२०८३ बैशाख १४
२०८३ बैशाख १४

 राैतहट,०८ गते माघ ।

कटहरिया-रौतहट कटहरिया बजारमा रहेको एक ग्यास पसलमा अचानक आगलागी हुँदा लाखौंकाे क्षती भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ बजार स्थित रहेको शिवशक्ति जनरल स्टोर्समा आगलागी भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

No description available.

आगलागी हुँदा पसल भित्र रहेको चुल्हो, १० थान भट्टि ८ थान, ग्यास १० थान १५० एमपिअरको टाटा ग्रीन ब्यट्री ४ थान र एक्साइड कम्पनीको ब्यट्री २ थान सहित पसल जलेर नष्ट भएको संञ्चालक मिश्रिलाल साह साेनारले बताए ।

No description available.

आगलागीबाट पसल संचालकका छोरा चन्दन सोनार सहित दुई जना प्रहरी समेत घाईते भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिस्ठ सई अरुण सिंहले जानकारी गराए ।

No description available.

आगलागी कसरी भयो भने खुलन नसकेको र अनुसन्धान भइरहेको सई सिंहले बताए । उनका अनुसार आगलागीबाट करिब २ लाख ५० हजार रूपैया बराबरको क्षति भएकाे बताए । प्रहरी टोली र स्थानीयहरुकाे सहयोगले आगोलाई नियन्त्रणमा लिएको थियोे ।

अयोध्या, ८ माघ ।

अयोध्यामा भगवान रामललाको आज अर्थात सोमबार रामलल्लाको अभिषेक समारोह हुँदैछ ।

 

जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै भिभिआईपीहरू सहभागी हुनेछन्। सो मन्दिरका भगवान रामको नयाँ मूर्ति तयार गरी गर्भगृहमा स्थापना गरिएको छ । भगवान रामको ५१ इन्चको नयाँ मूर्तिलाई आज मात्र अभिषेक गरिनेछ ।

 

यस्तो अवस्थामा भक्तजनको मनमा प्रश्न उठ्छ कि पुरानो मूर्तिको के होला ? जसको जवाफ राम मन्दिर ट्रस्टले दिएको छ ।

 

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्ष गोविन्ददेव गिरीले अस्थायी मन्दिरमा राखिएको रामललाको पुरानो मूर्तिलाई नयाँ मूर्तिको अगाडि राखिने जानकारी दिएका छन् । जसलाई पनि २२ जनवरीमा मन्दिरमा अभिषेक गरिनेछ।

 

गत हप्ता राम मन्दिरको गर्भगृहमा रामललाको ५१ इन्चको मूर्ति राखिएको थियो । रामका तीन वटा मुर्ति तयार पारियो । जसमध्ये मैसूरका मूर्तिकार अरुण योगिराजले बनाएको मूर्तिलाई अभिषेकका लागि छनोट गरिएको थियो। अन्य दुई मुर्तिको प्रश्नमा श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्षले भने,  ‘बाँकी दुई मुर्तिलाई पूर्ण सम्मान र सम्मानका साथ मन्दिरमा राख्नेछौं । एउटा मूर्ति हामीसँग राखिनेछ।’

 

रामललाको पुरानो मूर्तिबारे उनले भने,  ‘रामललाको नयाँ मूर्ति अगाडि राखिनेछ । मूल मूर्ति धेरै महत्त्वपूर्ण छ। यसको उचाइ ५ देखि ६ इन्च मात्रै छ, जसलाई २५ देखि ३० फिटको दूरीबाट देख्न सकिँदैन। त्यसकारण हामीलाई ठूलो मूर्ति चाहिएको हो ।’

 

आज १२ः२० बजेवाट अभिषेक हुदैँछ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मस्थल अयोध्यामा जनवरी २२ मा राम मन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठा समारोहको लागि तयार छन्। पुस शुक्ल द्वादशीको अभिजित मुहूर्तमा दिउँसो १२ः२० बजे अभिषेक कार्यक्रम हुनेछ ।

 

सो समारोहका लागि रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले अभिषेक समारोहमा तीन हजार भिभिआईपीसहित सात हजारलाई आमन्त्रण गरेको छ ।न्युजका्रखाना

अयोध्या, ८ माघ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी २२ मा अयोध्यामा रामलल्लाको अभिषेक समारोहमा सहभागी हुदैँछन ।

 

यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन् । प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुइँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन । र, उनले दिनहुँ विभिन्न किसिमका चन्दा पनि दान गरिरहेका छन ।

रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गुरुदेव गिरिजी महाराजले जनवरी २२ मा अयोध्यामा प्रधानमन्त्री मोदीले के कार्यक्रम गर्ने ? भन्ने बारे भारतीय सञ्चारमाध्यमलाइ जानकारी दिएका छन ।

स्वामी गुरुदेव गिरिजी महाराजले भने, ‘अयोध्याको राम मन्दिर पुगे पछि प्रधानमन्त्री मोदी सबैभन्दा पहिले नुहाउन जानेछन्, त्यसपछि प्रधानमन्त्री मोदी पहिले उत्तरको ढोकाबाट जानेछन् र त्यसपछि पूर्वको ढोकाबाट प्रवेश गर्नेछन्, जहाँ मुख्य मन्दिरको प्रवेशद्वार हो, मन्दिरमा प्रवेश गरेपछि प्रधानमन्त्रीले पहिले ट्रस्टीहरूसँग भेट गर्नेछन्। त्यसका लागि हामीले समाजका विभिन्न विशिष्ट व्यक्तिहरूलाई बोलाएका छौं।’

 

राम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्षले भने, ‘मन्दिरमा प्रवेश गरेपछि मन्त्रद्वारा १० वटा विभिन्न किसिमका स्नान गर्नुपर्छ । १० पटक मन्त्रद्वारा पानी छर्किने छ । त्यसपछि प्रधानमन्त्रीलाई १० प्रकारका दान दिइनेछ ।’ उनका अनुसार यसपछि प्रधानमन्त्री मोदी गर्भगृहमा प्रवेश गर्नेछन् । त्यसपछि प्रधानमन्त्री मोदीले करिब ४५ मिनेट गर्भ गृहमा पूजा गर्ने छन् । यो पुजा करिब १२ बजेर २० मिनेटमा सुरु भएर करिब ५० मिनेटसम्म चल्नेछ ।न्युजका्रखाना

 

महोत्तरी, ७ माघ ।

महोत्तरीको उत्तरी क्षेत्र राईमन्डल डाडामा लोपोन्मुख पंक्षी गिद्धको बासस्थान फेला परेको छ । जिल्लाको उत्तरवर्ती पालिका बर्दिवासस्थित वडा नं. ३ मा रहेको उच्च ठाँउ राईमन्डल वरपर गिद्धको प्राकृतिक बासस्थान फेला परेको हो ।
शनिबार बर्दिवास उधोग बाणिज्य संघले आयोजना गरेको पदयात्रामा सहभागीहरुले उक्त बासस्थानको अवलोकन गरेका छन् ।

एक अध्ययनअनुसार  सन् १९८० ताका नेपालमा ५ देखि १० लाखको सङ्ख्यामा गिद्धहरू रहेको थिए तर  २००५ देखि २०११ सम्मको तथ्याङ्कले गिद्धको सङ्ख्या ९० प्रतिशतभन्दा पनि बढिले घटेको देखाएको थियो । यसैलाई आधार मान्ने हो भने नेपालमा यसको संख्या निक्कै न्यून छ ।

तर, राईमन्डल वरपर भिमडाडा, सोलीघोप्टे, सेतोभीर जस्ता ठाउँमा  देखिएका हजारौ गिद्धहरुको दृश्यले  ठुलो बासस्थान रहेको अनुमान गरिएको छ । पदयात्रामा सहभागीहरुले स्थानीय सरकारले तत्काल गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केन्द्रकोरुपमा विकास गर्नुपर्ने धारणा राखे ।

नेपालका केही ठाँउहरुमा गिद्धको प्रजनन केन्द्र र गिद्ध रेस्टुरेन्ट समेत खोलेर यस्को संरक्षणको लागी  सफल अभ्यासहरु भएको बताउँदै स्थानीय लोसपाका नेता चेत कुमार थापा राईमन्डल गिद्ध अध्ययन केन्द्र बन्न सक्ने महत्वपूर्ण आधार भएको बताउँछन् ।

नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९-२०१३’ को सफल कार्यान्वयन पश्चात नयाँ कार्ययोजना -सन् २०१५-२०१९) लागू गरिएको थियो । यसको लागी स्थानीय सरकार संघ र प्रदेश सरकारसँग नजिक भएर काम गरे राईमन्डल पर्यटकीय केंन्द्रकोरुपमा समेत विकास हुन सक्ने कतिपय विज्ञहरुको सुझाव छ ।

राईमन्डल र भप्सी वरपर वस्ने स्थानीय बासिन्दाहरु विहानको समयमा हजारौको संख्यामा गिद्धहरु आकाशमा देखिने बताउँछन्। ‘दुईदेखि तीन प्रकारका गिद्धहरु आकाशमा बाक्लै देखिन्छन्, ‘ स्थानीय बल बहादुरले भने, ‘विशेषगरी सेतोभीर वरपर नै उनीहरुको बासस्थान रहेको देखिन्छ ।’

यो पंक्षी सिकारी पंक्षी भए पनि आफै सिकार गर्दैन । मरेका सिनो र बासी मासुहरू आहारा वनाउने गर्दछ । बासस्थानको अभाव, घरपालुवा जनावर हरूमा डाइक्लोफिनेक जस्ता एन्टीबायोटिक औषधिको प्रयोग लगायतका कारणले यो अहिले विश्वबाट लोप हुने स्थितिमा रहेको विज्ञहरु बताउँछन् ।

धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदायले त आफन्तको शव गिद्धलाई खुवाउदा मृतकको आत्मालाई स्वर्ग पुराउने दूतकारुपमा लिने गर्दछन । यसर्थ गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक त हो नै समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहरकोरुपमा पनि लिइन्छ ।

त्यसैले राईमन्डललाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरी स्थानीय सरकारले यसलाई पर्यटन विकास केन्द्रकोरुपमा विकास गर्नुपर्ने उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका बताउँछन् ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले राइमंडलमा देखिएको गिद्धको बासस्थानको ध्यानाकर्षण जनाएका छन् । सरोकारवालाहरुसँग छलफल अगाडि बढाएर यस क्षेत्रको संरक्षणको लागी कार्ययोजना बनाउने बताए ।न्युजका्रखाना

 

रौतहट ७ माघ ।

२३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहट स्थित एसपी सहित २५ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन।

 

सशस्त्र प्रहरी ११ न. गण हेड क्वाटर गौरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गौरको सहयोगमा आईतवार एक समारोहका बिच एसपी सहित २५जना सशस्त्र प्रहरीले ले रक्तदान गरेका हुन्।

 

रक्तदान जीवनदान भन्ने मुलनाराका साथ सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मी सहित संगठनका २५ जनाले रक्तदान गरेको रेडक्रस सोसाईटी गौरका अध्यक्ष राजकिशोर यादवले बताएका छन।

 

रौतहट स्थित प्रादेशिक अस्पताल गौरमा उपचाररत बिरामीलाई आकस्मिक रगतको अभाव हुँदा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पटकपटक रक्तदान गर्दै आएका छन।न्युजका्रखाना

बारा, ७ माघ ।

बाराको निजगढ नगरपालिकामा क्षयरोगका नयाँ बिरामी पहिचान भएका छन् ।

क्षयरोग मुक्त नेपाल घोषणा अभियानअन्तर्गत निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले गरेको क्षयरोग स्क्रिनिङ्ग क्याम्पमा ४ सय ८७ जनाको परिक्षण गर्दा १८ जनामा क्षयरोग देखा परेको हो ।

लामो समयदेखि लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो र पसिना आउने, खानामा अरुची हुने, शरीरको तौल घटने, छाती दुख्ने र सास फेर्न गाहे हुुने तथा खकारमा रगत देखापर्ने जस्ता समस्या देखिएकाहरुको छातीको एक्स्रे सहित स्क्रिनिङ्ग गरेर रोगको निदान र उपचार गर्न बुधवार निजगढ नगरपालिकाको वडा नम्बर २ सिंगौलमा संचालन गरिएको क्याम्पमा २ जना क्षयरोगका नयाँ बिरामी पहिचान भएका थिए ।

यस्तै बिहीवार वडा नम्बर ११ को रतनपुरमा १० जना र शुक्रवार वडा नम्बर ७ को योजना टोलमा ६ जना नयाँ बिरामी पहिचान भएको छ । नयाँ पहिचान भएका क्षयरोगका बिरामीहरुको उपचार समेत सुरु गरिएको निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै क्षयरोग स्क्रिनिङ्ग क्याम्पमा ४० जनामा क्षयरोग शंकास्पद रहेका छन् । उनीहरुमा उच्च शंकास्पद औषधि प्रतिरोधी क्षयरोग हुन सक्ने आशंकाले थप परीक्षणका निम्ती जीन एस्पट परिक्षण गराउन पुनः खकार नमुना संकलन गरिएको छ ।

क्षयरोग छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ । क्षयरोग पहिचानका लागि कार्यालयले बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको निजगढ नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले बताए । “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, स्वास्थ्य शाखाका घिमिरेले भने, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी बिरामीहरु रोग लुकाएर बस्न बाध्य छन् ।”

सन् २०५० सम्म नेपाल क्षयरोग विहीन बनाउने लक्ष्य छ । यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने छ । “उपचारमा नरहेको एक क्षयरोगीले औषतमा दश देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले भने, “क्षयरोग विहीन नेपाल बनाउनलाई पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।”

क्षयरोगका शंकास्पद बिरामीहरुको पहिचान गर्न निजगढ नगरपालिकाले विषेशज्ञ सहित स्वास्थ्यकर्मीहरुको टोलीव्दारा तिनदिन उपचार सेवा क्याम्प संचलन गरेको थियो ।

नेपालमा ८० हजार क्षयरोगी छन् । वार्षिक पाँच हजारदेखि छ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ । ४४ हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ ।न्युजका्रखाना

रौतहट ७  माघ।

नेपाली कांग्रेस मधेश प्रदेशका सभापती र सरकारमा रहेका  कांग्रेसका मन्त्री तथा सांसदहरुको अकर्मण्यताको कारण प्रादेशिक अस्पताल गौरको अवस्था पूर्ण रुपमा दयनिय बनेको छ।

प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ भने झण्डै १ दर्जन डाक्टरले महिनौं देखि तलव भत्ता पाउन सकेका छैनन्। अस्पतालमा कार्यरत डाक्टर मध्ये  ११ जना डाक्टरले एक सूचना जारिगर्दै आजदेखि आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हाशमीले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशका सभापती,मन्त्री र  सांसदका कारण  अस्पताल अवस्था लथालिङ्ग भएको गुनासो गरेका हुन्।

 

केहि मन्त्रीहरुले मानवको स्वास्थ्यसँग जोडिएको अस्पताल जस्तो अति संवेदनशील ठाउँमा राजनीतिकारण गरेर अस्पताल कर्मचारीको सरुवामा समेत  हस्तक्षेप गरेको कारण  अस्पतालको अवस्था नाजुक बनेको अध्यक्ष हाशमीले बताए।

 

रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गरिरहेको उनले आरोप लगाएका छन् ।

 

अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै  मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएको पत्रकार सम्मेलनमा हासमिले प्रस्ट पारेका छन।

अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत छन् र दुवैबीच चर्को विवाद रहेको छ ।  मेडिकल सुपरिटेन्डेण्ट कृष्ण  साहलाई फिर्ता गर्न स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरेपनि मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको अध्यक्ष हासमिले बताए ।

 

एेनमा प्रदेशमा कर्मचारी नभए मात्र संघको कर्मचारी राख्ने प्रावधान छ । तर एेन बिपरित  पहिलादेखि नै कार्यरत मेडिकल सुपरिटेन्डेण्ट सिंह  हुँदाहुँदै  बलजबरजस्ती संघको कर्मचारी कृष्ण प्रसाद साहलाई टिकाएर राखिएको छ।
संजीव सिंह एघारौ तह र कृष्ण साह दशौ तहका कर्मचारी हुन ।  सिंह सिनियर कर्मचारी रहेकोले मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हाशमीको माग छ ।

 

विवादको कारण अस्पतालमा कार्यरत झण्डै एकदर्जन डाक्टर तलव पाउन नसकेकाले माघ ७ गतेदेखी आकस्मीक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरी
बन्दहडतालमा उत्रने चोतावनी दिइसकेको कारण ठुलो समस्या उत्पन्न भएको उनले बताए ।

 

डा. कृष्ण प्रसाद साहले विगतका दिनमा अक्सिजन प्लाण्ट खरिदमा लाखौं घोटाला गरेको आरोप लगाउँदै अध्यक्ष हाशमिले त्यसको छानविन हुनुपर्ने माग गरेका थिए।

अस्पताल जस्तो ठाउँमा  नेताहरुले राजनीति गर्न थालेका कारण अस्पतालको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको भन्दै  माघ ११ गतेसम्म  मेसुको विवाद सुल्झाएन भने कडा कदम चाल्न बाध्य हुने प्रादेशिक अस्पताल गौरमा अध्यक्ष अनवर हासमिले चेतावनी दिएका छन।न्युजका्रखाना

 

रौतहट ७ माघ।

पुर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले ११ माघको मधेस बन्द सफल बनाउँने निर्णय गरेको छ ।

 

अध्यक्ष साहको गृह नगर मौलापुरको पतौरा स्थित जवाहर आधारभुत बिधालयमा सनिवार सम्पन्न मौलापुर नगरस्तरीय आईटी आर्मीको भेलाले मधेस बन्द सफल बनाउँने निर्णय गरेको हो।

 

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सो भेलालाई सम्बोधन गर्दै बैंकहरुको लुटधन्दा विरुद्धको आन्दोलन कडा हुने बताए । बैंकहरुले लिने मनोमानी व्याज फिर्ता गर्नुपर्ने बताउँदै सर्वसधारणलाई ठग्ने ठगहरुलाई नछोड्ने चेतावनी दिएका छन।

बैंकहरुले मनोमानी लिइरहेको व्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट लिएको कर्जा फिर्ता हुनुपर्ने र सर्वसधारण नागरिकले सहजरुपमा कर्जा नपाएसम्म आन्दोलनका बिभिन्न कार्यक्रम जारी रहने चेतावनी साहले दिएका छन्।

 

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघमा मधेस बन्दको गर्ने घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो ।

भेलामा आजपा महासचिव उपेन्द्र साह, सचिव एवं संविधान सभा सदस्य समिना हुनेस लगायत  आइटी आर्मीका हजारौं युवाहरुको सहभागिता रहेको थियो ।

 

त्यस्तै आमजनता पार्टी निकट आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक सनिवार रौतहटको मौलापुरमा सम्पन्न  भएको छ।

 

आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक “महिलालाई राज्यको हरेक तह र निकायमा ५१५ अधिकारको सुनिश्चितताको लागि निर्णायक संघर्ष गर्ने”निर्णय सहित सम्पन्न भएकोछ । मौलापुर पार्क होटलमा बसेको उक्त बैठकको अध्यक्षता मोर्चा अध्यक्ष कुमारी बबिताले गरेकी थिइन्। कार्यक्रममा आजपा महासचिव उपेन्द्र साह, सचिव समिना हुसैन लगायतका नेताहरूको उपस्थितिमा रहेको थियो । उक्त बैठकले “बैकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता , लघुबीत तथा सहकारीहरुको सम्पुर्ण ऋण मिनाह तथा आम जनतालाई सहज कार्जा दिलाउनको लागि घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने समेत प्रतिबद्धता व्यक्त गरेकाछन ।

उता मौलापुर पार्क होटलको सभा हलमा आम मुस्लिम मोर्चाको केन्द्रीय समितिको बैठक सम्पन्न भएकोछ । मोर्चाको अध्यक्ष लालबाबु मंसूरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले मदर्सा ऐन र मदर्सा बोर्ड गठनको लागि निर्णायक संघर्ष गर्ने साथै बैंकिंग लुटको विरुद्ध घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने निर्णय गरेकोछ । बैठकमा मोर्चाको पदाधिकारीहरुको सहभागिता रहेको थियो। न्युजका्रखाना

काठमाडौँ, ६ माघ ।

मधेश प्रदेशले जारी प्रधानमन्त्री कपमा कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

 

शनिबार टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले पराजित गरेको हो ।

 

मधेश प्रदेशले दिएको २३२ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ४१.१ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । यसअघि पहिला ब्याटिंग गर्दै मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो ।

 

जारी प्रतियोगितामा मधेश प्रदेशको यो तेस्रो जित हो । मधेशको ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशले भने दोस्रो हार बेहोरेको छ । कर्णालीको ४ खेलमा ४ अंकसहित सातौं स्थानमा रहेको छ ।

 

अब मधेश प्रदेशले सोमबार टियु मैदानमा सुदूरपश्चिमसँग खेल्ने छ भने कर्णाली प्रदेशले सोमबार नै मुलपानीमा बागमती प्रदेशसँग खेल्ने छ ।न्युजका्रखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।