जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।
राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् । साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।
योसँगै मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।
मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।
काठमाडौं- नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।
साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्।
उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए। न्युज कारखाना
रौतहट,३० बैशाख । जिल्लाका बजार सम्बन्धित निकायले अनुगमन नगरेका कारण उपभोक्ताहरू त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीय पालिकाहरूले समेत बजार अनुगमनमा चासो नदिएका कारण उपभोक्ताहरूले मार खेप्नु परिरहेको गुनासो आउन थालेको छ ।
विशेष गरेर पछिल्लो समय रौतहटका बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्री वितरण तीव्र रुपमा बढेको भएपनि सम्बन्धित निकायले बजार अनुगमन गर्नेतर्फ ध्यान दिन नसक्दा उपभोक्ताहरु म्याद गुज्रिएका खाद्यवस्तु खरिद गर्न बाध्य भएका छन् ।
त्यस्तै जिल्लाकै प्रमुख व्यापारिक बजार चन्द्रनिगाहपुरमा रहेका होटलहरू समेत अनुगमन नभएका कारण उपभोक्ताले होटलमा गुणस्तरहीन खाना खान बाध्य भएको गुनासो आइरहेको छ ।
पहिला पहिला चन्द्रपुर नगरपालिकाले एक वर्षमा एक दुई पटक बजार अनुगमन गर्ने गरेको भएपनि पछिल्लो समय आएर बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी तीव्र रुपमा बढेको स्थानीय बासिन्दा प्रल्लाद गौतमको भनाइ रहेको छ । जिल्लाका प्रमुख व्यापारिक बजार चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया लगायतका स्थानमा बजार अनुगमन नभएका कारण व्यापारीको मनोमानी तीव्र रुपमा बढ्दै गएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । स्थानीय पालिकाहरू र जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेलामा बजार अनुगमन गरेजस्तो गर्ने गरेको र अन्य बेला कानमा तेल हालेर बसेका कारण उपभोक्ताहरु ठगिन बाध्य भएका छन् ।
खाद्यान्न पसल कोल स्टोर्स, होटल, तथा किराना पसलहरू अनुगमन नभएका कारण उनीहरूको मनोमानी बढ्दै जाँदा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा तथा नेपाली कांग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरीको भनाइ रहेको छ । जनतासँग प्रत्यक्ष सरोकार भएका चन्द्रपुर नगर क्षेत्रका अस्पताल मेडिकल तथा क्लिनिकहरू समेत नगरपालिकाले नियमित अनुगमन नगरेका कारण उनीहरुले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिरहेको गिरिको भनाइ रहेको छ । चन्द्रपुर नगर क्षेत्रमा रहेका मेडिकल तथा क्लिनिकहरूमा उपचार गर्न आउनेहरूले ज्यान गुमाउँदै आएको भएपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसकेको गिरीको कथन छ ।
रौतहट जिल्लाकै पालिकाहरूले बजार अनुगमनतर्फ ध्यान नदिएका कारण उपभोक्ताले गुणस्तरहीन खाद्यवस्तुको प्रयोग गर्न बाध्य भइरहेको गुनासो आउँदा पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको कटहरियाका सञ्चारकर्मी आरके श्रीवास्तवको भनाइ रहेको छ ।
जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्दै आएकोमा पछिल्लो समय त्यसको सम्पूर्ण स्वामित्व पालिकाहरूलाई गएको भएपनि पालिकाहरूले बजार अनुगमन गर्ने तर्फ ध्यान नदिएका कारण उपभोक्ताहरुले त्यसको मार खेप्न बाध्य भएका छन् ।
जिल्लाका प्रमुख व्यापारिक बजारहरूमा नियमित रूपमा बजार अनुगमन हुनुपर्नेमा पालिकाहरूले बजार अनुगमन गर्नेतर्फ ध्यान नदिएका कारण समस्या उत्पन्न भएको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेको भनाइ रहेको छ ।न्युज कारखाना
वीरगन्ज– आज शनिबार वीरगन्ज महानगरपालिकाले वीरगन्जको गीता मन्दिर परिसरका अनधिकृत रूपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज (शनिबार ) तीनवटा एक्स्काभेटर लगाएर भत्काएको छ।
वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगन्जका मठमन्दिर केही व्यक्ति र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको बताए। “श्रद्धालु भक्तजनले जुनसुकै ठाउँबाट पनि मन्दिरको दर्शन गर्न पाउनुपर्छ भन्ने मान्यतासहित अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएका हौँ,” नगरप्रमुख सिंहले भने, “वीरगन्जका केही त्यस्ता व्यक्ति तथा संस्थाले मठमन्दिरमा भगवानलाई बन्धक बनाएर राख्ने चलन रहेको बताउदै त्यसको विरुद्धमा हामीले अभियान नै छेडेका छौँ भने।” महानगरले मन्दिरको मूलप्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्स्काभेटर लगाएर भत्काएको छ।
नगरप्रमुख सिंहले गीतामन्दिर परिसरमा रहेका सटरहरूको आम्दानीको लेखापरीक्षण तथा अन्य कुनै पनि कारोबार स्पष्ट नभएको पनि दाबी गरेका छन । “ उनले भने हामीले १२ दिनअगाडि गीता मन्दिर परिसरमा भएका सटरको सम्बन्धमा सर्वपक्षीय छलफल गरेका थियौँ। सो छलफलपछि आवश्यक कागजात पनि बुझाउन भनेका थियौँ। तर, सटर सञ्चालनकर्ताले कुनै पनि कागजात पेस नगरेपछि आज भत्काएका हौँ । ” सो मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटर रहेका थिए।न्युज कारखाना
रौतहट ,२८ बैसाख । भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेका कुखुराको चल्ला र मानिस लाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैसाख २८ गते अस्थाई प्रहरी पोष्ट बमनहर रौतहटवाट खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गा.पा. वडा नं. ४ स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली साईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको २३, हजार ५ सय बराबरको २७ कार्टुन कुखुराको चल्ला, साईकल थान–४ थान र चार जना भारतीय नागरिक लाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।
,रौतहट,२८ गते वैशाख । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुर टोलमा रहेको स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको छ । सोको लागि आज नेपाली काँग्रसको जिल्ला सभापति एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेश सांसद सुनिल कुमार यादव उर्फ जितेन्द्रले शिलान्यास कार्य सम्पन्न गर्नुुभएको छ । शिलान्यास पश्चात् सो भवन निर्माणको काम थालनी गरिएको छ ।
मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा सो भवन निर्माण हुन लागेको हो । करिब २५ लाखको लागतमा निर्माण हुने सो भवन दुुइ कोठे एक तल्ले हुनेछ ।
जसमा बाउण्ड्री वाल पनि निर्माण गरिने स्थानिय बिनोद यादवले जानकारी गराएका हुन् । चालु आर्थिक वर्ष २०८०।०८१ मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको यादवको भनाइ छ ।
सो शिलान्यासको अवसरमा नेपाली काँग्रेसका नगर सभापति एवम् पूर्व वडा अध्यक्ष शम्भुकान्त प्रसाद यादव,क्षेत्र नम्बर ३ का सभापति सर्फलाल गुप्ता,वडा नम्बर ४ का वडा प्रत्यासी हरेन्द्र यादव,वडा नम्बर ७ का वडा अध्यक्ष सहिद मियाँ,कार्यपालिका सदस्य जामुन ठाकुर,स्थानिय जनप्रतिनिधि तथा भद्र भलादमीहरुको उपस्थित रहेको थियो । यस अघि भाडाको कोठामा सञ्चालन हुँदै आएको स्वास्थ्य चौकी भवन निर्माण पश्चात् आफनै भवनमा सञ्चालन हुनेछ । जसबाट सेवाग्राहीहरु सहजरुपमा सेवा पाउने छन् ।
रौतहट,२८ गते वैशाख । रौतहटको इशनाथ नगरपालिकामा नयाँ हाकिमको रुपमा रविन्द्र कुमार झा हाजिर भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट नि.प्रमुख प्रशासकीय अधिकृतको रुपमा झा हाजिर भएका हुन् । उनलाई नगर प्रमुख कौशल्या देवी लगायत कर्मचारीहरुले स्वागत गरेका छन् । उनलाइ स्थानिय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकिय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभएसम्मको लागि सो पालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ । उनलाइ २०८१ वैशाख २७ गतेको मन्त्रालयको निर्णय अनुसार जिम्मेवारी दिइएको हो । यस अघिका प्रमुख प्रशासकिय अधिकृत भूदेव झाको सरुवा भएपछि झालाइ नि.प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको हो ।
सिरहा, २८ बैशाख। सिरहामा केही शिक्षकहरुले राजनितिक पहुचकको भरमा एकै समयमा दुइठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा वुझने गरेको पाइएको छ। समुदायीक विद्यालयका स्थायी शिक्षकहरुले विद्यालय समयमा सामुदायीक कलेजमापनि पढाए वापत दोहोरो सेवा सुविधा बुझने गरेको खुल्लेको हो।
राजनितिक दवाव र प्रभावका कारण शिक्षकहरुले स्थायी रुपमा कार्यरत विद्यालयमा नपढाई विद्यालयकै समयमा अन्यत्र कलेज तथा विद्यायहरुमा पढाएपनि तलवभत्ता भने दुबै ठाउँबाट बुझ्ने गरेका छन्।
धनगढीमाई नगरपालिका १२ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयको स्थायी शिक्षक समेत रहेका किशोर कुमार साह विगत ७ वर्षदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसका प्रमुखको रुपमा कार्यरत छन्।
प्रमुख साह कार्यरत रहेका विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठलाई आर्थिक प्रलोभनमा पारी पछिल्लो लामो समयदेखि पब्लिक क्याम्पसको प्रमुखको रुपमा काम गरीरहेको सोही विद्यालयमा कार्यरत एक शिक्षकले नाम उल्लेख नगरर्ने शर्तमा बताए।
उनले भने, ‘ याँहा विद्यालयको नियमित समयमा कहिलेपनि नआउने शिक्षकले सहजै तलव खान्छ, जो दैनिक विद्यालयमा उपस्थित हुन्छ उ नै सेवावाट वञ्चित हुन्छ।’
प्रधानाध्यापक अशोक श्रेष्ठले ‘काम गरी खाँएको छ। खाँनदिनुन्। कति शिक्षकहरुको पछाडी मात्रै लाग्नु भएको पत्रकारहरुपनि।’ भन्ने भनाईले पनि सेटिङको गन्ध दिन्छ।
उनले थपे, ‘शिक्षकको खासै अभाव नभएकोले पनि वहाँकावारेमा सोधीखोजी नगरेको हो। हामीसँग २० जना शिक्षक छन्।’
क्याम्पस प्रमुख तथा सत्यभामा डोडेल माध्यमिक विद्यालयका सामाजिक शिक्षक किशोर साहलाई तपाईहरुले कसरी दुई ठाउँमा समय मिलाई रहनु भएको छ ? भन्ने प्रश्नमा उनले, ‘विहानको कक्षा चलेको बेला क्याम्पस आउँदा विद्यालयमा विदा लिने र विद्यालय जाँदा क्याम्पस विदा लिने गरेको छु।’
१२ कक्षासम्म अध्यन अध्यापन हुने यस विद्यालयमा करिव १२ सय विद्यार्थी रहेका छन्। शिक्षकभने जम्मा २० जना मात्र रहेको बताइएको छ।
धनगढीमाई नगरपालिका ७ स्थितको जनता माध्यमिक विद्यालय अयोध्यानगर कसहामा कार्यरत शिक्षक प्रदिप कुमार साहलेपनि विगत लामो समयदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसमा पढाउने गरेको छ।
उनिपनि एकै समयमा दुबै ठाउँमा हाजिर गरेर तलबभत्ता बुझ्ने गरेको बताइन्छ ।
यस क्याम्पसमा अध्यापन गराउने अधिकाम्स समुदायीक विद्यालयका स्थायी शिक्षकहरु छन्। उनीहरु पढाउने भन्दा पनि धेरै हाजिर गरेर भाग्ने गरेको विद्यार्थीको गुनासो रहँदै आएको छ।
हिरेन्द्र विष्ट सरस्ती माध्यमिक विद्यालय जमदहका स्थायी शिक्षक हुन् । उनिपनी विद्यालयकै समयमा क्याम्पसमापनि पढाउछ्न। बिष्टले गोलबजार नगरपालिका ६ स्थित माध्यमिक तहको निजि बिद्यालय पनी चलाइरहेका छ्न। उनको निजि बिद्यालय,सामुदायिक विद्यालय र क्याम्पस समेत एकै समयमा चल्दापनी तिनै ठाउँ हजिर हुने गरेको शिक्षकहरु बताउँछन् । बिष्टले निजि बाहेक दुइवटै विद्यालयमा समयमै नपुगेपनी तलब भता भन्ने कार्यरत बिद्यालय र क्याम्पसबाट समेत बुझ्ने गरेको स्रोतको दाबी छ।
त्यसैगरी , गणित विषय पढाउने भगवानबाबु साह मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयका शिक्षक हुन्। धनिकलाल मण्डल, जनता वनवाली माध्यमिक विद्यालय बर्छवा र प्रेम अधिकारी सिरहा नगरपालिकाका एक विद्यालयका स्थायी शिक्षक हुन्।
इश्वर स्याङ्वा महावीर माध्यमिक विद्यालय धनगढीमाई ९ चैनपुरका उच्च माध्यमिक विद्यालय शिक्षक हुन्। सिजे यादव र रामदयाल यादव सिरहा क्याम्पसका शिक्षकहुन्। उनीहरु सवैको अहिले विहानी कक्षा चलेपनी क्याम्पसमा पढाउने अधिकाम्स सामुदायिक विद्यालयका शिक्षकहरुले यहाँबाट समेत पाँच घण्टी बराबरको तलव सुविधा बुझ्ने गरेका छन्।
अधिकांस समुदायीक विद्यालयका स्थिायी शिक्षकहरु यहाँ कार्यरत भएकाले नयाँ शैक्षिकसत्र सुरुभएदेखि अहिलेसम्म हाजिर गर्नमात्र शिक्षकहरु क्याम्पस पुग्ने गरेका छन्।
बैशाख देखि असार सम्म सामुदायीक विद्यालयहरुले मोर्निङ (विहान)को समयमा पठन–पाठन चलाएको वेला सबै शिक्षकले प्रधानाध्यापकसंगको सेटिङ्गमा कहिले यता र कहिले उता गरेर पढाउने गरिरहेका छन्।
जम्मा १८ जना शिक्षकहरमध्येय १३ जना सरकारी विद्यालयका शिक्षकहरु काम गरिरेहका छन्। अहिलेसम्म क्याम्पस व्यवस्थापन समितिलाई प्रभावमा पारेर र राजनीतिक आडमा आफ्नो रोजगारी टीकाईरहेको शिक्षकहरुमाथि आरोप लाग्दै आएको छ।
शिक्षकहरुलाई तपाईहरुले कसरी दुई ठाउँमा पढाई रहनुभएको छ ? भन्ने प्रश्नमा उनीहरुले मिलाएर काम गरिहेका छौं भन्ने जवाफ दिने गरेको छ।
नियमित क्याम्पस र विद्यालय दुवै ठाउँ शिक्षक नपुग्दा पढाई प्रभावित हुने गरेको स्थानीय अभिभावकहरुको भनाइ छ।न्युज कारखाना