रौतहट २० माघ।
रौतहटको जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा निर्धारित दर भाउ भन्दा बढीमा खसीको मासुको बिक्री गर्ने व्यवसायीलाई कार्वाही हुने निर्णय गरिएको छ।
बजार क्षेत्रमा केही व्यवसायीले मनपरी दरभाउमा खसीको मासु बिक्री गरेको पाइए पनि खसीको मासुको मूल्य निर्धारण गरिएको छ। स्थानिय खसीको मासु ब्यवसायी र उद्योग बाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासुको दुईथरीको भाउ निर्धारण गरेको छ।
आन्द्रा भुँडी समेतको प्रतिकिलो खसीको ताजा मासु प्रतिकिलो ९०० रुपैयाँ र आन्द्रा भुँडी नभएको मासु प्रतिकिलो ९५० को दरले बिक्री गर्नु पर्ने निर्णय भएको छ। निर्धारित दर भन्दा बढी भाउँमा बिक्रि बितरण गर्ने ब्यवसायीलाई ५१ हजार रुपैयाँ जरिबाना गरिने उद्योग बाणीज्य संघ गरुडाका अध्यक्ष सतीश कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
पछिल्लो समय गरुडा बजार क्षेत्र अन्तर्गत केही व्यवसायीले मनपर्दी भाउमा खसीको मासु बिक्रि गरिरहेको गुनासो बढेपछि संघले उक्त पहल गरेको हो । गरुडा बजार क्षेत्रमा खसीको मासुको भाउ निर्धारण गरिए पनि सदरमुकाम गौर, कटहरिया लगायतको बजारमा हुन सकेको छैन।
गतमा खसीको मासु प्रतिकिलो १ हजार रुपैयाँमा बिक्रि भईसकेको भएपनि पछिल्लो समय देशमा देखिएको आर्थिक तरलताको प्रभावले अहिले भाउ घटेको विजय मिट तथा कटीया हाउस कटहरियाका सञ्चालक विजय साहले बताएका छन।न्युजकारखाना
महोत्तरी, २० माघ ।
चियाको उत्पत्तिका बिषयमा अनेकौ किंवदन्तीहरु छन । भनिन्छ ५ हजार वर्षअगाडि चीनका एक सम्राट शेन नुंग जोले एक दिन जंगलमा उनका सहयोगीहरुले पिउने पानी उमालिरहँदा नजिकैको रुखबाट केही पातहरू पानीमा हाले त्यसरी उमालिएको पानि पिउँदा निक्कै स्वाद आयो । कालान्तरमा गएर त्यही नै चिया बन्न पुग्यो ।
त्यससगैँ विकसित भएको चियाको अम्मल बिश्वभरी नै फैलियो । बिस्तारै यसका रुपरंगहरु मात्र फेरिएनन, मानिसहरुले व्यापारको रुपमा पैसा आर्जन गर्ने गन्तव्य समेत बनाए । पेय पदार्थको रुपमा बिश्वभरी लोकप्रिय बन्दै गएपछी कप अफ टी, टी विथ मुसोलिनी, टि एन्ड बिस्केट, द टेस्ट अफ टी, द टाइगर हु केम टु टी लगायतका सयौ चलचित्र समेत निर्माण भईसकेका छन । सबैभन्दा पहिला सन् ७६०/६२ को हाराहारीमा एक चाइनिज लेखक लु युले पूरै पुस्तक चियाबारे लेखेका थिए । ChÚa Zing अर्थात् The Classic of Tea पुस्तकको मूल ग्रन्थ हराएर पछि मिङ वंशको पालामा पुनर्लेखन भएको थियो । यो पुस्तकमा चियाको उत्पत्ति, रोप्ने टिप्नेदेखि पिउँदासम्म प्रयोग गर्ने १५ भाँडाकुँडाहरू, बनाउने, पिउने तरिका, पाइने स्थान, इतिहास सबैको सविस्तार व्याख्या गरिएको छ ।
नेपालमा पनि राजा, माहाराजा अर्थात सम्भ्रान्त बर्गले उठने बित्तिकै विहान सोखको लागी पिउने चिया अहिले देशैभरीका गल्ली, दोबाटो, राजमार्ग र होटलहरुमा करौडौ संख्यामा बिस्तार भएका छन ।
चिया पारखीहरुले स्वादिष्ट चिया पाउने ठाउँको रुपमा देशैभरीका कतिपय शहरहरुलाई श्रेणिगत रुपमा बिभाजन गरेका छन । यस्तै चिया चर्चाकोरुपमा आधा शतकदेखी विकास हुँदै आएको बर्दिवास शहरको चर्चा अहिले पनि उत्तिकै छ ।
५० बर्षदेखी चियाको वरिपरि घुमिरहने स्थानिय व्यापारीका कारण मात्र हैन्, नयाँ पुस्ताको चिया कै आधुनिकीकरणका कारण बर्दिवासको उचाईलाई चियाले नै मलजल गरिरहेको छ । केही तन्नेरी पुस्ताका चिया पसल र चियालाई बर्दिवास र बर्दिवासलाई चियाको रुपमा चिनाएका पुराना चिया पशलहरुमा आउनुस एकैछिन घुमौ ।
कित्ली चिया घर
चियाको लोकप्रियतालाई ध्यानमा राखी तन्नेरी पुस्ताले अवलम्बन गरेको चिया घर हो कित्ली चिया ।
बर्दिवास बजारको मुख्य राजमार्गवाट झण्डै सय मिटर भित्र पसेपछी कित्ली चिया घर पुगिन्छ । भुई घरलाई डेकोरेसन गरेर बनाइएको चिया घरमा पुगेपछी बोर्डमा लेखिएको छ – `मन खोल्छ चियाले……….´
चियाको स्वादमा झुमिने पारखीहरुलाई यो लेखेको भनाई देखेपछि अलि कौतहुल लाग्छ । अचम्म लाग्दो त कहाँ नीर छ भने पारखीहरुले कालो वा सेतो, चिनी भएको वा नभएको भनेर अर्डर गर्न पर्दैन लामो मेनुले कुन चाँही चिया पिउने भन्नेमा बरु अल्लमल्ल बनाउँछ ।
कर्मचारीहरु आएर प्रत्येक मेनुको बर्णान गरेपछी बल्ल कुनचाहिँ चिया पिउने भन्नेमा उनिहरुले निर्णय गर्छन ।
मेनुमा २३ प्रकारका चियाको लामो सुची वनाइएको छ । २० रुपैयादेखी सुरु हुने यो कित्ली घरमा २५० सम्मको चिया पाईन्छ । २५० मा पाइने चियालाई पान घोत्ला चिया भनिन्छ । हो यही चियाले बर्दिवासलाई नयाँ चिनारी दिएको छ ।
पान घोत्ला चियापछी अर्को परिचित चियाको नाम हो कान्छी चिया । कान्छी चियाको आफ्नै कथा छ । सुत्केरी महिला, स्वास्थ्यका दृष्टिकोणले कमजोर जोकोहीले पोष्टिक तत्वकोरुपमा यस्लाई खुवाउन सकिने कित्ली घरकी संचालक जुनु सुनार वताउछिन । यस्मा विभिन्न मसलाहरु मिश्रण गरिएको हुन्छ ।
`बर्दिवास चियामा त्यतिकै परिचित छ, यसलाई थोरै हामीले नयाँपन दिने कोशिश गरेका छौ,´ सुनारले भनिन, `व्यावसायिकरुपमा समयअनुसार परिमार्जन गर्न आवस्यक छ, हामीले नया ट्रेनको आवाश्यक्तालाई बुझ्यौ, त्यतिमात्र हो ।´
शर्मा चिया पसल
चियाको लामो ईतिहास बोकेको बर्दिवासको अर्को चिया पसल हो- शर्मा चिया पसल । चिया पसल खोल्दा यसका संचालक जयनारायण शर्मा तन्नेरी थिए ।
जतिवेला बर्दिवासमा बजार नै थिएन, जनसंख्या निक्कै कम थियो । मानिसहरु ओहोरदोहोर गर्ने तत्कालीन बर्दिवास चौवाटो नभएतापनी शर्माले बनाउने चियामा झुमिने र मजा लिने त्यतिवेला पनि हुन्थ्यो ।
जयनारायण शर्माले चिया पसल खोले तर कित्ली चियाको जस्तो अनेकौ प्रकारहरु पनि थिएन तर शर्मा चियाको स्वाद सर्वत्र फैलियो । यतिमात्र हैन यहाँ गिरिजाप्रसाद कोइराला देखि देशका शिर्ष नेताहरुले समेत आँउजाँउ हुदा शर्मा चिया पशललाई केन्द्र बनाउन थाले ।
अहिलेसम्म पनि जयनारायण शर्मा सोही चिया पशललाई निरन्तरता दिदै आएका छन । चियाको कुशल व्यवस्थापनका कारण अभ्यस्त वनेका शर्मा अहिले सामाजिक कार्यमा उत्तिकै सक्रिय छन ।
थापा चिया पसल
अहिले चिया वनाउँदा थापाको हात थरथर काम्छ । बुढ्यौलीले त्यति उनी हिडडुल गर्दैनन तर चियाको मीठो चुस्की लिदै चिया चौतारी बनाएका ब्यक्तिहरुको अटुटपना दिनभरी नै रहन्छ ।
बर्दिवासका अन्यत्र ठाउँहरुमा चिया पिउनेहरु भन्छन- `जाउ एक कप थापा चियामा गएर पिउ अनि छुटिउला।´
कित्ली घरको जस्तो थापा पनि परिकारले भरिपुर्ण चिया बनाउन चै जान्दैनन तर चियाको उत्कृष्ट स्वादले थापाको चिया पशलले बर्दिवासलाई ४ दशक देखि जिवन्त बनाउदै आएको छ।
चिया पिउन आएकाहरु भन्छन – `थापाको चिया पशलमा चिया पिएर नै हामी हुर्केका हौ ।´
थापाका जेठा छोराले बर्दिवासमा नै चिया पसल सञ्चालन गरेका छन । वावुको पुरानो बिरासतलाई थामेका हिमाल चिया पशलमा पनि बिहान, बेलुका चुस्की लिनेहरुको भिड नै हुने गर्दछ । अझ उन्को चिया पशल बर्दिवास नगरपालिकाभरीका प्रधानध्यापकहरुको योजना बनाउने शैक्षिक चौतारी वनेको छ । त्यसैले उनकाे चिया पशललाई शिक्षक चोक भनिन थालेको छ ।
बस्नेत चिया पसल
बस्नेत चिया पसल पनि बर्दिवासमा लामो इतिहास बोकेको चिया पसल हो ।
हुन त चिया कै बिषयमा विश्वमा हजारौँ पुस्तकहरू लेखिएका छन् ।नेपालका साहित्यकारहरुले विभिन्न कृतिहरु चिया कै परिवेशमा रचना गरेका छन ।
विद्यालयका पाठ्यपुस्तकहरूमा पनि यसबारे विभिन्न प्रकारका कथाहरू समेत समावेश गरिएको छ ।
तर चियामा नै जीवन विताएका र चियाको संस्कार स्थापित गरेका बस्न्नेत जस्ता धेरै जना गल्ली र गल्छौडाहरुमा हराईरहेका छन ।
बस्नेत चिया पशल पनि बर्दिवासमा लामो बिरासत बोकेको चिया पशल हो यस्का संचालक तेजवहादुर बस्नेतको निधन भए तापनी उनकाे परिवारले यस्लाई अझै निरन्तरता दिइरहेका छन ।
लाल चिया पसल
लाल चिया पशल बर्दिवासमा चिया सम्राज्यको विकास गर्दै दशकौ लामो विरासत बोकेको चिया पशल हो ।
दिलिप भुजेलद्वारा संचालित लाल चिया पसलले चिया संस्कारको विकास गर्नेमात्र हैन्, चियाको अम्मल बनाएर मदिरावाट मुक्त बनाउन भुमिका खेलेको स्थानियहरु बताउँछन ।
`बर्दिवासमा पुगेकाहरु लाल चिया घरको चुस्की नलिई फर्कदैन्थे,´ अर्का चिया व्यापारी शंकर थापा स्मरण गर्छन, `अहिले चै बन्द भएको छ ।´
न्यौपाने चिया पसल
पुराना पुस्ताहरुले तन्नेरी हुदा संचालन गरेको चिया पशल मध्येको एक हो- न्यौपाने चिया पसल ।
यसका संचालक दुर्गा प्रसाद न्यौपानेले अझै सोही चिया पसललाई निरन्तरता दिईरहेका छन । न्यौपानेले भने उक्त चिया पशललाई परिमार्जन गरेर खाना, खाजा खुवाउने सेवा पनि बिस्तार गरेका छन ।
राजमार्गसगैँ जोडिएको न्यौपानेको पसलले अहिले चिया पारखीहरुलाई मात्र तान्दैन, अझ खाजा, खानाको फरक परिकारले त्यहाँ पुग्न जोकोहीलाई बाध्य बनाउछ ।
शाकाहारीहरुको लागी बेग्लै पहिचान बनाएको न्यौपाने चिया पशलमा खिर, रोटी लगायतका परिकारले धार्मिक तिर्थयात्रीहरुको लागी उपयुक्त गनतब्य बनेको छ ।
स्थानिय माटोमा हुर्किएर स्थानिय मौलिक खाना र परिकारलाई निरन्तरता दिएका न्यौपानेले चियालाई पनि झण्डै ५ दशकदेखि मौलिकता दिएकै कारणले बर्दिवास बटुवाहरुको लागी उपयुक्त गन्तव्य बनेको छ ।
तर उल्लेखित चिया व्यापारीहरुले गरेको कर्मले नै बर्दिवासमा चिया संस्कारको विकास भएको हो । तर मधेशमा चिया संस्कारको विकास गरि रोजीरोटीको माध्यम वनाउन सिकाउने उनिहरुको इतिहासलाई सरोकारवालाहरुले संरक्षण गर्न जरुरी देखिएको छ । त्यसैले त चिया व्यापार भने हस्तान्तरित हुँदै बर्दिवासमा अझैपनि चिया पारखीहरुको लागी झुम्मिने गन्तव्य बनेको छ ।न्युज कारखाना
काठमाडौं, २० माघ ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको छ ।

सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाण्डूमा भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको हो ।

“भ्रष्टाचारीलाई कारवाई गर, जनता लुट्न पाईदैन, लुटकारी व्यवस्था चाहिदैन” भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचार बिरुद्ध काठमाण्डूमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष साहले जनाएका छन । ‘यसले आम जनसमुदायमा भ्रष्टाचार विरुद्ध लड़ने आत्मबिश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई करवायीको लागि राज्यमाथी जनदवाव पुगने बिश्वास सहित यस महान कार्यमा सहयोग गर्ने र सहभागी हुने सम्पूर्णमा बिशेष धन्यवाद ज्ञापन गर्दछु ।’न्युजकारखाना





रौतहट, १९ माघ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीहरूप्रति बढ्दै गएको निराशालाई चिर्न ग्रास रुटमा बसोबास गर्ने आम नागरिकको समस्यालाई बुझेर समाधानको प्रयासमा कांग्रेसले समुदायमा जाने अभियान सञ्चालन गरेको बताए।
आम नागरिकमा निराशा रहेको बताउँदै उनले यस्तो अवस्थामा पार्टीप्रति वितृष्णा बढ्दै गएकाले त्यो चिर्नुपर्ने बताए। समुदायमा जान मेचीदेखि महाकालीसम्मको यात्रा प्रारम्भ गरेर जनताको कुरा बुझ्ने प्रयास गर्नुका साथै सम्बोधन गर्ने अभियानमा आफूसहितका शीर्ष नेताहरू जनताहरूसँग संवाद गरेर हिँडेको स्पष्ट पारे।
नागरिकद्वारा उठाइएको कुराको जवाफ दिँदै महामन्त्री थापाले मधेशको प्रमुख समस्या भनेको कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारको समुचित रुपमा सम्बोधन र व्यवस्थापन नभएको हुँदा जनताहरुमा निराशा छाएको हुँदा उक्त निराशालाई चिर्ने प्रयास कांग्रेसले गर्ने उनले प्रष्ट पारे। ‘कुनै पनि पूर्वाधार समयमा पुरा नहुनु निकै विडम्बनापूर्ण रहेको बताउँदै नेपाली निर्माण व्यवसायी कतारमा काम गर्दा ६ महिना वर्ष दिन नवित्दै पुरा गर्छन्। तर, त्यही निर्माण व्यवसायीहरू नेपालमा किन गर्न सक्दैनन्,’ उनले भने।
पूर्वाधारको कार्यमा कानुन अप्ठ्यारो भए सांसदहरूले कानुनलाई परिवर्तन गरेर पूर्वाधारको कार्यलाई खुकुलो बताउनु पर्ने बताए। मधेशका किसानलाई सिंचाईको सुविधा नरहेको हुँदा सुनकोशी मरिन डाइभर्सनलाई पुरा गराएर बागमती, कमला लगायतका नदीहरूमा पानीको बहाव तीव्र बनाइ त्यसबाट निस्किएका नहरलाई सुचारु गराई सिंचाईको पूर्ण सुविधा दिन कांग्रेसले जोड दिएको उनको भनाइ छ। शिक्षाको स्तर सुधारी कुशल व्यवसायी, दक्ष प्राविधिक, दक्ष जनशक्तिको उत्पादन भएमा मात्रै विकसित मुलुक बन्ने ठोकुवा गरे।
संघीय सरकार, प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी रहेको हुँदा आफ्नो एकमात्र मिशन २०८० सालमा जनताको निराशालाई आशामा परिणत गराउदै मिशन ८४ लाई नेपाली कांग्रेसमय बनाउने अभियानमा कांग्रेसले जनजनको आवाजलाई सहित ढंगबाट सम्बोधन गरेरअघि बढ्मा मात्रै पुरा हुने बताए।न्युजकारखाना
सर्लाही, १९ माघ ।
हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका-७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र.०२-०२७ प ४२५६ नम्बर र बिआर ३० एसी८३१८ नम्बरका दुई वटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा प्र.०२०२७ प ४२५६ नम्बरको मोटरसाइकल चालक संजयको साथबाट उक्त परिमाणको नक्कली नोट र बिआर ३० एसी८३१८ नम्बरको मोटरसाइकल चालक अम्रेन्द्रको साथबाट लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।
संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बिचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो ।न्युजकारखाना
सिरहा, १९ माघ ।
सिरहाको लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई चिसो छल्न च्यातिएको कम्बल वितरण गरेको पाइएको छ। नगरपालिकाका प्रत्येक वडाका लागि ५० देखि ८० जना दलित, गरिव, विपन्न र ज्येष्ठ नागरिकलाई चिसो छल्न वितरण गरिएको कम्बल अधिकांश च्यातिएको पाइएको हो।

एक वर्षअघि खरिद गरि राखिएको कम्बल जाडो सकिन लागेपछि पालिकाले वितरण गरेको छ। पुस मसान्तमा ह्वातै चिसो बढेर जनजीवन प्रभावित बने पनि कम्बल जाडो कम हुँदै गएपछि वितरण गरिएको छ।
कुनै न कुनै वहानामा मिडियामा छाइरहने बानी परेका लहान नगरपालिका नगर प्रमुख महेश चौधरी यो पटक पातलो र च्यातिएको कम्बल लिएर दलित, गरिवको वस्तीमा पुगेका छन्। दलित गरिवहरूले राम्रो सामान प्रयोग गर्न हुँदैन भन्ने जनप्रतिनिधिहरूको मानसिकता कम्बल वितरणले देखाएको दलित अधिकारकर्मीहरू बताउँछन्।

लहान नगरपालिका-१७ बलानसेरकी ४५ वर्षीय फुलवा सदका अनुसार नगरपालिकाले वितरण गरिएको कम्बल साह्रै पातलो त्यसमा पनि अधिकाम्स कम्बल भ्वाङ परेका छन्। उनी भन्छीन्, ‘हामी दलितहरू कहिलेसम्म यसरी जनप्रतिनिधिबाट अपहेलित भएर बस्नु? यो कम्बल चिसो छल्न दिएकको हो कि खुट्टा पुछ्न ? च्यातिएको कम्बलले पनि चिसो छल्न सकिन्छ ? मेयर साव।’
जाडोबाटा गरिवलाई बचाउने भन्दा पनि ‘राहत’को नाममा कमिशन खाने जनप्रतिनिधी र कर्मचारीको मेलो भएको सोही वडाका ३५ वर्षीय लिलम सदा बताउँछिन्। उनी भन्छन्, ‘हामीलाई जाडो बाट बचाउने भन्दा पनि कमिशन कुम्ल्याउने मेलो देखियो। पतलो र च्यातिएको कम्बलले जाडो जान्छ?’

स्थानीय जनप्रतिनिधी र कर्मचारीले असहाय, गरिव, दलितको नाममा लुट नै मचाएको सदायले आरोप लगाएकी छिन्। जनप्रतिनिधीले एक सयमा खरिद गरिएको समानको पाँच सयदेखि हजार रुपैयाँ सम्मको विल बनाएर खाने गरेको उनको आरोप छ। उनी भन्छिन्, ‘एक त पातलो कम्बल त्यसमापनि च्यातिएको कम्बलले कतिदिन चिसो छल्ने ? यो भन्दा राम्रो त नदिए कै जाती हुन्थ्यो।’

वडा नम्बर १७ मा नगरप्रमुख महेश चौधरीकै हातबाट दलितग, गरिव, ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलासहित ८० जनालाई कम्बल वितरण गरेका थिए। वितरण गरिएका अधिकाम्स च्यातिएको कम्बल रहेको नाम नबताउने शर्तमा एकजना कर्मचारीले नै जानकारी दिए। उनले भने, ‘अहिले वितरण गरेको कम्बल गत आर्थिक वर्षको असार मसान्तमा मेयर चैधरीको ठाडो आदेशमा विपद व्यव्स्थापन अन्र्तगतको वजेटबाट हतार–हतारमा गोप्य सुचना जारीगरी खरिद गरिएको थियो। त्यसवेला करिव एक हजारका दरले खरिद गरिएको एकहजार थान कम्बल अहिले वितरण भईरहेको ती कर्मचारीले जानकारी दिए।

यस विषयमा लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहसँग पटक पटक फोन गरेपनि उनको फोन स्विच अफ रहेको थियो। १७ नम्बर वडाका वडा अध्यक्ष प्रथमलाल चौधरीसंग प्रतिकृयाका लागी सम्पर्क गर्दा उनीसँगपनि सम्पर्क हुन सकेन्।

लहान नगरपालिका जिन्सि शाखा प्रमुख भवानी चौधरीले गत आर्थिक वर्षमा १ देखि २४ वटै वडाको लागी करिव १ हजार थान कम्बल खरिद गरिएको जानकारी दिए। कम्बल कुन प्रकृयाबाट कुन र्फमले, कति दररेटमा खरिद गरिएको प्रश्नमा भनृ उनले आफू बाहिर रहेकाले तत्काल जानकारी गरान असमर्थ रहेको बताए। उनले भने, ‘म अहिले बाहिर छु, तपाई अफिस आउनुस्, सुचना मागँ गर्नुहोला हामी सूचना दिउला। अहिले फोनमा दिन नमिल्दैन।’

त्यही कुराहुँदै गर्दा उनले फोनमै पालिका तिरै आउनुस्न यतै बसेर मिलाउला भन्दै प्रलोभन समेत दिन खोजेका थिए।
स्थानीय जनप्रतिनिधी र कर्मचारीहरु लक्षित वर्गलाई राहत दिनुभन्दा पनि कमिसनबापत ठूलो रकम कसरी कमाउने भन्ने उद्देश्यले मात्र दैविक प्रकोपको नाममा रकम विनियोजन गर्ने र सामाग्री खरिद गरेर व्यापक अनियमितता गर्ने गरेको जानकारहरु बताउछन्।न्युज कारखाना
सप्तरी, १९ माघ ।
हनुमाननगर कंकालनी नगरपालिका-२ वैष्णोदेवी मन्दिर नजिकबाट मेगनम (राईफल) १ थान, त्यसको गोली ४१ थान, म्यागजिन २ थान, गन स्टेन १ थान, क्यामेरा १ थान, पावर बैंक १ थान, मोवाइल १ थान, लाईट १ थान, मृगको जस्तो देखिने मासु करिब ३५ किलो र दूरविन १ थानसहित राजबिराज गरपालिका-५ बस्ने ४६ वर्षीय शैलेस कुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युजकारखाना
रौतहट,१९ माघ ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा नगरपालिकाकै उपप्रमुखसहितको टोलीले ताला लगाएको एक महिना पुगेको छ । गरुडा नगरपालिकाको मुख्य गेटमै ताला लागेको एक महिना भइसक्दासमेत ताला खुलाउने तर्फ सम्बन्धित् पक्षले पहल नगर्दा सर्वसाधारणहरु मारमा परेका छन्।
विगत एक महिनादेखि गरुडा नगरपालिकाका सर्वसाधारणले गरुडा नगरपालिकाको कार्यालयबाट दैनिक रुपमा पाउने सेवा पाउन सकेका छैनन् । गरुडा नगरपालिकाकी उपमेयर पुनमकुमारी चाैधरी र केही वडा अध्यक्षहरूले नगरपालिकाको मुख्य गेटमा एक महिना पहिला अर्थात् पुसको १८ गते तालाबन्दी गरेका थिए । उनीहरूले विभिन्न माग राखेर नगरपालिकाको गरुगरुडा,१९ माघ । कार्यालयमा तालाबन्दी गरेपछि सो नगरपालिकाबाट नगरवासीले पाउनुपर्ने सेवासुविधा पाउन सकेका छैनन् ।
गरुडा नगरपालिकाका नगरप्रमुख कण्ठमणिप्रसाद जयसवालले उपमेयर लगायतका केही वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा भागबण्डा खोजेका कारण समस्या सिर्जना भएको बताए । गरुडा नगरपालिकामा लागेको तालाबन्दी खुलाउनका लागि पटकपटक जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षबीच सहमतिको प्रयास भएपनि अहिलेसम्म सहमति हुन नसक्दा नगरपालिकामा लागेको ताला नखुलेको हो । उपमेयर सहितका वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा भागबण्डा खोज्दै तालाबन्दी गरेका कारण नगरवासीहरूले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपरेको नगर प्रमुख कण्ठमणि प्रसाद जयसवालको भनाइ छ ।
आफूले नगरपालिकाको कार्यपालिका बैठकमा बसेर उनीहरूका मागहरुलाई सम्बोधन गर्ने बताएको भए पनि सो कुरालाई वास्ता नगरी उपमेयरसहितका केही जनप्रतिनिधिले नगरपालिकाको मुख्य गेटमा ताला लगाएर बसेका कारण नगरवासी सेवासुविधाबाट बन्चित भएको नगर प्रमुख जयसवालको भनाइ रहेको छ ।
ताला खुलाउने विषयमा अब पनि सहमति नभए आफूले प्रहरी प्रशासन लगाएर भएपनि ताला खोलेर नगरपालिकाबाट सर्वसाधारणले पाउनुपर्ने सेवा सुविधा दिनका लागि आफू तयार भएको नगर प्रमुख जयस्वालको भनाइ रहेको छ । उपमेयरसहित केही वडा अध्यक्षहरूले भने बजेटमा नगरप्रमुख जयस्वालले एकलौटी गरेको र अहिलेसम्म भएका हिसाबकिताब पारदर्शी हुनुपर्ने बताउँदै नगरपालिकाको कार्यालयमा एक महिना पहिला तालाबन्दी गरेका थिए । न्युजकारखाना

सर्लाही, १९ माघ ।
सर्लाहीको नवलपुरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार बिहान करिब १० बजेको समयमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायको छ ।
पूर्व पश्चिम राजमार्गस्थित ट्राफिक कार्यालय नवलपुर अगाडि नियमित चेकजाँचको क्रममा मोटरसाइकलमा सवार व्यक्तिलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल कागज पत्र साथमा नभएपछि ट्राफिक प्रहरी जवान महतोले चिट काट्न खोज्दा ट्राफिक प्रहरी जवानमाथि नै छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुदिन देमानले चेकिङमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा पहार गरेका हुन् । छुरा प्रहार गरी भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरी ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । छुरा प्रहार गर्ने देमानलाई ज्यान मार्ने उद्याेगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक प्रबिण धितालले जानकारी दिए ।
घाइते ट्राफिक प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते प्रहरी जवानलाई उपचारका लागी नेशनल मेडिकल कलेज वीरगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।न्युजकारखाना