२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

सुनसरी, कात्तिक १३ गते ।
लोकतान्त्रिक पत्रकार संघ, सुनसरी (कोशी प्रदेश) ले पत्रकार देवराजा यादवमाथि भएको आक्रमण प्रयासप्रति तीव्र निन्दा र आपत्ति जनाएको छ । संघले पत्रकारमाथि भएको आक्रमण प्रयासलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षामाथि गम्भीर चुनौतीको रूपमा व्याख्या गरेको छ ।

 

संघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, सुनसरीको कोशी गाउँपालिका–८ हरिपुर भाण्टाबारी निवासी पत्रकार देवराजा यादवमाथि बुधबार साँझ समाचार संकलनका क्रममा कोशी व्यारेजस्थित भन्सार कार्यालय अगाडि केही भन्सार एजेन्ट तथा व्यापारीहरुले आक्रमण प्रयास गरेका थिए ।

 

विज्ञप्तिमा उल्लेख गरिएको अनुसार, समिम शेख नामका व्यक्तिले पत्रकार यादवको माइक र बुम तोडफोड गर्दै शारीरिक आक्रमणको प्रयास गरेका थिए । पीडित पत्रकार यादवले घटनापछि आफ्नो सुरक्षाको माग गर्दै सम्बन्धित निकायलाई मौखिक जानकारी गराइसकेका छन् ।

 

घटनाबारे प्रतिक्रिया दिँदै सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले मौखिक जानकारी प्राप्त भएको र लिखित उजुरी आएपछि प्रहरीलाई छानबिन र कानुनी कारबाहीका लागि निर्देशन दिने बताएका छन् ।

संघका सुनसरी जिल्ला अध्यक्ष सितेश कुमार दासले पत्रकारमाथिको यस्तो आक्रमण प्रयास प्रेस स्वतन्त्रतामाथिको अतिक्रमण भएको बताउँदै दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन् । उनले राज्यका सुरक्षा निकाय र प्रशासनलाई घटनाप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै, पत्रकार देवराजा यादवको सुरक्षाको पूर्ण जिम्मेवारी राज्यले लिनु पर्ने बताएका छन् ।

संघले विज्ञप्तिमार्फत पत्रकार यादवप्रति ऐक्यबद्धता जनाउँदै भविष्यमा यस्ता घटनाहरू नदोहर्याउन आवश्यक कानूनी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ ।

 

बज्जिकाञ्चल संवाददाता, रौतहट १८ गते चैत २०८१ ।

सरकारले आज सोमबार (चैत १८ गते) सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार चैत १९ गते मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि चैत १९ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।

आरएन पटेल,रौतहट, २० गते माघ ।

राैतहट । मधेशी लगायत विभिन्न आरक्षण कोटा उपलब्धिमा जसपा नेपालको ठुलो भूमिका रहेको बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन उर्फ राजू यादवले दाबी गरेका छन। रौतहटको बौधिमाई नगरपालिका वडा नं. २ इनर्वामा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन तथा समाजवादी युवा संघ नेपालको नगर स्तरीय भेलालाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख वक्ता बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन यादवले समग्र मधेश र मधेशी समुदायको भविष्य सुनिश्चितता तथा हक अधिकार प्राप्तिको लागि जसपा नेपाल बाहेक अन्य केहि विकल्प नरहेको बताएका छन।

पालिकाको नगर कमिटि अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा शनिबार वडा नं.२ मा जसपा नेपालको वडा कमिटिको तथा समाजवादी युवा संघ नेपालको विस्तारित बैठकबाट बौधिमाई नपा २ ईनवामा आदेश प्रसाद पटेलको अध्यक्षतामा ४१ सदस्यीय जसपा नेपालको वडा कमिटी तथा बैनाथ प्रसाद पटेलको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको नगर कमिटी गठन कार्यक्रममा नव गठित जसपा नेपालको वडा कमिटी पदाधिकारी लगायत युवा संघ नेपालको नगर कमिटिका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व नगर प्रमुख यादवले समग्र गाउँ विकासका मधेसको विकासका लागि जनता समाजवादी पार्टी नेपाल बाहेक विकल्प नरहेको बताएका छन। हाल बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव जन निर्वाचित भएपछि अहिलेसम्म विकासको नाममा भ्रष्ट्रचार बाहेक अन्य केही गर्न नसकेको जिकिर गरेका छन।

बौधीमाई नगरपालिकाका अधिकाँश निर्वाचित जनप्रतिनिधिहरु बजेटको भागभण्डाका कारण ३ वर्ष बितिसक्दा पनि हेर्न लायक कुनै ठोस विकास गर्न नसकेको उनले आरोप लगाए। जसपा नेपालको राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले मधेसीहरुको लागि विभिन्न आरक्षण कोटा समेत उपलब्ध गराएको एवं समग्र मधेश तथा मधेशीको हकहितको लागि मधेश आन्दोलन समेत गरि अधिकार प्राप्तिमा ठुलो भूमिका खेलेको स्पष्ट पारेका छन।

वास्तवमा रौतहटको क्षेत्र नम्बर दुईका सांसद,प्रदेश सांसद तथा नगर प्रमुख विकासको नाममा भ्रष्ट्रचार बाहेक अन्य केही नगरेको उनले बताए। बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवले ३ वर्षको कार्यकालमा विद्यार्थी देखि जनप्रतिनिधिहरुलाई कसरी मुद्दा मामिलामा भसाउने सड्यन्त्र चाल्ने बाहेक अरु केहि गर्न नसकेको उनले बताए।

आफ्नो कार्यकालमा आफुले कसैलाई बनाउन नभयाएको खण्डमा उसलाई बिगार्न समेत कुनै पहल नगरेको बताउदै, आउने दिनमा समाजमा भाईचरा कायम राख्ने, मेलमिलाप गराउने जस्ता क्रियाकलाप एवं गतिविधि गर्ने जनप्रतिनिधिलाई मात्र अवसर दिन उनले सम्पूर्ण जनसमुदायलाई आग्रह गरेका छन। कार्यक्रमलाई सम्बोधन गरिदै समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेलले सयौ वर्ष देखी देश चलाएका नेपाली कांग्रेस र नेकपा एमालेले मधेश र मधेशीको लागि एक पटक पनि आवाज नउठाएको तर समग्र मधेश र मधेशीको हकअधिकारको लागि एक मात्र माननीय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल रहेको बताए।

देश निर्माण तथा विभिन्न मधेशी आन्दोलनमा लगायत मधेश र मधेशीको अधिकार प्राप्तिमा युवा वर्गको ठुलो भूमिका रहेकोले आज गठन हुने समाजवादी युवा संघ नेपालको नगर स्तरीय युवा कमिटीले असल विचार तथा जोस जागर सहित संगठन निर्माण गरि पार्टी तथा देश निर्माणमा सहयोग गर्न अपिल गरेका छन। अहिलेको जननिर्वाचित जनप्रतिनिधिहरुले विकासको नाउमा खुद्रा बिकास गरेर भ्रष्टाचार बाहेक अरु केहि गर्न नसकेको आरोप लगाएका छन।

नगर क्षेत्र लगायत वडा नं.२ इनर्वामा पूर्व मेयर राजीव रंजन यादवको कार्यकालमा भएको सम्पूर्ण बिकास निर्माणको कार्य ठोस रहेको तथा आफु मन्त्रालयमा कार्यरत हुदा आफुले गरेको सम्पूर्ण बिकास निर्माणको कार्य पनि अविष्मरणीय रहेको दाबी गरेका छन। अहिलेको जनप्रतिनिधिले गरेको बिकास निर्माणको कार्य मात्र प्रचार प्रसारमा सीमित रहेको उनले बताए।

 

बिरगंज,माघ, ११ गते २०८१ ।

आम जनता पार्टी (आजपा)ले बिरगंजमा आज सडक पत्रकार सम्मेलन गरेको छ । बिरगंजको घण्टाघरमा आयोजित सो पत्रकार सम्मेलनमा पर्साबाट संघीय मन्त्री भएकासंग आजपाले प्रश्नै प्रश्न गरेको छ ।

पर्साबाट नेकपा (एमाले)का नेता राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् भने नेपाली कांग्रेसका अजय चौरसिया कानून मन्त्री र प्रदिप यादव खानेपानी मन्त्री रहेका छन् । पर्साबाट संघीय सरकारमा तीन जना मन्त्री भए पनि पर्साको बिकासका लागि यि मन्त्रीले केही पनि नगरेको गम्भिर आरोप आजपाले लगाएको छ ।

आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले पर्साबाट तीन जना नेता संघीय सरकारमा मन्त्री भए पनि बिरगंजको बिकासका लागि के–के काम गरेको भन्दै गम्भिर प्रश्न उठाएका छन् । समृद्ध बिरगंज उजाड बनाइएको बताउदै उनले बिरगंजलाई देशको आर्थिक राजधानी बनाउँन माग गरे ।

‘बिरगंज सहित तराई मधेसमा खानेपानीको समस्या दिनदिनै बढदै गईरहेको छ । खानेपानीको हाहाकार छ । तर पर्साबाट खानेपानी मन्त्री भएका मन्त्री ज्यूलाई कुनै चिन्ता र चासो छैन्,’ कुशवाहाले भने, ‘यहाँ जती बिकास भएको छ पहिला नै भएको हो । अहिले तीन तीन जना नेता संघीय सरकारमा मन्त्री हुनुभएको छ । उहाँहरुले बिरगंजको बिकासका लागि के के गर्नुभयो जनता जान्न चाहन्छ ।’

बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार बिरुद्ध खबरदारीसभा बिरगंजमा हालैसम्पन्न गरेको आजपाले त्यसअघि भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सञ्चालन गरेको थियो । बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँनका लागि आजपाले बिभिन्न समितिहरु गठन गरेर काम गरिरहेको जानकारी उनले दिए ।

सडकमै पत्रकार सम्मेलन गरेको आजपाले पर्साबाट केन्द्रमा मन्त्री भएकालाई बिभिन्न प्रश्न गर्दै बिरगंजको बिकासका लागि के के गरेको भन्ने बारेमा पर्साका नागरिकलाई जानकारी गराउन माग गरेको छ । आजपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज लखिन्द्र साहले मन्त्रीहरुले पर्साबासीलाई ढाटने बाहेक अरु केही काम नगरेको आरोप लगाए ।

‘नारायणी अस्पताललाई मेडिकल कलेज किन नबनाएको ? जिर्णअवस्थामा रहेको नारायणी रंगशालाको सुधार कहिले हुने ? स्तरोन्नती कहिले हुने ? ठाकुरराम बहुमुखी क्याम्पसलाई बिश्वबिद्यालय कहिले बनाउँने ? बिरगंजको चिनीमिल कहिले सञ्चालन हुने ?’ साहले प्रश्न गरे, ‘भ्रदगोल बस्तीलाई आधुनिक पूर्वाधारसंग कहिले जोडने ? समृद्धि बिरगंज उजाड किन भयो ?’

बिरगंजमा देखिएको बिकास पञ्चायतकाल र गणतन्त्र अघि नै भएको बताउदै उनले पर्साका मन्त्रीहरुले बिरगंजको बिकासमा ध्यान नदिएको आरोप लगाए । यस्तै आजपाले भ्रष्टाचार बिरुद्ध गरिरहेको बिभिन्न कार्यक्रमको बारेमा समेत जानकारी गराएको छ । आजपा पर्साका अध्यक्ष विश्वराज पटेलले बिरगंजको बिकासका लागि मन्त्री भएकाहरुले बेइमानी गरेको टिप्पणी गरे । यस्तै सिमावती क्षेत्रमा भन्सारको नाममा भईरहेको छिनाझपटीको अन्त्य गर्न उनीहरुले माग गरे । सर्वसधारण नागरिकलाई सिमावती क्षेत्रमा प्रहरीले मनोमानी गरिरहेको भए पनि पर्साका मन्त्रीहरु के पनि नगर्नु लाजमर्दो बिषय भएको पटेलले जनाएका छन् ।

राैतहट, ०६ गते माघ २०८१ ।

रौतहट बचत तथा ऋण सहकारी संघले सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी सहकारी मस्यौदाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरू, संघका प्रतिनिधिहरू, र सहकारीप्रेमीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

होटल आरोहीमा भएको कार्यक्रमको प्रारम्भमा बिशिष्ट अतिथि रौतहट दुग्ध सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । संघका उपाध्यक्ष राम बिश्वास पासवानले स्वागत मन्तव्य राख्दै सहकारी क्षेत्रलाई दीर्घकालीन रूपमा सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रम सञ्चालन संघका महासचिव देव बहादुर सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रमका दौरान सहकारी क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरूबारे उपस्थित व्यक्तित्वहरूले आ–आफ्ना धारणा राखेका थिए । संघका पूर्व सल्लाहकार तथा संकल्प साकोसका अध्यक्ष गणेश पौडेलले सरकारले जारी गरेको अध्यादेशले सहकारीहरूलाई व्यवस्थित गर्न सहयोग पुर्‍याउने भए पनि केही प्रावधानले सहकारी क्षेत्रको व्यावहारिक पक्षलाई असर पुर्‍याउने भएकाले सुधारको आवश्यकता रहेको बताउनुभयो ।

नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु तिवारीले अध्यादेशका केही प्रावधान सहकारीहरूको हित विपरीत रहेको भन्दै यसलाई सच्याउनका लागि संघले आवश्यक पहल गर्नुपर्ने र सुधार नभए आन्दोलनको बाटो रोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारीहरूको दीर्घकालीन अस्तित्वका लागि एकताबद्ध रूपमा अघि बढ्न आग्रह गर्नुभयो।

त्यसैगरी, वृन्दावासिनी साकोसका संचालक आलोक कोइरालाले सहकारी क्षेत्रलाई थप पारदर्शी र व्यवस्थित बनाउन सरकारद्वारा जारी अध्यादेश सकारात्मक रहेको बताउँदै, सहकारीहरूले नियमअनुसार आफ्नो कार्यशैलीलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो।

संघका लेखा समिति संयोजक जितेन्द्र चौधरीले राष्ट्र बैंकको मस्यौदाले वित्तीय अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, साना सहकारीहरूका लागि यसले केही चुनौती खडा गर्न सक्ने भए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्लाभरका सहकारी संघका अध्यक्ष, व्यवस्थापक, र प्रतिनिधिहरू गरी ५० भन्दा बढी व्यक्तिहरूको सहभागिता थियो। उपस्थित सहभागीहरूले सहकारी क्षेत्रको समग्र सुधार र पारदर्शिताका लागि यस्ता अन्तरक्रिया कार्यक्रमको आवश्यकता रहेको औंल्याए।
संघका अध्यक्ष बिभु पोखरेलले कार्यक्रमको समापन गर्दै सहकारी क्षेत्रमा आएका समस्याको समाधानका लागि संघ निरन्तर सक्रिय रहने बताउनुभयो। उहाँले सहभागीहरूको धारणा र सुझावलाई भविष्यका रणनीतिहरूमा समेटिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उपस्थित सबैले सहकारीहरूको दिगो भविष्य सुनिश्चित गर्न सहकार्य र संवादको आवश्यकता रहेकोमा एकमत भएका थिए।

 

रौतहट, असोज २३।

१५०औं विश्व हुलाक दिवस आज बुधबार जिल्ला हुलाक रौतहटले विविध कार्यक्रम गरी मनाइयोको छ ।No description available.

जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवको प्रमुख सहभागीतामा सदरमुकाम गौरमा १५० औं विश्व हुलाक दिवस मनाइएको छ ।

जिल्ला हुलाक कार्यालय बाट विभिन्न नारा छिटो डाक बस्तु ढुवानी गर्ने हाम्रो प्रयास र प्रतिवध्ता सहित निस्केको रैली नगर परिक्रमा गरि मनाएको छ ।No description available.

कार्यालयका कर्मचारीको सक्रियतामा सदरमुकाम गौरको बिपि चोकबाट निस्केको प्रभाव फेरि रैलि नगरको परिक्रमा गरि विश्व हुलाक दिवस मनाएको छ । No description available.सोही अवसरमा हुलाक कार्यालयका हल्कारा नारायण साहलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरियोको कार्यालय प्रमुख यादवले बताए ।

प्रेमचन्द्र झा अशाेज २३ गते

राैतहट। गरुडा बजार बाट घर फर्किने क्रममा अज्ञात हतियारधारी समुहले एक सुन व्यवसायी उपर खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका छन ।No description available.

जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेका अनुसार गरुडा र धमाैराको बिचमा सडक अरुद्व बनाई सुन व्यवसायी ३५ वर्षिय दिलिप साह सुनार माथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाईते तुल्याएको हो ।

मंगलबार साझ ०७:३० बजे गढिमाई नगर पालिका वडा नम्बर १ समनपुर निवासी सुन व्यवसयी सुनारको टाउको हातमा खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका छन ।No description available.

सो धटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।घटना स्थलबाट एक नाल कटुवा बन्दुक र एउटा खुकुरी बरामद भएको उनले बताए।No description available.

घाईते सोनारको बिरगंज स्थित वयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको बुझिएको छ । चाड पर्वको बेला पनि सुरक्षा अवस्था कमजोर देखिएको स्थानीयले आरोप लगाएका छन ।

विराटनगर- मोरङ उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।

उर्लाबारी नगरपालिका-५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

मंगलबार राति साढे ६ बजे तामाङले आफ्नै घरमा बोलाएर दाहालमाथि धारिलो हतियार तथा लाठी प्रहार गरेका थिए।

गम्भीर घाइते भएका दाहाललाई गोदावरी अस्पताल उर्लाबारीमा प्रारम्भिक उपचारपछि बिएन्डसी अस्पताल विर्तामोड लगिएको थियो।

दाहालको उपचारको क्रममा त्यही दिन राति ८:४० बजे मृत्यु भएको थियो।

कार्कीका अनुसार दाहालको हत्यापछि भागेका तामाङलाई सुन्दरहरैंचा नगरपालिका-४ दुलारी चोकमा पक्राउ गरिएको हो। उनी को१ख ६४७१ नम्बरको बसमा थिए।

तामाङ हत्या आरोपमा जेल परेर छुटेका व्यक्ति हुन्। उनको आपराधिक अभिलेखबारे प्रहरीले जानकारी दिएको छ।

तामाङलाई कर्तव्य ज्यानमुद्दामा २०७१ साल असोज ९ गते अदालतले १० वर्ष सजाय तोकेको थियो।

तर, उनी २०७६ सालको प्रजातन्त्र दिवसको दिन छुटेका थिए।

जेलबाट छुटेको एक वर्षमै उनलाई ज्यान मार्ने उद्योगमा अदालतले २०७७ भदौ ८ गते २ वर्ष ६ महिना  कैद तोकेको थियो। त्यो कैद भुक्तान गरेर तामाङ छुटेका थिए।

जेलबाट छुटेको दुई महिनापछि २०७७ कात्तिक ७ गते उनलाई अदालतले लागुऔषध मुद्दामा ३ महिना कैद र १ लाख धरौटी तोकेको थियो। त्यो कैद भुक्तान गरी तामाङ छुटेका थिए।

त्यस्तै, अभद्र व्यवहार मुद्दामा २०८० असोज २४ गते उनी एक लाख धरौटी तिर्न नसकेर कारागार मोरङ चलान भए। २५ गते धरौटी तिरेर उनी छुटेका थिए।

प्रहरी उपरीक्षक कार्कीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ। तामाङलाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

दाहालको हत्या हुनुमा पुरानो रिसिइबी नरहेको बुझिएको प्रहरीले जनाएको छ। त्यसदिन तामाङले दाहाललाई मोबाइल चोरी गरेको आरोप लगाएका थिए।

‘उनीहरूबीच पुरानो झगडा-रिसिइबी देखिँदैन, मोबाइल चोरी भएको विषयमा बोलाएर छलफल गर्ने क्रममा तामाङले दाहालमाथि छुरा प्रहार गरेको बुझिएको छ,’ प्रहरी उपरीक्षक कार्कीले बताए।

घटना भएको अघिल्लो दिन छिमेकी व्यक्ति सुरज चौधरीसँग दाहालको झगडा भएको थियो।

त्यसक्रममा चौधरीले दाहाललाई धम्क्याएको आफन्त टिका दाहालले बताइन्। त्यसको भोलिपल्टै घरबाटै बोलाएर दाहाललाई तामाङले लगेको उनले बताइन्।

घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, मुख्य व्यक्ति तामाङ नै रहेको प्रहरीले जनाएको छ।

हत्या गरिएका युवक गोपाल दाहालका एक मात्रै छोरा थिए। उनको हत्यापछि परिवार शोकमग्न छ।

न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।