२०८३ भाद्र २३
२०८३ भाद्र २३

रौतहट १९ फागुन।

पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीको प्रथम मकवानपुर जिल्ला भेला शनिबार सम्पन्न भएको छ।

हेटौडा स्थित सभा हलमा पार्टी अध्यक्ष  प्रभु साहको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला भेला सम्पन्न भएको हो।

गौर हत्याकाण्डका शहीद परिवारहरुलाई सम्मान गर्दै उत्साहजनक जनसहभागितामा हर्षोल्लासपूर्वक भब्यताका साथ सम्पन्न भएको छ ।

आजपाको प्रथम भेलाबाट  युवा नेताहरु शिशिर राजथलाको संयोजकत्वमा ५१ सदस्यिय पार्टी जिल्ला कमिटी गठन गरिएको छ। नवगठित कमिटीमा श्रीनिवास शाह र सुदिप रजथलाको सह  संयोजक रहेका छन।

 

त्यसैगरी  पुकार थिंगको संयोजकत्वमा जयचन्द साह, अरुण स्याङ्गतान र राधेश्याम कुशवाहाको सहभागितामा भात्री संगठन आईटी आर्मीको ५१ सदस्य मकवानपुर जिल्ला कमिटी सर्वसहमत रुपमा निर्वाचित गरिएको छ।

 

भेलामा पार्टी मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा लगायत सैयौं मानिसको उपस्थिति रहेको थियो।न्युज कारखाना

महोत्तरी,  १९ फागुन ।

उधोग बाणिज्य महासंघ मधेश प्रदेशले बर्दिवास उधोग बाणिज्य संघलाई सम्मान गरेको छ ।

 

छोटो समयमा नै संघले  उत्कृष्ट काम गरेको भन्दै माहासंघले पाचौं प्रदेशसभाको अवसर पारेर सम्मान गरेको हो ।

 

बाणिज्य, व्यापार तथा व्यापारीहरुको हकहित र विकासका कामहरुमा समेत उल्लेखनीय भुमिका निर्वाह गरेको निष्कर्षसहित सम्मान गरेको माहासंघ मधेशका अध्यक्ष अशोक कुमार टेमानीले वताए ।

महासंघले गरेको मुल्यांकन सहितको  सम्मानले उधोग बाणिज्य संघलाई थप काम गर्न प्रेरित र उर्जा थपेको भन्दै संघका अध्यक्ष बिष्णु खडकाले खुसी ब्यक्त गरेका छन ।

 

`महासंघ मधेशको सम्मानले हामीलाई थप जिम्मेवारीबोध भएको छ,´ अध्यक्ष खडकाले भने ।` हाम्रो टिम विकास र व्यापारीहरुको हकहितको लागी फेरि पनि सक्रिय हुने बिस्वास दिलाउँदछौ ।´

माहासंघका अध्यक्ष टेमानीले संघका अध्यक्ष खडकालाई सम्मानपत्र हस्तान्तरण गर्दै व्यापारीहरुको लागी अभिभावकिय जिम्मेवारी निर्वाह गरेको प्रतिक्रिया दिए ।

 

व्यापारीहरुको समस्यालाई उदृढ गर्दै सरोकारवालाहरुलाई सजग गराउनु र समाजसेवाका क्षेत्रमा समेत अग्रणी भुमिका निर्वाह गर्नु वास्तव मै अनुकरणीय भएको अध्यक्ष टेमानीको भनाई छ ।

 

हरेक उधोग बाणिज्य संघहरुले बर्दिवासले गरेका कामहरुवाट सिक्नुपर्ने वताउदै आगामी दिनमा राम्रा र उपलब्धिमुलक काम हुनेमा उनले बिस्वास ब्यक्त गरे ।

उधोग बाणिज्य संघ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठले माहासंघले गरेको सम्मानप्रती उत्साहित हुँदै अध्यक्ष टेमारीले दिएको सल्लाह र सुझाव गम्भिरताकासाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन ।

खडका अध्यक्षमा निर्वाचित भएदेखी नै उन्को टिमले बर्दिवासमा व्यापारी हकहितको लागी निक्कै योगदान पुर्‍याउदै आएको छ ।

 

नगरभित्रका पर्यटकीय गन्तव्यहरुको खोजी गरि पर्वद्वन गर्नेदेखी उधमी र आत्मनिर्भर वनाउन सक्रियता देखाईरहेको स्वयम व्यापारीहरु वताउछन ।न्युज कारखाना

 

रौतहट,१९ गते फागुन ।

रौतहट–मुस्लिम ईत्तेहाद संगठनकाे मधेस प्रदेश विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लाकाे चन्द्रपुर स्थित नेकपा एसमाजवादिकाे पार्टी कार्यालयमा साे बैठक बाेलाईएकाे थियाे ।

No description available.

संगठनकाे मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सलामाेदिन दर्जिकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा केन्द्रीय अध्यक्ष ताज महम्द मियाँ रह्नु भएको थियाे । जावेद अन्सारीले सञ्चालन गरेको कार्यक्रममा शेख हसनले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै मधेस प्रदेश ईन्चार्ज गुलाम सराेबरले बैठककाे एजेन्डा प्रस्तुत गरेका थिए ।

 

No description available.

उनले पार्टीकाे सदस्यता वितरण र संगठन विस्तारकाे एजेन्डा बारे प्रष्ट पारेका थिए । यता कार्यक्रममा मुस्लिम भोट बैंकले नै एसमाजवादी थ्रेस होल्ड पार गर्ने मुुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रिय अध्यक्ष ताज महम्द मियाँले दाबी गर्नुु भएको छ । जिल्लाको चन्द्रपुरमा आयोजित मुुस्लिम इत्तेहाद संगठन नेपाल मधेश प्रदेशको विस्तारित बैठकलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

No description available.

 

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका उनले मुस्लिम समुदायले आफनो हक अधिकारका लागि लडनुपर्छ । तब मात्र अधिकार प्राप्त हुने उनको भनाइ थियो । त्यस्तै समाजवाद उन्मुुख पार्टी नेपाल कम्युुनिष्ट पार्टी एकिकृत समाजवादी रहेको रौतहट क्षेत्र नम्बर २ ख बाट निर्वाचित मधेश प्रदेश सांसद कनिश पटेलले बताएका हुन् । जिल्लाको चन्द्रपुरमा आयोजित मुुस्लिम इत्तेहाद संगठन नेपाल मधेश प्रदेशको विस्तारित बैठकलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने,‘मुुस्लिम समुुदायले देश राष्ट्रियता जोगाउन ठूलो महत्वपूर्ण निर्वाह गरेको स्मरण गराए ।

 

No description available.

त्यसप्रति उनले सादुवाद पनि व्यक्त गरेका थिए । जनसंख्याको हिसाबले रौतहटमा मुुस्लिम समुदाय अगाडी रहेको बताउँदै । उनले मधेश प्रदेशमा मुुस्लिम समुुदायको उल्लेखनिय उपस्थित नै रहेको छ । आफूले बारम्बार सांसदमा मुस्लिम समुदायको हक अधिकारका लागि सबभन्दा ठूलो स्वरले आवाज उठाउने गरेको बताए । त्यस्तै उनले मुस्लिम समुदाय कम्युनिष्ट पार्टीमा लाग्नुुपर्नेमा उनको जोड थियो ।

 

No description available.

सिमान्कृत समुदायको आवाज उठाउने काम कम्युनिष्ट पार्टी अर्थात् एसमाजवादीले गर्ने गरेकोले सम्पूर्ण मुस्लिम समुदायलाइ कम्युुनिष्ट पार्टीमा नै गोलबद्ध हुनुपर्ने जरुरी देखिन्छ । मुुस्लिम समुदायको अधिकारको लागि बोल दिने पार्टी छ भने त्यो कम्युुनिष्ट पार्टी रहेको दाबी गरे ।

No description available.

कम्युुनिष्ट पार्टीलाइ एकताबद्ध गरेर मूलधारमा आफूलाइ ल्याउनका निमित कम्युुनिष्ट आन्दोलनको परिवेशलाइ नकारात्मक दिशातिर धकेल्दै गरेका केही नेतृत्वहरुका विरुद्ध बाध्यात्मक हिसाबले एसमाजवादी विद्रोहमा उत्रिएको प्रष्ट पारे ।

 

No description available.

कार्यक्रमका अध्यक्ष सलामुदिन दर्जीले मदरसा शिक्षालाइ देशको मूलधारको शिक्षा ल्याउनुुपर्नेमा जोड दिए । सो विस्तारीत बैठकमा संगठनको जिल्ला कमिटी विस्तारका लागि जिल्ला संयोजक पनि तोकिएको छ ।

No description available.

सप्तरीका लागि मो.हारुन,सिरहाका लागि मो.अनिस राइन,धनुुषाका लागि शोख हसन,महोक्तरीका लागि अहम्द अन्सारी,सर्लाहीको लागि जुल्फेकार,पर्साका लागि शेख हारुन,बारा फुलमहम्द र रौतहटका लागि शेष अब्दुल हक लाइ संयोजकको जिम्मेवारी तोकिएको छ ।

फागुन १९  वीरगन्ज । 

वीरगन्जको मुख्य बजार घण्टाघर स्थीत समाज परिवर्तन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष अकलेश साहको अध्यक्षता एवंम नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा महासचिव बन्जाराले रगतको पोका दिएर कार्यक्रमको उद्धघाटन गरेका थिए। सो अवसरमा ५ जना महिलासहित ५५ जनाले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेहरूमा रिमि कर्ण, नरोतम पटेल, नेहा मण्डल, नेहा चौरसिया, सन्जु चौरसिया, अकलेस साह, संदिप महतो, राकेश साह गोंड, भगवान कुर्मी, अवधकिसोर यादव, अरुण कमार साह, बिकास साह कानु, लगायतका रहेका छन्।

रक्तसन्चार केन्द्रमा रगतको अभाव भएकोले सोही विषयलाई मध्यनजर गर्दै कार्यक्रमको रक्तदान कार्यक्तमको आयोजना गरिएको समाज परिवर्तन नेपालका अध्यक्ष साहले बताए।

कार्यक्रममा प्रहरी निरीक्षक धर्मजंग थिङ भास्कर खतिवडा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा, संस्थाका सचीव राहुल साह, कोषाध्यक्ष रोशन सराफ, सहसचिव धर्मेन्द्र पटेल, एसके चौरसीया, राजन साह ,संदिप महतो, अभिशेक पटेल, भगवान पटेल चन्दन पटेल लगायतकाले प्राविधिक सहयोग उपलब्ध गराएका थिए।न्युज कारखाना

सर्लाही, १८ फागुन।

पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सर्लाहीको लालबन्दीमा १४ लाख बढी रुपैयाँसहित एकजना  पक्राउ परेका छन् ।

 

लालबन्दी नगरपालिका-१४ लखन्देही खोला छेउबाट स्थानीय वर्ष ४६ का धनबहादुर पाख्रिनलाई १४ लाख बढी रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले बिहीबार दिउँसो चेकजाँचको क्रममा प्रदेश २– ०३ –०११ प ८३५७ नम्बरको मोटरसाइकल चढेका पाख्रिनले बोकेको झोलामा  १४ लाख १० हजार रुपैयाँ फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताएका छन्।

बरामद रकमको पाख्रिनले  स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो। हाल उनी इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको तथा हुण्डी कारोबारमा संलग्न रहेको सर्लाही प्रहरीको अनुमान रहेको छ।न्युज कारखाना

रौतहट,१८ फागुन ।

रौतहटका विभिन्न स्थानमा मापदण्डविपरीत संचालनमा रहेका निजी अस्पतमा नियमित अनुगमन नभएको गुनासो बढदै जान थालेको छ । यस्ता अस्पतालले सर्बसाधारणको स्वास्थ्य चेकजाँचका नाममा उनीहरुको स्वास्थ्य माथि खेलवाड गर्दै आएका  छन् ।

 

गरुडा नगरपालिका, गौर नगरपालिका, वृन्दावन, चन्द्रपुर लगायतका नगरपालिकाहरुमा तथा यमुनामाई, दुर्गा भगवती गाउँपालिकामा संचालनमा रहेका निजी अस्पतालहरु मापदण्डविपरीत रहेको र अनुगमन गर्नुपर्ने सर्बसाधारणले माग राखेका छन् । केही दिन अघि यमुनामाई गाउँपालिकाको शुकदेव चोकमा रहेका सगरमाथा तराई अस्पतालमा विना शैक्षिक योग्यताको नक्कली चिकित्सक पक्राउ परेका थिए ।

 

नेपाल सरकारकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डअनुसार भौतिक पूर्वाधारसहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै निजी क्षेत्रमा अस्पताल संचालनको लागि इजाजत दिइने गरिन्छ । तर, रौतहटमा मापदण्डविपरीत नै दर्जनौँ अस्पताल संचालनमा रहेका छन् । त्यति मात्रै नभई बर्षभरिको मूल्याङ्कन फारमको आधारमा नवीकरण गर्ने स्पष्ट प्रावधान रहेको भए पनि बिनाइजाजत, इजाजत लिए पनि बर्षौंदेखि नवीकरण नगराएको, बेड राख्ने अनुमति नलिई बेड राखेको छ, बेड राख्न अनुमति लिए पनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिब असहाय विरामीहरूसँग अनावश्यक रुपमा रकम लुट्दै आएको गुनासो सर्वसाधारणको छ ।

 

यसै क्रममा गरुडा नगरपालिकामा १३ वटा निजी अस्पतालहरु संचालनमा रहेको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाबाट बुझिएको छ । जसमा जनसेवा क्लीनिकले अस्थायी रुपमा स्वीकृति लिएर २०८० जेठ महिना र याशिम संजीविनी अस्प्ताल प्राली शिवनगरले २०८० मंसिर ६ मा नवीकरण गराएको गरुडा स्वास्थ्य शाखाको रेकर्डमा देखिन्छ । याशिम संजीविनीले १५ बेडको स्वीकृति लिएको भए पनि अन्य ११ वटा निजी अस्पतालको नविकरण भएको देखिँदैनन् ।

 

आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको देखिन्छ तर नवीकरण २०७६ फागुन १३ गते सम्म मात्रै भएको उक्त रेकर्डबाट बुझिएको छ । तर, आनन्द पोलिक्लिनिक एक्युपञ्चरको रेकर्डमा रहे पनि सो हस्पिटलमा पुग्दा आनन्द होस्पिटल प्रालि नाम राखेर संचालन गरेको पाइएकाे छ ।

 

बेड राख्ने प्रक्रिया पूरा नै नगरेर दर्जनौँ बेड राखेर विरामीहरुको उपचार गरिहेको छ । यहाँ सम्मकी भुईंमै राखेर बिरामीको उपचार गर्ने गरेको पाइएकाे छ । गाउँघरमा आफ्ना एजेन्टहरु मार्फत पक्षघात भएका बिरामीहरुलाई उक्त हस्पिटलमा ल्याएर उपचार गर्ने गरिन्छ । उक्त होस्पिटलका संचालक डाक्टर भनाउने उमेश जयसवालले विगत सात बर्षदेखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्डविपरीत होस्पिटल संचालन गर्दै आए पनि सम्बन्धित् निकाय केही गर्न नसकेको कारण सर्वसाधारण विरामीहरु लुटिन बाध्य बनेका छन् ।न्युज कारखाना

बारा, १८ फागुन ।

बाराको पथलैया स्थित आन्तरिक राजस्व अनुसन्धान कार्यालयको राजस्व संकलनमा वृद्धि भएको छ ।

 

गत आर्थिक वर्षको ६ महिनामा संकलित राजस्वको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजश्व संकलनमा बृद्धि भएको हो।

 

कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राजस्व चुहावट तर्फ १ करोड ५७ लाख ४० हजार रुपैया संकलन गरिएको छ ।

 

सोही अवधिमा गत आर्थिक वर्षमा मात्र १ करोड २० लाख १० हजार रुपैया संकलन भएको थियो । यस आवको ६ महिनामा गतको तुलनामा करिब ३७ लाख रुपैया बढी राजस्व संकलन भएको देखिएको छ । चुहावट तर्फको राजस्व  वृद्धि संगै भिसिटिएस जरिवाना तर्फ समेत वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको हिजो फागुन १७ गते सम्म ५४ लाख ९० हजार रुपैया भिसिटिएस जरिवाना तर्फ संकलन भएको छ । सोही अवधिमा गत आवमा भिसिटिएस जरिवाना तर्फ मात्र ४४ लाख ६० हजार रुपैया मात्र संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

 

आन्तरिक राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजस्व अधिकृत प्रेम प्रसाद देवकोटाले बिगतको तुलनामा राजस्व चुहावटमा क्रमसः नियन्त्रण हुँदै गएकाले राजस्व संकलनमा वृद्धि भएको दाबी गरेका छन।न्युज कारखाना

बारा, १७ फागुन ।

बाराका दुग्ध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै बिहीबार बारामा प्रदशर्न गरेका छन्।

उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दै किसानले पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका स्थित शहिद चोकमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गर्दै विरोध जनाएका थिए।

उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपछि प्रहरी र आन्दोलनरत किसानबीच केही बेर तनाब उत्पन्न भएको थियो। उनीहरूले सडकमा प्रदर्शन गर्दै किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै दुग्ध किसानसँग आन्दोलन गर्ने बाहेका अन्य कुनै उपाय बार्की नरहेको बताए।

दुग्ध सहकारीमार्फत दैनिक ६० हजार लिटर दुग्ध संकलन गर्दै करीब ५० लाख रकम शहरको पैसा गाउँ भित्र्याउँदै ग्रामिण अर्थतन्त्र मजबुत बनाउन कृयासिल रहेको यस सघंमा रहेका दुग्ध संकलन गर्ने डेरी उद्योगहरुले यस क्षेत्रका किसानको विगत ३ महिना देखिको करीब १८ करोड रुपैयाँ भुक्तानी बक्यौता दिन दिन नसकेको बारा जिल्ला दुध उत्पादक सहकारी संघ लिका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए।

यस्तै केन्दीय दुग्ध सहकारी संघ लिले दुधको भूक्तानी दिन सरकारले आनाकानी गरेको भन्दै विरोध स्वरुप दुग्ध उत्पादक किसानहरुले नेपाल भरी बन्द गरेको तथा भुक्तानी यथाशिघ्र उपलब्ध गराउन माग गर्दै पटक पटक भएको आन्दोलन र नेपाल सरकारसँग भएको सम्झौतामा सरकार गम्भीर नभएको केन्दीय दुग्ध सहकारी संघ लि नेपालका सचिव थानेश्वोर सापकोटाले बताए।

बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. मा यस जिल्लाका ४ वटा दुग्ध उत्पादक सहकारी संस्थाका ११ हजार किसान परिवारको आवद्ध छन्।न्युज कारखाना

 रौतहट,१७ गते फागुन ।

रौतहट–रौतहट जिल्लाको मौलापुर नगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन २७ गतेदेखि सुरु हुने भएको छ । आज मौलापुर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको स्थानिय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको गोष्ठी कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

 

मौलापुर स्थित नगरपालिकाको सभाकक्षमा ९ वटै वडाका वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु,सञ्चारकर्मीहरु बिच खोप सञ्चालन सम्बन्धि जानकारी गराइएको थियो । मौलापुरका स्वास्थ्य संयोजक अच्छेलाल साहका अनुसार तेस्रो चरण अन्तर्गत फागुन २७ गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत मौलापुरमा १७ हजार १ सय ६३ जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ ।

 

सो अभियान नगरभरि चैत १ गते सम्म चल्ने छ । उनका अनुसार, दादुरा–रुबेला खोप अभियान अन्तर्गत नगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी २१ खोप केन्द्र स्थापना गरिने छ । सो अभियान सफल पार्न ३२ जना कर्मचारी परिचालन गरिने उनले बताए । बिहिबार भएको अभिमूखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप फोकल पर्सन अनिल कुमार कर्णले अभियानलाई सफल पार्न सबैजनाको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे ।

 

 

सो अवसरमा सबै वडाका वडाध्यक्ष, प्रधानाध्यापकहरु, सबै शाखाका प्रमुख, सञ्चारकर्मी लगायतकाको पनि सहभागीता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।