काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले एनवाइ रेड बुल्सलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले एनवाई रेड बुल्सलाई ६-२ गोल अन्तरले पराजित गरको हो ।
इन्टर मियामीको जितमा लुइस स्वरेजले ह्याट्रिक गरेका थिए । त्यस्तै यस खेलमा माटियास रोजासले २ तथा लियोनेल मेसीले एक गोल गरेका थिए । त्यस्तै यस खेलमा मेसीले ५ गोल असिस्ट गरेका थिए । त्यस्तै रेड बुल्सका लागि दान्टे फोर्सबर्ग र एमिल फोर्सबर्गले एक एक गोल गरेका थिए ।
यो जितपछि लिगको इस्टर्न कन्फेरेन्समा इन्टर मियामीको १२ खेलमा २४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै एनवाई रेड बुल्सको ११ खेलमा १७ अंक रहेको छ र चौथो स्थानमा छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज आपिएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपरकिंग्सबीच हुदै छ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी आइपिएलमा पञ्जाव किंग्सले १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंकसहित पञ्जाव छैटौं स्थानमा रहेको छ । त्यसैगरी चेन्नईले भने १० खेलमा ५ जित र ५ हार बेहोरेको छ । १० अंकसहित चेन्नई अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
त्यसैगरी दोस्रो खेल लखनउ सुपर जाइन्ट र कोलकोता नाइट राइडर्सबीच हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा लखनउले १० खेलमा ६ जित र ४ हार बेहोरेको छ । १२ अंकसहित लखनउ अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै कोलकोताले १० खेलमा ७ जित र ३ हार बेहोरेको छ । १४ अंकसहित कोलकोता दोस्रो स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६-० गोल अन्तरले अपराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक एक गोल गरेका थिए ।
रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन् ।
योजितसँगै अल नासरको ३० खेलमा ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस सिजनमा अल हिलाल अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल वेहडाको भने ३० खेलमा ३२ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । लिगमा चार खेल अघि नै रियल म्याड्रिड ला लिगाको उपाधि जितेको हो ।
गएराती सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेसँगै रियल म्याड्रिडको लिगको उपाधि जित सुनिश्चित भएको हो ।
गएराती नै सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० ले पराजित गरेको थियो ।
ला लिगामा रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको जिरोनाको ३४ खेलमा ७४ अंक रहेको छ ।
४ खेल खेल्न बाँकी हुदै रियल म्याड्रिडले १३ अंकको अग्रता बनाएपछि जित सुनिश्चित बनेको हो ।
योसँगै रियल म्याड्रिडले ३६ पटक ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिड सबैभन्दा बढी पटक ला लिगाको उपाधि जित्ने क्लब हो । उसले पछिल्लो पटक २०२१-२२ सिजन जितेको थियो ।
त्यस्तै बार्सिलोनाले अहिलेसम्म २७ पटक यो उपाधि जितेको छ भने एटलेटिको म्याड्रिडले ११ पटक लिग जितेको छ ।
न्युज कारखाना
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले काडिजमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ३-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा ब्राहिम डियाज, जुडे बेलिङघम र जोसेलुले एक एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ र अब लिगको यस सिजनको उपाधि जितको नजिक पुगेको छ ।
त्यस्तै काडिजको ३४ खेलमा २६ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ , वैशाख २३ गते ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्सले गुजरातलाई ४ विकेटले पराजित गरेको हो ।
गुजरातले दिएको १४८ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १३.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस अघि गुजरातले टस हारेर पहिला ब्याटिंग गर्दै १९.३ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ११ खेलमा ४ जितसहित ८ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको भने यो सातौं हार हो । ११ खेलमा ८ अंक रहेको गुजरात नवौं स्थानमा झरेको छ ।
काठमाडौँ । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।
कप्तान रोहितले यस सिरिजमा सर्बाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक बनाएका थिए ।
त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको बेस्ट बलर बनेका छन् ।
५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३-२ ले जितेको छ ।
न्युज कारखाना
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।
नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।
वेस्ट इन्डिज ए का लागि एलिक एथानाजले सर्बाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३-३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।
योसँगै वेस्ट इन्डिज ए ले ३-२ ले टी-२० सिरिज जितेको छ । योसँगै नेपाली क्रिकेट टिम विश्वकपका लागि आइतबार अमेरिकातर्फ प्रस्थान गर्ने तालिका रहेको छ । न्युज कारखाना
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ ।
नेपाली बलर सागर ढकालले तिनै विकेट लिएका हुन् । सागरले वेस्ट इन्डिज ए का जोन्सन चार्लेज, कडीम एलेयन र मार्क डेयाललाई आउट गरेका हुन् ।
टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले यो समाचार तयार गरुन्जेल ८ ओभरमा ३ विकेट गुमाएर ६५ रन बनाएको छ । न्युज कारखाना
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ए ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ए ले जितेको थियो ।
यस खेलमा नेपालले दुई परिवर्तन गरेको छ । आजको खेलमा गुलशन झा र ललित राजबंशीको ठाउमा सागर ढकाल र अनिल शाहलाई टिममा समावेश गरिएको छ ।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र सागर ढकाल रहेका छन् । न्युज कारखाना