२०८३ जेष्ठ ९
२०८३ जेष्ठ ९

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल आज हुदै छ । दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ ।

यस खेलको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ । नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । फाइनल खेल बुधबार हुदै छ । न्युज कारखाना

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो ।

२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह  गर्दै आएका थिए ।

यस्तै भलिवलको मुख्य प्रशिक्षकमा जगदीस भट्ट नियुक्त भएका छन् । २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्ट १८ बर्ष देखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भए पछि भट्टलाई जिम्मेवारी दिईएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुबै जनालाई मुख्य प्रशिक्षमा नियुक्ति दिएका हुन् । नियुक्ति पत्र बुझाउदै घिसिङले सम्वन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गरे ।न्युज कारखाना

काठमाडौँ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले स्टार क्रिकेटर शकिब अल हसनलाई क्रिकेटका सबै फर्म्याटबाट तुरुन्तै हटाउनको लागि नोटिस प्राप्त गरेको छ । केही दिनअघि साकिबमाथि हत्यामा संलग्न भएको आरोप लागेको थियो । हालै बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्धको आन्दोलनमा ४०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

शकिबसहित हसिना पक्षका १४७ जनामाथि विद्यार्थीको हत्या गरेको आरोप छ । अगस्त ५ मा गोली लागेर विद्यार्थीको मृत्यु भएको थियो । विद्यार्थीका बुबाले ढाकामा एफआईआर दर्ता गरेका छन् । अब विद्यार्थी रुबेलका बुबाले वकिलको सहयोगमा बंगलादेश क्रिकेट बोर्डलाई नोटिस दिएका छन् । यस सूचनामा बीसीबीका अध्यक्ष फारुक अहमदले पाकिस्तान र बंगलादेशबीचको पहिलो टेस्ट म्याचपछि शकिब अल हसनको क्रिकेट भविष्यबारे निर्णय लिइने बताएका छन् ।

शकिब अहिले रावलपिण्डीमा पाकिस्तानविरुद्ध टेस्ट खेलिरहेका छन् । टेस्ट सिरिजको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई १० विकेटले पराजित गरेर टेस्ट क्रिकेटमा पकिस्तानलाई पहिलो पटक पराजित गरेको छ ।

३७ वर्षीय शकिब शेख हसिनाको सरकारमा मन्त्री थिए । देशमा हिंसात्मक प्रदर्शन भएपछि शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । उनले पनि देश छाड्नुपर्‍यो । हसिनाको राजीनामापछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारमा मुख्य सल्लाहकारको जिम्मेवारी सम्हालेका छन् ।

पीटीआईका अनुसार रफिकुल इस्मलाका छोरा रुबेलको आन्दोलनका क्रममा अगस्ट ७ मा मृत्यु भएको थियो । ५ अगस्टमा भएको विरोध प्रदर्शनका क्रममा शकिब भने बंगलादेशमा नभएर क्यानडामा ग्लोबल टी- २० खेलिरहेका थिए ।
यति मात्र होइन, २६ जुलाईअघि उनी अमेरिकामा मेजर लिग क्रिकेट खेलिरहेका थिए ।

शकिब यसै वर्ष जनवरीमा अवामी लिगको टिकटमा सांसद निर्वाचित भएका थिए । तर, प्रधानमन्त्री शेख हसिनाले सत्ता गुमाएपछि उनको सांसदको हैसियत पनि खोसियो ।

३७ वर्षीय अनुभवी खेलाडी शकिबले बंगलादेशका लागि अहिलेसम्म ६७ टेस्ट, २४७ एकदिवसीय र १२९ टी-२० खेल खेलेका छन् । यस अवधिमा शकिबले टेस्टमा ४५०५ रन र २३७ विकेट लिएका छन् । जहाँ एकदिवसीय अन्तर्राष्ट्रियमा शकिबको नाममा ७५७० रन र ३१७ विकेट छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले २५५१ रन र १४९ विकेट लिएका छन् ।न्युज कारखाना

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वोल्भ्सविरुद्ध शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले वोल्भ्सलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा नोनी माडुएकेले ह्याट्रिक गरेका थिए भने निकोलस ज्याक्सन, कोल पाल्मर र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । एटलेटिको म्याड्रिडबाट चेल्सीमा परमानेन्ट रुपमा आएपछि खेलेको पहिलो खेलमा फेलिक्सले गोल गर्दै आफ्नो शानदार शुरुवात गरेका छन् ।

त्यस्तै वोल्भ्सका लागि माथेउस चुन्हा र जोर्गेन लार्सेनले एक एक गोल गरेका थिए ।

यो जितपछि यस सिजनको पहिलो खेलमा हार बेहोरेको चेल्सीको २ खेलमा ३ अंक भएको छ भने वोल्भ्सले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।न्युज कारखाना

 

काठमाडौं । नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाएका थिए ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।

अब नेपालले फाइनलमा भारत र बंगलादेशको विजेतासँग खेल्ने छ । भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल सोमबार हुदै छ ।न्युज कारखाना

 

काठमाडौँ । साउदी प्रो लिगको नयाँ सिजनमा अल हिलालले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले अल अख्डोउडलाई ३-० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो ।

साउदी प्रो लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको अल हिलालको जितमा अलेक्सन्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिनकोभिक साभिकले एक गोल गरेका थिए ।

यो जितपछि अल हिलालले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।   न्यसुज कारखाना

काठमाडौँ । पेरिस ओलम्पिकमा दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडीले स्वदेश फर्केपछि नैतिकताको जाँचको सामना गर्नु परेको छ ।

मिडिया रिपोर्टका अनुसार टेबलटेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए ।

उत्तर कोरियाको तर्फबाट उनीहरुलाई पेरिस ओलम्पिकमा छिमेकी देश दक्षिण कोरियाका खेलाडीसँग अन्तरक्रिया नगर्न निर्देशन दिइएको थियो ।

दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा पारेको थियो ।

गैर-कम्युनिष्ट देशहरूबाट फर्केपछि उत्तर कोरियालीहरूले नैतिक जाँचको सामना गर्नु सामान्य कुरा भएको रिपोर्टमा उल्लेख छ ।न्यसुज कारखाना

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले सिनसिनाटीलाई पराजित गरेको छ ।

आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले सिनसिनाटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुइस स्वरेजले दुवै गोल गरेका थिए । स्वरेजले खेलको पहिलो र छैटौं मिनेटमा गोल गरेका थिए । यस खेलमा इन्टर मियामीले टोमस एविल्सले खेलको ४२औं मिनेटमा रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि इन्टर मियामीको २६ खेलमा ५६ अंक भएको छ र एमएलएसको इस्टर्न कन्फेरेन्सको शिर्ष स्थानमा रहेको छ । त्यस्तै सिनसिनाटीको २६ खेलमा ४८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।न्यसुज कारखाना

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ । नेपालले समुह चरणमा श्रीलंकालाई १-० ले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ । भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो भने भारतसँग १-० ले पराजित भएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भारत र माल्दिभ्स खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुदै छ ।

जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तिमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ ।  त्यस्तै माल्दिभ्सलाई भने पहिलो खेलमा हार बेहोरेको हुनाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । समुह बि मा एक खेल जितेर भुटान पनि सेमिफाइनलको दौडमा रहेको छ ।

प्रतियोगितामा समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । समू ए मा नेपालले दुवै खेल जितेर समुह विजेता बनेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

आजको खेल पछि सेमिफाइनलको समीकरण पुरा हुने छ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।