महोत्तरी, ९ माघ ।
पछिल्लो समय बर्दिवासस्थित रातु नदीमा अनुचित उत्खनन् भएको भन्दै चर्को विरोध भइरहेको वेला नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने उत्खनन्लाई रोक्न नहुने प्रतिक्रिया दिएका छन्।
उनले हाल नदीको उत्खनन् मापदण्डअनुसार नै भइरहेको बताएका छन्। ‘मापदण्ड अनुसार नै नदी उत्खनन् भइरहेको छ। विगतमा दोहन गरेर खान पल्केकाहरूले मात्र विरोध गरेका हुन्को,’ उनले भने।
बर्दिवासस्थित वडा नम्बर ३ मा रहेको जनजागृति माध्यामिक विद्यालयको स्वर्ण जयन्तिमा बोल्दै नगरप्रमुख क्षेत्रीले आफूलाई घेराबन्दी गर्न खोजेता पनि त्यस्लाई तोड्ने दाबी गरे।
अघिल्लो सरकारलाई संकेत गर्दै विगतमा भएका बेथितिहरूलाई सच्याउँदै अगाडी बढेको पनि क्षेत्रीको भनाइ छ।
नगरप्रमुख क्षेत्रीले २०८४ को निर्वाचनको समेत आफू उम्मेदवार रहने खुलासा गरे। यसैक्रमा चुनाव वेला प्रतिस्पर्धा गर्न उनले राजनीतिक दलहरूलाई चुनौती दिएका छन्। पार्टीबाट टिकट नापाएपछि स्वतन्त्ररुपमा जितेका क्षेत्री केही समयअघि नेपाली कांग्रेसमै फर्किएका थिए।न्युज कारखाना
महोत्तरी, ९ माघ ।
मुख्यमन्त्री सरोज कुमार यादवले सिक्षा सम्बन्धि अधिकार प्रदेश सरकारको मातहतमा नभएको हुनाले मधेशमा शैक्षिकस्तर खस्केको बताएका छन्।
आज जनजागृति माध्यामिक विद्यालय बर्दिवासको स्वर्ण जयन्तिको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री यादवले स्थानीय सरकारले नै यसमा ध्यान दिनुपर्ने बताए ।
मधेशको उत्तरपूर्व क्षेत्रमा सैक्षिक गुणस्तर राम्रो रहेता पनि राजनीति खिचातानीले दक्षिण देहातमा सामुदायिक विद्यालयहरू थप खस्किँदै गएको उनको भनाई छ।
राजनीति ऐक्यवद्धता रहेमात्र साझा विकास गर्न सकिने मुख्यमन्त्री यादवको भनाई छ। उनले बर्दिवास नगरपालिकाको लागी प्रदेशास्तरिय गौरवको योजना दिन चाहेको बताएका छन्।न्युज कारखाना
जनकपुर, ९ माघ ।
मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ। यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
केहीबेरमा प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाउन इने जनमतले जनाएको छ।
शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको पत्र बुझाउने तयारी भइरहेको
जनमत पार्टीका प्रदेश सांसद संजय यादवले जानकारी दिए।
सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो।
सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो। विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो।न्युजकारखाना
रौतहट ९ माघ।
पछिल्लो समय रौतहटस्थित बढ्दैगएको हुण्डी कारोबारको जालो तोड्न सशस्त्र प्रहरी लागिपरेका देखिएको छ।
सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख बढी रुपैयाँ र ३ थान मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले यस आर्थिक वर्षको ६ महिना भित्र नेपाली र भारु सहित २४ लाख भन्दा बढी बरामद गरेको हो। गत असार २२ गते देखि माघ ५ गतेसम्म नेपाली १५ लाख,७६ हजार ८७५ रुपैया र भारु ५ लाख २२ हजार स्रोत नखुलेको रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मीले बताएका छन।
सशस्त्र प्रहरीले जिल्लाको बिभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा गत असार २२ गते स्रोत नखुलेको ४ लाख ७१ हजार रुपैयाँ, मोटरसाईकलसहित एकजनालाई पक्राउ गरेको थियो।
त्यस्तै गत पुस २० गते ५ लाख,११ हजार,८७५ सहित मानिस मोटरसाइकल, माघ ५ गते ५ लाख ९४ हजार सहित मानिस मोटरसाईकल, त्यस अघि ५ लाख २२ हजार भारतीय रुपैयाँ सहित दुईजना मानिसलाई पक्राउ गरिएको एसपी रेग्मीले बताएका छन।
बरामद रकम, मोटरसाईकल सहित मानिसलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटले जनाएको छ।न्युजकारखाना
जनकपुरधाम, ९ माघ ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीले राष्टिय सभाको निर्वाचनमा सत्ता गठबन्धनसंग एक सिट माग गर्दै आएको थियो । तर सिट नपाएपछि मधेस प्रदेशमा र लुम्बनी प्रदेशमा एक एक सिटमा उम्मेदवारी दर्ता गराएका छन ।
सत्ता गठबन्धनमा नै रहेर जनमत पार्टीले आफनो छुटटै उम्मेदवारी दर्ता गराएपछि गठबन्धन भित्रमै रहेका दलहरु बिचमा असन्तुष्टि देखिएको छ । सत्ता गठबन्धनमा जनमत पार्टीले संघमा एक मन्त्री सहित योजना आयोगको सदस्य पद समेत पाएका छन ।
त्यसैगरि मधेस प्रदेशमा दुई मन्त्री र निति आयोगमा एक जना सदस्य पाएका छन । सत्ता गठबन्धनमा निकै लाभ लिदै आएको जनमतले भने रहेक निर्वाचनमा गठबन्धनको विरुद्धमा आफनो उम्मेदवारी दिदै आएको छ । यसले समेत सत्ता गठबन्धनमा रहेका अन्य दलहरुले जनमतको क्रियाकलापबाट असंतुष्टि जनाएको छ । मधेस प्रदेशमा राष्टिय सभाको दुई सिट मध्ये जनमतले अन्य तर्फ राम शंकर महासेठलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट सो पदमा नेपाली काग्रेसका आनन्द प्रसाद ढुगाना उम्मेदवार बनेका छन ।
मधेस प्रदेशमा जनमतले सत्ता गठबन्धनको उम्मेदवार ढुगानालाई मत नदिदा समेत गठबन्धनको दुई उम्मेदवारको जित सुनिश्चित जस्दै देखिएको छ ।महिला तर्फ जसपा नेपालका उम्मेदवार पुजा चौधरी चुनावी मैदानमा छन ।
मधेस प्रदेशमा दलहरुको मतभार हेर्दा नेपाली काग्रेस पहिलो शक्ति हो । काग्रेससंग मात्रै ३ हजार १ सय ६१ मत भार रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसंग २ हजार ३ सय ५५ मतभार छ । जनमत पार्टीको मतभार ७ सय ४६ छ । गठबन्धनमा रहेका दलहरु नेपाली काग्रेस,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,एकिकृत समाजवादी पार्टी ,नेकपा माओवादी केन्द्र ,नागरिक उन्मुक्ति पार्टीको मतभार जोडदा ७ हजार ५सय ४१ पुग्छ । यस्तोमा जनमतले गठबन्धनमा रहेरै उम्मेदवारी दिदा समेत कुनै फरक पर्ने अवस्था भने देखिदैनन । तर पनि गठबन्धनमा रहेर जनमतले आफनो उम्मेदवारी दिएर मधेसको अधिकार र पहिचानको लागि आफु जहा रहेर पनि विद्रोह गर्ने सन्देश दिने प्रयासमा छन ।
सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी सहभगि भएपनि चिढिएका छन । गत निर्वाचनमा सहयात्री रहेको नेपाली काग्रेसंगको सहकार्य तोडेर माओवादी केन्द्रले नेकपा एमालेसंग सहकार्य गरेपछि जनमत माओवादी एमालेको गठबन्धनमा सहभािगता जनाएको थियो । नयां गठबन्धनको निर्माण भएपछि जसपाले अहिलेको सत्ता गठबन्धनको साथ नछाडेपनि समय समयमा गठबन्धनको निर्णयको विरुद्धमा आफनो छुटटै उम्मेदवारी दिदै आएको छ । जनमतले उपराष्टपतिको निर्वाचनमा उम्मेदवारी दिएका थिए भने गठबन्धनका साझा उम्मेदवार रहेका बारा २ मा उपेन्द्र यादवकै विरुद्धमा उम्मेदवारी दिएका थिए । मधेस केन्द्रित दलमा देखिएको तिक्ता कै कारणले जनमत गठबन्धनको धेरै जसो निर्णयमा असहमति राख्दै आएको छ ।
नेपाली काग्रेसका सह महामन्त्री महेन्द्र यादवले जनमत पार्टीमा राजनितिक परिपक्ताको आभाव देखिएको बताए । उनले संघ देखि प्रदेश सम्मको गठबन्धनमा नेपाली काग्रेसकै कारणले जनमत गठबन्धनमा अहिले सम्म टिकेको तर राष्टिय सभाको निर्वाचनमा उम्मेदवारी दिएर उसले फेरि एक पटक राजनितिक परिपक्ताको आभाव देखिएको बताए ।
ज्नमत पार्टी सबै भन्दा बढि आक्रमक रुपमा जसपा प्रति प्रस्तुत हुदै आएको छ । मधेसमा जनमतले आफनो प्रतिस्पर्धी शक्तिको रुपमा बुझने गरेका छन । ३ गते मुख्यमन्त्रीको कार्यक्रममा गरेको विरोध प्रदर्शन समेत यसैका रुपमा लिइएको छ । जनता समाजवादी पार्टीका नेता एवं मुख्यमन्त्री सरोजकुमार यादवले जनमतलाई केन्द्रमै बनेको गठबन्धनको आधारमा प्रदेशमा समेत राखिएको बताउदै उसले रहेक निर्वाचनमा गठबन्धनको विरुद्धमा जाने गरेको कारणले गठबन्धनमा सहभागि दलले उसको क्रियालकापको विषयमा सोच्नुपर्ने समय आएको बताए । उनले जनमत पार्टी राजिनितिक प्रचारवाजीमा बढि विश्वास गर्ने गरेको कारणले हार्दै छु थाहा पाउदा पाउदै राजनितिक प्रचारवाजीकै लागि यस्तो कार्य गर्ने गरेको बताए ।
जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले गठबन्धनमा रहेका दलहरुले आफनो धर्म निर्वाह नगरेको कारणले आफुहरुले उम्मेदवारी दिएको बताए । उनले माधव नेपाल जीको पार्टी राष्टिय पार्टीपनि हैन जसपा भन्दा आफुहरुको मत पनि विगतको निर्वाचनमा बढि छ तर उहाहरुलाई सिट दिने जनमतलाई नदिने गठबन्धन दलको रवैयाको कारणले उम्मेदवारी दिएको जिकिर गरे । उनले हार र जित भन्दा पनि जनम आफनो सम्मान र मुल्यममान्यताको आधारमा अगाडि बढनुपर्छ भन्ने विचारमा अडिग छ भन्ने सन्देश दिएको बताए ।
न्युजकारखाना
राैतहट, ९ माघ ।
पछिल्लो समय देशमा परेको आर्थिक मन्दीको मारमा राजमिस्त्रीहरू परेका छन्।
घर जग्गा व्यवसायमा मन्दी आएसँगै नयाँ नयाँ घर निर्माणका काम एकाएक ठप्प भएपछि रौतहटका राजमिस्त्रीहरू यतिबेला बेरोजगार भएका छन्।
रौतहटको चन्द्रपुर नगरपालिकामा नयाँ घर तथा भवनहरू निर्माण हुन छाडेपछि चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा रहेको नयाँ बस्तीका राजमिस्त्रीहरू यतिबेला रोजगारीका लागि भारततिर जान थालेका छन् ।
चन्द्रपुर नगर क्षेत्र तथा रौतहट जिल्लामै भवन निर्माण तथा घर निर्माणका काम हुन छाडेपछि मिस्त्रीहरू बाध्य भएर भारत जानुपरेको उनीहरूको भनाइ रहेको छ। पछिल्लो एक वर्ष यता रौतहट जिल्लाका सहरी क्षेत्रमा घर तथा भवन निर्माणको काम ठप्प भएको घर निर्माणको ठेक्का लिँदै आएका ठेकेदार प्रयाग शाहको भनाइ रहेको छ। घर निर्माणको काम एकाएक रोकिएपछि चन्द्रपुर नगरपालिका वडा नम्बर ७ नयाँ बस्तीमा रहेका दर्जनौं राज मिस्त्रीहरू यतिबेला रोजगारीका लागि भारत जान बाध्य भएको उनले बताए । भवन निर्माणको काम एकाएक ठप्प भएपछि आफू समेत बेरोजगार भएको शाहको भनाइ रहेको छ।
एक वर्ष पहिला समेत पहिलासम्म आफूले ४ देखि पाँचवटा नयाँ घर बनाउने ठेक्का लिने गरेकोमा पछिल्लो समय आएर घर निर्माणको काम बन्द भएपछि आफू सहित लेबर तथा मिस्त्रीहरु बेरोजगार भएको उनको भनाइ छ ।
नयाँ घर तथा भवन निर्माणको काम एक वर्षदेखि एकाएक नभएपछि आफूसँग काम गर्दै आएका लेबर तथा राज मिस्त्रीहरू रोजगारीका लागि भारतको पन्जाब तथा अन्य प्रान्तमा काम गर्न भएको अर्का ठेकेदार राम सोनर शाहको भनाइ छ । पछिल्लो समय देशमा बढ्दो आर्थिक मन्दीका कारण रौतहट जिल्लामा नयाँ घर तथा भवन निर्माणका कार्य लगभग बन्द हुँदा यहाँका हार्डवेयर व्यवसायी समेत मारमा परेका छन् ।
भवन तथा घर निर्माणको काम एकाएक बन्द भएपछि दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक छाक टार्ने मजदुरहरू समेत मारमा परेको अर्का ठेकेदार विक्रम बहादुर विकले बताए । भवन निर्माणको काममा सक्रिय रहने लेबर तथा मिस्त्रीहरू पछिल्लो समय घर तथा भवन निर्माणका काम हुन छाडेपछि बाध्य भएर भारत लगायत देशकै अन्य स्थानमा मजदुरी गर्न जान बाध्य भएको ठेकेदार बिकको भनाइ रहेको छ ।
एक वर्ष पहिलासम्म आधा दर्जन घर बनाउने ठेकेदारका रुपमा चिनिएका बिक यतिबेला काम नभएका कारण आफै बेरोजगार भएको गुनासो गर्दछन्। रौतहटको चन्द्रपुर नगरपालिका लगायतका बजार एरियामा पछिल्लो समय घर तथा भवन निर्माणको काम एकाएक बन्द भएपछि त्यसको मारमा मजदुर तथा मिस्त्री परेका हुन् । रौतहट जिल्लामा पछिल्लो समय आएर घरजग्गाको कारोबार समेत ठप्प भएसँगै नयाँ भवन तथा घर निर्माणको काम समेत बन्द भएको छ। आर्थिक मन्दीका कारण रौतहटमा घरजग्गा कारोबार तथा भवन निर्माणको काम हुन नसकेपछि त्यसमा काम गर्ने मजदुरका साथै स्थानीय हार्डवेयर पसलमा काम गर्ने मजदुरहरू समेत बेरोजगार बनेका छन ।
पहिलाको तुलनामा अहिले आएर रड सिमेन्टको व्यापारमा समेत कमी आएको चन्द्रनिगापुरका हार्डवेयर व्यवसायी शिवप्रसाद पराजुलीको भनाइ रहेको छ ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका गौर नगरपालिका गरुडा नगरपालिका कटहरिया नगरपालिका गढीमाई नगरपालिका लगायतका पालिकाहरूमा घर तथा नयाँ भवन निर्माणको काम ९० प्रतिशतले कमी आएको घर तथा भवन निर्माण कार्यमा संलग्न ठेकेदारहरूको भनाइ रहेको छ।न्युजकारखाना
काठमाडौँ, ८ माघ ।
जारी पीएम कपमा सुदूरपश्चिम प्रदेशले पहिलो हार बेहोरेको छ ।
टियु मैदानमा सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको ३२० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ४४.५ ओभरमा अल आउट हुदै २३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि नरेन भट्टले १२१ रनको शतकीय पारी खेलेपनि जित भने दिलाउन सकेनन ।
यस अघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाउदै ३१९ रन बनाएको थियो । मधेशका लागि मयन यादवले ११५ रनको शतकीय पारी खेलेका थिए भने पवन सराफले ७० तथा अनिल शाहले ६९ रन बनाएका थिए ।
यो जितपछि मधेश प्रदेशले ६ खेलमा ८ अंक हासिल गरेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।न्युजका्रखाना
बारा, ८ माघ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएकाे बताएका छन् ।
सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेकाे सिम्राैनगढ छाेटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’ उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताए ।
मन्त्री डा. महतले भने, ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ ।’
खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा. महतले बताए । उनले भने, ‘बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ ।’
एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री डा. महतको भनाइ थियो । उनले भने, ‘बारामा अधिकांश सडक बनिसकेको छ, मरिन सुनकोशी डाइर्भसन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन । त्यसपछि बाराको कृषि उत्पादन बढ्ने, उद्योग, व्यापार र व्यवसाय बढ्छ ।’न्युजका्रखाना
जनकपुरधाम, ८ माघ ।
करिब ५ सय वर्षको संर्घष पछि भारतको अयोध्यामा भगवान रामको जन्म भुमि भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण गरिएको छ ।
अयोध्यामा बालरुपी रामको प्रतिमाको पुजापाठ गरेर प्राण प्रतिष्ठा गरिदै छ भने भगवान रामको ससुराली अर्थात जनकपुरमा उल्लासको वातावरण रहेको छ ।
अयोध्यामा भगवान राम आफनो जन्म स्थानमा निर्माण गरिएको मन्दिरमा प्रवेश गर्दै छन, जसको उल्लास सारा सनातनीहरुलाई हुनु स्वभाविक नै रहेको छ । जनकपुर सीताको जन्म भुमि र भगवान रामको सुराली भएको कारणले जनकपुरको मठमन्दिरहरुलाई समेत भव्य रुपमा सजाइएको छ । जनकपुरको चौक चौकहरुमा ध्वजा फहराइएको छ भने समाजिक संजालमा जय श्रीरामले छाएको छ । अहिले चौक चौकमा राम मन्दिरकै चर्चा रहेको छ ।
जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र सहायक महन्थ राम रोशन दासलाई अयोध्याको प्राण प्रतिष्ठामा सहभागिताको लागि आमन्त्रण गरिएपछि उहाहरु अयोध्या पुगेका छन भने स्थानिय युवाहरुको सहभागितामा जानकी मन्दिरलाई भव्य रुपमा सजाइएको छ । हिजो दिउसो नगर क्षेत्रमा हिन्दु संगठनका युवाहरुको सहयोगमा शोभा यात्रा समेत प्रदर्शन गरिएको थियो ।
जनकपुरधाम उप महानगरपालिकाले आज नगर क्षेत्र भित्र होटल र पसलहरुमा मासुजन्य पदार्थ र मदिरा बिक्री तथा सेवनमा रोक लगाएको छ । भारतमा भईरहेको प्राण प्रतिष्ठाको कारणले अहिले सारा हन्दुमा उत्साहको अवस्था रहेको छ जसले जनकपुरधाम मदिराजन्य कारोवारमा रोक लगाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनाकारी दिए ।
उनले जनकपुर भगवानको ससुराली भएको कारणले गर्दा समेत यहाको सर्वसधारणमा मन्दिर निर्माण र प्राण प्रतिष्ठालाई लिएर उत्साहको अवस्था छ । साझ जनकपुरवासीलाई दिपावली मनाउनको लागि आब्हानसमेत नगरपालिका र उद्योग वाणिज्य संघले गरेको छ । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले साँझ व्यापारी र स्थानियवासीहरुलाई आ आफनो घरमा दिपावली मनाउनको लागि आग्रह गरिएको बताए ।
जानकी मन्दिरमा विभिन्न हिन्दु संगठनहरुले सवा लाख दियो वाल्ने छ । यसको लागि आवश्यक दियो र तेलको प्रबन्ध स्थानियवासीहरुको सहयोगमा गरिएको छ ।
जनकपुर नगर क्षेत्रलाई गेरुवा रंगको झण्डाले नगर सजाइएको छ भने हिजो राति देखि नै रंगिचंगी बत्तिले नगर क्षेत्रलाई झकी झकाउ पारिएको छ । राजा जनकको दरवार मानिएको जानकी मन्दिरलाई बहुरंगी बत्तीले सजाइएको छ । यस अघि जनकपुरवाट दैनिक खाद्यन्न सहित सुनचांदी सहित सौगात समेत अयोध्याय पठाइएको थियो ।
त्यसैगरी, मन्दिर निर्माणको लागि आवश्यक विभिन्न खालको मुर्ति निर्माणको लागि काली गण्डकीबाट शालिग्रामका शिला समेत अयोध्या पठाइएको थियो । १५औँ शताब्दीमा, मुगल सम्राट बाबरले राम जन्मभूमिमाथि बाबरी मस्जिद निर्माण गरेका थिए ।
हिन्दु धर्मावलम्बीको अनुसार सो मस्जिदको निर्माण एउटा हिन्दु मन्दिरलाई खण्डित गरेर गरिएको थियो । हिन्दुहरुले यो स्थान भगवान श्रीरामको जन्मभुमि रहेको भन्दै त्यहाँबाट मस्जीदलाई हटाउनु पर्ने माँग गर्दै आएको थियो भने मुस्लिमहरुले त्यो मस्जिद रहेको भन्दै विवाद हुदै आएको थियो । सन् १८५० को दशकमा यो विवादले हिंसात्मक रूप लिएको थियो ।
त्यसपछि मस्जिदको ठाउमा मन्दिर निर्माण हुनु पर्छ भन्दै हिन्दुपक्षहर संघ संठनहरुले आन्दोलन गर्दै आएका थिए । विवादको हिंसक रूप सन् १९९२ डिसेम्बरमा उग्र रूप लिएको थियो जब बाबरी मस्जिद विध्वंस गरिएको थियो । विभिन्न मुद्दा मामिला र कानूनी विवाद र समाधानको बाटो खोजिएको थियो, जस्तै अयोध्या अध्यादेश, १९९३ जसअनुसार निश्चित क्षेत्रलाई अधिग्रहण गर्ने मार्ग दिइएको थियो । सन् २०१९ मा अयोध्या विवादमाथि सर्वोच्च अदालतले विवादित भूमिमा सरकारद्वारा एउटा ट्रस्ट गठन गरी मन्दिर निर्माण कार्य गराउन आदेश दिएको थियो ।
गठित ट्रस्ट श्री राम जन्मभूमि तीर्थक्षेत्र थियो । सन् २०२० फेब्रअरी ५ मा मोदी मन्त्रिमण्डलले मन्दिर निर्माणको एउटा योजना स्वीकार गरेको भारतीय संसदमा घोषणा गरेको थियो । सो योजना अनुसार मन्दिर निर्माण भई मन्दिरमा भगवानको प्राण प्रतिष्ठा हुन लागेको छ । न्युजका्रखाना
रौतहट, ८ माघ ।
लगातार तीन हप्तादेखिको चिसोका कारण रौतहट सहित मधेशको जनजीवन नराम्रोसँग प्रभावित भएको छ।
विगत एक सातादेखि परेको तुषारोका कारण रौतहटको जनजीवन नराम्रोसँग प्रभावित भएको हो। पानी परेजस्तै परेको तुषारोका कारण ग्रामीण जनजीवन नराम्रोसँग प्रभावित भएको छ।
अत्याधिक चिसोका कारण सर्वसाधारणहरू घरबाट बाहिर निस्कन सक्ने अवस्था रहेको छैन। चिसोका कारण बजारमा चहलपहल समेत घटेको व्यापारीहरूले बताएका छन्। एक सातादेखि परेको तुषारोका कारण सर्वसाधारणहरूको चहलपहल बजारमा घट्दै जान थालेको व्यापारीहरूको भनाइ रहेको छ।
जाडोका कारण रौतहटका सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीको संख्या समेत घट्दै जान थालेको छ। पहिलेको तुलनामा जाडोका कारण सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमी आएको रौतहट जिल्ला भूमिसुधार कार्यालयका कार्यालय प्रमुख उदयप्रसाद देवकोटाको भनाइ रहेको छ।
एक हप्तादेखिको तुसारोका कारण किसानहरूले लगाएको नगदे बाली मुसुरो तोरीमा नराम्रो क्षति पुगेको किसानहरूको भनाइ रहेको छ। जाडो बढेसँगै जाडोबाट हुने विभिन्न रोगका बिरामीहरूको सङ्ख्या समेत सरकारी अस्पतालमा बढ्दै जान थालेको छ। जाडो बढेपछि वृद्धबिरुद्धमा निमोनिया जस्ता रोगहरू देखा पर्न थालेको चन्द्रनिगापुरस्थित सरकारी अस्पतालका डाक्टर रामजी रामको भनाइ रहेको छ ।
जाडो बढेसँगै जाडोबाट लाग्ने विभिन्न रोगका रोगीहरूको अस्पतालमा भिड लाग्न थालेको डाक्टर रामले जानकारी दिएका छन्।
विगत एक सातादेखिको तुषारोका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सर्वसाधारणको दैनिकी समेत प्रभावित हुँदै जान थालेको छ । जाडोले काम गर्ने अवस्था नभएका कारण आफूहरू घरमै बस्न बाध्य भएकाले बिहान बेलुकाको छाक टार्न समस्या भएको कटहरियाका हरिकृष्ण रामले गुनासो गरे ।
विगत तीन सातादेखिको हुसु शीतलहरी र तुसारोका कारण पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनहरूले दिउँसै लाइट बालेर हिँड्नुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक सुशील आचार्यको भनाइ रहेको छ। न्युजका्रखाना