महोत्तरी, २९ पुस :
लामो समयदेखि वनक्षेत्रमा थाक लगाएर राखिएका बहुमूल्य काठ धोत्रिन थालेका छन् । न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा जिल्लाका वनक्षेत्रमा राखिएका काठ सड्न र धोत्रिन थालेका हुन् ।
वनक्षेत्रबाट चोरी तथा कटानका क्रममा वन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका काठ न्यायिक निकायबाट मुद्दाको छिनोफानो नहुँदा लिलामी प्रक्रियामा जान नसकिएको डिभिजन वन कार्यालयले जनाएको छ । यसरी वनसम्बन्धी मुद्दा नछिनिँदा एकातर्फ बहुमूल्य काठ धोत्रिदै सड्न थालेका छन् भने सर्वसाधारणले काठ खरिद गर्न पाउनबाट वञ्चित भएका कार्यालयका प्रमुख सन्तोष झाले बताउनुभयो ।
“हामीले घरायसी काम, बार तथा पर्खाल लगाउन स–साना हाँगाबिगा किन्न समेत पाएका छैनौँ, यहाँ सडेर बसेको छ”, बर्दिबास–२ का भोला महतोले भन्नुभयो, “समयमै बिक्री, लिलामी गरेमा काठ सदुपयोग हुने थियो । स्थानीयले आवशयकता अनुसार खरिद गर्न पाउने थिए ।” वनसम्बद्ध मुद्दा हेर्ने न्यायिक निकायको ढिलाइले थाक लगाइएका काठ वर्षैँदेखि घामपानीले धोत्रिन थालेका उहाँको भनाइ थियो ।
चोेरी कटान भएका काठ नियन्त्रणमा लिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ । चोरी निकासीका क्रममा वा चोरी कटान गरी लुकाइछिपाइ राखिएका काठ सम्बन्धी मुद्दाका कारबाही अगाडि बढाउँदा रु दुई लाख बिगोभित्रका मुद्दा वन कार्यालयको इजलासले सुनुवाइ गर्ने व्यवस्था छ । रु दुई लाखभन्दा बढीका काठ बरामद भएका सोसम्बन्धी मुद्दा जिल्ला अदालतमा हुने कानुनी व्यवस्था रहेको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।
प्रमुख झाका अनुसार नियन्त्रणमा लिई कारबाही तथा मुद्दा फछ्र्यौटका क्रममा रहेका काठ वन कार्यालयअन्तर्गत रहेको सशस्त्र वन सुरक्षा शाखा बर्दिबास–४ माइस्थान कार्यालय र यसक्षेत्रका चारवटा सव डिभिजन वन कार्यालय परिसरमा थाक लगाएर राखिएको छ । मुद्दा किनारा नलागी उक्त काठ बिक्री तथा लिलाम गर्न नपाइने व्यवस्थाका कारण राखिएको ठाउँमा नै धोत्रिदै गएका वनसम्बद्ध अधिकारीको भनाइ छ ।
मुद्दा किनारा नलागी काठ लिलाम तथा बिक्री गर्न कानुनी प्रक्रिया नपुग्दा बरामद गरी राखिएका काठ सड्न थालेका प्रमुख झाले बताउनुभयो । उहाँका अनुसार अहिले करिब चार हजार क्यूबीफिट साखु र अन्य काठका गिड (गिण्डा) लिलामीका लागि अदालती निर्णयको पर्खाइमा छन् । लिलामीका लागि अदालती फैसला कुर्नु परेको भन्दै थन्काइएका काठको मूल्य एक करोडसम्म पर्ने वन कार्यालयका कर्मचारीको भनाइ छ ।
“चोरी कटानबाट नियन्त्रणमा लिइएका काठ लामो समयदेखि घामपानीले सड्ने र धोत्रिदै गएका छन्” झाले भन्नुभयो, “थाकमा रहेका काठको लिलामीका लागि अदालती फैसला कुर्नु पर्ने बाध्यात्मक कानुनी व्यवस्थाका कारण बिक्री गर्न सकिएको छैन ।”
डिभिजन वन कार्यालयमा विसं २०४८ यता हालसम्म दुई सय भन्दाबढी वन मुद्दा (काठ चोरी निकासी सम्बन्धी) रहेका डिभिजन प्रमुख झाको भनाइ थियो । उहाँका अनुसार यी मुद्दा दुई लाख बिगोभित्रका हुन् । यसबाहेक दुई लाखभन्दा बढी बिगोका मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन रहेका कार्यालयले जनाएको छ ।
अदालतमा मुद्दाको अत्यधिक चापका साथै मुद्दा फैसला प्रक्रियामा पुग्न नसकेका (अभियुक्तमध्ये केही फरार रहेका, साक्षी वकपत्र हुन नसकेका) ले फैसलामा ढिलाइ भएको झाले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाहेक पूर्व–पश्चिम रेल मार्ग र विद्युत् प्रसारण लाइन निर्माणका लागि कटान गरिएका काठमध्ये साखु बिक्री भए पनि साझेदारी वन उपभोक्ता समितिको जिम्मेवारीमा रहेका काठ अझै वनमा थाक लगाएर राखिएका छन् ।
पछिल्ला केही दिनयता जिल्लाका तीन साझेदारी वन उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन भएका भन्दै यसअघि नेतृत्वको नहुँदा पनि काममा ढिलाइ भएको प्रमुख झाको भनाइ थियो । “समितिमा केहीदिनअघि मात्रै नयाँ निर्वाचित पदाधिकारीले जिम्मेवारी लिएका छन् । अब केही दिनभित्रै यसको टुङ्गो लाग्छ र डिभिजन कार्यालयले हेर्ने मुद्दाको छिनोफानो गर्ने प्रक्रिया अगाडि बढाउने छौँ”, उहाँले भन्नुभयो । (रासस)
आरके श्रीवास्तव,मधेश,२८ गते पुस ।
रौतहट । ईलाका प्रहरी कार्यालय कटहरियाले आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरीप्रति नागरिकका गुनासा, प्रहरीले खेल्नुपर्ने भूमिका, स्थानीय समस्या पहिचान र सामाधानको साथै प्रहरी प्रति नागरिकको विश्वास बढाउन सो कार्यक्रम आयोजना गरिएको थियोे । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा शनिबार सम्पन्न भएको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा रौतहट प्रहरी प्रमुख उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ,जिल्ला प्रहरी प्रवक्ता डिएसपि एलिजा गिरी,ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश प्रकाश खनाल समेतको सहभागीता सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक अरूण कुमार सिंहले आगमन भएको दिन नै पत्रकारहरु संग कुरा गर्दै अबको केही दिनमै सार्वजनिक सुनुवाइ कार्यक्रम राख्ने प्रतिबद्धता अनुसार आज सो कार्यक्रमको आयोजना गरेका थिए । सिंह हाजिर भइ आएको एक महिना पनि नबित्दै सो इप्रकामा प्रतिक्षालय ,चमेनागृह र सौचालयको रंगरोदन गराउने देखि लिएर सो क्षेत्रमा शान्ति सुरक्षामा पनि एकदमै सुधार आएको छ ।

उक्त कार्यक्रम कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल,उपप्रमुख रिता देवी यादव,पूर्व नगर प्रमुख सियाराम कुशवाहा, माओवादी केन्द्रका नेता तथा मेयर प्रत्यासी नसरुदिन अन्सारी,वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो,वडा नम्बर ५ का वडा अध्यक्ष शर्फलाल गुप्ता,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ८ का वडा अध्यक्ष समिश विक्रम साह,वडा नम्बर ९ का वडा अध्यक्ष रुपेश यादव लगायत विभिन्न आम नागरिक,बुद्धिजीवी,व्यापारी सहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको समेत सहभागीतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मेयर प्रत्यासी नसरुदिन अन्सारीले कटहरिया ईलाका प्रहरी कार्यालयमा प्रहरी जनशक्तिको कमिले गर्दा सो क्षेत्रमा विभिन्न अपराधीक गतिविधिहरु बढिरहेकोले अझ थप जन शक्तिको व्यवस्था मिलाउन महेन्द्र कुमार श्रेष्ठसंग आग्रह गर्दै ईलाका प्रहरी कार्यालय कटहरियामा भवन र जमिनको कमि रहेकोले त्यस प्रति जनप्रतिनिधि र प्रहरी प्रमुखलाई समेत लाग्न ध्यानाकर्षण गाराए ।

कार्यक्रममा सहभागीहरुले अत्याधिक तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्ने गरेको,कटहरिया नगर भरिमा अबैध रुपमा अबेर सम्म भइरहेको मदिरा बिक्रीवितरण,सामाजिक अपराध न्यूनीकर, चोरी, तस्करी,बाल हिंसा,महिला हिंसा लगायत सचेतना मूलक विद्यालय सम्पर्क कार्यक्रम,प्रहरी ईकाईको स्थापना,विद्यालय लगायत सबै क्षेत्रमा हुने लागू औषध नियन्त्रण तथा यौनजन्य हिंसा न्यूनीकरण गर्ने लगायतका बिषय सन्दर्भमा सवाल उठाएका थिए । नागरिकबाट उठेका हरेक प्रश्नको सम्बोधन गर्नु हुँदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले आमनागरीक पनि बिना बर्दीको प्रहरी नै रहेको भन्दै अपराध नियन्त्रणको लागी प्रहरीलाई समयमै सूचना दिएर सहयोग गर्न सकियो भने मात्रै केही हदसम्म अपराध न्यूनीकरणमा टेवा पुग्ने बताए ।
प्रहरीसँग हातेमालो गरी कानून कार्यन्वयनमा सचेत रहनुपर्ने बताउँदै प्रमुख श्रेष्ठले प्रहरीको एक्लो प्रयासले केही गर्न नसक्ने बताएका थिए । प्रमुख श्रेष्ठ ईप्रका कटहरियामा स्थानीय सरकार सहयोगले एउटा राम्रो भवन बनाउन खोजिरहेको तर, यदि स्थानीय सरकारले सहयोग गरेन भने पनि आफुले जुनसुकै हालतमा आफ्नो कार्यकालमा एउटा राम्रो भवनको निर्माण गरेर जाने प्रतिबद्धता जनाए । एसपी श्रेष्ठले समाजलाई राम्रो समाज निर्माण गर्न जति प्रहरीको भुमिका छ त्यति नै आम नागरिकको पनि भुमिका रहेकोले सबै जना आ–आफ्नो बाल बच्चालाई राम्रो शिक्षा दिन तथा पढाउन लेखाउन आग्रह गर्दै आफुले समातेको अपराधीहरुको सिफारिसमा कोही पनि न आउन आग्रह गर्नुभयो ।
धनुषा, २८ पुस :
विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ ।
शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउने सङ्ख्यामा समेत वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा जामुनप्रसाद सिंहले अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेको जानकारी दिनुभयो । चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ ।
शीतलहरका कारणले सानासाना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा यही पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन् । ग्रामीण भेगमा दाउरा नहुँदा स्थानीय गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेतीलगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाह पनि प्रभावित हुन थालेका छन् । आइतबारदेखि हुस्सु लाग्ने क्रम बढेको छ । घाम लाग्न छोडेको छ । लगातारको चिसो सिरेटोले गाईवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयाका रामविलास यादवले बताउनुभयो ।(रासस)
मुकेश कुमार साह, रौतहट २७ पुस ।
रौतहटको चन्द्रपुरमा अवस्थित साथी शिक्षा सहकारी संस्था लिमिटेडको १०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाद्वारा संचालित बालनिकेतन मा.वीको सभाहलमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । साधारण सभामा बोल्दै प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे आलमले सहकारीले न्युन आय भएका नागरिकको आर्थिक उपार्जन मात्रै नभई शैक्षिक लगायतका क्षेत्रमा काम गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण बन्न सफल भएको बताउनुभयो ।
सहकारी भविष्य निर्माणसँग जोडिएको बताउँदै साथी शिक्षा सहकारीको उदयसँगै बालबलिकालाई शिक्षा प्रदान गर्नु सराहनिय कार्य रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष रामकुमार भटराईले आगामी योजनाको बारेमा शेयर सदस्यहरुलाइ जानकारी दिनु भएको थियो । उहाँले विद्यालयका लागि आवश्यक भौतीक पूर्वाधार र तथ्यले सहकारी विद्यालय मजबुत रहेको बताउनुभयो ।

बालनिकेतनले जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाउदै लग्दै गरेको उहाँको भनाई थियो । नेपालमा अबका दिनमा विद्यार्थी र शैक्षिक जनशक्तिको चुनौती हुने आंकलन गर्दै उहाँले दीगोपना हुनेगरी सबैले शिक्षा क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बिधालयका शैक्षिक संयोजक बिपल्प भट्टराईले नियमित क्रियाकलाप, संस्थागत एवं शैक्षिक विकास, कल्याणकारी तथा अतिरिक्त कार्यक्रम, भौतिक पूर्वाधार तथा आर्थिक सक्षमता सम्बन्धि विभिन्न कार्यक्रम प्रस्ताव सहित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष किरण रेग्मीको अनुपस्थितीमा उहाँकै सहमतीमा आर्थिक बर्ष २०७९ ÷२०८० को प्रतिबेदन संस्थाका संचालक समिती सदस्य बालकृष्ण श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । उहाँले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार संस्थाले २५ लाख १४ हजार ४ सय २७ पैसा आम्दानी गरेको छ ।
कार्यक्रमको संचालन संस्थाका महासचिव दिपक रेग्मीले गर्नु भएको थियो । कार्यक्रमको संचालन गर्दै उहाँले बालनिकेतन स्कुलले अगामी दिनमा नागरिकलाई सम्मान,स्वास्थ शिविर ,मन्टेश्वरी संचालन गर्ने लगायत शिक्षकहरुको क्षमता बिस्तारका लागी बिभिन्न कार्यक्रमहरु गर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य मदन सापकोटाले राख्नु भएको थियो । संस्थाले उत्कृष्ट शिक्षकको रुपमा बिपल्प भट्टराईलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नव बिकास साकोसका देव बहादुर सापकोटा,संकल्प साकोसका बिभु पोखरेल,लाईन्स कल्वका नारायण सापकोटा,जनजागृती स्कुलका प्रधानाध्यापक सत्रुधन साह,गुजराका शिक्षा संयोजक शिव मंगल साह लगायतको आतिथ्यता रहेको थियो ।
काठमाडौँ, २७ पुस :
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेसा बनाउन सके नेपाल आत्मनिर्भर हुनसक्ने उल्लेख गर्दै यसमा नेपालले विश्व खाद्य सङ्गठनबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा पनि परेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले पानीको स्रोत संरक्षण गर्न र जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ अब विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझ्न र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनमा वृद्धि गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा नेपालको कृषि क्षेत्रको क्षमता अभिवृिद्धका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य सङ्गठन सदैव तयार रहेको महानिर्देशक डोङ्ग्यूले बताउनुभयो । (रासस)
जनकपुरधाम, २७ पुस :
तत्कालीन पञ्चायत व्यवस्था विरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको ३६औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार सहिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठान जनकपुरधामको आयोजनामा भएको कार्यक्रमका सहभागीले दलका नेताले प्रजातन्त्र पुनःस्थापनाका लागि नेता पाठकले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रमका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले स्व पाठकले प्रजातन्त्र पुनःबहाली, नागरिक अधिकार र सामाजिक हितका क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । विसं २०४५ पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने योजनाविरुद्धको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको बताइएको छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झाले परिवर्तन र सार्वजनिक हितका लागि पाठकले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो । कार्यक्रममा कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, महन्थ नवलकिशोर बाबा ९यादव० लगायतले आपसी सद्भाव, एकता र समन्वयका साथ क्रियाशील हुनसकेमा मात्रै सहिदको सपना हुने धारणा राख्नुभयो ।
यस्तो छ पाठकको योगदान
सहिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष शुभचन्द मिश्रका अनुसार जनकपुरधामा सुरुदेखि नै भित्रभित्रै पञ्चायतविरोधी आन्दोलन भइरहेको थियो । कांग्रेसमा आस्थावान् नेता पाठक पनि सोही आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।सोही कारण विसं २०४२ जेठ ६ गतेदेखि सुरुआत भएको सत्याग्रहमा क्रियाशील पाठकले गिरफ्तारी दिई नौ महिनासम्म जलेश्वर कारागारमा जीवन व्यतित गर्नुभयो । काराबासबाट फर्केको केही समय मात्रै भएकाले उहाँ तत्कालीन पञ्चायती सरकारको नजरमै हुनुहुन्थ्यो ।
यही बीचमा तत्कालीन जनकपुुर नगर पञ्चायतद्वारा जनकपुर–७, ८ र १३ का करिब चार सय ८५ बिघा जग्गा अधिग्रहण गरेर बाहिरका उच्च पदस्थ नागरिकलाई बसोबास गराउनका निम्ति ‘आदर्श नगर’ बनाउने योजना बन्यो । यो योजनामा स्थानीय जनसमुदायको सहमति थिएन । तथापि तत्कालनी जनकपुरका अञ्चलाधीश सूर्यप्रसाद उपाध्याय, प्रमुख जिल्ला अधिकारी बाबुराम पौडेललगायतले सो निर्णय गरेको थियो ।
घटनाका विषयमा जानकार अभियन्ता प्रफुल्लराज घिमिरेले सो निर्णयविरुद्ध केही जग्गा धनीलगायत जनकपुरका अगुवा तत्कालीन आवास तथा भौतिक योजनामन्त्री डा प्रकाशचन्द्र लोहनी कहाँ निर्णय फिर्ता लिन माग गर्दै ‘डेलिगेसन’मा जाँदा पनि कुनै समाधान ननिस्किएपछि आन्दोलन गर्नु परेको बताउनुहुन्छ । त्यो आन्दोलनको संयोजक हुनुहुन्थ्यो बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष दिगम्बर राय । रायले रासससँग भन्नुभयो, “छलफलबाट निष्कर्ष ननिस्किने र नापीका कर्मचारी तथा प्रहरी प्रशासनले जबर्जस्ती गर्न नरोकेपछि आान्दोलनको अवस्था बन्यो । विसं २०४५ पुस २२ गतेपछि धरपकड बढ्न थाल्यो । त्यही क्रममा पुस २३ गते मलाई गिरफ्तार गरियो । हामीले मुआब्जा दिएर अधिग्रहणको सहमति दिनेभन्दा पनि जबर्जस्ती गर्न थालेपछि पुस २६ गते ठूलो आदोलन भयो । त्यही आन्दोलनमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले आफ्नै अङ्गरक्षकको पेस्तोल छिनेर गोली हान्दा पाठकको निधन हुनपुग्यो ।”
पिता रामचन्द्र पाठकका तीन छोरामध्येका कान्छा सुपुत्रका रुपमा विसं २०१५ मा धनुषा जिल्लाको बघचौरा गाविसमा पाठकको जन्म भएको थियो । हाल पाठकको सम्झनामा सहिद सत्यनारायण पाठक स्मृति प्रज्ञा–प्रतिष्ठान बनाएर उहाँको सम्झनामा विभिन्न कार्यक्रम हुने गरेका छन् । (रासस)
पोखरीया (पर्सा), २६ पुस :
वीरगञ्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छ । उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को सङ्क्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिनुभयो ।
प्रयोगशाला प्राविधिक साहका अनुसार आज एक जना नेपाली र बुधबार एक जना भारतीय नागरिकमा कोरोना सङ्क्रमण भेटिएको हो । नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बुधबार र बिहीबार करिब एक सयभन्दा बढी व्यक्तिमा एन्टिजेन परीक्षण गरिएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि दुवै जना कोलकत्ताबाट रेलको यात्रा गरी आएका थिए । नेपाली नागरिकलाई वीरगञ्जकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने भारतीय नागरिकलाई बुधबार नै भारतीय प्रहरीको जिम्मा लगाइएको छ ।
उनीहरुमा लिइएको नमुना जिन सिक्वेन्सीङका लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताउनुभयो । हाल सो हेल्थ डेस्कमा दैनिक दुई सयदेखि दुई सय ५० जनाको स्क्रिनिङ र ५० देखि ६० जनाको एन्टिेजन परीक्षण हभइरहेको छ । (रासस)
राजविराज (सप्तरी), २६ पुस :
राष्ट्रिय समाचार समिति (रासस)ले अवधी (मातृभाषा)मा समाचार बुलेटिन प्रकाशन प्रारम्भ गरेकामा मैथिली साहित्य परिषद् सप्तरीले स्वागत एवं प्रशंसा गरेको छ ।
परिषद्का अध्यक्ष अवधेशकुमार झाले आज एक विज्ञप्ति जारी गरी मातृभाषा (राष्ट्रिय भाषा) मा बुलेटिन प्रकाशन गर्ने योजनाअनुसार पहिलो चरणमा राससले अवधी भाषामा बुलेटिन प्रकाशन गरेकामा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।
“मुलुकमा बोलिने मातृभाषाहरूको विकास तथा प्रचारप्रसारमा राससले सुरु गरेको यो योजना प्रभावकारी हुने विश्वास गर्न सकिन्छ । मुलुकमा दोस्रो तथा मधेसमा सबैभन्दा बढी बोलिने मैथिलीसँगै अन्य मातृभाषामा पनि बुलेटिन प्रकाशन हुनुपर्ने हाम्रो माग छ । साथै मैथिलीमा पनि बुलेटिन प्रकाशन गर्न यहाँका स्थानीय तहसँग सहयोग र सहकार्य गर्न अनुरोध गर्न चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अध्यक्ष झाले देश सङ्घीय संरचनामा सङ्घीयता र समावेशी मर्मअनुरुप सरकारको स्वामित्वमा रहेको राससले मातृभाषामा पहिलो पटक समाचार प्रकाशन गरेकामा अहिलेको नेतृत्वलाई धन्यवाद दिनुभएको छ । साथै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाप्रति पनि कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
मधेस प्रदेशको जनकपुर, जलेश्वर, सिरहा, राजविराज र कोशी प्रदेशको विराटनगरलगायत स्थानमा स्थानीय सरकारसँग समन्वय गरेर मातृभाषाप्रति चासो दिएमा अगामी दिनमा मैथिली भाषामा बुलेटिन प्रकाशन गर्न सकिनेमा उहाँले विज्ञप्तिमा जोड दिनुभएको छ ।
अध्यक्ष झाले मैथिली भाषाप्रति जनकपुरमा रहेको मधेस प्रदेश सरकार र सङ्घीय सरकारले पनि चासो लिनुपर्ने बताउँदै तथ्याङ्कअनुसार नेपाली भाषापछि मैथिलीभाषीको सङ्ख्या नेपालमा बढी रहेकाले मातृभाषा मैथिलीमा पनि राससमा समाचार बुलेटिन शीघ्र सुरु गर्न माग गर्नुभएको छ ।(रासस)
मलङ्गवा (सर्लाही), २६ पुस :
यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले थुनछेक बहसछि आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको उक्त अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । जिल्ला अदालत सर्लाहीको आदेशपछि बम्जनलाई आजै जिल्ला कारागार महोत्तरी चलान गरिएको छ ।
अदालत भित्र बहस चलिरहेको समयमा ठूलो सङ्ख्यामा बाहिर बम्जनका अनुयायीहरु भेला भएका थिए । अदालत भित्र र बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । सर्लाहीको लालबन्दी नगरपालिकाको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर भएको थियो । यौन शोषणको मुद्दामा अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न आदेश दिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई मंगलवार बुढानीलकण्ठस्थित घरबाट पक्राउ गरेको थियो । (रासस)