काठमाडौं, १० भदौं । नेपालले क्रिकेटमा चारवटा विश्व किर्तिमान बनाएको छ ।
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले चारवटा विश्व किर्तिमान बनाएको हो ।
मंगोलियालाई २ सय ७३ रनले पराजित गरेर नेपालले टी–२० अन्तर्राष्ट्रिय खेलमा रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हासिल गरेर यो किर्तिमान कायम गरेको हो ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएर विश्व किर्तिमान कायम गरेको थियो ।
पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिदै नेपालले ती किर्तिमान कायम गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो ।
जारी खेलमा नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो ।
यता, नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन् ।
उता, कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गरेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरेका छन । यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान कायम रहेको जनाईएको छ ।
काठमाडौं, ९। असोज साफ अन्डर १९ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमा सो खेल दिउँसो साढे १ बजेदेखि शुरु हुनेछ ।
जारी खेलमा नेपाल र माल्दिभ्सबीच जो विजेता हुन्छ, त्यो टिम सेमिफाइनलमा पुग्ने छ।
शनिबार भएको पाकिस्तान र माल्दिभ्स बीचको खेल १–१ गोलको बराबरी खेलेपछि पाकिस्तानलले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
काठमाडौं, ६ असोज ।
नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिएका छन ।
भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिएका हुन ।
बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः सर्बसम्मत निर्वाचित भएका हुन ।
उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गरेका थिए ।
उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको थियाे । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता नगराए पछि उनी नै सर्बसम्मत भएका हुन ।
काठमाठौं, ६ असोज ।
चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा भएको साधारणसभा तथा अधिवेशनले क्यानको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।
क्यानको अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन्। चन्दलाई लुम्बिनी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष विनय राजभण्डारीले चुनौती दिने तयारी गरे पनि अन्तिम समयमा उनी आफ्नो निर्णयबाट पछि हटेका हुन्।
क्यानको अध्यक्षमा चन्द दोस्रो पटक निर्वाचित भएका हुन्।
त्यस्तै, उपाध्यक्षमा रोशनबहादुर सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध चयन भए। यसैगरी, लुम्बिनीबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भएको थियो।
निर्वाचनमार्फत क्यानको केन्द्रीय सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ४८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी प्रशान्त मल्लले ३७ मत ल्याए।
खुल्ला सदस्यतर्फ धीरेन्द्र सावदले ५९, वीरेन्द्र चन्दले ३४, दुर्गा पाठकले ५४, आयुस श्रेष्ठले ५१ मत ल्याएर र गोलाप्रथाका माध्यमबाट करन महत्रा क्षेत्री विजयी भए।
प्रादेशिक सदस्यतर्फ कोशी प्रदेशमा अर्जुन पौडेलले ४७, मधेश प्रदेशमा गोलप्रथाबाट माधव कर्माचार्य, बागमती प्रदेशमा दिवाकर घलेले ४६, गण्डकी प्रदेश सुदीप शर्माले ५२, सुदूरपश्चिम प्रदेशमा विक्रम विष्टले ४९ मत ल्याएर विजयी भए।
क्यानका अनुसार निर्वाचनमा कुल ८५ मत खसेको थियो। निर्वाचन भएको ११ पदका लागि २५ जनाले उम्मेदवारी दिएका थिए।
काठमाडौं, ६ असोज ।
नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदैँछ ।

क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने जनाईएको छ ।
यसैबिच हिजो शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउनेछ । शनिबार बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनानवको लागि ८५ जना मतदाताको नामावली सार्वजनिक गरिएको हो ।

विधान र नियमले ८६ जना मतदाता हुने भए पनि विवादका कारण झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि ८५ जनाको मात्रै नामावली सार्वजनिक गरिएको क्यानले जनाएकाे छ ।

काठमाडौं, ५ असोज । आज नेपाल र भियतनामका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
१९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
उत्तरी छिमेकी चीनको हान्झाउ सहरमा भोली शनिवार मात्रै औपचारिक उद्घाटन हुने भए पनि फुटबलगायतका खेल भने उदघाटन अघि नै सुरु भइसकेको छ । जसअनुसार नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धामा भियतनामसँग मैदानमा उत्रन लागेको हो ।
नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा हुनेछ । जुन खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट सुरु हुनेछ ।
नेपाली महिला फुटबल टोलीले यसै गेममार्फत एसियन गेम्समा डेब्यु गर्नसमेत लागेको हो । सो प्रतिस्पर्धाको समूह ‘डी’ मा मा रहेको नेपालले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो । नेपालले पहिलो पटक नै समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं, ३ असोज ।
चीनको हाङझाउमा जारी एसियन गेम्सको पुरुष भलिबलमा लगातार हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
बुधबार समूह चरणमा दोस्रो हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा नेपाल पराजित भएपछि बाहिरिएको हो । समूह बीमा रहेको नेपाल यसअघि बहराइनसँग पराजित भएको थियो ।
काठमाडौं, ३० भदाैं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा सरकार र राष्ट्रिय खेलकुद परिषदले सहयोग गरे पिकलबलको अत्यन्तै राम्रो सम्भावना रहेको बताएका छन् ।
पिकलबल एशोसियसन नेपालको आयोजनामा नेपाल-सिक्किम फ्रेण्डसिप पिकलबल टुर्नामेन्ट आजबाट सुरु भएको छ। पुर्व उपप्रधानमन्त्री समेत रहेका थापाले केलको उद्घाटन गरेका हुन् ।
टुर्नामेन्ट काठमाडौंको बौद्धस्थित स्नोल्यान्ड स्पोर्ट्स एकेडेमीमा भईरहेको छ। पिकलबल एशोसियसन सिक्किमबाट हेमन्त गुरुङको नेतृत्वमा ३० जनाको टोलि नेपाल आएको छ भने नेपालबाट ८० खेलाडी सहभागी भएका छन्। एनसीसीएस, क्याम्पियन र काव्य स्कुलका विद्यार्थी खेलाडीहरु पनि सहभागी भएका छन्। यी बिद्यालयका विद्यार्थी खेलाडीहरुले एक-आपसमा प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा थापाले एक म्याच खेलेका थिए ।
काठमाडौ ।
आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ ।
आज हुने गईरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको छ ।
मलेसियाको बांगीमा जारी खेलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिलिडङ गर्ने निर्णय लिएकी हुन् ।
जारी यस खेलको विजेता टोलीले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टि– २० छनोट खेल्न पाउनेछ । जसकाकारण नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि २० छनोटमा पुग्ने उदेश्यसहित मैदानमा उत्रिएको छ ।
सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म आफनो स्थान कायम गर्न सकेको छैन । नेपालले आफनो विश्वकप यात्रा एसिया छनोटमा नै सिमित राख्दै आउनु परेको छ । तर, आजको खेलमा थाईल्याण्डलाई पराजित गरेर उ ग्लोबल टि २० खेल खेल्न चाहान्छ ।
काठमाडौं, २२ भदौं ।
नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यान्मार बिरुद्ध खेल खेल्दैछ ।
विश्वकप छनोट तयारीमा म्यानमारविरुद्ध नेपालले दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।
जसको पहिलो प्रतिस्पर्धा आज यांगुनस्थित थुवुना रंगशालामा हुदैँछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
म्यानमारविरुद्ध खेल्ने टोली
गोलरक्षक – किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की
डिफेन्डर – सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अन्जन राई
मिडफिल्डर – एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई
फरवार्ड – आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया