२०८३ बैशाख ११
२०८३ बैशाख ११

रौतहट- यही जेठ १३ गते आइतबारदेखि राष्ट्रिय अभियानको रूपमा सञ्चालन हुन गइरहेको ‘आइपीभी खोप कार्यक्रम २०८१’ पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटद्वारा बुधबार गौरमा आयोजित ‘आइपिभी खोप अभियान २०८१ जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरू’ बीच एक दिने अभिमुखLकरण गोष्ठीका वक्ताहरूले उक्त विचार राखेका हुन्। गोष्ठीमा आइपिभी खोप अभियान २०८१ दुई चरणमा सञ्चालन गरिने जनाइएको छ।

पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, गढीमाई, चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा यही जेठ १३ देखि १७ गतेदेखि सञ्चालन हुने जिल्ला खोप संयोजक अनिल कर्णले बताएका छन्।

त्यसैगरी, दोस्रो चरणमा राजपुर, इशनाथ, गौर राजदेवी, देवाही गोनाही, कटहरिया, बौधीमाई, माधवनारायण र परोहा नगरपालिकामा २१ देखि २६ गते सम्म सञ्चालन हुने संयोजक कर्णले जानकारी दिएका छन्।

२०७३ वैशाख १ गतेदेखि २०७५ असोज मसान्तभित्र जन्मिएका बालबालिकाहरूलाई आइपिभी खोप लगाउने योजना अनुसार रौतहट जिल्लामा ३७ हजार ८४७ लक्ष्य रहेकोमा ३९ हजार डोज खोप आइसकेको उनले बताए।

देशैभरि एक साथ सुरू हुने यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको अति नै महत्वपूर्ण भूमिका रहेकाले सकारात्मक भई समाचार सम्प्रेषण गरिदिन वक्ताहरूले आग्रह गरेका थिए।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन जनकपुरधामका फिल्ड अफिसर डाक्टर सुरेश शुक्लाले नेपालमा आइपिभी खोप सेवा अभियान २०७१ असोज मसान्तदेखि सुरू गरिएकोमा २०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्म उक्त खोपको चरम अभाव भएको बताएका थिए।

उनले अभावलाई पूर्ति गर्न यो कार्यक्रमलाई देशैभरि खोप अभियानको रूपमा सञ्चालन गरिएको बताएका थिए।

सो अवधिमा आइपिभी खोप लगाउन छुटेका बालबालिकाहरूलाई पोलियो लाग्ने जोखिम रहको हुँदा ती बालबालिकाहरूलाई अनिवार्य रूपमा यो खोप दिन जरुरी रहेको डाक्टर शुक्लाले जानकारी दिएका छन्। ८० प्रतिशत पूर्ण, १६ प्रतिशत आंशिक र ४ प्रति लगाउन नसकेको खोपको समग्र अवस्था नेपालमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख विपिन कुमार साहले बताएका छन्।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादव, जिल्ला समन्वय समितिका सभापति एवम् जिल्ला खोप समन्वय समितिका अध्यक्ष रामअयोध्याय यादव, नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झा, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभियन कुमार सिंह, युनिसेफका प्रतिनिधि सुरेश गुप्ता लगायत सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहितका वक्ताहरूले यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सबैले आ-आफ्नो स्थानबाट सक्दो योगदान दिन आग्रह गरेका थिए।न्युज कारखाना

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।

जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको बताए।

सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो।

सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी र त्यसमा उनको संलग्नताबारे शृंखलाबद्ध रूपमा समाचार छापिरहेको छ।न्युज कारखाना

वीरगञ्ज । पर्सा लगायतका जिल्लामा करिब ३० वर्षदेखि श्रृङखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त पक्राउ परेका छन् ।

सखुना प्रसौनी गाउँपालिकाका प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । गिरी नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रही बिगत लामो समयदेखि प्रहरीको खोजीमा रहेका अभियुक्त भएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

२२ असोज २०६५ मा गिरी लगायत व्यक्तिकै संलग्नतामा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेका थिए । चन्दाका लागि उनीहरूले यसरी हत्या गरेका थिए । त्यस्तै, १२ भदौ २०५७ मा पर्साको विन्दवासिनीका देवेन्द्र प्रसाद यादबको हत्या गरी डकैती गरेको मुद्दामा पनि उनी फरार थिए ।

१९ फागुन २०६६ मा हातहतियार मुद्दामा उनी दोषी ठहर भइ फरार थिए । २०६० मा हातहियतर तथा खरखजनाका अन्य दुई मुद्दामा उनी फरार थिए भने २०५६ सालमा समेत उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा दायर भएको एसपी ढुंगेलले बताए । ठूलो मेहनतपछि उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।न्युज कारखाना

 

सिरहा, ७ जेठ । सिरहाको गोलवजार नगरपालिका ४ स्थित एनआईसी एसीया बैंकका शाखा प्रमुख र स्थानिय भु–माफियाको सेटिङमा ऋणीले धितो राखेको जमिन कौडीको भाउमा विक्रि गरेको पाईएको छ। गोलबजार शाखाका तत्कालिन प्रमुख तेज प्रसाद पोखरेलले भु–माफिया र विचौलियाहरुको आर्थिक प्रभावमा परि व्यवसायीलाई गुमड्हामा पारेर धितो जग्गा कौडिको भाउमा विक्रि गरेको पाइएको हो ।
गोलबजार नगरपालिका ४ का आरके ट्रेडर्स, कृष्ण अटो मोवाई तथा निजी कर्जा लिएका व्यसायी दुर्गेस कुमार साहलाई तत्कालिन शाखा प्रमुख पोखरेले गुमराहमा पारेर कडोरौं मूल्यको धितो बापत राखेको ९ कठ्ठा जग्गा विचौलिया संगको सेटिङमा लिलाम गरी विक्रि गरेका छन्।
एनआईसि एसिया बैंकबाट २०७७ सालमा करिव २० करोडको जग्गा धितो राखेर ५ करोड ९५ लाख रुपैया ऋण लिएको आरके ट्रेडर्सका संचालक व्यवसायी दुर्गेस साहले जनाएको छ। उनले, ‘ऋण लिने वेलामा बैंकले ७।९ प्रतिशत व्यावदरमा ऋण स्विकृत गरेको थियो। मैले नियमित रुपमा व्याज पनि बुझाउदै आएको थिए। पछिल्लो समय आर्थिक मन्दिका कारण करिव एक वर्षको व्याज वुझाउन नसकिएको बताए।
उनले भने, ‘  व्याज तिर्न मैले अर्को जग्गा विक्रि गर्ने तरखरमैै थिए। तर तत्कालिन शाखा प्रमुख पोखरेल र स्थानिय व्यवसायी तथा गोलवजार नगरपलिकाका निर्वाचित कार्यपालिका सदस्य ९विचौलिया० फुलेस्वर नायकको आर्थिक सेटिङमा मलाई जानकारीविनाकै १५ करोडमा विक्ने ५ कठ्ठा जग्गा ३ करोड ५० लाखमा विक्रि गरे। एतm जग्गा विचौलिया नायकको ससुरा महाविर साह महतो सुडीको नाममा विक्रि गरिएको जनाए।
९ कठ्ठा १० धुर जग्गामध्येय पूर्व पश्चिम राजमार्गसँगै जोडिएको करोडौं मूल्यको जग्गा काठमाडौं ११ का पूजा पोखरेलको नाममा विक्रि गएरिएको छ। उनी तत्कालिन शाखा प्रमुख पोखरेलको आफन्त छिन्। ’


बंैकले निश्चित विचौलियाको प्रलोभनमा परी निलामी बिक्रि गरेको विरुद्धमा आज स्थानिय व्यवसायीहरु आन्दोलनमा उत्रिएको गोलवजार व्यापार संघका महासचिव राकेश कुमार गुप्ताले जनाएको छ। उनले भने, ‘ बैंकले गरेको व्यवसायीमाथिको ज्यादती विरुद्ध चरणवद्ध आन्दोलन गर्ने बताए ।
आर्थिक मन्दिका कारण व्याज बुझाउन नसक्दा बैंकले करोडौंको जग्गा विचौलियाको प्रलोभनमा परि लिलाम गरिएको जग्गा फिर्ता गरिएन भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।’

एनआइसी एसिया बैंकले गरेको बदमासीको विरुद्धमा बैंकलाई बुझाएको ज्ञापन पत्रको वेवास्ता गरेकोले आज बाध्य भएर शान्तिपुर्ण आन्दोलनमा उक्रिएको   व्यवसायी विक्रम साहले जनाएको छ । उनले भने, ‘बैंकले लिलाम गरेको जगा फिर्ता र बैंकले गरेको यो निर्णयलाई सच्याएन भने व्यसायीहरुले गरेको आन्दोलनको क्रममा हुने घटनाको सम्पूर्ण जिम्मेवारी एनआईसी एसिया बैंक नै हुने छ।’
आज गरिएको आन्दोलनलाई पनि बैंकले वेवास्ता गरे भोली देखी चरणबद्ध कडा आन्दोलन गर्न बाध्य हुने व्यावसायीहरुको भनाई छ।

बैंकहरुले आर्थिक मन्दीको समयमा पनि व्यवसायीहरुको अवस्थालाई मध्येनजर नगर्दै विभिन्न किसिम मानसिक यातना दिएकै कारण सयकडौं व्यपारीहरु सटर बन्द गरेर विस्थापित हुने गरेको जिल्ला उद्योग वाण्ज्यि संघका अध्यक्ष विकास सारडाले जनाएको छ। उनले, ‘बैंकले व्यवसायीहरुमाथी गरेको ज्यादतीका कारण व्यवसायीहरु आत्मदाह र आत्माहत्याको शिकार बनिरहेको छ। उनले भने, ‘ राष्ट्रय बैंकको लचिलो नितिले गर्दा केही सहज भएको छ।, ‘यसले मात्र व्यावसायीलाई पुग्दैनन्। सरकारले व्यावसायीहरुको लागी केही नयाँ प्याकेज सहितको व्यवस्था गरिनुपर्ने उनको भनाई रहेको छ।’
बैंकका कर्मचारीहरुले ऋणीहरुमाथी गरिएको अमानवीय व्यवहारका कारण सिरहामा करिव ३० जना भन्दा बढी व्यवसायीहरु आनाहकमा आत्महत्या गरी ज्यान गुमाईसकेको व्यवसायीहरु बताउछन्। देश नै आर्थिक मन्दिले अक्रान्त बनिरहेको वेला बैंकका कर्मचारीहरुले व्यवसायीमाथी गरिएको ज्यादतीका कारण जिल्लाबाट करिव सैकडौं व्यापारीहरु पलायन भएको व्यावसायीहरुको भनाई छ। न्युज कारखाना

 

महोत्तरी 

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेश पर्यटकीय गन्तव्यहरुको पर्वद्वनमा जुटेको छ । माहासंघले मधेशका ८ वटै जिल्लामा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार र पर्वद्वन गर्ने उदेश्यले बाराको पर्सा राष्ट्रिय निकुञ्जवाट यस्को औपचारिक पारम्भ गरेको हो ।

सनिवार एक कार्यक्रमको विच पर्सा राष्ट्रिय निकुञ्जमा किन पर्यटकहरुको आवागमन भैइरहेको छैन भन्न्ने बिषयमा सरोकारवालाहरुसगँ समीक्षा गरिएको थियो ।

सगैँ सिमाना जोडिएको चितवन राष्ट्रिय  निकुञ्जमा बार्षिक ३ लाख पर्यटक भित्रिने तथ्यांकले देखाएको छ तर  अवलोकनका हिसावले त्याँहा भन्दा  बढी वन्यजन्तु र पशुपंक्षी रहेको निकुञ्जका वार्डेन रामचन्द्र खतिवडा वताउछन ।

यती हुँदा पनि पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको आकर्षण न्यून देखिएपछी पर्यटन व्यवसायी माहासंघले जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई सहभागी गराएर  आर्थिक समुन्न्तीको मुख्य मेरुदण्ड पर्यटन विकासमा चासो वढाउन ध्यानाकर्षण गराएका थिए ।

सन २०२२ को तथ्यांकअनुसार अहिले पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा बाघ, १६४ वटा गौरिगाई, ६५ वटा हात्ती, ४९० भन्दा बढी प्रकारका चरा लगायत विभिन्न जनावर र पशुपंक्षि पाईन्छ । हात्तिमा जंगल विचरण गर्न समेत पाइने पर्सा राष्ट्रिय निकुञ्ज देश कै कान्छो निकुञ्ज पनि मानिन्छ जुन २०७३ सालमा निकुञ्ज घोषणा भएको थियो ।

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पर्यटन विकासमा प्रदेश र स्थानिय सरकार गम्भीर वन्नुपर्ने धारणा राखे । प्रत्येक पालिकाहरुमा नगर पर्यटन बोर्ड गठन गरेर पर्वद्वन र  विकासमा परिचालन हुनुपर्ने वताउदै मधेशमा पाइने विशिष्ट विविधताले पर्यटन हव वनाउन सकिने प्रसस्त आधारहरु भएको उन्को भनाई छ ।

माहासंघले मधेशका ८ वटै जिल्लाका सम्भावित पर्यटकीय क्षेत्रलाई पहिचान गरि हरेक महिनाको ५ गते प्रदेशभरीका पत्रकारहरुलाई बोलाएर प्रचारप्रसार सम्मेलन गर्ने योजना वनाएको छ ।

वाराको जितपुर सिमरा उपमाहानगरपालिका अन्तर्गत निकुञ्जमा भएको कार्यक्रमवाट उत्साहित भएका व्यवसायीहरु निजि लगानी भित्र्याउने बिषयमा सकारात्मक देखिएका छन । पर्यटन विकासमा निजि क्षेत्रको ठूलो भुमिका रहने वताउदै कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले व्यवसायीहरुलाई लगानीमैत्री वातावरण तयार गर्नेमा बिस्वस्त दिलाए ।  न्युज कारखाना

 

वीरगंज  । भारतमा अहिले चरणबद्ध रुपमा लोकसभाको चुनाव भइ रहेको छ यसै क्रममा  बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि पर्सा जिल्लाको  सिमानाका तीन दिन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले  सूचना जारी गर्दै बिहारसित सिमाना जोडिएका पर्साका नाकाहरु तीन दिनको लागि बन्द हुने जानकारी दिएको छ ।

जिल्ला प्रशासनले सुचना जारी गरि भारत बिहारको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि अगामी जेठ १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६ बजेसम्म तिन दिनको लागि सिमानाका बन्द हुने जनाएको छ।

पश्चिम चम्पारण, बेतिया (बिहार) को पत्रबाट चुनावको लागि सिमानाका बन्द गर्न अनुरोध भई आए बमोजिम सिमानाका बन्द गरिने पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।न्युज कारखानाFB_IMG_1716118921142-696x985-1716120707.jpg

 ५ जेठ, बारा

बाराको कोल्हवी सव डिभिजन वन कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएका ९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटेका छन् ।

कोहल्वी नगरपालिका वडा नं २, झुरझुरेबाट वन कर्मचारी, सशस्त्र प्रहरी बल र झुरझुरे प्रहरी चौकीका प्रहरीको सहयोगमा नियन्त्रणमा लिएका ९ जना सिकारीलाई डिभिजन वन कार्यालयले बिहीबार छाडिएको खुलेको हो ।

वन कार्यालयले कोल्हवी नगरपालिका वडा नं २ बस्ने दिनेश ठकुरी, ध्रुव कुशुवार माझी, विशाल शाही ठकुरी, कृष्ण बहादुर कुशुवार माझी, चन्द्र लामा, केशव कुशुवार माझी, निमेश कुशुवार माझी, सिताराम कुशुवार माझी, रामविनोद दासलाई नियन्त्रणमा लिएको थियो ।

वन कार्यालयले उनीहरूको साथबाट ५ वटा मोटरसाइकल, २ वटा साइकल, वन्यजन्तु सिकार गर्ने फलामको भाला, करिब ४० वटा लौरी, वन्यजन्तुलाई नियन्त्रणमा लिने १५ थान जालोसमेत बरामद गरेको थियो । नियन्त्रणमा लिएका सबै पेसेवर सिकारी भएको वन कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट बरामद भएको फलामको भालामा जङ्गली जनावरको भुत्ला र रगतसमेत भेटिएको छ । तर सो रगत र भुत्ला कुन वन्यजन्तु हो भन्ने पत्ता लगाउन काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइने डिभिजन वन प्रमुख विनोद सिंहले जनाएका छन् ।

कोल्हवी सवडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिम मियाँले मध्यरातमा वन क्षेत्रमा ५ वटा मोटरसाइकल, ४ वटा साइकल, वन्यजन्तु सिकार गर्ने जालो, फलामको भाला र लौरासहित ९ जना सिकारीलाई नियन्त्रणमा लिने क्रममा केही स्थानीय महिला आएर घेराबन्दी गरेको बताए ।

डिभिजन वन प्रमुख विनोद सिंहले वन्यजन्तु सिकारीहरूलाई सामानसहित रङ्गेहात नियन्त्रणमा लिएकाले सबैलाई अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुन बमोजिम कारबाही गर्ने बताए ।

नियन्त्रणमा लिएका सबैलाई कोल्हवी नगरपालिका वडा नं २ का वडा सदस्य दुर्गाबहादुर श्रेष्ठको रोहवरमा छाडिएको हो ।न्युज कारखाना

सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा जग्गाको बिषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहारगर्दा  एक जनाको मृत्यु भएको छ। अर्नमा २ ब्रहमपुरिका करिव ५५ वर्षिय बुधराम महतो र    बाचाई महतो विच आज बिहान खेतको सीमाना विवादका क्रममा कोदालो प्रहारबाट घटनास्थलमै बुधराम महतोको मृत्यु भएको हो।

लामो समयदेखि जमिन विवाद रहेका उनीहरु आज विहान खेतमै भेटभएको बेला विवादचर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दिपेन्द्र महतोले जानकारी दिए।

वडा अध्यक्ष यादवले उनीहरुविच लामो समयदेखि जमिनको विषयमा मुद्दा–मकदमा चलिरहेको बताए। जमिनकै विवादका कारण आज यस्तो घटना भएको हुनसक्ने अध्यक्ष यादवको भनाइ रहेको छ।

हत्या घटना लगतै बचाई फरार भएका छन्। उनको खोजी भईरहेको प्रहरीले जनाएको छ। प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। श्व घटनास्थलमै रहेको छ।

मृतक महतोले लामो बिष्णुपुर चौकमा ग्यास सिलिन्डर, बिउबिजन तथा किटनासक विषादीको पसल संचालन गर्दै आएको बताइएको छ। न्युज कारखाना

 

२ जेठ, महोत्तरी 

गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने बिशिष्ट चिसो मौसमले यस्लाई पुष्टि गर्दछ ।

यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको  गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई समेत वन्न सक्छ ।

किन भने विहारका जिल्लाहरुवाट यहाँ ३५ किलोमीटर मात्र दुरीमा छ भने मधेश प्रदेशको मध्यविन्दुमा पर्दछ । छोटो दुरीमा उच्च पहाडी जिल्लाको जस्तो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाईने यो ठाउँ मधेश र विहारका मानिसहरुका लागि कम खर्चिलो समेत वन्ने देखिन्छ ।

बर्दिवास नगरपालिकाको खयरमारावाट ४  किलोमीटर मात्र माथी उक्लेपछी पाइने  हावापानी वाहय र आन्तरिक पर्यटक भित्र्याउन सकिने महत्वपूर्ण आधार  वनेको छ ।

`जुनार र सुन्तला पनि याँहा पाईन्छ । त्यसो हुदा कत्ती चिसो हावापानी पाईन्छ भन्ने भनिरहनु नै परेन ।´ उधोग बाणिज्य संघ बर्दिवासका चौधरी महतोले भने  ।` यो मधेशको दोश्रो भेडेटार जस्तै वन्न सक्छ ।´

प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकिय गन्तव्य वनाउन सकिने गतिलो आधार भएतापनी प्रचारप्रसारको अभावमा गुमनाम देखिएको चनौटे डाँडो अथाह पर्यटकिय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरुले नै प्रमाणित गर्दछ  ।

`प्रचुर सम्भावनाहरु वोकेर पनि ओझेलमा परिरहेको छ ।  सोही वडाका वडा अध्यक्ष गोपाल वलले भने । `गर्मी छल्न उच्च पहाडी जिल्लामा जाने तराईवासी र नजिकै सिमाना जोडिएको विहारका मानिसहरुलाई यतै रोक्न सकिन्छ ।´

यतिवेला मधेशमा अत्याधिक गर्मी छ । याँहाका मानिसहरु चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लाहरुमा जाने क्रम वढेको छ भने नजिकै  सिमाना जोडिएको भारतको विहार प्रदेशका मानिसहरु गर्मी छल्न केहीदिनका लागि भएतापनी  सिन्धुली, रामेछाप, दोलाखा जस्ता जिल्लाहरुमा वाक्लै जाने गरेको तथ्यांकले देखाउछ ।

औपचारिक मापन हुन नसकेतापनी स्थानियहरु यो ठाउँ  मधेशको नै सर्वोच्च चुरे पहाड भएको दावी गर्छन ।  १० बर्षे जनयुद्ध हुर्काउन उर्वर भुमिकोरुपमा प्रयोग भएको यो ठाउँलाई  माओवादीका पुर्व लडाकुहरुले अहिले पनि निक्कै श्रद्धाका साथ लिने गर्दछन  । यसैकारणले यो ठाउँमा सहिद पार्कको पारम्भिक शिलान्यास गरिएको थियो । जस्लाई प्रधानमन्त्री प्रचण्ड स्वयम् पुगेर शिलान्यास गरेका थिए ।

स्थानियका अनुसार विकटताका कारण निर्माण सामाग्री पुर्‍याउन नसक्दा केही योजनाहरुमा अपुरा नै वने ।

`नेपालको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ  जत्ती मनोरम छ त्यति नै ऐतिहासिक विरासत समेत वोकेको छ ।´ स्थानिय बिष्णु भण्डारीले भने । `मधेशको छोटो दुरीमा पाईने यो हावापानी वास्तवमा प्राकृतिक वरदान हो ।´

भौगोलिक भु-धरातल र फुसका घरहरुले निक्कै विकट लाग्ने यो ठाउँवाट पुरै तराई नियाल्न सकिन्छ । समुन्द्री सतहवाट झण्डै ७ सय मिटर उचाईमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्यू टावर पनि भन्ने गर्दछन । स्थानियका भनाईअनुसार दुई दशक अघिसम्म याँहा घनावस्ती थियो । विकटता कै कारण मानिसहरु बसाई सरेर कतिपय बर्दिवास पुगे भने कतिपय खयरमारा बजारतिर आएर वसे ।

औलो रोगवाट वच्न खयरमाराका मानिसहरु समेत यहीँ डाँडामा आएर बस्ने गरेको स्थानिय काजी वहादुर कार्की वताउछन ।

याँहावाट गौरिसंकर हिमालदेखी प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेशका चुरे शृङ्खलाहरुलाई स्पष्ट दृश्यावोलोकन गर्न सकिन्छ । सिन्धुलीको गढी समेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोश्रो गढीकोरुपमा समेत व्याख्या गर्ने गरेका  छन ।

अचम्मलाग्दो त काहानिर छ भने यो ठाउँमा जुनार र सुन्तलाका बोटहरु देखिनु मधेशकोलागी सवैभन्दा अनौठो बिषय हो । उच्च पहाडी भेगमा पाईने सुन्तला, जुनार पाईनुले पनि याँहाको हावापानीलाई आफै प्रमाणित गरेको छ ।

पर्यटकिय गन्तव्यको खोजी अभियान अन्तर्गत बर्दिवास उधोग बाणिज्य संघको नेतृत्वमा सनिवार याँहा पुग्दा धेरै मानिसहरुले चनौटे डाँडालाई मधेशको हिमालकोरुपमा चित्रण गरे ।

उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले चनौटे डाँडा मधेशको महत्वपूर्ण पर्यटकिय गन्तव्य वन्न सक्ने र यस्लाई सरोकारवालाहरुको ध्यानाकर्षण हुनुपर्ने वताए ।

उन्ले यो उचाईवाट दृश्यावोलकन गर्न सकिने मधेशका फाटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको वताउदै बर्दिवास नगरपालिकाले प्रचारप्रसार र पर्वद्वनमा कार्ययोजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिए ।

बर्दिवास नगर सांस्कृतिक तथा पर्यटन पर्वद्वन समितिले पनि चनौटे डाँडाको विषयमा थप खोज र अनुसन्धान गर्ने प्रतिवद्वता जनाएको छ ।

समितिका अध्यक्ष हिरा गौतमले मधेश र विहारमा प्रचण्ड गर्मी कारण चिसोको खोजीमा रहेका आन्तरिक र वाहय पर्यटकको लागि चनौटे डाँडा महत्वपूर्ण रहेको वताउदै यस्लाई थप प्रचारप्रसार गर्ने वताए ।न्युज कारखाना

वीरगंज । वीरगंज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयबाट उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिए । आफ्ना अग्रजको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कमी नल्याउन पनि उनको जोड थियो ।

यसै शैक्षिक सत्रबाट विद्यालयमा डिजिटल कक्षा समेत संचालन गरेको महानगरले त्यसको उपयोगिता र प्रभावकारिताका विषयमा समेत मेयर सिंहले अवलोकन गरे । विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन उनले हप्ताको एक दिन विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिन लागेका हुन् ।

मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीलाई अध्ययनका लागि झनै हौसला मिलेको त्रिजुद्ध मा.वि.का प्रधानाध्यापक नविन मिश्रले बताए । कक्षामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिएका थिए ।

मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्दै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए । यस्तै कक्षा पाँचका विद्यार्थीलाई मेयर सिंहले पुस्तक समेत हस्तान्तरण गरेका थिए । महानगरपालिकाले यसै शैक्षिक सत्रबाट यहाँका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाईका लागि डिजिटल कक्षा समेत संचालन गर्न सुरु गरेको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।