काठमाडौं, १७ पुस ।
जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ ।
नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।
नेपाल अहिले सुपर सिक्सको समुह १ मा समुह चरणको रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ । त्यसैले सेमिफाइनलमा पुग्ने नेपालले सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ ।
नेपालले समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो ।
आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २(२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् । न्युजकारखाना
काठमाडौं, १७ माघ ।
नेपाल यू-१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ ।
आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र पाकिस्तानले आ-आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड अब सेमिफाइनलको दौडबाट बाहिरिएका हुन् ।
सुपर सिक्सको समुह १ मा भारत र पाकिस्तानको ६-६ अंक भएको छ भने बंगलादेशको २ अंक रहेको छ । त्यस्तै न्यूजील्याण्डको २ अंक रहेको छ भने नेपाल र आयरल्याण्डको शुन्य अंक रहेको छ ।
नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंक विहिन भएको हो ।
अब नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग विजयी भएपनि सेमिफाइनल पुग्न असफल हुने छ । योसँगै नेपाल सुपरसिक्सका २ खेल खेलेर घर फर्किने भएको छ ।न्युजकारखाना
काठमाडौं, १७ पुस ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।
आज टियु मैदानमा एपीएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच खेल हुदैँछ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ७ खेलमा सबै खेल जितेर १४ अंकसहित शिर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।
त्यस्तै, त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
त्यसैगरी, बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेका छन् ।
त्यस्तै एपीएफ क्लब ८ खेलमा १० अंकसहित पाँचौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ८ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ । कर्णाली प्रदेश ८ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ८ खेलमा एक जित र ७ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले खेलेका ९ खेलमा एक जित र ८ बेहोरेर पुछारमा रहेको छ ।न्युजकारखाना
काठमाडौं, १६ माघ ।
सेनेगल अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ ।
गएराती सम्पन्न राउण्ड १६ अन्तरगतको खेलमा आइभरी कोष्टले पेनाल्टी सुटआउटमा पराजित गरेपछि सेनेगल प्रतियोगिताबाट बाहिरिएको हो ।
निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरीमा रोकिएपछि दुवै देश ३० मिनेटको अतिरिक्त समय खेलेका थिए ।
९० मिनेटको खेलमा सेनेगलका लागि हबिब दियाल्लो र आइभरी कोष्टका कागी फ्रयांक कस्सिएले एक एक गोल गरेका थिए ।
३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा आइभरी कोष्टले सेनेगललाई ५-४ ले पराजित गरेको थियो ।
अब क्वाटरफाइनलमा पुगेको आइभरी कोष्टले माली र बुर्किना फासोबीचको विजेतासँग खेल्ने छ ।न्युजकारखाना
काठमाडौं, १६ माघ ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
आज टियु मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ७ खेलमा सबै खेल जितेर १४ अंकसहित शिर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।
त्यस्तै त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेका छन् ।
त्यस्तै एपीएफ क्लब ७ खेलमा ८ अंकसहित पाँचौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ७ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ ।
कर्णाली प्रदेश ८ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ७ खेलमा एक जित र ६ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।न्युजकारखाना
काठमाडौँ, १५ माघ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
आइसीसीले तुरुन्तदेखि लागु हुने गरि श्रीलंकामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
आइसीसीले क्रिकेट संघमा सरकारले हस्तक्षेप गरेको भन्दै गत नोभेम्बर १० मा प्रतिबन्ध लगाएको थियो । त्यसपछि नोभेम्बर २१ मा बसेको आइसीसी बोर्डले प्रतिबन्धका बाबजुत श्रीलंकाको क्रिकेट गतिबिधिलाई जारी राख्ने निर्णय गर्दै यू-१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रीका सार्ने निर्णय गरेको थियो ।न्युजकारखाना
बज्जिकाञ्चल,रौतहट,१३ गते ।
गौर–रौतहटको गौर नगरपालिकामा भइरहेको मेयर कप क्रिकेट प्रतियोगिता आज दुुइ खेल सम्पन्न भएका छन् । पहिलो खेल वडा नम्बर ४ र ८ बिच भएको छ भने दोस्रो खेल वडा नम्बर ३ र ७ बिच भएको हो ।

दुवै खेलमा क्रमशः वडा नम्बर ४ र ३ विजयी भएका छन् । पहिलो खेलमा वडा नम्बर ८ को टिमले टस जितेर पहिले ब्याटिङ्ख गर्दै १० ओभरमा ६ विकेट गुमाउँदै ६० रन बनाएको थियो । जवाफी ब्याटिङ्ख गर्दै वडा नम्बर ४ को टिमले ८ ओभर ३ बल खेल्दै विजयी लक्ष्य प्राप्त गरेको थियो ।

उसको तर्फ बाट धर्मेन्द्र यादवले २ ओभर बलिङ्ख गर्दै १२ रन खर्चेर ४ विकेट लिइ मैन अफ द मैच घोषित भएका थिए । त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नम्बर ३ ले जित हात पारेको छ । वडा नम्बर ७ को टिमले टस जितेर पहिले ब्याटिङ्ख गर्दै १९ ओभर १ बलमा १ सय ६ रनमै पुरै टिम समेटिन पुुग्यो ।

जवाफी ब्याटिङ्ख गर्दै वडा नम्बर ३ को टिमले १२ ओभर २ बलमा १ सय ८ रन बनाइ विजयी भएको थियो । खेलमा विवेक साहले ३३ बलमा ६० रन नटआउट रहँदै मैन अफ मैच घोषित भएका थिए । नगर स्तरीय क्रिकेट खेलाडी छनौट गर्ने उदेश्यले सो प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा नगरभरिको ९ वटा टिमको सहभागिता रहेको छ । सो क्रिकेट प्रतियोगिता माघ २२ गते सम्म चल्ने रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिबडेवालले जानकारी गराएका हुन् ।

रौतहट जिल्ला क्रिकेट संघको समन्वय तथा गौर नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । क्रिकेट खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको गराइएको हो । संयोजक टिबडेवालले दिएको जानकारी अनुसार प्रतियोगितामा विजेता हुने टिमलाई २५ हजार र उप विजेता हुने टिमलाई १५ हजार नगद पुरस्कार दिइने छ ।

प्रत्येक खेलमा म्यान फ द म्याच हुनेलाई १५ सय, म्यान अफ द सिरिज हुनेलाई ५ हजार, वेस्ट बलरलाई २१ सय, वेस्ट ब्याट्स म्यान लाई २१ सय र वेस्ट किपरलाई २१ सय नगद पुरस्कार र सिल्ड कप लगायत प्रदान गरिने उनले बताए । भोलीको खेल वडा नम्ब।र ३ र ९ को टिम बिच हुनेछ भने अर्को खेल वडा नम्बर ६ र १ को टिम बिच हुने रौतहट जिल्ला क्रिकेट संघले जनाएको हो ।
काठमाडौँ, १५ माघ ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैछन् ।
आज टियु मैदानमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै त्रिभुवन आर्मी क्लबले ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै एपीएफ ७ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ७ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ७ खेलमा एक जित र ६ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।न्युजकारखाना
काठमाडौँ, १४ माघ ।
अस्ट्रेलिया एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।
आइतार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा अस्ट्रेलियाले इन्डोनेसियालाई ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
अस्ट्रेलियाको जितमा मार्टिन बोयल, क्रेग गुडविन र ह्यारी सोउटरले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल इन्डोनेसियाका एल्कान बागगोटले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि अस्ट्रेलिया एशियन कपको क्वाटरफाइनलमा पुग्ने पहिलो देश बनेको छ । साथै इन्डोनेसिया भने यो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।न्युजकारखाना
रौतहट,१४ गते माघ ।
रौतहटको बौधीमाइ नगरपालिकामा प्रशासन र स्वास्थ्यका कर्मचारीहरु बिच मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
सो नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको गुुजरामाइको खेल मैदानमा एक दिवसीय क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रशासन टिमले टस जितेर ब्याटिङ्ख गर्दै १ सय ४८ रन बनाएको थियो ।
जवाफमा स्वास्थ्यकर्मीको टिमले निर्धारित १६ ओभरमा १ सय ४१ रन मात्र बनाउन सक्यो । र उक्त खेलमा स्वास्थ्यकर्मीको टिम ७ रनले पराजित हुन पुुग्यो । बौधीमाइ नगरपालिकाको सहयोगमा उक्त क्रिकेट प्रतियोगिता भएको हो ।
प्रशासनको टिम बाट खेलाडीको रूपमा ब्याटिङ्ग गर्दै अरविन्द कुमार यादव ८ रन, बिक्की जयसवाल २६ रन, वडा अध्यक्ष तुरन्तनारायण यादव २ रन, जाहगिर आलम १ रन, सुनिल यादव ३० रन, रवीन्द्र यादव ३५ रन, नितेश यादव ५ रन बनाएका थिए ।
स्वास्थ्यकर्मीकाे तर्फबाट गजेन्द्र महताेले एक्लै १६ ओभरमा नट आउट रहँदै १ सय ११ रन बनाएका थिए ।