२०८३ बैशाख १०
२०८३ बैशाख १०

 

बज्जिकाञ्चल संवाददाता,पर्सा,२२ गते पुस । 
बिरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उदेश्यले बिरगंजमा भ्रष्टाचारको बिरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन् ।

सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप उनले लगाए ।भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुल्ला भ्रष्टाचार भैइरहेको अध्यक्ष साहले आरोप लगाए ।

आजपा पर्सा जिल्ला कमिटीको आज ( सोमबार ) बिरगंजमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले बिरगंजलाई आर्थिक राजधानीका साथै भ्रष्टाचार विरुद्ध हुने खबरदारी सभाका कारण शासकबर्ग त्रसित भएको बताए ।

हालै भ्रष्टाचार बिरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्न लागेको हो । साथै बिरगंजलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले गरेको छ ।

‘मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ तर सरकार मुकर्दशक बनेको छ । सरकारकै संरक्षणमा भ्रष्टाचार बढदै गईरहेको छ । हरेक काण्डमा सरकारका मान्छेहरु संलग्न रहेका छन् । मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरुकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार बढदै गईरहेको छ । भ्रष्टाचार बिरुद्ध आवाज उठाउँने उदेश्यले हामीले खबरदारी सभा गर्न लागेका छौं ।’

बिरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउँन र भ्रष्टाचार बिरुद्ध जागरण गर्ने उदेश्यले पुस २७ गते बिरगंजमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष साहका साथै शिर्ष नेताहरूले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बैठकलाई सम्बोधन गर्दै साहले संघिय संरचना आउँनुभन्दा अघि बिरगंजलाई राजधानी बनाउँने भनिए पनि बिरगंजसंग धोका भएको बताए । प्रदेशको राजधानी बिरगंजलाई बनाउँन भनिए पनि षडयन्त्र गरिएको बताउदै उनले बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्नमा पनि षडयन्त्र भईरहेको आरोप लगाए ।

‘काठमाडौं प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर बिरगंज आर्थिक राजधानी किन नहुने ? हामीले बिरगंजलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराएरै छाड्ने छौं,’ उनले भने, ‘यदी बिरगंजलाई आर्थिक राजधानी घोषणा गरिएन भने हामी चुप लागेर बस्दैनौं । अहिले खबरदारी सभा गरिरहेका छ, सरकारले हाम्रो माग सम्बोधनमा ढिलाई गरे यो भन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुन्छौं ।’

साथै उनले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धरासायी बनाउदै गरिरहेको आरोप लगाए । भ्रष्टाचार बिरुद्ध जागरण गर्ने, सरकारको मनोमानी कर आतंकको अन्त्य र बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउँन दबाब दिने उदेश्यले बिरगंजमा खबरदारी सभा गर्न लागेको आजपाले जनाएको छ ।

आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगारमा भईरहेको ठगी, भन्सार कानूनमा रहेको लुटकारी व्यवस्था, एवं दलाल दलतन्त्र बिरुद्ध आवाज उठाउदै आएको छ ।

प्रेमचन्द्र झा,राैतहट,२२ गते पुस ।

रौतहट।   इशनाथ नगरपालिकाका नगर प्रमुख काैशल्या देवी सिन्हाले भारतीय सिमानाकाबाट सवारी साधनको आवागमन अवरुद्व नै रहेकमा दुख: व्यक्त गरेका छन । नगरप्रमुख सिन्हाले सोमबार आफनो कार्यकक्षमा पत्रकारहरुसंग कुरागर्दै हाम्रो नगर क्षेत्रमा  सिमानाकाबाट सवारी साधन आवागमन बन्द रहेका कारण ठुलो समस्या भोग्नु परेको बताए ।

सिमानाकाबाट रोकिएको सबारी आवागमन बारे  फेसबुकमा जसरी प्रचार प्रसार आए त्यो कुरा संग मेल खाने काम बोडरमा नभएको नगर प्रमुख सिन्हाले बताए ।आफनै नगरबाट सिधै भारत जान आउन  सहज थियो तर कसले कुन नियतले गाैर भएर मात्र गाडी जान्छ भने प्रवधान ल्याएर किन जनतालाई दुख दिदै छन आफु बुझन नसकेको नगर प्रमुख सिन्हाले भने । सवारी साधन  बन्द भएका कारण स्थानीय प्रशासन प्रति जनता आक्रोशित हुँदै गएको ईसनाथ नगरपालिका वडा नम्बर ४ लतमरीका समाजसेवी किशोरी साहले बताए ।

जब जब नेपालमा केपी शर्मा ओली  प्रधानमन्त्री हुन्छ सो बखत कुनै न कुनै बखेडा खाडा गरि मधेशका जनता खास गरेर बोडरका जनता समस्या भोग्नु परेको समाजसेवी साहले आरोप समेत लगाएका छन । यसरी सवारी साधन नेपालका तर्फबाट रोकिएकोमा नेकपा एमालेका जिल्ला ईन्चार्य अजय गुप्ताले दुख व्यक्त गरेका छन ।  समाधान भई सकेको समस्या पुन: के कति कारणले शुरु भएको हा आफु यसमा लागेर सामाधान गराउने  कुारामा आश्वासत रहन  ईन्चार्ज गुप्ताले भने ।  नेकपा एकीकृत समाजवादीका नेता रेवन्त झाले पुर्ववत भारतीय सिमानामा आवागमन सुचारु नगरिए सरकारको बिरुद्व आन्दोलनको आंधीबेरी ल्याउने चेताबनी दिएका छन ।

साथै नेता झाले गाैर भन्सार कार्यालय र सशस्त्र प्रहरी कार्यालयलाई जनतालाई दुख नदिन आग्रह समेत गरेका छन । सिमाक्षेत्रमा भारतबाट आउने तथा नेपालबाट भारत जाने सवारीको आवागमनमा भएको समस्या समाधानका लागि स्थानिय जनप्रतिनिधि तथा नागरिक समाजले स्थानीय प्रशासन संग पटक पटक छलफल र ज्ञापन पत्र बझाए पनि उपलब्धि जिरो रहेकाेमा सो निर्णय तत्काल फिर्ता गराउन इशनाथ नगरपालिकाका पूर्व मेयर संतोष मेहताले समेत माग गरेका छन ।

जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आवागमन सहज तुल्याउने विषयलाई लिएर जिल्ला स्थित सुरक्षा समितिमा छलफल भएको बताए । सशस्त्र प्रहरी गण राैतहटका प्रमुख बिक्रम हुमागाईले माथिल्लो निकायबाट स्पष्ट निर्देशन आउन नसकेकोमा पुर्ववत आवागमन सुचारु गराउन नसकिएको बताए ।

यश घटनाले जिल्लाका नेताहरुले यसविषयमा पटक पटक गरेको सर्व पक्षिय बैठक तथा स्थानीय प्रशासन मार्फत सम्बन्धित निकायलाई गराएको ध्यानाकार्षण निशप्रभाव सावित भएका छन । राजनितिक दलका नेताले यश विषयमा जसरी एक अर्का काे प्रयासबाट भारतीय सिमानाकामा सवारीसाधन आवागमन गराएको फेसबुकमा बढाई चढाई पोष्ट गरेर जस लिए जस्तो नाका सुचारु नबएको स्थानिय सर्ब साधारण जनताको भनाई रहेका छन ।

पुन: सहजताका लागि सहयोग गर्न सरोकारवाला निकाय तथा जिल्ला स्थित विभित्र राजनैतिक दलका नेताहरुसंग आग्रह गरेका छन ।

राजेश निर्माणी,राैतहट,२२ गते पुस २०८१ । 

रौतहट। रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं.-९ भुषहा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सोमबार आधारभूत स्वास्थ्य चौकी भुषाहाको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच नगर प्रमुख कुर्मीले सो नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।

२०७६ सालदेखि सो वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आए पनि स्वास्थ्य चौकीको आफ्नै भवन नहुँदा भुषाहा निवासी शेख सौकत अलीको घर भाडामा लिएर सेवा प्रवाह हुँदै आएको थियो। तर २०७७ मा पुर्व वडा अध्यक्ष नाजिर हुसैनले आफ्नो निजी जग्गा दिएर प्रदेश सरकारबाट ७० लाखको लागतमा निर्माण गरेको सो भवनको आधाअधुरा कामहरु वर्तमानका वडा अध्यक्ष प्रवेज आलमले निर्वाचित भए लगत्तै आफ्नो योजनाको २० लाख रकम पहिलो पटक र ६ लाख रकम दोश्रो पटक छुट्टयाइएर काम पूरा गरे पश्चात् सो स्वास्थ्य सेवा केन्द्र अब आफ्नै भवनबाट सञ्चालनहुने भएको छ।

करिब ९६ लाखको लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी भवन सौचालय र सभाहल बाहेक दुई तले ८ कोठे निर्माण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले नगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले सेवा केन्द्रबाट ज्येष्ठ नागरिक सहित गर्भवती, असक्त नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह हुने बताए ।नगर प्रमुख कुर्मीले नगरको हरेक वडामा अब आफ्नै स्वास्थ्य चौकी र दुई ठाउँमा सुबिधा सम्पन्न नि:शुल्क एम्बुलेन्स सहित प्रसुति गृह सञ्चालनमा समेत रहेको सुनाए ।

नगर प्रमुख कुर्मीले विगतका जनप्रतिनिधिले विगत पाँच वर्षमा पनि गर्न न सकेको काम आफु निर्वाचित भएको २ वर्षमै गरेर देखाएको बताउदै,आफुले आफ्नो पालिकाको वडा नम्बर १ देखि ९ सम्मको हरेक ठाउँमा गरेको विकास निर्माण कार्यको चर्चा गरेका थिए। उनले सडक ढलान कार्य देखि शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई तथा पूर्वाधार क्षेत्रमा निकै ठूला परिर्वतनहरु भएको बताए ।

कार्यक्रममा उपमेयर संगिता कुमारी रामले हरेक वडामा ल्याबसहितको स्वास्थ्य सेवा दिनेगरी नगरले कार्य गरिरहेको बताइन् । उनले आगामी आर्थिक वर्षको बजेटमा ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकहरुलाई सम्पूर्ण सेवा निःशुल्क प्रवाह गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले वृन्दावन नगरपालिकाबाट प्रवाहहुने मुख्यतया तीनओटा मुलभुत सेवाहरु मध्ये पहिलो वडा कार्यालयबाट हुने जन्म दर्ता देखि लिएर मृत्यु दर्ता लगायत अन्य विभिन्न कार्यहरुको सेवालिने मुख्य केन्द्र त्यसैगरी दोश्रोमा जन स्वास्थ्यको हिसाबले सेवा लिने ठाउँ अर्थात स्वास्थ्य चौकी,बर्थिङ सेन्टर र आधारभुत अस्पतालहरु र तेस्रोमा नगरका जनतालाई अगाडि बढाउने मुख्य क्षेत्र अर्थात शिक्षा क्षेत्र रहेकोले यी तिनटै कुरामा ध्यान दिएर नगरपालिका अगाडि बढिरहेको बताए।

कार्यक्रमको अध्यक्षता सोहि वडाका वडा अध्यक्ष प्रवेज आलमले गरेका थिए भने प्रमुख अथितिमा नगर प्रमुख विनोद प्रसाद कुर्मी,विशिष्ट अथितिहरुमा उपप्रमुख संगिता कुमारी राम र प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल रहेका थिए,त्यसैगरी अथितिहरुमा वडा नम्बर-१ का वडा अध्यक्ष रामनाथ सहनी वडा नम्बर -७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडियर,वडा नम्बर-६ का वडा अध्यक्ष मजहर मनसुर,कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी),रहना खातुन,मुस्लिम इतेहाद संगठन नेपाल मधेस प्रदेशका अध्यक्ष सलामोदिन दर्जी, पुर्व विधायक हसिमा खातुन र विधायक प्रत्यासी शेख सतार अहमद लगायत कर्मचारी तथा स्थानीय नागरिकको उपस्थिति समेत रहेको थियोे ।।

 

रविन्द्र साह,राैतहट,२१ गते पुस २०८१ । 

उच्च अदालत जनकपुर , अस्थाई बिरगंज अदालतले केन्द्र प्रदेश र जिल्ला शाखाको निर्वाचन हुदा मतपत्रमा सांकेतिक चिन्ह जस्ता केरकार संवैधानिक व्यवस्थाअनुसार  व्यक्तिका लागि अनुसूचीको व्यवस्था नगरिएको विषयमा कारण देखाउ आदेश जारी गरेको  जनाएको छ ।


न्यायाधीश  एकल इजलासले आज जिल्ला प्रसाशन कार्यालय रौतहट गौर समेत गरि ६ जनाको नाउँमा कारण देखाउ आदेश जारी गर्दै कारण देखाउ आदेश दिएको हो ।

मौलिक अधिकार र गोपनियता भंग भएकोमा नेपाल पत्रकार महासंघ केन्द्रिय समिति , रौतहट शाखा निर्वाचन समिती , जिल्ला प्रशासन कार्यालय रौतहट गौर , जिल्ला हुलाक कार्यालय गौर , नेपाल पत्रकार महासंघ रौतहट शाखा केन्द्रिय निर्वाचन समिति समेत गरि ६ जना उपर  यही पौष १९  गते संविधानको व्यवस्थाअनुसार अनुसूचीमा निर्वाचन रद्द गर्नुपर्ने मागसहित रिट निवेदन दायर गरेका थिए ।

यहि मंसिर २८ गते सम्पन्न निर्वाचनमा पुर्ण रूपमा धाधली भएको भएको भनेर सम्बन्धि निकायमा उजुरी गरे पनि कतै सुनुवाइ नभएपछि पत्रकार राकेश यादव , किशोरी राय यादव र बिकास अग्रवालले अदालतको बाटो रोज्नु परेको बताउनु भएको छ।

चन्दन यादव, रौतहट, २१ पुस 2081 ।

भन्सार छलीको स्कार्पियो गाडी भन्सारमा बुझाईएको हो । प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको भारतिय नम्बरको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मूल्याङ्कन गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले विआर ०१ पी एल ९३८७ नम्बरको बेवारिसे सेतो रंगको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मुल्याङन गरी आवश्यक कारवाहीको लागि शुक्रवार भन्सारमा बुझाएको प्रहरीले आज एक सूचना जारी गर्दै सार्वजनिक गरेको छ ।

भन्सार छलीको स्कार्पियो गाडी चलाईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले खोजतलास गर्दै जाँदा गत साउन ४ गते दुर्गा भगवती गाउँपालिका ३ स्थित सडक छेउमा उक्त गाडी बरामद गरेको थियो।

पटक पटक सूचना जारी गर्दा पनि ५ महिनाको अवधिमा उक्त भारतीय नम्बरको स्कार्पियो गाडीको हक दाबी गर्ने प्रहरीको सम्पर्कमा कोही न आउँदा बाध्य भएर भन्सारमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन् ।

रौतहट जिल्ला अन्तर्गत २८ किलोमिटर लामो सिमाना भारतसँग जोडिएको र सदियौं देखि दुई देशबीच रोटी बेटीको सम्बन्ध रहिआएकाले यहाँ भारतीय नबरको गाडी आउँजाउँ हुँदै आएको छ ।

आरके श्रीवास्तव,राैतहट,२१ गते पुस २०८१ । 

राैतहटकाे ग्रामीण क्षेत्रमा चाेरीकाे संख्या ह्वात्तै बढेकाे छ ।  चाेरकाे बिगबिगी अत्यधिक छ । पछिल्लो समय चाेरीका घटनाहरू दिन दिनै बाहिर आईरहेका छन् । गएराति जिल्लाकाे माधवनारायण नगरपालिका वडा नम्बर ६ माधाेपुरमा चार घरमा चाेरी भएको स्थानीयहरूले जानकारी गराएका हुन् ।

 

चोरहरूले सुरुङ खनेर माधोपुर उत्तरवारी टोलमा चार जनाको घरमा चोरी गरेका छन् । स्थानीय जगरनाथ राय यादव , रामबाबु राय यादव ,नेमीलाल राय यादव लगायतको घरमा चोरी भएकाे छ । उनीहरूको घरबाट चोरहरूले लाखौंको सामान चोरी गरी लागेका छन् । पछि स्थानीयहरुले थाहा पाएर हो-हल्ला गर्दा चोरहरु भागेका थिए ।

 

चोरहरूले फेरि पुरानै विधि र शैली अपनाएर राती राती घरमा चोरी गर्न थालेका छन् । तराईमा लागिरहेको बाक्लो हुस्सुको मौका छोपेर उनीहरू चाेरी गर्न पल्केका हुन् ।

 

केही दिन अघि मात्र फतुवा विजयपुर नगरपालिकाकाे वडा नम्बर ६ पेटभर्वामा चाेरी भएको थियो । गाउँ गाउँमा भिख माग्दै हिडन् मानिसहरूकाे समूह नै चाेरीमा संलग्न थिए । प्रहरी समयमा नपुगेपनि त्यहाँका युवाहरूले लाेकेशनकाे आधारमा चाेरीहरूलाई पक्रेर प्रहरीकाे जिम्मा लगाएकाे थियो ।

जिल्लाकाे ग्रामीण भेगमा यस्ता घटनाहरू दिनदनै हुँदा पनि प्रहरीकाे ध्यान जानसकेकाे छैन् ।  यसतर्फ स्थानिय प्रहरी प्रशासनलाई गम्भीरतापूर्वक लिन स्थानीयहरूले अनुराेध समेत गरेका छन् ।

बज्जिकाञ्चल संवाददाता,रौतहट,२० गते पुस २०८१  ।

रौतहटको चर्चित बजार कटहरियाका ब्यवसायी रामचन्द्र साह कलवारले पूर्वाग्रही रुपमा आफू बिरुद्द समाचार आईरहेको गुनासो गरेका छन्।

 नियमपूर्वक मलखाद विरतण गर्ने , कुनै किसिमको नक्कली मल खाद विक्री वितरण नगर्ने भएपनि एकजना पत्रकारले पूर्वाग्रही रुपमा आफुलाई बदनाम गराउन समाचार लेखिरहेको गुनासो गरेका हुन्।

जहरीमाई कृषि सहकारी संस्थाका सञ्चालक रामचन्द्र साह कलवारले शनिवार पत्रकार सम्मेलन आयोजन गरि दुःखेसो पोखेका थिए। सहकारीको नाउँमा आउने मलखाद  नियम पूर्वक सम्बन्धित वडाका अध्यक्षको रोहबरमा मलखाद वितरण गर्दा पनि आफ्नो स्वार्थ पूर्तिका लागि आफूलाई बदनाम गर्न खोजिएको कलवारले बताएका छन्।

बारम्बार एउटै विषयलाइ लिएर आफूलाइ बदनाम गर्न थालेपछि बाध्य भएर आफूले प्रतिबाद गरेको बताएका छन्। बिरगंज बाट आधिकारिक विक्रेता संग भ्याट बिलमा चाइनिज मलखाद खरिद गरी ल्याएर बिक्री गर्दा दुुइ नम्बर बनाइ बिक्री वितरण गर्नें गरेको, जनता लाइ मलखाद नदिने गरेको र तस्करी गर्ने जस्ता आफूमाथि लागेको आरोपहरु निराधार रहेको प्रष्ट पारेका छन् । कटहरिया म्यूजिकल एफएमका प्रकाश श्रेष्ठले माग गरे अनुसार आर्थिक सहयोग गर्न अस्मर्थता जनाउँदा आफनो नाम जोडी बदनाम गरिएको कलवारले आरोप लगाएका छन् ।

कटहरिया स्थित ३ वटा वडाहरुमा आफूहरुले चलाउने  तिन वटै सहकारी संस्थाबाट नियम अनुसार मलखाद वितरण गर्ने गरेको उनले दावी गरेका छन् । सम्बन्धित वडा संगै कृषि शाखा कटहरियाको सिफारिस गरि अनलाइन गरेर मात्र मलखाद विरतण गर्ने गरेको सहकारी सञ्चालक कलवारले स्पष्ट पारेका छन्। आफूले यदी गलत गरेको हो, नक्कली मलखाद बिक्री वितरण गरेको हो भने सम्बन्धित निकायले छानबिन गरी कारबाही गरोस्। पटक पटक बिभिन्न निकाय बाट अनुगमन आउँदा यहाँका अधिकांश पसल बन्द हुन्छन तर आफूले सदैव सेवा दिँदै आएको छु।

 भ्याट देखि लिएर नेपाल सरकारको सबै प्रक्रिया पूरा गरेर पसल सञ्चालन गरेको हुँदा गलत हूँ भने तपाईंहरू नै अनुगमन गरी कार्वाही गर्नुस ब्यवसायी रामचन्द्र साह कलवारले पत्रकार सम्मेलनमा आग्रह गरेका थिए। उता म्यूजिकल एफएमका पत्रकार प्रकाश श्रेष्ठले व्यवसायीको आरोपको खण्डन गर्दै समाचार लेखेकै कारण ब्यवसायी रामचन्द्रले आफूलाई फोन मार्फत बिभिन्न धमकी दिएको बताएका छन्।

यसै विषयलाइ लिएर नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रेस विज्ञप्ती निकालेर घटनाको सत्य तथ्य छानबिन गर्न माग गरिएको छ। महासंघका सचिव गौतम श्रेष्ठ द्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको  र समाचारका विषयमा चित नबुुझे कानुुनी उपचार विधि र प्रक्रिया हुँदाहुदै धमकी दिनु प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत मर्यादा माथि गम्भिर आक्रमण भएको महासंघको ठहर भएको उल्लेख गरेका छन्  ।  घटनाको छानबिन गरि दोषी उपर कानुुनी कार्यवाही गर्न तथा समाचारको विषयमा आउने यस्ता धाक धमकीपूर्ण कार्य बन्द गर्न र जनताको सूचनाको हक स्थापित गर्न महासंघ सबैमा अनुुरोध समेत गरेको छ ।

बज्जिकाञ्चल संवाददाता,बारा,२० गते पुस २०८१ ।

बारा । राष्ट्रिय मातृभूमि पार्टी नेपालका महासचिव गाेविन्द गिरीले आमा जस्तै देशलाई माया गर्ने पार्टीको नेपालमा खाँचाे रहेको कुरा औल्याएका छन् ।

राष्ट्रिय मातृभूमि पार्टी नेपाल बारा द्वारा गढिमाई नगरपालिका वडा नम्बर एक गायत्री चाैक स्थित पार्टी प्रवेस तथा वडा समिति गठन गर्न आयोजित सभालाई सम्बोधन गर्दै महासचिव गिरीले देशलाई माया गर्ने ईमान्दार नैतिकवान नेता र पार्टीको नेपालमा खाँचाे रहेको बताए।

देशलाई विकसित समृद्व वनाउने भिजन कुनै पनि पुराना पार्टीसँग नरहेको दाबी गर्दै आफुहरुलाई जनताले माैका दिए देशलाई परिवर्न तर्फ लैजाने महासचिव गिरीले दाबी गरेका छन् ।

पुराना पार्टी र रिटायर नेताका कारण  देश दिनप्रतिदिन पछि पर्दै गएका कारणले परिवर्तनका लागि पनि नयाँ शक्तिको हातमा देश जानु पर्ने उनले बताए । राष्ट्रिय मातृभूमि पार्टी नेपाल गढिमाइ नगरपालिका वडा नम्वर एकका अध्यक्ष  मुना कुमार लहेराकाे अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय काेषाध्यक्ष केशव राज भट्टाराई ,समाजसेवी सुरेन्द्र ढकाल,

राैतहट जिल्ला अध्यक्ष रन्जित पटेल सहितले बाेलेका थिए।

ओमप्रकाश यादव,माधवनारायण,२० गते पुस २०८१ । 

विकासमा एक कदम अगाडि माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले केही वर्षदेखि रोकिएको नगर अस्पताल भवनको निर्माण कार्य पुनः सुचारु गराएका छन्।

माधवनारायण नगरपालिका -२ खेसरहियामा यस नगरपालिकाको १५ शैयाको नगर अस्पताल निर्माण कार्य सुरु भएको छ।

डीपीआर तयार भएर बन्द भएको नगर अस्पतालको बाँकी काम मेयर बैजनाथ प्रसाद यादवले आजदेखि पुनः सुचारु गराएका हुन्।

मेयर यादवले उक्त नगर अस्पतालको आज अनुगमन निरीक्षण गर्दै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

मेयर बैजनाथ प्रसाद यादवको दूरदर्शी सोच, मास्टरप्लान भिजन र विकासका काममा देखाउने गरेको ताद्रुक्ताका कारण माधवनारायण नगरवासीले चाडै नगर अस्पतालको सेवा पाउने भएका छन्।

त्यस्तै मेयर यादवले आजै सखुअवामा निर्माण हुँदै गरेको विद्यालय भवनको छत ढलान कार्यको पनि अनुगमन निरीक्षण गरेका थिए।

प्रेमचन्द्र झा,राैतहट,पुस २० गते २०८१ । 

रौतहट क्षेत्र नम्बर १ का सांसद एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल गढिमाई नगरपालिका वडा नम्बर ८ का नवनिर्वाचित वडा अध्यक्ष बजरंगी यादवको घरमा शनिवार पुगि शोक सभा तथा शान्ति भाेजमा सहभागी भएका छन् । नेकपा एस पार्टीका  नेता हरिनारायण यादवको भाई मेघु राय यादवको  तेरहाै पुन्यतिथिको अवसरमा आयोजित शोक सभा तथा शान्तिभोजमा सहभागी भएका थिए।

 

 नेकपा एसका केन्द्रीय सदस्य कल्याणी खडका, मधेस प्रदेस सभा सदस्य कनिस पटेल जिल्ला अध्यक्ष कमल यादव, राजदेवी नगर प्रमुख भिखारी यादव र बाैधिमाई नगरप्रमुख प्रदिप यादव ,देवाही गोनाही नगरप्रमुख प्रेमलाल साह माधव कुमार नेपालको राैतहट स्थित सहयोगी रेवन्त झा सहितका उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।