२०८३ आश्विन २४
२०८३ आश्विन २४

काठमाडौँ, २७ फागुन ।

नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल खेल्दै छ ।

 

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ ।

 

नेपाल, हङकङ र पिएनजीबीच हुने यस सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ खेल्दै छन् ।

नेपाली प्लेइङ ११- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, लोकेश बम, करण केसी, प्रतिस जिसी र अविनाश बोहोरा ।

यस त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।न्युज कारखाना

काठमाडौं, २७ फागुन ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेस्ट क्रिकेटप्रति खेलाडीहरूलाई आकर्षित गर्न थप बोनस दिने घोषणा गरेको छ।

शनिबार इङल्याण्डविरुद्धको टेस्ट जितेर सिरिज ४-१ ले जितेपछि बिसीसीआईले सिजनका ७५ प्रतिशत खेल खेल्ने खेलाडीले एउटा टेस्ट खेलेबापत ४५ लाख रुपैयाँ पाउने घोषणा गरेको हो। त्यस्तै सिजनका ५० देखि ७४ प्रतिशतसम्म खेल्ने खेलाडीले ३० लाख रुपैयाँ पाउनेछन्।

त्यस्तै ७५ प्रतिशत खेल खेल्न टिममा रहेका तर प्लेइङ ११ मा नरहेका खेलाडीले प्रति खेल २२.५ लाख पाउने छन् भने  सिजनका ५० देखि ७४ प्रतिशतसम्म खेल्ने टिममा रहेर प्लेइङ ११ मा नरहेका खेलाडीले प्रति खेल १५ लाख पाउने भएका छन्। यो रकम बोर्डसँग रहेको केन्द्रीय सम्झौताको अतिरिक्त उपलब्ध हुनेछ। साथै यो इन्सेन्टिभ स्किम बोर्डको सम्झौतामा नरहेका खेलाडीलाई पनि लागु हुने बोर्डले बताएको छ।

यस अघि बीसीसीआईले आईपीएल २०२४ पछि टेस्ट म्याच शुल्क बढाउने र प्रोत्साहन योजना लागू गर्ने बताइएको थियो।

आइपिएलको लोकप्रियता र टी-२० मा खेलाडीको आकर्षण बढेपछि खेलाडीहरु इन्जुरीबाट बच्न एकदिवसीय र टेस्ट क्रिकेट खेल्न नखोजेको भन्दै बोर्डले हालै चेतावनी समेत दिएको थियो।न्युज कारखाना

भक्तपुर, २६ फागुन ।

तेस्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०८० पाण्डुबजार फुटबल क्लव (एफसी) पाण्डुबजार भक्तपुरको पोल्टामा परेको छ। भक्तपुर युवा टिम भक्तपुर नगरपालिका वडा नम्बर ७ गोल्मढी भक्तपुरको आयोजनामा शनिबार भएको फाइनल खेलमा सामाजिक युथ क्लव कोटेश्वर काठमाडौंलाई पराजित गरी पाण्डुबजार विजयी हुन सफल भएको हो। पाण्डुबजारले ३-२ गोलले जित हासिल गरेका हो।

खेल सुरु भएको पहिलो ६ मिनेटमै पराजित सामाजिककोतर्फबाट जर्सी नम्बर १० का डीवी चौधरीले गोलको सुरुवात थालेका थिए। तर, पनि सामाजिकले नतिजा आफ्नो हात पार्न सकेन। त्यसपछि खेल सुरु भएको २१औं मिनेटमा विजयी पाण्डुबजारकोतर्फबाट जर्सी नम्बर ७ का विवेक कवांले गोल गरी खेल बराबरीमा पुगेको थियो।

त्यसपछि रोमाञ्चक रुपमा अघि वढेको खेलमा फेरि पाण्डुबजारकै उही बिबेकले पहिलो हाफकै २८औं मिनेटमा थप एक गोल गरी विजय यात्रा तय गरेका थिए। त्यसपछि खेलको ३४औं मिनेटमा विजयी पाण्डुबजारकै जर्सी नम्बर ४ का सतिश सुवालले पुन एक गोल गरी विजयी सुनिश्चित जस्तै बनाएका थिए। तर, जितको थालनी गरेको पराजित सामुदायिकबाट जर्सी नम्बर ९ का रोशन राईले एक गोल फर्काउन सफल भएका थियो। त्यसपछिबाट दुैवै टिमकोतर्फबाट कुनै गोल हुन सकेन र ३-२ गोलबाट पाण्डुबजारले कप चुमे।

प्रतियोगितामा प्रथम हुन सफल पाण्डुबजार टिमले नगद रु एक लाख २५ हजारससहित टफी प्राप्त गरे। दोश्रो हुन बाध्य सामाजिकले ६५ हजार रुपैयाँ नगद पुरस्कार र टफी प्राप्त गरे । उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा भएको थियो।

प्रतियोगितामा कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो । त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए। भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोलीहरु प्रतिस्पर्धामा सहभागी रहेका थिए। अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको बताए।

प्रतियोगिताको उत्कृष्ट गोल किपरका रुपमा सामाजिक युवा क्लवका शुशिल कार्की, बेष्ट डेफेण्डरको रुपमा पाण्डुबजारका सुर्दशन श्रेष्ठ, बेष्ट मिड फिडरको रुपमा सामाजिक युथ क्लवका सन याका, बेष्ट स्टाइकर पाण्डुबजारकै विवेक कवां, बेष्ट कोच पाण्डुबजारका रुपेन अवाल भएका थिए।

प्रतियोगितामा उत्कृष्ट दर्शकलाई पनि पुरस्कृत गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट दर्शकका रुपमा किरण सितिखु, मञ्जु घिसिंग, मनिता मोक्तान र सुनिल देउलालाई पुरस्कृत गरिएको थियो। प्रतियोगिता फागुन १६ गते शुक्रबारदेखि सुरु भएको थियो।

पुरस्कार वितरण समारोहमा विशेष अतिथि वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, आयोजक टिमका अध्यक्ष केशव त्वानाबासु, सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांसहितले बधाई दिएका थिए। साथै आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवम् टिमका सल्लाहकार उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसीसहितका अतिथीहरूले विजयीहरुलाई पुरस्कार वितरण गरेका थिए। सो अवसरमा प्रतियोगिता सञ्चालन गर्न आर्थिक भौतिक सहयोग गर्ने संघसंस्था र महानुभावहरुलाई आयोजकहरुको तर्फबाट प्रशंसापत्र वितरण भएको गरिएको थियो।

यसअघि प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए।

प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट खेलाडीको रुपमा सामाजिक युथ क्लवका ओसन राई घोषित भएका थिए भने फाइनल खेलसँगै प्रतियोगिताको उद्यीमान खेलाडीको रुपमा सामाजिक युथ क्लवका रोशन राई, उत्कृष्ठ खेलाडीको रुपमा विजेता पाण्डुबजारका इब्राहिन फोफोना घोषित भएका थिए।न्युज कारखाना

भक्तपुर, २६ फागुन ।

भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनलमा पाण्डुबजार फ्रेण्डशिप क्लव पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन्। सेमिफाइनल खेलबाट झौखले युनाइटेडलाई हराई पाण्डुबजार र बी आर ब्रडर्सलाई हराई सामाजिक युथ क्लव फाइनलमा प्रवेश गर्न सफल भएको हुन्।

प्रतियोगिताको फाइनल खेल शनिबार विहानको ११ बजे हुने जनाइएको छ। प्रतियोगिताको पहिलो हुन सफल टिमलाई नगद एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइको छ। प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमा हुनेछ।

पाण्डुबजार र झोखेल युनाइटेडबीच भएको पहिलो खेलमा पाण्डुबजारले झौखेललाई २-० गोल गरी पाण्डुबजारले फाइनलको लागि यात्रा तय गरेका थियो। दोश्रो सामाजिक युथ क्लव र वी आर व्रडर्समा १-० ले सामाजिक युथ क्लवले फाइलय प्रवेश पाएको हो।

प्रतियोगिताको पहिलो खेलमा उदयीमान खेलाडीका रूपमा पाण्डुबजारका सुसान श्रेष्ठ घोषित भए। म्यान अफ दी म्याचमा पाण्डुबजारकै इब्राहिम फोफोन घोषित भए। दोश्रो खेलमा उदयीमान खेलाडीमा वी आर ब्रडर्सका संयोग लिम्वू घोषित भए भने म्यान अफ दी म्याचमा सामाजिक युथ क्लवका ओसन राई घोषित भए।

प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई मायाको चिनो र नगद दुई हजार तथा उदयीमान खेलाडीलाई एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो। त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए। भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोली प्रतिस्पर्धामा सहभागी रहेका थिए।

अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा जिल्लाको मध्यपुर थिमि नगरपालिकाबाट भने सहभागिता नरेहेको बताए। मध्यपुर थिमिमा वडा लिग भइरहेकोले त्यहाँंबाट प्रतियोगिताहरुको सहभागिता नरहेको जनाइएको छ। प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ।

प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए। पुरस्कार वितरण भने संघीय सांसद प्रेम सुवालले गर्ने कार्यक्रम तय गरिएको छ। न्युज कारखाना

काठमाडौं, २५ फागुन ।

युट्युबरबाट बक्सर बनेका जेक पलले माइक टाइसनसँग भिडन्त गर्ने भएको  छ।

 

आगामी जुलाई २० मा एक प्रदर्शनीका बिचमा उनले बक्सिङ खेलका हेवीवेट लिजेन्ड माइक टायसनको सामना गर्ने तयारी गरेका हुन ।

 

यो कार्यक्रम नेटफ्लिक्समा विशेष रूपमा प्रसारित हुनेछ  । ८० हजार सिट क्षमताको एटी  एन्ड एट स्टेडियम, टेक्सासको अर्लिङ्टनमा आयोजित हुनेछ।

‘आयरन माइक, ५७ अन्तिम पटक जुन २००५ मा व्यावसायिक रूपमा भिडन्तमा उत्रिएका थिए ।  ५०–६ क्यारियर रेकर्ड भएका उनले ४४ जीतहरू नकआउटको माध्यमबाट हासिल गरेका थिए ।

 

पूर्व विश्व हेवीवेट च्याम्पियन टाइसन इतिहासमा उत्कृष्ट बक्सरहरू मध्ये एक मानिन्छन।न्युज कारखाना

काठमाडौं, २५ फागुन ।

साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा अल रइदले अल नासरमाथि ३-१ गोलको शानदार जित हासिल गरेको हो ।

अल रइदको जितमा क्रिम एल बेर्काओउइ, मोहमद फोउजैर र अमिर सयोउदले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि एक गोल आइम्यान याहयाले फर्काएका थिए ।

यो अल नासरको लगातार दोस्रो हार हो । यस अघि एसियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अल ऐनसँग १-० को हार बेहोरेको थियो ।

यो हारपछि अल नासरको लिगमा २३ खेलमा ५३ अंक रहेको छ र शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलल एक खेल कम खेलेको छ ।

त्यसैगरी अल रइदको यो जितपछि २३ खेलमा २३ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

 

काठमाडौं, २५ फागुन ।

काठमाडौँ । लिभरपुलले युइएफए युरोपा लिगको राउण्ड १६ को पहिलो लिगमा स्पार्ता प्राहमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले स्पार्ता प्राहलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डर्विन नुनेजले २ गोल गरेका थिए भने एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक गक गोल गरेका थिए ।

त्यसैगरी स्पार्ता प्राहका लागि लिभरपुलका कोनोर ब्राडलीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि लिभरपुलले पहिलो लिगमा ५-१ को अग्रता लिएको छ र अब दोस्रो लिग मार्च १५ मा हुने छ ।न्युज कारखाना

काठमाडौं, २४ फागुन ।

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा रियल म्याड्रिडले जर्मनी क्लब आरबी लेइपजिंगसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा २-१ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो।

यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले गोल गरेका थिए भने आरबी लेइपजिंगका लागि विली ओर्बानले एक गोल गरेका थिए।

यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले १-० को नतिजा निकालेको थियो।

योसँगै रियल म्याड्रिडसहित बायर्न म्युनिख, पिएसजी र म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।न्युज करखाना

काठमाडौं, २४ फागुन ।

म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबसँग ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो।

यस खेलमा म्यानचेस्टर सिटीका लागि मानुएल अकान्जी, जुलियन अल्भारेज र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए।

यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर सिटीले कोपनहेगनविरुद्ध ३-१ को नै नतिजा निकालेको थियो।

योसँगै म्यानचेस्टर सिटीसहित रियल म्याड्रिड, बायर्न म्युनिख र पिएसजी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।न्युज करखाना

काठमाडौं, २४ फागुन ।

जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दै छ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ।

जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ।

अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ। यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुने छ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो।

प्रतियोगितामा अब शुक्रबार बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शिर्ष स्थानमा रहेका दुई देशले आइतबार फाइनल खेल्ने छन्।न्युज करखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।