राैतहट,०७ गते पुस ।
राैतहटकाे राजदेवीमा नगरस्तरीय हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । राैतहटकाे राम नरेश लक्ष्मण माध्यमिक विद्यालय हजमिनियामा मा• वि र आ• वि• स्तरीय अलग अलग हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे हाे । राजदेवी नगरपालिकाकाे आयाेजनामा मा वि हजमिनियामा सम्पन्न भएकाे साे कार्यक्रममा मा वि तर्फ मा वि हजमिनिया, मा वि मुडवलवा, मा वि ब्रह्मपुरी, मा वि वसतपुर, मा वि सेढवा र मा वि पथरा तथा आ वि तर्फ आ वि लक्ष्मीपुर बेलबिछवा र सबै मा वि गरी ७ वटा विद्यालयकाे सहभागीता रहेकाे थियाे ।

साे प्रतियोगितामा मा वि तर्फ मा वि हजमिनिया प्रथम, मा वि मुडवलवा द्वितीय र मा वि वसतपुर तृतीय स्थान हासिल गरेका थिए भने आ वि तर्फ आधारभूत विद्यालय लक्ष्मीपुर बेलबिछवा प्रथम , मा वि ब्रह्मपुरी द्वितीय र मा वि पथरा तृतीय स्थान हासिल गर्न सफल भयाे । विजेता विद्यार्थी तथा विद्यालयलाई राजदेवी नगरपालिकाकाे नगरप्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख राज कुमारी देवी साह तथा प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले पुरस्कार तथा ट्रफी वितरण गर्नु भयाे ।

मा वि हजमिनियाकाे सहायक प्रधानाध्यापक नरेश यादव तथा मा वि ब्रह्मुरीकाे सूचना अधिकारी राम विश्वास मुखियाले संयुक्तरूपमा सञ्चालन गर्नुभएको साे कार्यक्रममा नगर प्रमुख यादव , नगर उपप्रमुख साह र प्रमुख प्रसाशकीय अधिकृत कायस्थले मन्तव्य राख्नु भयाे । यस अघि नगरप्रमुख यादवले दिप प्रज्जवलीत गरी तथा माता सरस्वतीकी फाेटाेमा माल्यार्पण गर्दै प्रतियोगिताकाे शु-भारम्भव गर्नु भएकाे थियाे ।
सहायक प्रधानाध्यापक नरेश यादवले स्वागत मन्तव्य राख्नु भएकाे साे कार्यक्रममा मा वि मुडवलवा र मा वि हजमिनियाकी छात्राहरूले स्वागत गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन सत्रलाई सम्बाेधन गर्दै नगर प्रमुख यादवले नगरकाे शिक्षालाई सब्बल बनाउन पालिकाले अभियाननै थालेको बताउनु भयाे । विद्यार्थीमा रहेकाे प्रतिभा पहिचान गर्न तथा विद्यार्थीकाे चाैतर्फी विकास गर्न यस्ता कार्यक्रमले थप सहयाेग गर्ने बताउदै उहाँले पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयाे । साेही कार्यालयलाई सम्बाेधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले विद्यार्थीभित्रकाे डर हटाउदै प्रतिभा पहिचानमा यसले सहयाेग गर्ने बताउनु भयाे ।

पालिकाकाे शैक्षिक गुणस्तर सुधारमा पालिका लागेकाे बताउदै वहाँले शैक्षिक सुधारका अलग अलग कार्यक्रम अन्तर्गत याे पनि एउटा रहेकाे बताउनुभयाे । यसले विद्यार्थीलाई भविष्यमा आयाेगका लागि सहयाेग पुर्याउन समेत बताउनु भयाे । मा वि हजमिनियाबाट कार्यक्रमकाे सुरुवात भएकाे बताउदै वहाँले आगामी दिनमा पालैपालाे सबै विद्यालयमा कार्यक्रम गर्ने बताउनु भयाे ।
मा वि हजमिनियाकाे प्रधानाध्यापक संजय कुमार यादवकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा मा वि ब्रह्मपुरीकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तव, सूचना अधिकारी राम विश्वास मुखिया, मा वि वसतपुरकाे प्रधानाध्यापक राम विश्वास यादव, मा वि मुडवलवाकाे शिक्षक टेकनाथ खतिवडा , मा वि पथराकाे प्रधानाध्यापक उतिचन्द्र यादव, आधारभूत विद्यालय लक्ष्मीपुर बेलबिछवाकाे भृगु पंडितलगायतका शिक्षक तथा विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा सहभागी विद्यार्थीसहित उपस्थित हजारौं विद्यार्थी कार्यक्रमप्रति उत्साहित देखिन्थ्यो ।

पुस ०६ गते
प्रधानमन्त्री कप महिला क्रिकेटमा सशस्त्र प्रहरी बल-एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । एपीएफले शुक्रबार भएको खेलमा मधेश प्रदेशलाई १० विकेटले हरायो । पहिला ब्याटिङ गरेको मधेश प्रदेशलाई ४० रनमा समेट्दै एपीएफले जितको आधार बलियो बनाएको थियो ।
मधेश प्रदेशले १९.२ ओभरमा सबै विकेट गुमाएर ४० रन मात्र जोड्न सक्यो । उसका ५ जना ब्याटरले खाता खोल्न सकेनन् । प्रतिमा शाहले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । एपीएफकी सिता रानामगरले ३ तथा रेखा रावल र सुमन विष्टले २/२ विकेट लिए ।
एपीएफले झिनो लक्ष्य ५.५ ओभरमा पुरा गर्यो । उसका सिता रानामगरले १९ र ज्योती पान्डेले १६ रन बनाए । प्रतियोगितामा २ खेलपछि एपीएफ र कोशी प्रदेशको ४/४ अंक छ । सुदूरपश्चिम प्रदेश, गन्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशले २/२ अंक जोडेका छन् । मधेश र कर्णाली प्रदेशले लगातार दोस्रो हार ब्यहोरेका हुन् ।
पुस ०६ गते
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मधेस प्रदेश समितिको पाँचौँ पूर्ण बैठक जनकपुरमा सुरु भएको छ । शुक्रवार बिहान उपेन्द्र यादवकै उपस्थितिमा मधेस प्रदेशको संसदीय दलको बैठक बसेको थियो । मधेस प्रदेशको सरकार सञ्चालन तथा पार्टीको आन्तरिक विवाद लगायतका विषयमा छलफल गर्नका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवकै उपस्थितिमा बैठक बसेको हो । आजको बैठकमा मधेस प्रदेशमा रहेका अन्य केन्द्रीय नेताहरूलाई बोलाइएको छ । मधेस प्रदेशमा देखिएको पार्टीभित्रको विवादका लागि जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । त्यो कार्यदलले पनि पार्टी विवादबारे अध्ययन गरेको छ । ती विषयमा पनि बैठकमा छलफल हुने स्रोतले जनाएको छ । माघ ११ गते हुने राष्ट्रियसभा चुनाव, जसपाले पाउने सिट र उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
पुस ०६ गते
वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा आर्मीले भारतको वर्डर्स क्लब नोइडालाई ९ विकेटले पराजित गर्यो।
पहिला ब्याटिङ गरेको नोइडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन जोडेको थियो। नोइडालाई सामान्य योगफलमा सिमित गर्न साहब आलमले ४ तथा सोमपाल कामी, कुशल मल्ल र बासिर अहमदले एक एक विकेट लिए।
साहबले चार ओभरमा २ मेडन राख्दै ४ रन मात्र खर्चिएका थिए।
आर्मीले १३.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। आर्मीका कुशल मल्लले ३५ बलमा ४१ र सन्तोष कार्कीले २३ बलमा ३७ रन जोडे। भीम सार्कीले पनि २० रन बनाए।
काठमाडौँ पुस ६
— वीरगन्ज युनाइटेडले नेपाल सुपर लिगमा त्यस्तो जित निकालेको छ, जसले शीर्ष चारको समीकरण रोमाञ्चक मात्र होइन, जटिल पनि बनाएको छ । तर, यसले धनगढी एफसीको उद्दार गरेको छ । पोखरा थन्डर्स सुरुमा एक मात्र यस्तो टिम देखिन्थ्यो, जसले प्लेअफ खेल्ने निश्चित गरिसकेको थियो । अब यसमा धनगढी पनि थपिएको छ । यसरी मैदानमै प्रवेश नगर्दै धनगढी भाग्यमानी टिम साबित भयो ।
प्लेअफ समीकरणबाट स्पोर्टिङ इलाम र एफसी चितवन मात्रै बाहिरिएका छन् । बाँकी सबैको गणितीय सम्भावना कायम छ । अब लिग चरणमा चार खेलमात्र बाँकी छ । त्यसमा धनगढी एफसीले पोखरा, झापाले चितवन, बुटवल–लुम्बिनीले वीरगन्ज र ललितपुर सिटीले काठमाडौं रेजर्सको सामना गर्नेछ । यसमध्ये धनगढी र पोखराबीचको खेल एक प्रकारले औचापरिकमात्र हुनेछ । यसको नतिजाले शीर्ष चारको वरीयता भने निर्धारण गर्नेछ ।
शीर्ष चारमा पुग्न ललितपुर, झापा, काठमाडौंले आ–आफ्नो खेल जिते पुग्छ । वीरगन्जका लागि आफू जितेर मात्र पुग्ने छैन, अरूको नतिजामा भर पर्नुपर्नेछ । यसक्रममा धेरैखाले ‘तर र यदि’ पनि लागू हुनेछन् । काठमाडौं र ललितपुरले एक आपसमा खेल्ने भएकाले यी दुई टिममध्ये एक मात्र प्लेअफ पुग्ने पनि हुनसक्छ । यो नै प्रतियोगिताको अन्तिम लिग खेल रहेको छ । यसमै एकै टिम मात्र विजेता हुने भएकाले धनगढीको भाग्य खुलेको हो । काठमाडौं र ललितपुरबीचको खेल बराबरी भएर वीरगन्जले आफ्नो खेल जितेमा शीर्ष चारभित्र स्थान बनाउन सक्छ ।
वीरगन्जका विलियम ओपोकु । उनको ह्याट्रिकमा वीरगन्जको प्रभावशाली जित ।
आखिरमा कसले सोचेको थियो र यस खेलअघि पुछारमा रहेको वीरगन्जले डिफेन्डिङ च्याम्पियनलाई यति ठूलो अन्तरले हराउने छ भनेर ? तर यस्तै अविश्वसनीय जित आत्मसात् गरेपछि वीरगन्जको ७ खेलबाट ८ अंक भएको छ । टोली छैटौं स्थानमा उक्लेको छ । काठमाडौं भने ७ खेलबाट ९ अंकमा सीमित रहेर पाँचौं स्थानमा कायम रह्यो । निश्चित जितको संघारमा रहेर पनि काठमाडौं हार बेहोर्न बाध्य रह्यो । यसको दोष पनि टोलीकै रह्यो ।
सुशील लामाको प्रहार आन्द्रेस निआको हातमा छोएर बाहिरिएकामा रेफ्री सुरोजित दासले पेनाल्टीको निर्णय दिएका थिए । भिडियो रिप्लेमा भने ठ्याक्कै के भएको थियो, त्यो प्रस्ट देखिएन ।
काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले त्यो निर्णय विवादास्पद रहेको दाबी गरे र यसैले खेलको दिशा फेरिएको दाबी गरे । दोस्रो हाफ सुरु भएको ४८ सेकेन्डमै वीरगन्जले दोस्रो गोल थप्यो । सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका सुनील खड्काले गोल गरे ।
ओपोकुले ५६ औं मिनेटमा फ्रि–हेडरको मदतमा टिमका लागि तेस्रो गोल गरे । उनले ह्याट्रिकका लागि लामो समय कुर्नुपरेन । यो ५७ औं मिनेटमा सम्भव भयो । यो भने प्रतियोगिताको इतिहासकै एक उत्कृष्ट गोल रह्यो । सुशीलले निकालेको पासमा ओपोकुले लगभग ३० यार्डबाट गरेको प्रहार विपक्षी गोलरक्षक अञ्जल श्रेष्ठ बिट गर्दै गोलमा परिणत भएको थियो । यसअघि पहिलो संस्करणमा काठमाडौंका लागि मेसुके ओलेमोउले ह्याट्रिक गरेका थिए ।
ओपोकुले यस संस्करणमा गरेको गोलसंख्या ५ पुगेको छ । ‘आजको खेल जित्न सक्छौं भनेर त सोचेका थियौं, तर यति धेरै अन्तरले जित्नेबारे सोचेका थिएनौं,’ खेलपछि वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले प्रतिक्रिया दिए । अर्कोतर्फ काठमाडौंका प्रशिक्षक महर्जनले भने आफ्नो प्रशिक्षक जीवनमै यो हार सबैभन्दा पीडादायी रहेको बताउँदै भने, ‘आज हाम्रा अधिकांश खेलाडीले स्वार्थी भएर खेले । त्यसले पनि हाम्रो प्रदर्शन राम्रो हुन नसकेको हो ।’
आरके श्रीवास्तव,राैतहट,०६ गते पुस ।
ईलाका प्रहरी कार्यालय कटहरियाकाे नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् ।
ईलाका प्रहरी कार्यलय कटहरियामा नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् । सिंह ईलाका प्रहरी कार्यालय कटहरियामा आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कार्ययोजना बनाई शान्ती सुरक्षामा कमी कमजोरी हुन नदिन कडाका साथ लाग्नु भएको हाे । सिंह आएपछि कटहरिया बजारमा प्रहरीले शान्ति सुरक्षाका गतिविधिलाई ह्वात्तैे बढाएको हो ।
उनले प्रहरी चेकिङ लाइ कडा बनाएका छन् । प्रहरीकाे सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारीताका साथ बढाउने उनले बताएका छन् । उनको सक्रियताले कटहरियामा शान्ति सुरक्षामा मजवुत बनाउने स्थानीय बासिहरुको अपेक्षा छ । कटहरियाको शान्ति सुरक्षाको लागि यहाँका नागरिकसँग हातेमालो गरेर अघि बढ्ने प्रहरी बरिस्ठ नायब निरिक्षक सिंहले बताएका छन् ।
यसका अलावा उनले प्राथमिक केन्द्र कटहरिया नियम विपरीत काम गरिरहेका ठेकेदार लाई ध्यानाकर्षण गराई नियमपूर्व काम गराउन पहल समेत गर्नु भएको छ । साथै सिंहले कार्यभार सम्हाल्ने वितिकै तस्करहरूमा हडकम्प नै मचेकाे छ । तस्करी नियन्त्रण तर्फ पनि उनले कडाइका साथ लाग्नु भएको हाे । जसले गर्दा तस्करहरूमा भागाभाग भएको हाे । पछिल्लो समय कटहरियामा चाेरीकाे घटनामा वृद्धि भएको थियो । त्यसलाई पनि न्यूनीकरण गर्ने तर्फ लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
जनकपुर ६ पुस।
नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो ।
सिरहा पुस ६ /
सिरहाको रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।

सिराहा ६ पुस /
सिराहा जिल्लाको कान्छो नगरपालिकाका रूपमा रहेको छ, धनगढीमाई नगरपालिका । २०७२ साल असोज १ गते साबिक धनगढी, विष्णुपुरकट्टी, हनुमाननगर, भवानीपुर, फुलकाहाकट्टी र अयोध्यानगर गरी छ वटा गाविस समायोजन गरी धनगढीमाई नगरपालिका घोषणा गरिएको थियो ।
पूर्वपश्चिम राजमार्गमा परेका ससाना बजारलाई प्रवर्धन गरी सहरीकरण गर्नु धनगढीमाई नगरपालिकाको प्रमुख प्राथमिकता रहे पनि यस नगरपालिकाले पर्यटन, स्वास्थ्य र कृषि क्षेत्रमा प्रशस्त सम्भावना बोकेको छ ।
स्थानीय शिशुज्योति आवासीय माध्यमिक विद्यालयको संस्थापकका रूपमा शिक्षण पेसाबाट राजनीतिमा आएका धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतो गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित हुनुभयो । उहाँसँग गोरखापत्रका सिराहा समाचारदाता सन्तोष सुवेदीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप
– नगरपालिकाको नेतृत्व गर्दै जाँदा कस्तो अनुभव गर्नुभएको छ ?
मैले डेढ वर्षको अवधिमा केही महŒवपूर्ण कार्यमा सफलता प्राप्त गरेको छु । हाम्रो नगरपालिका जिल्लाकै कान्छो नगरपालिका भएकाले अघिल्लो कार्यकालमा सुरु गरिएका केही महŒवपूर्ण काम सम्पन्न गर्ने जिम्मेवारीका साथै नयाँ कार्यलाई अगाडि बढाउने दायित्व हामीमाथि सरेको छ । डेढ वर्षकै अवधिमा शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, पूर्वाधारतर्फ महŒवपूर्ण फड्को मारेका छौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यव्रmम अन्तर्गत ११ वटा विद्यालय भवन निर्माण गरिसकेका छौँ । दुई वटा नमुना विद्यालयमा एक÷एक करोड बराबरको छुट्टै भवनको टेन्डर लागिसकेको छ । नेपालमै पहिलो नेचुरल थेरापीको कोर्स यहीँको प्राविधिक धार विद्यालयमा सञ्चालन गरेका छौँ । स्वास्थ्यतर्फ महेन्द्र गेनाई मेमोरियल अस्पताल, प्राकृतिक चिकित्सालय र नगर अस्पताललाई सुविधासम्पन्न बनाएका छौँ । राजमार्गदेखि उत्तरतर्फ चुरेको फेदमा रहेको जननेता मदन भण्डारी महासचिव हुनुभएको विकट अम्बास क्षेत्रसम्म पुग्न २५ करोड रुपियाँको लागतमा कालोपत्रे सडक, दुईवटा झोलुङ्गे पुल र सञ्चार नेटवर्क स्थापना हुँदै छ । धनगढीमाईस्थित पूर्वपश्चिम राजमार्गलाई भारतीय सीमा नाकासँग जोड्न यहाँदेखिको दक्षिणका गाउँपालिकासँग समन्वय गरेर विभिन्न सहायक मार्गमा कालोपत्रे गरिँदै छ ।
– नगरपालिकालाई व्यवस्थित सहरी नगर बनाउन कस्तो योजना बनाउँदै हुनुहुन्छ ?
विभिन्न गाउँ र विभिन्न साना बजार रहेको यस नगरपालिकालाई व्यवस्थित सहरी र बजार क्षेत्रका रूपमा परिचित बनाउन निकै चुनौतीपूर्ण छ । तर पनि यसका लागि केही खास योजना बनाएका छौँ । नगरपालिकाभित्र पूर्वपश्चिम राजमार्गमा पर्ने छपराडी, धनगढी, जिरोमाइल र कसहालाई व्यवस्थित सहरी क्षेत्रमा रूपान्तरण गर्न सुरु गरिसकिएको छ । यी चारै बजारलाई एकआपसमा जोड्न उज्यालो धनगढीमाईको अवधारणा अगाडि बढाएका छौँ । यस अन्तर्गत राजमार्गमा रहेका बिजुलीका खम्बाहरूमा सिसिटिभी र स्मार्ट सडक बत्ती जडान गर्ने लक्ष्य छ । भारतीय नाकासँग जोडिने प्रत्येक सडक धनगढीमाई नगरपालिकाका यी चारै वटा बजारी क्षेत्रसँगको सिधा सम्पर्कमा हुने छन् । यसले गर्दा यस क्षेत्रका व्यवसाय उकालो लाग्ने सम्भावना देखेका छौँ ।
– नगर प्रमुखका नाताले सबैभन्दा प्रमुख चुनौती केलाई ठान्नुहुन्छ ?
पहिलो पटक निर्वाचित जनप्रतिनिधिका लागि पहिलो वर्ष त सिकाइकै वर्ष हुने रहेछ । यसमा पनि स्पष्ट बहुमत नभएको र खिचडी सरकार जस्तो निर्वाचित भइआएका जनप्रतिनिधिका लागि पनि प्रशस्त चुनौती र समस्या आउँदो रहेछ । स्थानीय तहमा पहिलेदेखि कायम रहेका कर्मचारीको मानसिकता परिवर्तन नहुँदा केही जटिलता आउने रहेछ । निर्वाचित भएर काम सुरु गर्न थालेको छैन; ज्ञात अज्ञात उजुरीकर्ताबाट भए नभएका काममा समेत अख्तियारमा सयौँ निवेदन दिइएका छन् । हामीसँग सीमित स्रोतसाधन छ । पूर्वपश्चिम राजमार्गमा भएर पनि हामीसँग पर्याप्त स्थायी बजार छैनन् । नगरवासीको आकाङ्क्षा ठुलो छ । जनप्रतिनिधिप्रति विभिन्न आशा राखिएका छन् । नगरभित्रको कर प्रणाली, आन्तरिक स्रोत, आन्तरिक प्रशासन कमजोर अवस्थामा छन् । यी सबै कमीकमजोरीलाई व्रmमिक रूपले सुधार गर्दै बल्ल व्यवस्थित गर्दै आएका छौँ । शिक्षा, स्वास्थ्य र पूर्वाधारतर्फको विकास हाम्रो अनिवार्यता हो । सबैले यसतर्फ ध्यान दिइरहेका छन् तर मानवीय र सामाजिक पक्ष बलियो नहुने हो भने जतिसुकै बाटोघाटो र विकास गरे पनि त्यो निरर्थक हुन्छ । त्यसैले मैले मानवीय र सामाजिक विकासलाई केन्द्रमा राखी विकासको मोडेल तयार गरेको छु । यही मोडेलका कारण कान्छो नगरपालिका भए पनि कार्यकालको अन्तिम समयसम्म नगरपालिका सुन्दर र समृद्ध नगरपालिकामा रूपान्तरण हुने छ ।
– नगर क्षेत्रभित्र रहेका अन्य राजनीतिक दलसँग कसरी सहकार्य र समन्वय गरिरहनुभएको छ ?
नेकपा (एमाले) बाट गत स्थानीय निर्वाचनमा निर्वाचित हुनेमा म नगर प्रमुख र अन्य दुई वडाध्यक्ष मात्र छन् । अन्य बाँकी पदमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीबाट जनप्रतिनिधिहरू निर्वाचित भएर आउनुभएको छ तर पनि हामीबिच कहिल्यै विवाद आएको छैन । भएका सानामसिना विवादलाई हामीले तत्कालै आपसमै बसेर टुङ्ग्याउने गरेका छौँ । अहिलेसम्म नियमित रूपले कार्यपालिकाको बैठक बसिरहेकै छ । यसैबाट स्पष्ट हुन्छ, स्थानीय सरकार प्रमुखको हैसियतले मैले अन्य राजनीतिक दलको अस्तित्व स्विकार्दै उनीहरूसँग समन्वय र सहकार्य गर्दै आइरहेको छु ।
– प्रदेश र सङ्घीय सरकारसँग के कस्तो सहयोगको आशा गर्नुभएको छ ?
चाहेर पनि नगरपालिकाको एक्लो बलबुताले भ्याउन नसकिने निकै काम छन् । भारतीय सीमानजिक भएर पनि निर्यातमुखी बन्न सकेका छैनौँ । कृषिको प्रचुर सम्भावना छ तर त्यसलाई विदेशी भूमिमा पठाउन सकेका छैनौँ । ढल निकास र व्यवस्थित बजारीकरणको खाँचो छ । खानेपानी र बजारी सौन्दर्यको खाँचो पूरा गर्न बाँकी छ । यी सबैलाई मैले चुनौती र समस्याका रूपमा लिएको छु । यसलाई सङ्घीय र प्रदेश सरकारको सहयोगमा एकपछि अर्को गर्दै निरुपण गर्नु पर्छ । आर्थिक सङ्कटको बहानामा माग गरिएको जस्तो बजेट प्रदेश र सङ्घबाट आइरहेको छैन । तर पनि कृषि क्षेत्रका लागि पौने तीन करोड रुपियाँ जतिको बजेट आएको छ ।
– काममा नगरवासीबाट कस्तो सहयोग पाउनुभएको छ ?
विकासका प्रत्येक योजनामा स्थानीयस्तरबाटै अनुगमन समिति र निर्माण समिति बनाइएका छन् । त्यस्ता समिति निर्माणमा कुनै पनि किसिमको राजनीतिक दबाब आएको हुँदैन । अनुगमन समिति र निर्माण समितिले कुनै गलत काम गर्ने प्रयास गरेछन् भने त्यसको गुनासो सर्वसाधारणबाट तत्काल हामीकहाँ आइपुग्छ । यो अवस्था हेर्दा मलाई लाग्छ; जुन हिसाबले विकासका योजना कार्यान्वयन गरिँदै छ, ती सबैमा स्थानीय जनताको प्रत्यक्ष सहभागिता देखिने गरेको छ ।
राैतहट,पाैष ५ गते राैतहट।
मीडिया फार बॉर्डर हार्मनीको निमण्त्रणामा नेपालका पूर्व राजदूत लोकराज बरालकाे नेतृत्वमा एक नेपाली टोली भारतको मुजफ्फरपुर पुगेको छ । टोलीले मुजफ्फरपुरमा भारतका राष्ट्रपिता महात्मा गांधी र लोकनायक जयप्रकाश नारायण सग जोडीएका स्थानहरुको स्थलगत अध्ययन अवलोकन गरेका छन ।
नेपालका पूर्व राजदूत सामाजिक, राजनीतिक विश्लेषक प्रोफेसर लोकराज बराल र वरिष्ठ पत्रकार चंदकिशोर झा अध्ययन अवलोकनकाे हिसाबले भ्रमणमा आएको मीडिया फार बॉर्डर हार्मनीका संस्थापक अध्यक्ष अमरेन्द्र तिवारीले बताए । खासगरी लोकनायक जयप्रकाश नारायणको आंदोलनकाे सहयोगी रहेका समाजवादी राजनीतिक, विचारक सच्चिदानंद सिन्हा संग मुशहरी मनिकामा भेटी जेपी आंदोलनको बारेमा जानकारी लिएका छन ।
यसको साथै बिहारको ऐतिहासिक शिक्षास्थल लंगट सिंह कॉलेज परिसरकाे भ्रमण पनि गरका छन । सो अवसरमा कालेजका प्रार्चाय डा ओपी रायले कॉलेज काे इतिहासिक विकास क्रम तथा वर्तमान स्थितिबारे जानकारी दिएका थिए । टोलीले कॉलेज परिसरमा रहेका गांधी कूप, गांधी पार्क , डॉ राजेंद्र पार्क र साहित्यकार रामधारी सिंह दिनकर पार्कको भ्रमण समेत गरेका छन । भारत नेपाल मैत्री सम्बन्धलाई लिएर पत्रकारहरुको संगठन मीडिया फार बार्डर हार्मोनी राम्रो प्रयास गरि रहेकोमा नेपाली टोलीले सराहना गरेका छन ।
जसको फलस्वरुप दुबै देशको बिचको सम्बन्ध र मजबूत बनाउन सहयोग पुगेको मीडिया फार बॉर्डर हार्मनीका अध्यक्ष तिवारीले दाबी गरेका छन । नेपालकाे विकासमा भारत काे ठुलाे योगदान पुर्व राजदुत बरालले बताए । मीडिया फार बॉर्डर हार्मनी का वैशाली जिलाध्यक्ष पत्रकार प्रभात कुमारकाे नेतृत्वमा रहेका भारतिय पत्रकारहरुकाे टोलीले नेपाली टोलीलाई माला गमछाले स्वागत गरेका थिए ।
