काठमाडौँ । शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब ललितपुर मेयरर्स कप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार भएको खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई ८ विकेटले पराजित गर्दै एफिएफ एक खेलअघि नै फाइनलमा पुगेको छ ।
यस खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य पछाएको एपिएफले ९.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ७१ रन बनाएको थियो ।
एपिएफले ३ खेलमा सबैखेल जितेर ६ अङ्कसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले २ खेलमा ४ अङ्क बटुलेको छ भने ललितपुरको ३ खेलमा २ अङ्क रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेश २-२ खेल खेलेर अङ्कविहीन रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न समिति गठन गरेको छ । क्यानले दुई बर्ष कार्यकाल रहेका पाँच समिति गठन गरेको हो ।
क्यानले दिवाकर घलेको संयोजकत्वमा प्रतियोगिता समिति, सुदीप शर्माको संयोजकत्वमा अनुशासन समिति, धिरेन्द्र सावदको संयोजकत्वमा विकास समिति, विक्रम विष्टको संयोजकत्वमा प्राविधिक समिति र प्रदिप मझगैयाको संयोजकत्वमा महिला क्रिकेट विकास समिति बनाएको हो । न्युज कारखाना
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी लिगको उपाधि जित नजिक पुगेको छ ।
म्यानचेस्टर सिटीको जितमा दुवै गोल इर्लिंग हालाण्डले गरेका थिए । अब लिगको अन्तिम खेलमा जित हासिल गरेमा यस सिजनको लिगको उपाधि म्यानचेस्टर सिटीले जित्ने छ ।
म्यानचेस्टर सिटीले अब अन्तिम खेल आगामी मे १९ मा वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ ।
म्यानचेस्टर सिटीको यो जितपछि लिगमा ३७ खेलमा ८८ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अंक रहेको छ ।
त्यसैगरी यो हारपछि टोटनह्याम आउदो सिजनमा च्याम्पियन्समा छनौट हुन असफल भएको छ । टोटनह्यामको ३७ खेलमा ६३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ । आउदो सिजनका लागि म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुने छ । आज राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच खेल हुदै छ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ । ८ खेल जितेको राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रहेको छ र यस खेलमा जितले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ ।
त्यसैगरी पञ्जाव किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाव अहिलेसम्म १२ खेलमा ८ अंक हासिल गर्दै पुछारमा रहेको छ ।
यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियान पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।
त्यस्तै पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण टिम बाहिर रहेका छन् र उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन् । पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो । न्युज कारखाना
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ । गएराती सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो ।
विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालका लागी ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ र दीपेन्द्र सिंह ऐरीले २५ बलमा अविजित ५२ रन बनाएका थिए । त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहेका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।
विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्नेछ । नेपालले अब १६ मेमा दोस्रो र १८ मे मा तेस्रो अभ्यास खेल खेल्ने छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।
दिल्लीले दिएको २०९ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ९ विकेट गुमाउदै १८८ रन मात्र बनाएको थियो । यस अघि दिल्लीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
योसँगै दिल्लीले यस सिजनका लिग चरणका सबै १४ खेल खेलेको छ । दिल्ली १४ खेलमा १४ अंकसहित अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । प्लेअफको सम्भावना भने अब अन्य टिमको नतिजामा भर पर्ने छ । अहिलेसम्मको अंक तालिका अनुसार दिल्ली प्लेअफबाट बाहिर रहेको छ ।
त्यसैगरी लखनउको यो हारपछि प्लेअफको सम्भावना कठिन बनेको छ । लखनउको १३ खेलमा १२ अंक रहेको छ । लखनउले अब अन्तिम खेल आगामी शुक्रबार मुम्बई इण्डियन्ससँग खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना
पर्सा १ जेठ । पर्साको छिपहरमाई गाउँपालिकास्तरीय मेयर कप २०८१ टी– २० क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । छिपहरमाई गाउँपालिकाको सहयोग र युवा समाज भिस्वा क्रिकेट कल्बको आयोजनामा भएको सो मेयर कप टी– २० क्रिकेट प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा बिजेता उपबिजेता हरुलाई नगद र सिल्ड बितरण गरिएको थियो। अाज को फाईनल खेलमा बिन्दबासनी गाउँपालिका क्रिकेट कल्बले बिजेता घोसित भएको थियोे भने पकहामैनपुर गाउँपालिका क्रिकेट कल्ब उपबिजेता भएको थियो। पकहामैनपुर क्रिकेट कल्बले पहिलो टस जितेर बैटिंग रोजी १९ अोभर अवल बिकेट गुमाउदै १२४ रन बनाएको थियो। भने प्रतिउतरमा उतरेको बिन्दबासनी क्रिकेट कल्ब ले १४ अोभर ५ बलमा ५ बिकेट गुमाउदै १२५ रन बनाएर बिजेता घोषित भएको थियो।बिजेता टिम लाई ३१ हजार नगद र सिल्ड गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानुले बितरण गर्नु भएको थियो।उपबिजेता लाई नगद २१ हजार र सिल्ड वडा अध्यक्ष मौजीलाल साह कानुले बितरण गर्नु भएको थियो। मैन अफ दि टफिक बिन्दबासनी का प्रबिन कुमार ले २४ बल मा ३६ रन बनाएको ले नगद र टफिक बितरण गरिएको थियो भने मैन अफ दि सिरिज पकहामैनपुर का बिजय कुमार ले खेल भरि मा १०६ रन सात बिकेट लिएर सिरिजघोषित भएको थियो । खेलमा ६ बिकेट लिएर शनि कुमार ले यिनर भएको थियो। सबैजना हरु लाई नगद ,टफि र खेलाडी हरु लाई मेडल बितरण गरिएको थियो। प्रमुख अतिथि रहनु भएकि गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु ले बिजेता टिम लाई नगद ,सिल्ड बितरण गर्दै भनिन अाउने दिन मा युवाहरुलाई खेलकुदमा रुचि देखिएको र अाउने दिन मा युवा हरु को उतसाह बढाउन गाउँपालिका बाट सहयोग गरिने बताईन। गाउँपालिका– ५ भिस्वामा रहेको खेलमैदानमा भएको मेयर कप टी– २० क्रिकेट प्रतियोगिता गाउँपालिका वडा नं ५ भिस्वाका वडाध्यक्ष मौजीलाल साह कानुको अध्यक्षतामा भएको खेल मा नेपाली कांग्रेस का नेता किशोरी साह कानु, वडाअध्यक्ष दिपेन्द्र सिंह,बिअोपी भिसणवा का प्रमुख दिपक राज बस्नेत,भिस्वा चौकी का प्रमुख सुरेन्द्र ,शिक्षक प्रभु गिरी, सुरेश साह, स्वास्थ्य संयोजक शनि कुमार साह, कार्यपालिका सदस्य, महिला, सदस्य, शिक्षकलगायतको सहभागिता रहेको थियो । उक्त मेयर कप टी– २० क्रिकेट प्रतियोगितामा ८ वटा टिमले भाग लिएको आयोजक मनोज पटेलले जनाएका छन् ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
नेपाली टिम
गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत ।
डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ ।
मिडफिल्डरः भरत खवास, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ ।
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।
नेपालले युएईसँग आगामी जुन ६ मा खेल्ने तालिका रहे पनि यो खेल कहाँ हुन्छ भन्ने बारे स्पष्ट रहेको छैन । नेपालमा हुनुपर्ने यो खेल दशरथ रंगशालाको भौतिक संरचना राम्रो नभएको भन्दै एसीसीले रंगशालामा खेल खेलाउन उपयुक्त नभएको रिपोर्ट दिएपछि अन्योलता बढेको हो । नेपालले यसअघि बहराइनविरुद्धको होम खेल बहराइनमै खेलेको थियो ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि बंगलादेशले नजमुल हुसेन शान्तोको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
बंगलादेशको विश्वकप खेल्ने टिम- नजमुल हुसेन शान्तो (कप्तान), तस्किन अहमद, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, शकिब अल हसन, तौहिद ह्रिदोय, महमुदुल्लाह रियाद, जाकेर अली अनिक, तनवीर इस्लाम, शाक महेदी हसन, रिशाद हुसेन, मुस्ताफिजुर रहमान, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम र तान्जिम हसन साकिब । त्यस्तै टिमको साथ जाने रिजर्भ खेलाडीमा अफिफ हुसेन र हसन महमुद रहेका छन् ।
विश्वकपमा बंगलादेश समुह डी मा रहेको छ । यस समुहमा बंगलादेशसहित नेपाल, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
बंगलादेशले विश्वकपमा आफ्नो पहिलो खेल जुन ७ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।
काठमाडौँ । नेदरल्याण्डसले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेदरल्याण्डसले स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेदरल्याण्ड्सको विश्वकप खेल्ने टिम: स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डे लीडे, डेनियल डोरम, फ्रेड क्लासेन, लोगान भ्यान बेक, म्याक्स ओ’डाउड, माइकल लेविट, पल भ्यान मिकेरेन, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह , भिभ किन्ग्मा, वेस्ले बारेसी । त्यस्तै रिजर्भ खेलाडीको रुपमा काइल क्लेन रहेका छन् ।
टी-२० विश्वकपमा नेदरल्याण्डस नेपाल रहेको समुह डी मै रहेको छ । यस समुहमा नेदरल्याण्डस र नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका रहेका छन् । नेदरल्याण्डसले विश्वकपमा आफ्नो पहिलो खेल जुन ४ मा नेपालसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना