२०८३ जेष्ठ ११
२०८३ जेष्ठ ११

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।

आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा सनराइजर्सले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ । १० अंकसहित सनराइजर्स पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी राजस्थान रोयल्स भने ९ खेलमा ८ खेल जितेर अंक तालिकामा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स अभिषेक शर्मा टी नटरञ्जन, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता विदेशी खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।

त्यसैगरी यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियान पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।
न्युज कारखाना

काठमाडौँ । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । २ खेलको प्रतिबन्धपछि खेलमा फर्किएका रोनाल्डोले दुई गोल गर्दै अल नासरलाई फाइनलमा पुर्याएका हुन् । त्यस्तै अल नासरको लागि अर्को गोल साडियो मानेले गरेका थिए ।

त्यसैगरी अल खालीजका लागि एक गोल फवाज टोराल्सले गरेका थिए ।

यस अघि पहिलो सेमिफाइनलमा अल हिलालले अल इतिहादलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब किङ कपको फाइनल खेल मे ३१ मा हुने छ र फाइनलमा अल नासर र अल हिलाल भिड्ने छन् । अल हिलाल किङ कपको डिफेन्डिङ च्याम्पियन समेत हो । न्युज कारखाना

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि चेन्नईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

यो यस सिजनमा पञ्जावको चौथो जित हो । १० खेलमा ४ जित र ६ हारसहित पञ्जाव ८ अंक हासिल गरेर सातौं स्थानमा रहेको छ ।

त्यसैगरी चेन्नईको भने यो यस सिजनमा पाँचौं हार हो । १० खेलमा ५ जित र ५ हार बेहोरेको चेन्नई १० अंकसहित चौथो स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराह्न्न १२: १५ बजेदेखि शुरु हुने छ ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडी रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

नेपालले सिरिजको पाँचौं तथा अन्तिम खेल मे ४ मा हुने छ ।   न्युज कारखाना

काठमाडौँ । ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इलियासको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । ओमानले विश्वकपमा जिशानको ठाउमा इलियासलाई कप्तान बनाएको छ ।

विश्वकप खेल्ने ओमानको टोलीमा आकिब इलियास (कप्तान), जिशान मकसुद, कश्यप प्रजापति, प्रतीक आठवले (विकेट), अयान खान, शोएब खान, मोहम्मद नदीम, नसीम खुशी (विकेट), मेहरान खान, बिलाल खान, रफिउल्लाह, कलीमुल्लाह, फय्याज बट, शकील अहमद रहेका छन् । त्यस्तै रिजर्व खेलाडीमा जतिन्दर सिंह, समय श्रीवास्तव, सुफयान महमूद र जय ओडेद्रा रहेका छन् ।

ओमान  विश्वकपको समुह बी मा रहेको छ । यस समुहमा ओमानसहित इङल्याण्ड, अस्ट्रेलिया, नामिबिया र स्कटल्याण्ड रहेका छन् ।

ओमानले पहिलो खेल जुन २ मा नामिबियासँग खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुदै १५१ रन बनाएको थियो ।

नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए ।

त्यसैगरी वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको थियो ।

वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् ।

त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।

वेस्ट इन्डिज ए ले यो जितपछि ५ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुने छ ।न्युज कारखाना

 

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २० रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्शले आउट गरेका हुन् ।

यस अघि विनोद भण्डारी १९, अनिल शाह १४, लोकेश बम २८, अरिफ सेख ३  रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले १२ ओभरमा ५ विकेट गुमाएर ९८ रन बनाएको छ ।
न्युज कारखाना

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ सेख ३ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्श ले आउट गरेका हुन् ।

यस अघि विनोद भण्डारी १९ र अनिल शाह १४ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ९.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका विनोद भण्डारी१९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।

सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् ।

त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।