आजको राशिफल बिस २०८३ बैशाख ४ गते शुक्रबार ईस २०२६ अप्रिल १७ नेपाल सम्बत ११४६ चौलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष औंसी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, वैधृति योग, चतुष्पाद करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्नसक्ने परिस्थिति छ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
झैझगडा वा विवादबाट टाढा बसेको जाति हुन्छ, अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ । विवाद, प्रतियोगिता वा प्रतिस्पद्र्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो । प्राविधिक विषय वा गणितीय कुरामा ध्यान केन्द्रित हुनेछ । कुनै आकस्मिक निणर्य लिनुपर्ने बाध्यता पनि आइलाग्नेछ, जुन तपाईंको आत्मसम्मान र गरिमा विपरीत हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । सोच्ने शक्ति र निणर्यात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । रिस र घमण्डको कुचक्रमा फँस्ने दिन हो । आत्मसंयम बन्ने प्रयास गर्नुहोला, नत्र परिस्थिति अझ जटिल बन्नसक्छ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
इच्छा र आकाङ्क्षाले पूणर्ता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । कामधन्दामा सहजताको अनुभूति हुनेछ, घरपरिवारमा पनि समझदारी रहने छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । प्रतियोगिता वा प्रतिस्पद्र्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने समय छ । धेरै टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । मनोबल र आँतमा कमजोरी देखा पर्नसक्छ, कामधाम र जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यपक्षको पनि ख्याल राख्नुपर्छ ।
काठमाडौँ । दिवंगत बलिवुड गायिका आशा भोसलेको मुम्बईस्थित शिवाजी पार्क शवदाह गृहमा पूर्ण राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।
उनलाई महाराष्ट्र प्रहरीले गार्ड अफ अनर दिएको थियो । बलिउड गायकहरूले उनको गीत ‘अभी ना जाओ छोडकर…’ गाएर उनलाई बिदाइ दिएका थिए ।
सोमबार बिहान उनको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि उनको मुम्बईस्थित निवास कासा ग्रान्डेमा राखिएको थियो । उनलाई राष्ट्रिय झण्डाले बेरिएको थियो र सलामी दिइएको थियो ।
उनको आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो । उनी ९२ वर्षकी थिइन् । आशा भोसले आफ्नो ८२ वर्षको गायन करियरमा नौ फिल्मफेयर पुरस्कारसहित १०० भन्दा बढी पुरस्कार जितेकी थिइन् । उनलाई देशको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषणबाट सम्मानित गरिएको थियो । एभरेष्ट न्यूज एजेन्सी,
आरके श्रीवास्तव,राैतहट,०४ गते असार ।
अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) र दुर्गाभगवती गाउँपालिका रौतहटको संयुक्त आयोजनामा आज पिपरा भलोहिया स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा एक दिवसीय योग शिविर सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाली कांग्रेस, मधेश प्रदेश संसदीय दलका नेता एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव तथा मधेश प्रदेशसभा सदस्य नागेन्द्र प्रसाद साहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, स्थानीय जनप्रतिनिधिहरू, समाजका अगुवा, नागरिक समाजका सदस्यहरू, विद्यालयका शिक्षक-विद्यार्थी लगायत ४५० भन्दा बढी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

महावाणिज्यदूत देवी सहाय मिनाले उद्घाटन मन्तव्य दिँदै योगले व्यक्तिगत स्वास्थ्य मात्र होइन, वातावरणीय सन्तुलनमा समेत टेवा पुर्याउने उल्लेख गर्नुभयो । वहाँले सन् २०१४ मा नेपाल लगायतका १७७ देशले संयुक्त राष्ट्रसंघमा सहप्रस्ताव पेश गरी योग दिवस मनाउने सहमति जनाएको स्मरण गराउँदै “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने यस वर्षको मूल नाराको महत्व बारेमा समेत जानकारी दिनुभयो ।

सो अवसरमा अर्थमन्त्री यादवले योगले मानिसको जीवनलाई स्वस्थ र सुखी बनाउने बताउँदै दैनिक योग अभ्यासको आवश्यकता औंल्याउनुभयो । नेता कृष्ण प्रसाद यादवले आजको जीवनशैलीमा बढ्दो आलस्यपनले स्वास्थ्य समस्या बढाएको उल्लेख गर्दै दीर्घायु र स्वस्थ जीवनको लागि योग अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष शम्भु सिंहले विद्यार्थीहरूलाई मानसिक सन्तुलन र अध्ययनमा एकाग्रता कायम राख्न दैनिक योगलाई जीवनशैलीमा समावेश गर्न सुझाव दिनुभयो ।

उक्त विद्यालयको एक भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको स्मरण गर्दै, कार्यक्रमले नेपाल-भारत विकास साझेदारीको प्रतीकस्वरूप थप सन्देश दिएको आयोजकहरूले जनाएका छन् ।
महावाणिज्य दूतावास, बीरगंजले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थाहरू र सहभागीहरूलाई आभार व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
बज्जिकाञ्चल संवाददाता,कटहरिया,१६ गते मंसिर ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा ३७ औँ विश्व एड्स दिवस मनाइएको छ । एक कार्यक्रमका बिच आज साे दिवस मनाइएको हाे । बिश्वमा एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७ औँ विश्व एड्स दिवस मनाइएको हाे ।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालको प्रमुख आतिथ्यतामा साे कार्यक्रम गरिएको हाे । जसमा महिला स्वास्थ्य संवमसेवीकाहरु लगायतका स्वास्थ्यकर्मीहरूकाे सहभागीता रहेको थियो । कटहरिया नगरपालिकाको सभाहलमा जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाईएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जयसवालले एचआइभी सङ्क्रमण बाट सबैलाई सल्लाह सुझाव दिनु भएको थियो ।
साे कार्यक्रममा नगरपालिकाका योजना प्रमुख रामनरेश राय यादव,स्वास्थ्य संयोजन दिनेश यादव , शिक्षा शखा प्रमुख अनिल कुमार निधी,स्वास्थ्य चौकी कटहरियाका प्रमुख, छात्रछात्रा स्वास्थ्यकर्मिहरुको समेत उपस्थिती रहेको थियो ।
काठमाडौं ।
नेपाल मेडिकल कलेजमा फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ । फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका हुन् ।
उनको असोज २० गते नेपाल मेडिकल कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा। वेश अन्सारीको टीमले शल्यक्रिया गरी मिर्गौला जोडिदिएका हुन् ।
‘अत्याधिक ब्लिडिङका कारण मिर्गौला नै छोपिएको थियो, पछि सिटी स्क्यान गरेर हेर्दा मात्रै मिर्गौला काटिएको देखियो । त्यसबेलासम्म शरीरमा रगतको मात्रा घटिसकेको थियो ।’ कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा।वेश अन्सारीले भन्नुभयो,‘त्यसपछि तत्कार्ल शल्यक्रिया गरी सिलाएर जोड्यौं । अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।’ मिर्गौलाको शल्यक्रियामा डा। अन्सारीलाई कलेजका रेजिडेन्ट डा। विधान र डा।
हेमन्तले साथ दिएका थिए । असोज १७ गते बिहीबार विहान माकलबारीस्थित मनकामना फुटसलमा फुटवल खेल्ने क्रममा रोविन विपक्षी खेलाडीको घुँडाले करङ मुनी लागेर त्यही ढलेका थिए । त्यसपछि साथीभाईहरुले उठाएर घर पठाए । करङ मुनीको भागमा अत्याधिक दुखाई भइरहेपनि उनी सोही दिन मनकामना स्कुलमा परीक्षा दिन गएका थिए ।
परीक्षा सकेर घर पुग्दासमेत दुखाई कम नभएपछि उनको परिवारले दिउसो १ बजे नेपाल मेडिकल कलेजको इमरजेन्सीमा उपचारार्थ ल्याएका थिए । डा। अन्सारीका अनुसार रोविनको कम्मरमाथीको भागमा घुँडाले लाग्दा मिर्गौलामै चोट लागेको हो ।
‘दुर्घटना हुँदा मिर्गौलालाई चोट लाग्ने संभावना हुन्छ । तर, फुटवल खेल्दा नै झण्डै मिर्गौला नै दुई टुक्रा हुने अवस्था हुनु नौलो विषय रह्यो ।’ उहाँका अनुसार रोविनको मिर्गौला पूर्णरुपमा स्वस्थ हुने केही महिना लाग्छ । ‘शल्यक्रिया राम्रो भएको छ ।
दुवै मिर्गौलाले राम्ररी काम गरिरहेको छ ।’ डा। अन्सारीका अनुसार यदी शल्यक्रियामा ढिलाई भएको भए उनको मिर्गौलाले कामै गर्न नसक्ने अवस्था बन्दथ्यो । आफ्नो छोराको मिर्गौला नै सिलाउनु पर्ने भएपछि चिन्तित आमा रोजी तामाङले शल्यक्रिया सफल भएपछि उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीलाई धन्यवाद दिनुभयो । ‘मेरो छोराको अवस्था देखेर सारै डर लागेको थियो । किड्नी पनि सिलाउँछ र भन्ने थियो । तर, डा। सावहरुले गरेरै देखाउनु भयो ।
मेरो छोराको ज्यान बचाइदिनु भएकोमा उहाँहरु सबैलाई धन्यवाद दिन्छु ।’ कलेजले मिर्गौला विशेषज्ञका रुपमा डा। वेश अन्सारीलाई भित्र्याएपछि पछिल्लो समय नेपाल मेडिकल कलेजमा मिर्गौला र मुत्रासयका जटिल उपचारहरु सम्भव भइरहेका छन् । डा। वेश अन्सारीले दुई वर्षयता नेपाल मेडिकल कलेजमा युरोलोजिस्ट तथा मिर्गौला ट्रान्सप्लान्ट सर्जनका रुपमा सेवा दिइरहनुभएको छ ।
अाँखामाकालो चस्मा, कलिलो उमेर र हासिलो अनुहार तर अति परिपक्क ब्यबहार । यो परिचय हो २० वर्षीय अब्दुल सलामको ।
गुजरा नगरपालिका वर्डा नम्बर ४ कनकपुरका स्थायीबासिन्दा हुन । एक सामान्य मुस्लिम परिवारमा जन्मेका कलिलो उमेरमा अब्दुल सलामको परिचय भन्ने फेरिएको छ । एक प्रतिबद्ध समाजिक अभियान्ताको रुपमासमेत चिनिन्छन् । उनि २०७६ सालदेखी नै समाजिक कार्यमा सक्रिय छन् ।
उनले आप्mनो गाउँको माध्यमिक विद्यालय कनकपुरबाट +२ सम्मअध्ययन गरेका छन् । २०७६ सालमा सोहि विद्यालय १० कक्षाअध्ययनको क्रममा नै उनले गुजरा नगरपालिका स्तरिय बाल सञ्जालको अध्यक्षको रुपमाचयनभए संगै समाजसेवाको महत्वलाई महसुस गरे र गुजराकाबिपन्नबालबालिका, बालश्रम तथाबालविबाह र जातियछुवाछुतका मुद्धा लगायत सामाजिक सुशासनका लागि काम गर्न थाले ।
उनिदिन प्रतिदिन समाजिक कार्यमा सक्रिय हुदै गए । २०७८ सालमा उनको सक्रियता देखेर गुजरा नगरपालिकाको मातहत पिछडा वर्गको नगर संयोजक जिम्मेवारी पाएलगतै संयोजकका रुपमाउनले पिछडार्वग, जातजातिहरुको हक अधिकार सुनिचित र्गनकालागि स्थानिय तहदेखि प्रदेशसम्म अहम् भुमिकानिर्वाह गर्दै विभिन्न समाजिक अभियानहरुको नेतृत्वगर्दै आएका छन् । समयमा सही बाटो नहिडदा पछताउनु पर्छ भने मान्यताकायमै छ ।
कलिलो उमेरमा लहलहाउदै किशोर उमेरमा के गर्ने नगर्ने निर्णय लिनपनिनिकै चुनौतिपूर्ण र सकस हुन्छ नै । तसर्थ अभिभावकले किशोरावस्थामा सहि दिशानिर्देश गर्नुपर्ने आजको आवश्यकता रहेको देखिन्छ ।
गुरुहरुको सहि सल्लाह र अभिभावकको निगरानिले गर्दा अहिले अब्दुल स्नातकमा अध्ययनरत छन् । तर उनलाई किताबी ज्ञान राम्रो छ तर त्यो ज्ञानको साथै समाजिक , राजनितिक ज्ञान पनिउतिकै महत्वपूर्ण रहेको महसुस गरिरहेका छन् ।
अब्दुलको समाज सेवामा उल्लेखनीय योगदान रहदै आएको छ । पछिल्लो केहि बर्षमा, उनले शिक्षाबाट बंचित रहेका तिस जना बालबालिकाहरुलाई गुजराको विभिन्न विद्यालयमा भर्ना गरी सो को आवश्यक शैक्षिक सामाग्री देखि लगाउने पोसाक समेत विभिन्न संघसंस्थाहरुको सहयोगले उपलब्ध गराउदै आएका छन् । मानव स्वास्थ्य नै ठुलो धंनहो, भने अहिलेसम्म उनले एक सय भन्दा बढी अशक्त, गरिब तथा आवश्यक पर्ने ब्यकित्तहरुलाई रतm दांनतथा समानिय बिरामीहरुलाई सम्बन्धित निकायबाट उपचार गराउन सफल भएका छन् ।
हालै उनको नेतृत्वमागुजरा नगर युवाक्लब दर्ता गरेका छन् । उनको भनाई एकलै विभिन्न सामजिक मुद्धामा बोलिरहदा कतिपय ठाउमा कमजोर भएको महसुस गरेको हुन्छु । त्यो कारणले निस्वार्थ भावना राखेर समाज सेवा गर्न चाहने १८ वर्षदेखी २४ वर्ष सम्मका युवा जमात बनाउने क्लबको अभियान रहेको बताए ।
उनको नेतृत्वमा क्लबमार्फत सामुदायिक स्तरमा विभिन्न जनचेतनामुलक अभियानहरु सञ्चालनगर्दै आएका छन् भने हालै माक्लबमार्फत वातावरनिय संरक्षणका लागी पाँच सय भन्दा बढि वृक्षारोपन गरेका छन् । यी कार्यहरुमा उनको समर्पणले उनलाई गुजराको समाजिक अभियान्ता युवा प्रेरणादायी ब्यक्तित्वको रुपमा स्थापित गरेको छ ।
अब्दुल अहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय फोरमहरुमा बाल संरक्षण र युवा क्षेत्रका सवालहरुमा वकालत गर्छन् । केहि दिनपहिले मात्रै गुजरा नगरपालिकाको दशौं नगर सभामा सहभागीभएको स्मरण गछर्न् ।
उनले सो सभामा आफुले नगरपलिकाको कतिपय नीतिगत तथा ब्यवहारिक पक्षहरुमा सुधार आवश्यक रहेको बताएका छन् । अब्दुलको भनाई “ मैले सामाजिक चुनौतिको विषयमा कुरा गर्दा पालिकाहरुलाई पनिजिम्मेवारी लिनु पर्ने हुन्छ ।
मैले पटक पटक यो विषयमा कुराहरु उठाउदै आएको छु । नगरपालिका जिम्मेवार पदाधिकारीहरुलाई पनि ब्यवहार सुधार आवश्यक देखिन्छ । मैले त्यहि कुराहरु उठाउदै आएको छु ।समुदायिक स्तरमाज नचेतनाका कुराहरु गर्ने र जिम्मेवार निकायहरुलाई अझै जिम्मेवार बनाउदै जानुनै समस्या सामाधानको उपायहो ।
मैले त्यहि अनुसार कामगर्दै छु” यति मात्र होईन, अब्दुलले प्राप्त गरेकोृ ज्ञानका बारेमा समय समयमा विभिन्न विद्यालयहरुमा विद्यार्थी तथा शिक्षकहरुसंग आफुले तालिम गोष्टीबाट बालबालिकाहरुको हक अधिकारका बारेमा अन्तरक्रिया गरिरहेका हुन्छन् । स्वास्थ्य संस्थाले दिने सेवा सुविधाको अनुगमनगर्नुका साथै अन्य सामाजिक कार्यहरुमा पनि सक्रियता देखाएका छन् । अब्दुल सलामको यीनिस्वार्थ कार्यहरुले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको छ ।
काठमाडौँ । एक वैज्ञानिकले आत्म-अध्ययन मार्फत गर्भावस्थामा महिलाको मस्तिष्कमा कस्तो परिवर्तन आउँछ भन्ने कुरा पत्ता लगाउने प्रयास गरेका छन् ।
जब स्नायु वैज्ञानिक लिज क्रेस्टिल गर्भवती भइन्, यो उनको लागि अनुसन्धानको अनौठो अवसर थियो । उनी गर्भावस्थामा महिलाको मस्तिष्कमा कस्तो परिवर्तन आउँछ जान्न चाहन्थिन् । उनले अध्ययन गरिन र सिकेका कुरा साझा गरेकी छन् । यो अध्ययनले गर्भावस्थाको समयमा महिलाको दिमागमा हुने परिवर्तनहरूको पहिलो विस्तृत नक्सा प्रस्तुत गर्दछ ।
मातृत्वमा संक्रमणको यो समय मस्तिष्कको लगभग हरेक भागलाई असर गर्छ । यद्यपि यो अध्ययन केवल एक महिलामा आधारित छ, यो एक ठूलो अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनाको सुरुवात हो, जसले सयौं महिलाहरूको मस्तिष्क स्क्यान गर्ने लक्ष्य राखेको छ । यस अनुसन्धानले भविष्यमा पोस्टपार्टम डिप्रेसन जस्ता रोगहरूको बारेमा सुराग प्रदान गर्न सक्छ ।
‘यो धेरै लामो यात्रा भएको छ,’ क्रेस्टिल भन्छिन्, ‘हामीले गर्भावस्था अघि, समयमा र पछि जम्मा २६ स्क्यान गर्यौं र केहि साँच्चै आश्चर्यजनक कुराहरू सिकेका छौं ।’ नेचर न्यूरोसाइन्समा क्रेस्टिल र उनका सहकर्मीहरूको शोधपत्र प्रकाशित भएको छ ।
अध्ययनमा मस्तिष्कको ८० प्रतिशतभन्दा बढी भागमा ग्रे पदार्थको मात्रामा कमी देखिएको थियो । खैरो पदार्थ विचार प्रक्रियासंग सम्बन्धित भाग हो । औसतमा, यो लगभग ४ प्रतिशतको गिरावट थियो, जुन लगभग युवाहरूमा गिरावट जस्तै हो । खैरो पदार्थको कमी नराम्रो लाग्न सक्छ, अनुसन्धानकर्ताहरू विश्वास गर्छन् कि यो खराब भने होइन । तिनीहरूका अनुसार, यसले सम्भवतः ‘न्यूरल सर्किट’ भनिने तंत्रिका कोशिकाहरूको नेटवर्कको अन्तरसम्बन्धलाई प्रतिबिम्बित गर्दछ, जसले मस्तिष्कलाई जीवनको नयाँ चरणको लागि तयार गर्दछ ।
क्यालिफोर्निया विश्वविद्यालय, इर्विन, संयुक्त राज्य अमेरिकामा काम गर्दै गर्दा अनुसन्धानकर्ताहरूले क्रेस्टिलको अध्ययन गर्न थाले । त्यतिबेला उनको उमेर ३८ वर्ष थियो । उनी इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ) मार्फत गर्भवती भइन् । गर्भावस्थाको समयमा र बच्चा जन्मेको दुई वर्षसम्म, अनुसन्धानकर्ताहरूले उनीहरूको दिमागको एमआरआई स्क्यान लिए र रगतको नमूना लिए । र कसरी एस्ट्रोजेन जस्ता सेक्स हार्मोनहरू तिनीहरूको दिमागमा परिवर्तनहरू आए ? भन्ने अध्ययन गरे ।
क्यालिफोर्निया विश्वविद्यालयमा पढाउने अध्ययनका सह-लेखिका एमिली जेकब्स भन्छिन्, ‘पहिलेका अध्ययनहरूले गर्भावस्था अघि र पछि मस्तिष्कलाई हेरेका छन्, तर हामीले यो ठूलो परिवर्तनको बेला मस्तिष्कलाई कहिल्यै हेरेका थिएनौं ।’
अघिल्लो अध्ययनहरूको विपरीत, यो अध्ययन मस्तिष्कको आन्तरिक भागहरू साथै मस्तिष्कको बाहिरी तह, सेरेब्रल कोर्टेक्समा केन्द्रित थियो । मिशिगन स्टेट युनिभर्सिटीका न्यूरोसाइन्स र मनोविज्ञानका प्रोफेसर जोसेफ लाउन्सटाइन, जो यस अनुसन्धानमा संलग्न थिएनन्, भन्छन्, यो गर्भावस्था र बच्चा जन्माएपछि महिलाहरूको मस्तिष्कमा हुने व्यापक परिवर्तनहरू बुझ्नको लागि यो राम्रो पहिलो कदम हो ।
जनावरहरूमा गरिएको अनुसन्धानले पत्ता लगाएको छ, मस्तिष्कमा केही परिवर्तनहरूले बच्चाको हेरचाह गर्न मद्दत गर्न सक्छ । यद्यपि नयाँ अध्ययनले यी परिवर्तनहरूले मानव व्यवहारलाई कसरी असर गर्छ भनी बताएको छैन, लानस्टेनले भने, अध्ययनले मस्तिष्क क्षेत्रहरूमा परिवर्तनहरू देखाउँदछ, जुन सामाजिक अनुभूतिसँग जोडिएको छ, जस्तै मानिसहरू कसरी एकअर्कासँग कुराकानी गर्ने र उनीहरूको विचार र भावनाहरू बुझ्ने ।
अन्वेषकहरूसँग स्पेनमा साझेदारहरू पनि छन् र एक ठूलो मातृ मस्तिष्क परियोजनाको नेतृत्व गरिरहेका छन् । यो परियोजना एनएस बाउएर्स वूमन ब्रेन हेल्थ इनिसियटिभ र चान- जुकर्बर्ग इनिसियटिभद्वारा समर्थित छ ।
यस परियोजनामा संलग्न वैज्ञानिकहरूले ठूलो संख्यामा महिलाहरूबाट सङ्कलन गरिएका तथ्याङ्कहरू पोस्टपर्टम डिप्रेसन जस्ता रोगहरूको भविष्यवाणी गर्न प्रयोग गर्न सकिन्छ भन्ने आशा राखेका छन् ।
जेकब्स भन्छन्, ‘गर्भावस्थाको न्यूरोबायोलोजीको बारेमा हामीलाई अझै धेरै थाहा छैन, र महिलाहरूका लागि यति जटिल भएकाले यो पहिलो पटक होइन । गर्भावस्था एक रहस्य जस्तै छ, चिकित्सा विज्ञानले महिलाको स्वास्थ्यलाई ऐतिहासिक रूपमा बेवास्ता गरेको छ ।’
-एजेन्सीहरुको सहयोगमा
न्युज कारखाना
काठमाडौँ । पहिलो आइसक्रिम कसले बनायो भन्ने विवाद छ । जति प्रकारका आइसक्रिमका फ्लेवर छन् त्यति नै आइस्क्रिमको बारेमा कथाहरू रहेका छन् । जसमा हालै घोडीको दुधबाट बनेको आइसक्रिम पनि समावेश गरिएको छ । हामीलाई किन आइसक्रिम धेरै मन पर्छ यो एक वैज्ञानिक विषय हो । अनुसन्धानकर्ताहरूले आइसक्रिम पौष्टिक फाइदाहरू र यसले मानव शरीरमा कम स्वस्थ प्रभावहरू हेरेका छन् ।
कसरी आइसक्रिमले हाम्रो मुड परिवर्तन गर्न सक्छ । यस सम्बन्धमा अध्ययनहरू पनि छन् । लन्डनको मनोचिकित्सा संस्थानले २०२१ मा मानिसहरूको अर्बिफ्रन्टल कोर्टेक्स (निर्णय प्रक्रियामा संलग्न मस्तिष्कको भाग) ले आइसक्रिम चाख्दा प्रतिक्रिया दिन थाल्छ ।
अन्य अध्ययनहरूले राम्रो गुणस्तरको आइसक्रिममा प्रोटीन र फ्याट जस्ता पोषक तत्वहरू राम्रो मात्रामा हुने देखाएको छ । यसले हाम्रो मुडको स्तर बढाउँछ र हाम्रो सेरोटोनिन स्तर (सामान्य मूड बूस्टर) बढाउँछ । यो फ्रोजन डिजर्टको उत्पत्तिले खाना इतिहासकारहरू बीचको तातो बहस उत्पन्न गरेको छ ।
चिनी, बोसो र बरफको शीतल अनुभूतिले आइसक्रिम खाने व्यक्तिको मुखमा सुखद अनुभूति दिन्छ । यस बहसमा एउटा कुरामा सहमति भएको छ, आइसक्रिमको उत्पत्ति बिजुली र फ्रिज हुनु अघि थियो । यो फेला परेको छ कि धेरै बरफ-समृद्ध संस्कृतिहरूले जमेको मिठाई वा पेयको केहि रूपको आविष्कार गर्यो, जुन आइसक्रीमको उत्पत्तिको रूपमा देख्न सकिन्छ ।
प्रथम शताब्दीमा रोमन सम्राट नीरोले आफ्नो फलफूलको रसको लागि हिउँ ल्याउन पहाडहरूमा धावकहरू पठाएका थिए । पुरानो चीनमा ताङ राजवंश (६१८-९०७ ईस्वी) का सम्राटहरूको बारेमा केही अभिलेखहरू छन्, जसका अनुसार उनीहरूले चाडहरूमा जमेको दूध प्रयोग गर्थे । उनको पुस्तक, आइसक्रिम: ए ग्लोबल हिस्ट्री, लौरा बी वाइजले एक मिश्रणको बारेमा लेखेका छन्, ‘गाई, बाख्रा वा भैंसीको दूधमा पीठो र कपूर मिसाएर तताइन्छ, ताकि यसलाई अझ स्वादिष्ट र स्वादिलो बनाउन सकिन्छ । यस मिश्रणलाई चिसो गरेपछि, यसलाई धातुको ट्यूबमा खन्याइयो र बरफको पोखरीमा गाडियो । आज जसरी कुल्फी बनाइन्छ, यो प्रक्रिया त्यस्तै थियो ।
आइसक्रिम, शर्बत र जिलाटी: द डेफिनिटिभ गाइडका लेखक रोबिन वेयरले दुईवटा तथ्यलाई हेर्दा हामीलाई जमेको मिठाईको आविष्कार कसले गर्यो भनेर पत्ता लगाउन मद्दत गर्न सक्ने बताएका छन् । वेयरले २०२२ मा बीबीसी रेडियो कार्यक्रममा भनेका थिए, आइसक्रिममा डेयरी वा क्रीम हुन्छ, तर सरबतमा हुँदैन । इटालीबाट आएको जिलेटोमा थोरै वा कुनै क्रिम हुन्छ । मन्थन प्रक्रिया ढिलो हुन्छ, जसको परिणामस्वरूप अन्तिम उत्पादनमा कम हावा हुन्छ । मलाई आइसक्रिमको विषय मनमोहक लाग्छ किनभने यसमा थोरै सामग्रीहरू समावेश हुन्छन्, जस्तै चिनी, पानी, दूध वा क्रीम र स्वादहरू । सबै कुरा तपाईं तिनीहरूलाई कसरी मिश्रण मा निर्भर गर्दछ ।
आइसक्रिमको उत्पत्ति पत्ता लगाउन वेयरको दोस्रो सुझाव भनेको मानिसले इन्डोथर्मिक प्रभाव कहिले पत्ता लगायो भनेर पत्ता लगाउनु हो । एन्डोथर्मिक सिद्धान्तले नुनको तापक्रमलाई चिसो बिन्दु भन्दा तल कम गर्न बरफमा थप्नुपर्छ । आइसक्रिम बनाउनको लागि सबैभन्दा राम्रो तापक्रम माइनस १० डिग्री सेल्सियसदेखि माइनस २० डिग्री सेल्सियस मानिन्छ ।
वाइज लेख्छन्- चिनियाँ, अरब र भारतीयहरूले इतिहासको कुनै बिन्दुमा इन्डोथर्मिक प्रभावको सिद्धान्तको आफ्नो बुझाइ प्रदर्शन गरेका छन् । तर इतिहासकारहरूलाई यसको सही समय थाहा छैन । इरानको याख्चल – ४०० ईसा पूर्वमा भूमिगत बनाइएको गुम्बज आकारको संरचना, बरफ भण्डारण गर्न निर्माण गरिएको भनिन्छ । त्यहाँ त्यस्ता सयौं छन्, तर पर्सीहरूले किन बरफ भण्डारण गर्न पुरातन समयमा बनाएका थिए भन्ने प्रश्न अझै बाँकी छ ।
के उनीहरूलाई एन्डोथर्मिक प्रभावको बारेमा थाहा थियो र जमेको मिठाईहरू बनाउन बरफ भण्डारण गरियो ? लण्डनको ला ग्रोटा आइसका संस्थापक किट्टी ट्र्याभर्स ‘प्राकृतिक स्वाद’ भएको आइसक्रिम बनाउनमा विशेषज्ञ हुन् । उनी आइसक्रिम बनाउन फलफूल, तरकारी र जडिबुटीको स्वाद प्रयोग गर्छिन् । उनले आइसक्रिम बनाउने परम्परागत इन्डोथर्मिक विधिको साथ कसरी प्रयोग गरे भनेर विस्तृत रूपमा बताउँछिन् ।
उनले भनिन्- ‘हामीसँग आइस क्यूबले भरिएको काठको बाल्टिन थियो। त्यसको माथि नुनको तह थियो । हामीले बाल्टिन भित्र परमेसन चीजले भरिएको कन्स्टर राख्यौं र त्यसपछि हातले मिश्रण मन्थ्यौं । यसले मेरो इलेक्ट्रिक मन्थन मेसिन भन्दा छिटो काम गर्यो । आइसक्रिमको स्वाद पनि उत्कृष्ट भयो । त्यसैले सिद्धान्तमा, यदि तपाइँ प्रकृतिमा आइस क्यूब बनाउन सक्नुहुन्छ भने, तपाइँलाई आइसक्रिम बनाउन बिजुलीको आवश्यकता पर्दैन ।’
युरोपमा, मार्को पोलो (१२५४–१३२४) ले चीनबाट अन्य धेरै खानेकुराहरूसँगै फ्रोजन डेसर्टको रेसिपी ल्याएका थिए भन्ने कथा प्रायः भनिन्छ । तर के मार्को पोलो साँच्चै चीन पुग्न सक्षम थिए? यो एक विवादास्पद विषय हो । तर अक्सफोर्ड कम्प्यानियन टु शुगर एन्ड स्वीट्स सहित खानाको विषयमा धेरै प्रकाशनहरूले प्रकाश पारेका छन् कि खानामा एन्डोथर्मिक प्रभावहरू १६ औं शताब्दीसम्म युरोपेलीहरूलाई थाहा थिएन । २०औं शताब्दीको उत्तरार्धमा, जब रेफ्रिजरेसन सस्तो भयो, आइसक्रिम बनाउने व्यवसायको रूपमा औद्योगिक स्तरमा सुरु भयो ।
आज, आइसक्रिम एक विश्वव्यापी उद्योग हो जसले २०२४ सम्ममा १०३.४ बिलियन डलरको व्यापार गर्ने अपेक्षा गरिएको छ । जहाँ चकलेट र कफीको तुलनामा १३३.६ अर्ब डलर र ९३.४६ अर्ब डलर रहेको छ । परम्परागत भेनिला र चकलेटभन्दा बाहिर (आइसक्रिम) स्वादको विविधता बढ्दै गएको छ। केही स्वादहरूले स्थानीय खाना संस्कृतिहरू पनि झल्काउँछन्।
तापीवा गुहा दक्षिण अफ्रिकाको केप टाउनमा किचेन क्याफे चलाउँछिन्। २०२२ मा उनी सामाजिक सञ्जालमा चर्चामा आएका थिए । यसको कारण थियो, उनले बनाएको साल्टी ड्राई फिश र स्कच बोनेट चिली आइसक्रिम । जिम्बाब्वेमा जन्मेका आणविक जीवविज्ञानीले आफूलाई एक वैज्ञानिक दिमागको खानाको रूपमा वर्णन गर्छन् । उनले अफ्रिकी महादेशका स्थानीय स्वादहरू झल्काउने खालका स्वादहरू सिर्जना गर्ने प्रयास गरिरहेको बताए ।
आइसक्रिमको मामिलामा पछिल्लो विकास पोल्याण्डको हो । स्जेसिनको वेस्ट पोमेरेनियन युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले घोडीको दूधबाट दही आइसक्रिम बनाएका छन् । जुन गाईको दुधबाट बनेको आइसक्रिम जस्तै हो ।
अगस्तमा प्रकाशित एक अध्ययनले घोडीको दुधले व्यक्तिको पाचन प्रक्रियामा सुधार ल्याउन सक्छ। तर यो अझै पनि थप अनुसन्धान आवश्यक छ । किण्वित घोडीको दूध मध्य एशियामा लामो समयदेखि खपत हुँदै आएको छ। तर, त्यसबाट जमेको मरुभूमि बनाउने नयाँ प्रयोग हो । न्युज कारखाना
काठमाडौँ । युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा महरा चर्चामा छिन् ।
उनले हालै आफ्ना पति शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतौमसँग सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी छिन् । अहिले महराले नयाँ परफ्युम लन्च गरेर मानिसको ध्यान तानेकी छिन् । उनले आफ्नो परफ्युमको नाम ‘डिभोर्स’ राखेका कारण चर्चामा आएकी हुन् । यसका कारण सामाजिक सञ्जालमा महराको निकै चर्चा भइरहेको छ ।
दुबईकी ३० वर्षीया राजकुमारीले आफ्नो ब्राण्ड महरा एम १ अन्तर्गत डिभोर्स नामको परफ्युम लन्च गरेकी छन् । दुबईका शासककी छोरीले सोमबार इन्स्टाग्राममा यो जानकारी दिएकी हुन् । उनले उत्पादनको टिजर शेयर गरेका छन् । उनको पोस्टमा डिभोर्स लेखिएको सुन्दर कालो बोतल देखाइएको छ । टिजरमा टुटेको गिलास, कालो पंखुडी र कालो प्यान्थर देखाइएको छ ।
टिजर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । महराले जुलाईमा सार्वजनिक रूपमा आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । महराले लेखेकी थिइन्, ‘प्रिय श्रीमान्, तिमी अर्कैसँग भएकोले म डिभोर्सको घोषणा गर्छु । म तिमीलाई तलाक दिन्छु, म तिमीलाई तलाक दिन्छु र म तिमीलाई तलाक दिन्छु, ख्याल राख्नुहोस् । तिम्रो पूर्व पत्नी।’
दुबई जस्तो कट्टर देशमा आफ्ना श्रीमानलाई सार्वजनिक रूपमा सम्बन्ध विच्छेद गर्ने राजकुमारी शेखा महरा को हुन् ?
शेखा महराको जन्म २६ फेब्रुअरी १९९४ मा दुबई, युएईमा भएको थियो । उनी ३० वर्षकी भइन् । शेखा महराको जरा इमिराती र ग्रीक दुवै हुन्, किनकि उनकी आमा जो ग्रिगोराकोस ग्रीसकी हुन् । उनले आफ्नो प्रारम्भिक शिक्षा दुबईको एक निजी विद्यालयबाट प्राप्त गरेकी हुन् र पछि उच्च शिक्षाको लागि लन्डन गइन् । उनले बेलायतको एक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिग्री लिएकी छन् ।
शेखा महराले मे २०२३ मा शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतूमसँग विवाह गरेकी थिइन् । उनले यस वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन्, जसको नाम शेखा महरा बिन्त माना बिन्त मोहम्मद अल मकतौम राखिन् । तर, शेखा महराले साउन महिनामा सार्वजनिक रुपमा सम्बन्धविच्छेदको घोषणा गरेकी थिइन् । उनले शेख मना अर्की महिलासँग सम्बन्धमा रहेको आरोप लगाएकी छन् ।
शेख माना शेख मोहम्मद बिन राशिद बिन मना अल मकतूमका छोरा हुन् । उनी युइएमा जिसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी, एमएम ग्रुप अफ कम्पनी, दुबई टेक र अल्बर्डा ट्रेडिङ लगायतका धेरै सफल व्यवसायिक उद्यमहरूमा संलग्न छन् । शेख मनको कुल सम्पत्ति करिब १.५ बिलियन डलर रहेको अनुमान गरिएको छ ।न्युज कारखाना
काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तकपछि गौतमको उपन्यास अद्वैतलाई यो सम्मान दिने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।
प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुन् । प्रा. गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित रहेका छन् ।
त्यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहेका साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई पद्मश्री साधना सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । चामलिङ भारतको सिक्किम राज्यमा पुर्व मुख्यमन्त्री हुन् । उनी सिक्किमको २४ बर्ष मुख्यमन्त्री बनेका थिए ।
त्यस्तै समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेका त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिएको छ ।
यी तिनै पुरस्कारको राशी जनही रु ३ लाख तथा सम्मान पत्र रहेको प्रतिष्ठानले जनाएको छ । न्युज कारखाना