२०८३ जेष्ठ ९
२०८३ जेष्ठ ९

 

सागर संगम ठाकुर, रौतहट, असार २३ गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरीमा वडा अध्यक्ष वीरबहादुर साहले धार्मिक गतिविधि तथा युवाहरूको खेलकुदप्रतिको उत्साहलाई सम्मान गर्दै विविध सामग्रीहरू वितरण गरेका छन् ।

सोमबार आफ्नो निजी निवासमा आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष साहले ब्रह्मबाबा राम जानकी मठका पुजारी उपेन्द्र साहलाई धार्मिक कार्यक्रम सञ्चालनमा सहजता ल्याउने उद्देश्यले साउण्ड सिस्टम हस्तान्तरण गरेका हुन् । साथै, स्थानीय युवाहरुलाई क्रिकेट खेलका लागि आवश्यक खेलकुद सामग्रीसमेत प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष साहले समाजको समुचित विकासका लागि धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा युवाको शारीरिक र मानसिक विकास दुवै महत्वपूर्ण रहेको बताए । “सबैको भावना र आवश्यकतालाई ध्यानमा राख्दै यो सामग्री वितरण गरिएको हो,” अध्यक्ष साहले बताए ।

वडा अध्यक्ष साहको यो पहललाई स्थानीयवासीहरूले सकारात्मक रुपमा लिँदै प्रशंसा गरेका छन् । धार्मिक सद्भाव र युवाको मार्गदर्शनमा उनले देखाएको सक्रियतालाई स्थानीयले अनुकरणीय भनेका छन्। साह वडा अध्यक्षमा निर्वाचित भएयता जनमुखी कार्यहरूमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

अर्थिक वर्ष २०८१/८२ मा वडा स्तरीय योजनाअन्तर्गत करिब ३२ लाख रुपैयाँको लागतमा टोलटोलमा नाला निर्माण, सडक ढलान र ग्राभेलको काम सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ ।

विभिन्न समयमा वडाबासीलाई प्रदान गरिएका सेवा तथा सहयोगले समाजमा मेलमिलाप र धार्मिक सहिष्णुता प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। साथै, खेलकुदमार्फत युवालाई गलत मार्गतर्फ जानबाट रोक्न र उनीहरूलाई सकारात्मक दिशामा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कामरेन्द्र वर्मा,काठमाडौं, २०८२ जेठ २५ गते ।  काठमाडौंस्थित भारतीय राजदूतावासले आयोजना गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिता २०२५ भव्यताका साथ सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जेठ १७ देखि २५ गतेसम्म चलेको प्रतियोगिताको पहिलो संस्करणले खेलकुद र कूटनीतिक मैत्रीलाई सुदृढ बनाउने महत्वपूर्ण भूमिका खेलेको आयोजक पक्षले जनाएको छ ।

प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासंघ, विभिन्न कर्पोरेट संस्था तथा नेपालमा रहेका भारतीय समुदायका प्रतिनिधित्व गर्ने टोलीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, बेलायती राजदूत र परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारीको उपस्थिति रहेको थियो ।

एक हप्तासम्म चलेको मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलपछि जेठ २५ गते भएको रोमाञ्चक फाइनल म्याचमा भारतीय दूतावासको टोलीले भारतीय डायस्पोरा टोलीलाई पराजित गर्दै विजेता बन्यो । फाइनलपछि आयोजित ट्रफी वितरण समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

त्यसै दिन साँझ प्रतियोगिताको सफलताको अवसरमा आयोजित रिसेप्सन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू, क्यान अध्यक्ष, कूटनीतिक समुदाय र सहभागी टोलीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

समारोहमा भारतीय राजदूत श्रीवास्तवले तीन जना यू–१९ नेपाली क्रिकेट खेलाडीहरुलाई क्रिकेट किट हस्तान्तरण गर्नुका साथै “राजदूत क्रिकेट फेलोशिप” कार्यक्रमको सुरुवातको घोषणा गर्नुभयो । उक्त फेलोशिप अन्तर्गत नेपालका दुई युवा क्रिकेटरहरुले भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरुमा छोटो अवधिको प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् ।

यो प्रतियोगिता भारत र नेपालबीचको खेलकुद सहयोगलाई अझ मजबुत बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो । भारतीय राजदूतावासले नेपालमा क्रिकेट विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

आरके श्रीवास्तव,राैतहट,०१ गते जेठ । 

मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव( जितेन्द्र) को प्रमुख आतिथ्यमा सम्पन्न ‘जय नेपाल कप टि २० अन्तरकलेज क्रिकेट प्रतियोगिता’ को उपाधि सिन्धुरेघारी मल्टिपल क्याम्पस,चपुरले हात पारेको छ । बैशाख २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलमा सिन्धुरेघारीले मध्य रौतहट मल्टिपल क्याम्पस, गरुडालाई ६८ रनले पराजित गर्दै उपाधि चुमेको हो ।

फाइनल खेलमा सिन्धुरेघारी क्याम्पसले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको मध्य रौतहट क्याम्पस १०.२ ओभरमै ६३ रनमा सिमित रहँदै अलआउट भयो ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि रहेका अर्थमन्त्री यादवले भने, “खेलकुद युवामा अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने माध्यम हो । यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेल प्रतिभालाई उजागर गर्न सहयोग गर्छन् ।” उनले सरकार खेल पूर्वाधारको विकास र स्थानीय स्तरमा यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता पनि जनाए ।

अर्थमन्त्री यादवले सिन्धुरेघारी क्याम्पसलाई ऐतिहासिक जितका लागि बधाई दिँदै पराजित टिमलाई पनि उत्साहजनक प्रदर्शनका लागि धन्यवाद दिए । उनले आयोजक नेपाली काँग्रेस बिद्यार्थी विभाग राैतहटलाई सफल व्यवस्थापनका लागि प्रशंसा गर्दै यस्तो प्रतियोगिता हरेक वर्ष आयोजना गरिनुपर्ने धारणा राखेका थिए ।

जय नेपाल कपको पहिलो संस्करणमै देखिएको उत्साह र प्रतिस्पर्धात्मक खेलले यस प्रतियोगिताको दीर्घकालीन सम्भावना उजागर गरेको छ ।

फाेटाे फिचर:

काठमाडौं  – भारत र पाकिस्तानबीच जारी तनावका कारण भारतीय क्रकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित गरेको छ ।

बीसीसीआईले एक विज्ञप्तिमा भनेको छ, ‘आईपीएल गभर्निङ काउन्सिलले अधिकांश फ्रेन्चाइजहरूको प्रतिनिधि, खेलाडीहरूको चासो, प्रसारक, प्रायोजक र समर्थकहरूको धारणा र सुरक्षाका विषयमा मध्य नजर गरेर सबै सरोकारवालासँगको छलफलपछि यो निर्णय लिइएको हो ।’

बीसीसीआईले सुरक्षाबलको तयारी र क्षमतामा पूर्ण विश्वास राखे पनि सबै सरोकारवालाको साझा हितलाई ध्यानमा राखेर यो निर्णय लिएको बताएको छ ।

विहीबार धर्मशालामा भएको पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि उक्त क्षेत्रमा रहेका खेलाडी, कर्मचारी र सञ्चारकर्मीलाई सुरक्षित स्थानमा सारिने तयारी गरिएको थियो । धर्मशाला कश्मीर नजिकैको संवेदनशील क्षेत्र हो ।

‘परिस्थितिको पूर्ण मूल्यांकनपछि सरोकारवाला निकायहरूसँगको समन्वयमा नयाँ तालिका र स्थानबारे सूचना सार्वजनिक गरिने,’ बीसीसीआईले जनाएको छ।

आईपीएल २३ मेसम्म चल्ने तालिका थियो । आइपिएलमा कुल १६ खेल बाँकी छन् ।‌

पाकिस्तानले हिजो ड्रोन र मिसाइलमार्फत आफ्ना तीन वटा सैन्य बेसमाथि आक्रमण गरेको आरोप भारतले लगाएको छ। जुन पाकिस्तानले अस्वीकार गरेको छ । मंगलबार साँझ भारतले “अप्रेशन सिन्दूर” नामक सैन्य कारबाही सुरु गरेपछि स्थिति झन तनावपूर्ण बनिरहेको छ ।‌ सभार हाम्रो खेलकुद

आरके श्रीवास्तव,गरूडा,२४ गते वैशाख ।
रौतहटको चन्द्रपुर–८ बेतौनास्थित कोटिहोम क्रिकेट मैदानमा जारी ‘जय नेपाल कप’ अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा कटहरिया बहुमुखी क्याम्पसकाे टिम विजयी भएको छ ।


आज भएको खेलमा कटहरियाको टिमले केवल रामसुरत बहुमुखी क्याम्पसलाई ४ विकेटले पराजित गरेको हो । टस जितेर बलिङ गर्ने निर्णय लिएको कटहरियाले १९.१ ओभरमै प्रतिद्वन्द्वी टिमलाई ११५ रनमा अलआउट गरेको थियो । जवाफी ब्याटिङमा कटहरियाले १७ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पछ्याउँदै जित दर्ता गर्याे ।


कटहरियाका मुस्ताक आलमले ३० बलमा ४२ रनको आक्रामक पारी खेल्दै टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उत्कृष्ट प्रदर्शनका लागि आलमलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएकाे थियोे ।
कटहरियाका कप्तान संजीव अधिकारीले टिमलाई उत्कृष्ट रणनीति र समन्वयमा अगाडि बढाएका थिए । कप्तान ठाकुरको शान्त स्वभाव र निर्णय क्षमताले टिमको प्रदर्शनमा महत्त्वपूर्ण योगदान दिएको हो । उनले क्षेत्ररक्षण र बलिङ परिवर्तनमा चातुर्य देखाउँदै विपक्षी टिमलाई दवावमा राखेका थिए ।
जितपछि क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले टिमका सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै आगामी खेलहरूका लागि शुभकामना व्यक्त गरेका छन् । लेखाप्रमुख रामनिवास यादवले पनि खेलाडीहरूको हौसला अभिवृद्धि गरेका छन् ।
प्रतियोगितामा जिल्लाका ६ वटा क्याम्पस टिमहरूको सहभागिता रहेको छ । कटहरियाको आगामी खेल गाैरीशंकर यादव रौतहट क्याम्पससँग बिहीबार हुने कार्यक्रम छ।

आरके श्रीवास्तव,राैतहट,२४ गते वैशाख । 

नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा चन्द्रपुर–८ बेतौनास्थित कोटिहोम क्रिकेट मैदानमा ‘जय नेपाल कप’ अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाका विभिन्न ६ क्याम्पस सहभागी प्रतियोगितामा कटहरिया बहुमुखी क्याम्पसले पनि आफ्नो सहभागिता जनाएको छ ।

आज दिउँसो १ बजे कटहरिया बहुमुखी क्याम्पस र केवल रामसुरत क्याम्पस सिमराभवानीपुरबीच प्रतिस्पर्धा हुनेछ । आज कटहरिया बहुमुखी क्याम्पसकाे प्रांगणमा खेल प्रारम्भअघि एक सानो कार्यक्रमका बीच क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले खेलाडीहरूलाई पोशाक वितरण गर्दै शुभकामना व्यक्त गरेका छन् ।

“खेलकुद शारीरिक विकास मात्र होइन, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकासको मूल आधार हो,” प्रमुख यादवले मन्तव्य दिँदै भने, “हामी हाम्रो क्याम्पसका खेलाडीहरूलाई पूर्ण समर्थन र हौसला दिन्छौं। यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई एकता र सहकार्य सिकाउने अवसर दिन्छ।”

उक्त कार्यक्रममा लेखा प्रमुख रामनिवास प्रसाद यादव र प्रअ जगरनाथ प्रसाद पटेलको पनि उपस्थिति रहेको थियो । प्रतियोगिता भरि विभिन्न क्याम्पसका टिमहरूबीच मैत्रीपूर्ण तर प्रतिस्पर्धात्मक खेल देखिने अपेक्षा गरिएको छ ।

क्याम्प प्रमुख यादवले खेलाडीहरूलाई अनुशासन र खेल भावना कायम राखी उत्कृष्ट प्रदर्शन गर्न शुभकामना पनि व्यक्त गरेका छन् ।

बज्जिकाञ्चल संवाददाता,काठमाडौं,१८ गते वैशाख । २०८२

चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को प्लेअफ दौडबाट बाहिरिएको छ। बुधबार पञ्जाब किङ्ससँग ४ विकेटले पराजित भएपछि चेन्नई ४ खेल अगावै प्रतियोगिताबाट लगभग बाहिरिएको हो।

यो सिजन चेन्नईका लागि निराशाजनक रह्यो। पञ्जाबसँगको हारपछि उसले १० खेलमा आठौं हार बेहोर्यो। पञ्जाबले भने छैटौं जित निकाल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

चेन्नईले दिएको १९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। कप्तान श्रेयस अय्यरले सर्वाधिक ७२ रन बनाएर जितको आधार तयार गरे। ओपनर प्रभसिमरन सिंहले ५४ रन, प्रियान्श आर्या र शशांक सिंहले समान २३ रन बनाए।

चेन्नईका बलरमध्ये मथिसा पथिराना र खलील अहमदले २-२ विकेट लिँदा नूर अहमद र रविन्द्र जडेजाले १-१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ थालेको चेन्नईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो। कुनै समय २०० रन नजिक देखिएको चेन्नई अन्त्यतिर लगातार विकेट गुमाउँदा ४ बल अगावै अलआउट भयो।

साम करानले सर्वाधिक ८८ रनको योगदान दिए भने डेवाल्ड ब्रेभिसले ३२, रविन्द्र जडेजाले १७ रन बनाए। १८औं ओभरमा करान आउट भएपछि क्रिजमा आएका एमएस धोनीले एक चौका र एक छक्का प्रहार गरे तर चहलको बलमा क्याचआउट भए।

त्यसपछि चहलले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले ४ ओभरमा २९ रन दिँदै ४ विकेट लिए। अर्शदीप सिंह र मार्को यानसेनले २-२ तथा हरप्रीत ब्रार र अजमतुल्लाह ओमरजाइले १-१ विकेट लिए।

जितसँगै पञ्जाब १० खेलमा १३ अंकसहित दोस्रो स्थानमा पुगेको छ। चेन्नई भने १० खेलमा ४ अंक मात्र जोड्दै अंकतालिकाको पुछारमा रहेको छ।

आरके श्रीवास्तव,राैतहट,०९गते वैशाख  ।

राैतहट प्रिमियर लिग (आरपिएल) मा साेमबार गुजरा राइडर्सले जित निकालेसँगै फाइनलमा प्रवेश गरेको छ । गाैर वारियर्स विरूद्व उसले आफनाे जित निकालेको हाे ।

टस जितेर पहिले ब्याटिङ गरेको गाैर वारियर्सले निर्धारित २० ओभर पनि खेल्न पाएन । उसले १९ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाई १ सय १८ रनकाे याेगफल तयार पार्न सफल भएको थियोे ।

जवाफी ब्याटिङमा उत्रेको गुजरा राइडर्सले १९ ओभर २ बलमा ८ विकेटकाे क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियो ।

खेलमा राइडर्सका खेलाडी ईस्तेयाक आलम मैन अफ दि मैच घाेषित भएका थिए । आज दिउँसो १ बजे राैतहट प्रिमियर लिगकाे फाइनल तराई टाइगर गरुडा र गुजरा राइडर्सको बिचमा हुने राैतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।

आज हुने फाईनल खेलमा पनि गुजरा राइडर्सले राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको टिमका माली साबिर हुसेनले बताएका छन् ।

फाईनल खेदमा ५ वटै टिमका मालिक, सम्पुर्ण खेलप्रेमी, राजनीतिक दल,संचारकर्मी,  नागरिक समाज लगायत समस्त जिल्लावासीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरिएको छ ।

 

जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी थिए । जसमा गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स रहेका छन् ।

सागर संगम ठाकुर,रौतहट,वैशाख ०४ गते।
रौतहटको धरहरिमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा टिकुलिया टिमले जित हाथ परेका छन। देवाहीगोनाही नगरपालिकाको आयोजनामा मंगलवारदेखि सुरु भएको प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबार देवाही गोनाही-५ टिकुलिया र वडा नं-२ लक्ष्मीनिया टीम बिच भएको खेलमा टिकुलिया टिमले ७ विकेटले लक्ष्मीनिया टिमलाई पराजित गर्दै शानदार जित हाथ परेको छ ।

श्री जय किसान माध्यमिक विधालय धरहरीको खेल मैदानमा आयोजित मेयर कप २०८२ को यस प्रतियोगितामा बिहीबार भएको खेलमा टिकुलिया टिमले टॉस जितेर लक्ष्मीनिया टीमलाई पहिले ब्याटिंग गर्न निम्तो दिएको थियो । निर्धारित २० ओभरको खेलमा मौसम अनुसार १४ ओभरमा दुबै टिमलाई सहमति गराई खेलाइएको खेलमा कुल ११ ओभर ४ बलमा लक्ष्मीनिया टिमले सबै विकेट गुमाउदै ३९ रन जोडन सफल भएका थिए। जवाफीमा व्याटिंग गर्न उत्रेका टिकुलिया टिमले ३ विकेट गुमाउदै १४ ओभरको खेलमा मात्र ३ ओभर ४ शानदार जीत हाथ परेका छन । आजको खेलमा ३ विकेट लिई, ९ रन बनाएर राम्रो पारी खेल्दै टिकुलिया टिमका निरज साह मैन ऑफ द मैच भएका छन।
नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएको यस प्रतियोगिताले खेलाडीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुने विश्वास गरिएको छ। साथै
प्रतियोगितामा प्रथम हुने टीमलाइ १५ हजार दोस्रो हुनेलाइ १० हजार पुरस्कार दिइने आयोजकले जानकारी गराएका हुन।

आरके श्रीवास्तव,राैतहट,०३ गते वैशाख  ।

राैतहट प्रिमियर लिग (आरपिएल) मा बुधबार गुजरा राइडर्सले तेस्रो जित निकालेको छ । कटहरिया बाेल्टस विरूद्व उसले आफनाे जित निकालेको हाे ।

टस जितेर पहिले ब्याटिङ गरेको गुजरा राईडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रनकाे याेगफल तयार पार्न सफल भएको थियोे ।

जवाफी ब्याटिङमा उत्रेको कटहरिया बाेल्टसले १६ ओभर ४ मा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्याे । अन्ततोगत्वा गुजरा राइडर्सले ६२ रनकाे जित निकालेको छ ।

खेलमा राइडर्सका खेलाडी प्रदिप पासवान मैन अफ दि मैच घाेषित भएका थिए । उनले २२ रन बनाउँदै नट आउट रहँदै ४ विकेट समेत लिएका थिए ।

मंगलबार पनि प्रतियोगितामा बलियो मानिएको तराइ टाइगर गरुडा विरुद्धको खेलमा गुजरा राइडर्सले विजयी हासिल गरेको थियोे ।

टस जितेर पहिले बैटिङ्ग गर्दै गुजरा राइडर्सले २० ओभरमा ८ विकेटको क्षतीमा १ सय  २८ रन बनाएको थियो  । जवाफी बैटिङ्गमा उत्रेको तराइ टाइगर गरुडाको टिमले १९ ओभर ३ बल खेल्दै सम्पूर्ण विकेट गुमाइ मात्र १ सय २० रन बनाउन सकेको थियो ।

यसरी ८ रनले गुजरा राइडर्स विजयी भएको थियोे । खेलमा ४९ रन र २ विकेट लिएका विशाल पटेलले मैन अफ द मैच घोषित भएका छन् ।

जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । जसमा गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स रहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।