२०८३ जेष्ठ १३
२०८३ जेष्ठ १३

 

काठमाडौ, १६ भदौं ।

एसिया कपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।

 

नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्धन्द्धी पाकिस्तानसँग खेल्न आईपुगेको हो ।

श्रीलंकाको क्याण्डी मैदानमा शुरु हुने सो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेवाट सुरु हुनेछ।

एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि प्रतिद्धन्द्धी भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा सो प्रतिस्पर्धा हुन लागेको हो । पाकिस्तानसँग राजनीतिक रुपमा समेत प्रतिद्धन्द्धी भारतले कुनै पनि खेल पाकिस्तानमा नखेली सबै खेल श्रीलंकामा खेल्दैछ।

एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन्।

 

 

काठमाडौं, १५ भदौ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।

आज भएको निर्वाचनमा उमेश पियालाई पराजित पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन्। उनले २३ मत पाउँदा पियाले १४ मत पाए।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना निर्वाचित भएका छन्।

 

काठमाडौं, १५ भदौ ।

महिला टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले बहराइनलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको हो ।

शुक्रबार भएको खेलमा पहिला ब्याटिङ गरेको बहराइनले १५.४ ओभरमा अलआउट हुँदै दिएको ३१ रनको लक्ष्य नेपालले विनाविकेटको क्षतिमा २.५ ओभरमा भेट्टाएको हो ।

नेपालले १३ अतिरिक्त रन पाएको थियो। कविता कुँवरले अविजित १७ र सिता रानामगरले २ रन बनाइन्।

 

काठमाडौं, १४ भदौ ।

चीनको हाङ्झाउ सहरमा हुने एसियन गेमका लागि नेपालबाट भलिबलका अन्तर्राष्ट्रिय रेफ्री पूर्णप्रसाद चौलागाईं छनोट भएका छन् । एसियाली भलिबल महासंघ (एभिसी)ले नेपालबाट सिफारिस गरिएका पाँच जनामध्ये क्षमता, दक्षता र वरीयताका अधारमा चौलागाईंलाई एसियाली खेलकुदका लागि छनोट गरेको हो ।

नेपाल भलिबल संघले चौलागाईंसहित प्रतियोगिताका लागि विजय केसी, टहल सिंह थापा, विकास गुरुङ, गौतम प्रसाद लासिवाको नाम सिफारिस गरेको थियो । छनोट भएका चौलागाईंले एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेल खेलाउनेछन् । उनकाअनुसार भलिबलतर्फ नेपालबाट प्रतियोगितामा महिला र पुरुष गरी दुइटा टिम सहभागी हुँदैछन् । चौलागाईं १६ सेप्टेम्बरमा चीन प्रस्थान गर्नेछन् ।

एसियाली खेलकुदको १९ औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ । एसियन गेम हरेक चार वर्षमा हुनेगर्छ । २०१८ मा इन्डोनेसियामा भएको खेलमा नेपालबाट लासिवा छनोट भएका थिए । २०२२ मा चीन तय भएको खेल कोभिडका कारण प्रभावित भएर अहिले हुन लागेको हो ।

४० खेल हुने प्रतियोगितामा ४५ देशका साढे १२ हजारभन्दा बढी खेलाडीले भाग लिनेछन् । एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्यान्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउँदैछ ।

 

काठमाडौं, १४ भदौ । 

एसिया कप–२०२३ को दोस्रो खेलअन्तर्गत भारतविरूद्ध खेल्न  नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ ।

बुधबार पहिलो खेल पाकिस्तानसँग खेलेको नेपाली टिम बिहीबार श्रीलंका पुगेको हो ।

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको थियो ।

समूह ‘ए’मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते हुनेछ ।

 

काठमाडौं, १३ भदौ ।

कप्तान बाबर आजमको शानदार शतकसँगै पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको लक्ष्य  दिएको छ। मुल्तानमा भएको एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन जोडेको हो।

पाकिस्तानका लागि कप्तान आजमले उत्कृष्ट प्रदर्शन गर्दै १३१ बलमा १५१ रन बनाए। उनी अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट भएका थिए। उनले यस क्रममा १४ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै इफ्तिकार अहमदले पनि शतकीय पारी खेले। उनले नटआउट रहँदै १०९ रन बनाए। उनले ११ चौका र ४ छक्का प्रहार गरेका थिए।

नेपालले खेलमा राम्रो सुरुवात गर्दै दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो। फखर जमान १४ रन बनाएर करन केसीको शिकार बने भने इमाम उल हक ५ रन बनाएर रनआउट भए।

त्यसपछि कप्तान बाबरले मोहमद रिजवानसँग मिलेर पाकिस्तानको पारी सम्हालेका थिए।

नेपालका लागि सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए। एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु भएको छ।

 

काठमाडौं, १२ भदाै।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरेका हुन् ।

 

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

 

भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए ।

नेपालले बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ।

 

काठमाडौं, १३ भदौ ।

पाकिस्तानमा बुधबारबाट एसिया कप क्रिकेटको उद्घाटन सत्रमा नेपाली गायिका त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिएकी छन् ।

मुल्तानमा सुरु भएको एसिया कप क्रिकेटको उद्घाटन सत्रमा उनले आफ्नो प्रस्तुति दिएकी हुन् ।

उद्घाटन सत्रमा नेपाल र पाकिस्तानबीचको खेल भइरहेको छ ।

 

काठमाडौं, १३ भदौ ।

एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ । छैटौँ ओभरको तेस्रो बलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।

 

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले छैटौँ ओभरको तेस्रो बल सकिँदा एक विकेटको क्षतिमा २१ रन जोडेको छ ।

 

काठमाडौं, १३ भदौ ।

एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ । सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको छ । पाकिस्तानका इमाम उल हक रन आउट भएका हुन् ।

यसअघि छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।

 

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले सातौँ ओभरका पहिलो  बल सकिँदा २ विकेटको क्षतिमा २५ रन जोडेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।