२०८३ जेष्ठ १२
२०८३ जेष्ठ १२

काठमाडौँ ।

विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ ।

उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो ।

तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन ।

खेल स्थगित भएपछि विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो खेलमा ३-० ले विजेता घोषित गरेको छ ।

एशिया विश्वकप छनौटको समुह बी मा रहेको जापान ९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने यस समुहमा रहेको सिरिया ४ खेलमा ७ अंकसहित दोस्रो, उत्तर कोरिया ३ खेलमा ३ अंकसहित तेस्रो र म्यान्मार ४ खेलमा एक अंकसहित चौथो स्थानमा रहेका छन् ।न्युज कारखाना

विराटनगर ।

मोरङको साङ्ग्रिला फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

गएराती विराटनगरको सहिद रङ्गशालामा सम्पन्न खेलमा मोरङको साङ्ग्रिला फुटबल क्लबले भुटानको आरटिएफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

साङ्ग्रिलाको जितमा आशिष चापागाईँ, सुशील राई र स्याङले एक एक गोल गरेका थिए । त्यसैगरी भुटानको आरटिएफसीका लागि सोरव दार्जे दुवै गोल गरेका थिए ।

प्रतियोगितामा नेपालका सहिद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाइज, विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली, न्युरोड टिम, मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ एफए छन् ।

यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको थिम्पुबाट आरटिएफसी फुटबल क्लबले गोल्डकपमा प्रतिस्पर्धा गरेका छन् ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच  लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । आइतबारको खेल काठमाडौँको एनआरटी फुटबल क्बल र भारतको  सिक्किम ड्रागनबीच हुनेछ ।न्युज कारखाना

काठमाडौँ ।

साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल टाईलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक एक गोल गरेका थिए । त्यसैगरी अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए ।

यस खेलमा अल टाईका भिर्गिल मिसिडजानले खेलको ३६औं मिनेटमा रातो कार्ड पाएपछि अल टाई १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि अल नासरको २५ खेलमा ५९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा अल नासर १२ अंकले पछाडी रहेको छ । त्यसैगरी अल टाईको भने २५ खेलमा २२ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।
न्युज कारखाना

काठमाडौँ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले पञ्जाव किंग्सलाई २१ रनले पराजति गरेको हो ।

लखनउले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले २० ओभरमा ५ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।

पञ्जावका लागि कप्तान शिखर धवनले सर्बाधिक ७० रन बनाए भने जोनी बैरस्ट्रवले ४२, लि यम लिभिङस्टोनले २८ तथा प्रभसिमरन सिंहले १९ रन बनाए । त्यस्तै लखनउका बलर मयंक यादवले ३ तथा मोशिन खानले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो । लखनउका लागि क्वेंटन डिककले सर्बाधिक ५४, क्रुनाल पाण्डेयले ४३ र निकोलस पुरनले ४२ रन बनाएका थिए । त्यसैगरी पञ्जावका बलर साम कुरानले ३, अर्शदीप सिंहले २ तथा कागीसो रबाडा र राहुल चहरले एक एक विकेट लिएका थिए ।

यो जितसँगै लखनउले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पञ्जावले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।न्युज कारखाना

काठमाडौँ ।

आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २२५ रनको लक्ष्य दिएको छ ।

जारी टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ६ विकेट गुमाउदै २२४ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि कप्तान निल रकले सर्बाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले सर्बाधिक ६५ रन बनाएका थिए । त्यसैगरी जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए । न्युज कारखाना

काठमाडौँ ।

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । टियु मैदानमा हुने यस खेलमा नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।

यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।

कोलकोताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए ।  त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाए भने फिल साल्टले ३० रन बनाएका थिए ।

त्यसैगरी यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।

यो जितपछि कोलकोताले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।न्युज कारखाना

विराटनगर ।

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरस्थित शहिद रङ्गशालामा जारी विराट गोल्डकपको आठौँ संस्करणमा गएराती सम्पन्न खेलमा एनआरटीले आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

एनआरटीको जितमा विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले एक एक गोल गरेका थिए ।

जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डेगानसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार पहिलो क्वाटरफाइनल खेल घरेलु टिम सङ्ग्रिला मोरङ फुटबल क्बल र भुटानको आरटीसी एफसी क्बलबीच हुनेछ ।

यही चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेका छन् । गोल्डकपको विजेताले रु ११ लाख र उपविजेताले पाँच लाख ५० हजार पाउनेछन् ।

काठमाडौँ ।

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ ।

शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।

यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।न्युज कारखाना

काठमाडौँ ।

आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २२३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।