काठमाडौँ । नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न जारी युरोकपको क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
नेदरल्याण्डसको जितमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए भने एक गोल टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए । त्यस्तै टर्कीका लागि एक गोल सामेल अकायदिनले गरेका थिए । १-० गोलले अगाडी रहेको टर्कीले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो । यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा टर्कीका बेर्टङ ओज्गर यिल्डिरिमले रातो कार्ड पाएका थिए ।
यो जितपछि नेदरल्याण्डसले अब सेमिफाइनलमा इङल्याण्डको सामना गर्ने भएको छ । त्यस्तै अर्को सेमिफाइनलआमा स्पेन र फ्रान्स खेल्ने भएका छन् । त्यस्तै यो हारसँगै टर्कीको युरोकप यात्रा समाप्त भएको छ । ्र्र्र्र्र्र्र्र्र्र्न्युज कारखाना
काठमाडौँ । इङल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्वीजरल्याण्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए ।
यस अघि निधारित ९० मिनेटको खेलमा खेलको ७५औं मिनेटमा स्वीजरल्याण्डका ब्रील एम्बोलोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औं मिनेटमा इङल्याण्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए ।
यो जितपछि अब इङल्याण्डले सेमिफाइनलमा नेदरल्याण्डससँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् ।
यो हारसँगै स्वीजरल्याण्ड भने युरोकपबाट बाहिरिएको छ ।्र्र्र्र्र्र्र्र्र्र्न्युज कारखाना
काठमाडौँ । भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर हार्दिक पाण्डेय आइसीसीको टी-२० अलराउन्डरको वरियतामा शिर्ष स्थानमा उक्लिएका छन् ।
आइसीसीले बुधबार सार्बजनिक गरेको वरियतामा हार्दिक पाण्डेय अलराउण्डरको वरियतामा शिर्ष स्थानमा उक्लिएका हुन् । हार्दिकले विश्वकपमा गरेको प्रदर्शनको आधारमा दुई स्थान सुधार गर्दै शोर्ष स्थानमा उक्लिएका छन् ।
त्यस्तै श्रीलंकाका वानिन्दु हसरंगा यस सूचीमा दोस्रो स्थानमा छन भने अस्ट्रेलियाका मार्कोस स्टोइनिस तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै जिम्बाबेका सिकन्दर राजा चौथो, बंगलादेशका शकिब अल हसन पाँचौं स्थानमा र अफगानिस्तानका मोहमद नावी छैटौं स्थानमा पुगेका छन् । त्यस्तै अलराउन्डरको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी भने सातौं स्थानमा नै कायम रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । जारी कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो । क्वाटरफाइनलमा पुग्ने देशमा अर्जेन्टिना, ब्राजिल, इक्वेडर, भेनेजुएला, क्यानडा, कोलम्बिया, पानामा र उरुग्वे रहेका छन् ।
त्यस्तै चिली, पेरु, मेक्सिको, जमैका, अमेरिका, बोलिभिया, कोस्टा रिका र पराग्वे भने समुह चरणबाटै बाहिरिएका छन् ।
अब क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्ने छ भने भेनेजुएलाले क्यानडाको सामना गर्ने भएको छ । त्यस्तै कोलोम्बियाले पानामाको सामना गर्ने छ भने उरुग्वेले ब्राजिलको सामना गर्ने भएको छ ।
क्वाटरफाइनलका खेलहरु जुलाई ५ देखि शुरु हुने छन् । न्युज कारखाना
काठमाडौँ । पछिल्लो पटक च्याम्पियन मार्केटा भोन्ड्रोसोभा विम्बल्डन महिला एकलको पहिलो चरणमा पराजित भएकी छन् ।
विम्बल्डन महिला एकलमा डिफेन्डिङ च्याम्पियन मार्केटा भोन्ड्रोसोभा सेन्टर कोर्टमा पहिलो राउण्डमै बाहिरिएकी हुन् ।
योसँगै उनी विम्बल्डनको पहिलो चरणमा हार्ने ३० वर्षमा पहिलो महिला डिफेन्डिङ च्याम्पियन बनेकी छिन् ।
तीस वर्ष पहिले, १९९४ मा, पहिलो पटक, स्टेफी ग्राफलाई विम्बल्डनको उद्घाटन राउन्डमा लोरी म्याकनिलले पराजित गरेकी थिइन् ।
चेक गणतन्त्रकी २५ वर्षीया मार्केटा भोन्ड्रोसोभा विश्वको ८३औं वरियतामा स्पेनकी २१ वर्षीया जेसिका बोउजास माइनिरोसँग सोझो सेटमा पराजित भएकी छन् । मार्केटा भोन्ड्रोसोभा ६७ मिनेटसम्म भएको खेलमा माइनिरोसँग ६-४, ६-२ ले पराजित भइन्।न्युज कारखाना
काठमाडौँ । कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् ।
बुधबार बिहान सम्पन्न समुह चरणको अन्तिम खेलमा कोलम्बिया र ब्राजिल १-१ गोलको बराबरीमा रोकिएसँगै समुह डी बाट दुवै क्वाटरफाइनलमा पुगेका हुन् ।
यस खेलमा ब्राजिलले खेलको १२औं मिनेटमा राफिन्हाको गोलमा शुरुवाती अग्रता लिएपनि खेलको ४५औ मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोको गोलमा कोलम्बियाले बराबरी गरेको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।
यो बराबरीपछि समुह डी मा कोलम्बिया २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै ब्राजिलको ३ खेलमा एक जित र २ बराबरीसहित ५ अंक रहेको छ र दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ ।
समुह डी मा रहेका कोस्टा रिका र पराग्वे भने समुह चरणबाटै बाहिरिएका छन् ।
अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने भएको छ ।
न्युज कारखाना
काठमाडौँ । जारी युरोकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । राउण्ड १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो ।
क्वाटरफाइनलमा पुग्ने ८ देशमा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेदरल्याण्डस, टर्की, इङल्याण्ड र स्वीजरल्याण्ड रहेका छन् ।
राउण्ड १६ मा स्पेनले जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो भने जर्मनीले डेनमार्कलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो भने फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेदरल्याण्डसले रोमानियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै इङल्याण्डले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने स्वीजरल्याण्डले इटालीलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो ।
अब क्वाटरफाइनलमा स्पेनले जर्मनीको सामना गर्ने छ भने पोर्चुगलले फ्रान्सको सामना गर्ने छ । त्यस्तै नेदरल्याण्डसले टर्कीको सामना गर्ने छ भने इङल्याण्डले स्वीजरल्याण्डको समान गर्ने छ ।
अब क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुदै छन् ।न्युज कारखाना
काठमाडौँ । टर्की जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
टर्कीको जितमा मेरिह डेमिरलले दुवै गोल गरेका थिए । पहिलो मिनेटमै गोल गरेर शुरुवाती अग्रता दिलाएका डेमिरलले खेलको ५९औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै अस्ट्रियाका लागि माइकल ग्रेगोरिचले एक गोल फर्काएका थिए ।
यो जितपछि टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्डसको सामना गर्ने भएको छ भने अस्ट्रियाको युरोकप यात्रा समाप्त भएको छ । न्युज कारखाना
काठमाडौँ । नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
नेदरल्याण्डसको जितमा डोनयल मालेनले २ गोल गरेका थिए भने कोडी गाक्पोले एक गोल गरेका थिए ।
योसँगै नेदरल्याण्डस क्वाटरफाइनलमा टर्कीसँग खेल्ने भएको छ र यो खेल जुलाई ६ मा हुने छ । त्यसैगरी यो हारसँगै रोमानियाको युरोकप यात्रा सकिएको छ ।न्युज कारखाना
काठमाडौँ । उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् ।
मंगलबार बिहान सम्पन्न समुह चरणको अन्तिम खेलमा उरुग्वे र पानामाले आ-आफ्नो खेल जितेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका हुन् ।
उरुग्वेले आफ्नो समुह चरणको अन्तिम खेलमा अमेरिकालाई १-० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा खेलको ६६औ मिनेटमा माथियास ओलिभेराले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि उरुग्वेले समुह चरणका तिनै खेल जितेर समुह सी मा शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै समुह सी को आजै सम्पन्न अर्को खेलमा पानामाले बोलिभियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि पानामाले ३ खेलमा दुई जितसहित ६ अंक हासिल गर्दै समुह सी मा दोस्रो भएर क्वाटरफाइनलमा पुगेको छ ।
योसँगै समुह सी बाट अमेरिका र बोलिभिया प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब क्वाटरफाइनलमा उरुग्वेले समुह डी को उपविजेता र पानामाले समुह डी को विजेतासँग खेल्ने छ ।न्युज कारखाना