सिरहा, २७ कात्तिक।
काठ तस्करीको आरोपमा पक्राउ परेका सिरहा गोलबजारका व्यसायी हिरासत छल्न विरामीको वाहानामा घर बसेका छन्।
वन कर्मचारीकै मिलेमत्तोमा गोलजार नगरपालिका ४ स्थित गौरव सःमिहलका संचालक श्याम साहलाई हिरासत छल्न विरामीको वाहानामा पर्व अवधिभरलाई आफन्तको जिम्मा लगाइएको हो।

गत शनिवार १८ गते ठूलो परीमाणमा प्रतिवन्धित करम जातको करिव दुईसय ५० क्यूविक फिट काठ सहित पक्राउ परेका साहलाई विरामी परेपछि हिजो शनिबार उपचारको लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याएका थिए। अस्पतालमा पुर्याएका उनलाई थप उपचारको लागि वाहिर लग्नु पर्ने भन्दै रेफर गरेपनि साह अहिले आफ्नै घरमा रहेको स्रोतले जनाएको छ।

वन कार्यालयले उपचारका लागि साहको आफन्त पर्ने प्रादेशि अस्पतालका ल्याव असिस्टेन्ट कृष्णा गुप्ताको जिम्मा लगाएको डिभिजन वन कार्यालय लहानका वन कर्मचारी तथा यस घटनाका अनुसन्धान अधिकृत देवेन्द्र पासवानले जानकारी दिए।

उनले भने, ‘उनी विरामी परेकाले उचारको लागि अस्पताल लगेका थियौं, अस्पतालका कर्मचारी उनको आफन्तसमेत रहेकाले उनकै जिम्मामा उपचार भईरहेको छ।’

वन कर्मचारीले उपचारमा रहेको भने पनि सःमिल संचालक साह अहिले आफ्नै घरमा रहेको उनका एक आफन्तले बताए। हामीलाई सूचना दिने साहका आफन्तले तत्काल १५ लाख धरौटीमा छुटेको बताए।
साहको कहाँ उपचार भईरहेको छ भन्ने कुरा वन कर्मचारी र जिम्मा लिएका सहलाई समेत जानकारी छैन। वन कर्मचारीले उनका आफन्तलाई उपचारको लागि जिम्मा लगाएको बताए पनि जिम्मा लिएका उनका आफन्त कृष्णा गुप्तालाई सःमिल संचालक कहाँ छन् भन्ने जानकारी छैन्।
यता डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित झाले भने उनी विरामी भएका र चाडपर्व पनि भएकाले व्यवहारिक्तालाई ख्याल गरेर तत्काल उनको आफन्तको जिम्मा लागाएर छोडिएको बताए।
वन कर्मचारीको बाझिएको भनाई र आफन्तले धरौटीमा छोडेको भन्ने विषयले आर्थिक चलखेलको गन्ध प्रस्ट हुन्छ।
वनकै एक कर्मचारीले अनुसन्धानको काम नै नसकिएकोले अहिले धरौटीमा छाड्ने सवाल नै नभएको बताए। उनले साह विरामी भएकाले उपचारको लागि पठाइएको बताउँदै उनी घरमा रहेछ भन्ने तत्काल हिरासतमा फर्काउने बताए।
साहलाई शनिवार १८ गते उनकै सःमिलबाट प्रतिवन्धित करमजातको काठ सहित पक्राउ गरेको थियो।
आरके श्रीवास्तव,राैतहट,कार्तिक २५ गते ।
राैतहट – राैतहटकाे कटहरिया नगरपालिका वड नम्बर ७ ले दिपावली तथा छठ पर्व २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । सो कार्यक्रमको सञ्चालन वडा सचिव जयराम साहले र अध्यक्षता वडा अध्यक्ष सहिद मिया धाेवीले गर्नुभएको थियो ।

दिपावली पर्व सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्दै उज्यालो भएको दिन महत्त्वपूर्ण रहेको वडा अध्यक्ष मियाले बताउनु भयाे । दिपावली र छठ पर्वले देशविदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरू भेटघाट हुने र मान्यजनबाट आशिर्वाद दिने धार्मिक महत्त्व र विस्वास रहेको उनले बताए ।

कार्यक्रम सञ्चालन गर्दै वडा सचिव साहले दिपावली पर्वले सबैकाे जिवनमा उज्यालो ल्याओस् भन्ने कामना गर्दै सबैजनामा शुभकामना व्यक्त गर्नु भएको थियाे । साे कार्यक्रममा वडा सदस्य रामकिशाेर राय यादव,समाजसेवी भाेला राय यादव,काैशल किशाेर चाैधरी लगायतले आफनाे शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा वडा सदस्यहरू नन्दलाल राउत,श्रीपति देवी,बनारसी देवी लगायत स्थानीय भद्रभलादमि, बुद्धिजीवीहरूकाे सहभागीता रहेको थियाे ।
वीरगञ्ज, पर्सा, २५ कात्तिक
पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । दुवै टोलीबीच आज दिउँसो २ बजे वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा फाइनल खेल हुँदैछ । सेमिफाइनलमा आर्मीले सङ्कटा क्लबलाई तथा पुलिसले आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबलाई हराउँदै फाइनल खेलको यात्रा तय गरेका हुन् । आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबका अध्यक्ष सुबिन बस्नेतका अनुसार वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार १११ तथा उपविजेताले रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली सहभागी छन् । रासस
आरके श्रीवास्तव,राैतहट,२४ गते
कार्तिक राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाकाे एक बिधालयमा आज छात्रवृत्ति र पाेशाक वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ५ स्थित रहेकाे श्री प्राथमिक बिधालय डुमरियामा छात्रवृत्ति र बिधालयकाे हाउस ड्रेस प्रदान गरिएको हाे । मंगलबार र शुक्रबार लगाउने साे ड्रेस प्रदान गरिएको बिधालयले जनाएको हाे ।

बिधालयका जग्गा दाता श्रीमती भावना बस्नेतले उपलब्ध गराएको ४५ हजार बराबरकाे पाेशाक वितरण भएको हाे । शुक्रबार नगरपालिका बाट आएको आर्थिक २०७९/०८० काे छात्रवृत्ति वितरण गरिएको हाे । बिधालयमा अध्ययनरत सम्पूर्ण छात्रा,दलित छात्र,छात्राहरू लाई कुल ३० हजार ८ सय रूपैयाँ वितरण गरिएको प्रधानाध्यापक संताेष कुमार जयसवालले जानकारी गराउनु भएको हाे ।

साे बिधालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरू लाई वितरण गरिएको हाे । बिधालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु महताे काेईरीकाे अध्यक्षतामा वितरण गरिएको हाे । साथै बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरू र स्थानीय भद्रभलादमीहरूले बिधालयमा निर्माण भएको भवनकाे हिसाबकिताब प्रअ जयसवाल सँग लिएका थिए ।
छात्रवृत्ति वितरणकाे अवसरमा पूर्व अध्यक्ष भाेला महताे काेईरी,पूर्व अध्यक्ष रघुवंश यादव,वडा सदस्य शिवशंकर यादव,प्रमाेद कुशवाहा,स्थानीय भद्रभलादमी, बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

काठमाडौँ,२५ कार्तिक
मधेश प्रदेशको सबैभन्दा बढी धनराशिको प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
वीरगन्जको आदर्शनगर रंगशालामा दिउँसो हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दुबै विभागी टोलीका प्रशिक्षकले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताएका छन् । नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले टिमवर्क र प्रदर्शन राम्रो भएकाले उपाधि जित्ने दाबी गरे ।
यस्तै, आर्मीका प्रशिक्षक विकास मल्लले उपाधिका लागि राम्रो तयारी रहेको बताए ।
बिजेता टोलीले ११ लाख ११ हजार र उपविजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
भेट्रान्स सिटी क्लबले आयोजना गरेको गेल्डकपमा नेपालका ६ र भारतका २ गरी ८ टिमले प्रतिस्पर्धा गरेका छन् ।
इन्दीप कोइराला,बारा, २३ कात्तिक ।
बारा प्रहरीले सिम्रौनगढ ११ बाट दुई पेस्तोल र दश थान गोलीसहित पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने जिल्ला बारा सिम्रोनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नं.२ बस्ने ४४ वर्षीय राजमंगल पटेल र ८० वर्षीय शाेभा राउत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने रूलाल पटेलको छोरा उपेन्द्र पटेलले आफ्नो घर कोठामा अबैध रुपमा हतियारसहित मानिस लुकिछिपी बसेको सूचना पाएर गएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको एउटा नलकटुवा पेस्तोल सहित एक थान गोली र एउटा रिभाल्वर सहित सात थान गोली बरामत गरिएको हो । यो संगै प्रहरीले केएफ लेखिएको जंगी राउण्ड दुई थान गोली बरामद गरिएको बाराका प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिए।
पक्राउ परेकालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिशाल बस्नेत,महोत्तरी, २३ मंसिर ।
महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी प्रहरीको सम्पर्कमा आएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू ढल्केबरबाट सम्पर्कमा आएका हुन् ।
घरपरिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् । सम्पर्कमा आए पनि उनीहरुले घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ ।
`उनीहरु घर फर्कन चाहेका छैनन, हामी मेयरका घरमा जान्छौ भनेका छन्,´ किशोरीहरुलाई उद्धृत गर्दै गौशाला प्रहरी प्रमुख मनोज यादवले भने ।
घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको प्रमुख यादवले जानकारी दिए । आफूहरुलाई घर नफर्काउन अडान लिएका किशोरीहरुलाई प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ ।






सप्तरी, २२ कात्तिक ।
खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।