२०८२ चैत्र २२
२०८२ चैत्र २२

धनकुटा ।

गएराती वर्षा सँगै परेको चट्याङ लागेर धनकुटामा एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ६ छरछरे टोलका वर्ष ६५ का गणेश बहादुर कार्कीको अन्दाजी राती ९ बजेको समयमा चट्याङ लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।

न्युज कारखाना

राैतहट,०३ गते साउन । मुस्लिम धर्मावलम्बीको मोहर्रम पर्व (दाहा) रौतहटमा सामान्यतया शान्तिपूर्ण सम्पन्न भएको छ । जिल्लाको दर्जनौँ ठाउँमा दाहा मनाइएको भए पनि राजपुर नगरपालिकामा भने तनाव उत्पन्न भएको थियो । राजपुर नगरपालिका वडा नम्वर ६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा करिब पाँच हजार मानिसको उपस्थिति भएको थियो । लाठी, बरछी, भाला, तरबार, गँडास लगायतको घरेलु हतियार प्रदर्शन गर्दै विभिन्न धार्मिक तथा जातीय नारा उत्तेजनापूर्वक लगाइरहँदा प्रहरी प्रशासनले माइकिंग गरेर मुस्लिम अगुवाहरुलाई आग्रह गरेका थिए । धार्मिक सद्भाव नबिगार्न तथा संयमता अपनाउन र शान्तिपूर्वक पर्व मनाउन रौतहट प्रशासनले गरिरहेको आग्रहलाई नमानेर हिन्दुहरुले छठ पूजा गर्ने घाटमा गएर दाहाको झण्डा गाड्न खोज्दा विवाद उत्पन्न भएको थियो । प्रहरीले हिन्दूहरुको छठपर्व हुने ठाउँलाई जोगाउन खोज्दा मुस्लिम समुदायले भने बलजफ्ती गरेको थियो । मुस्लिम समुदायले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्न थालेपछि केही बेर स्थिति तनावग्रस्त बनेको थियो । केही उच्छृंखल युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्दै धकेलाधकेल गर्न थालेपछि प्रहरीले अश्रु ग्याँस र ब्ल्यांक हवाई फायर गरेका थिए । विहीवार साँझ साढे छ बजेदेखि करिब आठ बजेसम्म कुडियाको स्थिति तनावग्रस्त रहेको थियो । कुडियाको स्थिति तनावग्रस्त भएपछि नेपाल प्रहरीका रौतहट प्रमुख एसपि दिलिप घिमिरे र सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपि विक्रम हुमागाईँ आफ्नै कमान्डमा सुरक्षाकर्मी परिचालन गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिबिच निकै सुझबुझले कुनै अप्रिय घटना हुन नसकेको देखिएको छ । मुस्लिम समदायको ढुंगा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । केही सुरक्षाकर्मीको आँखा तल घाउ लागेको र अन्यलाई सामान्य घाउचोट लागेको प्रहरीको भनाइ छ । घाइते सबै प्रहरीको सामान्य उपचारपछि कार्यालय पठाइसकिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विहीवार राति आठ बजेदेखि कुडियाको स्थिति सामान्य भइसकेको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी गराएका छन् । अब कुनै किसिमको उच्छृंखल गतिविधि देखिए कडा कदम चालिने प्रजिअ रेग्मीको भनाइ छ । मुस्लिम समुदायको बाहुल्य रहेको ठाउँमा हरेक वर्ष रौतहटका कतिपय गाउँमा हिन्दु तथा मुस्लिम समुदायको चाडपर्वमा झडपहरु हुने गरेको छ । मुस्लिम समुदायको इद, बकरिद र दाहा तिनवटै प्रमुख पर्व सम्पन्न भइसकेका छन् ।

बिराटनगर, ३० फागुन । 

होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् । मोरङको विराटनगर महानगरपालिका ८ मा रहेको सो होस्टलमा बस्दै आएकी एक छात्रालाई राति नै होस्टल छाड्न भन्दै लछारपछार गरेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ ।

 

रेग्मीका बिरुद्धमा जाहेरी भने दर्ता भएको छैन् तर उनलाई तत्काल नियन्त्रणमा लिएर कार्वाही गर्नुपर्ने चौतर्फी दवाव बढेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक रञ्जन कुमार दाहाले जानकारी दिए ।

 

जाहेरी दर्ता भएपछि मुद्धाको प्रकृतिअनुसार कारबाही अगाडि बढाउने तयारीमा रहेको दाहालले बताएका छन् । विराटनगरमा पुरानो राजनैतिक बिरासत रहेको रेग्मी परिवारले नर्सिङ कलेजकै नजिकका मानिससँगको लाभांश साझेदारीमा होस्टल चलाउने गरेको आशंका छ ।

यस घटनामा विभिन्न विद्यार्थी  संगठनले चासो दिएका छन् भने विराटनगर नर्सिङ क्याम्पस इकाई समितिले निन्दा गर्दै कडा कारबाहीको माग गरेर विज्ञप्ति निकालेको छ । न्युज कारखाना

विराटनगर, २९ फागुन ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ।

नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईको नेतृत्वमा गएको टोलीले मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई भेटेर मागपत्र बुझाएको हो।

महासंघले प्रदेश र स्थानीय सरकारका सूचना तथ विज्ञापन संघीयताको मर्म अनुसार स्थानीय सञ्चार माध्यमले नै प्राप्त गर्ने नीति र कानून निर्माण गरिनुपर्ने, विज्ञापनको क्षेत्रमा सरकारले गरिरहेको खर्चको ठूलो हिस्सा विचौलियाको हातमा गइरहेकोले सञ्चार माध्यमलाई सिधै समानुपातिक रुपमा विज्ञापन प्रदान गर्ने व्यवस्था गरिनुपर्ने, सञ्चार माध्यमलाई काठमाडौंबाट प्रकाशित भएपछि राष्ट्रिय हुने र काठमाडौं बाहिरका राष्ट्रिय नहुने भनी गरिने विभेदपूर्ण व्यवहार अन्त्य गरिनुपर्ने माग राखेको छ । यस्तै प्रदेश तहबाट सिंगो सञ्चार क्षेत्रको विकास र प्रबद्र्धनको लागि आवश्यक कानुनी र नीतिगत प्रबन्ध छिटोभन्दा छिटो गरिनुपर्ने र प्रदेश सरकारले यसअघि पत्रकार महासंघ शाखा कार्यालयहरूलाई दिँदै आएको सहयोगलाई निरन्तरता दिनुपर्ने माग पनि शाखाले गरेको छ।

पछिल्लो समयमा सञ्चार क्षेत्र अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेकोले सरकारको सहयोग आवश्यक रहेको महासंघका कार्यबाहक अध्यक्ष भट्टराईले बताए। सञ्चार संस्थाहरू बन्द हुने र त्यहाँ कार्यरत श्रमजीवीहरू कामबाट धमाधम निकालिने अवस्था रहेको भन्दै उनले त्यसले सरकारी र सार्वजनिक निकायमा सञ्चारकर्मीको निगरानी कमजोर बनेको मागपत्रमा उल्लेख छ। यो अवस्था लोकतन्त्र, सुशासन र नागरिक अधिकारको लागि चुनौति रहेको भन्दै सरकारले ध्यान दिनुपर्ने माग गरिएको छ।

महासंघ शाखाको मागपत्र बुझ्दै कोशी प्रदेश सरकार प्रवक्तासमेत रहेका मन्त्री राईले पत्रकार महासंघले उठाएको मागहरु आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन्। ‘आगमी आर्थिक वर्षको बजेट बनाउनुभन्दा अगाडि ठिक समयमा महासंघले सरकारको ध्यानाकर्षण गराएको छ,’ उनले भने, ‘तपाईहरुले उठाउनुभएको मागलाई प्रदेश सरकारले ध्यानमा राखेर बजेट निमार्ण गर्नेछ।’न्युज कारखाना

मोरङ, २५ फागुन ।

मोरङको पथरीशनिश्चरेमा लोकसेवा तयारी कक्षा सुरु भएको छ ।

 

वडा नं. ३ र २ को आर्थिक सहयोगमा प्रफेक्ट मल्टिपल इन्ष्टिच्युट प्रा.लि.ले तयारी कक्षा थालेको प्रा.लि.का सञ्चालक युवराज चौलागाईले जानकारी दिए ।

 

वडा नं. ३ ले वार्षिक बजेटमा नै कार्यक्रम राखेर वडाका ३० जना युवाहरुलाई तयारी कक्षा गराइरहेको छ ।

 

वडाले अन्य थुप्रै तालिमहरु गारएको र यसवर्ष लोकसेवा तयारी गराएर युवालाई स्वदेशमै सरकारी जागिरमा प्रोत्साहन गर्न बजेट तथा कार्यक्रम राखिएको वडाध्यक्ष बिजय लिम्बुले बताए ।

 

यता वडा नं. २ ले भने लक्षित वर्ग अन्तर्गत महिला लक्षित कार्यक्रमको बजेटबाट लोकसेवा तयारी कक्षामा लगानी गरेको छ । वडाका १३ जना महिलालाई लोकसेवा तयारी गराएर सरकारी जागिरमा प्रोत्साहन गरेको वडा सदस्य चन्द्र कुमार राईले बताएका छन् ।

 

६० दिनसम्म सञ्चालन हुने तयारी कक्षामा वडा नं. ३ को २ लाख ३३ हजार, वडा नं. २ को ९९ हजार र प्रा.लि.को २५ प्रतिशत साझेदारी रहेको छ ।

२०७६ सालदेखि निरन्तर लोकसेवा, शिक्षक सेवा तथा अन्य भाषाका कक्षाहरु समेत सञ्चालन गरिरहेको प्रफेक्टले वार्षिक रुपमा थुप्रै विद्यार्थी पास गराउदै आएको छ ।

 

वडामा रहेका अतिविपन्न परिवारका, सरकारी जागिरमा चासो राख्नेहरुलाई निःशुल्क कक्षामा सहभागी गराउने गरेको चौलागाईले जानकारी दिए ।न्युज कारखाना

झापा, २२ फागुन ।

क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौँ  झापा गोल्ड कपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ ।

चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो ।

कठिन जित निकालेर लिग च्याम्पियन चर्च ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको छ । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडीबाट सम्भव भयो । खेलको ३६औँ मिनेटमा अवयोमी फकुन्लेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दायाँ साइडबाट सञ्जित राई (लाहुरे) ले दिएको पासलाई फकुन्लेले गोल गरेका थिए ।

 

चर्च ब्वाइजका मिलन राईले खेलको ३२औँ मिनेटमा पेनाल्टी एरियामा विपक्षी गोलरक्षकसँग वान टु वानको स्थितिमा पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार गोलरक्षक पुजन होनाले उत्कृष्ट बचाउ गरे । ८५औँ मिनेटमा अनमार्क रहेका बिजु भुजेलले गोलरक्षकलाई बिट गरेर पोष्टको बायाँपट्टि गरेको प्रहार बाहिरिँदा अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

एनआरटीले खेलको २२औँ मिनेटमा पाएको अवसर गुमायो । चर्च ब्वाइजका दीप कार्की बिट भइसकेको समयममा अनमार्क रहेका विदेशी खेलाडी ओलावाले आफिजले गोल गर्न नसक्दा खेल बराबरी गर्न चुकेका थिए । ८०औँ मिनेटमा सरोज तामाङले गरेको फ्रिकिक बार माथिबाट बाहिरिँदा एनआरटी स्तब्ध हुँदै घर फर्किन बाध्य भएको हो ।

एनआरटी पाँचपटकको लिग विजेता हो । एनआरटीले यो वर्ष स्थापनाको ९०औँ वार्षिकोत्सव मनाउन लागेको छ । भर्खरै सम्पन्न केपी ओली कपमा उपविजेता भएको एनआरटी लिग विजेता चर्च ब्वाइजसँग स्तब्ध भएको हो ।

 

खेलको प्लेयर अफ दि म्याच विजेता टिम चर्च ब्वाइजका सञ्जित राई (लाहुरे) भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

 

बुधबारको खेल त्रिभुवन आर्मी एफसी र मछिन्द्र फुटबल क्लबबीच हुनेछ । आर्मी चारपटकको झापा गोल्ड कपको विजेता टोली हो । साविक विजेता आर्मीसँग पहिलोपटक सहभागी हुन लागेको मछिन्द्र एफसीले प्रतिस्पर्धा गर्न लागेको हो ।

 

चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले टिमका मुख्य खेलाडीको अभावमा सोचेअनुसारको प्रदर्शन गर्न नसकिएको बताए । टिम सेट हुन समय नपुगेकाले अवसर सिर्जना भए पनि स्कोर गर्न नसकिएको बताए । चर्च ब्वाइजबाट रािष्ट्रय टिमका लागि चारजना स्टार खेलाडी बन्द प्रशिक्षणमा छन् । उनीहरुको अभाव टिममा खड्किएको प्रशिक्षक राईको भनाइ थियो ।

एनआरटीका प्रशिक्षक जीवन सिङकेमानले फिनिसिङको अभाव टिममा देखिएको बताए । मुख्य दुईजना खेलाडी टिममा नभएका कारण तालमेल नमिलेर हार ब्यहोर्नु दाबी गरे ।

 

फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ ।न्युज करखाना

मोरङ, २२ फागुन

रहस्यमय तरीकाले एक किशोरीको  विभत्स हत्या गरि फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

 

पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । रगतको छिर्का नसुक्दै प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको कुशल अनुसन्धानमा प्रहरीले घट्ना भएको भोलिपल्टै हत्यारालाई पक्राउ गर्न सफल भएको हो।

 

अहिले साँझ ५ बजे मोरङ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी हत्यारालाई सार्वजनिक गर्ने भएको छ।

किशोरीको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ शवको पोस्टमार्टम भोली गरिने भएको छ।

उनलाई सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०:३० बजेतिर धारिलो हतियार प्रहार गरिएको थियो ।

ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्।न्युज करखाना ा

मोरङ, २२ फागुन ।

मोरङको पथरीशनिश्चरे ७ लामाटोलीमा १५ वर्षीय किशोरी हत्यामा संलग्न रहेको आरोपमा १ जना पक्राउ परेका छन् । निजलाई आजै सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

 

गएराति १०ः३० बजेको समयमा १५ वर्षीय किशोरी ज्ञानकला राईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । पञ्चायत मावि पथरीमा कक्षा ७ मा अध्ययनरत राई शौचालय जाने क्रममा हत्या भएको परिवारले जनाएका छन् ।

 

पक्राउ परेका व्यक्तिलाई आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका व्यक्ति को हुन् भन्ने बारेमा भने प्रहरीले जानकारी दिएको छैन् ।

 

किशोरी २ वर्षदेखि मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी थिइन् । खोटाङको एँसेलुखर्क घर भएकी उनी दाजु विनोद राईको घरमा बस्दै आएकी थिइन् ।न्युज करखाना ा

मोरङ, २२ फागुन ।

सांसद सुनिल शर्माले मोरङको पथरीशनिश्चरेमा भएको किशोरी हत्या प्रकरणकाे गहन छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

साेमबार राति भएकाे किशाेरी हत्या प्रकरणसम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गरी परिवारलाई न्याय दिलाउन सांसद शर्माले सरकारसंग आग्रह गर्नुभएको छ ।

 

घटनाको छानबिन गरि कारवाहि गर्न माग गर्दै सामाजिक सञ्जालमा उनले लेखेका छन्,  ‘मेरो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर ३ पथरी शनिश्चरे-७ स्थित लामा टोलमा  १५ वर्षीया बालिकाको हत्या भएको खबरले एकदमै दुःखित भएको छु । घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाइ दोषी लाई कारबाही गरि परिवारलाई न्याय दिलाउन सरकारलाई अनुरोध गद्र्छु । ’

पथरीशनिश्चरे वडा नं ७ मा आफन्तको घरमा बस्ने खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राईको धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो । राति करिव १० बजे सौचालय छेउमा आवाज आएपछि जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए ।

घटना भएको जानकारी पाउनासाथ प्रहरी उक्त स्थानमा पुगेको थियो । हाल मृतकको शव पोष्टमार्टमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाएको प्रहरीले जनाएको छ ।न्युज करखाना

मोरङ, २२ फागुन ।

मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ।

खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो। दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठउपरीक्षक नवराज कार्की पनि आइपुगेका छन्। घट्नाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्नु नसकेकोले तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट (के नाइन) कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।न्युज करखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।