काठमाडौं, ११ असार । क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्धामा आज सुनवाई हुदैँछ ।
पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडाैंमा हुने सुनवाईले टुंगो लगाउने छ ।
लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिकाे मागलाई अदालतले खारेज गरे पनि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाई हुन लागेको हो ।
ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपुर्तिको माग गरे पछि अदालतले पीडितले उपचार गरेकाे अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ । सो विवरणसहित जिल्ला अदालत काठमाडौंले क्षतिपुर्ति सबन्धी निर्णयमा आदेश दिन सक्ने जनाईएको छ ।
तर, सो मुद्धाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाबेमा रहेका कारण अब उनी फर्के पछि मात्रै अदालतले अन्तिम सुनवाईका लागि पेशी तोक्ने सम्भावना रहेको जनाईएको छ ।
काठमाडौं, ९ असार ।
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा नेपाल पराजित भएको छ । पराजित भएसँगै नेपालले सुपरसिक्समा पुग्न अफफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ ।
शनिबार जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेको नेपाललाई नेदरल्यान्ड्सले ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७.१ ओभरमै पूरा गर्यो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले अर्धशतक प्रहार गरे । उनले ९० रनको योगदान दिए । गुल्सन झाबाट बोल्ड हुनुअघि उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै डि लीडले नटआउट ४१ रन जोडे। उनले ३९ बलमा ६ चौका प्रहार गरे ।
काठमाडौं, ९ असार ।
नेपालले टस हारेको छ ।
आइसिसी विश्वकप छनोट अन्तर्गत सुरु हुन लागेको नेदरल्याण्ड बिरुद्धको खेलमा नेपालले टस हारेको हो ।
ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ ।
नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ । जसकाकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनु पर्ने हुन्छ ।
यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।
तर, चार चार पटक विश्वकप बिजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो । त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दबाबमा आएर खेल्नु पर्ने बाध्यता छ ।
सुपर सिक्समा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समुह चरणको अन्तिम खेलमा दबाबमा खेल्नु पर्ने बाध्यता रहेको छ ।
काठमाडौं, ९ असार ।
नेपाल फुटबल टिम र भारत बिच आज प्रतिस्पर्धा हुदैँछ ।
आज १४ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।
दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल राति पौने ८ बजेवाट सुरु हुनेछ ।
पहिलो खेलमा आमान्त्रित टिम कुवेतसँग पराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो । पछिल्लो संस्करणमा नेपाल र भारत उपाधिका लागि आमुने सामुने भएका थिए ।
सो प्रतिस्पर्धामा भारत बिजेता बनेको थियो भने नेपाल उपबिजेता भएको थियो, त्यसपछि दुवै टोली मैदानमा उत्रन लागेका हुन् ।
आजसम्म दुवै देश बिच भएका अहिलेसम्म भएका २३ प्रतिस्पर्धामा भारतले १६ खेलमा बाजी मारेको छ भने नेपालले २ पटक मात्रै जित निकालेको रेकर्ड छ ।
बाँकी ५ खेल बराबरीमा टुंग्गिएका दुवै देश आज पुनः मैदानमा आमुने सामुने हुन लागेका हुन्।
काठमाडौं, ९ असार ।
नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेवाट सुरु हुनेछ ।
दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ । नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ । जसकाकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनु पर्ने हुन्छ ।
यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।
तर, चार चार पटक विश्वकप बिजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो । त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दबाबमा आएर खेल्नु पर्ने बाध्यता छ ।
सुपर सिक्समा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समुह चरणको अन्तिम खेलमा दबाबमा खेल्नु पर्ने बाध्यता रहेको छ ।
काठमाडौं ।
जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको तेस्रो विकेट लिएको छ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । १५.३ ओभरमा नेपाललाई तेस्रो सफला दिँदै लामिछानेले विकेट लिएका हुन् ।
यसअघि करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिएका हुन् ।
यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले १५.३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५५ रन जोडेको छ ।
काठमाडौं, ५ असार
नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो ।
२०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो ।
नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । ११४ बल सामना गरेका उनले ७ चौका र १ छक्काको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ३२ बलमा ५ चौका र १ छक्कासहित उनले ३२ रनको योगफल तयार पारेका हुन् । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ रन बनाए ।
अमेरिकाका लागि सौरभ नेत्रवाल्कर, नोस्तुस केन्जिगे, निसर्ग पटेल र स्टिभन टेलरले १/१ विकेट लिए ।
यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो ।
काठमाडौं, ४ असार ।
स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको छ ।
क्रोएसियालाई टाइब्रेकरबाट ५–४ ले पराजित गर्दै स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको हो ।
पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चाकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमवाट कुनै गोल निस्कन सकेन । निर्धारित र अतिरिक्त समयमा पनि गोल ननिस्के पछि खेल ट्राइबेकरमा पुगेको थियो ।
ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुदैँ लिग च्याम्पियनको उपाधी हासिल गर्न सफल भएको हो ।
यसअघि आइतबार राति नै नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।
भक्तपुर, ४ जेठ
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०८० सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी शिक्षकहरु संलग्न भएका छन् ।

सप्ताहको उदघाटन पहिलो अन्तर्राष्टिय पदक पाउने महिला राष्ट्रिय धावक पुष्पा भण्डारीले गरेकी छन् । उदघाटन कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद् सप्ताह २०८० का संयोजक एसोसिएट प्रोफेसर सचिन श्रेष्ठलगायतले खेलकुद क्षेत्रका विभिन्न विषयमा चर्चा गरे । उनीहरुले पढाईका साथसाथै खेलकुदमा पनि महत्व भएकोबारे चर्चा गरे ।

खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवललगायतका झण्डै दुई दर्जन प्रतियोगिता चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद् सप्ताह २०८० का संयोजक एसोसिएट प्रोफेसर श्रेष्ठले जनाए । उनका अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तथा विआर्क तहमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीहरु गरी झण्डै दुई हजार सहभागी हुन्छन् ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने छ । कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरुलाई दैनिक रूपमा मेडल तथा प्रमाणपत्र वितरण हुन्छ । जुनजुन प्रतियोगिता सकिंदै जान्छ, त्यो त्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार ७ गतेसम्म चल्ने छ । 
काठमाडौं, ३ असार
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । नेपालले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलर घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए ।
२९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । उसका लागि १६४ रनको साझेदारी गरेका क्रेग इर्भिन र सेन विलियम्स दुवैले नट आउट शतकीय पारी खेले ।
कप्तान इर्भिनले १२८ बल खेल्दै १५ चौका र १ छक्का मद्दतमा नटआउट १२१ रन बनाए । यस्तै विलियम्सले ७० बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा १०२ रन बनाए ।
वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी र गुल्शन झाले १-१ विकेट लिए ।