई मान्न आग्रह समेत गर्न भयो । उनले भने,२०७२ को संविधानले जुन तीन तहको सरकारकोे परिकल्पना गरेको थियो । त्यसै अनुरुप आज स्थानिय सरकार सक्षम रुपमा आफूलाइ प्रस्तुत गर्न सफल भएको बताउनु भयो । स्थानिय सरकारको कार्याविधिलाइ नै टेकेर राजपुर नगरपालिकाले नगर प्रहरी जवान खडा गरेको बताए । आफू निर्वाचित भएदेखि नै हाम्रो आफनै नगर प्रहरीहोस् ।

नगरप्रहरी राख्नुको मूल उदेश्य शान्तिसुरक्षा होस् ,विधिको शासन कायम होस् भन्ने रहेको बताउनु भयो । भेदभाव नहुने कुरामा राजपुर नगरपालिका दृढ रहेको बताउनु भयो । नगरप्रहरी राख्दै गर्दा नगरको शान्ति सुरक्षा कायम हुनेमा विश्वास व्यक्त गर्नु भयो । नगरप्रमुख आलमले नगरप्रहरीलाई बिधिमा रहेर अनुशासनमा रहेर, नगरप्रहरीलाई काम कर्तव्य गर्न आग्रह गर्नु भयो । साथै अनुशासित भएर कर्तव्य पालना गर्न आग्रह गर्दै । कार्य सम्पादनको आधारमा दर्जा प्रदान गरिने विश्वास दिलाउनु भयो । स्थानीय सरकारको काम, कारवाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको र त्यसै अनुरुप जिल्ला प्रहरी कार्यालय संगको समन्वयमो आधारभुत तालिम आयोजना गरिएको बताउँदै सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा नगर प्रमुख आलमले जोड दिए ।

त्यस्तै कार्याक्रममा स्वागत मन्तव्य राख्दै नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले स्थानिय सरकारले कार्यविधि तयार पारी नगर प्रहरी भर्ना गरेको जानकारी गराउनु हुँदै । हामीले सोचे अनुसार नगरप्रहरीले आफनो कर्तव्य पालन गर्नेमा विश्वास व्यक्त गर्नु भयो । राजपुर नगरपालिकाले गराएको नगर प्रहरीको तालिममा २८ जनाको सहभागिता रहेको थियो । जसमा २ जना महिला र २६ जना पुरुष रहेका छन् ।

उनीहरुले सफलतापूर्वक तालिम समापन गरी आज(बिहिवार) पास आउट भएका हुन् । कार्यक्रममा नगरप्रहरीकोृ तालिममा प्रशिक्षक रुपमा खटिएका प्रहरी कर्मचारीलाइ सम्मान गर्नुका साथै नगरप्रहरीहरु लाइ प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । उनीहरूलाई प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम–कर्तव्य, कार्यालय सुरक्षा विधि, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुस तथा आमसभाको सुरक्षा व्यवस्था लगायतका तालिम दिइएको तालिमका संयोजक प्रहरी निरिक्षक झलक प्रसाद शर्माले बताए ।

नगर प्रहरीलाई घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र शारीरिक व्यायाम, खेलकुद, कवाज, खालीहात लडाइँल गायतका बाह्य गतिविधिमा समेत संग्लन गराई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइएको उनले बताए ।


