रौतहट,०४ गते माघ ।
रौतहटको कटहरिया नगरपालिकामा खुुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । भारतको अयोध्यामा हुने राम मन्दिरको प्राण प्रतिष्ठाको अवसर पारेर रक्तदान कार्यक्रम आयोजन हुन लागेको आयोजक मिथलेश प्रसाद यादवले जानकारी गराए । रक्तदान महादान भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम हुन लागेको हो ।

आउँदो २२ जनवरी माघ ०८ गते कटहरिया नगरपालिकाको वडा नम्बर ५ स्तिथ रहेको विवाह भवनको प्रांगणमा रक्तदान कार्यक्रम राखिएको छ । सो इच्छुक रक्तदाताहरुलाइ उपस्थित भइ रक्तदान गरिदिनुु हुन आयोजकको तर्फ बाट अनुुरोध गरिएको छ । सो दिन बिहान ९ बजे देखि नै रक्तदान कार्यक्रम सुुरु हुने आयोजकले जनाएको हो ।

सो दिनको रक्तदान कार्यक्रम सफल पार्नको लागि आयोजकले आफैं कटहरिया नगरपालिकाको विभिन्न वडाहरुमा पुगि रक्तदान कार्यक्रम सफल पारि दिनु हुन अनुरोध समेत गरेको छ । कटहरिया नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरु भेट गरि यसमा सहयोग गर्न अपिल गरेका छन् ।
वडा अध्यक्षहरु क्रमशःभूपेन्द्र महतो,हरेन्द्र साह,श्यामाकान्त यादव,चन्दन कुशवाहा,सर्फलाल गुप्ता,रुपेश यादव,समशि बिक्रम शाहले आफूहरु बाट हुने सकदो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बारा, ४ माघ ।
बाराको निजगढ नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का निकुञ्ज र सामुदायिक वनसँग जोडिएका बस्तीका सर्वसाधारण बाघको त्रासमा छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज र सामुदायिक वन नजिकै रहेका बस्तीहरु यतिबेला त्रसित भएका छन् । बाघले दिनदिनै किसानले पालेको चौपाय मारेर खान थालेपछि यतिबेला पूरै गाउँ त्रसित भएको छ ।

निकुञ्जसँगै जोडिएको सामुदायिक बनमा पसेको बाघले गाई, गोरु, खसि, बाख्रा खाएको भएतापनि पर्सा राष्ट्रिय निकुञ्जले हिंसात्मक गतिविधि गर्ने बाघलाई नियन्त्रण गर्न सकेको छैन ।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रको रुपमा रहेको रतनपुर र लालगाउँमा पछिल्लो समयमा मात्रै बाघले खाएर चार दर्जनभन्दा बढी चौपाय मारिसकेको छ ।

बाघले चौपाय मार्ने क्रम बढेपछि स्थानीय बासिन्दामा त्रास बढेको रतनपुरका स्थानीय बताउछन । घर र गोठमै बाघ पसेर चौपाय मार्न थालेपछि स्थानीयमा त्रास बढेको र बाघको आक्रमण बढेपछि सर्वसाधारणले समेत असुरक्षित महशुस गर्न थालेको नयन कुमारी श्रेष्ठले बताईन ।

वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटकपटक क्षति गर्दा पनि निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको नसारेको र निकुञ्जले बस्तीलाई सुरक्षित राख्न नसक्दा बेलाबेला वन्यजन्तु गाउँ छिरेर क्ष्यति गर्ने गरेको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए ।

बस्ती बचाउन दीर्घकालीन योजना निर्माण गर्नुपर्ने नगरप्रमुख पुरीको भनाइ छ । कतिबेला बाघ बस्ती तथा बस्ती वरिपरि आउँछ थाहा हुँदैन, पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको छ। यस्तो अवस्थामा कसरी जोखिम कम गर्न सकिन्छ उपाय अवलम्बन गर्नुपर्ने र बाघ कतिबेला आउँछ भन्ने डरले दैनिक कामकाज प्रभावित भएका स्थानियलाई पुर्ण एक्लै हिँड्डुल गर्न र काममा निस्कन सक्ने बतावरण बनाउनु पर्ने नगर प्रमुख पुरीको भनाइ छ ।
यता गाँउमा वन्यजन्तुको आतङ्ग भएपछि करिब दुई महिनाबाट निजगढ नगरपालिकाले समेत पटक पटक ताकेता गर्दा समेत वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटकपटक क्षति गर्दा पनि निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको देखिँदैन । नगरपालिकाको पटक पटकको ताकेतापछि निकुञ्जले हिंसात्मक बाघको पहिचान गर्न आज सिसिटिभि जडान गरेर बाघ पहिचान गर्ने भएको छ । निजगढ नगरपालिकाले बाघको त्रासमा रहेका नगरबासी र नजिकका बस्तिमा बढेको वन्यजन्तुको आतङ्गको बारेमा छलफल गर्न भनेर निजगढ नगरपालिकाले निकुञ्जका अधिकारीहरुलाई बोलाएर रतनपुरीमा आज छलफलसमेत आयोजना गरेको थियो ।
यता निकुञ्जले भने बाघले निकुञ्जको जंगलमा नभई सामुदायिक वन र जिल्ला बनको क्षेत्रअधिकार भित्र भएको हुदाँ निकुञ्जले हेर्न नमिल्ने भएकाले प्रबिधिक सहयोग मात्र गर्ने हो सोही अनुसारले निकुञ्जले सिसिटिभि जडान गरेर बाघको पहिचान गर्न सहयोग गरेको सन्तेश भाग्वतले बताए । उनले यस क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र भित्र नरहेको समेत बताए ।
यस क्षेत्रमा जंगली जनावरले आक्रमण गरेर चौपाय मार्ने र मानवीय क्षतिको समेत जोखिम समेत उच्च रहेकोले सोको नियन्त्रणका लागि आवश्यक कार्य गरी पीडित किसानलाई क्षतिपूर्तिसमेत उपलब्ध गराइदिन निकुञ्जको कार्यालय र जिल्ला वन कार्यालयलाई अनुरोध गरेको छ । यस क्षेत्रमा बाघले चौपाय मारेर खाने थालेपछि निजगढ नगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयसंग पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
बस्तीका दुवैतिर वनजंगल भएकाले पाटेबाघ लगायतका हिंस्रक वन्यजन्तु ओहोरदोहोर गर्नुको साथै यस्ता वन्यजन्तुले मानिसलाई आक्रमण गरी घाइते बनाउने तथा मार्ने सम्भावना भएको हुँदा सर्वसाधारणहरु सचेत हुनेपर्ने र वन्यजन्तुबाट मानव तथा घरपालुवा जनावर बचाउन खासै क्रियाकलाप नभएको यस निकुञ्जले पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा निकुञ्ज पहिला मानव बचाउने की वन्यजन्तु भन्ने विषयमा अन्योलमा छ ।
रतनपुरी गाउँबाट पूर्वतर्फको जंगलमा चरिचरणमा लगिएका बाख्राहरु बाघले मारेको हो । विगत केही वर्षयता रतनपुर क्षेत्रमा जंगली जनावरले किसानले पालेको चौपाय र लगाएको बाली खाएर क्षति पु¥याउदै आएको छ । न्युजकारखाना
रौतहट,५ माघ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने मधेस प्रदेशका होटलहरूमा अवैध क्रियाकलाप मौलाउँदै जान थालेको गुनासो बढ्दै जान थालेको छ ।
राजमार्गका होटलहरूमा व्यवसायिक रूपमा यौन व्यवसाय सुरु भएको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ । बारा जिल्लाको पथलैयादेखि ढल्केबरसम्मका होटलहरूमा यौन व्यवसाय हुने गरेको गुनासो स्थानीय रूपमा बढ्दै गएको छ । भारतको बिहार राज्यमा मजिरा बन्द भएसँगै पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा खुलेका साना तथा ठूला होटलहरूमा मदिरा सेवन गर्न तथा यौन क्रियाकलाप गर्न भारतीयहरूको आवागमन बढ्न थालेको हो ।
भारतीय ग्राहकलाई लक्षित गरी राजमार्गमा साना तथा ठूला होटलहरूले यौन क्रियाकलाप गराउने गरेको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ । प्रहरी प्रशासनको मिलो महत्वमै राजमार्गका होटलहरूमा अवैध रूपमा यौन क्रियाकलाप हुने गरेको गुनासो बढ्दै गएको छ ।
देशका विभिन्न स्थानबाट युवतीहरू मगाएर भारतीय ग्राहक तथा स्थानीय ग्राहकलाई लक्षित गरी होटल खोल्नेहरूको संख्या समेत बढ्दै जान थालेको छ ।
पछिल्लो समय देशमा बढेको आर्थिक मन्दीसँगै राजमार्गमा रहेका ठूलो लगानीका होटलहरूले समेत यौन व्यवसाय गर्न थालेको समाचार स्रोतले जनाएको छ । साना होटलहरूमा प्रहरीको आँखा सहजै पुग्ने र ठूलो लगानीका होटलमा प्रहरीले खासै वास्ता नगर्ने भएपछि ठूलो लगानीमा खुलेका होटलहरुले समेत पछिल्लो समय युवतीहरू राखेर भारतीय ग्राहक लक्षित गरेर यौन व्यवसाय गर्ने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।
सर्लाहीको बागमती, हरिओन, नयाँ रोड, लालबन्दी लगायतका राजमार्गमा रहेका होटलहरूले खुलेआम रुपमा यौनधन्दा गराउने गरेको भन्दै स्थानीयले प्रहरी समक्ष गुनासो समेत गरेका छन् । सर्लाहीको हरियोनमा रहेको शिखर होटल र सैनिक होटलमा खुलेआम यौन व्यवसाय हुने गरेको भन्दै स्थानीयले गुनासो गरेपछि इलाका प्रहरी कार्यालय हरिओनले ती स्थानमा कडाई गरेको छ ।
हरिओमा हुने यौन व्यवसायमा प्रहरीले आँखा लगाएपछि सोही स्थानमा यौन व्यवसाय गरेर कुष्ट पैसा कमाउँदै आएकाहरू यतिबेला अन्यत्र होटल खोज्दै हिँडेको जानकारहरूको भनाइ रहेको छ । हरिओन बजारमा प्रहरीले यौन व्यवसायी विरुद्ध कडा कदम चालेपछि हरियोनमा लामो समयदेखि होटल सञ्चालन गर्दै आएकाहरु रौतहटको चन्द्रनिगापुरमा होटल खोज्न थालेको जानकारहरूको भनाइ रहेको छ । हरिओनमा रहेको शिखर होटलकी सञ्चालिका हरिओनमा होटल व्यवसाय गर्न समस्या भएको भन्दै अन्यत्र घरभाडा खोज्दै हिँड्न थालेको जानकारी प्राप्त भएको छ ।
बाराको पथलैया र निजगढ बजारका होटलहरूले समेत स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा अवैध रुपमा एवं व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
प्रहरीलाई मासिक रूपमा पैसा बुझाएर होटलमा खुलेआम यौन व्यवसाय गराउनेहरूका कारण समस्या उत्पन्न हुँदै आएको निजगढका एक जानकारको भनाइ रहेको छ ।
पछिल्लो समय बाराको पथलैयादेखि ढल्केबरसम्मको राजमार्ग क्षेत्रमा बढ्दो सहरीकरण सँगै यौन व्यवसाय समेत मौलाउँदै जान थालेको छ ।
राजमार्गका साना चिया पसलदेखि ठूला लगानीका होटलसम्म पछिल्लो समय एवं व्यवसाय गर्न तत्पर रहेको बुझिएको छ। होटल तथा पर्यटन व्यवसायका नाममा केही ठूला होटलवालाहरूले पछिल्लो समय भारतीय ग्राहकलाई लक्षित गरेर राजमार्गमा यौन व्यवसाय गर्ने गरेको आरोप लाग्दै आएको छ ।न्युजकारखाना
सिरहा, ५ माघ ।
जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट भएको छ।
सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ।
पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो। छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।न्युज कारखाना
बारा, ५ माघ ।
बाराको निजगढ नगरपालिकाले निशुल्क एसइइ तयारी कक्षा संचालनमा ल्याएको छ ।
नगरपालिकाभित्र रहेका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आगामी एसइइ परीक्षा लक्षित तयारी कक्षा संचालनमा ल्याईएको हो ।
निजगढ वडा नं ११ स्थित नेपाल राष्ट्रिय माविबाट शुरु गरिएको तयारी कक्षामा विद्यार्थीहरुलाई अंग्रेजी, गणित र विज्ञानको निशुल्क पढाइने निजगढ नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरथ पुरीले विद्यार्थीहरुको एसइइ परीक्षामा राम्रो नतिजा ल्याउन नगरपालिकाले यस्तो व्यवस्था गरेको जानकारी दिए । कार्यक्रमले विद्यार्थीहरुको नतिजाान सुधार ल्याउन सहयोग पुग्ने उनको भनाई थियो । उनले कक्षा ८ का विद्यार्थीहरुको लागि पनि तयारी कक्षा संचालन गरिने बताए ।
कार्यक्रममा नगरका उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ र ११ का अध्यक्ष सहइया गुरोलगायत विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र विषयगत शिक्षकहरुको उपस्तिथि रहेको थियो ।न्युजकारखाना
रौतहट ५ माघ।
बहुला स्यालको टोकाई बाट रौतहटको गढीमाई नगरक्षेत्र अन्तर्गत महिला बालबालिकासहित १२ जना मानिस घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एकजना महिलालाई वीरगंज रेफर गरिएको छ।
गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू बिहीवार साँझ घाँस काट्न खेतमा गएको बेला उखुघारीबाट एक्कासी आएको बहुला स्यालले आक्रमण गरी महिला बालबालिकासहित १२ जनालाई घाइते बनाएको हो।
बहुला स्यालको टोकाइबाट गढीमाई नगरपालिका वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ वर्षकी मन्तोरिया देवी, ६० वर्षकी तेतरी खातुन, ४० वर्षकी जयबुल खातुन, १५ वर्षकी मनिषा कुमारी, ५५ वर्षकी उषा देवी, २७ वर्षका रामाविनय बैथा, ३५ वर्षकी दुखीया देवी,३० वर्षकी बिना देवी, ९ वर्षको श्रावण कुमार, ७२वर्षकी सिकीलावा देवी, ७० वर्षका जयल मुखियालाई घाईते बनाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताएका छन् ।
स्यालको आक्रमण बाट गढीमाईको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका घाईते बनाएको छ। घाईते मध्ये गम्भीर अवस्थामा रहेकी ६०की तेतरी खातुनलाई रातिनै एम्बुलेन्सबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंज पठाइएको थियो। खातुनको नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि नेशनल मेडिकल बिरगंज पठाईएको डिएसपी खनालले जानकारी दिएका छन।
स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाईएको थियो ।
घाईतेमध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन भने केही बिरामी उपचार पछि घर फर्की सकेका छन्। स्यालले जथाभावी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
स्यालको टोकाइबाट दुई वर्ष अघि गरुडाका एकजना युवकको मृत्यु भएको थियो।न्युजकारखाना
काठमाडौँ, माघ २ गते
काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । जस अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।
कर्णाली र सुदूरपश्चिम दुवैले आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा कर्णालीले गण्डकी र सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई हराएका थिए ।
यस्तै आज कोशी प्रदेश र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । कोशी प्रदेशले यसअघिका आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।
यसैगरी आज बागमती प्रदेश र मधेश प्रदेशबीच पनि खेल हुँदैछ । खेल सवा ९ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ । बागमतीले आफ्ना यस अघिका दुवै खेलमा हार बेहोरेको छ भने मधेश प्रदेश दुईमध्ये एकमा जित र एकमा पराजित भएको छ ।
हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ ।
यस्तै, त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपीश्चम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् ।
दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन् । स्रोत खबरहब
काठमाडौं , माघ १ गते
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ ।
भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ ।
त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ ।
सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ । स्रोत आनलाइन
महोत्तरी, माघ १ गते
महोत्तरी — विभिन्न नाकाबाट भन्सार छली गरी चोरी पैठारीबाट नेपाल ल्याइएको २१ लाख मुल्य बढीको कपडा प्रहरीले बरामद गरेको छ ।
गौशाला नगरपालिका-२, निगौल हुँदै ३ वटा टेम्पु र २ वटा मोटरसाइकलमा ल्याइएको कपडा भन्सार छलेर ल्याएको भन्ने सुचनाको आधारमा सोमबार विहान ४ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
५वटा सवारीबाट भन्सार छली गरी ल्याइएको २१ लाख २८ हजार ३ सय मूल्य बराबरको विभिन्न कपडाहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।
प्रहरीका अनुसार दुई भारतीय नम्बरको मोटरसाइकल र ०२–००१ ह १७२३ नम्बरको हरियो रंगको टेम्पो, स १ ह ५२८० नम्बरको निलो टेम्पो र प्र ०४–००१ ह ०१५२ नम्बरको निलो रंगको टेम्पोसहित भन्सार छलेर ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद भएका सामान सहित नियन्त्रणमा लिएको सवारी र चालकलाई पनि आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ । स्रोत आनलाइन
काठमाडौँ, माघ ०१ गते ।
महोत्तरी — महोत्तरीको गौशालामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना स्थानीयालाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-१२ का ४५ वर्षीय उपेन्द्रसिंह कुशवाहालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
मामावली घरमा बस्दै आएकी बालिकालाई पुस २१ गते राति करिब साढे ८ बजे सुतिरहेको अवस्थामा ललाइफकाइ गरेर सामूहिक बलात्कार गरेको आरोपमा उपेन्द्र सिंह कुशवाहालाई पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले बताए ।
प्रलोभनमा पारी सामूहिक करणी गरेको भनी पीडितको परिवारले आइतबार साँझ इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएपछि जाहेरी दरखास्तमा उल्लेखित विपक्षीहरुलाई खोजतलासको क्रममा उपेन्द्र सिंह कुशवाहालाई पक्राउ गरिएको जनाएको छ ।
फरार रहेको प्रतिवादीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । सुतिरहेकी बालिकालाई बलात्कार गरेको दृश्य मोबाइलमा कैद भएको भिडियोसहित पीडित परिवारले जाहेरी दिएको प्रहरी निरीक्षक यादवले बताए । स्रोत कान्तिपुर