२०८३ जेष्ठ १४
२०८३ जेष्ठ १४

 

सिडनी, २६ बैशाख ।

दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् ।

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपाली टोली प्रशिक्षकसमेत रहेका मन्डेकाजीलाई एनआरएन अस्ट्रेलियाले सम्मान गरेको हो ।

 

एनआरएन ओसियाना संयोजक दिनेशराज जोशीले एक कार्यक्रमका बिचमा ७ सय अस्ट्रेलियन डलरसहित उनलाई सम्मान गरेका हुन ।

विदेशी भूमिमा प्राप्त सम्मानले आगामी दिनमा खेलकुदमा राम्रो गर्न हौसला मिल्ने मन्डेकाजीले प्रतिक्रिया दिएका छन् ।

 

काठमाडौं, १९ बैशाख ।

सभामुख देबराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

 

एसीसी प्रिमियम कप क्रिकेटमा युएईलाई पराजित गर्दै फाइनल खेल जितेकोमा नेपाली टोलीलाई सभामुख घिमिरेले बधाई दिएका हुन ।

 

‘नेपाल एसीसी प्रिमियम कप क्रिकेट जित्दै एसिया कपमा छनौट भएकोमा हार्दिक बधाई तथा शुभकामना,’ सभामुख घिमिरेले बधाई दिदै भनेका छन, ‘अभुतपुर्व जीतले नेपाल र नेपालीको शिर उचोा बनाएको छ भने नेपाली क्रिकेटको ब्याबसायीकरणमा थप सहयोाग हुने विश्वास लिएको छु । खेलाडीलाई राज्यको तर्फवाट थप सम्मान र सहयोग आवाश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदछु ।’

 

नेपालले आज संयुक्त अरब इमिरेटस (युएई)लाई ७ विकेटले हराएर फाइनल खेलमा जीत हासिल गरेको हो ।

 

काठमाडौं, १९ वैशाख ।

एसीसी प्रिमियर कपको नेपाल च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूएईले सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

यूएईले दिएको ११८ रनको लक्ष्य लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०.३ ओभरमै भेट्याएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन जोड्दा भीम सार्कीले ३६ रन जोडेका थिए ।

कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी पेभेलियन फर्किएका थिए ।

यो जितसँगै अब नेपालले भारत र पाकिस्तानसँग एसियन कप खेल्ने भएको छ ।

 

काठमाडौं, १९ बैशाख ।

एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।

 

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा केही बेरमा नेपाल– युएईबिचको फाइनल म्याच सुरु हुनेछ ।

काठमाडौं, १९ बैशाख । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँछन् ।

एन्फा कम्पेक्समा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबल आज एक आपसमा भिडनेछन् । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

 

शिर्ष स्थानको जावलाखेल १३ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा छ भने  पुलिसले १२ अंकमा सिमित छ ।

यसैगरी, च्यासल खेल मैदानमा थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल पनि दिउँसो ३ बजेवाट नै सुरु हुनेछ ।

 

थ्रि स्टारले १३ वटा खेलवाट ६ वटामा जित हासिल गर्दै २२ अंक बटुलेको छ भने समान १३ खेलमा ४ खेलमा मात्रै जित हासिल गरेको खुमलटारको १३ अंकमा सिमित छ ।

 

यस सिजनको लिगमा १४ वटा क्लब सहभागी रहेका छन् । यसपटक डबल राउण्ड रोविन प्रणालीका आधारमा लिगका खेलहरु भइरहेको छन् ।

 

गत १९ फागुनदेखि सुरु भएको लिगको पहिलो लेगका खेलहरु भने आइतबार मात्रै सकिएको हुन ।

काठमाडौं, १९ बैशाख । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल आज पुनः हुदैँछ ।

 

एसीसी प्रिमियम कप क्रिकेटको सोमवारको खेल बर्षाका कारण रोकिन पुगे पछि आज बाँकी खेल हुन लागेको हो  ।

 

त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो ।

 

नेपालले आक्रमक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिए पछि पहिलो पटक बर्षाको कारण रोकिन पुगेकाे खेल पुनः सुचारु गरिएको थियो ।

 

तर, दोस्रो पटक पुनः सुचारु गरिए पनि बर्षा सुरु भए पछि केही समयका लागि रोकिएको थियो तर ३ः३० बजेसम्म पनि बर्षा रोकिन छाँटकाट नदेखिए पछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।

 

हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट झारेका थिए । सोमपाल कामी र गुल्सन झाले भने समान १–१ विकेट लिए पछि युएई दबाबमा परेको थियो  ।
हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ । हिजो स्थगित भएको स्थानवाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।

 

मंगलबार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ। मंगलबार पनि सोमवारको झै वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।

 

तर, वर्षाको कारण सुपर ओभर पनि हुन नसकेको खण्डमा भने नेपालले जीत हासिल गर्नेछ, त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता हेरिनेछ । बरियताको आधारमा आधारमा युएई भन्दा अगाडी रहेकाले नेपाल स्वतः एसियाकपमा छनोट हुनेछ।

 

आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९ औँ स्थानमा रहेका छन्।

 

काठमाडौ, १८ बैशाख ।

एसीसी प्रिमियर कपको फाइनल खेल सुरू भएको छ ।

नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि कप्तान रोहित पौडेलले नेपालका लागि फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्।

शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो।

 

 

 

काठमाडौं, १८ बैशाख ।

एसिसी प्रिमियर कपको फाइनल खेल शनिवार झै बर्षाका कारण रद्द हुन पुगेमा नेपाल स्वतः बिजेता हुनेछ ।

जल तथा मौसम बिभागका अनुसार सोमवार पनि बर्षा हुने सम्भावना रहेको छ । यदी सोमबार पनि बर्षा भएको खण्डमा ‘रिजर्भ डे’ मानिएको मंगलबारका दिनमा फाइनल खेल खेलाईने छ ।

 

मंगलबार पनि नेपाल– संयुक्त अरब इमिरेट (युएई)का बिचमा खेल हुन नसकी रद्ध भएको खण्डमा सुपरओभरमा जानेछ । जसअनुसार दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुने गरी नतिजा निकालिनेछ ।

 

तर, वर्षाको कारण सुपरओभर पनि हुनसक्ने अवस्था नभएको खण्डमा आइसिसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा माथि रहेको टोली एसिया कपमा स्वतः पुग्नेछ । जसअनुसार आइसिसीको एकदिवसीय वरियतामा १४ स्थानमा रहेको नेपाल १४ औं र १९ औं स्थानमा रहेको युएईलाई पराजितत गर्दै फाइनल बिजेता टोली बन्नेछ ।

 

जसले एसिया कपका भारत र पाकिस्तानसँग खेल खेल्न पाउने छ ।

किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र बिचमा आज फाइनल खेल हुन लागेको हो । खेल बिहान ९ बजेवाट सुरु हुनेछ ।

 

शनिवार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो  भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

 

काठमाडौं, १८ बैशाख ।

एसीसी प्रिमियम कपको आज फाइनल खेल हुदैँछ ।

 

किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई)का बिचमा आज फाइनल खेल हुदैँछ । बिहान ९ बजेवाट सो खेल सुरु हुनेछ ।

 

शनिवार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

 

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो  भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

 

आज हुने फाइनल खेलको बिजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।

 

यदी, शनिवारको झै पुनः पानी परेको खण्डमा आइसिसीको ओडिआई वरियतामा १४ औं स्थानमा रहेकाे नेपाल र १९ औं स्थानकाे रहेकाे युएई  बिचकाे खेल म‌गलबार हुनेछ ।

 

काठमाडौं, १२ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

 

कीर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ।  दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

 

मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १ –१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द हुन पुगेको थियो । उनीहरुले पनि १–१ अंक बाँडेका छन् ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।