२०८३ बैशाख १५
२०८३ बैशाख १५

आरके श्रीवास्तव, रौतहट,पुस१३ गते ।
रौतहटको राजदेवी नगरपालिकामा प्रा वि तर्फ आज नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रौतहटको माध्यमिक विद्यालय ब्रह्मपुरीमा प्रा वि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । राजदेवी नगरपालिकाको आयोजनामा मा वि ब्रह्मपुरीमा सम्पन्न भएको सो कार्यक्रममा मा वि ब्रह्मपुरी प्रथम , मा वि हजमिनियाँ द्वितीय , मा वि वसतपुर तृतीय स्थान हासिल गर्न सफल भयो ।

No description available.
विजेता विद्यार्थी तथा विद्यालयलाई राजदेवी नगरपालिकाको नगरप्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख राज कुमारी देवी साह तथा प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले शुभकामना दिनु भयो । मा वि हजमिनियाको सहायक प्रधानाध्यापक नरेश यादव तथा मा वि ब्रह्मुरीको सूचना अधिकारी राम विश्वास मुखियाले संयुक्तरूपमा सञ्चालन गर्नुभएको सो कार्यक्रममा नगर प्रमुख यादव , नगर उपप्रमुख साह र प्रमुख प्रसाशकीय अधिकृत कायस्थले मन्तव्य राख्नु भयो ।

No description available.
यस अघि नगरप्रमुख यादवले दिप प्रज्जवलीत गरी तथा माता सरस्वतीकी फोटोमा माल्यार्पण गर्दै प्रतियोगिताको शु(भारम्भ गर्नु भएको थियो । मा वि ब्रह्मपुरीको शिक्षक फेकन राउतले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा मा वि ब्रह्मपुरीको छात्राहरूले स्वागत गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

No description available.

उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले नगरको शिक्षालाई सब्बल बनाउन पालिकाले अभियाननै थालेको बताउनु भयो । विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्न तथा विद्यार्थीको चौतर्फी विकास गर्न यस्ता कार्यक्रमले थप सहयोग गर्ने बताउदै उहाँले पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनु भयो ।

No description available.
सोही कार्यालयलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले विद्यार्थीभित्रको डर हटाउदै प्रतिभा पहिचानमा यसले सहयोग गर्ने बताउनु भयो । पालिकाको शैक्षिक गुणस्तर सुधारमा पालिका लागेको बताउदै वहाँले शैक्षिक सुधारका अलग अलग कार्यक्रम अन्तर्गत यो पनि एउटा रहेको बताउनुभयो ।No description available.

यसले विद्यार्थीलाई भविष्यमा आयोगका लागि सहयोग पुर्‍याउन समेत बताउनु भयो । मा वि ब्रह्मपुरीको प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवको सभापतित्वमा भएको सो कार्यक्रममा पालिकाभित्रका सबै २० वटै विद्यालयको प्रधानाध्यापक, शिक्षक प्रतिनिधि तथा विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीसहित उपस्थित हजारौं विद्यार्थी कार्यक्रमप्रति उत्साहित देखिन्थ्यो ।

No description available.

ओम प्रकाश यादव पुस १३ गते, रौतहट ।
मधेश प्रदेश सरकारले दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्न पुरै उदासिन रहेको उक्त कार्यक्रमका वक्ताहरु मनोज राम पर्सा, राजन बैठा सर्लाही, सिकिन्दर दास बारा, रामदेव शर्मा खत्वे सप्तरी, उदय नारायण राम रौतहट, विश्वेश्वर सदा सिरहा, सरस्वती खत्वे धनुषा लगायतका दलित अभियन्ताहरुले एक स्वरमा आरोप लगाएका छन् ।
दलित विकास समितिलाई प्रभावकारी बनाउन मधेश सरकार चासो नलिएका कारण दलितहरु अझै अधिकार पाउनबाट बञ्चित रहेको संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक रामो महाराले बताएका छन ।

No description available.

दलित विकास समिति मधेश प्रदेशले महोतरीको बर्दिवासमा शुक्रवार आयोजना गरेको दलित सशक्तिकरण एन २०७६ ९मधेश प्रदेश० को कार्यान्वयनको अवस्था र स्थानिय सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका छन् ।

No description available.
समितिका सदस्य राजकुमार दासको अध्यक्षता तथा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहको प्रमुख अतिथ्यमा बर्दिवासको पावन मिथिला होटलमा उक्त कार्यक्रमको आयोजना गरिएको छ ।
२०७६ सालमै दलित सशक्तीकरण ऐन ल्याइएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयनमा प्रदेश सरकार उदासीन देखिएको वक्ताहरूको आरोप छ ।
ऐनमा जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि प्रत्येक पालिकादेखि प्रदेशस्तरीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति गठन गर्ने भनिएको छ। तर अहिलेसम्म मधेश प्रदेशको अधिकांश पालिकामा जातीय विभेद तथा छुवाछुत अनुगमन समिति गठन हुन सकेको छैनन ।

No description available.
कार्यक्रममा सहभागी मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहले दलित सशक्तिरण एन २०७६ कार्यान्वयन भए दलितहरु अधिकार सम्पन्न हुने भएको हुँदा दलित सशक्तिरण एन प्रभावकारी कार्यान्वयनका लागि आफुले पहल गर्ने बताएकी छन् ।
अबको एक महिना भित्रमा दलित सशक्तिरण एन २०७६ र नियमावली संशोधन हुने समेत मन्त्री साहले बताइन । एन संशोधन गर्न ड्राफ्ट पहिला नै तयार भइ दलित बिज्ञसंग सुझाव समेत लिसकेकोले यसै महिना भित्र संशोधन गर्ने उनले बताइन ।

No description available.
साथै दलित विकास समितिको कर्मचारीलाई एकसाता भित्रमा व्यवस्थापन गर्ने समेत उनले आश्वासन दिएकी छन् । बैठकमा सहभागिहरुले दलित विकास समितिको कार्यालय खेलकुद तथा समाज कल्याण मन्त्रालयमा नै व्यवस्था गर्न सुझाव दिएका छन।
कार्यक्रममा दलित विकास समितिका सदस्य राजकुमार दासले समितिका उपाध्यक्ष बाहेक अरु सदस्यहरुलाई केहि सुविधा नरहेकोले सरकारले सदस्यहरुलाई पनि सेवा सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेश सांसदहरु ललिता देवी दास, किशोरी देवी दास, पलटी देवी महरा, रञ्जु मण्डल, पूर्व राज्य मन्त्री सुरेश मण्डल, पूर्व प्रदेश सांसद चमेली दास, गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाल, गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव सहित प्रदेशका आठवटै जिल्लाका नगर प्रमुख, प्रशासकीय अधिकृत तथा दलित अभियन्ताहरुको सहभागिता रहेको थियो ।

गोदार (धनुषा) १३ पुस :

धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २० लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सर–सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालन भएको गस्ती टोलीले एक साताभित्र भन्सार छली गरी ल्याउँदै गरेको २० लाख ४७ हजार एक सय बराबरको सर–सामान बरामद गरेको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिनुभयो । जिल्लाअन्तर्गत बोर्डर हुँदै भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याउँदै गरेको सरसामानसहित ओसारपोसारमा संलग्न आठ वटा मोटरसाइकल गरी २० लाखभन्दा बढीको सर–सामान बरामद गरेको निरीक्षक खरेलले बताउनुभयो । बरामद गरेको सामान आज आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ । (रासस)

काठमाडौँ, १३ पुस :

झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट प्राप्त छ वटा नेपाली नागरिकताको प्रमाणपत्र सरकारले रद्द गरेको छ । यही पुस ५ र १२ गतेको मन्त्रिपरषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निजहरुलाई नेपाली नागरिकबाट हटाइएको बताउनुभयो ।

बैठकले नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गरेको छ ।

नेपाल विशेष सेवाको गठन, सञ्चालन र सेवाको शर्तहरु व्यवस्था गर्नेसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृति दिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख)को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कुल जनसङ्ख्याको शून्य दशमवल ५ प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रुपमा तोक्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक एवं प्रिन्टिङ सल्लाहकार पदमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ का रामकृष्ण अधिकारी र कानुनी सल्लाहकारमा दाङको घोराही उपमहानगरपालिका–१७ का सुशीला चौधरीलाई दुई वर्षका लागि नियुक्त गरिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८०, अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९, बालबालिका नीति, २०७९, राष्ट्रिय लैङ्गिक समानता नीति, २०७७ को कार्यान्वयन कार्ययोजना, २०८०, संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८० र राष्ट्रिय स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय निर्देशिका, २०८० स्वीकृत गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने बैठकको निर्णय छ ।

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिलिपिन्सका लागि गैरआवासीय राजदूत तोक्ने र नेपाली सेनाका दुई सहायक रथीलाई उपरथी र नौ महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने तथा काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको सडक खण्ड निर्माणका लागि संलग्न सर्तको पालना गर्नेगरी मकवानपुर र बाराको राष्ट्रिय वनको कुल जम्मा ४० दशमवल १९ हेक्टर जग्गा प्रयोग गर्न र सो वनमा रहेका चार हजार तीन सय ४५ वटा रुख÷पोल कटान गर्न स्वीकृति दिने बैठकको निर्णय छ ।

बैठकले साञ्जेन खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन आयोजनाको टावर र ‘राइट अफ वे’ निर्माणका लागि रसुवाको राष्ट्रिय वन क्षेत्रको कुल १० दशमवल १३ हेक्टर जग्गा २४ वर्षसम्म प्रयोग गर्न तथा सो वन क्षेत्रमा रहेका एक हजार दुई सय १४ वटा रुख हटाउन स्वीकृति दिएको छ ।

सरकारले स्वप्न बगौँचा विकास समितिको सदस्यमा पर्यटन तथा वातावरण क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका श्रृजना (मल्ल) राणा र जग्गादातामध्येबाट लोकभक्त शम्शेर जबरलाई मनोनयन गरेको छ । बैठकले विसं २०८१ सालमा दिइने सार्वजिनक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ । साविकको सार्वजनिक बिदामा सहिद दिवस र राम नवमीका दिन बिदा थप भएको मन्त्री शर्माले जानकारी दिनुभयो । (रासस)

सिराहा ,पुस१२ गते 

सिराहामा शरीरको केही भाग जलेको अवस्थामा एक युवकको शव फेला परेको छ।

धनगढीमाई नगरपालिका- ६ स्थित गागन खोला किनारमा पहिचान नखुलेको अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकु इवा लिम्बूले जानकारी दिए।

‘हामीले छेउछाउका सबैतिर कोही हराएको छ वा कोहीसँग हुलिया मिल्छ कि भनेर सोधखोज गरिरहेका छौं। अहिलेसम्म परिचय खुलेको छैन,’ उनले भने, ‘शव हेर्दा कतै चोटपटक लागेको देखिँदैन तर खुट्टा भाँचेको देखिएको छ। प्रारम्भिक रूपमा कहीँ दुर्घटना भएर मृत्यु वा घाइते हुँदा शव जलाएको हुनसक्छ जस्तो लाग्छ।’

घटनास्थलबाट कुनै सामान बरामद नभएको प्रहरीले जनाएको छ।

स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय गोलबजारलाई जानकारी गराएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी लिम्बूले बताए।

वीरगञ्ज (पर्सा), १३ पुस :

पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज बिहान नेपाल आर्मी क्लब र पर्सा–११ ले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्नेछन् । नेपालका चार र भारतका दुुई क्लब गरी छ समूहको सहभागिता रहेको प्रतियोगिताका लिग चरणका सबै खेल जितेर शिर्ष स्थानमा रहँदै आर्मी क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । लिग चरणका चार खेल जितेको पुलिस दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । लिग चरणमा पाँचमध्ये दुई खेलमात्र जितेको वान्डर्स क्लब नोइडाले नेटरन रेटमा पर्सा–११ र नेपाल एपिएफ क्लबलाई पछि पार्दै अङ्क तालिकामा चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । योसँगै नोइडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । अङ्क तालिकामा समान चार अङ्क भए पनि एपिएफलाई नेटरनरेटमा पछि पार्दै पर्सा–११ ले सेमिफाइनलको यात्रा तय गर्न सफल भएको छ । प्रतियोगिताको लिग चरणका सबै खेलमा हार भोगेको भारतको उत्तर प्रदेश क्लब (युपी–११) अङ्कविहीन रहँदै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । नारायणी रङ्गशाला पुनःनिर्माणमा तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ समूहको सहभागिता छ । उक्त प्रतियोगिताको फाइनल भोलि (शनिबार) हुने प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिनुभयो ।

 (रासस)

जलेश्वर, १३ पुस :

महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो । कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताउनुभयो ।  (रासस)

आरके श्रीवास्तव,रौतहट पुस १२ गते ।
रौतहट प्रहरीले लुटपाट गर्ने व्यक्तिहरू लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ४ बहादुरपुर टोल बस्ने बाबुलाल बैठाको छोरा अन्दाजी बर्ष ३१ को नसिब बैठा र साही वडा नं।५ पानी ट्याङ्की बस्ने दरोगा साहको छोरा अन्दाजी बर्ष ३६ को हरि शंकर साह सोनार रहेका छन् ।

बिहीबार उनीहरूले गाउँकै बतहु मिया मन्सुरीको छोरा अन्दाजी बर्ष ७० को आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिई उनको साथबाट जबरजस्ती नगद रु।८२ हजार रकम खोसी लुटी भागेका थिए ।

यो खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय कटहरियाका ईन्चार्ज प्रहरी बरिस्ठ नायव निरिक्षक अरूण कुमार सिंहले सक्रियता देखाई त्यहाँबाट खटिएको प्रहरी टोलीले ती भागेका मानिसहरुलाई खोजतलास गर्दै जाने क्रममा पक्रेको हो ।

उनीहरूलाई कटहरिया नगरपालिका वडा नम्बर ५ स्थितबाट निज नसिब बैठा र हरि शंकर साह सोनारलाई नगद रु।५९ हजार सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा,रौतहटमा लगी चोरी तथा डाँका सम्बन्धि कसूरमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरिले जानकारी गराएकी हुन् ।

आरके श्रीवास्तव रौतहट,पुस १२ गते ।
बिधुतिय माध्यामबाट ९अरुको बैंक खाताहरुको० रकम चोरी गरेको आरोपमा रौतहट प्रहरीले ३ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गौर नगरपालीका वडा नम्बर ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी,सोही ठाउँको वडा नम्बर ७ बस्ने वर्ष ३७ को दिपेन्द्र कुमार साह,गुजरा नगरपालीका बडा नम्बर ६ घर भई हाल चन्द्रपुर नगरपालीका वडा नम्बर १० बस्ने बर्ष ४२ को राज कुमार साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरिले जानकारी अनुसार गौर नगरपालीका वडा नम्बर ४ बस्ने जयप्रकाश राय चनौको एन आई सी एसिया र माछापुच्छे बैंक लि। को खाताबाट मिति २०८० असार २९ गते देखी पटक पटक गरी बाह्र लाख छयालिस हजार चार सय चालिस मात्र,गौर नगरपालीका बड़ा नम्बर ७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति २०८० असार २० गते देखी पटक पटक गरी जम्मा रु।पांच लाख,गौर नगरपालीका वडा नम्बर २ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति २०८० कार्तिक २९ गते असी हजार , चन्द्रपुर न। पा।वडा नं।(९ बस्ने कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा रहेको खाताबाट मिति २०८० कार्तिक ३० गते देखी पटक पटक गरी छ लाख एघार हजार दुई सय आठ रुपैया सन्ताउन्न पैसा गरी कुल रकम चौविस लाख सैतिस हजार छ सय पचासी रुपैया सन्ताउन्न पैसा उनीहरूले निकालेका हुन् ।

उनीहरूले विभिन्न काल्पनिक व्यक्तीहरुको नामको भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई उक्त कागजातहरुबाट सिमकार्डहरु निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरुमा खाता खोली मोवाईल बैंकिङ्ग मार्फत माथी ति मानिसहरुको खाताको रकम अनाधिकृत रुपमा पहुच पुर्याई चोरी गरेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको तिनै जनालाई पक्राउ गरी अनुसन्धान पश्चात अनुसन्धान प्रतिवेदन सहित मिसिल कागजातहरु मिति २०८० पुस ११ गते जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको तथा केही व्यक्तीहरु भागी फरार रहेको, फरार प्रतिवादीहरुको हकमा खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

जलेश्वर(महोत्तरी), १२ पुस :

महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित पाटुमा मधेस प्रदेशकै सबैभन्दा ठूलो ताल निर्माण गर्न लागिएको छ । यस क्षेत्रमा वर्षेनि हुने पानीको समस्यालाई मध्यनजर गर्दै मधेस प्रदेशको चुरे फेदमा पानी पुनर्भरण गर्ने उद्देश्यले ताल निर्माण गर्न लागिएको बर्दिवासका नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो । बर्दिवास–३ स्थित पुछर पाटुमा रहेको रातो नदीको नदी उकास जग्गा दिनप्रतिदिन अतिक्रमण भइइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको नगर प्रमुख क्षेत्रीले बताउनुभयो । चुरे अतिक्रमणका कारण दिनदिनै पानीका मुहान सुकिरहेको जनगुनासो बढिरहेका बेला स्थानीय सरकारले ‘रिचार्ज’ पोखरी र ताल निर्माणमा ध्यान दिन थालेको स्थानीय रमेश खत्रीले बताउनुभयो । महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासमा बनाउन लागिएको मधेस प्रदेशकै सबैभन्दा ठूलो तालले स्थानीय सरकार चुरे संरक्षणमा संवेदनशील बन्दै गएको उहाँको बुझाइ छ । रातो नदीको नदी उकास जग्गालाई उपयोग गर्दै मधेसकै सबैभन्दा ठूलो ताल निर्माण भएपछि यस क्षेत्रमा पानीको समस्या समाधान हुने स्थानीय उमेश पोखरेलले बताउनुभयो । नदी उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानीयको आयआर्जनमा मात्र नभइ नगरको मुख्य आयस्रोत बन्न सक्ने बर्दिवास–३ का वडाध्यक्ष विराट विष्टले बताउनुभयो । ताल परिसरमा चराचुरुङ्गी र वन्यजन्तुसमेतको संरक्षण गर्ने गरी ताल बनाउने योजना नगरपालिकाको छ । साथै बर्र्दिवास क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्घिसँग जोड्ने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बर्दिबासको उत्तर शिरैमा पर्ने पाटुमा रहेको रातो नदीको नदी उकास जग्गामध्य करिब ४० बिघा क्षेत्रफलमा ताल निर्माण गर्न लागेको हो । त्यो क्षेत्रफलका हिसाबले मधेस प्रदेशकै ठूलो ताल हुने जनाइएको छ । नगरपालिकाले आवश्यक कागजात र प्राविधिक कुरा मिलाइ सकेको तथा चाँडै ताल निर्माणको प्रक्रिया थालनी गरिने नगर प्रमुख क्षेत्रीले बताउनुभयो ।(रासस)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।