२०८३ जेष्ठ १२
२०८३ जेष्ठ १२

काठमाडौँ ।

विराट कोहलीले यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो शतक प्रहार गरेका छन् ।

विराटले राजस्थान रोयल्सविरुद्धको खेलमा ६७ बलमा शतक बनाएका हुन् । यो यस सिजनको आइपिएलकै पहिलो शतक हो । त्यस्तै विराट कोहलीको आइपिएलमा अहिलेसम्मको आठौँ शतक हो ।

आजको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको रोयल्स च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ३ विकेट गुमाउदै १८३ रन बनाएको छ । योसँगै राजस्थान रोयल्सले १८४ रनको लक्ष्य पाएको छ । बैंगलुरुका लागि कोहलीले अविजित ११३ रन बनाए भने कप्तान फाफ डुप्लेसिसले ४४ रन बनाएका थिए ।

त्यसैगरी राजस्थान रोयल्सका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले एक विकेट लिएका थिए ।न्युज कारखाना

काठमाडौँ ।

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा नै १-० ले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो । म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुनेले २ गोल गरेका थिए भने रिको लुइस र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यसैगरी क्रिस्टल प्यालेसका लागि जीन फिलिप माटेटा र ओडसोने एडोउआर्डले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । सिटीको ३१ खेलमा ७० अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३० खेलमा ७० अंक नै छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी क्रिस्टल प्यालेसको भने ३१ खेलमा ३० अंक रहेको छ र लिगमा १४औँ स्थानमा रहेको छ ।न्युज कारखाना
 

बुटवल ।

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथन उपाधि बाग्लुङका तीर्थ पुन र महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् ।

पुनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरेका थिए । उनले उपाधिसँगै नगद ५ लाख रूपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै म्याराथन अन्तर्गत धावीका श्रेष्ठले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी छन् । विजेता श्रेष्ठले २ लाख नगद मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेकी छन् ।

त्यस्तै पुरुषतर्फ दुरी २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्का दोस्रो भए भने कर्णालीका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तेस्रो भएका थिए । उनीहरुले क्रमश ३ लाख र २ लाख रुपैयाँ पाए ।

त्यस्तै महिलातर्फ हाफ म्याराथनमा नेपाली सेनाकी पुर्णराज्यलश्रमी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्डमा दुरी पार गरेर तेस्रो भइन् । दोस्रो भएकी न्यौपानेलाई १ लाख ६० हजार तथा तेस्रो भएकी भण्डारीले १ लाख २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, चिनियाँ राजदूत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले पुरस्कार वितरण गरेका थिए ।न्युज कारखाना

काठमाडौँ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच यो खेल जयपुरमा हुदै छ । यो खेल नेपाल इसम्य अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

राजस्थान रोयल्सले यस सिजनमा खेलेका तिनै खेल जितेर ६ अंक हासिल गरेको छ भने रोयल च्यालेन्जर्स बैंगलुरुले भने ४ खेलमा एक मात्र जित हासिल गरेको छ भने तीन खेलमा हार बेहोरेको छ ।

राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट, दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको थियो भने चेन्नई सुपर किंग्स, कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टसँग हार बेहोरेको थियो ।

राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।

त्यस्तौ फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।  त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।    न्युज कारखाना

रियाद, २४ चैत ।

साउदी अरेबियाको सरकारले डब्ल्यूटीए फाइनलमा समलिङ्गी जोडीहरूलाई आफ्नो देशमा कोठा बाँड्न अनुमति दिएको छ।

 

महिला टेनिस संगठन (डब्ल्यूटीए) ले बिहीबार घोषणा गर्‍यो कि साउदी अरेबियाले विश्वका शीर्ष आठ खेलाडीहरूको सहभागितामा फाइनल प्रतियोगिता आयोजना गर्ने छ। यो कदमले टेनिसमा साउदी अरबको बढ्दो प्रभावलाई झल्काउँछ। साउदीले २०२४ देखि सुरु हुने तीन वर्षका लागि डब्ल्यूटीए फाइनल आयोजना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

 

डब्ल्यूटीए भेन्चर्सका प्रमुख कार्यकारी मरीना स्टोर्टीले टेलिग्राफ स्पोर्टलाई भनिन्, ‘हामीलाई साउदी अरेबियामा लिङ्ग वा धर्मको पर्वाह नगरी सबैलाई स्वागत गरिनेछ भन्ने आश्वासन दिइएको छ। यदि त्यहाँ रियादमा समलिङ्गी जोडीहरू छन् र तिनीहरू होटल कोठाहरू साझा गर्न चाहन्छन् भने, उनीहरूलाई त्यसो गर्न अनुमति दिइनेछ।’

 

‘यसको बारेमा कुरा गर्न गाह्रो छ,’ रियाद टुरमा खुला रूपमा समलिङ्गी खेलाडी डारिया कासत्किनाले भनिन्, जुन विषय गत गर्मीमा पनि आएको थियो। टेनिस लिजेन्ड्स क्रिस एभर्ट र मार्टिना नवरातिलोभाले जनवरीमा वाशिंगटन पोस्टमा लेखेका थिए कि ‘रियादमा प्रतियोगिता आयोजना गर्नु महिलाको खेलका लागि मात्र होइन, महिलाहरूको लागि पनि हानिकारक हुनेछ।’

 

समलिङ्गीहरूकाे मुद्दामा अनुदार भनेर अालाेचना भए पछि साउदीअरब पछिल्लाे समयमा लचिलाे भएकाे हाे । न्युज कारखाना

काठमाडौँ ।

साउदी प्रो लिग अन्तर्गत अल हिलालले आफ्नो अपराजित यात्रा जारी राखेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल खालीजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सालेह अलशेश्री र अब्दुल्लाह अल हामदानले एक एक गोल गरेका थिए ।

त्यस्तै अल खालीजका लागि मोहमद शेरिफले एक गोल गरेका थिए ।

यो जितपछि अल हिलालको २७ खेलमा २५ जित र २ बराबरीसहित अपराजित रहदै ७७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ ।

त्यसैगरी दोस्रो स्थानमा रहेको अल नासर २७ खेलमा ६५ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै अल खालीज भने २७ खेलमा ३४ अंकसहित नवौं स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौँ ।

साउदी प्रो लिग अन्तर्गत अल नासरले डामकलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले डामकलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा खेलको ९१औ मिनेटमा आयमेरिक लापोर्टेले निर्णायक गोल गरेका थिए । यस अघि लगातार दुई खेलमा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो यस खेलमा सब्सटिच्यूटको रुपमा मैदानमा आएका थिए ।

यो जितपछि अल नासरको २७ खेलमा ६५ अंक भएको छ र शिर्ष स्थानमा रहेको अल हिलालभन्दा १२ अंकले पछाडी रहेको छ ।

त्यसैगरी डामकको भने २७ खेलमा ३५ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।न्युज कारखाना

काठमाडौँ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १६५ रन मात्र बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदरावादको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ भने चेन्नईको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । यस अघि दिल्लीसँग हारेको चेन्नईको यो लगातार दोस्रो हार हो ।न्युज कारखाना

काठमाडौँ।

भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल बरोडासँग पराजित भएको छ ।

बरोडाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपाल १८.४ ओभरमा अलआउट हुदै ११९ रन मात्र बनाएपछि खेल ३७ रनले हारेको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।

यो खेलमा हार बेहोरेपनि नेपाल यसअघि नै फ्रेन्डसिप कपको फाइनलमा पुगिसकेको छ भने बरोडा प्रतियोगिताबाट बाहिरिएको छ । यस प्रतियोगितामा बरोडाको यो पहिलो जित हो ।

अब फाइनलमा नेपाल र गुजरात एसोसियसनको टिम आइतबार खेल्दै छन् ।न्युज कारखाना

काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ ।

शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया झिकाउन आदेश दिएको हो ।

यो मुद्दामा अदालतले झगडिया झिकाउन आदेश दिएपछि मुद्दा पुनरावलोकनको प्रक्रिया शुरु भएको छ ।  मुद्दाको अर्को पेशी ३ वैशाखका लागि तोकिएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।