बारा,१० चैत ।
बारा प्रहरीले लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । गाजाको कारोबार हुदै गरेको सूचना पाएको प्रहरीले निजगढ नगरपालिका १३ स्थित भक्तलाल बस्ने मान बहादुर बाईवाको घरमा खानतालासी गर्दा प्रतिबन्धित लागु औषधसहित गाजा सहित एक जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले शुक्रबार दिउसो निजगढ नगरपालिका १३ भक्तलालका २१ वर्षिय लाल बहादुर वाईबालाई दुई सय १६ किलो गाँजा सहित पक्राउ गरेको हो ।
घरमा खानतालासी गर्दा प्रहरीले बिक्रीका लागी तयार पारिएको गाँजा सहित दुई लाख सात हजार र गाँजा ओसार पसारमा प्रयोग भएको ना ३९ प २४५३ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल समेत बरामत गरेको ईलाका प्रहरी कार्यालय निजगढ प्रमुख तथा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

सवारी सहित नियन्त्रणमा लिएको वाईबालाई बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।न्युज कारखाना
बारा, १० चैत ।
जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघ भिड्ने भएका छन् । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।
मकवानपुरले अब उपाधिका लागि शनिबार पर्सासंग खेल्नेछ । पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनल प्रवेश गरिसकेको छ । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको थियो ।
यता समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनको जीत निकालेको मकवानपुरले दोस्रो जीत दर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन जोडेको थियो ।
मकवानपुरका लागि तक्षक सिम्ख्डाले ५४ रन बनाए । उनले २४ बलमा ६ छक्का र एक चौका प्रहार गरे । यसैगरी मकवानपुरका गौरव खड्काले २७, युविन बुढाथोकीले २१, बिशाल फुयालले १९ र सक्षम वस्ताकोटीले ११ रन बनाए । भैरहवाका रोशनलाल गुप्ताले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर तीन विकेट लिए भने अजयकुमार चौहानले दुई र सन्तोष यादवले एक विकेट हात पारे ।
रनरेटका आधारमा फाइनलमा पुग्न मकवानपुरले दिएको १४९ रनको लक्ष्य १४.५ ओभरमै भेट्टाउनुपर्ने बाध्यताका साथ मैदानमा उत्रिएको भैरहवाले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३३ मात्र रन जोड्न सफल भयो । भैरहवाका रोशनलाल गुप्ताले २८, प्रज्वल थापाले २१, प्रकाश गिरी र अजय चौहानले समान १९ रन बनाए । मकवानपुरका सुवर्ण भट्टले तीन, पियुश शर्मा र बिशाल फुयालले समान २–२, समिर चौलागाई र अशिम श्रेष्ठले १–१ विकेट हात पारे ।
भैरहवाले १४.५ ओरभमा लक्ष्य प्राप्त गरेको भए रनरेटका आधारमा समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्ने थियो भने १६ ओभरमा मकवानपुरलाई पराजित गरेको जनकपुर पेस फाउण्डेशन अन्तिम दुईमा प्रवेश गर्ने थियो । समूह ‘बी’ को यसअघिका खेलमा मकवानपुरले जनकपुरलाई ३१ रन र जनकपुरले भैरहवालाई ४८ रनले पराजित गर्दै समान २–२ अंक बटुलेका थिए । समूह ‘बी’ को अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।
खेलको प्लेयर अफ दि म्याच मकवानपुरका तक्षक सिम्ख्डा घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले पुरस्कृत गरेका थिए ।
अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । न्युज कारखाना
सिरहा, ८ चैत।
सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ ।

जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग विना रसिद मनपरी रुपमा रकम लिने गरेको पाइएको हो।

मालपोत कार्यालयका कर्मचारीहरुकै आर्थिक सेटिङमा लेखापढी व्यावसायीहरुले सेवाग्राहीसंग मालपोत कार्यालयमा हुने हरेक काममा प्रति फाईल संघको नाममा ३५ सय रुपैयाँ दस्तुर लिएपनि फाँटबाला र हाकिम मिलाउने नाममा विना रसिद रकम असुली गर्ने गरेको सेवाग्राहिहरु बताउँछन्।

मालपोत कार्यालयमा हुने जग्गा रेजिस्ट्रेसन, जग्गा रोका, फुकुवा, अंशवण्डा लगायतको कागज लेखत तथा कागजात मिलाउन र फाट खर्चको नाममा सेवाग्राहीसंग मनोमानी रकम असुल्ने गरेको गोलवजार- १० का सेवाग्राही चन्देश्वर ठाकुरले जनाएको छ।

उनले भने, ‘गत फागुन २७ गते जग्गा पास गराउँन गएको थिए। मलपोत कार्यालयको गेट मै बस्ने सत्रुधन यादवले म काम गराईदिन्छु, कार्यालयमा मेरो राम्रो चिनजान छ, भन्दै कागज तयार गर्यो। लेखापढी व्यवसायी यादवले संघमा गएर ३५ सयको रसिद कटाउन भन्यो। हामिले ३६ सय रुपैया तिरेर आएपनि केही कारण वस मैले लिएको जग्गा पास भएन। काम नभएपछि म लेखापढी व्यवसाय संघमा गए हाम्रो काम भएन अव हुदैन मेरो पैसा फिर्ता गरिदिनु भने। संघमा काम गर्ने कर्मचारीले भन्यो रसिद काटिसकेपछि रकम फिर्ता हुदैन, यो सवै रेर्कड फाँटमा गइसकेको हुन्छ।’
‘अव रकम फिर्ता गरे भने मेरो खल्तीवाट फाँटको कर्मचारी र लेखापढी व्यवसायीलाई रकम तिर्नु पर्छ। त्यसैले यो रकम फिर्ता हुदैन भन्दै मलाई फर्काइयो; ठाकुरले भने,` उनले थपे, ‘मेरो काम पनि भएन पैसापनि त्यतिकै डुव्यो।’
मालपोत कार्यालयमा ठाकुरजस्ता सैकडौं सेवाग्राहीहरु दैनिक यसरी नै ठगिने गरेको छ। काम भनएपनि रकम फिर्ता नहुने र काम हुनेको पनि विभिन्न नाममा अनाधिकृत रकम असुलि हुने गरेको सेवाग्राहीहरु बताउँछन्।
मालपोतमा काम गराउन अन्य कार्यालयका कर्मचारी कुनै काम गराउन जादा यो नियति भोग्न बाध्य हुने गरेको बताउँछन्।

जमिन पास गराउन पुगेका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मालपोत कार्यालयमा जस्तो सुकै व्यक्ति पुगेपनि त्यहाँका कर्मचारी र लेखापढी व्यवसायीहरुले रकम नलिई फाईल अगाडी नै बढाउँदैन। त्यहाँ अव म फलानो हुँ भन्न पनि लाजमर्दो अवस्था हुन्छ।’
उनले थपे, ‘राज्यले तोकेको सरकारी दस्तुर र लेखापढी व्यवसायीहरुले लिने दस्तुर तिरिसक्दा पनि अनलाइनको नाममा, रजिस्ट्रेशन फाटबालाको नाममा, प्रती कार्यालय प्रमुखको नाममा प्रतिफाईल ३ हजार देखि ५ हजार सम्म घुस दिन बाध्य बनाउने गर्छ।’
सेवाग्राहीहरुले बुझेर पनि अनबुझु झै घुस दिएर काम गराउने गरेको ती सेवाग्राहीले बताए।
हुन त देशभरीकै मालपोत कार्यालय ‘नाम ले नै बदनाम छ’ तर, सिरहा त्यसमा पनि विशेष रहेको सेवा ग्राही बताउँछन्।
यहाँ कोही सेवाग्राही आफै फाइल लिएर कार्यालय पुग्दा यो काजग पुगेन, त्यो कागज पुगेन भनेर हप्तौं फर्काउँछन्। तर, त्यहि कागज लेखापढी व्यवसायीले लगे तुरुन्तै हुने गरेको छ।
यस कार्यालयमा जग्गा पास गर्दा, रोक्का, फूकुवा, अंशवण्डाजस्ता सवै कामको छुट्टाछुट्टै रेट निर्धारण गरिएको छ। त्यसरी निर्धारण गरिएको रकम लेखापढी व्यवसायीको माध्यमबाट कार्यालयका फाटबालादेखि हाकिमसम्म पुग्ने गरेको लेखापढी व्यवसायीहरु नै बताउँछन्।
मालपोत कार्यालय एउटा यस्तो अड्डा हो जहाँ दैनिक लाखौंको कारोवार हुन्छ। दैनिक करिव ५० औं जना सेवाग्राही ठगिने गरिन्छ।
सवै नियमक निकायको अड्डा जिल्लामा हुँदा हुँदैपनि यहाँ दैनिक सेवाग्राहि ठगिने गरेको छ। यहाँको नियामक निकायको मौनताले थप आसंका उब्जेको जानकारहरु बताउँछन्।न्युज कारखाना
सर्लाही ८ चैत।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।
नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र ना ४ ख ३२४ नम्वरको बस ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ११ जनामध्ये ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
गोलेको उपचारका क्रममा गएराति नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको लालबन्दीका इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिए ।
दुर्घटनाका अन्य १० घाइतेको नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका ट्रक र बस इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको इन्स्पेक्टर केसीले बताएका छन।न्युज कारखाना
सिरहा, ८ चैत।
सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ ।
जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग विना रसिद मनपरी रुपमा रकम लिने गरेको पाइएको हो।
मालपोत कार्यालयका कर्मचारीहरुकै आर्थिक सेटिङमा लेखापढी व्यावसायीहरुले सेवाग्राहीसंग मालपोत कार्यालयमा हुने हरेक काममा प्रति फाईल संघको नाममा ३५ सय रुपैयाँ दस्तुर लिएपनि फाँटबाला र हाकिम मिलाउने नाममा विना रसिद रकम असुली गर्ने गरेको सेवाग्राहिहरु बताउँछन्।
मालपोत कार्यालयमा हुने जग्गा रेजिस्ट्रेसन, जग्गा रोका, फुकुवा, अंशवण्डा लगायतको कागज लेखत तथा कागजात मिलाउन र फाट खर्चको नाममा सेवाग्राहीसंग मनोमानी रकम असुल्ने गरेको गोलवजार- १० का सेवाग्राही चन्देश्वर ठाकुरले जनाएको छ।
उनले भने, ‘गत फागुन २७ गते जग्गा पास गराउँन गएको थिए। मलपोत कार्यालयको गेट मै बस्ने सत्रुधन यादवले म काम गराईदिन्छु, कार्यालयमा मेरो राम्रो चिनजान छ, भन्दै कागज तयार गर्यो। लेखापढी व्यवसायी यादवले संघमा गएर ३५ सयको रसिद कटाउन भन्यो। हामिले ३६ सय रुपैया तिरेर आएपनि केही कारण वस मैले लिएको जग्गा पास भएन। काम नभएपछि म लेखापढी व्यवसाय संघमा गए हाम्रो काम भएन अव हुदैन मेरो पैसा फिर्ता गरिदिनु भने। संघमा काम गर्ने कर्मचारीले भन्यो रसिद काटिसकेपछि रकम फिर्ता हुदैन, यो सवै रेर्कड फाँटमा गइसकेको हुन्छ।’
‘अव रकम फिर्ता गरे भने मेरो खल्तीवाट फाँटको कर्मचारी र लेखापढी व्यवसायीलाई रकम तिर्नु पर्छ। त्यसैले यो रकम फिर्ता हुदैन भन्दै मलाई फर्काइयो; ठाकुरले भने,` उनले थपे, ‘मेरो काम पनि भएन पैसापनि त्यतिकै डुव्यो।’
मालपोत कार्यालयमा ठाकुरजस्ता सैकडौं सेवाग्राहीहरु दैनिक यसरी नै ठगिने गरेको छ। काम भनएपनि रकम फिर्ता नहुने र काम हुनेको पनि विभिन्न नाममा अनाधिकृत रकम असुलि हुने गरेको सेवाग्राहीहरु बताउँछन्।
मालपोतमा काम गराउन अन्य कार्यालयका कर्मचारी कुनै काम गराउन जादा यो नियति भोग्न बाध्य हुने गरेको बताउँछन्।
जमिन पास गराउन पुगेका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मालपोत कार्यालयमा जस्तो सुकै व्यक्ति पुगेपनि त्यहाँका कर्मचारी र लेखापढी व्यवसायीहरुले रकम नलिई फाईल अगाडी नै बढाउँदैन। त्यहाँ अव म फलानो हुँ भन्न पनि लाजमर्दो अवस्था हुन्छ।’
उनले थपे, ‘राज्यले तोकेको सरकारी दस्तुर र लेखापढी व्यवसायीहरुले लिने दस्तुर तिरिसक्दा पनि अनलाइनको नाममा, रजिस्ट्रेशन फाटबालाको नाममा, प्रती कार्यालय प्रमुखको नाममा प्रतिफाईल ३ हजार देखि ५ हजार सम्म घुस दिन बाध्य बनाउने गर्छ।’
सेवाग्राहीहरुले बुझेर पनि अनबुझु झै घुस दिएर काम गराउने गरेको ती सेवाग्राहीले बताए।
हुन त देशभरीकै मालपोत कार्यालय ‘नाम ले नै बदनाम छ’ तर, सिरहा त्यसमा पनि विशेष रहेको सेवा ग्राही बताउँछन्।
यहाँ कोही सेवाग्राही आफै फाइल लिएर कार्यालय पुग्दा यो काजग पुगेन, त्यो कागज पुगेन भनेर हप्तौं फर्काउँछन्। तर, त्यहि कागज लेखापढी व्यवसायीले लगे तुरुन्तै हुने गरेको छ।
यस कार्यालयमा जग्गा पास गर्दा, रोक्का, फूकुवा, अंशवण्डाजस्ता सवै कामको छुट्टाछुट्टै रेट निर्धारण गरिएको छ। त्यसरी निर्धारण गरिएको रकम लेखापढी व्यवसायीको माध्यमबाट कार्यालयका फाटबालादेखि हाकिमसम्म पुग्ने गरेको लेखापढी व्यवसायीहरु नै बताउँछन्।
मालपोत कार्यालय एउटा यस्तो अड्डा हो जहाँ दैनिक लाखौंको कारोवार हुन्छ। दैनिक करिव ५० औं जना सेवाग्राही ठगिने गरिन्छ।
सवै नियमक निकायको अड्डा जिल्लामा हुँदा हुँदैपनि यहाँ दैनिक सेवाग्राहि ठगिने गरेको छ। यहाँको नियामक निकायको मौनताले थप आसंका उब्जेको जानकारहरु बताउँछन्।न्युज कारखाना
बारा, ८ चैत ।
महिलाहरुको स्वास्थ्य सम्बन्धि समस्या अधिक रहेको भन्दै निजगढ वडा नम्बर ५ र ६ मा मंगलबार र बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको शिविर सम्पन्न भएको छ ।
साथी नेपालको आयोजना तथा काठमाडौ वीर हस्पिटल र निजगढ सामुदायिक अस्पतालको सहयोगमा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा भएको शिविरमा दुबै वडाका ९ सय भन्दा बढी महिला लाभान्वित भएका छन ।
निजगढ नगरपालिका वडा नम्बर ५ र ६ को सहकार्यमा स्त्री रोग विशेषज्ञ डा. आषिश बस्नेत सहितको टोलीले पहिलो दिन वडा नम्बर ५ मा ४ सय ७५ बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरेका थिए भने दोस्रो दिन वडा नम्बर ६ मा ४ सय २५ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको हो ।
शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर लगायतको परीक्षण तथा उपचार गरिएको थियो ।
पाठेघर झरेर जटिल अवस्थामा पुगेका महिलाहरुलाई सुबिधा सम्पन्न अस्पतालमा लगेर शल्यक्रिया सेवा प्रदान गरिने आयोजक साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले बताईन ।
महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार गर्न शिवीरको आयोजना गरिएको अध्यक्ष सापकोटाले जानकारी दिईन । संविधान सभाका सदस्य एवंम नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले शिविरको उद्धाटन गरेका थिए । न्युज कारखाना
मुकेश साह रौतहट ०७,चैत्र ।
रौतहटको गुजरा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरी तथा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख बिपीन कुमार साहले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । कार्यक्रमको अध्यक्षता ग्रहन गर्दै गुजराका नगरप्रमुख चौधरीले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथी जिल्ला खोप समन्वयका फोकल पर्सन अनिल कर्णले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बिजयबाबु चौधरी बताउनुहुन्छ ।

चौधरीका अनुसार राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो । नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो । पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि गुजरा नगरपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको रङ्गपुर स्वास्थ्य चौकीका ईन्चार्ज सैफुल्लाह देवानले जानकारी दिनुभयो ।
देवानले भन्नुभयो, “सर्वेक्षण पश्चात् सबै बालबालिकाहरूलाई छुट खोप पूर्ण रूपमा प्रदान गर्न सफल भएका छौँ ।” आगामी वर्षमा पनी नगरपालिकाका बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयुक्त रूपमा हस्ताक्षर समेत गरिएको छ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सहयोग गर्ने युनिसेफ नेपालका अजित कुमार यादव, अभियान नेपालका मिलन मरासिनी,आरडिसीका प्रतिनिधी अर्सद आलम,रविना तामाङ , बाल क्लवका अब्दुल सलाम ,स्वास्थ्यकर्मी,स्वयंसेविका,जनप्रतिनिधी लगायतलाई कदर पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो ।
राैतहट,०७ गते ।
कटहरिया-राैतहटकाे कटहरिया नगरपालिकामा रहेकाे एक बिधालयमा आज छात्रवृत्ति वितरण गरिएको छ ।

साे नगरपालिकाकाे वडा नम्बर १ पारसनगरमा रहेकाे श्री काेपिला प्राथमिक बिधालयका बिधार्थीहरूले छात्रवृत्ति पाएका छन् । उक्त बिद्यालयका १ सय ३५ जना बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच वडा अध्यक्ष भूपेन्द्र महताेले छात्रवृत्ति वितरण गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० सालमा आएकाे छात्रवृत्ति रकम बाट प्रति बिधार्थी ४ सयका दरले छात्रवृत्ति दिईएकाे प्रधानाध्यापक सुशिला कुशवाहाले जानकारी गराएकी हुन् ।

वितरण पछि बाेल्दै वडा अध्यक्ष महताेले बिधार्थीहरूलाई पढाइमा सहयाेग पुग्ने उदेश्यले छात्रवृत्ति दिईएकाे बताए । यसले केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साे अवसरमा शिक्षक,शिक्षिका,अभिभाव,बिधार्थी र स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

यता कटहरिया नगरपालिकाका शिक्षा संयाेजक अनिल निधीले आ.व.२०७९/८० काे छात्रवृत्ति रकम गत असारमा नै गईसकेकाे अधिकांश नगरका सामुदायिक बिधालयले छात्रवृत्ति वितरण गरेको जानकारी गराए ।

छिट्टै नै चालू आ.व.२०८०/८१ काे छात्रवृत्ति पनि वितरण गरिने बताए ।
रौतहट,७ चैत ।
रौतहटमा बिजुलीको ट्रान्समिटर नै चोरी भएको छ ।
ल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको बाल्चनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको हो ।
५० केभीए पावरको उक्त ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेका हुन् । ट्रान्समिटरको बोक्रा मात्र रहेको र भित्रको गुदी चोरहरुले चोरेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए । सोमबार साँझसम्म सही सलामत रहेको बिजुलीको ट्रान्समिटर मङ्गलबार बिहान हेर्दा खोक्रो मात्र रहेको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको अध्यक्ष साहले जानकारी दिए।
बिजुलीको ट्रान्समिटरको भित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ ।
रौतहट जिल्लामा यसभन्दा अघि पनि बिजुलीको ट्रान्समिटर चोरीका घटनाहरू देखा परेको भएपनि ट्रान्समिटरको तामाचोरीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । बिजुलीको ट्रान्समिटरमा रहेको तामा महँगोमा बिक्री हुने भएका कारण चोरहरुले एकान्त स्थानमा रहेका बिजुलीका ट्रान्सफर्मरहरू निकाली त्यसभित्र रहेको तामा झिकी बिक्री वितरण गर्ने गरेको बालचनपुरका स्थानीय बासिन्दा अर्जुन चौधरीको भनाई रहेको छ । न्युज कारखाना
बारा, ५ चैत ।
बारा जिल्लाको कोल्हवी नगरपालिका-२, अमाव महादेवस्थान भन्ने ठाउँमा आज पुन: एउटा पाटेबाघ मृत फेला परेको छ।
मृत बाघको उमेर अन्दाजी दुई वर्षको हुनसक्ने अनुमान गरिएको छ। कोल्हवी सब-डिभिजन वन कार्यालयको क्षेत्रमा मृत अवस्थामा फेला परेको सो पोथी बाघको कञ्चटमा घाउ जस्तो देखिएको छ। बाघलाई स्थानीय बासिन्दाले गोली हानेर मारेको हुनसक्ने अनुमान डिभिजन वन कार्यालयले गरेको छ।
तर, परीक्षणपछि मात्र वास्तविकता खुल्न सक्ने पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए। केही दिन यता गर्मी सुरु भएसँगै जंगलमा पानीको अभाव भएपछि पानी खोज्दै नजिकको बस्तीमा पस्दा बाघ र मानवबीच द्वन्द्व बढेको छ। यस क्रममा कहिले बाघले मानव र कहिले मानवले बाघ मारेका घटना भइरहेका छन्।न्युज कारखाना