२०८३ असार ३१
२०८३ असार ३१
आरके श्रीवास्तव,रौतहट, १२ गते कार्तिक।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं ७ धमौरामा नगरस्तरीय मेयर कप २०८० क्रिकेट प्रतियोगिता आईतवार देखि सुरु भएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा वृन्दावन क्रिकेट समिति वृन्दावन ६ रौतहटको आयोजनामा आज देखि सुरु भएको सो क्रिकेट प्रतियोगिताको उदघाटन नगर प्रमुख विनोद प्रसाद कुर्मीले आज एक समारोहका विच गरेका हुन्। वृन्दावन नगरपालिका वडा नं.६ र ७ को रुपा नेपाली पाल मा.वि. धमौरा को संयुक्त खेल मैदान मा आयोजित उदघाटन कार्यक्रममा नगर प्रमुख कुर्मीले खिलाडीहरु सँग क्रिकेट खेलेर प्रतियोगिताको उदघाटन गरेका छन्। करिब एक महिना अर्थात मंसिर ७ गते सम्म चल्ने प्रतियोगिताका प्रथम विजेतालाई नगद रु ५५ हजारको साथै मेडल, ट्रफ र दोश्रो विजेता टोलीलाई नगद रु ३५ हजार
रुपैयाका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक आशिषराज पटेल ले जानकारी दिए । कार्यक्रममा बोल्दै वृन्दावन नगरपालिकाका नगर प्रमुख कुर्मीले क्रिकेट खेलको माध्यमले मात्र आफ्नो पालिकालाई न भई सिंगै हाम्रो देश लाई नै चिउने माध्यम रहेकोले आफुले आफ्नो पालिका का स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरेर अगाडि बढाउने सोच ले सो मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गरेको बताए। नगर प्रमुख कुर्मीले प्रतियोगितामा भाग लिएर खेल्न आउने वडा नम्बर १ देखि ९ सम्मकै सम्पूर्ण खेलाडीहरुलाई शान्त र शभ्य तरिकाले खेल्न निर्देशन दिदै निर्णायक टोलीलाई पनि काखा पाखा नगरी खेल्न सञ्चालन गर्न आग्रह गरे।उहाँले अबको २०८१ मा हुने मेयर कप सो नगरपालिका वडा नं.९ भुषहामा सञ्चालन गर्ने घोषणा समेत गर्नुभयो। त्यसैगरी सो नगरपालिकाका निमीत प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेलले नरमा भईरहेको ऐतिहासिक मेयरकप क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै उनीहरुको क्षमता अभिवृद्धि गरिरहेको बताउनुभयो।
पटेलले सो प्रतियोगिता मा खेल्न आएका सम्पूर्ण टिमलाई अग्रिम बधाई दिदै उनीहरूलाई खेलमा निरन्तरता दिएर अगाडि बढ्न र अन्तर्राष्ट्रिय खेलाडी समेत बनेर देश र पालिकाको नाम रौशन गर्न आग्रह गरे। त्यति मात्र न भइ अधिकृत पटेलले आफ्नो कार्यकालमन सो नगरपालिका एउटा राम्रो स्टेडियम बनाउन पहल तथा प्रयास गर्ने आस्वासन समेत दिनुभयो। उक्त प्रतियोगितामा वडा नं.१ का वडा अध्यक्ष रामनाथ सहनी,वडा नं.६ का वडाअध्यक्ष मजहर मन्सुर,वडा नं.७ का वडाअध्यक्ष मदन पाल,वडा नं.८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह र वडा नं. ९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवान,र कार्यपालिका सदस्य रामबाबु साह लगायत विभिन्न वडा बाट आए का विभिन्न पार्टी प्रतिनिधि तथा खेलाडी र दर्शकहरुको उपस्थिति समेत रहेको थियो। प्रतियोगितामा आज वडा नम्बर ६ र ९ विच भिडन्त भएको छ भने सो मेयर कप क्रिकेट प्रतियोगितामा सो नगरका वडा नं १ देखी ९ वटै वडाका टोलीहरुबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।

काठमाडौं, १३ कात्तिक ।

काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन जोड्दा आसिफ शेखले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।

काठमाडौं, १३ कात्तिक ।

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा अहिले सिंगापुर र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले विभिजत २९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाएका हुन् । नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ९४ रन बनाएको छ । नेपालले आसिफ शेख आउट हुँदा कुशल भुर्तेल र रोहित पौडेलको साझेदारीमा ब्याटिङ गरिरहेको छ ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।

काठमाडौं, १३ कात्तिक ।

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।

काठमाडौं ११ कार्तिक  ।

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ।

आगामी कात्तिक १३ गतेदेखि सुरु हुने सो खेलका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टि–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा आज गरेको हो।

 

जसअनुसार कप्तान रोहित पौडेलको नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी परेका छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी–२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानशिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन ।

सो प्रतिस्पर्धामा कुल ८ देश सहभागी हुनेछन, जसका लागि २ समूह बनाइएको छ। घरेलु मैदानमा सो खेल खेल्न लागेको नेपाल भने समूह ‘ए’ मा परेको छ, जुन समुहमा मलेसिया, ओमन र सिंगापुर रहेका छन भने समूह ‘बी’ मा भने बहराइन, हङकङ, कुवेत र युएईको टिम रहेको छ  ।

 

एसिया छनोट खेल आगामी कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ । क्यानका अनुसार समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन भने समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।

काठमाडौं, १० कार्तिक ।

संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ ।

 

किर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो ।

समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि बढेको नेपाल फाइनलमा भने अप्रत्याशित पराजय भोग्न बिबश भएको छ ।

नेपालले यसअघि दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर फाइनलमा जीत हासिल गरेको हो ।

काठमाडौं, १० कात्तिक ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।

त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत युएईलाई  नेपालले १ सय ६३ रनको लक्ष्य दिएको हो ।

 

त्रिभुवन बिश्वबिद्यालयस्थित खेल मैदानमा जारी खेलमा नेपालले आठ विकेट गुमाएर १ सय ६२ रन बनाउन सफल भएको थियो ।


टस हारेर ब्याटीङमा उत्रेको नेपालले युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउमा छ। नेपालले यसअघि युएईका साथै हङकङलाई पराजित गरेर फाइनल म्याचमा पुगेको हो ।

 

जसअनुसार नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएर अहिलेसम्मको यात्रा तय गरेको थियो ।

 कार्तिक १०,काठमाडौँ ।

नेपाल र  युनाइटेड अरब इमिरेट्स (यूएई) बिच प्रतिस्पर्धा हुदैँछ ।

त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएईका बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

 

सो प्रतिस्पर्धाको क्रममा आज नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो।  नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ भने यसअघि नै बाहिरी सकेको छ।

 

 

जारी सिरिजमा लगातार चार वटा खेल जितेको नेपालले युएईलाइ दुइ पटक पराजित गरिसकेको छ भने हङकङसँग पनि दुई जित हासिल गरेको थियो ।

 

काठमाडौं, ९ कात्तिक, २०८०

भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन्।

खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे बैंग्लुरुमा हुनेछ। जारी विश्वकपमा लगातार दुई खेल हारेको इंग्ल्याण्ड आजको खेलमा जित निकाल्न चाहन्छ।

उता पछिल्लो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको श्रीलंका उच्च मनोबलका साथै मैदान उत्रिँदै हार्न चाहँदैन।

इंग्ल्याण्ड र श्रीलंकाबीच यसअघि भएका पाँच एकदिवसीय खेलमा दुवैले समान दुई-दुई खेलमा जित निकालेका छन्। एक खेल भने रद्ध भएको थियो।

यो खेलसँगै विश्वकपको हरेक टोलीले पाँच-पाँच खेल खेल्नेछन्।

श्रीलंका चार खेलमा एकमा जित निकाल्दै दुई अंकसहित सातौं स्थानमा रहँदा समान खेल र समान अंकसहित इंग्ल्याण्ड आठौं स्थानमा छ।

विश्वकप अंकतालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः १०, ८ र ८ अंकसहित भारत, दक्षिण अफ्रिका र न्यूजिल्याण्ड छन्।

चौथो स्थानमा ६ अंकसहित अस्ट्रेलिया रहँदा समान ४-४ अंकसहित पाकिस्तान र अफगानिस्तान क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।

समान दुई अंकसहित बंगलादेश र नेदरल्याण्ड्स क्रमशः नवौं र दशौं स्थानमा छन्। उकेरा संवाददाता

काठमाडौं, २ कात्तिक ।

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा ग¥यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।