आरके श्रीवास्तव,राैतहट,१५ गते माघ २०८१ ।
राैतहट । राैतहटकाे मध्य भाग गरूडामा चलिरहेको प्रथम गरूडा व्यापार महाेत्सव २०८१ बन्द भएको छ । गरूडा नगर उधाेग वाणिज्य संघका अध्यक्ष सतिश साहकाे कमीकमजोरीले गर्दा महाेत्सव बन्द हुन पुगेको हाे । दर्शकले नरूचाएकाे,व्यापारीहरूले स्टल नराखेको र माैसमले नसाथ दिएको कारण महाेत्सव बन्द गर्नु परेकाे अध्यक्ष साहले बताएका छन् ।
समृद्ध उधाेगकाे लागि,आर्थिक समृद्धि भन्ने नाराका साथ सुरू भएको महाेत्सवमा प्रवेश शुल्क राखेपछि दर्शकहरूले ताेडफाेड समेत गरेकाे घटना घटेकाे थियो । आगामी माघ २३ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सवमा बिचैमा राेक्नु परेको हाे ।
व्यापारीहरू बिच कुरा मिलाउन नसक्दा पनि महाेत्सव बन्द हुन पुगेको कतिपय व्यापारीहरूकाे भनाइ छ । निकै तामझामकाे साथ सुरु भएको महाेत्सव बिचैमा बन्द हुन पुग्दा व्यापारीहरू भएका निराश छन् । वर्तमान अध्यक्ष साहकाे कार्यकालकाे ऐतिहासिक कार्य भनिएपनि अन्ततोगत्वा फलप हुन पुगेकाे छ ।
बिना तयारीकाे महाेत्सव आयाेजन गर्न नहुने जानकारहरूकाे भनाइ छ । फितलो व्यवस्थापनका कारण महाेत्सव बिचैमा राेक्नु परेको हाे ।
आरके श्रीवास्तव,राैतहट,१५ गते माघ २०८१ ।
राैतहट । राैतहटकाे गरूडा नगरपालिकाका चिसो प्रभावितहरूले स्थानीय सरकारबाट कुनै राहत नपाएको गुनासो गरेका छन् ।
चिसाेका कारण गरूडा नगरपालिका वडा नम्बर ४ दलित टाेलका मानिसहरूले आफूहरूलाई नगरप्रमुख कन्थमनी जयसवालले कम्बल र सिरक वितरणमा काखापाखा गरेकाे आराेप लगाएका छन् ।
गरूडा नगरपालिकाले ठूलाे संख्यामा कम्बल र सिरक वितरण गरेकाे दाबी गरिरहेकाे बेला गरूडा गाउँकाे दलित टाेलका मानिसहरू भने कम्बल र सिरक पाउन बाट बञ्चित भएकाे बताएका छन् । आफनाे नगरपालिकाका कुनै पनि नागरिकले चिसोका कारण दुःख नपाउन भन्ने अभिप्रायले कम्बल र सिरक वितरण अभियान चलाएको नगरप्रमुख जयसवालले बताएका थिए ।
तर सिंगै दलित टाेलका मानिसहरू राहत बाट बञ्चित भइरहँदा मेयर जयसवाललाई भने कुनै प्रवाह छैन् । गरूडा नगरपालिका वडा नम्बर ४ कि नैन देवी रामले भनिन्-हामीलाई नगरपालिकाबाट आउने सुविधाहरू बाट सधैं बञ्चित गरिन्छ । आफनाे आसेपासेहरूलाई कम्बल र सिरक वितरण गर्ने गरेको उनी गुणासाे गर्छिन् । हुनेखानेहरूलाई मात्र मेयर जयसवालले यसअघि पनि दाउरा उपलब्ध गराएकाे र दलित बस्तीलाई नजर अन्दाज गरेकाे आराेप लगाएकी हुन् ।
दलित तथा विपन्न परिवारकाे नामले सस्तो लाेकप्रियता कमाउँदै, बाँडिरहेकाे राहत स्वरूप कम्बल,सिरक तथा दाउरा वितरण कार्यमा दलित तथा विपन्नलाई नै बाईपास गरि बाँडेको तथा प्रचारप्रसार समेत गराएकाे गरूडा नम्बर ४ कि एक अर्की दलित महिला सुगान्धी देवी रामले बताएकी हुन् ।
अत्यधिक चिसो र घाम अभावका कारण ग्रामीण जनजीवन ठप्प रहेको छ । दैनिक ज्याला, मजदूरी गर्नेहरू मारमा परेका छन् । मधेशको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । साे टाेलमा चिसोबाट गरिब विपन्नहरूलाई धेरै समस्या भएको छ । दलित टाेलका स्थानीय बासिन्दाले आगो तापेर तथा ग्रामीण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । यस विषयमा मेयर जयसवालकाे नम्बरमा फाेन गर्दा सम्पर्क हुनसकेको छैन् ।
आरके श्रीवास्तव,राैतहट,१५ गते माघ २०८१ ।
राैतहटकाे गरूडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवालले वैदेशिक रोजगार बोर्डबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेका छन् । साउदी अरबमा मृत्यु भएका गरुडा नगरपालिका वडा नम्बर ६ निवासी स्वर्गीय मिस्टर लेहेरिको परिवारलाई चेक हस्तान्तरण गरिएकाे हाे ।
उनकाे गत पुस २२ मा असामाजिक निधन भएको थियोे ।
मंगलबार स्वर्गीय लेहेरिको श्रीमती हिरजा खातुनलाई वैदेशिक रोजगार बोर्डबाट प्राप्त रु १० लाख सहयोग रकम बराबरको चेक हस्तान्तरण गरिएकाे हाे ।
श्रम स्वीकृतिको म्याद सकेर एक वर्ष भित्र मृत्यु भएमा क्षतिपूर्ति रकम पाइने प्रावधान अनुसार यो प्रक्रिया पूरा भएको हो । तर, बीमाको म्याद सकेको हुँदा थप रु १४ लाख पाउन नसकिने भएकोले,वैदेशिक रोजगारीमा जाने सबैलाई श्रम स्वीकृति लिएर जान र समयमै म्याद नवीकरण गर्न आग्रह गरिएकाे छ ।
साथै नगरपालिकाको तर्फबाट मृतक परिवारलाई आवश्यक सहयोग समेत गर्ने प्रतिबद्धता नगरप्रमुख जयसवालले व्यक्त गर्नु भएको छ ।
आरएन पटेल, रौतहट, माघ १५ गते २०८१ ।
फतुवा विजयपुर नपा(५ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको उत्तरी भेग पर्ने फतुवा विजयपुर नगरपालिकाको वडा नं। ५ मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन गरिएको हो।

पालिकाको नगर कमिटि संयोजक जयमङगल यादवको अध्यक्षतामा मंगलबार पालिकाको वडा नं ०५ मा वडा कमिटिको विस्तारित बैठक सम्पन्न गरेको हो।
जसपा नेपालको यस फतुवा विजयपुर नपा ५ मा भएको वडा कमिटी गठन कार्यमा सोनालाल कुशवाहाको अध्यक्षतामा २५ सदस्य वडा कमिटि गठन गरिएको प्रदेश कमिटी सदस्य बिजय चौधरीले जानकारी गराएका हुन।

कार्यक्रमको प्रमुख वक्ता जसपा नेपालको केन्द्रिय सदस्य विन्देश्वर राय यादवले नव गठित जसपा नेपालको फतुवा विजयपुर नपा(५ को सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ। कार्यक्रमा जिल्ला उपाध्यक्ष अमृतलाल चौधरी लगायत वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।
संजय गुप्ता,सर्लाही,१५ गते माघ २०८१ ।
सर्लाहीकाे बरहथवामा भएको कालोपत्र १५ दिन नबित्दै उप्किन थालेकाे छ । कालोपत्र गर्नेबेला कमसल काम भएकाे कारण कालोपत्र उप्किएको हाे ।
बरहथवाकाे नेपाल बैंक चाैकदेखि साेल्टी जाने बाटाेकाे नयाँ कालोपत्र उप्किएकाे हाे । साे बीचमा गरिएको कालोपत्र पन्द्र दिन पनि नपुग्दै उप्किएको स्थानीयवासीले बताएका छन् ।
सडक कालोपत्र गुणस्तरहीन बनिरहेकाे बेला कसैले ध्यान नदिएको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । तर स्थानीय सरकारले यसमा कुनै किसिमकाे चासाे लिएकाे थिएन् ।
सडक कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयवासीको आरोप रहेको छ । कालोपत्र गुणस्तरहीन भएको जनगुनासो आएपछि ठेकेदार सँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेकाे छैन् ।
बरहथवा नगरपालिकाकि नगरप्रमुख कल्पना कटुवाल सँग स्थानीयहरूले यस तर्फ ध्यानाकर्षण गराउँदै उप्किएकाे ठाउँमा मर्मत गराउन माग गरेका छन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१४ गते माघ २०८१ ।
प्रेस चाैतारी राैतहटकाे अधिवेशन बारे छलफल गरिएको छ । सदरमुकाम गाैरमा बसेकाे बैठकमा यसबारे छलफल गरिएको छ । बैठकमा आठाै जिल्ला अधिवेशन माघ २३ गते गर्ने जनाइएको छ ।
साेमबार राैतहटकाे गाैर स्थित प्रेस चाैतारीकाे कार्यालयमा बसेकाे बैठकले अगामी माघ २३ गते चन्द्रपुरमा आठाै अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको सचिव मुकेश कुमार साहले बताएका हुन् ।
बैठकमा सदस्यता नविकरण र नयाँ सदस्यता लिनकाे लागि माघ १९ गतेभित्र सदस्यता शुल्क तथा आवेदन दिनु पर्ने जनाइएकाे छ । साे अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी गर्ने निर्णय समेत गरिएको सचिव साहकाे भनाइ छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१४ गते माघ २०८१ ।
राैतहटकाे दक्षिणी भेग ईशनाथ नगरपालिकामा बिद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । ईशनाथ नगरपालिका वडा नम्बर ६ जोकहा टाेलमा रहेको मोतीगन्ज प्राथमिक बिद्यालयमा आज नगर प्रमुख कौशल्या देवी सिन्हा द्वारा चार कोठे भवन बिद्यालय भवनको शिलान्यास गरिएको छ ।
शिलान्यास पछि आयाेजित कार्यक्रममा बाेल्दै मेयर नगर सिन्हाले विद्यालयमा पठन पाठन व्यवस्थीत गराउने उद्देश्यले भवन निर्माण कार्य सुरु गरिएको छ । भवनको अभाव झेलिरहेको आफ्नो नगरका विद्यालयहरुको अब छिट्टै कायापलट हुने बताएका छिन् ।
शिक्षा क्षेत्रमा पालिकाले महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउँदै उनले शिक्षामा नगरपालिकाले कुनै कमी नराख्ने बताएकी हुन् ।
त्यस्तै विद्यालय भवन निर्माण कार्य गुणस्तरीय एवं फलदायी बनाउनका लागि विद्यालय प्रशासन,नगरवासी,नगरपालिका लगायत सबै पक्षले निर्माण कार्यबारे चासो लिनु पर्ने प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोरले बताउनु भयो ।
सो शिलान्यासमा उप प्रमुख मो.परवेज आलम, वडावासी समाजसेवी बुद्धिजीवीहरुकाे उपस्थिती रहेको थियोे ।
आरके श्रीवास्तव,रौतहट,१४ गते माघ २०८१ ।
बाराको पचरौता नगरपालिकामा भएको विकास निर्माण लगायत शिक्षा,स्वास्थ्य,सडक,नाला निर्माणको बारेमा आज पत्रकार सम्मेलन आयोजन गरि जानकारी गराइएको छ । पचरौता नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष लक्षमी यादवले नगरपालिकाको कुल बजेटको ५० प्रतिशत बजेट भौतीक संरचनादेखि लिएर शिक्षक व्यवस्थापन,शैक्षिक सामग्राी खरिदमा छुुट्टयाइएको जानकारी गराएका हुन् ।
यति हुुँदा पनि केही व्यक्तीहरुले शिक्षाको स्तर पचरौतामा खसकेको र धरासायी भएको भन्ने गलत प्रचार गरिरहेको प्रष्ट पारेका छन् । पहिलाको स्थानिय सरकारको पालाको र अहिलेको स्थानिय सरकारको शिक्षाको स्तर बढेको दाबी गरेका छन् ।

नाम मात्रको मावि रहेकोमा अहिले आएर व्यापक सुधार भएको बताए । दरबनदी अनुसार आफूहरुले शिक्षक व्यवस्थापन गरेको जानकारी गराउँदै यसै नगरपालिकाको मावि बेलदारी मावि ११ वटा शिक्षकको सञ्चालन हुँदै आएको विधालयमा अहिले शिक्षकको संख्या ११ वटा पुुगेको बताए । निकै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको प्रवक्ता यादवको दाबी रहेको छ ।
एमबिबिएस अध्ययनका आफूहरुले एक जना छात्र र एक जना छात्रालाइ जनही १०/१० लाख दिने गरेको बताए ।

अहिलेको स्थानिय सरकारले एसइइ पछि उच्च शिक्षा हासिल गर्न चाहने बिधार्थीहरुलाइ फुल स्कलरशिप प्रदान गरिहेको जानकारी गराए ।
इन्जिनियरिङ्ग र ओभरसियर गर्न नगरपालिकाले लगानी गरिरहेको बताए । २०७४ सालको स्थानिय सरकारको पालामा ए,बि र सी गरि ३ वटा ग्रुपमा बाटो छुुट्टयाइएको थियो । त्यही अनुसार अहिलेको स्थानिय सरकार अनसुशण गर्दै विकास निर्माणको काम अगाडी बढाइरहेको बताए ।



बज्जिकाञ्चल संवाददाता,राैतहट,१२ गते माघ २०८१ ।
राैतहट प्रहरी इकाईहरूमा नि:शुल्क निवेदन लेख्न सुरु गरिएको छ । गरिबको लागी निःशुल्क निबेदन लेख्न राैतहट राैतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले निर्देशन दिए लगत्तै राैतहट प्रहरीले विना शुल्क निवेदन लेख्न सुविधा मिलाएकाे हाे ।

एसपी दिलीप घिमिरेकाे निर्देशनमा निःशुल्क उजुरी ठाडो निवेदन लेख्ने फर्मेट जिल्लाकाे प्रत्येक थाना चौकीमा पुगेपछि पहिलाे चाेटी कटहरिया नगरपालिका ४ का रामकृपाल दासले आफनाे घरायसी बिवाद भएपछि स्वंय ईलाका प्रहरी कार्यालय कटहरियाकाे प्राङ्गणमा प्रहरी जवान होमेन्द्र यादवकाे सहयोग निवेदन लेखेकाे दृश्य अहिले सामाजिक संजालहरूमा भाईरहल बनेकाे छ ।

कटहरियामा बरिस्ठ पत्रकार संजय मिश्रले आफनाे सामाजिक संजाल मार्फत प्रहरी युनिट अगाडि पैसा लिएर निवेदन लेख्ने काम भईरहेकाे भन्दै राैतहट प्रहरीलाई ध्यानाकर्षण गराएका थिए ।

लगत्तै एसपी घिमिरेले नि:शुल्क निवेदन लेख्न निर्देशन दिएका थिए । निर्देशन पछि प्रहरीले त्यसलाई कार्यान्वयनमा पनि ल्याएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादका अनुसार एसपी घिमिरेको निर्देशनमा ठाडो उजुरी निवेदनको लागी एउटा फर्मेटको ढाँचा तयार गरेर जिल्लाको सम्पूर्ण प्रहरी कार्यालयहरुमा पठाई सकिएको छ। उक्त फर्मेट प्रिन्ट गराएर प्रहरीले पीडितलाई दिन्छ, पढेलेखेका भएमा आफै भरेर बुझाउँछ, नभए उक्त फर्मेट प्रहरीले नै भरेर दिन्छ। फर्मेट ठाडो उजुरी निवेदन सरह हुने इन्स्पेक्टर उमाशंकरप्रसादले जानकारी दिएका छन्।

यसरी लेखिने निवेदनकै आधारमा प्रहरीले प्रारम्भिक कार्वाही सुरुगर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहटमा घरायसी तथा सामान्य बादविवाद हुँदा पनि प्रहरी कार्यालयमा जाँदा बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउन ५०० रुपैयाँ लेखाई दिनुपर्ने बाध्यता रहेको थियो। एसपी दिलीप घिमिरेको यस पहलको जानकारहरुले खुलेरै सराहना गरेका छन्।
यस्ताे छ निवेदनकाे ढाँचा
