काठमाडौँ, २५ कार्तिक ।
जारी आइसीसी विश्वकप क्रिकेटमा लिग समुहका अन्तिम चरणका खेल हुदैछन् । अब लिग चरणका तीन खेल हुन बाँकी रहेका छन् ।
यसैबीच आज दुई खेल हुदैछ । आज पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशबीच खेल हुदैछ । यो खेल पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन को मैदानमा नेपाली समय अनुसार नेपाल इसम्य अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।
अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ र सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएकोले यस खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्ने छैन । तर बंगलादेशका लागि भने २०२५ को च्याम्पियन्स ट्रफीमा छनौटका लागि यो खेलको जित आवश्यक रहेको छ । अहिले बंगलादेश आठौ स्थानमा रहेको छ ।
त्यसैगरी आज अर्को खेलमा पाकिस्तानले इङल्याण्डको सामना गर्ने छ । कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि हुने छ ।
प्राविधिक रुपमा पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना भएपनि व्याबहारिक रुपमा भने सम्भव देखिदैन । पाकिस्तान सेमिफाइनलमा पुग्न इङल्याण्डलाई २८७ रन अन्तरले पराजित गर्नु पर्ने देखिन्छ भने इङल्याण्डले दिएको लक्ष्य बढीमा २२ बलमा चेज गर्नुपर्ने असम्भव अंक गणित रहेको छ । यसका लागि कुनै चमत्कार नै हुनुपर्ने देखिन्छ ।
त्यस्तै इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ भने हाल सातौं स्थानमा रहेकाले यो खेल हारेपनि च्याम्पियन्स ट्रफिमा स्थान बनाउने सम्भावना देखिएको छ ।
काठमाडौँ, २५ कार्तिक ।
करिम बेन्जमाको ह्याट्रिकमा अल इत्तिहादले अभा क्लबलाई पराजित गरेको छ ।
साउदी प्रो लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा अल इत्तिहादले अभालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
अल इत्तिहादको जितमा करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । त्यसैगरी इत्तिहादका लागि अर्को गोल इगोर कोरोनाडोले गरेका थिए । त्यस्तै अभाका लागि कार्ल तोको र् फहाद अल जुमायाहले एक एक गोल गरेका थिए ।
यो जितपछि इत्तिहादको १३ खेलमा २४ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै अभाको १३ खेलमा १३ अंक रहेको छ र लिमा १३औं स्थानमै रहेको छ ।
काठमाडौँ, २४ कार्तिक ।
लिभरपुल युइएफए युरोपा लिग अन्तर्गतको खेलमा फ्रेन्च क्लब टोउलोउससँग पराजित भएको छ ।
गएराती सम्पन्न समुह ई अन्तर्गतको खेलमा लिभरपुल टोउलोउससँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
टोउलोउसको जितमा एरोन डोनम, थिस डालिंगा र् फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि डिओगो जोटाले एक गोल गरेका थिए भने एक गोल टोउलोउसका क्रिस्टियन कासेरेज जुनियरले आत्मघाती गोल गरेका थिए ।
यस सिजनको युरोपा लिगमा लिभरपुलको यो पहिलो हार हो । यो हारपछि समुह ई मा लिभरपुलको ४ खेलमा ९ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै यो जितपछि टोउलोउसको भने ४ खेलमा ७ अंक भएको छ र समुहमा द्सोरो स्थानमा रहेको छ ।
काठमाडौँ , २४ कार्तिक ।
जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुनेछ ।
जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अहिले दोस्रो स्थानमा छ ।
सेमिफाइनलमा पुगिसकेको हुनाले दक्षिण अफ्रिका बिना दबाब यो खेल खेल्ने छ । यो खेलको नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन र दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ ।
त्यस्तै अफगानिस्तानले ८ खेलमा ४ खेल जितेर ८ अंक हासिल गर्दै अंक तालिकामा छैटौं स्थानमा छ र सेमिफाइनलको दौडमा कायम रहेको छ । यसका लागि अफगानिस्तानले दक्षिण अफ्रिकालाई ठुलो अन्तरले पराजित गर्नुपर्ने भएको छ ।
दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म केवल एक एकदिवसीय खेल भएको छ । जुन २०१९ को विश्वकपमा भएको थियो र यो खेल दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो ।
दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११- टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, रस्सी भान डेर दुस्सेन, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज, गेराल्ड कोएत्जी र मार्को जेन्सेन ।
अफगानिस्तानको सम्भावित प्लेइङ ११- हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी र नवीन उल हक ।
काठमाडौं कार्तिक २४,
पेरिस — लिभरपुलले युरोपा लिगको खेलमा बिहीबार टुलुजसँग ३–२ को आश्चर्यजनक हार बेहोरेको छ । खेलको अन्त्यतिर गोल गरेपछि त्यसलाई ‘भार’ ले मान्यता दिएपछि लिभरपुलको हार विवादास्पद पनि रह्यो।
जारेल क्वान्साले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गोललाई मान्यता दिइएको थिएन् । यससँगै लिभरपुलको प्रतियोगितामा शतप्रतिशत सुरुआत रोकिएको छ । लिभरपुल अझै पनि नौ अंकमा शीर्षमा छ । टुलुज भने सात अंकमा दोस्रोमा उक्लेको छ ।
बिहीबारका अन्य खेल इंग्लिस प्रिमियर लिग क्लबहरूका लागि सुखद रह्यो । यसक्रमा ब्राइटनले आयाक्सलाई २–० र वेस्ट ह्यामले ओलम्पियाकोजलाई १–० ले हरायो ।
काठमाडौं, २३ कार्तिक ।
नेपाली महिला क्रिकेटर रुबिना क्षेत्रीलाई कप्तानीको जिम्मेवारीबाट बिदा गरिएको छ । हङकङमा नोभेम्बर १५ देखि हुने चार देशबीचको टी-२० सिरिजमा इन्दु बर्मालाई कप्तान बनाएसँगै ११ बर्ष लामो रुबिनाको राष्ट्रिय टिमको कप्तानी पारी टुंगिएको छ । नोभेम्बर १५ देखी १९ सम्म हङहङमा हुने यस सिरिजमा नेपालसहित युएई, हङकङ र मलेसिया खेल्दै छन् ।
उनी २०१२ देखि महिला क्रिकेट टिमको कप्तान रहेकी छन् । राष्ट्रिय टिमबाट २००९ मा सिंगापुरविरुद्ध डेभ्यु गरेकी रुबिनाले नेरी थापालाई रिप्लेस गर्दै २०१२ मा कप्तान बनेकी थिइन् । उनले महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा भने २०१९ मा डेभ्यु गरेकी थिइन् ।
२९ बर्षिय रुबिना आफ्नो क्यारियरको अन्तिम चरणमा रहेको बेला कप्तानको जिम्मेवारीबाट बाहिरिएपनि अहिले टिममा भने महत्वपूर्ण खेलाडीको रुपमा रहेकी छन् । उनले नेपालका लागि टी-२० मा ४६ खेल खेल्दै ५०२ रन बनाएकी छन् भने ३३ विकेट समेत लिएकी छन् ।
राष्ट्रिय टिमको कप्तानीबाट हटाएको क्षणमा रुबिना भने सीता रानामगरसँगै हङकङको घरेलु प्रतियोगिता वुमन्स अल स्टार्स टी-२० सिरिज पनि खेल्न अहिले हङकङमा छन् । दुई टोलीबीच हुने उक्त सिरिज नोभेम्बर १० देखी सुरु हुनेछ । यो सिरिजपछि उनीहरुले हङकङमै राष्ट्रिय टिममा सामेल हुने छन् ।
काठमाडौं, २३ कात्तिक ।
सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
हेटौंडा, २३ कार्तिक ।
प्रहरीको सुरक्षा घेरा भित्र अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सुरु हुदैँछ ।
अहिले बिहान १० बजेदेखी हेटौँडामा विशेष साधारणसभा सुरु हुन लागेको हो ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध यसअघि गरिएको अविश्वासको प्रस्ताव निर्णायक रुपमा पेश गर्ने अजेन्डा रहेको जनाईएको छ ।
साधारणसभा स्थल हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेस बाहिर अत्याधिक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखे पछि एन्फाको बिबाद चरम सिमामा पुगेको छ ।
एन्फाको नेतृत्वमा रहेका कुल १०५ सदस्य मध्ये साधारणसभामा ८६ सदस्यले मात्रै आज हुने अविश्वासको प्रस्ताव पेश भए पछि मताधिकार प्रयोग गर्न पाउने छन् ।
काठमाडौं, २३ कार्तिक ।
बायर्न म्युनिखले टर्किस क्लब गालाटासारेलाई पराजित गरेको छ ।
युईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह ए को खेलमा बायर्न म्युनिखले गालाटासारेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
बायर्न म्युनिखको जितमा ह्यारी केनले दुवै गोल गरेका थिए । केनले खेलको ८० र ८६औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी कहल्को इन्जुरी समयको ९३औं मिनेटमा गालाटासारेका लागि सेडिक बकम्बुले गोल गरेका थिए ।
समुह ए मा रहेको बायर्न म्युनिखको यो लगातार चौथो जित हो । ४ खेलमा १२ अंक रहेको बायर्न समुहमा शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै गालाटासारेको भने यो समुहमा दोस्रो हार हो । ४ खेलमा ४ अंक रहेको गालाटासारे समुहमा तेस्रो स्थानमा रहेको छ ।
काठमाण्डाै
– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दैछन् । यो खेल बेङ्लाेरमा नेपाली समय अनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ ।
शुरुवाती चार खेल जितेको न्युजिल्यान्ड लगातार चार हारका कारण सेमिफाइनलमा पुग्न सङ्घर्षमा छ । न्युजिल्यान्ड ८ खेलमा ८ अङ्कका साथ चौथो स्थानमा छ । आजको खेल जितेमा न्युजिल्यान्डको १० अङ्क हुनेछ । यो खेल फराकिलो अन्तरले जितमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सक्छ । श्रीलङ्का ८ खेलमा ४ अङ्कका साथ नवौँ स्थानमा छ ।
हिजो भएको खेलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हरायो । जितसँगै इङ्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढेको छ । हारसँगै नेदरल्यान्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ ।